Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेताको ‘सवारी’ यसरी चल्छ अचेल

Posted on January 8, 2014January 8, 2014 by Salokya

BdYM1r_CEAA8N8E पेनड्राइभ र एन्टिभाइरस बढी बिक्ने हाट बजार अर्थात् क्यान इन्फोटेकमा सँधै झैँ यसपालि पनि निकै भिड रह्यो। हिजो हाटबजारको अन्तिम दिन नेकपा एमालेका दुई नेताको ‘सवारी’ भएको थियो। एउटै पार्टीका दुई नेता झण्डै एकै समयमा आए पनि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्व गृहमन्त्री केपी ओली सँगै आएका थिएनन्। पहिला माधव नेपाल भित्र पसे अनि त्यसपछि ओली। सशस्त्र प्रहरीको घेरामा यसरी चल्दो रैछ सवारी, हेर्नुस् भिडियो भित्र।

BdYM1r_CEAA8N8E

भिडियो हेर्नुस्-

हेर्न छुटाउनुभएको भए यो चाहिँ अलि पुरानो भिडियो हो, झण्डै एक वर्षअघिको पूर्व प्रधानमन्त्री प्रचण्डको ‘सवारी’को।

41 thoughts on “नेताको ‘सवारी’ यसरी चल्छ अचेल”

  1. Pravin says:
    January 11, 2014 at 2:50 am

    इ कमेन्ट हरु हाम्रा देश क नेताहरुले पढे देखि थाहा हुन्थ्यो नेता र जनताको दुरी कति फराकिलो रहेछ भनेर ! बिचरा. हामी नेपाली !!!!!!

    Reply
  2. Rai Yang pitang chhu Oxford, Belaayat says:
    January 10, 2014 at 3:53 pm

    राम्रो काम गरे कल्ले मार्छ ? मारिन बाट बच्न हाम्रा नेता बनाउदाहरुलाइ सुरक्षा चाहिएन त ? चीनका नेताहरुलाई हेर्नु होस् कहिले सुरक्षा दिएको हुन्छ ? यहि बेलायतमा हेर्नु होस् राजकुमारी केट बिना सुरक्षाकर्मी बेफिक्री सार्वजनिक ठाउँमा किनमेल गर्छिन खै कसैले पनि हानि पुर्याउदैन त |

    Reply
  3. Hikmat B K says:
    January 10, 2014 at 10:57 am

    नेतालाई गाली गरेर केहि हुदैन. सबैले आफ्नो thaubata केहि गर्नु पर्छ. गाली गर्नु को सट्टा
    राजनति सुरु गरेर example हुनुस .

    Reply
  4. कमल शर्मा यु ए इ says:
    January 10, 2014 at 10:09 am

    यहि त होला साथी चोरलाई चौतारी भनेको !!!

    Reply
  5. nimesh, Bkk says:
    January 10, 2014 at 9:55 am

    छोटे राजाहरुको ग्याङ्ग . एउटा लुटेरालाई अर्को ग्यान्ग्को लुटेराले तप्काउला भन्ने डर . यो दृश्य जनतालाई आतंकित पार्ने छोटे राजाहरुको क्रियाकलाप . यो देख्दा यिनीहरुले कुनै दिन सरकार पनि चालाएछ भन्ने नै लागेन . केवल …..

    Reply
  6. ekraj says:
    January 9, 2014 at 8:28 pm

    होइन वोली र माकुने फटाहा लाई केको लागि यत्रो सुरक्ष्या चाहिओ? यी चोर फटाहा हरु लाई इनि जस्तै डाँकाले मर्ने डर ले गर्दो हो| यदी यी पाखण्डी बज्रस्वान्थ हरुले कसै को नोक्सान पुराएका छैनन् भने केको सुरक्ष्या चाहिओ?
    यी हराम खोर हरुलाई थाहा छ इनिहरु कति दुस्ट र बेइमान हुन् र कतिलाई धोका र फंसयेका छन् भनेर| तेसैले इनिहरुले ठगेका हरुसंग बच्न भनेर, इन्लाई बोडी गार्ड चाईएको हो| तेस्ताले आफ्नै लुटेको पैसामा बोडी गार्ड राख्नु नि किन जनताले तिरेको करका सैनिक गार्ड राख्ने हक कसले दियो?
    जेल मा कूउन पर्ने ले बाटो मा सर्ब साधारण को भिड मा हिड्न पाएकोले एस्तो भएको हो|
    ठग र चोर नेता मुर्दाबाद| तेस्तै नारा र झापड लाग्नु पर्ने थियो सुरक्ष्या को सट्टा|

    Reply
  7. shyam says:
    January 9, 2014 at 3:49 pm

    जनतालाई गुन्डा लगाएर तह लगाउनेहरु लाई तिनै जनताले एक्लै भेटे भनि गाला चाद्कौलान लात्ताले हान्लान थुकलान भनि डराएर प्रशासन मा निवेदन दिएर सशस्त्र सुरक्ष्या माग गरेका हुन्| एक न एक दिन त कसो फेला नपर्ला ?

    Reply
  8. kiran says:
    January 9, 2014 at 3:22 pm

    भारत को दिल्लीका मुख्य मन्त्रि अरविन्द केजरीवाल बाट केहि सिक्न नसकेका मुर्ख हरु कोहि छन् भने हाम्रा नेता { नेता सब्द नै गालीमा प्रयोग भएको ] हरु हुन् /

    Reply
  9. devendra says:
    January 9, 2014 at 11:46 am

    “नपाउनेले केरा पायो, बोक्रै संग चियामा चोबेर खायो”, जनताको पसिनाको दुरुपयोग

    Reply
  10. मधु विलास पण्डित says:
    January 9, 2014 at 11:10 am

    बास्तबमा क्यानको भाउ खस्कदै गएको छ । म बर्षै पिच्छे क्यान ईन्फोटेक नछुटाई हेर्ने मान्छे हो । पहिले पहिले क्यान ईन्फोटेक जस्तो हुन्थ्यो । ठाँउ साँघुरो हुन्थ्यो । ब्लु स्टार होटलमा धेरै मान्छे पनि आँउदैनथे । भिड बढ्दै गयो । बीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा यो प्रदर्शनी सर्‍यो । बीरेन्द्रको अवशान पछी बीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्र पनि नयाँ राजाहरुले बुकिङ गरे । अब मेला आयोजना गर्ने एक मात्र ठाँउ भृकुटी मण्डप नै रह्‍यो । जाडोको समयमा सम्मेलन केन्द्रमा स्लिभलेस अझ भनौं कपडा लेस पहिरनमा केटीहरु प्रदर्शनीमा बस्थे । आई टी बिकाउ हो कि के बिकाउ हो बुझ्न गाह्रो हुन्थ्यो । आजकल नानीहरुले लुगा लाउन थालेछन् । भृकुटी मण्डपमा यो बिद्रुप दृश्य देखिएन ।
    यस पटकको क्यान प्रदर्शनी ल्यापटप प्रदर्शनी जस्तो लाग्यो । ल्यापटपको भाउ नेपालमा अझै घटेको रहेनछ ।खासाबाट ल्याईएका सबैजसो ल्यापटपहरु बिदेशबाट ल्याईएको भन्दा रहेछन् । गल्ती त भनेका हैनन् । खासा पनि बिदेशै हो ।

    Reply
  11. bikash shrestha says:
    January 9, 2014 at 10:39 am

    असल मान्छे असल नेता लाई सुरक्ष्या को जरुरत पर्दैन . यिनी हरु असल होइन तेसैले अरु ले मार्छन भनेर डर भयेछ बेचारा हरु

    Reply
    1. shyam says:
      January 9, 2014 at 4:01 pm

      नेता लाइ सुरक्षा को आबश्यकता पर्दछ, नत्र भने गान्धी, लिंकन केनेडी जस्ता को हत्या हुने थिएअन

      Reply
      1. mahesh says:
        January 9, 2014 at 10:09 pm

        यी गान्धी लिंकन र केनेडी परेनन्

        Reply
  12. SURENDRA hongkong says:
    January 9, 2014 at 10:27 am

    ए आम्मै यी भैरे हरु को चुरी फुरी देखेर अनि कसलाई सभासद बन्न मन नलागोस?आउने चुनाब मा उठ्ने हो कि हामी पनि?

    Reply
  13. Rajesh rai says:
    January 9, 2014 at 8:53 am

    लुट भैरे लुट

    Reply
  14. सागर says:
    January 9, 2014 at 8:21 am

    ताई न तुइ को बुझ्नु न सुझ्नु येस्ता हली हरु लाइ कल्ले बोलाएछ ? हली हुन नि योग्यता नपुग्ने हरु देश को प्रधानमन्त्री हुदा हाम्रो देश को हालत तपाइँ हामि सामु छ !

    Reply
  15. योगेश आदी says:
    January 9, 2014 at 8:15 am

    अब त बिचरो प्रचण्डलाइ आफ्नै कार्यकर्ताहरुले त ‘मरेको लासलाई जुम्राले छोडेको’ जस्तै गरि छोडिसकेको छ !! टाइम टाइम की बात है प्यारे… भन्थे, हो रहेछ !!

    Reply
  16. sony says:
    January 9, 2014 at 7:29 am

    चोरलै चौतारो भन्या येई होला…… जेल हाल्नु पर्ने मोराहरुलै सशस्त्र प्रहरीको घेरामा तेसरी सवारी, पर्चन्ने को त झन् खतरा रैछ नि , राजा खलकलै जस्तो

    Reply
  17. bijay says:
    January 9, 2014 at 7:05 am

    यी आफुलाई ठुला ठालु भन्न रुचाउने बेकम्माहरु त त्यस्तै भैहाले, तिनीहरुको अगाडी पछाडी दौडिने ( गाडीको ढोका खोलेर झुन्दिई आउने , चल्दै गरेको गाडी बाट उत्रिने ) हनुमान भनौ कि चम्चा (डाडु पन्यु )हरु देखेर पो अचम्म लाग्छ / सिद्दान्तको पछि लागेको भन्ने कुरा गर्ने हो भने सबैलाई थाहा भएकै कुरा हो, कांग्रेस कमुनिस्ट माओबादी खाओबादी जे भनेपनि सिधान्त भनेको सबैको त्यै हो – आफ्नो भुडी भर, दस पुस्त सम्म पुग्ने सम्पति थुपार, जनता र देश जाए भाडमे, देश बिग्र्यो भन्दै छोराछोरीलाइ बिदेशमा पठाऊ /

    सायद गुलियो को पछाडी झिंगा भन्किएको जस्तै होला यी गाडीको ढोका खोलेर झुन्दिई आउने , चल्दै गरेको गाडी बाट उत्रिने हनुमानहरु /

    Reply
  18. kanchha says:
    January 9, 2014 at 6:22 am

    जय होस् नेता हरुको… तिमीहरु को दिन छ … फलॊस फुलोस …. हामी त आधी बचेकै छौ

    Reply
  19. Rajan Upriti says:
    January 9, 2014 at 6:16 am

    डाँकाका सर्दारहरु भन्न स्वाउछ |
    यत्रो सुरक्षा डकैति गर्ने र मान्छे मार्ने लाइ मात्रै चाहिन्छ, जनप्रिय नेतालाई होइन |

    Reply
  20. Narayan says:
    January 9, 2014 at 5:45 am

    सबै नव निर्वाचित सभासद लाई (शपथ ग्रहण बाँकी नै छ) यस्तै सुरक्षा दिईन्छ कि
    कसै कसैलाई मात्र हो?
    दिल्लीमा “आप” ले भी आई pee कल्चर समाप्त गर्न के गरिरहेको छ त्यसको असर हाम्रा नेतामा किन हुँदैन?
    दिल्ली त् ओली र माकुनेको महातीर्थ र पानी पँधेरो हो| किन बुझ्दैनन् हाम्रा नेताहरुले?
    जे होस् नेता द्वयमा एकजना रोज्न परे ओली नै रोज्न पर्ला| अलि मुख बढी चलाउछन र फुर्ति बढी गर्छन| हेपोक्राट त् कुन नेता पो छैनन्? माकुने देउवा पछिको सबै भन्दा असक्षम प्रधान मन्त्रि हुन्| पैले दुईटा ठामबाट शर्मानाक रुपमा हार्दा त् प्रधान मन्त्रि भए भने अब मलाई राष्ट्रपति नबनाई कांग्रेस र एमालेलाई धरै छैन भनेर धाक लाउछन रे|

    त्यस्ता जान्दा जान्दै पनि काठमान्डौका भरेलाई मात्र हेर्ने भोलिलाई बिर्सने जनताले बाबुरामले बाटो फराकिलो पार्दा घर भत्काएको, हिसिला र दाहालको राजसी ठाँट र भ्रष्ट, वैद्यको बन्द र धम्कि देखि वाक्क भएर रिसको झोंकमा नेगेटिभ भोट पाएका हुन् माकुनेले|

    Reply
  21. दिप श्रेष्ठ says:
    January 9, 2014 at 3:21 am

    जनता को निमित्त सुरक्षा संयन्त्र आफै गरौँ|

    Reply
  22. Bindu says:
    January 9, 2014 at 2:32 am

    खै !
    नेता हो कि माफियाका मित ——– ???!!!
    गम् खादै छन् जनता ‘अचेल’ ———-

    Reply
  23. Prakash Tiwari says:
    January 9, 2014 at 1:21 am

    जीवन जल र सिटामोल खान नपाएर मरेका गरिब नेपालीले तिरेको कर येस्ता नेताहरुको सुरछा र सवारीमा खर्च हुने गजबको नै नया नेपाल बनेछ / २०३० , ४० र पचासको दसकमा निरकुस भनेको पंचायतमा पाच पाच पल्टसम्म प्रदानमंत्रि भएका किर्तिनिधि बिस्ट बरु बिना डर बिना गार्ड काठमाडौँको सडकमा लुखुर लुखुर हिड्थे / हामी तेस्ताका १२ /१४ बर्षको भुराहरु उनीसंग थुप्रो पल्ट बानेशोर र मैतीदेवीमा नचिने पनि बात मारी हिडेका छौ / आज कोहि कल्पना गर्न सक्छ राम बरण वा देउवा वा बाबुराम तेसरी हिडेको र एउटा ७/८ क्लास पड्ने केटाकेटीको पनि तेसबेला जस्तो पूर्व प्रमुखसंग पनि सामान्य मान्छे जस्तो बार्तालाप गर्ने सकेको / नेपालमा सब चिज पहिला नराम्रा थिएनन् र राम्रा पनि थिय जसको नक्कल आज हुन् सकेन /

    Reply
  24. padam regmi says:
    January 9, 2014 at 1:20 am

    राष्ट्र को ढुकुटी र शंक्ति को दुरुपयोग मा जसले सके पनि गरे भो नि . आखिर नेपाली जनता लाई जे भनेर मुर्ख बनाए पनि फरक पर्ने वाला छैन

    Reply
  25. prakash_EDM_Canada says:
    January 9, 2014 at 12:48 am

    दुनिया लाइ मरेका छन् अनि आरुले मर्लान भन्ने डर त भै हाल्छनि |

    Reply
  26. Jitman Rai 'Sabin' says:
    January 9, 2014 at 12:45 am

    सर्वसाधारणहरुलाई सुरक्षा चाहिन्छ कि चाहिदैन ?

    Reply
  27. prem sharma says:
    January 9, 2014 at 12:44 am

    This is really bad because our so-called leaders have been misusing state power for their own benefit not doing anything to their own people who have made them leaders. I think its a bitter curse we have been poured by unseen power which has turn into normal people life miserable.

    Until and unless all people of our nation unite together and fight against any unsocial activities and corruption we have seen for years main cause of our nation being plunged into negatively low state in terms of economy.

    I would say God bless us for giving power to cut down political leaders narrow thinking heavily and turning their brain for addition about the work that will enhance normal peoples life.

    Reply
  28. rohan vicram singh says:
    January 9, 2014 at 12:40 am

    नेपालमा नेताहरुका सत्ताको लुछाचुडीले गर्दा छोटो समयमा धेरै मन्त्रि र प्रधानमन्त्रिहरु बन्न पुगे भने शान्ति र आर्थिक बिकाश भने हुन सकेन! देशका लागि केहि गर्न नसकेका तर बहालवाला र भूपू मन्त्रि र प्रधानमन्त्री भएकै कारण यी हजारौ नालाएकहरुलाई राज्यले शान्ति शुरक्षाको नाउमा ठुलो लगानी ब्यर्थमा गरिरहेको छ!
    भूपू भएका येस्ता नेताहरुलाई राज्यले गर्ने वाहियात खर्च तुरुन्त बन्द गरियोस! आखिर यिनीहरुको सुरक्षा गर्ने एक से एक डन यिनीहरुले आफैले पालेका छन क्यारे! कि कसो साथी हो?

    Reply
  29. Suman says:
    January 9, 2014 at 12:38 am

    जनतालाई हिड्न बाटो छैन, नेता चोर हरुलाई सवारी, जनतालाई दिन सुरक्षा छैन, नेता चोर हरुलाई १० जना सुरक्षाकर्मी. जनताले नेता हउहामी भन्नेलाई किन सुरक्षाको खाचो होला..

    Reply
  30. सुगतश्री शरण says:
    January 9, 2014 at 12:32 am

    नया जोगीको बाक्लो खरानी त होइन …?
    यी नेता हुन् कि भुइं मा खुट्टा नहुने केटा मात्र !
    यिनको चाल ढाल हेर्दा त , न बेटी न बेटा ‘पात्र’ !!
    राजा त्रिभुवन जनताको भीड मा हिड्न मन पराउन्थे ;
    यी जनताको प्रिय र निर्वाचित आफै संग किन तर्सने ?

    Reply
  31. Raj says:
    January 9, 2014 at 12:20 am

    At least they may be saved from being slapped as it happened in the past.

    Reply
  32. kedar says:
    January 9, 2014 at 12:10 am

    हेर हेर जनताकै भोटले भर्खरै चुनाब जितेर आएर पनी जनताकै बिचमा खुल्लम खुल्ला जान पनी डराउनु पर्ने कति कम्जोर मनस्थिति यिनको | यिनै अविश्वासीको भर पर्नु पर्ने कती निरिह: हामी जनता ???

    Reply
  33. Bhawana Rana says:
    January 8, 2014 at 11:56 pm

    बिचरा हाम्रा नेता हरुलाई आफ्नो जिउ को कति डर धक फुकाएर हिड्दुल गर्न पनि नपाउने

    Reply
  34. neerose says:
    January 8, 2014 at 11:56 pm

    यो खाते खुराफाती ओलीलाई किन त्यो शशस्त्र मार्शल वालाले सुरक्षा दिएर सवारी गराउनुपर्ने नि! हेत्तेरिका यो देश, थुक्क!
    माधब नेपाल को सम्म ल ठिकै हो भनौ, एउटा पूर्व प्रम र नेताको पछाडि दश बिष जना मान्छे पुच्छर केहि अनौठो होइन.
    अब प्रचण्डको कुरा जहा सम्म छ उ देशको परिवर्तनको नायक र युद्द लडेर आयको बिद्रोही नेता साथै पूर्व प्रमा हो तेसैले सुरक्षा दिनुपर्छ पचाइयो ल!
    तर यो खुराफाती टुक्का बेतुक छुद्र नेता वोलीलाई भुत्रो सुरक्षा!
    तेस्को मुखमा कसले थुक भनेनी ठुक्दैना के सुरक्षा!

    Reply
  35. Sandesh says:
    January 8, 2014 at 11:25 pm

    हा हा हा, हाम्रो देश! हाम्रो भाग्य!

    Reply
  36. सिर्जने says:
    January 8, 2014 at 10:14 pm

    इ डाकाहरु लाई किन आउनुपर्ने इन्फोटेकमा? आए’नि एक्लै आउन आँट गर्न सक्दैनन्? जनतालाई ढाट्नुसम्म ढाटेर, चुस्नुसम्म चुसेपछी जनतासंगै डराउनुपर्दो रहेछ …… बुझ्नुपर्ने कुरो त्यो छ /

    Reply
    1. bikash shrestha says:
      January 9, 2014 at 10:35 am

      सिर्जाने जी उहा हरु कतै कमिसन पाउल कि भनेर आएको होला नि

      Reply
  37. Shankar says:
    January 8, 2014 at 9:59 pm

    किन चाहियो यिनीहरुलाई सुरक्ष्या ? जनता ले लात हान्छ भनेर हो कि के हो ?
    पद मा हुनेलाई सुरक्ष्या ठिक कुरा हो , जो पायो तेल्लाई ? यो अलि हजम भएँन |

    Reply
    1. सन्तोष says:
      January 9, 2014 at 2:40 pm

      हो जनताले मुख फुट्ने गरि चडकाऊलान भनेरनै हो जस्तो लाग्छ है

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme