Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अलविदा मणि शाह : ‘नेपाली म्याराडोना’को त्यो स्मरणीय गोल

Posted on May 14, 2018May 14, 2018 by Salokya


सन् १९९३ को दक्षिण एसियाली खेलमा फुटबल फाइनल खेल। भारतले २-१ ले खेलमा अग्रता कायम गरिरहेको थियो। खेल सकिन मात्र ३० सेकेन्ड बाँकी थियो। नेपालले फ्रि किक पायो। सात जना भारतीय खेलाडी वाल बनेर उभिएका थिए। त्यसलाई पार गर्दै मणि शाहले प्रहार गरेको फ्रि किक गोलकीपरलाई जिल्याउँदै सीधै जाली चुम्न पुग्यो। खेल बराबरीमा पुगेपछि भएको पेनाल्टीमा पनि मणि शाहलगायत सबैले गोल गरे र भारतलाई ५-४ ले हराउँदै स्वर्ण पदक नेपालले पायो।

१७ वर्षको उमेरमा नेपाली राष्ट्रिय टोलीमा परेका उनै मणि शाहको आज निधन भएको छ।

ड्रिब्लिङ, फिनिसिङ हरेक क्षेत्रमा अब्बल मणि शाहलाई दक्षिण एसियाकै उत्कृष्ट कौशल भएको खेलाडी मान्नेहरु छन्।

शाहको उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा सोमबार निधन भएको हो।

पित्त थैली र कलेजोको समस्याबाट लामो समयदेखि पीडित ५१ वर्षीय शाहलाई ज्वरोले समातेपछ आइतबार नर्भिक अस्पताल भर्ना गरिएको थियो। श्रद्धाञ्जलीका लागि शाहको शव मंगलबार बिहान साढे ८ बजे दशरथ रंगशालामा राखिने भएको छ।

अलविदा मणि शाह !

4 thoughts on “अलविदा मणि शाह : ‘नेपाली म्याराडोना’को त्यो स्मरणीय गोल”

  1. yadu says:
    May 16, 2018 at 1:09 pm

    हार्दिक श्रन्दांजलि
    मणि शाह

    Reply
  2. Arjun kumar says:
    May 15, 2018 at 3:12 pm

    RIP…?

    Reply
  3. Kiran Rijal says:
    May 15, 2018 at 1:49 pm

    हार्दिक श्रन्दांजलि मणि शाह / धेरै राम्रो फूटबल खेलाडी र राष्ट्र को true गहाना /
    उनको छोरी लाइ Badminton खेलाडी बनाउने उनको सपना पुरा गर्न सरकार ले पहल गरोस भन्ने कामना गर्दछु/
    भ्रस्ट र लम्पसार बादी politician ले राष्ट्र ढुकुटी मनपरी लुटी रहेको अवस्था मा उनले सहयोग पाउने आशा चाही कम नै छ /

    Reply
  4. madan man bajracharya says:
    May 15, 2018 at 3:35 am

    खेलाडी कबि बैज्ञानिक र नेताहरुको उपलव्धि रास्त्रकै सम्पति बन्छ/ तेसैले उनीहरुको सम्मान र सम्झने काम उनीहरु बाचेकै बेला गर्नु पर्छ/तेसैले बस यतिनै जान्नु छ लामो समय (!!??)देखि पित्त थैली र कलेजोको बिमारी लागेको नेपालको फुटवल खेलको “मणि” लाई आफ्नो पार्तिका लखपति करोडपतिलाई पनि लाखौ लाख आर्थिक सहायता दिने कुन सरकारले के कति सहयोग गरेको थियो?

    बाचेकोको अनुहारैमा थुक्ने मरिसके पछि उसको तस्विर राखेर पुज्नेलाई बिहान उठ्ना साथ् र बेलुकी सुत्नु अगाडी सम्झंदै थुक्क गर्नुनै आफ्नै बलबुतामा रास्ट्रिय प्रतिभा बनेकाको सम्मान हो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme