Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब काठमाडौँको एयरपोर्टमा टल्कने नयाँ ट्याक्सी

Posted on January 5, 2014January 6, 2014 by Salokya

airport_taxis
विदेशबाट नेपाल आउने स्वदेशी होस् या विदेशी सबैलाई दिक्क लगाउने काम एयरपोर्टबाटै सुरु हुन्थ्यो। अध्यागमन र भन्सारको झमेलाबाट पार पाउने बित्तिकै ट्याक्सीले दुःख दिन्थ्यो। ट्याक्सी पनि कुन जमानाका थोत्रा। देख्दै मूड अफ हुने!

अब धन्दा नमान्नुस्। आजदेखि काठमाडौँको एयरपोर्टमा फोर्ड र मारुतीका नयाँ सुविधाजनक ट्याक्सी चल्न थालेका छन्। पुराना थोत्रा सबै गाडीको ठाउँ अब नयाँ टल्कने ट्याक्सीहरुले लिएका छन्। यी नयाँ ट्याक्सीको भाउ ट्याक्सी १८ लाखदेखि २५ लाखसम्म परेको छ।

पोहोर वैशाखदेखि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि आज बल्ल त्यो लक्ष्य पूरा भएको हो।

एयरपोर्टमा रहने प्रिपेड ट्याक्सी सेवा भनिने यस्ता ट्याक्सीका नम्बर प्लेट हरिया हुन्छन्। ‘विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटिेड’नामको कम्पनीले यसको व्यवस्थापन गर्छ। यो कम्पनी यसअघि त्यहीँ गाडी चलाउने चालक, गाडीधनीहरुले मिलेर खोलेको कम्पनी हो।

यस्ता ट्याक्सीमा चढ्न पहिले नै शुल्क तिर्नुपर्छ। शुल्क दोहोरो हुन्छ। अर्थात् जहाँसम्म तपाईँ जाने हो त्यहाँ पुग्दासम्मको मात्र हैन कि फर्केर फेरि विमानस्थल आउँदासम्मको शुल्क पनि तपाईँले नै तिर्नुपर्छ।

ट्याक्सीको भाडा स्वदेशी होस् कि विदेशी सबैलाई प्रति किलोमिटर ७३ रुपैयाँ लिइन्छ। तर चढेपछि न्यूनतम ५ किलोमिटरसम्म ५०८ रुपैयाँ लिइनेछ।
newtaxi
त्यसमा पनि सेवा शुल्क भनेर थप १०० रुपियाँ र नाइट चार्ज अलग्गै लाग्ने रे। भाडाबारे विस्तृत जानकारी कम्पनीले prepaidtaxinepal.com मा राख्दैछन्।

सरकारले भने दोहोरो भाडाको अनुमति दिएको छैन। यातायात व्यवस्था विभागको आधिकारिक भाडादरको सूचना यस्तो छ-

नेपाल सरकार
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय पुर्वाधार
यातायात व्यवस्था विभाग
मिटर ट्याक्सी को भाडासमायोजन सम्वन्धी जरुरी सूचना ।

इन्धनको मूल्य बृद्धिलाई आधार बनाइ बैज्ञानिक भाडा निर्धारण सम्वन्धी स्वीकृत मापदण्ड बमोजिम यस अघि मिति २०६९।११।१८ मा यात्रुवाहक तथा मालबाहक सवारी साधनको भाडा बद्धि भएको । सोही बमोजिम भाडा समायोजन हुन बाँकी मिटर जडित ट्याक्सीको हकमा समेत मिति २०७०।४।१ देखि लागु हने गरी देहाय बमोजिम भाडा समायोजन गर्ने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएकोछ ।
तपसिल
१. मिटरजडित सार्वजनिक भाडा ट्याक्सीको सावीकको भाडादर प्रति कि.मि.रु.३२।- रहेकोमा हाल समायोजन गर्दा प्रति कि.मि. रु.३७।- कायम भएको ।
२. फ्ल्याग डाउन साविकको रु.१०।- कायम रहेकोमा हाल रु.१४।- कायम गरिएको ।
३. प्रति २०० मिटरमा साविकको रु.६।४० भएकोमा समायोजन गर्दा हाल रु.७।४० कायम गरिएको ।
४. त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट संचालन हुने पर्यटक ट्याक्सीको हकमा काठमाण्डौ उपत्यका भित्रका शहरी क्षेत्रका लागी देहाय बमोजिम भाडादर कायम गरिएको ।

क) ० देखी ५ कि.मी सम्म साविकको रु ४३८।०० मा वृद्धि दर समायोजन गर्दा रु. ५०६।०० कायम गरिएको ।
ख) ५ कि.मी पछि प्रति कि.मी. साविकको रु.६३।०० का दरले थप लिन पाउनेमा बृद्धि दर समायोजन गर्दा रु. ७३।- थप गरि लिन पाउने र अधिकतम साविकको रु.१०२६।०० मा वृद्धिदर समायोजन गर्दा अधिकतम रु. ११०६।०० कायम गरिएको ।

रङ र छत
नयाँ ट्याक्सीको रङ सेतो रोजिएको छ। काठमाडौँको धुलो र धुँवाले सेतो रङ मैलिन धेरै समय लाग्दैन। सरसफाइमा ध्यान नदिए नयाँ ट्याक्सी तुरुन्तै पुराना जस्ता लाग्ने हुनसक्छ।

त्यसैगरी अधिकांश नयाँ ट्याक्सीमा छत राखेको देखिएको छैन। विदेशबाट आउनेहरुले ल्याउने ठूल्ठूला सुटकेस र टिभीहरु डिकीमा नअट्ने खालका पनि हुन्छन्। त्यसैले यस्ता यात्रुहरुलाई भने छत भएको ट्याक्सी खोज्न निकै गाह्रो पर्नसक्ने देखिन्छ।
newtaxi1
विकल्प के?
ट्याक्सी नचढ्ने हो भने साझा बस चढ्न सकिन्छ। साझा बसले विमानस्थलभित्रदेखि तीनकुने, नयाँ बानेश्वर, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी हुँदै कलंकीसम्मको रुटमा सेवा दिन्छ। त्यो बाहेक अरु रुटमा जानु पर्ने भए तीनकुनेबाट अर्को ट्याक्सी समाते दोहोरो भाडा तिर्नबाट बच्न सकिन्छ।

[विमानस्थलका ट्याक्सीबारे तपाईँको पनि कुनै स्मरण छ कि? आफ्नो भोगाई तल कमेन्टमा लेख्नुस्]

32 thoughts on “अब काठमाडौँको एयरपोर्टमा टल्कने नयाँ ट्याक्सी”

  1. sandeep says:
    January 7, 2014 at 10:51 pm

    राम्रो काम हो तर क गर्ने धेरै नै महँगो भयो जस्तो लग्यो मलाई.
    ५ किलो मीटर को ५०८ भेनेको अलि महंगी भो

    Reply
  2. mangal says:
    January 7, 2014 at 8:22 pm

    परे छैन टेक्सी चडनु हामीलाइ त १०० रुपैयाँ मा पुग्ने ठाउँ मा ५०८ न तिरु होला विदेश मा पैसा रुख मा फल्दैन !

    Reply
  3. Bijaya says:
    January 7, 2014 at 9:32 am

    राम्रो सुरुवात! यात्रुहरुको माग बमोजिम सामान राख्ने व्यवस्था भएको, बातानुकुलित, बढी आरामदायी आदि इत्यादी समयानुकुल विकास गर्दै लानु होला|

    Reply
  4. प्रकाश says:
    January 7, 2014 at 2:32 am

    दोहोरो भाडा चाँही किन ?
    बरु यात्रुको ठुलठुला समानहरु एयरपोर्ट देखी तिन्कुने कि गौसलासम्म बोक्ने
    “साझा भ्यानको ” ब्यबस्था गरे अती उत्तम हुनेथियो कि ?

    Reply
  5. Sunil. London says:
    January 6, 2014 at 9:54 pm

    “ट्याक्सीको भाडा स्वदेशी होस् कि विदेशी सबैलाई प्रति किलोमिटर ७३ रुपैयाँ लिइन्छ। न्यूनतम ५ किलोमिटरको ५०८ रुपैयाँ लिइनेछ” !
    मलाई पनि नेपाल आउदा विमानस्थल बाट taxi लिदा सजिलो होला तर माथिको हिसाब बुझिन मैले त !!!!
    न्युनतम ५ किलोमीटर को ७३ को दर ले ३६५ मात्र पर्छ , अब दोहोरो भाडा तिर्ने हो भने १० किलोमीटर को ७३० हुन्छ ! यो ५०८ को हिसाब कसरि निस्क्यो ? माथि कसैले पनि एस बिषयमा कुरा उठाएको पाइन, मैले मात्र कुरो नबुझ्या त हैन ?

    Reply
  6. Nirmal says:
    January 6, 2014 at 8:50 pm

    यो अलिक दिनलाई देखावटी मात्र हो| काठमान्डौको रात्रि बस सरह|
    प्रभावकारितालाई नियमित ता र निरन्तरता दिने एयरपोर्टमा कार्यरत जागिरे र उनीहरुका अनुगमन सुपरिवेक्षण र मार्गदर्शन गर्ने हाकिम र योजनाकारहरुको डीएनए मै छैन भने हुन्छ|
    त्यंहा एयरपोर्टमा काम गर्ने र बाहिर जाल थापेर कुरेर बस्नेहरुको मानसिकता यति गए गुज्रेको छ, स्वाँठका स्वाँठ हान्न मन लाग्छ| खुंखारहरु छन्|
    हामी नेपालीको एउटा अन्तराष्ट्रिय एयरपोर्टको बाथरुम त् निरन्तर सफा राख्ने हुति छैन,युरोप, अमेरिका र अष्ट्रेलियामा पढेर पनि मतिहारी बिहारको व्यवहार गर्ने धेरै छन्|
    एयरपोर्टलाई देखादेखी घुस रहित अनि सक्षम र प्रभावकारी बनाउन केही अवधिलाई ट्रायल को रुपमा भए पनि बिदेशी सके खैरे हाकिम वा बिदेशी व्यवस्थापन पर्खेर बसेको जस्तो छ|
    किन भन्नुहोला, अहिले जागिरेको सांगलोमा जुन नेपालीहरु छन् र त्यही बाट जो आउँदा दिनहरुमा पनि नियुक्त हुन्छन, तिनीहरुबाट ज्यान गए नी घुसमुक्त, दक्ष, प्रभावकारी व्यवस्थापन सम्भव छैन| आमुल परिवर्तन चाहिन्छ| खल्ती नभएको उर्दीले केही हुँदैन|
    यो मेरो धेरै चोटिको अनुभव र अब्जरभेसनको आधारमा भनिरहेको छु|
    एयरपोर्ट, जग्गा पास , माल र भन्सारका कर्मचारीहरु जो घुसमा निर्लिप्त छन्, उनीहरुलाई कीरा परोस भनेर मात्र हुँदैन| उनीहरुका छोरा छोरीहरु जो अमेरिका, युरोप अष्ट्रेलियामा पढ्दै छन् वा काम गर्दै छन्, उनीहरु समेतलाई घुसको धनमा बढी हुर्की समाजमा अग्र पंक्तिमा बढेका हुनाले शरीरमा कीरा पारिदिन पर्छ| उनीहरुको घर दैलोमा यँहा घुस खोरी बस्छ भनेर लेखिदिन पर्छ|
    जब सम्म समाजमा एउटा बिकराल चेतनामुलक र सावधानीको आन्दोलन ल्याईदैन तब सम्म भ्रष्ट र असक्षमले प्रश्रय पाई रहने छन्| म चाहन्छु यो आन्दोलन हिँसा रहित होस्, अमानवीय तरिकामा नहोस तर भने जस्तो सजिलो छैन| घुसखोरिलाई निधारमा नमेटिने कालो दाग लगाउने पो हो कि?
    एक ताका माओवादीले भ्रस्ट निर्मुल गर्न पारेको उचित शंखघोष अब आफै पट्टि फर्केर गरे हुन्छ| सबै दुधको साक्षी बिरालो भए|

    Reply
  7. रबिन्द्र says:
    January 6, 2014 at 7:37 pm

    साथीहरुले भंगेरा/मुसा जत्रा Taxi भन्नुभएको छ बिदेशमा चै हात्ती जात्र हुन्छंकी के हो Taxi ? मैले देखेको बिदेशमा त यस्तै थिए त !!! म फेरी साथीहरुले मलाई Taxi वाला चै नसोच्नुहोला है , अन्यकुरा (चलखेल, कमिसन, भाडादर आदि ) था भएन .

    Reply
  8. ashok says:
    January 6, 2014 at 6:48 pm

    ट्याक्सी नया भएर के गर्नु हजुर, मान्छे उही हो ! नेपालको ट्याक्सी चालकहरुमा शरम भन्ने कुरा पटक्कै छैन, त्यसैले पैसा असुल्ने लुपहोलहरु थुप्रै देखिन्छन ! अर्को कुरा, एयरपोर्ट ट्याक्सी समिती अझ संगठितरुपमा बलियो भएको देखिन्छ ! एउटा सानो ट्रेड यूनीयनसंग त झुक्ने सरकारले यत्रो लगानी गरेर राष्ट्रकै छबि सुधार गर्छु भनेर ठेक्का लिने ब्यक्तीलाई अब के गर्ला र? दोहोरो भाडा लिएर यो त दिउसै लुट्ने काम भयो, हजुर ! के विदेशमा बस्ने नेपालीहरुले तेसै पैसा कमाउछन? म त तिन कुनेसम्म हिडेर एककोहोरो भाडा लिने ट्याक्सीमै सफर गर्छु !

    Reply
  9. krishna says:
    January 6, 2014 at 6:17 pm

    अलि ट्रिक लगाउने हो भने दोहोरो भाडा बाट बच्न सकिञ्छ कि ! तीन कुनेसम्म सोहि ट्याक्सी मा आएर अर्को बदल्ने होभेने सस्तो र एकोहोरो भाडा पर्लाकी …

    Reply
  10. nimesh, bkk says:
    January 6, 2014 at 3:53 pm

    दोहोरो भाडा ठिक लागेन taxi को . एरपोर्टमा आउने-जाने साझा बसको समय तालिका पनि उपलब्ध गरिदिनु भए राम्रो हुनेथियो . धन्यवाद

    Reply
  11. Karbir says:
    January 6, 2014 at 3:13 pm

    यो राम्रो कामको सुरुवात हो तर खै त यात्रुको लगेज राख्ने ठाउ ? त्यो सानो फोर्ड फिगोमा एउटा सुटकेस पनि अट्दैन त !

    Reply
  12. SATAR LITE says:
    January 6, 2014 at 9:23 am

    राम्रो काम को सुरुवात भयो तर कमि कमजोरी हरु लै पनि येसो विचार गर्ने कि दोहोरो भाडा गलत भयो अनि यात्रु हरु ले लिएको समान चाही अर्को ट्याक्सी मा राख्नु पर्ने होला , सरोकार वाला हरु ले यो कुरा बुज्नु पर्छ , सेवा र सुभिधा को कदर गर्नु पर्छ ,

    Reply
  13. Shyam Shrestha (boston) says:
    January 6, 2014 at 6:49 am

    बाहिरबाट आउने यात्रु झोला बोकेर आउने होर येत्रो फुचे taxi राख्न लै! Luggage राख्ने ठाउँ खोइ !!

    Reply
  14. Jeevan Thapa says:
    January 6, 2014 at 6:33 am

    यसपाली नेपाल बसाइमा सबै ट्याक्सी मिटरमा नै चढियो ..कति सस्तो आहा ..सधै यस्तै भए क्या मज्जा आउंथ्यो …
    अब एअर पोर्ट को ट्याक्सी फेरे जस्तै waiting रूम को सोफा र कुर्सि हरु पनि फेरिदिने हो भने अलि ठिक हुन्थ्यो कि?

    Reply
  15. कृष्ण भारद्वाज says:
    January 6, 2014 at 5:57 am

    काम राम्रो हो, तर दोहोरो भाडा अलि भएन……ट्याक्सी पनि सारै साना……बरु साझा बस ठिक होला
    हामी नेपाली त बरु सबै कुरा बुझेका छौ, एक छिन गाली गर्छौ, सके बार्गेन गर्छौ……..बिदेशीले चुप लगेर पैसा तिर्छन अनि आफ्नो देश गए पछि नाना भति भनेर देशको बैजेत गर्छन तेसैले पर्यटक लाई हेरेर, उनीहरुलाई सजिलो सुलभ पर्ने गरि बनाऊ,
    एरपोर्ट सफा राखौ,
    टोइलेट त झन् टल्किने बनाऊ,
    कर्मचारीलाई सफा सुगर हुन सिकाउ
    साथै मिठो मुस्कान सहित कुरा गर्न सिकाउ
    ……..बिदेशी लाई पहिले प्रभाब एरपोर्ट मा नै पर्छ
    के गर्नु बुद्धि भाको को पद छैन……..पद भाको को बुद्धि छैन !!

    Reply
  16. Diwakar says:
    January 6, 2014 at 5:21 am

    काम राम्रै हो ! तर जाबो taxi किन्दैमा एती ठुलो हर्ष वडाइ गर्नु कति लज्जास्पद हो ! फेरी taxi पनि साना ! जस्तो सोचाई त्येस्तै काम !

    Reply
  17. Diwas says:
    January 6, 2014 at 5:06 am

    कृपया विदेश बाट आउंदा शर्ट, पाईन्ट अनि कट्टु लाएर मात्र आउनु होला, जाकेट पनि बाक्लो नलगाउनु, ज्यान ठुलो छ भने नेपाल आउनु २-४ महिना अघि ब्याम गरि घटाउनु , अन्यथा एरपोर्ट बाट हिंडेर घर जानु पर्ला.

    Reply
  18. Basant says:
    January 6, 2014 at 4:32 am

    हरेक ठाउमा लुट्नेबसेका एस्त दिउसै लुट्ने डाँकाहरुलाई तह लगाउने कानुन प्रशाशन छैन भन्या ? भाडा पनि दोहोरो हुन्छ कहि, फेरी टेक्सी पनि २ जना मात्रै अटाउने…कमसेकम समान अटाउने सम्मको त् हुनु पर्यो हौ बेइज्जत मात्र, भगेरा जत्रो टेक्सी…

    Reply
  19. sham says:
    January 6, 2014 at 3:58 am

    यो भंगेरे ट्याक्सी भन्दा बरु एरपोर्टबाट त्यो मनकामना को जस्तो रिङ्ग रोड परिक्रमा गर्ने केवल कार राखेको भए हुन्थियो लठ्ठा गाडेर मान्छे पनि बोक्थ्यो बोका बोक्ने मा चाही सुट केस र भ्रस्ट नेता र पार्टी हरुले गर्दा सिर्जिएको अस्थिरता र बेरोजगारी को कारण बाध्य भएर बिदेसिएका हरुको विदेश बाट दैनिक आउने लास केस बोक्न मिल्थ्यो …..

    Reply
  20. HimKhurpeto says:
    January 6, 2014 at 3:46 am

    राष्ट्रिय बेइज्जतको नमुना ‘विमानस्थल भित्रको शौचालय’ कहिले बन्ला ? डुंग-डुंग गन्हाएर छिर्न पनि मन लाग्दैन, बरु प्लेन भित्रै गर्नु पर्ला जस्तो हुन्छ !! पानी, toilet पपेर, साबुन केहि को पनि राम्रो ब्यबस्था नभाको छि: छि: दुर्गन्ध, त्यो बिदेशी पाहुनाहरुले के भन्दा हुन् !! थुक्क बाबुराम, थुक्क शेरबहादुर , थुक्क प्रचण्ड, थुक्क माधे नेपाल, थुक्क सप्पै मै हुँ भन्ने नेपाली नेताहरु, थुक्क नेपाली राष्ट्रपति यादव, थुक्क उप-रास्ट्रपति, तिमीहरु कति गन्हाउने शौचालयमा हुर्केका नेता हौ संसारलाई थाहा छ !!! थुक्क पाजीहरु !! खुब विदेश भ्रमणमा जानु पर्छ होइन तिमि नाथेहरु !!

    Reply
  21. Shankar says:
    January 6, 2014 at 1:53 am

    दोहोरो को सट्टा डेड लिएको भए राम्रो हुन्थ्यो | खैर मिटर सहि राखेर चलाए ,न ठगे यो पनि एक किसिमको ब्यबस्था नै हो | लै एक चिम्टी बधाई |

    Reply
  22. Mukesh budhathoki says:
    January 6, 2014 at 1:45 am

    राम्रो कामको थालनी भाको चाहि हो ….,

    Reply
  23. Bindu says:
    January 6, 2014 at 1:42 am

    दोहोरो भाडा सिस्टम चै चित्त नबुझ्ने नै हुने छ धेरैको लागि .
    उपाय साझा बस देखियो तर थाहा भएन साझा बसले एक व्यक्ति सहित उसको कति केजी
    सम्मको बस्तु धन्न सक्छ ? अर्थात एक जना संग हुने सामान सामान्य तया २५ – ३०
    केजी हो . के साझा बसले एक व्यक्ति = ३० केजीको ब्याग ( सामान ) बोक्न सक्छ ?
    अर्थात साझा बसले ३० केजी ब्याग बोकेको मान्छेलाई बसमा प्रवेश गर्न दिन्छ ? उसको
    ३० केजी का सामान राख्ने ठाउँ हुन्छ साझा बसमा ?
    कृपया यस बारे जानकारी भए कमेन्टमा लेख्नु होला .
    धन्यबाद .

    Reply
  24. rabin says:
    January 6, 2014 at 1:12 am

    त्यो दोहोरो भाडा चाही किन नि ? बिदेशबाट आउने संग टन्न गांठ हुन्छ अनि डस्नु पर्छ भनेर हो कि के हो ?

    Reply
    1. Pushpa says:
      January 6, 2014 at 9:47 am

      तेस्तो होइन रबिन जी, चिट नगर्ने हो भने दोहोरो भाडा ले खासै समस्या छैन. बार्गेन गर्न परेन, ट्राफिक जाम को कारण समय खेर गयो भने पनि कच् कच् सुन्नु परेन. यो धेरै राम्रो काम हो तर छात नभएको सानो ट्याक्सी राखेर फेरि योजनाकार हरु अपरिपक्व भए. तिनीहरुले आफ्ना नागरिक को ख्याल गरेनन.

      Reply
  25. sanjeev adhikari says:
    January 6, 2014 at 12:18 am

    राम्रो काम तर दोहोरो भाडा ले अलि मर्कामा पर्ने भयो हुनत पुराना taxi ले पनि कहाँ सस्तोमा लैजान्थे र

    Reply
  26. बिष्णु प्रशाद says:
    January 5, 2014 at 11:49 pm

    बाहिर बाट आउने हरुकलागी नेपाल को हरचिज सानो देखिन्छ कमसेकम टेक्सी त अलि ठुलो राख्नु नि

    Reply
  27. kedar says:
    January 5, 2014 at 11:42 pm

    …. भंगेरा जत्रा ट्याक्सी हालेर विदेश बाट उत्रिने ४ जनाको परिवारलाइ ५ वोटा ट्याक्सी भिडाउने राम्रै खेल हो, तेसमाथी कहीं नसुनेको दोहोरो भाडा, आ चे चे चे चे | लुट्न पनी कता कता चैं र कती चैं लुट्ने हौ ? प्र……ड लाई पनी माथ खुवाउने, कहीं नभाको जात्रा हाँडी गाउँको…..

    Reply
  28. avash rimal says:
    January 5, 2014 at 11:24 pm

    taxi टल्किने भए पछि पैसा पनि टल्किन परिहाल्यो नि ! कमसेकम पर्यटकहरुले अबदेखि बाटोमा ओर्लिएर धकेल्नु पर्ने दिन गए !!! जय नेपाल

    Reply
    1. rajesh says:
      January 6, 2014 at 1:30 am

      ट्याक्सी चाहि हैन पहिला तेंहाका भ्रस्ट कर्मचारी हरुलाई सिस्नु पानीले हानेर लखेट्ने अनि डिग्री हातमा बोकेर भौंतारी रहेका इमान्दार कर्मचारीहरु नियुक्ति गरेर त्यो ठाउँलाइ चाहि पहिला टल्का !! एरपोर्टको जाँबो ट्वाइलेट त मर्मत गर्न नसक्ने हुतिहारा हरु थोत्रा उप्किएका बाटोहरुमा नया ट्याक्सी गुडाउने सपनाहरु बाँड्दै छन l एकातिर गरीब किसानका छोरो हरु अरबमा दस नंग्रा खियाउन्छु भनेर अध्यागमन विभागमा लाइन लाइन लाग्दा पनि घुस खोज्ने दैत्य कर्मचारी हरु बात आजित छन एता अर्को तिर गू गनाउन थाल्यो भनेर तेस्का दलाल हरु एरपोर्ट मा नया ट्याक्सी ल्याउने आस्वासन हरु हामि एक चाके जनता हरुलाई बाँड्दै छन…………..क्या लाजमर्दो……छि !!!!

      Reply
  29. Bishwaraj says:
    January 5, 2014 at 11:22 pm

    धेरै समय लाग्दैन- पहिलाको अबस्थामा फर्कन- बाँदरको हातमा नरिवल- जापानले दिएको साझा नीलो बस जस्तै हुन्छ- जे होस्- राम्रो थालनी- एरपोर्ट भित्रका टोइलेटहरुमा पानी र साफ-सफाइमा सुधार ल्याउन सक्नु पर्यो-

    Reply
  30. Kp says:
    January 5, 2014 at 10:24 pm

    अरे बाबा एरपोर्टको taxi अलि ठुलो त राख!के यत्रो मुसा जत्रो taxi राखेको यार ,अनि यात्रु हरुको समान चाही कहाँ रख्नुनी ,किन यहाँपनि commision ले काम गर्यो क्या हो.सरकारले एरपोर्टको टोइलेट चाही कहिले बनाउने नि

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme