Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो बनाउनु छ विष्णुमति नदीलाई

Posted on January 1, 2014 by Salokya

[beforeafter]SegVI_after SegVI_before [/beforeafter]
नयाँ वर्षको पहिलो दिन एउटा गजबको सपना देखेँ। ढलमति बनिसकेको विष्णुमति नदीमा निलो पानी बगिरहेको थियो। कालिमाटी सालिक नजिकैको पुलबाट अस्ति विष्णुमति नदीको बाटो खनेको र त्यही दिन काठमाडौँ महानगरपालिकाको विष्णुमति नदी सुधार कार्यक्रमको प्रतिवेदन हेरेकोले यस्तो सपना देखेको हुनुपर्छ। माथि तपाईँले देखिरहनुभएको फोटोमा विष्णुमति नदीको अहिलेको रुप र सुधार कार्यक्रमले कल्पना गरेको रुप देख्न सक्नुहुन्छ। दुई फोटो आधा-आधा देखिरहनुभएको होला, फोटोको बीचमा क्लिक गरेर दायाँबायाँ तान्नुभयो भने पूरा रुप देख्न सक्नुहुन्छ। माथिको फोटो यो सुधार कार्यक्रमको छैटौँ सेग्मेन्टको हो।

विष्णुमति नदीको यो अन्तिम सेग्मेन्ट हो। यही सेग्मेन्टबाट विष्णुमति नदी बागमतीमा मिसिन्छ।

यो सेग्मेन्ट २.१ किलोमिटर लामो छ। नदी ३० देखि ३७ मिटर फराकिलो छ। यो सेग्मेन्टको नदी किनारमा थुप्रै पुरातात्विक महत्वका स्थानहरु छन्। त्यसैले कार्यक्रमको योजनामा घाटहरु पुननिर्माण गर्ने पनि राखिएको छ।

नदी छेउछेउ बनेको लिङ्क रोड पनि यही सेग्मेन्टमा पर्छ।

कार्यक्रममा यो सेग्मेन्टमा साइकल स्टायन्ड बनाउने योजना राखिएको छ। मानिसहरु यहाँ साइकल भाडामा लिएर बूढानिलकण्ठसम्म नदी छेउछाउ बन्ने साइकल ट्र्याकमा साइकलिङ गर्ने र त्यहाँ साइकल राखेर विष्णुमति नदीको मुहान विष्णुद्वारमा ट्रेकिङ गर्न जाने योजना छ।

कति मजा आउला हेर्नुस् त, साँझ शितल वातावरणमा विष्णुमति नदी छेउमा पैदलै हिँड्न पनि। विदाको दिन साइकलिङ गर्दै टाढा टाढा पुग्न पनि कति रमाइलो होला !

यही सेग्मेन्टको अर्को फोटो हेर्नुस्-
[beforeafter]SegVI1_after

SegVI1_before[/beforeafter]

शोभा भगवतीदेखि टेकु दोभानसम्म समेटिएको यो छैटौँ सेग्मेन्ट बनाउन कार्यक्रमले २९६,८४०,००० रुपियाँ खर्च लाग्ने अनुमान गरेको छ।

यति रकममा नदी किनारमा साइकल ट्र्याक, फुटपाथ र दुवै साइटमा आठ मिटरको बाटो बनाउने, घाट, मन्दिर र सत्तलहरु सुधार गर्ने उल्लेख छ। यसका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरण र काठमाडौँ महानगरपालिका जिम्मेवार हुने कार्यक्रममा उल्लेख छ।

के भइरहेको छ त ?
हाम्रा बाजेको पालामा विष्णुमति नदीमा माछा मार्थे रे, पौडी खेल्थे रे। बढ्दो शहरिकरणसँगै सीधै नदीमा ढल जोड्न थालेपछि नदीमा पानी हैन मलमूत्र बग्न थाल्यो। नदीको जीवन मर्‍यो।

अब भने बिस्तारै आशा पलाउन थालेको छ। कालिमाटीदेखि शोभाभगवतीसम्म लिङ्क रोड बनिसकेको छ। साइकल ट्रयाक बनेको देखिएको छैन तर पिच सडक र फुटपाथ गजब राम्रा बनेका छन्। टंकेश्वरमा लिङ्क रोड बनाउन बाटो फराकिलो पार्न सत्तल भत्काएर दायाँपट्टी उस्तै आकारको सत्तल बनाएको धेरै भइसकेको छ। त्यताका फोटो पनि कुनै दिन राखौँला।

नदीमा फोहोर पानी र ढल बग्ने र गनाउने क्रम भने जारी छ।

[विष्णुमति नदी सुधार कार्यक्रमको प्रतिवेदनमा रहेका अन्य सेग्मेन्टबारे जानकारी पनि क्रमशः राख्दै जानेछु, यदि यस्तो ब्लगमा तपाईँहरुको रुचि देखियो भने। विष्णुमति नदीसँग जोडिएका तपाईँका कुनै पुराना स्मरण छ भने त्यो तल कमेन्टमा बाँड्न सक्नुहुन्छ]

47 thoughts on “यस्तो बनाउनु छ विष्णुमति नदीलाई”

  1. Sanjay says:
    January 3, 2014 at 10:32 pm

    अब बिस्तारै काठमान्डू राम्रो हुदै जान्छा जस्तो हामीलाई लाइरछ .

    Reply
  2. रमन says:
    January 3, 2014 at 9:47 pm

    पहिले भन्दिम, म माओवादी सपोरटर होइन र गर्दिन पनि तर इस्यु हेरी हेरी हुन्छ|
    विष्णुमतिलाई माथि काल्पनिक फोटोमा देखाएको जस्तो रुपमा परिणत गर्न बाबुराम प्रधान मन्त्रि भए मात्र आँट गर्न सक्छ|
    राजधानीमा सडक फराकिलो पार्ने हिम्मत बाबुरामले मात्र गरेका हुन्|विगतले देखाउंछ अरु प्रधान मन्त्रि हुँदा त् घुस खाएर अझ भ्रष्टचार वृद्धि र थमौती मात्र गराए|
    त्यति राजधानीमा सडक फराकिलो पार्दा माओवादीलाई राजधानीबाट संबिधान सभाको निर्वाचनमा सखाप पार्यो| मुख्य कारण यो हो होइन त्यसमा विवाद हुन् सक्छ तर एउटा कारण यो पनि हो र साटो फेर्नेले धन जन मन लाएर यसो गरेका हुन् भन्नमा चाहि कुनै दुई मत नहोला| कानुन मिचेर बाटो बनाउनेहरुको सुची किन मेडियाले निकालेंन? एकातिर मुवाब्जा पनि खाने अनि अर्कोतिर अन्याय भयो भन्ने?
    जसलाई बाबुरामले राजधानीमा सडक फराकिलो पारेको मन छैन र थिएन, भनिरहनु नपर्ला, यँहा रातो टीको लगाई हाल्नु हुनेछ|
    बाबुराम अझ केही महिना प्रधान मन्त्रि मा थेग्न सकेको भए बाटामा पर्ने मापदण्ड मिचेर निर्माण गरेको पर्खाल पनि भत्काई दिन्थे चाहे त्यो अमरिकी राजदुतावासको होस् वा ब्रिटिशको वा कुनै ठुला ठालु भनौदाको| कर्ण शाक्य सरको होटलको परखाल त् प्रतिवाद गर्दा गर्दै पनि भत्काई दिए| एभरेस्ट होटलले मापदण्ड मिचेर बनाएको पर्खाल भत्काउदा केही चलखेल गरेन होला र? कानुन सम्मत रहेको हो भने सर्बोच्चमा नगई
    छाड्थे होला?

    Reply
  3. Aayush says:
    January 3, 2014 at 6:56 pm

    ठिक हो …….योजना नभई काम हुदैन, होला नि त कुनै दिन असम्भब कुरा पनि होइन पैसा त झन् केहि होइन मात्र काम गर्ने ठाउ का मान्छे को लगनसिलता र गरौ नै भन्ने भाबना चाहियो कि कसो ??????
    अर्को कुरा ……..यो पुस्ता का बाट त मलाई खासै आशा छैन तर भाबी पुस्त बाट चै धेरै आशा गर्न सकिन्छा है |

    Reply
  4. अनोज शाक्य says:
    January 3, 2014 at 6:22 pm

    यो बिष्णुमती जस्तै, नेताहरुको मती पनि सुधार हुन सके त देश कै सुधार हुन्थियो तर खै अरबौ लगानी गरेर चुनाव जितेर आएका ब्यापारीहरुले देशको लागि के गर्ला र । अब देश घुसप्रधान देश भएर आउने त होइन जस्तो लाग्छ ।

    Reply
  5. rupendra says:
    January 3, 2014 at 11:53 am

    जे होस् छिट्टै भए हुने थियो यो सपना पुरा

    Reply
  6. Damodar says:
    January 3, 2014 at 1:01 am

    Community service को Idea हाम्रो नेपालमा एकदम प्रभाबकरी छ .Minor violation जस्तै झगडा, रक्सी तथा सामान्य लागु पदार्थ Abuse, दादागिरी , बन्द हड्ताल गर्ने. सामान्य सामाजिक अपराध गर्ने इत्यादीहरुलाई जेल सजाय वा Community Service को choice दिने. Community Service चुने, उल्लेखित hours येस्ता Violators हरुलाई सफाई काम इत्यादी मा लगाउने . जेल पनि खाली हुन्छ, देश पनि बन्छ.

    ठुला अपराध गर्नेलाई कडा निग्रानी मा राखी अझ ठुला कामहरु गर्न लगाउने (सरकारी भवन मर्मत, बाटो घाटो बनाउने इत्यादी. जेल मा बस्ने ले हावा खान पाउछन, Free मा जन्स्रोत हाम्ले, सबैको जित . सब ट्यापे र बन्द हड्ताल गर्ने भुस्तिन्ग्रेहरुलाई देश बनाउन जबर्जस्ति लगाए सरकारलाई नि फाइदा , जनतालाई नि.

    Reply
  7. Bhakta says:
    January 2, 2014 at 6:13 pm

    काम न काजका भात खाएर सुत्ने उफ्रने सिपाहीलाई १० – १० मिटर को अन्तरमा दुवै नदि किनारमा २४ घन्टे पहरा दिन लगाई फोहोर फाल्न नदिने र ठाउँ को ठाउँ फोहोर फाल्नेलाई कारबाही गर्ने उठेको जरिबाना रकम ले फूल बनस्पती रोप्ने हो हने अरु केहि गर्नु पर्दैन……

    Reply
  8. शेखर अग्रवाल says:
    January 2, 2014 at 5:42 pm

    इच्छा शक्ति र प्रतिबद्धता भए नहुने भन्ने केहि हुन्न
    बिकसित देश पनि कुनै दैबिशाक्तिको देन होइन हामी जस्तै मानिस ले बनेका हुन्
    “आउनुस संघर्ष गरौ देश बनाउन
    हाम्रो बौद्धिक क्षमता पनि कसैको भन्दा कम छैन
    हामीमा प्रतिबद्धता ,धर्यता ,त्याग, मेहिनत ,अनुशासन ,इमान्दारिता र सकारात्मक सोच को कमि मात्र न हो ?
    त्यो पूर्ति गर्न सक्छौ किन सक्दैनौ ?दोष दिने र निराशाजनक कुरो गर्ने भन्दा जिम्मेवारी लिने जिम्मेवार बन्ने सोच लाइ अगाडी बढाउनु पर्छ
    देस बन्छ संसारकै सबै भन्दा राम्रो बंछा प्रकृतिले दिएको मानिस ले ठगेको देश हो नेपाल

    जाँदा जादै परिकल्पना सुन्दर छ एउटा कुरो छुटेको देखियो public sefety and security को मर्म अनुसार नदीको किनार मा बार भने लगाउनु पर्छ है नत्र केटाकेटी वा साइकल गाडी खस्न सक्छन नदि भित्र

    Reply
    1. दिप श्रेष्ठ says:
      January 3, 2014 at 3:17 am

      साथी हो आफ्नो गाउँ आफै बनाउ, बरु नेताहरु बस्ने राजमहल बनाउन चाही सबैले सघाउ|

      Reply
  9. shyam says:
    January 2, 2014 at 3:06 pm

    माओबादी ले बहुमत ल्याएको भए यो साकार हुन्थ्यो, कांग्रेस एमाले जस्ता खन्चुवा ले के गर्लान र बरु अब कर्णाली बेच्लान.

    Reply
    1. Subhash Neupane says:
      January 2, 2014 at 4:17 pm

      अस्तिन बाबुराम र प्रचण्डको सरकारमै नेपाल स्विजरल्याण्ड बनिसकेकोले कांग्रेस-एमालेले नगर्न पनि सक्छन् !

      Reply
  10. सुगतश्री शरण says:
    January 2, 2014 at 2:49 pm

    स्वर्गबाट नै अवतार उत्रनु पर्ने देखिन्छ !
    विष्णुमतिको यस्तै पवित्र अवस्था को परिकल्पना गर्ने हुतराम वैद्यजी वैकुण्ठ लोक मा बसेर निरिक्षण गर्दै हुनु हुन्छ होला – उनको वर्षौंको सपना साकार गर्ने कुनै माई को सच्चा लाल नेपाल मा जन्मी सकेको छ कि भनी …छैन भने , कुनै दिन आफैले काठमाडौँ मा अवतरण गर्ने सोच पनि बनाई सकेको हुनु पर्छ…यी कल्पित तस्वीर लाइ साकार तुल्याउनको निम्ति !!

    Reply
  11. Luna says:
    January 2, 2014 at 2:46 pm

    आज भन्दा ३०- ४० बर्ष अघि युरोपका केहि देशका केहि नदीहरु प्रदुसित भएका थिए रे
    यहाका कलकारखाना उधोगबाट फालिने प्रदुसित बस्तुले . सचेत मान्छेले बिरोध जनाए , सरकारले ठुलै पहल गर्यो . ऐले ति नदीहरुमा मान्छे पौडी खेल्छन् गर्मि महिनामा . संग्लो पानीमा छुनु मुनु माछा नाचिरहेको , स- साना ढुंगामा पानी बिरुवा लहलहराई रहेको देख्न पाईन्छ .

    हाम्रो बागमती बिष्णु मति नदीहरु पनि संग्लो सफा भएर बग्न पाउने छ यदि सरकारबाट ठुलै पहल हुन सके .
    माथि फोटोमा देखाईएको प्रोजेक्टले साकार रुप लियोस् , सफलताको शुभकामना .

    Reply
  12. Tenzing Gaba says:
    January 2, 2014 at 1:54 pm

    आहा !!! कति राम्रो,
    हे बन्धुहरु !! यो सपना मात्र होइन सजिलै सम्भब पनि छ,
    # जग्गा छदैछ
    # नदि-पानी पनि छदैछ
    # नदिको किनारमा अत्यन्त सुन्दर मठ-मन्दिर-पाटी-सत्तल पनि छदैछन
    रकम पनि खासै महँगो होइन मात्र १५ करोड प्रति किलोमिटर
    नबन्नु पर्ने अबस्था त् पटक्कै देख्दिन
    ————————————————
    बिष्णुमति मात्र किन नि ?
    उपत्यका भित्र बग्ने अरु सबै नदिहरु बागमती-विष्णुमती-धोबीखोला सबै गरेर जम्माजम्मी २०-२५ कि.मि. मात्र त् छन् नि, त्यी सबै नदि किनारहरुलाई पनि यस्तै बनाउन जम्मा जम्मी मात्र ४ अरबले पुग्ने रहेछ
    अनि ४ -५ अरब भनेको सरकारी स्तरमा त् केहि पनि होइन नि र त्यति जाबो ४-५ अरब खर्च गर्दाखेरि देशको राजधानी यत्ति राम्रो बन्छ भने ढिलाई किन ?
    ————————————————
    हाम्रो राजधानी सुन्दर बनाउन
    १. राज्यले अलि अलि गरे मात्र पनि पुग्छ
    २. जनताले चाही फोहोर मात्र नगरे पुग्छ

    जदौ !!!

    Reply
    1. Tenzing Gaba says:
      January 2, 2014 at 3:48 pm

      धेरै मित्रहरुले पानीको कारण यो आयोजना पुरा नहुने शंका गरेको हुनाले म पनि तत् सम्बन्धमा २ शब्द छुस्स ओकल्न मन लाग्यो :
      —————————————————
      अहिले पानीको हाहाकार भएको अवस्थामा वा सुख्खा याममा नै पनि कुनै न कुनै तरिकाले काठमाडौँमा प्रति दिन कम्तिमा पानी “८ करोड लिटर” पानी आपूर्ति हुदै आएको छ र हामीले बुझ्नु पर्ने कुरो के भने
      # त्यी पानी सबै नै बाष्पिकरण (evaporate) भएर जादैनन्,
      # त्यो ८ करोड लिटरको ठुलो अंश केवल फोहोर भै ढल मार्फत फेरी बाहिरिने मात्र हुन्
      # त्यो फोहोर पानीलाई फेरी प्रशोधन गरेर पिउन उपयुक्त बनाउनु चाही अहिलेको अबस्थामा (उर्जा संकटको अबस्थामा) गफ मात्र हो
      तर
      त्यो पानीलाइ केवल विष्णुमति-बागमतिमा मिसाउनु उपयुक्त बनाउनु वा अलिक सङ्ग्लो र नगन्हाउने बनाउनु चाही ठुलो कुरो हुदै होइन / त्येसको लागि सम्पूर्ण “ढल” लाइ एकै प्रकारले हेरिनु वा प्रशोधन गरिनु हुदैन किनकी ढल सामान्यतया २ प्रकारको हुन्छन
      १, मलमुत्रको पानीको ढल (soil line )
      २. धोई-पखाली गरेको पानीको ढल (waste line )
      पहिलो प्रकारको ढललाइ(soil line)बर्तमान अबस्थामा प्रशोधन गर्ने प्रयाश नै नगरौ किनकी बर्तमान उर्जाको हाहाकारमा त्यो मल-मुत्रको ढललाई मानब बस्ति कटाएर बिसर्जन गर्नु मात्र सकिने अवस्था छ
      तर
      दोश्रो श्रेणीको ढल भनेको साधारण फोहोर पानी मात्र हो त्येस्तो फोहोर पानीलाई साधारण फिल्टर गरेर नै दुर्गन्ध मुक्त र सङ्ग्लो बनाउन सकिन्छ जुन उपत्यकाको नदीमा मिसाउन सकिन्छ /
      केवल ८ करोड लिटर पानी आपूर्ति भै रहेको स्थानमा ८ करोड लिटर नै ढल बाट त् पक्कै निस्कदैन तर सबै बाष्पिकरण (evaporate) भएर पनि जादैनन्,
      त्येसैले मानौ कि ७५% बाष्पिकरण (evaporate) भएर र soil line बाट गएको अवस्थामा नै पनि करिब २ करोड लिटर पानी प्रत्येक दिन नदिमा मिसाउनु उपलब्ध हुन्छ जुन त्रिशुली जस्तो सलल बग्ने खालको त होइन तर ठाउँठाउँमा बाध – झरना सहितको नदीको लागि आवस्यकता भन्दा कुनै पनि हालतमा कम हुने देखिदैन …………………जदौ !!!

      Reply
      1. suzee says:
        January 2, 2014 at 9:09 pm

        जानकारीमुलक !!!धन्यवाद गाबाजी !!!!धेरैपछि पो झुल्किनु भो !!!

        Reply
        1. Tenzing Gaba says:
          January 3, 2014 at 7:41 am

          माइसंसारमा सधै नै झुल्किराखेकै थिए तर कार्य व्यस्तता भन्ने कालो बादलले छेकेर कमेन्टहरु मात्र नदेखिएका हुन् प्रभु……………जदौ !

          Reply
  13. दिनेश काका says:
    January 2, 2014 at 1:08 pm

    हैन पानी चाही कसरी ल्याउने रहेछ ! त्यो कुरा बुझ्न मन लाग्यो ।

    र अर्को मलाइ मनमा लागेको कुरा, पानी कहि कतैबाट ल्याए भने, बिष्णुमतिमा पानी सफा राख्न हिन्दुहरुले सिक्नु जरुरी छ । धर्मको नाममा नदीमा नानाथरी फाल्ने, मान्छे पोलेर सहरको बिचमा वरिपरि डङडङति गनाउने गरी धुवा उडाउने, मरेको मान्छेको सरसामान, लुगाकपडा, खोला या नदीमा फाल्ने, पोलेको दाउरा फाल्ने, लुगा पखाल्ने, नुहाउने, भगवानलाइ चडाउने नाममा फुलपाती फाल्ने चलनको विकल्प सोच्नु पर्छ । थोरै पानी र तेती धेरै जनसंख्या भएको ठाउमा समय र परिश्थिति अनुसार सस्कारहरु परिमार्जन गर्नुपर्छ कि ।

    सम्पुर्ण ढल व्यावस्थापनको जिम्मा त महानगरपालिकाले लिनु पर्छ ।

    नत्र जतिसुकै पानी भए नि, गंगा नदीको जस्तै फोहोर हुने कुरा निश्चित छ।

    Reply
  14. Saroj Dangol says:
    January 2, 2014 at 11:58 am

    म पनि शोभा भगवती ! काम गरे त ठिकै हो ! प्लान्निंग म मात्र नपरोस !

    Reply
  15. Bimal says:
    January 2, 2014 at 11:14 am

    खुशी को कुरा हो !चाडै सफलता को कामना छ !…जय नेपाल …!!!

    Reply
  16. ramesh says:
    January 2, 2014 at 11:11 am

    यो कल्पना साकार हुनु पर्दछ

    Reply
  17. कमल थापा(साउदी अरब) says:
    January 2, 2014 at 10:56 am

    २०१४ सुन्दर सपना र विकास, उन्नती, प्रगती, सकारात्मक काम गर्ने अवसर हुनु पर्छ भन्ने आसा सहित कामना !!!

    यस्ता कार्य भएको दिन धेरै पर्खन नपर्ने भए नेपाल र नेपाली संसारका लागि उदारण हुने पक्का थियो l

    Reply
  18. Surendra Regmi says:
    January 2, 2014 at 9:48 am

    यो कल्पना साकार हुनु पर्दछ अमेरिकाको टेक्सास को San Antonio मा यस्तै अबस्तामा पुगेको नदीलाई हालको अबस्तामा पुरायर अरबौं डल्लर कमाई रहेका छन् हाम्रो विष्णुमति नदी तो भन्दा पचासौं गुना सुन्दर छ यदि भनिय जस्तै बनाईयमा तलको लिंकमा San Antonio River को चित्रण देख्न सकिन्छ.
    River Walk San Antonio Texas – YouTube

    Reply
  19. Rajesh rai says:
    January 2, 2014 at 8:36 am

    चाडै नै त्यो प्रोजेक्ट सफल होस् / सुभकामना छ/

    Reply
  20. bibek dhakal says:
    January 2, 2014 at 8:30 am

    नया वर्ष को अवसरमा देखिएको सपना पुरा होस्! हरेक यथार्थ एउटा सपनाबाटनै सुरु हुन्छ रे| मार्टिन लुथर किङ्गले पनि सपनाको कुरा गरेका थिए — जातियवादरहित अमेरिकाको –जुन त्यतिबेलाको लागि असम्भवप्राय थियो; तर आखिरमा त्यो सम्भव भएर छोड्यो!
    मेरो बिचारमा यो पनि सम्भव हुनेछ, यदि यस्तो भएको साचैं देख्न चाहने केहि हजार मात्र भैदिए!

    Reply
  21. xyz says:
    January 2, 2014 at 8:06 am

    I live near around Bishnumati river; in fact I was born to be the part of the river. During my childhood days, the river provided a rich source of entertainment – fishing, swimming, worshiping and a playing ground. Definitely, it is disgusting to see the present state of the river – it is no more a river, it is actually a open sewage. Besides urbanization, I think we need to review our attitude towards rivers. We have treated rivers as a dumping ground for all kinds of trash. I still remember, if a chicken dies or a street dog, we were asked to dump it at Bishnumati river. In those days, may be because we have only organic wastes, it was easily taken care. But I could still see Nepal Rastra Bank coming to dump all its wastes in the river, I could even see DDC coming to dump all its outdated milk products at Bishnumati river. We have treated the river like a sewage, not just now, since decades. There is no point repenting at this hour. We all are particularly responsible for the current situation.

    Reply
  22. madan bajracharya says:
    January 2, 2014 at 8:05 am

    हाम्रो बाजेको पालामा होइन हामि अलि ठुलो भैसकेको बेला पनि बिस्नुमति नदिमा सफा पानि बग्थ्यो र हामि त्यहा नुहाउने पौडने गर्थे/ बिस्नुमतिको नदि किनारहरुमा मन्दिर र घाटहरु भयको र स्थानीयहरु बिस्नुमतिको पानीमा खुट्टा डुबेको बिस्नुको मुर्तिलाइ आर्यघाट मानेर मर्न लागेको आफन्तलाई लिताउने र बिस्नुमतिको पानि खुवाउने गर्थे/ आफन्त मरे पछि गरिने डाह संस्कार को कर्म गर्दा बिस्नुमतिमै नुहाहुनै पर्ने चलन थियो/ तेसैले स्थानीयहरु बिस्नुमतिको पानीमा फोहर फाल्नु पाप हुने मानेर बिस्नुमतिमा फोहर फाल्ने ढल मिसाउने काम गर्दैनथ्यो/ उपत्यकाको अधिकास ढलहरु मल्ल कालमा बनेको राज कुलो नामको ढल बात बागमती बिस्नुनदि पारि सम्म पुर्याइन्थ्यो/

    तेतिबेला बिस्नुमतिको किनारमा घर तेती बनेको पनि थियन र बिस्नुमतिको किनारमा रहेको खेत र जग्गालाई सरकारले कृषिको निमित भनेर घर बनाउन रोक्का गरेको थियो/ तेसै कारणले जग्गाको भाउ अत्यन्त सस्तो थियो सायद रोपनिकै ५०/६० हजार मात्रै पर्थ्यो/२०४० सालमा पनि बिस्नुमतिको किनारमा प्लातिंग गरेको बाटो पानीको सुबिधा भयको सडक नजिकैको जग्गाको मोल पनि मात्र आनाको २० हजार मुस्किलले पर्थ्यो/ म आफैले १६ हजार आनामा बिस्नुमतिको किनारको बाटो पानिको सुबिधा भयको सडक नजिकैको जग्गा किनेको थिय/

    बहुदल आय पछि, हामीले आसा गरेको र बहुदलको सरकारले बाचा गरे जस्तै देसमा बिकास र सुबिधाको समानुपातिक ब्यबस्था भयन/ भोट गाउँ घरको लिने तर बसोबास काठमान्डू मै गर्ने नेताहरुले गाउँमा ब्यबस्थित गर्नु पर्ने सुबिधा सबै आफु बस्ने उपत्यकामै सिमित गरे/ गाउँ घरमा अब्यबस्थाको अब्यबस्था नै रह्यो/ यसले गर्दा गाउँ घर बात “सबै सुबिधा भयको सस्तोमा जग्गा किन्न पाउने उपत्यकामा आन्तरिक बसाई सर्ने क्रम तिब्र भयो/

    तव सरकारले उहिले पंचायती सरकारले बनायको बिस्नुमतिको किनारको खेत जग्गाहरुमा खेति मात्रै गर्न पाउने घर निर्माण गर्न नपाउने नियम खारेज गरेर घरहरु बनाउन सकिने बनायो/ तर बिस्नुमतिको किनारमा घर बनाउन पाउने नियम बनाउने सरकारले घरको फोहर फाल्ने ढल बनाउने कुनै योजना बनायन/ तेतिबेला राजनैतिक चरित्र अत्यन्त निश्चल रहेको पि यल सिंह काठमान्डू नगर पालिकाको मेयरले महारजगंज देखिको बर्साद्को पानि पठाउने भनेर ४ फुटको ढल बनायर बिस्नुमतिको किनारमा मिसायो/ त्यो ढलमा बर्साद्को पानि होइन महाराज गंग देखिको चर्विको फोहर बिस्नुमतिमा मिसायको आज पनि जो कोहिले देख्न सक्छ/फेरी नगर पंचायत बात नगर पालिका बनेको संस्था आफैले टोल टोल बात उठायको फोहर बिस्नुमति नदीमै खुले आम फाल्न थाल्यो/

    उपत्यकामा बग्ने बागमती र बिस्नुमति नदि दुबैको उत्तिक्कै महत्व छ/ तर सरकारले मात्र बागमती बचाउ गर्न तम्से/ बिस्नुमति बात अनियन्त्रित तरिकाले बालुवा निकाल्दा पनि नगर पालिका चुप बसे/ अनियन्त्रित तरिकाले बालुवा निकाल्दा बिस्नुमति जमिन मुनि धसिंदै गयो/ढल बात मिसायाको फोहर र नगर पालिकाले फालेको फोहर बिस्नुमतिमै रहे बग्न्न सकेन/ फेरी बिस्नुमतिमै पनि पानि कम बग्न थाल्यो/ बिस्नुमति फोहर हुनुमा प्रथम दोषी काठमान्डू नगरपालिका र आफुले भोट बटुलेको गाउँ घरलाइ वास्ता नगर्ने नेताहरुको सरकार नै हो/

    Reply
    1. bijay says:
      January 3, 2014 at 3:40 am

      मैले पनि स्कूल जाडो बिदामा बिष्णुमतिमा माछा मार्ने गरेको थिएँ / धेरै अगिको कुरा हैन, त्यस्तै २०४५ साल तिरको कुरा हो/ अहिले सोच्दा सपना जस्तो लाग्छ /
      मदनजीको कुरा सहि हो / विष्णुमतिको एस्तो हालत हुनुमा तलका सबै भागीदार छन्:
      १) सरकार,
      २) फोहोर तथा ढल ब्यबस्थापन निकाय,
      ३)बिना पूर्वाधार काठमाडौँलाइ सिंगापुर बनाउने गफ दिनेहरु, अनि गाउँको भोट लिएर राजधानीमा हराउने नेताहरु र माओबादी /खाओबादी जसले गर्दा गाउँघरमा मान्छेको जीवन कस्टकर र बस्ने नसकिने अवस्था सिर्जना भयो र सबै काठमाडौ ऒइरिनथाले
      ४) रोडा गिट्टी तथा बालुवा निकालेर बैंकमा सम्पत्ति थुपार्ने माफिया, ठेकेदार डनहरु र देखेको नदेख्यै गर्ने सरकार प्रसासन
      ५) अनि एयार कंदीसन् युक्त गाडीमा सरर अफिस जाने, डलरमा तलब थप्ने,विदेश भ्रमण र सेमिनारमा बातावरण प्रदुसनको बारेमा बोलेर नथाक्ने, र कागज पत्र र रिपोर्टमा बातावरण विकास गर्ने,, तर त्यसबाहेक सरकारको मुर्खता पूर्ण निर्णयहरु टुलुटुलु हेर्दै बस्ने बातावरणविदहरु ..

      ल तपाइको बिस्नुमतिको सपना साकार होश/ मलाई धेरै खुशी लाग्ने छ त्यहाँ गएर फेरी खेल्न पाउदा/

      Reply
  23. Shankar says:
    January 2, 2014 at 5:19 am

    विष्णुमति ,बागमती स्वच्छ भए , सफा भए , काठमान्डू सफा भए फेरी देउता हरु पनि बसाइ सर्न बेर छैन | देब भुमि भएकोले सिबजी , कृष्ण , देबिहरु , भैरब हरु ,बुद्द हरु , गणेश हरु सब को फेबुरेट ठाउ काठमान्डू हुनेछ | काठमान्डू मा आइसकेपछि उहाहरु पनि फेरी म म खादै माइसंसार मा कम्मेन्ट लेख्न आउनु हुनेछ |बाफ रे बाफ उमेश जी लाइ कम्मेन्ट मात्र छापिदिए पनि समानुपातिक को अफर आउँन सक्छ |

    Reply
  24. Krishna says:
    January 2, 2014 at 4:16 am

    जे होस् ,,, बिष्णुमति नदी एस्तै होस् .. मेरो पनि शुभकामाना.
    Nice presenation with pictures.

    Great सालोक्य जी !

    Reply
  25. Gaurab Nepali "Oodaaseen" says:
    January 2, 2014 at 3:49 am

    प्रतिबेदन त नहो ! प्रतिबेदन क साथ् मतिबेदन चाँही कहिले पढ्न पाईने हो ! मतिबेदन भनेको चाँही के होला भनेर प्याच नसोध्नु होला ,कृपया ! २०४६ साल देखि कुनै राम्रो बिकाश भएको छ भने त्यो प्रतिबेदन (कागज) को नै प्रचुर मात्रामा बिकाश भएको छ ! पन्चायत कालको संरचना र आधारभूत बिकाशमा नै जनतन्त्र देखि गणतन्त्र चलेकै छ भने अर्को तिर चालिस लाख नेपालीले बिदेशी मरभुमिमा बगाएको रगत र पसिनाले सिर्जेको रेमिट्यान्स ले ,,,,,,,येस्तै रेमिट्यान्स पंचायत कालमा भित्रेको भय देश धेरै बिकाश भैसक्थ्यो ! किनकि त्येतिबेला तौकेहरुले मात्र लुकी छिपी भ्रस्टाचार हुन्थ्यो भने अरुसबै जना सुखो चोखो रोटि खाएर काम गर्थे ! अहिले त संरचनागत भ्रस्टाचार तल देखि माथिसम्म ! कुरा थियो प्रतिबेदन vs मतिबेदन को तर अलिकति बहकिएको होकी !

    Reply
  26. Nigam, NH USA says:
    January 2, 2014 at 3:38 am

    कताको बाजे को पालामा नी ३० बर्ष पहिले बागमती, विष्णुमति, धोबीखोला तिर कन्चनपानिमा पौडी खेलिन्थियो! हिजो जस्तै लाग्छ, खेत-बारी बाट भोगटे चोरेर ल्यासीलाई उपहार दिएको!

    Reply
  27. Aryan Sharma says:
    January 2, 2014 at 3:14 am

    बिद्यार्थी जीवनमा घुम्नका लागि दार्जीलिंग तथा शिमला जादा त्यहाका पहाडहरु छिचोल्दै दौडिने ट्रेनहरु देखेको मैले पछि काम को सिलसिलामा केहि बर्ष कर्णाली मा बस्दा कर्णाली क्षेत्र मा पनि ट्रेन पुगेको सपना देखेको थिय. मोटर बाटो नै नपुगेको कर्णालीमा त्यो समय मा त्यो सपना साथिहरु अगाडी ब्यक्त गर्दा म हासो को पात्र भएको थिए. तैपनि त्यो सपना पुरा गर्न नसकिने सपना चाही थियन. मलाई त लाग्दछ सपनाहरु नै बिकाशका पूर्वाधारहरु हुन्. मलाई विश्वास छ सालोक्यजी अनि म जस्तै नेपालको बिकाशका सपनाहरु देख्ने नेपालीहरु धेरै छन्. मैले आफुले देखेको सपना पुरा गर्न केहि गर्न नसके पनि म जस्ता देश बिकाशका सपना देख्ने साथीहरु मध्ये धेरैले आफ्नो सपना पुरा गर्न अहोरात खटेर काम गरेकै छन्. तसर्थ मलाई बिश्वास छ मेरो देश ढिलो या चाडो बिकाश हुने छ.
    सलाम छ देश बिकाशको लागि सपना देख्ने हरुलाइ. सलाम अनि सम्मान छ अझ ति सपना हरु पुरा गर्न लागि परेका कर्मठ हात हरुलाई.

    Reply
  28. dk says:
    January 2, 2014 at 2:25 am

    मुख्य चिज नै पानी हो नदि सुधार योजनाको लागि, चित्रमा देखाएको जस्तो पानी विष्णुमति मा कहाँबाट लउने, पानी टंकरबाट लाएर बगाउने होकि,गण्डकी,कोशी,कर्णालीबाट ढुवानी गर्ने हो, हावागफ जस्तो छ ; खोला पानी नभएर त्यो हालत छ ; पानी बिनाको नदि सुधार योजना….खोइ के के ; साएद बर्खामा चै हुन्छ होला..

    Reply
    1. rosi says:
      January 2, 2014 at 11:30 am

      यो पल्ट बर्खा मा टन्न पानी आएको थियो विष्णुमति मा, फेरि ठाउँ ठाउँ मा बाध जस्तो बनायो भने (जस्तो माथि को 2nd फोट मा भएको ठाउँ को आगाडी ) भए त्यस्तो देखिन्छा होला

      Reply
  29. Suman Gurung(UK) says:
    January 2, 2014 at 1:31 am

    एस्तो योजना परियोजना कति बने बने, मन बहलायो दुइ चार वर्ष मा उस्तै… पूर्व पस्छिम रेल मार्ग, पहाडी राजमार्ग, मेलम्ची पिउने पानी, निलगिरी देखि फुलचोकी सम्म केवल कार. यी सब कागजी योजनामा मात्र सिमित हुन्, र हुनेछन, हे भगवान मैले भनेका सबै सब्द हरु वाक्य हरु गलत ठहरिउन.

    Reply
  30. Santosh says:
    January 2, 2014 at 1:21 am

    Umesh ji, कृपया यो प्रोजेक्ट को बारेमा अप टू डेट जानकारी दिदै गर्नुस है. एस्तो सकारात्मक खबर ले मन नै खुशी हुन्छा.

    Reply
  31. Hari gtm says:
    January 2, 2014 at 1:09 am

    तस्विर हेर्दा राम्रो लाग्यो ़ तस्विर मात्र हुने हो कि ?

    Reply
  32. JB Gurung says:
    January 2, 2014 at 12:53 am

    सबै त ठिकै होला, ठिकै हैन अति उत्तम, तर नदीमा पानी चाही कहाँ बाट ल्याउने, त्यो पनि थाहा पाए सपना साकार हुने कुरामा पूर्ण विश्वास आउने थियो l

    Reply
  33. nisha says:
    January 2, 2014 at 12:25 am

    चायहो भने दुनिया मा नहुने के नै छ र यो दुनिया मा . यो लेख को साकार रुप देख्न पैओस . आगामी पुस्ता लै आज को अवस्था सुनाउदा उनीहरु लै कथा जस्तै लागोस कामना गरौ स्वत्छ,सफा हराभरा काठमाडौँ .

    Reply
  34. rosi says:
    January 2, 2014 at 12:10 am

    ///हाम्रा बाजेको पालामा विष्णुमति नदीमा माछा मार्थे रे, पौडी खेल्थे रे।

    कहाँ बजे को पाला को कुरा गरेको, म ३६ वर्ष भए, यो आफ्नै हात ले माछा मरिथ्यो , तिर्खा लागे तेही पनि खैन्थ्यो.

    Reply
    1. Max Thapa says:
      January 2, 2014 at 4:46 pm

      ठिक भन्नु भो साथी, कुरा २०२६/२०२७ साल तिरको हो, म सानो बालक पनि बिश्नुमतिमा माछा मर्न, नुहाउन अनि आमा संगै लुगा धुन जाने गर्थे, नदीमा बालुवा मात्र होइन, दर्सन ढुंगा थिए धेरै, हेर्दै मनमोहक, तर अहिले स्वार्थी नेता/जनता र कुनै योजना नभएकोले त्यो सुन्दर नदि आज यो अबस्थामा पुगेको छ, अझैपनि बिसेस योजना बनाएर काम पुरा गर्ने हो भने पक्कै सुन्दर हुने छ यो पावन नदि, छिटै पूर्णता पवोस, दिल देखिको सुभकामना यो योजना लाइ |

      Reply
  35. Rai, Narhang says:
    January 1, 2014 at 11:47 pm

    यो सपना सम्बन्धित निकायको र हरेक नेपालीको हुनु पर्छ, किन कि यो सबै नेपालीले देख्नु पर्ने अति अतिआवश्यक सपना हो |
    बेलायत

    Reply
  36. Binod says:
    January 1, 2014 at 11:45 pm

    बाटो र नदी त बनाउलान् नबनाउलान्, ग्राफिक्स बनाउन चाहिँ राम्रै सिकेछन् नेपालीहरुले। कि यो पनि विदेशीकै देन हो?

    Reply
    1. Jivan says:
      January 2, 2014 at 7:29 am

      नकारात्मक सोच बाहेक अरु सोच्नै आउदैन कि क्या हो ?

      Reply
    2. bibek dhakal says:
      January 2, 2014 at 8:35 am

      अर्काको मिहेनतलाइ ( ग्राफिक्स र लेख्मै सिमित किन नहोस!) बुझ्दै नबुझी बिदेशी को देन भनेर छुच्चो नाभैहालने कि? कुन दिन तपाइंको छोरा/छोरीलाई देखेर कसैले ” ओहो कस्तो खाइलाग्दा केटा केटि, बिदेशी कै देन हो कि के हो?” भंदेलान नि फेरी :p

      Reply
      1. भोला कोइराला says:
        January 2, 2014 at 10:31 pm

        ठिक भन्नु भयो बिबेक जि ले…हाम्रो सोचाई नै यस्तो नकारात्मक र दास मानसिकताको छ ….अनि हामीले पनि तेस्तै नेता लाई छानेर पठाउछौ….
        अब त हामी नागरिकले पनि केहि त गर्नु परयो नि
        हामीले नगरे कस्ले गर्छ
        अहिले नगरे कहिले गर्ने
        नकारात्मक सोच र ब्यबहारलाई सुधारौ

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme