२६ वर्षकी ….तामाङको बिहे ५० नाघेका एक अधवैँशे कोरियालीसँग भएको थियो। तीन महिनाअघि उनी कोरिया आएकी थिइन्। सुरुमा त उनी निकै खुसी थिइन्। कोरियाली पतिले काम पनि गर्न दिएका थिए। एक दिन उनी घरमा ढिला फर्किएकी थिइन्। पतिले उनलाई नराम्रोसँग पिटे, टाउको भित्तामा ठोक्काए र घरबाट निस्के। उनी त्यो रात र भोलिपल्ट दिनभर बेहोस् भइन्।… Continue reading
Author: Salokya
काठमाडौँका कुन-कुन ठाउँमा पार्किङ निःशुल्क ?
काठमाडौँ महानगरपालिका बोर्डलाई पार्किङ निःशुल्क बनाउने अधिकार छैन, यसरी निःशुल्क गराउने हो भने सयौं व्यवसायी बेरोजगार हुन्छन् भन्दै पार्किङ ठेकेदारहरुले अदालतमा मुद्दा ठोकेपछि पुस १ गतेदेखि लागू गर्ने तयारी भएको निःशुल्क पार्किङ योजना अलपत्र परेको थियो। मुद्दा ठोकेपछि पुनरावेदन अदालतले अर्को आदेश नहुन्जेल सित्तैमा पार्किङ गराउने योजना कार्यान्वयन गर्ने प्रक्रियालाई अघि नबढाउन अन्तरिम आदेश दिएको… Continue reading
भगवानकै अगाडि चोरी !
स्वयम्भूमा देउताको मूर्ति चोरी हुनबाट जोगाउन फलामे जाली हालिएको छ। केही दर्शनार्थीले जालीभित्रै सिक्का चढाउँछन्। तर त्यही जालीभित्रैबाट एक बालकले चलाखीका साथ देउतालाई चढाइएको सिक्का चोर्न सफल हुन्छन्। आज बिहान स्वयम्भूमा यो दृश्य देख्दा गजब लाग्यो। हेर्नुस् भिडियो र साथमा स्वयम्भूका केही फोटोहरु।
पहिलो नेपाली कृषि इञ्जिनियर रहेनन्
नेपालका प्रथम कृषि इञ्जिनियरका रुपमा परिचित संरक्षणविद् हुतराम वैद्यको मंगलबार बिहान ९४ वर्षको उमेरमा निधन भएको छ। २००७ सालमा भारतको इलाहावाद विश्वविद्यालयबाट उनले कृषि इञ्जिनियरिङ गरेका थिए। उनी बागमतीविज्ञ पनि मानिन्थे। बागमती बारे उनका निकै लेखहरु छापिएका छन्। अहिले हरेक शनिबार बिहान बागमती सफा गर्ने गरिन्छ। तर उनले त्योभन्दा धेरै वर्षअघि एक्लै बागमती सफा गर्ने… Continue reading
मोन्सान्टोसँग सम्बन्ध समाप्त भइसक्यो, अब विदेशबाट बीउ ल्याउँदैनौँ : चौधरी ग्रुप
चौधरी ग्रुप अन्तर्गत रहेको सिजी सिड्स एन्ड फर्टिलाइजर्सले अमेरिकी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोसँगको सम्बन्ध एक वर्षअघि नै समाप्त भइसकेको बताएको छ। मूलधारे मिडियाले चुइँक्क नगरे पनि विश्व मै बदनामी कमाएको कम्पनीका बीउ बेच्न लागेको भन्दै सामाजिक सञ्जालमा आलोचना बढ्दै जाँदा सिजी सिड्सले आज पत्रकार सम्मेलन गर्दै यो नयाँ कुरा अगाडि ल्याएको हो। पत्रकार सम्मेलनको अध्यक्षता सिजी… Continue reading
मोन्सान्टो वर्षौँअघि नेपाल भित्रिसकेको रहेछ…र नेपाली किसानलाई बर्बाद पारिसकेको रहेछ
यो फोटो तपाईँले कतिको याद गर्नुभएको छ। ‘कान्तिपुर’को पहिलो पेजमा यो फोटोसँगै एक गरिब किसानको पीडा छापिएको थियो- ‘मेरो त सर्वस्वै भयो’ शीर्षकमा। यस्तो थियो शंकरपुर-९, सर्लाहीका हीरा कोइरालाको पीडा- आफ्नो नाममा जम्मा ६ कट्ठा जमिन मात्र भएको म गरिब किसान हुँ । हाइब्रिड मकै लगाउँदा राम्रै आम्दानी हुने देखेर अर्काको जमिनसमेत ठेक्कामा लिई रिनपान… Continue reading
Exclusive [Company Confidential] : यस्तो थियो नेपाल पस्ने मोन्सान्टोको गेमप्लान
विश्वमै बदनाम अमेरिकी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोलाई अब चौधरी ग्रुपले काँध थापेर नेपाल भित्र्याउँदैछ। तर, त्यसअघि सरकारसँगै मिलेर अमेरिकी सहयोग नियोग युएसएडले मोन्सान्टोलाई योजनावद्ध रुपले नेपाल भित्र्याउन पूरै गेमप्लान तयार पारिसकेको थियो। योजना अनुसारको काम भएको भए यतिबेलासम्म चितवन, नवलपरासी र काभ्रेका माटोमा मोन्सान्टोका मकैका बीउहरुले जरा गाडिसकेका हुन्थे। तर, जनस्तरमा भएको चर्को विरोधका कारण सरकार… Continue reading
‘हाइब्रिड’को नाममा चौधरी ग्रुपले मोन्सान्टो भित्र्याउने पुष्टि
नेपालको कानुनमा विद्यमान व्यवस्था टेकेर विश्वभर बदनाम अमेरिकी कम्पनी मोन्सान्टो नेपाल भित्रन लागेको छ। अनि यसलाई काँध थापेर नेपाल ल्याउने काम चौधरी ग्रुपले गर्ने पुष्टि भएको छ। चौधरी ग्रुपका तर्फबाट सिजी सिड्सका अध्यक्ष वसन्त चौधरीलाई उद्धृत गर्दै आइतबार राति जारी विज्ञप्तिमा नेपाल सरकारको कानुन अनुसार र बीउ गुणस्तर निर्धारण केन्द्रको अनुमति लिएरै मोन्सान्टोको ‘अन्तर्राष्ट्रिय गुणस्तरको’… Continue reading
विवादित कम्पनी मोन्सान्टोको बीऊ चौधरी ग्रुपले बेच्ने
देशभर चर्को विरोध भएपछि कृषि मन्त्रालयले नेपालमा मोन्सान्टो बीऊ प्रयोग नगर्ने भन्दै हात झिकिसकेको अवस्थामा चौधरी ग्रुप यसको बीऊ बेच्न अघि सरेको छ। कान्तिपुरमा आज प्रकाशित विज्ञापनमा ‘मोन्सान्टोको मकैको बीऊ बेच्न तयार रहेको’ भनिएको छ। दुई वर्षअघि कृषि मन्त्रालयकै अग्रसरतामा मोन्सान्टोको बीऊ प्रयोग गर्ने योजना बनेको थाहा पाएपछि देशभर विरोध चर्किएको थियो। भारतमा समेत यसको… Continue reading
विद्यार्थीलाई के भन्ने, गुरु नै यस्तो भएपछि..
बजारमा थेसिस बिक्रीमा राखिएको विज्ञापन देखिन्छ र विद्यार्थीहरु थेसिसमा चोरी गर्छन् भनेर के चिन्ता गर्नु, जब गुरुहरु नै यस्ता काम गर्छन्। टियु र केयुका चार जना गुरुलाई चोरेको आरोपमा सजाय दिइएको छ। एक जनाले त थेसिसको कभरमात्रै परिवर्तन गरेका रहेछन्। हेर्नुस् युजिसीको विज्ञप्ति।
सिएनएन, वासिङटन पोस्ट, ल मोन्द अब नेपालीमा
माथिको स्क्रिनसट अमेरिकी समाचार संस्था सिएनएनको वेबसाइटको हो। सिएनएनको अङ्ग्रेजी भाषाको वेबसाइट तपाईँहरुले देख्नुभएको होला। नेपाली भाषामा सिएनएन त अहिलेसम्म देख्नुभएकै छैन होला। अब संभव भएको छ। गुगलले आफ्नो अनुवाद सेवामा आजदेखि नेपाली भाषासमेत थपेपछि अब केही शब्द वा वाक्यमात्र हैन, सिङ्गै वेबसाइटसमेत नेपालीमा अनुवाद गरेर हेर्न मिल्छ। मेसिनबाट गरिएको यो अनुवाद ठ्याम्मै भने मिल्दैन।… Continue reading
भुत्ते खुकुरीको भरमा रु. २,३०,६०,०००/- अनि लुटिँदैन?
एक पटक इतिहास सम्झिउँ है। २०३० साल जेठ २८ गते बिहान ८ बजे शाही नेपाल वायुसेवा निगमको ९-एनएबीबी ट्वीनअटर विमान विराटनगरबाट काठमाडौँ उड्दै थियो। त्यसमा यात्रुहरु मात्र हैनन्, नेपाल राष्ट्र ब्याङ्कको ३० लाख भारतीय रुपियाँ पनि थियो। पूर्व क्षेत्र र भारतबाट जम्मा हुने त्यो रकम काठमाडौँस्थित राष्ट्र ब्याङ्कको केन्द्रीय कार्यालयमा ल्याइँदै थियो। विमानमा सशस्त्र क्रान्तिका… Continue reading
[अर्मला अन्धविश्वास] नागले मान्छेको भाषामा भनेछ- बाउलाई मारेर बिचल्लीमा पारेकोले तिमीहरुलाई नि बिचल्लीमा पार्छु, छोड्दै छोड्दिनँ
पोखरा उपमहानगरपालिकासँगै जोडिएको अर्मला गाविसका खेतहरुमा धमाधम सिङ्कहोल (जसलाई भूगर्भविद्हरु नेपालीमा भुवान भन्ने गर्छन्) बन्दै गर्दा त्यसको आ-आफ्नो हिसाबले व्याख्या गर्नेहरु निस्किएका छन्। शु्क्रबार र शनिबार त्यहाँ पूजा पनि गरियो। नाग मारेको कारण त्यहाँ यस्तो भएको भनेर धामीहरुले भनेका छन् रे भन्ने त त्यहीँ पुग्दा स्थानीय बासिन्दाले बताएका थिए। माइसंसारलाई इमेलमा प्राप्त एउटा भिडियो भने… Continue reading
लौ आफ्नै आँखाले हेरेर पत्याउनुस्, पोखराका जमिन कसरी प्वाल परिरहेको छ [भिडियोहरु]
पोखरा उपत्यकाभित्र पर्ने अर्मला गाविस पोखरा उपमहानगरपालिकासितै जोडिएको छ। महेन्द्र गुफाबाट अलिकति पर पुग्यो भने आजभोलि निकै चर्चामा रहेको यो ठाउँ पुगिन्छ। त्यहाँ ५० भन्दा बढी ठाउँमा जमिन प्वाल परेर सिङ्कहोल देखिएको छ। त्यहाँ म पुग्दा जे जस्तो देखेँ, आफ्नै आँखाले हेरे जसरी हेर्नुस् तलका केही सम्पादन नगरिएका भिडियोहरुमा।
इयु उडान प्रतिबन्धः चीनलाई मात्र दोष दिने कि आफ्नो गल्ती पनि हेर्ने?
युरोपका २८ वटा देश सम्मिलित युरोपियन कमिसनले हिजोदेखि नेपालका सबै एयरलाइन्समाथि प्रतिबन्ध लगाएको छ। हिजो सार्वजनिक गरिएको प्रेस विज्ञप्ति अनुसार नेपालका कुनै पनि एयरलाइन्सले युरोपका यी २८ वटा देशभित्र र त्यहाँसम्म उडान गर्न पाउने छैनन्। तत्कालका लागि यसले खासै कुनै असर गरिहाल्ने भने हैन। किनभने हाम्रा निजी एयरलाइन्सहरु त के राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्ससमेत युरोप… Continue reading
पोखरामा के देखियो यस्तो अचम्म !
पोखरा उपत्यकाभित्र रहेको उपमहानगरपालिकाको उत्तरी छेउसित जोडिएको अर्मला गाविसको आगेखेत, मजुवा, खहरे खोला, बिर्ताखेत क्षेत्रका ठाउँठाउँमा ठूलासाना गोलाकार खाल्डाहरु (सिङ्कहोल) देखिएका छन्। Continue reading पोखरामा के देखियो यस्तो अचम्म !
१५ जना सभासद् चुन्न पुग्ने भोट खेर गयो
निर्वाचन आयोगले हिजो गरेको पत्रकार सम्मेलनमा बदर मत प्रतिशत कम हुनुमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी भएको तर्क गरियो। मलाई त यो कूतर्क जस्तै लाग्यो। अघिल्लो चुनावमा भन्दा थोरै प्रतिशतले बदर मत प्रतिशत कम हुँदैमा त्यसलाई मतदाता शिक्षा कार्यक्रमको प्रभावकारितासँग जोड्न मिल्दैन। हाम्रै घर छेउछाउका कतिपय सहरी बासिन्दाले समेत कसरी मत दिने थाहै पाएका थिएनन् र… Continue reading
ह्रदयेन्द्र- हुन नसकेका ‘बेबी किङ’ यस्ता भएछन्
नेपालमा गणतन्त्र स्थापना हुनुअघि नवयुवराजका रुपमा चिनिने र बेलाबेलामा बेबी किङका रुपमा चर्चामा ल्याइने ह्रदयेन्द्र शाहको नयाँ फोटो मंगलबार राति फेसबुकमा सार्वजनिक भएको छ। फोटो ‘हिमानी शाह’को फेसबुकमा राखिएको हो। राजतन्त्र कायम रहँदा उनी राजगद्दीका दोस्रो नम्बरका उत्तराधिकारी थिए। २०६२/६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसदले पास गरेको नयाँ कानुनमा राजाको जेठो सन्तान गद्दीको उत्तराधिकारी हुने व्यवस्था… Continue reading
चुनावमा ‘निल खाने’ महान् उम्मेदवार र दलहरु
यसपालिको संविधान सभा निर्वाचनमा सबैभन्दा बढी भोट पाएर जित्ने उम्मेदवार शेरबहादुर देउवा हुन्। डडेलधुरा १ मा उनले २३ हजार ९ सय २० भोट पाएका थिए। यही चुनावमा एक भोट पनि ल्याउन नसक्ने महान् उम्मेदवार र दलहरु पनि छन्। एक भोट पनि ल्याउन नसक्ने अर्थात् निल खाने उम्मेदवारहरु मध्ये अधिकांश स्वतन्त्र छन्। ती मध्ये पनि धेरै… Continue reading
निर्वाचन आयोगको हचुवा काम, मतगणना सकियो भनेको तीन दिनपछि ६ हजार भोट थपिए
निर्वाचन आयोगले गएको बिहीबार समानुपातिकतर्फको मतगणना सम्पन्न भएको बताएको थियो। आयोगका प्रवक्ता वीरबहादुर राईले फोनमा ९४ लाख ५७ हजार ८ सय ४४ कूल सदर मत मतलाई अन्तिम माने हुने बताएका थिए। ‘एक दुई सय तलमाथि हुनसक्ला तर ठूलो अन्तर हुन्न,’ उनले भनेका थिए। त्यसैलाई आधार मानेर सबै मिडियाले समानुपातिकमा यो पार्टीको यति सिट आउने जानकारी… Continue reading