Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘म्याच फिक्सिङ’ काण्ड : फुटबलरहरुलाई सफाई – यो त हुनु नै थियो

Posted on June 7, 2018 by Salokya


म्याच फिक्सिङ सम्बन्धी काण्डमा विशेष अदालतले आज त्यही फैसला गर्‍यो, जुन होला भनेर माइसंसारमा दुई वर्षअघि नै लेखिएको थियो। राष्ट्रविप्लव : खेलाडीलाई लाग्ने, सिके राउतलाई नलाग्ने? शीर्षकको ब्लग र म्याच फिक्सिङ : अदालतले सजाय दिए पनि नदिए पनि एएफसीले दियो जीवन भरलाई पुग्ने सजाय शीर्षकको ब्लगमा उतिखेर लेखेको थिएँ- अहिले चलिरहेको मुद्दा अनुसार होला जस्तो लाग्दैन मलाई चाहिँ। किनभने जुन कानुन टेकेर उनीहरुमाथि मुद्दा लगाइएको छ त्यसले यसो भन्छ


राष्ट्र विप्लवको ३.३ अन्तर्गत उनीहरुलाई तान्न खोजिएको छ। फिक्सरलाई विदेशी संगठित शक्ति नै माने पनि म्याच फिक्सिङले नेपालको सार्वभौमसत्तामा केही हुने होइन, अखण्डतामा केही हुने हैन। तर्क राष्ट्रिय एकतामा आघात पर्‍यो भनिएको छ। झण्डाको शपथ लिएर राष्ट्रलाई धोका दिने भन्ने कुनै प्रावधान त्यसमा भएको भए अर्कै कुरा, यसमा राष्ट्रिय एकता भनिएको छ। खेल हारेर राष्ट्रिय एकतामा चाहिँ कसरी आघात पर्ने हो? म्याच फिक्सिङ गरेर खेल हारेको भए राष्ट्रिय एकतामा आघात पुग्ने, म्याच फिक्सिङ नगरेर हारे चाहिँ आघात नपुग्ने पनि कहीँ हुन्छ?

आखिर भयो त्यस्तै नै। दावी नपुग्ने भन्दै फुटबलरहरुले सफाई पाए। योबारे अदालतको फैसलाको पूर्ण पाठ आउन बाँकी छ। त्यसैले अदालतको फैसलामा सफाईबाहेक के छ थाहा पाउन सकिएको छैन।

तर राष्ट्र विप्लवको दावी नपुगेको भरमा यी खेलाडीहरुले आफूलाई चोखो छु भन्दै हिँडेको सुहाएन। किनभने उनीहरुलाई एएफसीले दोषी ठहर गरी आजीवन प्रतिबन्ध लगाएको छ। फुटबल सम्बन्धी विवादहरु राष्ट्रिय अदालतमा हैन, फुटबलसम्बन्धी अदालतमा निरुपण हुन्छन्। आजीवन प्रतिबन्धन नहटेसम्म उनीहरु दोषी नै हुन्।

यो भिडियो हेर्नुस्, यसमा पूर्व गोलकिपर रितेश थापाले म्याच फिक्सिङ भएको स्वीकारेका छन्-

यही काण्ड कै कारण नेपालको कानुनमा म्याच फिक्सिङसम्बन्धी अपराधको प्रावधानसमेत राखियो। नत्र नेपालको कानुनले यस्तो होला भन्ने कल्पनै गरेको थिएन। तर समस्या के भने नि, यो मुलुकी अपराध संहिता ऐन भदौ १ गतेदेखि बल्ल लागू हुन्छ। अहिले बल्ल जेठ महिना हो। फेरि पुराना घटनामा यो कानुन लगाउन मिल्दैन।

त्यसैले अहिलेलाई उनीहरुले जीवनभर खेल्न नपाउने गरी लागेको प्रतिबन्ध नै सबैभन्दा ठूलो सजाय हो। तर विशेष अदालतबाट राज्य विप्लवको मुद्दामा पाएको सफाइलाई लिएर सबै आरोपबाट सफाइ पाए जसरी उनीहरुले अरुलाई ढाँट्न सक्लान्, आफ्नो मनलाई कहिल्यै ढाँट्न सक्दैनन्। करोडौँ फुटबलप्रेमी नेपालीहरुको विश्वासमा उनीहरुले जसरी आघात पुर्‍याए, त्यसले उनीहरुलाई पोली नै रहनेछ।

सम्बन्धित ब्लगहरु
फुटबल खेलाडीहरुलाई लगाइएको अभियोग विस्तृत विवरण
यसरी भएको थियो म्याच फिक्सिङ : विल्सन राज पेरुमलको पुस्तक अ‍ंश
म्याच फिक्सिङ : अदालतले सजाय दिए पनि नदिए पनि एएफसीले दियो जीवन भरलाई पुग्ने सजाय
नेपाली खेलाडीले कुन कुन खेलमा म्याच फिक्सिङ गरेका थिए? एएफसीले सार्वजनिक गर्‍यो लिस्ट

2 thoughts on “‘म्याच फिक्सिङ’ काण्ड : फुटबलरहरुलाई सफाई – यो त हुनु नै थियो”

  1. kiran joshi says:
    June 8, 2018 at 9:58 pm

    विशेष अदालतबाट राज्य विप्लवको मुद्दामा पाएको सफाइलाई लिएर सबै आरोपबाट सफाइ पाए जसरी उनीहरुले अरुलाई ढाँट्न सक्लान्, आफ्नो मनलाई कहिल्यै ढाँट्न सक्दैनन्। करोडौँ फुटबलप्रेमी नेपालीहरुको विश्वासमा उनीहरुले जसरी आघात पुर्‍याए, त्यसले उनीहरुलाई पोली नै रहनेछ।

    सहि कुरा.. यी सबै दोषी नै हुन्.. सर्बोच्च अदालतमा मुद्दा हाल्ने कोहि निस्केनन ? नेता बाट त आशा नै थिएन .. यिनी हरुले पनि धोका दिएको नै हो नत्र यिनीहरु आउट हुनासाथ कसरि नेपाल ले भका भक गेम जित्यो ?

    Reply
  2. Rabin says:
    June 8, 2018 at 1:52 pm

    सुरु मै भन्छु खेलाडीहरु दोषी छन् /
    तर के कुरा यत्तिमै सक्कियो त ?
    के एएफसीले उनीहरुलाई मात्र कारवाही गरेको थियो र ? खेल र खेलाडीको नाममा आउने त्यत्रो डलर पचाउनेलाई पनि कारवाही गरेको थियो /
    नेपालमा अझ पनि खेल क्षेत्रमा लागेर जीवन धान्न सकिञ्छ भन्ने आधार बनिसकेको छैन / त्यसको मतलब जीवन धान्न गलत बाटो अपनाउन पायिञ्छ भन्ने होइन / सानालाई ऐन ठुलालाई चैन / जसले यो कारवाहीको नाटक रचे, हुति छ भने ठुलोलाई पनि कारवाही गरेर देखाऊ / तर के गर्थ्यो र त्यो हुतिहारा भ्रष्टले / उसलाई त फगत सस्तो लोकप्रियता चाहिएको थियो, चाहे निर्दोषलाई झुठो मुद्दा दायर गरेरै किन नहोस / उसले जे हासिल गर्न चाहेको थियो त्यो गरिसक्यो / तर अझ पनि आशा छ, पापीले पापको फल पाउने नै छ भन्नेमा / हेर्दै जाउँ समयले के देखाऊछ /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme