Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बन्लान् त १९ गतेभित्र सुशील सहमतीय प्रधानमन्त्री?

Posted on January 26, 2014 by Salokya

prez
दुई वटा चुनाव जितिसके सुशील कोइरालाले। संविधान सभाको चुनाव र आज भएको संसदीय दलको नेताको चुनाव। अब के उनी माघ १९ गतेभित्र सबैको सहमतिमा संसदमा चुनावै नगरी प्रधानमन्त्री बन्न सफल होलान् त ? आफ्नै दलमा सहमति हुन नसकेर बहुमतीय आधारमा नेता चयन गरिएका कोइराला देशका सहमतीय प्रधानमन्त्री बन्न सफल होलान् त ?

2070.10.12 ahwan 001

सबै कुरा मिल्यो भने र विदेशी चलखेल भएन भने अर्को सातासम्म सुशील कोइराला प्रधानमन्त्री बन्ने देखिएको छ।

आफ्नै दलमा सहमति गर्न नसके पनि अरु दलहरुले भने कांग्रेसकै नेतृत्व स्वीकार्न मानसिक रुपमा तयार भइसकेको देखिएको छ। अनि कांग्रेसको विधानमा संसदीय दलका नेताबाहेक अरु प्रधानमन्त्री बन्ने प्रावधान छैन। सुशील कोइरालाले सबैलाई कसरी मिलाएर लैजाने हुन्, त्यो हेर्न बाँकी छ। इतिहासले उनको काँधमा गम्भीर जिम्मेवारी थपेको छ। अघिल्लो संविधान सभामा कोही पनि सहमतीय प्रधानमन्त्री बन्न सकेका थिएनन्।

सहमतीय प्रधानमन्त्री बने माघ १९ गतेभित्र (म्याद थप नभएको अवस्थामा) उनको नेतृत्वमा कस्तो सरकार बन्ने खाका देखिनेछ। एमाओवादीले आफू प्रतिपक्षमा रहने घोषणा आजको संसद बैठकमा गर्दै कांग्रेस र एमालेलाई सरकार बनाउन भनिसकेको छ।

अब केही समय सत्ता बाँडफाँडको रडाको दलहरुबीच देखिने निश्चित छ। लिकबाट बाहिरिएको राजनीति केही हदसम्म लिकमा त आएको छ। तर अझै धेरै काम बाँकी छन्। मन्त्रिपरिषद्बाहेक सभामुखको पनि निर्वाचन हुन बाँकी छ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन के गर्ने भन्ने निर्णय हुन बाँकी छ। संसदीय समितिहरुमा भागवण्डा हुन बाँकी छ। यो सब बाँकी छँदै दलहरु संविधानमै व्यवस्था नभएको एक वर्षभित्र संविधान जारी गर्ने ओठे प्रतिवद्धता देखाइरहेका छन्।

8 thoughts on “बन्लान् त १९ गतेभित्र सुशील सहमतीय प्रधानमन्त्री?”

  1. xyz says:
    January 27, 2014 at 7:09 am

    Rastrapati-jee, could you please asked your paraphernalia of advisers to improve writing skills. Please stop this bahunistic kaitya bhasha.

    Reply
  2. kiran says:
    January 27, 2014 at 6:05 am

    ** Prepare for the worst and hope for the best ?? **

    Reply
  3. neerose says:
    January 26, 2014 at 11:25 pm

    केहो केहो!
    यसैले त यो देशमा सिधा जनताले चुन्ने पांच बर्षको सक्रिय कार्यकारिणी शक्ति सहितको रास्त्रपतिय प्रणाली को आबस्यकता छ भनेको!
    अबको संविधानले त्यो प्राबधान सहितको संबिधान निर्माण गरोस भनेको झन ख्वात्त कांग्रेसले बढी सिट ल्याइदेर जनचाहना र देशको आबस्यकता चकनाचुर!
    अब कांग्रेसी भित्रै युवा कांग्रेसी हरुले देशलाई जनताबाट प्रत्यक्ष निर्वाचित सक्रिय कार्यकारिणी रास्त्रपतिय शाशन पद्दतिको ओकालत गर्दै संबिधान बनाउने जमर्को गरौ त ल गगन जी हरु!
    तेस्तो भय निर्वाचन भयको छ महिनामा पनि रास्ट्रपति को बन्ने प्रमा को बन्ने उप-प्रम, गृहमन्त्री, रक्षामन्त्री आदिको रदाकोमा झुन्दॆर देशको समय श्रम शक्ति बर्बाद हुने थियन!
    देश बनाउन आँट पनि त चाहिन्छ!
    अब शुशिल जस्तो ले कार्यकारिणी शक्ति र अधिकार लियर देश— हाहा!
    एउटा साथीले भन्थ्यो, भुत्रो बन्छ मुला देश आकाशको फल आँखा तरी मर्, तिमरु सब तेही साडें को पछाडी र्याल चुहाउने स्याल हौ!
    अब नेपालि कांग्रेस लगायत थुप्रै शुशिलाको पछाडी झर्ला र समातुम्ला भनेर कुद्ने हो तिनीहरुको लागि देश तेही हो बनिहाल्छ तेती भयपछी!

    Reply
  4. Shankar says:
    January 26, 2014 at 10:21 pm

    प्रधानमन्त्री हुन् चाहिने सबै भन्दा ठुलो गुण ”निकम्बा र पद्दु हुनु ”जुन उनीमा भरि पुर् छ |
    तेसैले हाल लाइ उनि प्रधानमन्त्री न हुने चान्स नै छैन |
    ” स्मरण रहोस प्रधान मन्त्रि हुनु पहिले आफ्नो नेत्रित्त्वदायि भूमिका मा ठुला काम फत्ते गरेको , समाज सेवा, देश सेवा गरेको आदि हुनु जरुरि छ |
    न कि ”सान्दाजु ” का बाट ” जी पी बाबु का झोला बोकेर गाको , पम्प्लेट बोकेर बिराट नगर दर्बार देखि राज दर्बार धा को , चाक्सी बारी देखि के पी का सम्म सन्देस पुर्याको येस्ता गुण बोकेका हरु बाट देश ले के अपेक्ष्या गर्न सक्छ ?
    यिनको झुसे दारीमा समातेर सुजाता , खुमे हरुले मचि मचि पिङ्ग खेल्न पाउने भए बस् तेत्ति हो |

    Reply
  5. Samjhana says:
    January 26, 2014 at 10:02 pm

    फेरि १९ गते…. नेपाललाइ १९ गते ले कहिले नछोड्ने भो…

    Reply
  6. Kedar Jee says:
    January 26, 2014 at 9:44 pm

    अरु कुरा बाल देउ, अनि जसरि भए पनि तोकिएको समयभित्र संबिधान बनाउ,भातमाराहरु–; नत्र तिमीहरुलाई बलिको बोका काटे झैं टुक्र्याउने छन् यिनै जनताले!अति गर्यो भने खति हुञ्छ!!!

    Reply
  7. Shree... says:
    January 26, 2014 at 8:20 pm

    वाह! एक बाक्य मा भए भारको कहानी समेट्न सकिने रैछ बाबै! खै आफुले त अन्तिम मा आउँदा त अगाढी को कुरा नै बिर्सियो, फेरि पढ्नु परियो! माने है, हैन हो बिज्ञप्ति भनेको येस्तै हुनु पर्ने हो कि के हो?

    Reply
  8. dharmendra says:
    January 26, 2014 at 8:15 pm

    १९ गतेनै किन अलि ढिलो गरि सरकार बनाऊ,मतलब छैन
    जति रडाको मच्चौछौ मच्चाउ ,मतलब छैन
    सत्ता बाडफाड कसरि गर्छौ, मतलब छैन
    कुन कुन पार्टी सरकारमा जान्छौ,मतलब छैन
    तर
    एक बर्ष भित्र संबिधान बनाउने गरि स्थिर सरकार बनाऊ अब अति भयो /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme