Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पहिलो बैठक बोलाउनेमा बेकार बहस किन ?

Posted on January 3, 2014January 3, 2014 by Salokya

pm
चुनाव भएको एक महिनाभन्दा बढी भइसक्यो, नयाँ सरकार बन्ने र संविधान सभाको पहिलो बैठक बस्ने सुरसारै छैन। बरु नेताहरु र राष्ट्रपतिसमेत एउटा बेकारको बहसमा अल्झिएका छन्- पहिलो बैठक बोलाउने कसले भन्नेबारे। पहिलो बैठक आफैले बोलाउन पाउनु पर्ने, अन्तर्राष्ट्रिय अभ्यास यही भएको भन्दै राष्ट्रपति दलका नेताहरुलाई भेट्नमा व्यस्त छन्। मलाई त यो कुनै ठूलो कुरा जस्तो लाग्दैन। बरु नेताहरुले २६ जना मनोनीत सदस्य छिटो टुङ्ग्याएर संविधान सभा पूर्ण बनाउनेतर्फ लागून्। पहिलो बैठक बोलाउनैका लागि किन अन्तरिम संविधान संशोधन गर्नुपर्‍यो?

एक कक्षाको बच्चाको कपी भन्दा बढी केरेर मेट्ने, नयाँ लेख्ने काम भइसक्यो यो अन्तरिम संविधानको। यो पहिलो बैठकको मामिलामा यति धेरै किन टाउको दुखाउनु पर्‍यो ?

पहिलो बैठक राष्ट्रपतिले बोलाए पनि, प्रधानमन्त्रीले बोलाए पनि फरक के पर्छ र ? संविधानमा भए बमोजिम प्रधानमन्त्री (हालका चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी) ले बोलाए आकाश खस्छ र ? व्यवस्थापिका संसदको अधिवेशन आह्वान गर्नेदेखि लिएर प्रधानमन्त्रीको नियुक्ति गर्नेसम्मका सबै काम राष्ट्रपतिबाटै हुने हो। फेरि संविधान सभाको बैठक त एक पटक बोलाउने त हो नि, त्यसपछि त बैठकको अध्यक्षता गर्नेले नै बोलाउने प्रावधान रहेछ।

बरु एक वर्षमा संविधान बनाउने घोषणा गर्ने दलहरुले त्यो कसरी गर्ने भन्नेमा टाउको दुखाउँ, सरकार बनाउनेमा ध्यान दिउँ यो बेकारको पहिलो बैठक कसले बोलाउने भन्नेलाई जुङ्गाको लडाइँ नबनाउँ। यस्तो सानो कुरामा राष्ट्रपतिले चित्त दुखाइ गर्नु बेकार हो।

हुँदाहुँदा यो बहस अदालत पनि पुगिसक्यो। सर्वोच्चले कारण देखाऊ आदेश जारी गरिसक्यो। सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा राष्ट्रपति भने आफैले बोलाउन पाउनु पर्ने भन्दै दलका नेताहरुलाई भेटिरहनु त झन् अनावश्यक काम हो। अदालतले पनि यस्तो कुरामा छिटो फ्याट्ट फैसला गरिदिए सजिलो! आखिर शुक्रबार निर्वाचन आयोगले सबै परिणाम सार्वजनिक गरिसक्यो। अब जतिसक्दो छिटो बैठक बस्नुपर्छ।

अन्तरिम संविधानको व्यवस्था-
pm

तपाईँलाई के लाग्छ ? संविधान सभाको पहिलो बैठक कसले बोलाउँदा ठीक होला ?

36 thoughts on “पहिलो बैठक बोलाउनेमा बेकार बहस किन ?”

  1. tirth tanahun says:
    January 7, 2014 at 6:29 am

    नया संविधानको घोषणा नभय सम्म रास्ट्रपति रहिरहने कांग्रेसी तर्कले साच्चै रमबरणले अकाट्यरास्ट्रपति बनाउने भित्रि इक्षा त होइ न सेरेमोनियल किङ्ग

    Reply
  2. Raamesh says:
    January 5, 2014 at 8:03 pm

    हरे …
    त्यो अन्तरिम संबिधान त रास्ट्रपतिको पदावधि संबिधान जारि नगरे सम्म कायम रहनेछ भन्ने चै ठिक बाकि त उही हो है …. (अब यसो उसो गरेर १० -२० वर्ष संबिधान नबने हाम्रा रास्ट्रपति ज्यु को हित मा हुनेथ्यो )

    तर्क गर्न नेपाल मा सब एक से एक के तर के गर्नु आफ्नु स्वार्थ भन्दा कोहि माथि उठ्न सक्ने हैन |

    Reply
  3. Sankalpa says:
    January 5, 2014 at 6:33 pm

    म बोलाई दिन्थे के गर्नी विदेशमा छु.

    Reply
  4. shyam says:
    January 5, 2014 at 11:46 am

    संविधानको धारा बमोजिम गर्नु पर्दछ| प्रधानमन्त्री गिरिजा हुदा गिरिजाले गर्यो अब मरिसकेको गिरिजालाई संबिधान सभा बोलाउन कै लागि नर्क बाट नेपाल झिकाउनु त भएन तर मन्त्रिपरिषद्को अध्यक्ष्य/ प्रधानमन्त्री गैर गिरिजा(कांग्रेस) हुने बित्तिकै अर्को कांग्रेस रामवरण ले गर्नु पर्छ भन्ने कंग्रेस्सी र उसका चाटुकारहरुले भन्दैमा हुदैन| संबिधान को उक्त धारा नबदलेसम्म प्रधानमन्त्रिले नै बोलाउने हो| बरु संसद भन्दा बाहिरबाटै एक थान नया प्रधान मन्त्रि बनाई हालौ नत| वर्तमान राष्ट्र प्रमुख/राष्ट्रपति पनि अघिल्लो संबिधान सभाले संबिधान बनौन नसक्नुको जिम्मेवार हुने कि नहुने? अहिले पनि राष्ट्रिय सहमतिको वाधक बनि रहन राष्ट्रपतिले सुहाउछ? रास्ट्रपति पनि कांग्रेस प्रधानमन्त्री पनि कांग्रेस, सेनाका परमाधिपति पनि कांग्रेस, गृह, रक्ष्या ……सबै कांग्रेस भय मात्र राष्ट्रिय सहमति हुने नत्र असहमति?

    Reply
  5. sushil paudel says:
    January 5, 2014 at 10:38 am

    लोकतन्त्र मा एउटा मात्र सर्बोच्च पद लाइ बादी मान्यता दिदा निरंकुशता बदना सक्छ सो संबिधान सभा को चुनाब सफलता पुर्बक सम्पन्न गरेको ले रेग्मी लाइ नै तेती गर्न दिदा ठिक होला

    Reply
  6. shekhar dhungel says:
    January 5, 2014 at 2:48 am

    अन्तरिम संबिधानले पहिलो अन्तरिम सभाले संबिधान दिन सक्दैन भनेर नसोचेको ले यो अवस्था आएको हो राष्ट्रपति वा प्रधान मन्त्रि (कार्यकारणी प्रमुख )कसले बैठक बोलाउने भन्ने अहिले को बहस दृष्टि बिहिनले हात्ती छामेर दिएको प्रतिक्रिया जस्तै हो यो रडाको नियोजित होइन भने संबैधानिक राष्ट्रपतिले जुँगा को लडाई मा मैदान मा आउनु जरुरि छैन र यहाँ इगो पाल्नु को तुक छैन अब सर्बोच्च त् पुगी हाल्यो कुरो हेरौ के निर्णय भन्छ ?
    राजनैतिक अपरिपक्वता इगो हाम्रो बिडम्बना ….

    Reply
  7. Bijaya says:
    January 5, 2014 at 12:49 am

    समस्याको समाधान तिर लाग्ने कि समस्यालाई झन् झन् ठुलो पर्दै लाने? होइन यो के भएको नेपालमा समस्यानै नभएको कुरालाई समस्या बनाएर अनाबस्यक बहस गर्न थाल्ने! यस्ताले फेरी पनि संबिधान बनाउलान भनेर जनता कसरि बिस्वस्त हुने?

    Reply
  8. Pranita Bhujel says:
    January 4, 2014 at 8:46 pm

    यो रास्ट्रपतिले राजा महाराजा जस्तो तामझाम देखाएर तानाशाही बन्न खोजेको जस्तो छ, जनताले बाटामा दुख पाएकै छन कलियुग को महाराजाको सवारी हुने बेला, अब त राजिनामा दिनेपरने यो मान्छेले ……….

    Reply
    1. Shankar says:
      January 5, 2014 at 5:02 am

      उत्तर प्रदेश र बिहार मा यादब हरुको बोलावाला छ , उनीहरु शक्तिसाली छन् नेपाल मै पनि यादब लाइ राजा बनाए र सिंगो तराइलाइ एक मधेस ,एक प्रदेश र अरु पहाड लाइ चै जातीय आधार मा फुटाउन पाए इन्डिया को उत्तरी सिमा शान्त हुने ग्रयाण्ड डिजाइन अन्तर्गत यो सब भएकोले रामबरण ले सितिमिति राजिनामा दिदैंन | फेरी उ लोकप्रिय र शान्त स्वभाब को भएकोले प्रकृति नियम अनुसार टिकाउ पनि हुने नै भयो | अरु जस्तो खर्चिलो र दिल्ली कुदुवा पनि छैन |
      बरु उसको सहायक हुन् पाएको मा परमानन्द ले समेत उ वाट सिकेको छ |
      नत्र सुरु मा परमानन्द कति बिबादास्पद रह्यो ?

      Reply
    2. madan bajracharya says:
      January 5, 2014 at 7:56 am

      प्रनिताज्यु
      अलंकारिक रास्ट्रपति कसरि राजा बन्न सक्ला र? उहाको पद संबिधान सभाको बैठक बस्न र सरकार गठन गर्नको निमित कुनै कुना बात पनि बाधा गर्ने सक्दैन/ सदन बात हुन्छ / रास्ट्रपतिनै बदल्नु छ भने पहिला सदन गठन हुनु पर्छ/ किनभने रास्ट्रपति सदन बात नियुक्त हुन्छ/ यो कुरा बदल्न र प्रधान मन्त्रि बात हुने गरिने काम कार्य रास्ट्रपति बात गराउन अन्तरिम संबिधान संसोधन गर्नु पर्ने हुन्छ/ शिद्धान्तत् अन्तरिम संविधानको संसोधन सदन बाटै मात्र हुन् सक्छ/ सडक बात अन्तरिम संबिधान बदल्ने कुनै पनि कार्यलाई हामीले प्रोत्साहन दिनु हुँदैन समर्थन गर्नु हुँदैन/ यसो भनेर रामबरण यादवको समर्थन गरेको होइन मात्र संबिधानमा जे ब्यबस्था गरियको छ तेही अनुसार होस् र बारम्बार सडक बात संबिधान कसैलाई बदल्न दिनु हुँदै भनेको मात्रै हो/

      मन्त्रिपरिषदलाइ कार्यकारिणी पनि ” पनि भनिन्छ/ प्रधान मन्त्रि “मन्त्रि परिषद अर्थात कार्यकारिणी” को उच्च अधिकृत हो/ अहिले यो पद र यो पदको पदीय जिम्मेवारी खिरारेले बहन गर्दै हुनु हुन्छ/ उहा बात संबिधान सभा र सदनको पहिलो बैठक बोलायर सट्टा हस्तान्त्तरण गराउन ई नेताहरु नमानेको कारण त् मात्र कुनैलाई रास्ट्रपति बन्ने बनाउने कसैको लालसा मात्रै हो/ नेताहरुको लालसाले लोकतन्त्रकै मजाक उडी सक्यो/

      Reply
    3. shyam says:
      January 5, 2014 at 12:20 pm

      हामीले शाह वंश लाई विदा गरेको यदु वंश भित्र्याउन हैन यदुवंश महाभारतको युद्ध समाप्ति संगै समाप्त भय पनि नेपालमा त्येसको पुनरावृत्ति भयो तर अनवरत जानु पर्छ भन्ने हैन| देशको सर्वोच्च्च पद कि ठकुरीको कि यादव र मधेसीको मात्र पेवा होइन यो महिलाको दलितको गैर्ह हिन्दु अनि जनजातिको पनि हो| शाह वंश मुर्दावाद भनि नारा लगाउने नेपालीले येदुवंश मुर्दाबाद भन्ने नारा पनि लगाउन जनेकोछ| त्यो हद सम्म जानु नपरोस|

      Reply
  9. Shankar says:
    January 4, 2014 at 6:22 pm

    देस मा ५ पैसा हराई सक्यो | नत्र २ पैसे नेताहरुलाई दिसाइड गर्न सजिलो हुन्थ्यो |गाइ कि त्रिसुल ?

    Reply
  10. shantdil says:
    January 4, 2014 at 5:09 pm

    तिनीहरुले बनाएको अन्तरिम बिधान अनुसार प्रधानमन्त्री/बहालवाला मन्त्रिपरिषद को अध्यक्ष्य संबिधान सभा को पहिलो बैठक बोलाउने भनेर लेखेको रहेछ. तेही अनुसार गरे खेल खतम के को रडाको हो ?

    काम कुरो एकातिर कुम्लो बोकी …… तिर जस्तो. मुख्य जिम्मेवार संबिधान को हो तेतैतिर लाग्नु पर्ने बेलामा. नेपाली जनताले सच्चा नेता छान्न सकेनन.

    बेकारमा रास्ट्रपति पनि यिनै नेताको पुछार किन बनेका होलान ? प्रधान न्यायाधिस जस्तो मानिस ले कानुन नबुझेर गोठालोले बुझ्ने हो कि ? मलाई त कुरा बुझ्न गारो भयो.

    Reply
  11. ekraj says:
    January 4, 2014 at 1:33 pm

    यो चोर र फटाहाको जमात लाई संबिधान लेख्नु छैन| त्यो त चुनाब गराएर; अरबौं खर्च गरेर; केहि गरि बहुमत आइहाल्यो भने; कसैसंग भागबन्डा नगरी; एकलौटी लुट्न पाइञ्छ कि भनेर चुनाब मा गए|
    कुनै पनि लुटेरा पार्टीको बहुमत आएन|
    अब लुटने सुरसार कसरि मिलाउने भन्ने दाउमा नै सारा समय बर्बाद गर्दछन

    यी कुयेका सडेका, चिहान बाट उठेर आएका निकम्बा चोर को झुण्ड बाट केहि होला जस्तो लाग्दैन|

    Reply
  12. Gaju says:
    January 4, 2014 at 9:14 am

    काम पाइनस बुहारी पाडाको कुन्नि के कन्या भन्थे ………….
    येस्तै पाराले छोरा नातिको पाला सम्ममा संबिधान बन्ला कि ???

    Reply
  13. Basant says:
    January 4, 2014 at 8:57 am

    सयौ पटक चुनाव गराए पनि यिनै टाउके नेताहरु जब सम्म नेपाली राजनीतिमा हावी हुन्छ, देश सधै येसरी नै चल्छ किनकी यिनीहरु टाउकोमा भाजो हाल्ने बुद्धि बाहेक अरु केहि छैन नेपाली नेता भ्रस्ट छ अनि बादरको राजनीति गर्छ यिनीहरु …अबको संविधानले राजनीति गर्ने को पनि निउनतम शैछिक योग्यता र मापदण्ड तोक्नु जरुरि छ जसरि एउटा पिउनको जागिर खान को लागि …

    Reply
  14. Priyanka Gurung says:
    January 4, 2014 at 8:17 am

    आज म एउटा घोसना गर्दैछु जुन घोसना मात्र नभई एउटा तीतो ध्रुभ सत्य पनि हो.

    जब सम्म यी सम्पूर्ण स्वार्थी, ढोगी नेताहरुको निरमूल भयी देश र जनताको हितमा काम गर्ने नया नेताहरुको जन्म हुदैन, Resurrection हुदैन, तबसम्म नेपालमा केहि हुने वाला छैन बरु अहिलेको भन्दा बदि गरि कन देश खाडलमा भास्दै जाने मात्र हो.

    बिचारा हामी जनताहरु, समाधानको लागि केहि गर्न पनि सक्दैनौ. किन??? किनभने हामी यी स्वार्थी, ढोगी नेताहरु जस्तो लाज पचौन सक्दैनौ. मान्छेमा सभै भन्दा ठुलो कुरा लाज, सरम हो, यी स्वार्थी, ढोगी नेताहरुमा यी दुवै कुरा नभए पछि जे गर्दी नि भो.

    Reply
  15. Yadav says:
    January 4, 2014 at 8:10 am

    परिणाममा भन्दा प्रक्रियामै अल्झिने यस्तै चालाले गर्दा हामी सधैँ संक्रमण कालमै रूमल्लिइरहेका छौँ ।

    Reply
  16. अनोज शाक्य says:
    January 4, 2014 at 8:05 am

    यो अहिलेको कुरा त सामान्य जस्तो लाग्छ । किनभने सबैजना आफुमा त्यस्तो लोभ छैन भनेर देखाउनको लागि अली कती सन्यम भए जस्तो गरेको हो । सरकार गठन भएपछी हेर्नुस् न यिनीहरुले कती घुस खान्छन। अहिले सभासदहरुको भत्ता बढेको छ रे । उनीहरु दाज्युभाइ झगडा मिलाउन गएको भत्ता,गुण्डालाई प्रहरीबाट छुताएको भत्ता, जग्गाको मुद्दा ममिला मिलाएको भत्ता,ऋण उपलब्ध गराउन गरेको सिफरिस भत्ता,तस्करीलाई सघाएको भत्ता लिन तिर ब्यस्त हुन्छ । वास्तवमा यिनीहरु लाई संबिधान बनाइसके पछी मात्र सरकार गठन गर्न दिनु पर्ने हो । अरु अरु देश कस्तो बिकास भईसक्यो । हाम्रो देशको नेता भनाउदाहरु आफ्नो कमाउ धन्दामा ब्यस्त । यो पटक एमाओबादी प्रतिपक्षमा बसेर माथि लेखिएको गतिबिधीमा सभासदहरु लाग्छ कि लाग्दैन भनेर निगरानी गर्ने भूमिका गर्न जरुरी छ ।

    Reply
  17. Rajan Upriti, Baltimore says:
    January 4, 2014 at 7:58 am

    दिन दुना रात चौगुना दुर्गती (प्रगती को उल्टो) भनेको नेपालमा मात्रै लागु हुन्छ |
    पहिलो संबिधान सभाको बैठक त बस्न सकेको थ्यो संबिधान नबनाए पनि | यहाँ त बोहोनि नै खराब, के संबिधान बन्ला ?

    Reply
  18. SURENDRA hongkong says:
    January 4, 2014 at 7:12 am

    संसार मै न भएको देश कै सत्रु यी पपिस्ट हरु लाई सिधा देश निकाला गरे कसो होला? दिक्क ,वाक्क परि सके हामी नेपाली हरु लाई/

    Reply
  19. Arjun Nyaupane says:
    January 4, 2014 at 5:00 am

    संबिधान बनाउने कुरा हो जसले बोलाए पनि हुन्छ , हामी जनताले स्वागत गर्नेछौ जसले बोलाए पनि , कोहि पनि रेडी नभएको भए मैले बोलैदिये, अब आइतबार बाट संबिधान सभाको पहिलो बैठक लु जा त.

    Reply
    1. bishnu pd subedi says:
      January 4, 2014 at 9:46 am

      मेरो समर्थन भयो तपाइलाई…………………..बाकी का नेता हरुलाई देश निकाला गरेर तपैनै गर्नुस बाकी काम बरु …………….

      Reply
  20. Shyam says:
    January 4, 2014 at 1:24 am

    यी मुर्खहरुलाई ठिक पर्ने ओखति के छ होला ?
    कहिँ नभाको जात्र हदिगाऊमा भनेको यहि हो
    हाम्रो देशमा के गर्ने भन्ने कुरा होइन कि कसले गर्ने
    भन्नेमा नै समय बर्बाद हुने भो !

    श्याम गिरी
    USA

    Reply
    1. bishnu pd subedi says:
      January 4, 2014 at 10:15 am

      अरे बाबा तपाईं हामीले कुरा नबुझेको होकी बुझपचाको हो …..यिनीहरुले जानी जानी एस्तो गरेका हुन् यी सब…………………. हाम्रा मुखिया पतिलाई शितलनिबास को बसाई लम्ब्याउनु छ………….बाकी काइते नेताहरुलाई मन्त्री बन्न हतार छ ……………….बाकी का लाई कहिले सिन्घदर्बार छिरेर हाजिर गरि भत्ता खाउँला भन्ने हतार छ . अनि कसरि मिल्छ त कुरो…………चुनाब मा पैसाको खोलो बगाएर जितेको मान्छेले गएर पहिला सम्बिन्धान बनाउने काम सोच्दैन, उसले पहिला आफ्नो लगानी कसरि उठाउने भनेर सोची राखेको हुन्छ .फेरी यो सम्बिन्धान पनि किन नया बनाउनु पर्यो………….पुरानै सम्बिन्धान लाई सच्यैए भै हाल्छ नि …………पुरानो मा के तेस्तो खराबी छ र…………सब देश लुट्न लाई गरिएको जात्रा मात्र हो यो…………………

      यो सिन्घदर्बार नै अपसकुन भाको क्षेत्र हो………………एस्लाई पहिला भत्काउनु पर्छ …………….जस्तै राम्रो मान्छे भित्र छिर्न साथ् नराम्रो बनेर फर्किन्छ …………..अनि बैठक टुंडिखेल मा गर्नु पर्छ ……………अनि जो नेता, मन्त्रि जति दिन काममा गाको छ तेती दिनको हिसाब गरेर तनखा दिनु पर्छ ……………..अनि यी मूला नेताहरु अर्को चुनाब मा पैसा खर्च गरि गरि उठ्ने आँट गर्दैनथे होला भनि म भन्ठान्छु …………………..इति श्री …………….अहं हिर्दय बिलापम……………………

      Reply
  21. bijay says:
    January 4, 2014 at 12:02 am

    येस्तालाइ फेरी फेरी भोट दिएर जिताउने जनता हामी नै पर्यौ, के गर्ने

    Reply
  22. ram subedi USA says:
    January 3, 2014 at 11:24 pm

    सारै गारो अफ्ठ्यारो भयो भने भारतका रास्ट्रपति प्रणव मुखर्जीलाई बोलाउन दिने हो कि प्रभू जी लाई !!! कसो हौ साथी हौ हैन भने चिन तिर क लै सोद्धने हो कि

    Reply
  23. सिर्जने says:
    January 3, 2014 at 10:53 pm

    संबिधानसभामा काम गर्छु भनेर छानिएपछी त्यो काम तिन्को नित्यकर्म हो। हामी सर्बसाधारणलाई अपिस जान तिन्का बाउले दिनैपिछे निम्तो गर्या छन् र? अपिस नगए, काम नगरे पैसो नपाउने भन्ने हो भने इ चोरहरू लुरुलुरु काम गर्दाहुन। “के निउ पाऊँ कनिका बुकाउँ” भन्या एही हो। फेरी सुरु भो यी ठगहरूको नाटक । जो सुकै माइकालालले बोलाओस, खुरुक्क गएर गर्नुपर्ने काम गरे भैगो नि! वाहियात!

    Reply
  24. avash rimal says:
    January 3, 2014 at 10:32 pm

    सुरुमा निर्वाचनमा धाधली भयो भने तेस्पछि रास्ट्रपति फेर्ने कुरा गरे आब आहिले आएर संबिधान सभाको पहिलो बैठक कसले बोलाउने भनेर बहस गर्दैछन .. हैन हाम्रा यी नेताहरुलाई खाएको पच्दैन कि क्या हो ???

    Reply
  25. Amit says:
    January 3, 2014 at 10:18 pm

    I completely agree with you Salokya ji. This is utter nonsense to me. They are merely fighting for useless stuff keeping aside the main resolution they need to fulfill.

    Reply
  26. सुगतश्री शरण says:
    January 3, 2014 at 10:06 pm

    नेताको चाला , कहिले सुध्रला , अफसोस !
    यस्तो लाग्छ , नेताहरुले विधिको नाम जप्तै ,
    रबर जस्तै तन्क्याउने छन समय मात्र थप्दै ;
    बिना काम हसुर्ने छन तलब , भत्ता लुछ्दै ,
    नाटक मात्र गर्ने ,थुक्क ! आफ्नो आँसु पुछ्दै !

    Reply
  27. Max Thapa says:
    January 3, 2014 at 9:55 pm

    यहाँ साढे को जुधाई बाछाको मिचाई हुने भो, हामी जनता सधै यिनीहरुको खेल मा पिल्सिने भयौ, किन लाज सरम छैन यिनलाई ? अब पनि र अझैपनि यहि खेल खेलिरहे धैर्यको बाध फुट्ने छ र धेरै कुलंगार हरुलाई बगाउने छ |

    Reply
  28. Raju says:
    January 3, 2014 at 9:49 pm

    संबिधान सभाको ढोका सबैभन्दा पहिले कसले खोल्ने?
    संबिधान सभाको कुर्सि मा सबै भन्दा पहिले को बस्ने?
    संबिधान सभामा सबै भन्दा पहिला को बोल्ने?
    संबिधान सभा को टोईलेटमा सबै भन्दा पहिले को छिर्न पाउने?

    एस्ता कुरा मा पनि फेरि टाउको दुखाउनु पर्ने हो कि?
    थुइक्क! येस्तो तालले कहिँ संबिधान बन्छ?

    Reply
  29. surendra chiluwal says:
    January 3, 2014 at 9:44 pm

    कुकुर को पुछार बाह्र वर्ष धुग्रोमा हालेपनि जस्ताको जस्तै भनेजस्तै कहले नि सुधरदैन्न

    Reply
  30. Jewan says:
    January 3, 2014 at 9:36 pm

    सुर्य बहादुर थापा ले बोलाउदा पनि हुन्छ,

    Reply
  31. Uttam says:
    January 3, 2014 at 9:21 pm

    काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तो भयो……जसले बोलाए पनि छिटो बोलाएर संबिधान बनाउने काम तिर लाग्नु पर्यो भन्या….!!!!! जय पशुपतिनाथ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme