छेउको फोटोमा तपाईँले रङ्गीबिरङ्गी थोप्लाहरु याद गर्नुभयो ? के हुन् ती ? बेलुन ? अहँ, हैन। त्यो हरेक थोप्लोमा दुई जना मान्छे छन्। ती पोखराको आकाशमा प्याराग्लाइडिङ गरिरहेका हुन्। मौसम राम्रो हुँदा सराङकोटबाट स्वदेशी र विदेशी गरी दिनमा एकै पटक यति धेरै उड्छन्। हेर्नुस् ठूला फोटोहरु भित्र।
Author: Salokya
बन्लान् त १९ गतेभित्र सुशील सहमतीय प्रधानमन्त्री?
दुई वटा चुनाव जितिसके सुशील कोइरालाले। संविधान सभाको चुनाव र आज भएको संसदीय दलको नेताको चुनाव। अब के उनी माघ १९ गतेभित्र सबैको सहमतिमा संसदमा चुनावै नगरी प्रधानमन्त्री बन्न सफल होलान् त ? आफ्नै दलमा सहमति हुन नसकेर बहुमतीय आधारमा नेता चयन गरिएका कोइराला देशका सहमतीय प्रधानमन्त्री बन्न सफल होलान् त ?
सुको कि शेबदे ? चुनिए कोइराला
अपडेट: नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको चुनावमा सुशील कोइराला विजयी भएका छन्। अब अरु चलखेल नभए उनी नै आगामी प्रधानमन्त्री बन्ने निश्चित छ। मतगणना परिणाम: कोइराला: १०५ देउवा: ८९ माइसंसारका पाठकले पनि कोइरालालाई नै बढी मत दिएका थिए। कस्तो लाग्यो त तपाईँलाई यो नतिजा ?
बोक्सीः कानुन छ तर कारबाही छैन
-सीता शर्मा- नुवाकोट सुन्दरादेवी गाविसकी आशादेवी नेपालीको कथाले जोसुकैलाई पनि भावुक बनाउँछ। उनी भन्छिन्, ‘साँझको आठ बजेको थियो। दिनभर ज्यामी (बालुवा चाल्ने) काम गरेर घरभित्र पस्दै थिएँ। एक्कासि श्रीमान् र सासूले ढोकैमा आएर बोक्सी भन्दै मेरो कपालको चुल्ठो समाए। म आत्तिएर बाहिर भाग्न खोजेँ, तर सकिनँ। उनीहरूले बोक्सी भन्दै त्यहीँब्ााट मलाई घिसार्दै घरभित्र लगे। श्रीमान्,… Continue reading
डाक्टर गोविन्द केसीलाई बचाऊ !
हरेक वर्ष जस्तो एक जना डाक्टर आमरण अनसन बसिरहेका हुन्छन्। माग एउटै हुन्छ- चिकित्साशास्त्र अध्ययन संस्थान (IOM) लाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने। पछिल्लो पटक सन् २०१२ को अगस्तमा उनी अनसन बसेका थिए। ६ दिनपछि बाबुराम भट्टराईको सरकार माग पूरा गर्न बाध्य भयो। माग अनुसार तुलनात्मक रुपमा स्वतन्त्र छविका मानिने डा. प्रकाश सायमि नियुक्त भए। त्रिविका पदाधिकारीको… Continue reading
अब खाता बन्द गर्दा बैंकले शुल्क लिन नपाउने
धेरै भएको छैन, केही अघि मात्रै सामाजिक सञ्जालमा एउटा खबर निकै चर्चामा थियो। एक ग्राहकले मेगा बैँकले आफ्नो खाता बन्द गर्दा ५ हजार रुपियाँ लिएको प्रमाणसहित फोटो फेसबुकमा पोस्ट गरे। खाता खोल्दा सून्य पैसामा खोल्ने अनि बन्द गर्दा ५ हजार रुपियाँ लिने भन्दै व्यापक आलोचना भयो। मेगा बैँक आफैले प्रष्टिकरण दिन बाध्य भयो। खाता बन्द… Continue reading
टुँडिखेलमा माघीको मज्जा (फोटो)
माघ १ देशका विभिन्न भागमा बेग्लाबेग्लै किसिमले मनाइन्छ। काठमाडौँ उपत्यकाका नेवारहरुले यसलाई घ्यः चाकु संल्हूका रुपमा मनाउँछन्। थारुहरुले यसलाई माघीका रुपमा धुमधामका साथ मनाउँछन्। त्यस्तै मगरहरुका लागि पनि यो चाडलाई ठूलो उत्सवका रुपमा मनाउँछन्। मकर संक्रान्ति, माघे संक्रान्ति आदि विभिन्न नाममा यो पर्व देशभर मनाइन्छ। जनआन्दोलन २०६२/६३ को परिवर्तनपछि उपत्यकामा रहेका थारुहरुले टुँडिखेलमा माघीको अवसरमा… Continue reading
प्रधानन्यायाधीशलाई संविधान पढाउन खोज्दा ‘चीसो पानीले नुहाउन’ बाध्य भए राष्ट्रपति
अन्ततः दोस्रो संविधान सभाको पहिलो बैठक बस्ने मिति तय भयो। तर मन्त्रिपरिषद्का अध्यक्ष र राष्ट्रपतिको जुङ्गाको लडाइँ भने अझै सकिएको छैन। त्यसो त यो विषय अहिले अदालत पुगेको छ। सोमबार सुनुवाई हुँदैछ। तर राष्ट्रपतिले चीसै पानीले नुहाउन लास्टमा आफूले अह्राएर प्रधानमन्त्रीले बोलाउने बीचको बाटो रोज्न खोजे। शितलनिवासमै बोलाएर उनले प्रधान न्यायाधीशसमेत रहेका मन्त्रिपरिषद् अध्यक्ष खिलराज… Continue reading
नेताको ‘सवारी’ यसरी चल्छ अचेल
पेनड्राइभ र एन्टिभाइरस बढी बिक्ने हाट बजार अर्थात् क्यान इन्फोटेकमा सँधै झैँ यसपालि पनि निकै भिड रह्यो। हिजो हाटबजारको अन्तिम दिन नेकपा एमालेका दुई नेताको ‘सवारी’ भएको थियो। एउटै पार्टीका दुई नेता झण्डै एकै समयमा आए पनि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्व गृहमन्त्री केपी ओली सँगै आएका थिएनन्। पहिला माधव नेपाल भित्र पसे अनि… Continue reading
‘ह्वेन आइ ह्याभ इन्टेलिजेन्स, अटोमेटिकल्ली माइ ब्युटी कम आउट’
नेपालमा थुप्रै किसिमका ब्युटी कन्टेन्स्टहरु हुन्छन्। कति ब्युटी कन्टेस्ट त तपाईँ हामीलाई थाहा पनि हुन्न। कुनै कुनै ब्युटी कन्टेस्टका आयोजकहरु भने भाग्यमानी हुन्छन्, उनीहरुले प्रचारका लागि कुनै एउटा टिभी समातेका हुन्छन्। टिभीले पनि अलिकति पैसा पायो भने यस्ता कार्यक्रम लाइभ प्रसारण गरिदिन्छन्। एउटा त्यस्तै ब्युटी कन्टेस्ट रैछ मिस्टर एन्ड मिस बेलर। खै कुन्नि के हो… Continue reading
अब भोट हाल्दा उम्मेदवार अस्वीकार गर्न पाइने
यसअघि मतदान गर्दा उपलब्ध उम्मेदवारहरुमध्ये एक जनाको चुनाव चिह्नमा छाप लगाउनु पर्ने हुन्थ्यो। अब मतदाताले समग्रमा सबै उम्मेदवारलाई अस्वीकार गर्न पाउने अर्थात् माथिका कुनै पनि हैनन् भन्नेमा पनि भोट हाल्न पाउने भएका छन्। सर्वोच्च अदालतले आइतबार यस्तो व्यवस्था कानुन बनाएर लागू गर्न सरकारलाई आदेश दिएको हो।
अब काठमाडौँको एयरपोर्टमा टल्कने नयाँ ट्याक्सी
विदेशबाट नेपाल आउने स्वदेशी होस् या विदेशी सबैलाई दिक्क लगाउने काम एयरपोर्टबाटै सुरु हुन्थ्यो। अध्यागमन र भन्सारको झमेलाबाट पार पाउने बित्तिकै ट्याक्सीले दुःख दिन्थ्यो। ट्याक्सी पनि कुन जमानाका थोत्रा। देख्दै मूड अफ हुने! अब धन्दा नमान्नुस्। आजदेखि काठमाडौँको एयरपोर्टमा फोर्ड र मारुतीका नयाँ सुविधाजनक ट्याक्सी चल्न थालेका छन्। पुराना थोत्रा सबै गाडीको ठाउँ अब नयाँ… Continue reading
पहिलो बैठक बोलाउनेमा बेकार बहस किन ?
चुनाव भएको एक महिनाभन्दा बढी भइसक्यो, नयाँ सरकार बन्ने र संविधान सभाको पहिलो बैठक बस्ने सुरसारै छैन। बरु नेताहरु र राष्ट्रपतिसमेत एउटा बेकारको बहसमा अल्झिएका छन्- पहिलो बैठक बोलाउने कसले भन्नेबारे। पहिलो बैठक आफैले बोलाउन पाउनु पर्ने, अन्तर्राष्ट्रिय अभ्यास यही भएको भन्दै राष्ट्रपति दलका नेताहरुलाई भेट्नमा व्यस्त छन्। मलाई त यो कुनै ठूलो कुरा जस्तो… Continue reading
यस्तो बनाउनु छ विष्णुमति नदीलाई
[beforeafter] [/beforeafter] नयाँ वर्षको पहिलो दिन एउटा गजबको सपना देखेँ। ढलमति बनिसकेको विष्णुमति नदीमा निलो पानी बगिरहेको थियो। कालिमाटी सालिक नजिकैको पुलबाट अस्ति विष्णुमति नदीको बाटो खनेको र त्यही दिन काठमाडौँ महानगरपालिकाको विष्णुमति नदी सुधार कार्यक्रमको प्रतिवेदन हेरेकोले यस्तो सपना देखेको हुनुपर्छ। माथि तपाईँले देखिरहनुभएको फोटोमा विष्णुमति नदीको अहिलेको रुप र सुधार कार्यक्रमले कल्पना गरेको… Continue reading
सन् २०१३ का १३ अनौठा खबर
सन् २०१३ ले बिदा लिएर गइसक्यो। गएको वर्षका १३ वटा अनौठा खबर यसो बुझिराखम् न- १) भाँडाको रङ्गले स्वादमा असर पार्दो रैछ भोक मिठो कि भोजन भन्नेबारे स्कूलमा हामीले धेरै वादविवाद गर्यौँ। अब भाँडाको रङ्ग मिठो कि त्यसमा भएको खानेकुरा मिठो भन्ने बहस गरौँ। युरोपका वैज्ञानिकहरुले भाँडाको रङ्गले त्यसमा राखिएका खानेकुराको स्वादमा असर पर्ने प्रमाण… Continue reading
सन् २०१३ मा बढी पढिएका १३ ब्लग
एउटा अर्को वर्ष आजदेखि हामीबाट विदा हुँदैछ। माइसंसारको यो आठौँ वर्ष थियो। यो वर्ष धेरै राजनीति र सामाजिक क्षेत्रमा निकै उतारचढाव आए। अनि त्यसैमा केन्द्रित भयो माइसंसारका ब्लग। सन् २०१३ मा सबैभन्दा बढी पढिएका १३ ब्लगहरुको सूची यहाँ प्रस्तुत गर्दैछु। यो वर्ष संविधान सभाको निर्वाचन भएका कारण सबैभन्दा बढी त्यसै निर्वाचनको लाइभ अपडेट पेज खोलियो।… Continue reading
तल्होसारई आशिमलाँ !
तमु ल्होछार आज देशभरका गुरुङहरुले हर्षका साथ मनाए। तमुहरुको नयाँ वर्ष घोडा वर्षका रुपमा आजदेखि सुरु हुने रहेछ। यसै अवसरमा आज टुँडिखेलमा भएको कार्यक्रमका केही दृश्य भिडियो र फोटोमा।
घाँसको भागवन्डा नमिलेर गाई टुक्रियो, समानुपातिकले सबैतिर लफडा, को-को परे समानुपातिकमा ?
प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) तर्फ एक सिट नजिते पनि समानुपातिकतर्फ २४ सिट जितेको कमल थापा नेतृत्वको राप्रपा नेपाल आज टुक्रिएको छ। अघिल्लो निर्वाचनमा भन्दा २० सिट बढी हुने गरी जनताले गाईमा दिएका लाखौँ भोटको अपमान गर्दै समानुपातिक सिटको भागवण्डा नमिलेर पार्टी टुक्रिएको हो। आफू निकट नेताका छोरा, बुहारीलाई सभासद बनाएर पार्टीका लागि खट्नेहरुलाई बेवास्ता… Continue reading
चुरोट साहुहरु बल्ल परे माकुरी जालैमा
सँगैको फोटो ध्यान दिएर हेर्नुस्। क्यान्सरले फोक्सो कुहिएको यो डरलाग्दो फोटोले अब चुरोटका बट्टाको ७५ प्रतिशत भाग ढाक्नेछ। हेरौँ हेरौँ लाग्ने आकर्षक डिजाइनसहितका चुरोटका बट्टाहरु अब एकादेशका कथा हुनेछन्। अब छुँदै र किन्दै घिन लाग्ने फोटो भएका बट्टामा चुरोट हुनेछ। केहीलाई लाग्दो हो- के फरक पर्छ र, चुरोट खानेले आखिर खाइहाल्छ क्यारे। गलत! केही फरक… Continue reading
मोन्सान्टोलाई बिना कारण रोक्न मिल्दैन : सरकार
कृषि विकास मन्त्रालयले विश्वमै बद्नाम मोन्सान्टोका बीउ नेपालमा भित्रिसकेको आधिकारिक रुपमा स्वीकार्दै बिना कारण यसलाई रोक्न नमिल्ने बताएको छ। आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले नेपालले World Trade Organization, International Treaty on Plant Genetic Resources for Food and Agriculture, Convention on Bio-diversity जस्ता अन्तरराष्ट्रिय सन्धि सम्झौतामा सदस्य राष्ट्रको हैसियतले सहमति जनाई सकेको भन्दै यसले बहुराष्ट्रिय कम्पनीका… Continue reading