कञ्चनपुरको नेपाल-भारत सीमामा फागुन २६ गते भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागी ज्यान गुमाएका गोविन्द गौतमलाई सरकारले सहिद घोषणा गरिसकेको छ। उनको राष्ट्रिय सम्मानका साथ भोलि आइतबार अन्तिम संस्कार गरिँदैछ। गोविन्दलाई आज कीर्तिपुर क्रिकेट मैदानमा नेपाल र केन्याबीच भइरहेको खेलमा दर्शकले श्रद्धाञ्जलि दिए। उनीहरुले गोविन्दलाई श्रद्धाञ्जलि दिइएको ब्यानरका साथ ब्याक अफ इन्डिया नारा लेखेको ब्यानर पनि बोकेर आएका थिए। हेर्नुस् केही फोटो।