Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्वकप फाइनलमा को-को पुग्ला? फरकै नखाने गरी यो हेरी अनुमान लगाउनुस्

Posted on June 30, 2018June 30, 2018 by Salokya

यतिखेल विश्व भर विश्वकप फुटबलको ज्वरो चढेको छ। चोकचोकमा फुटबल विज्ञ जन्मिएका छन्। गोरु बेचेको साइनको नभएका देशहरु साख्खै बाउभन्दा प्यारो लाग्ने गरेको छ। क्रेजी फ्यानहरुका चर्तिकलाले रमाइलो बनाइरहेको छ। चार वर्षमा एकचोटी आउँछ यो मेलाको माहौल। यसमा रम्नु रोमाञ्चक हुन्छ। ३२ राष्ट्र कप जित्ने आशाका साथ रसिया आएका थिए। त्यसमध्ये आधा घर फर्किसकेका छन्। अब आज शनिबारदेखि सुरु भएको छ १६ बाट पनि अन्तिम ८ छान्ने काम। त्यसपछि ८ बाट ४ छानिने छन् अनि उपाधिका लागि २ भिड्ने छन्। नेपालीहरुमध्ये धेरै अर्जेन्टिना र ब्राजिलका फ्यान छन्। तर यी दुईमध्ये एक मात्र फाइनलमा पुग्नेछन्। अर्जेन्टिना र ब्राजिल भएको समूहमा विश्वकप पहिले उचालिसकेका थप दुई देश फ्रान्स, उरुग्वे र हालको दावेदार बेल्जियम पनि रहेको छ। अर्को समूहमा भने स्पेन र इंग्ल्यान्डमात्रै पूर्व विजेता छन्। 

मेरो अनुमानमा बेल्जियम र इंगल्यान्ड फाइनलमा पुग्नेछन्। इंगल्यान्डले एक पटक विश्वकप जितिसकेको छ र त्यसपछिका अधिकांश विश्वकपमा कि राउन्ड अफ १६ कि क्वार्टर फाइनलबाटै घर फर्किने गरेको नमिठो इतिहास छ। यस पटक अपेक्षाकृत सजिलो समूहमा परेकोले इंग्ल्यान्ड फाइनलसम्मको यात्रा गर्न सक्ला भन्ने मेरो अनुमान हो।

मेरो अनुमानमा कमजोर प्रदर्शन गरिरहेको अर्जेन्टिना आज फ्रान्ससित पराजित हुनेछ। यता अहिलेसम्म एक गोल पनि नखाई सबै खेल जितेर सशक्त प्रदर्शन गरिरहेको उरुग्वेले पोर्चुगललाई हराउनेछ। त्यसपछि क्वार्टफाइनलमा फ्रान्स र उरुग्वे भिड्दा फ्रान्स पराजित हुनेछ।

ब्राजिल र मेक्सिकोको खेलमा एक पटक फेरि जर्मनीलाई पराजित गरेको मेक्सिकोले ब्राजिललाई स्तब्ध बनाउनेछ र अर्को खेलमा जापानलाई बेल्जियमले पराजित गर्नेछ।

अर्को समूहमा स्पेनले रसियालाई पराजित गर्नेछ भने अर्जेन्टिनालाई समूह चरणमा हराएको क्रोएसिया डेनमार्कलाई हराउँदै क्वार्टफाइनलमा स्पेन र क्रोएसिया भिड्नेछ। क्रोएसिया र स्पेनमध्ये एक सेमिफाइनलमा जानेछ। मैले स्पेन रोजेको छु तर क्रोएसिया पनि सशक्त छ।

त्यस्तै स्विट्जरल्यान्ड र स्विडेनमा स्विस अघि बढ्नेछ भने कोलम्बियालाई हराउँदै इंगल्यान्डले क्वार्टरफाइनलमा स्विट्जरल्यान्डसित खेल्नेछ। यो अनुसार सेमिफाइनल इंग्ल्यान्ड र स्पेन वा क्रोएसियामध्ये एकसित हुनेछ।

र फाइनल हुनेछ, बेल्जियम र इंग्ल्यान्डबीच।

अर्जेन्टिना र मेस्सीका फ्यानको अनुमान

अब मेस्सी र अर्जेन्टिनाका फ्यानहरुले गर्ने अनुमान हेरौँ। उनीहरु भन्छन्, हिरोको खेल लास्टमा आउँछ। तर जसोतसो समूह चरण पार गरेको अर्जेन्टिनालाई सजिलो भने छैन। यसका लागि उसले पूर्वविजेता फ्रान्सलाई शनिबार हराउनु पर्नेछ।

त्यसपछि उसको क्वार्टरफाइनलमा भेट असार २२ गते उरुग्वे वा पोर्चुगलको खेलका विजेतासित हुनेछ। त्यसमा पनि जितेपछि सेमिफाइनलमा अर्जेन्टिनाको भेट ब्राजिल/मेक्सिको वा बेल्जियम/जापान बीचका विजेता मध्ये एकसित हुनेछ। ब्राजिल र अर्जेन्टिना खेल जित्दै अगाडि बढे भने उनीहरुको भेट असार २६ गते मंगलबार सेमिफाइनलमा हुनेछ।

ब्राजिल फ्यानहरुको अनुमान

अब ब्राजिलका फ्यानहरुको अनुमान हेरौँ। असार १८ गते सोमबार ब्राजिलले मेक्सिकोलाई हराउनु पर्नेछ। त्यो खड्गो टारेपछि उसको भेट असार २२ गते क्वार्टरफाइनलमा बेल्जियमसित हुनेछ (जापानले अपसेट रिजल्ट निकालेर बेल्जियमलाई नहराएमा)।

सशक्त प्रदर्शन गरी उपाधिको दावेदार रहेको बेल्जियमलाई क्वार्टरफाइनलमा हराइसकेपछि सेमिफाइनलमा फेरि उसले अर्जेन्टिनाको सामना गर्नुपर्नेछ। नेपालीहरु अधिकांश अर्जेन्टिना र ब्राजिलका फ्यानहरु भएकोले उनीहरु मध्येको एकको मुटु असार २६ गते मंगलबार सेमिफाइनलमा छियाछिया हुनेछ। असार २७ गतेदेखि ती मध्ये एक पक्षका सपोर्टरहरुको मूड खराब हुनेछ भने अर्को पक्षको चुमचुम बढ्नेछ।

अर्जेन्टिनाको यात्रा अगाडि नै समाप्त भएको अवस्थामा ब्राजिलको भेट सेमिफाइनमा कि फ्रान्स कि उरुग्वे वा पोर्चुगलसित हुनेछ।

नयाँले विश्वकप उचाल्ने सम्भावना

नयाँ टिमले विश्वकप जित्नका लागि एउटा समूहबाट उरुग्वेलाई हराउँदै पोर्चुगल र ब्राजिललाई हराउँदै मेक्सिको क्वार्टरफाइनलमा आउनु पर्नेछ। त्यसो भएमा पोर्चुगलले सेमिफाइनलमा पूर्वविजेतामध्ये अर्जेन्टिना वा फ्रान्सलाई हराउनु पर्नेछ। यता मेक्सिकोले बेल्जियम वा जापानसँग क्वार्टरफाइनल खेल्नेछ। त्यसपछि सेमिफाइनल अहिलेसम्म विश्वकप नजितेका दुई टिमबीच भई एउटा टिम फाइनलमा जानेछ।

अर्को समूहतर्फ नयाँलाई जित्न अझ सजिलो छ। किनभने यो समूहमा स्पेन र इंग्ल्यान्डमात्रै पूर्व विजेता हुन्। नयाँको जित सुनिश्चित हुन स्पेनलाई आयोजक रसियाले हराउनु पर्नेछ कोलम्बियाले इंगल्यान्डलाई। त्यसो भयो भने क्वार्टरफाइनल नै अहिलेसम्म विश्वकप नजितेका टिमहरुबीच हुनेछ।

ल अब यो हेर्नुस् र तपाईँ अनुमान लगाउनुस् र लेख्नुस् को पुग्नेछ फाइनलमा?

 

7 thoughts on “विश्वकप फाइनलमा को-को पुग्ला? फरकै नखाने गरी यो हेरी अनुमान लगाउनुस्”

  1. Lekh Raj Dhakal says:
    July 1, 2018 at 5:35 pm

    बेल्जियम/उरुगुय र छ्रॉतिअ

    Reply
  2. prem khatri says:
    July 1, 2018 at 4:09 pm

    स्पेन

    Reply
  3. Bhim peasad Rai says:
    July 1, 2018 at 5:48 am

    Interesting. Can u pse predict goal as well??

    Reply
    1. Salokya says:
      July 1, 2018 at 7:40 pm

      हाहा, ज्योतिषी हो र गोल पनि भविष्यवाणी गर्न 🙂

      Reply
  4. kalpana upretei says:
    June 30, 2018 at 1:58 pm

    स्वीडेन कन्फर्म /

    Reply
  5. Madhab says:
    June 30, 2018 at 1:34 pm

    इंगलैंड र Belgium को final huncha. बेल्जियम जित्छ.

    Reply
  6. zeevan says:
    June 30, 2018 at 1:29 pm

    I hope your prediction is right salokya ji. There is one similar prediction as well….

    https://www.youtube.com/watch?v=9vnRRNXZxqk&t=1s

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme