Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘ह्वेन आइ ह्याभ इन्टेलिजेन्स, अटोमेटिकल्ली माइ ब्युटी कम आउट’

Posted on January 7, 2014January 7, 2014 by Salokya

नेपालमा थुप्रै किसिमका ब्युटी कन्टेन्स्टहरु हुन्छन्। कति ब्युटी कन्टेस्ट त तपाईँ हामीलाई थाहा पनि हुन्न। कुनै कुनै ब्युटी कन्टेस्टका आयोजकहरु भने भाग्यमानी हुन्छन्, उनीहरुले प्रचारका लागि कुनै एउटा टिभी समातेका हुन्छन्। टिभीले पनि अलिकति पैसा पायो भने यस्ता कार्यक्रम लाइभ प्रसारण गरिदिन्छन्।

एउटा त्यस्तै ब्युटी कन्टेस्ट रैछ मिस्टर एन्ड मिस बेलर। खै कुन्नि के हो बेलर भन्या, सुरुमा त थाहा थिएन। पछि थाहा भयो, बनेपाको बेलर इन्टरनेसनल अकाडमीले गरेको भएर यसको नामै मिस्टर एन्ड मिस बेलर राखेको रैछ।

टिभीमा लाइभ थियो। अनि यसो च्यानल चलाउँदा प्रश्न उत्तर सेसन चलिरहेकोले अड्‌किएँ। गज्जब लाग्यो प्रतियोगीले दिएको जवाफ।

missbaylor
एक सुन्दरी भन्दै थिइन्-

आइ थिङ्क आइ एम इन्टिलिजेन्ट, आइ एम स्पिकिङ इन फ्रन्ट अफ यु बिकज अफ माइ इन्टिलिजेन्स।

ह्वेन आइ ह्याभ इन्टेलिजेन्स देन अटोमेटिकल्ली माइ ब्युटी कम आउट

ब्युटी पनि अटोमेटिकल्ली कम आउट हुने रैछ। राम्रै रहेछ कुरा। त्यही भएर त उनी इन्टेलिजेन्ट नि !

हेर्नुस् भिडियो-

त्यस्तै अर्की एक सुन्दरी पनि अटोमेटिकल्ली ब्युटिफूल हुने कुरा बताउँदै थिइन्। हेर्नुस् भिडियो-

अर्की सुन्दरीको जवाफ पनि झण्डै उस्तै, सुन्नुस्-

28 thoughts on “‘ह्वेन आइ ह्याभ इन्टेलिजेन्स, अटोमेटिकल्ली माइ ब्युटी कम आउट’”

  1. gyan says:
    January 20, 2014 at 6:59 pm

    अरुलाई होच्याऊन पनि mysansar पाठकहरु अगाडी रहेछ भन्ने कुरा पनि थाहा पाइयो. अनि mysansar लाई पनि आफु अरुलाई पनि हसाउँ भन्ने सिधान्तामा रहेछ भन्ने कुरा पनि बुझियो .

    Reply
  2. मुकुन्द खतिवडा says:
    January 10, 2014 at 1:24 pm

    सबैलाई प्रश्न र उत्तर पहिल्यै घोक्न लगाको जस्तो छ | बिचराहरु अरु सबै भुलेपनी “अटोम्याटिकली ब्युटिफुल” चै सम्झ्या रे’छन =D

    Reply
  3. मणि says:
    January 9, 2014 at 5:42 am

    यो हेर्न लाउनु पर्छ!

    http://www.dailymail.co.uk/femail/article-2534733/Victorias-Secret-model-day-computer-programmer-night-How-29-year-old-Lyndsey-Scott-maintains-double-life-runway.html

    Reply
  4. रैथाने says:
    January 9, 2014 at 12:33 am

    ‘ह्वेन आइ ह्याभ इन्टेलिजेन्स, अटोमेटिकल्ली माइ ब्युटी कम आउट’
    रे,

    – व्हेन आइ सी योउर ब्युटी, माइ इण्टलिजेन्स इज अटोम्याटिकल्लि कम आउट,
    आइ हाभ नो दाउट!
    हाहा,
    बात त यसरी पो गर्नु पर्छकि क्याहो त गाठे!

    Reply
  5. dhan says:
    January 8, 2014 at 7:28 pm

    वावा क्या गजब छ, हग्ने लाई भन्दा देख्ने लाइ लाज भने जस्तै …… यो थोत्रो कान लेनि के सुन्नु पर्छ ….ह्वेन आइ ह्याभ इन्टेलिजेन्स, अटोमेटिकल्ली माइ ब्युटी कम आउट’. हि हि हि म त मर्छु कि के हो ?

    Reply
  6. rea says:
    January 8, 2014 at 2:22 am

    बेलर इन्टरनेसनल academy ko मिस्टर एन्ड मिस बेलर रे! HAHAHAAA
    Mr and Miss comedy पो हुनु पर्न्ये !!!
    जे होस् पेट मिची मिची हास्न पाईयो र त्यो academy को शौिक्षक इस्थर को इन्टेलिजेन्स अटोमेटिकल्ली देखियो र म पनि beautiful भए ..wink wink ..
    ROLF

    Reply
  7. budha says:
    January 8, 2014 at 1:36 am

    beutyfool हरु हुन् यिनीहरु beautiful हैन

    Reply
  8. सुगतश्री शरण says:
    January 7, 2014 at 4:02 pm

    यो यस्तो कार्यक्रम हो –
    दाम को साथै थुप्रो नाम ;
    तर सडक हुन्छ निक्कै जाम !!

    Reply
  9. babuganesh says:
    January 7, 2014 at 3:17 pm

    यिनीहरुलाई intelligent भन्दा Beauty without Brain suitable हुने रहेछ /

    Reply
  10. बशन्त राज says:
    January 7, 2014 at 2:35 pm

    महिला आधिकार भनेको मिस नेपाल , मिस धरान, मिस पोखरा, मिस टिन, मिस तामाग, मिस गुरंग, मिस नेवा, मिस बेलार, आदिमा आफ्नो इन्टेलीजेन्त देखाउनु हो / अनि बिबाह गरेपछि श्रीमानले हेप्न खोजे महिला अधिकारबादी एन जी ओ, आई एन जी ओ सहयोग लीयर श्रीमान माथि महिला अधिकार हननको मुद्धा हाल्नु हो / आझ एस्तो इन्टेलीजेन्त शो समाज सेबा गर्छु भनेर बोलेपछि उपाथि जितन सकिन्छ / नेपालका महिलाहरु इन्टेलीजेन्तनै हो भन्ने हामीलाई लागिराछ / यसरीनै महिलाले प्रगती गर्छन भन्ने पनि हाम्लाई लागिराछ/

    Reply
  11. balakji says:
    January 7, 2014 at 11:53 am

    सुन्दर भनेको आनुपात मिलेको मुहारको साथै सरिरको आकार लाई भनिने गर्दछ / अब ति केटि intellegent भाइन भने कसरि अनुहारको आनुपत परिबर्तः होलार खोइ ?

    Reply
  12. shav says:
    January 7, 2014 at 11:34 am

    intelligence reflects beauty. she just need to put her words right.

    Reply
  13. सन्तोष says:
    January 7, 2014 at 11:33 am

    होइन नेपालीमै आफ्नो कुरा राख्दा intelligent र beautiful भईदैन की के हो…

    Reply
    1. Tenzing Gaba says:
      January 7, 2014 at 3:33 pm

      सन्तोषजी
      नेपालीमा आफ्नो कुरा राख्दा ……….”सुन्दरी” भइन्छ
      English मा कुरो राख्दा………….”beautiful ” भइन्छ
      “Beautiful ” राम्री कि “सुन्दरी” राम्री ? सोचाइ आ-आफ्नै हो त्येतातिर अहिले नजाउ होला
      ————————————————————
      पुनश्च : “ठुटे एङ्ग्लिश” मा कुरो राख्दा “ठुटे beautiful” भइन्छ नि

      Reply
  14. Prakass says:
    January 7, 2014 at 11:32 am

    There are lots of Beauty contest in Nepal. Like someone said above, it isn’t a matter of surprise to see her speaking like that . As a matter of fact, school and college are equally responsible for it as they provide cheap education( as you posted some top exams paper before). Its time to focus on education a little more than in figure. Time to do some educational contest. Finally i think, beauty automatically comes when they are educated.

    Reply
  15. ramzi says:
    January 7, 2014 at 11:09 am

    मैले first टायम बोल्दा आफ्नो नाम त बिर्से को थिय, जब म आठ क्लास म थिय. सबै को अगाडी बोल्नु भनेको गारो काम हो. त्यो पनि हाम्रो जस्तो ठाउमा. where there is a minimum ex poser during our school life.

    Reply
  16. Rajesh rai says:
    January 7, 2014 at 8:55 am

    मरे म/

    Reply
    1. praveen says:
      January 7, 2014 at 10:13 am

      हा हा म पनि मरॆ !!!

      Reply
      1. Tenzing Gaba says:
        January 7, 2014 at 3:37 pm

        ……..म त् तर्से !!!

        Reply
  17. Madhav says:
    January 7, 2014 at 8:30 am

    There is no reason to get surprised to hear such kinds of answers from the contestants. However, you need to get surprised if they win contest. No need to make big issue…

    Reply
    1. raghav says:
      January 7, 2014 at 11:06 am

      Truly agree with Madhav Ji. No use creating much issue with is. The important thing is how he contestant was trained and what the contest holder did to pick the contestants.

      The event manager are to be blamed.

      Reply
  18. Nagen says:
    January 7, 2014 at 8:28 am

    कसैले तेस्को टाउको मा सब्दकोस को झटारो हान्देउ न हौ ! परेको मा बेहोर्छु!

    Reply
  19. R.lama says:
    January 7, 2014 at 8:06 am

    If you are selected as an intellegent then your judge must be the biggest dumb

    Reply
  20. Hari says:
    January 7, 2014 at 8:01 am

    सालोक्यजी अरु लाइ नउडाउनुस. सबैको अगाडी बोल्दा अक्मकिनु वा nervous हुनु स्वभाभिक हो. जे भए पनि ती नानी ले तेत्तिको बोल्ने आट गरिन. कसैले गरेको प्रयास (जसले अरुलाई केहि हानि गरेको छैन) को सकारात्मकतामा पनि किन ध्यान नदिने? जे कुरा लाइ पनि नकारात्मक दृस्टी ले हेर्न र उडाउन मजा त आउछ तर त्यो त्यति प्रगतिशील कुरा भने होइन….भन्ने हामीलाई लाइरछ…

    Reply
    1. meelan says:
      January 8, 2014 at 9:46 am

      अनि त्यस्तो नर्बस हुनेले किन भाग लिनु त हौ ? येसो तयारी पनि गर्नु पारो नि !

      Reply
  21. suzee says:
    January 7, 2014 at 7:40 am

    स्त्री वर्ग लै होच्याएर एकतर्फी समाचार भाको हो कि भन्ने भान भो ,
    सुन्दरी ले भनेको कुरो त लेख्नु भो , अनि सुन्दर महानुभाव हरु ले भनेको कुरो त बखान गरिएको छैन नि किन हो !!!

    लु ब्लग महिलाजन ले पनि हेर्छन , भन्ने भुलेको हो कि के हो !!!! दुवै वर्ग लै समेट्नु पर्यो नि !!!

    Reply
    1. bibek dhakal says:
      January 7, 2014 at 11:52 am

      सुजि जी, के गर्नु संसारमा दुइ जना मात्र जात छ “सुन्दर” कि “सुन्दरी” …. .. यस्ता विविध ब्लगहरु भनेको समाचारमुलक भन्दा पनि मनोरन्जनात्मक हिसाबले पोस्ट गरिएका हुन – यस्तो बेला पात्र कहिले “सुन्दर” होला, त कहिले “सुन्दरी” — केहि महिना अघि मात्र बाबुराम भट्टराइको जीवनी लेख्ने “सुन्दर” को खिल्ली उडेको ब्लग पेट मिची मिची हाँस्दै पढेको बिर्सिनुभो कि कसो?
      hareko kuraalaai फेमिनिजम को chasmaa baata naherdinus na सुजि जी; यसरि हेर्नु पर्ने riyal इसु अरु धेरै छन् !

      Reply
      1. suzee says:
        January 7, 2014 at 3:44 pm

        ढकाल जी को कुरो पनि ठिकै हो ,
        तैपनि मलाई चाही सुन्दर हरु ले चाही के भनेछन त भनेर खुल्दुली लाग्यो !!!!!!!!!!!!

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme