Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चुरोट साहुहरु बल्ल परे माकुरी जालैमा

Posted on December 29, 2013December 30, 2013 by Salokya

cig सँगैको फोटो ध्यान दिएर हेर्नुस्। क्यान्सरले फोक्सो कुहिएको यो डरलाग्दो फोटोले अब चुरोटका बट्टाको ७५ प्रतिशत भाग ढाक्नेछ। हेरौँ हेरौँ लाग्ने आकर्षक डिजाइनसहितका चुरोटका बट्टाहरु अब एकादेशका कथा हुनेछन्। अब छुँदै र किन्दै घिन लाग्ने फोटो भएका बट्टामा चुरोट हुनेछ।

केहीलाई लाग्दो हो- के फरक पर्छ र, चुरोट खानेले आखिर खाइहाल्छ क्यारे।

गलत! केही फरक नपर्ने भए चुरोट, सूर्ति, खैनी साहुहरु उफ्रेर यस्तो व्यवस्था कार्यान्वयन रोक्न सर्वोच्चको शरणमा पर्ने थिएनन्। तर आज सर्वोच्च अदालतले उनीहरुलाई लोप्पा खुवाइदिएको छ। मृत्यु बेच्ने व्यापारीहरुको माफियाले हालेको मुद्दामा फैसला गर्दै न्यायाधीशहरु कल्याण श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र तर्कराज भट्टको विशेष इजलासले सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ को व्यवस्था अनुसार यस्ता फोटो अनिवार्य राख्नुपर्ने फैसला गरेको हो।

खैनी, सूर्ति, गुट्खाका प्याकेटमा राख्नुपर्ने चित्र
खैनी, सूर्ति, गुट्खाका प्याकेटमा राख्नुपर्ने चित्र

बिडीमा हुनुपर्ने चित्र
बिडीमा हुनुपर्ने चित्र
चुरोटका बट्टामा राख्नुपर्ने चित्र
चुरोटका बट्टामा राख्नुपर्ने चित्र

सर्वोच्चले ऐनमा भएअनुसार सूर्तिजन्य पदार्थको बट्टामा ७५ प्रतिशत फोक्सो, मुखको क्यान्सर र अप्रत्यक्ष रूपमा मृत्यु भएको चित्र नेपाली भाषामा राख्नुपर्ने ऐनको व्यवस्था कार्यान्वयन गर्नू-गराउनू भनेर परमादेश जारी गरिसकेपछि अब चुरोट, सूर्ति, खैनी साहुहरुको बच्ने कुनै उपाय छैन।

सूर्य नेपाल, गोरखा लरी प्रालि, अरबिन्द बिँडी फ्याक्ट्री, श्रेष्ठ बिँडी फ्याक्ट्री, सेती चुरोट कारखाना, मिरा बिँडी फ्याक्ट्री,नेपाल बहुराष्ट्रिय कम्पनी, सन्तलाल बन्ठा, क्षेत्रपाल स्टोर, अनुस्का प्रोडक्टलगायत ११ कम्पनीले गरेको कानुनी प्रयास खेर गएको छ।

खासमा यो ऐन २०६८ वैशाख २६ गते राष्ट्रपतिले प्रमाणिकरण गरिसकेपछि १ सय ८० दिनपछि अनिवार्य लागू हुनुपर्ने थियो। तर मृत्युका व्यापारीहरुले अदालती जञ्जालमा अड्काए।

ऐनको पूर्ण विवरण यहाँ छ।

न्यायाधीश ताहिर अली अन्सारीको एकल इजलासले पनि पोहोर ऐनको प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिदिएपछि त उनीहरु दङ्गै थिए।

तर अब यस्ता चित्र नराखे बेच्न र विदेशबाट ल्याउन समेत पाइने छैन।

ऐन अनुसार उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफ.एम., इन्टरनेट, ई–मेल जस्ता विद्युतीय सञ्चार माध्यम, अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन।

त्यस्तै गर्भवती र १८ वर्ष मुनिकालाई बेच्न नपाउने, अस्पताल, स्कुललगायतको १०० मिटर भित्र चुरोट तथा सूर्तीजन्य पदार्थ बेच्न नपाउने पनि व्यवस्था पनि छ। कसैले चुरोट किन्न आए १८ वर्षको हो कि हैन थाहा पाउन पसलेले प्रमाण माग्न सक्नेछ। १८ मुनिकालाई बेचे कानुनी कारबाही हुनेछ।

त्यस्तै सार्वजनिक स्थलमा पनि चुरोट खान पाइने छैन। चुरोट खान नपाइने सूचना सार्वजनिक स्थलमा टाँस्नु पर्नेछ।

[चुरोट, बिडीमा यस्ता डरलाग्दा चित्र राख्ने निर्णय तपाईँलाई कस्तो लाग्यो ? के यसले खानेहरुलाई असर गर्ला ? सार्वजनिक स्थलमा धूमपान निषेध गर्न के कस्ता उपाय अपनाउनु पर्ला ? आफ्नो विचार तल कमेन्टमा लेख्नुस्]

41 thoughts on “चुरोट साहुहरु बल्ल परे माकुरी जालैमा”

  1. sampurna says:
    January 9, 2014 at 6:27 am

    अब काँही नभएको जात्रा हाँडी गाउँ मा भनेको येही हो. ! एक त अदालत को फैसला नै मिल्दैन एस्तो भन्नेकुरा मा. तेसो भए चिनी बढी खायो भने चिनी रोग लाग्छ भनेर चिनी को प्याकेट मा दाइबेतिस भएको मान्छे को फोटो राख्नु पर्यो. येस्तै तेल अनि चिल्लो बढी खायो भने मुटु को रोग लाग्छ भनेर मुटु को फोटो राख्नु पर्यो होइन कस्तो हो.? यो त जनता लै साक्षर बनाउनु को साटो गँवार बनाउने कुरा जस्तो छ. फोटो हेरेर किनमेल गर भनेर भनेको जस्तो छ/ तेस्को साटो देशमा चुरोट को फ्याक्ट्री नै बन्द गर्नु भनेर फैसला दिएको भए सबैलाई आनन्द हुन्थ्यो… न त कसैले चुरोट पिउथ्यो अनि न त कुनै जोखिम हुन्थ्यो स्वास्थ्य मा/ खाली जे पायो तेही निर्णय गर्यो अनि कतै नभएको ताण्डव देखायो.
    जसरि लागु पदार्थ बेच बिखन मा प्रतिबन्ध भएको तेसै गरि चुरोट सेवन पनि लागु पदार्थ को श्रेणी मा राखेर बन्द गरे भै हाल्यो नि. राम्रो काम मा कल्ले हस्तक्षप गर्छ र ? वाइयात

    Reply
  2. Bikash Bhandari says:
    January 7, 2014 at 10:27 pm

    याे चाहिं एकदम नाैटंकी काम हाे भन्ने मलाइ लाइराछ । किनकी चुराेटकाे बट्टामा त्यस्ता डरलाग्दा र घिनलाग्दा तस्विरहरु राखेर चुराेट खानेकाे कमि हाेला नहाेला त्याे नियम लागु भएपछि देखिने कुरा हाे । तर त्याे चुराेट बेच्न राख्ने पसलेले चाहिं त्याे तस्विर हेरेपछि खाना खान छाड्ने प्रवल सम्भावना रहन्छ र अर्काे कुरा यदि धुम्रपान गर्न कमि ल्याउन नै प्रक्रिया चलाउने हाे भने चुराेट सुर्तिकाे मुल्य प्रति खिल्लि, प्रति प्याकेट अधिक भन्दा अधिक हुनुपर्छ । ताकि ग्राहकले त्याे धुम्रपान खरिद गर्नुभन्दा अगाडि एकपटक घरपरिवारकाे खर्च के गरी टार्ने भन्ने साेचाेस । हैन भने सरकारले फाेटाे राखेनी, डब्बा खाेल्न सेक्युरिटि काेड नै राखेनी तलतल लागेछी खाने ले नखाइकन छाड्दैन क्यारे . . .

    Reply
  3. राजेन्द्र श्रेष्ठ says:
    January 4, 2014 at 6:25 pm

    बास्तवमा हाम्रोाशारिरि कररीarश यो देशमा अरु कलकारखाना भन्दा सुर्ती र मदिरापानको उत्पादन साथै ओसारपोसार धेरै नै छ ! यो रोक सम्बन्धि अदालतलाई स्याबासी दिनु र स्वागत गर्नु एकदम सहि र मनासिव पनि छ तर तेही आदेश दिने कानुन बनाउने हरु नै धुम्रपान र मदिरापान मा व्यस्त भएको देखिन्छ ! “जब सुर्य अस्त, नेपालि जनता जाण्डः रक्सीमा मस्त” अब भन्नु होस् कत्तिका सत्य भनेको होला ! वास्तवमा हुनेखानेले मात्र यो धुम्रपान र मदिरापानको प्रयोग गर्न आउने अधिकार भाको जस्तो लाग्छ ! यो सानोले मात्र होइन कानुन बनाउने र उत्पादन गर्ने पनि हामीले पनि यस्तो कुलतको काम गर्नु हुँदैन भनेर देखाउनु पर्छ होइन भने यो कानुन को खिल्ली उडाएको सामान्य ठहरिन्छ ! यो बेइज्जति हुने काम विश्वमा न देखाउ ! यँहा काग कराउंदै गर्छ पिना सुक्दै गर्छ भनेको जस्तै हुनेछ ! यो नियम सम्बन्धि चेतना मुलक जानकारी धुम्रपानको पाकेट मात्र न भै रक्सीको बोत्तल मा पनि उल्लेखित हुन् जरुरी छ सुर्ती र चुरोटमा मात्र होइन ! ” मदिरा पान र धुम्रपानाले गर्छ धनको नाश र लिन्छ ज्यानका नाराका साथ् यो बिक्रि बितरण मात्र होइन उत्पादन मै रोक लगाए बेस होला ! उमेर हेरेर शारिरिक अबस्था हेरेर रोज्गार वा बेरोज्गारको अबस्था पहिचान कुन पसल लाई थाहा हुन्छ ? यो फजुलका कुरा गरेर कानुनको खिल्ली न उडाओ ! सबै चेतना मुलक सन्देश दिएर बिनाशक आदि बाट बचौ ! सबैलाई चेतना भया !!!

    Reply
  4. Sunitamaya says:
    January 1, 2014 at 3:05 pm

    चित्र सारैनै घिन लाग्दो हुनाले मैले चुरोट पिउने भए सायद आजै देखि छाडी दिन्थें होला भ्रष्टाचार गर्ने लाई कुष्ट रोग र क्यान्सर ले गालेको ठुलो चित्र बनाई मन्त्रालय का मूलढोकामा टास्ने नियम बनाए कसो होला ? लौन साथीहो यसमा साथ दिएर नियम बनिहालेमा दुइ / चार जनाको मन पग्लिन्थ्यो कि ?अर्थात् फेरिन्थ्यो कि ?

    Reply
  5. bibek dhakal says:
    January 1, 2014 at 8:45 am

    ठिक छ, राम्रो कदम हो! बरु अब मदिराजन्य उत्पादनहरुमा पनि यस्तै चित्र राखियोस् – कसैलाई त्यस्तो चित्रको असरले चुरोट वा मदिरा छोड्न लगाउछ भने राम्रो हो; अरु जसलाई मरिन्छ भन्ने थाहा हुँदा हुँदै पनि छोड्न सक्दैनन् ( म जस्तै 😀 ) भने उनीहरुलाई केहि फरक पर्दैन!

    Reply
  6. Jitman Rai 'Sabin' says:
    December 31, 2013 at 9:12 pm

    विदेश तिर यो नियम लागेको एक जुग भैसक्यो हाम्रो देशको ताल यस्तो छ….खैर ढिलाई भए पनि नियम लागु हुने भएछ, खुशी लग्यो ।

    Reply
  7. सुन्दर लयालु says:
    December 31, 2013 at 3:12 pm

    गज्जबको कानुन । तर भ्रष्टचार र कर छलिले धुम्रपानले भन्दा वढि मानिस मार्छ।
    यो कानुनले नया व्यवसाय जन्माउन सक्छ । चुरोट सेवन गर्ने ले ख़तरा तस्वीर को
    फालेर , वजारमा पाईने चुरोट राखिने टिनको वट्टामा चुरोट स्टोर गरी खान
    सकिहाल्छन। साथीहरु चुरोटको वट्टाको रिसाईकल र टिनको वट्टाको व्यवसाय गर्न
    सकिन्छ नि। मेरो आशय धुम्रपानलाई वढवा दिनु होईन।

    सुन्दर लयालु
    क्लार्क विश्वविद्यालय
    उसटर, अमेरिका

    Reply
  8. Dharma acharya says:
    December 31, 2013 at 9:37 am

    सुर्ती चुरोट राम्रो चिज होइन तर यो चित्र साह्रै बिवत्स देखियो, जस्तो साथी हरुले फसेबूक मा दुर्घटना मा परेको फोटो हरु share गर्क्षन… खाने मन्क्षे ले फोटो देख्दैमा नखाने वा छोड्ने हुन्क्ष जस्तो लाग्दैन.. अब किन्ने बित्तिकै packet लै अर्को पपेर ले wrap गर्ने ओर त्यो पाकेट मात्र फालेर पनि काम चलौक्ष.. जे होस् असतो चित्र ले चै psychological crime चै गर्क्ष.. कुनै दिन यो चित्र hataiyako देखिन्क्ष छिट्टै.. विकृत chitra

    Reply
  9. पयाङगु says:
    December 31, 2013 at 7:02 am

    धुम्रपान क्षेत्र स्मोकिंग जोन बिना को कानुन वाइयात हो ।सरकारले गर्न खोजेको तर बिन बुद्दि को कानुन हो ।घर भित्र अपिस रेस्टुरा कार्यलय साथै सार्बजनिक क्षेत्र भित्र निषेद गर्नु पर्छ ।बिकल्प मा धुम्रपान क्षेत्र को ब्यबस्थाहुनुपर्छ ।जुन कानुन युरोप को सभ्यता मा लागु छ ।अनि मात्र दृघकालिन कानुन मानिन्छ ।होइन भने कहिले सम्म लाइ हो हेर्दै जाउ साथि हो ।

    Reply
  10. कविराज says:
    December 31, 2013 at 6:53 am

    यो राम्रो सुरुवात हो. यसले भर्खर का केटाकेटीलाई धुम्रपान गर्दा यस्तो हुन्छ है भन्ने संदेश दिनका साथै मनोबैज्ञानिक असर पारेर धुम्रपान प्रति वितृष्णा सिर्जना गर्छ. यति गर्दा गर्दै पनि मान्छे ले चुरोट खाने छोडदछन भन्ने होइन. न त चुरोट कारखाना बन्द गरेर पनि समाजलाई धुम्रपान रहित बनाउन सकिन्छ. त्यसैले, यति गर्दा गर्दै पनि कसैले चुरोट खान्छ भने, भिर बाट जानी जानी लड्नेलाई राम राम भन्न सकिन्छ काध थाप्न त सकिदैन नि.

    Reply
  11. Kp says:
    December 31, 2013 at 1:53 am

    कानूनले नै अब cigeratte को खोल मा नक्शा राख्न लगाएर ब्यापारी हरु लाई बाद्य बनाएको छ . यो खुसीको कुरा हो , किन कि माआफै पनि दमको रोगि भएकले म जस्तो लाखौले यसबाटकेहि राहत पाउने छन् .तर उमेर नपुगेका हरु लाईबेच्न नपाउने ,सार्वजनिक स्थल म़ा पिउन नपाउने ,यी सब कुराहरुके कडाइका साथ् कर्यनोयाँ गरिएला त ,

    Reply
  12. prahlad k.c says:
    December 31, 2013 at 1:15 am

    विदेशमा पानी त्यहि cancer कै तस्बिर छ तैपनी ई अम्मलीहरुले मुख बाट धुवा उदाउन छोडेका छैनन |

    Reply
  13. man says:
    December 30, 2013 at 9:08 pm

    रक्सि, बिअर, भोड्का, रम, विश्की, जिन आदिले पनि कलेजो को क्यान्सर हुञ्छ नि होइन र | तिनी हरुले त अहिले पनि होडिंग बोर्ड लगाएर, फूटबल क्रिकेट को प्रायोजन गरेर मान्छे लाई बेवकुफ बनारहेका छन् नि |

    Reply
  14. shanker lawgun says:
    December 30, 2013 at 9:06 pm

    नेपाल को चुरोट कारखाना बन्द गर्नु पर्छ ,नेपाल मा जुनसुकै पसल ma खुल्ला रुपमा चुरोट मदिरा बेच्न नपाइयोस र कुनै पनि बिदेसी चुरोट नेपाल मा नभित्रियोस यो कुरा लाइ बुद्धिजिबी र कुलत मा नलागेका व्यक्तिहरु ले भन्दा कानुन र प्रशासन ले मात्रै पूर्ण रुपमा ८०% प्रतिशत मानिसको कुलत bata हुने जोखिम र दुर्घटना बाट बच्न सकिन्छा र अब आउने बालबच्चा हरु कुनै पनि कुलत मा फस्ने छैनन्

    Reply
  15. Tanka Basel says:
    December 30, 2013 at 8:20 pm

    ऐनमा सुधारको खाँचो छ। सार्वजनिक क्षेत्रमा धुम्रपान गर्न नपाईने भनेर मात्र पुग्दैन। सार्वजनिक क्षेत्रले थोरै ठाउँ मात्र ओगट्छ। धुम्रपान गर्न पाईने क्षेत्र (smoking zone)वाहेक अन्यत्र धुम्रपान गर्न नपाईने गरी कानून संसोधन गर्नु पर्दछ ।

    Reply
  16. Bhakta says:
    December 30, 2013 at 6:02 pm

    कानुन भन्दा पनि पालना कत्तिको हुन्छको सबाल हो ! काग कराउदै पिना सुक्दै गरेको अबस्था जिउको तिउ अझै छ …….

    Reply
  17. Guru Sharma says:
    December 30, 2013 at 5:53 pm

    यो अन्तराष्ट्रीय मापदण्ड अनुसार भएको छ |
    अब १६ वर्ष मुनिका लाई चुरोट शुर्ती किन्न नदिने कानुन बनाउनु पर्यो |
    खुल्ला / खुद्रा चुरोटको बिक्रिमा प्रतिबन्द लगाउनु पर्यो |

    Reply
  18. ishwori ghimire says:
    December 30, 2013 at 4:36 pm

    खुसी लाग्यो सूर्तिजन्य पदार्थ बाट हूने असर बाट बच्न सहयोग पूर्याउछ ।

    Reply
  19. Sanjay says:
    December 30, 2013 at 3:53 pm

    आज सम्म कति चोटी छोडियो चुरोट अब पनि छोड्नै पर्ला जस्तो छ. 😀

    Reply
  20. ramesh says:
    December 30, 2013 at 3:31 pm

    धेरै राम्रो कुरा हो , तर खाने मुख लाइ जुँगा ले छेक्दैन खानेले खाइ हाल्छन नी तरपनि धेरै मात्र मा कमी आउछ

    Reply
  21. manoj says:
    December 30, 2013 at 3:17 pm

    कार्यान्वयन गराउन सके त कानुन त गतिलो बनेको रहेछ.

    Reply
  22. बशन्त राज says:
    December 30, 2013 at 11:33 am

    कुबेतमा पनि माथि देखाए जस्तो चुरोटको बट्टामा चुरोट किनबेच हुन्छ / तर चुरोट तान्ने को कमि भाको छै न / एसले खासै चुरोट किनबेचमा फरक पर्ला जस्तो मलाई लागेंन /

    Reply
  23. Bhim subedi says:
    December 30, 2013 at 10:35 am

    बटृै नकिन्ने, खिल्ली खिल्ली किन्ने, त्यो तस्विर जति हेर्नु त्यही साहुले हेर्छ ।

    Reply
  24. Binaya says:
    December 30, 2013 at 10:00 am

    एकदम ठिक हो. जमानामा आफु चुरोट को अम्मली हुदा पाकेट भन्दा पनि खुद्रा चुरोट धेरै किनिन्थियो . चुरोटको बट्टामा एस्तो तस्बिर देखेपछि अम्मली ले पसले सित खुद्रा चुरोट किन्ने सम्भावना बढी हुन्छ. तसर्थ खुद्रा चुरोट बिक्रीमा पनि पूर्ण रोक लगाए सून मा सुगुन्ध हुने थियो .

    Reply
  25. Shankar says:
    December 30, 2013 at 9:31 am

    राम्रो काम भएको छ | खुसीले बुर्लुक्क उफ्रिनु भन्दा अब यो सोच्न पर्यो कि के देश को न्याय पालिका साचिकै सुध्रेको हो कि , भाग बण्डा को हिसाब किताब न मिलेर यो नतिजा निस्केको हो |
    आज दिल्ली केजरिवाल को जित मा रामे झैँ के हामीले पनि खुसि मान्ने क्ष ण हो यो ?
    खुसि हुनु राम्रो , भ्रम मा पर्नु देश १०० बर्स पछि पर्नु हो |

    प्रचण्ड , बाबुराम को नया नेपाल , बाम देब को खुर्दा लोटन हाम्रो हो नारा को लोरी सुनेर फेरी पनि गिरिजा को भुत को पछि लाग्नु , सुसिल को थोत्रो गाला बजेको सुन्नु नै अन्तिम
    बिकल्प जनता ले मान्छ भने यति सजिलै के खुसि हुनु ?

    Reply
  26. Gaju says:
    December 30, 2013 at 8:58 am

    तत्काल गर्नु पर्ने दुइ वटा चीजहरु
    १. खुल्ला चुरोट को बिक्रि मा प्रतिबन्ध
    २. स्कुल वा कलेज को पोशाकमा भएका विद्यार्थीहरु लाई चुरोट बेच्न प्रतिबन्ध

    Reply
  27. jitu says:
    December 30, 2013 at 8:20 am

    अति राम्रो निर्णय, लौ अब सबै मिलि कार्यान्बयन गरौँ | नियम पालन गरौं , आखिर हाम्रै स्वस्थ जीवन को लागि हो |

    Reply
  28. Dinkar Sigdel says:
    December 30, 2013 at 8:13 am

    नेपाल मा यस नियम लागु हुनु स्वागतयोग्य छ | Australia को बारेमा मेरो जानकारी ;
    Australia मा Plain cigarette packaging मा चुरोट बिक्रि हुन्छ र चुरोट को प्याकेट लाई देखाएर बेच्न पनि पायिन्दैन त्यसलाई ढाकेको हुनुपर्छ र जब कस्टमर ले मागेपछि मात्र झिकेर दिनुपर्छ | सबै चुरोट को प्याकेट एकै किसिमको हुन्छ कुनै लोगो या ब्रान्ड कलर केहि हुन्न खाली सानो टेक्स्ट मा चुरोट को नाम हुन्छ र बाँकि सबै डरलाग्दो रोग लागेको फोटो हुन्छ | Plain cigarette packaging ले अहिले सम्मकै राम्रो रिसल्ट (चुरोट को उपभोग को कमि मा ) ल्याएको यहाँ को रिसोर्स ले बताउँछ | यस अलाबा गभर्मेन्ट ले चुरोट मा बर्षौ ट्याक्स बढाउने गर्छ, अहिले एक बट्टा चुरोट को २० डल्लर या सो भन्दा बढी पर्छ |
    http://www.smh.com.au/federal-politics/political-news/cigarette-plain-packaging-increases-desire-to-quit-smoking-says-study-20130722-2qdq3.html

    Reply
  29. Bj says:
    December 30, 2013 at 8:04 am

    अब फेरि सुर्ती ब्यापारी र भ्रस्ट नेता , प्रसासन बीच आर्थिक चल खेल हुने भो !!

    Reply
  30. prabhat says:
    December 30, 2013 at 6:58 am

    यो बिभत्स चित्र मलाई मनपरेको त छैन तर बिरोध पनि गर्दिन मुख्य कुरा त कानुनमा नै कडा गर्नु र कडाइ का साथ कानुन लागु गर्नु राम्रो कुरो हो. होइन भने नहुनु मामा भन्दा कानु मामा नै जाति भन्ने उखान छनी.

    Reply
    1. Santi says:
      December 30, 2013 at 11:20 am

      एउटा कान सुन्दैन भनेर होच्याउनु र अरु भन्दा कम छ भन्ने देखाउनु चै ठिक होइन जस्तो लग्यो.

      Reply
      1. prabhat says:
        January 1, 2014 at 5:05 am

        यो कसैलाई होछ्याएको होइन, नेपाली चलन चल्लती को उखान हो . मन न परे कुनै सान्धविक उखान बतौनुस न त .

        Reply
  31. Shreedhar Acharya says:
    December 30, 2013 at 5:50 am

    अदालत को फैसला धेरै नै राम्रो छ. पकै पनि एस ले असर गर्छ नै तेसैले होला बिकसित देश हरू मा यो नियम धेरै वर्ष देखि लागु भएको छ. हामी सबै नेपाली ले एस्लाई स्वागत गर्नु पर्छ.

    अर्को कुरा चुरो किन्न लै १८ वर्ष को हुनु पर्ने कानुन बनाउन जरुरि छ. तेस ले पनि चुरोट बिक्रि मा कमि आउनुका साथै TB cancer बिमारी हरू कमि हुन्छ नै.

    Reply
  32. Laxman says:
    December 30, 2013 at 4:32 am

    यहा अस्ट्रेलियामा पनि प्याकेटमा डरलाग्दो फोटोहरु राखेको हुन्छ . प्याकेटको कलर पनि कम हानिकारक र बढी हानिकारक अनुसार फरक हुन्छ. मुल्यको त कुरै अर्कै छ. सबैभन्दा सस्तो भनेको पनि २० लौरी प्याकेटको $२० (नेरु 1900)भन्दा बढी छ. प्रत्येक वर्ष १०% भन्दा बढीले मूल्य बढ्छ . २०१६ सम्ममा सस्तो मूल्य $ २६-२७ हुदै छ. tax rate ७०% छ. जति प्याकेटमा फोटो राखेपनि, मूल्य उच्च गराएपनि, जनचेतना भएपनि मान्छेले किन्न छाडेका होइनन. यहाको सरकारले लगभग $ 6 billion त चुरोट करबाट बार्षिक आम्दानी गर्छ .

    Reply
  33. Chandra Poudel says:
    December 30, 2013 at 2:25 am

    स्वागतयोग्य फैसला

    Reply
  34. Bisu says:
    December 30, 2013 at 1:15 am

    अब केहि बिस्तारै सुधार हुन्छ ! अदालतले येसरिनै राम्रो काम गर्दै जानु पर्छ,,,,,,, जन चेतना हुनु पर्छ !

    Reply
  35. prakash_EDM_Canada says:
    December 30, 2013 at 12:51 am

    Good News ! Plus: सबै भन्दा राम्रो त चुरोट कम्पनि नै बन्द गरे र सुर्ती खेति गर्ने जग्गा मा आरु बालि लगाउने पोलिसी बनाउनु पर्दछ | Plus: जाड रक्सि मा पनि यस्तै नियम लगाएर आयात बन्द गर्नु पर्दछ | जे होस् यो एउटा स्टेप सुरुआत हो | हामी सबै मिलेर स्वागत गरौ |

    Reply
  36. जनकमान डंगोल says:
    December 30, 2013 at 12:50 am

    मलेसियामा यो नियम कडाइका साथ् पालना भएको छ अझ याहा १७ बर्ष भन्दा मुनिको लाइ चुरोट बेच्यो भने सिधै जेलको हावा खानु पर्छ भने खुद्रा खिल्ली चुरोट समेत बेच्न पाइदैन ! खुद्रा खिल्ली चुरोट बेच्न नदिनुको उद्देस्य भनेको केटाकेटीले नपिउन भनेर हो ! नेपालमा पनि यस्तो हुनु सख्त जरुरि छ ! खुद्रा चुरोट बिक्रीमा समेत रोक लगाउनु पर्छ !

    Reply
  37. Binod says:
    December 30, 2013 at 12:41 am

    गलत!!,!, अब यो कानुन लागु भएपछी चुरोटजन्य पदार्थको बिक्रि वितरणमा कति % फरक पर्छ भन्ने कुरोको रेकर्ड कहाँ रहन्छ ? नो Thing विल Happen

    Reply
  38. sam sundar says:
    December 30, 2013 at 12:26 am

    एउटा सहि र अति आवस्यक कदम – सूर्तिजन्य पदार्थको बट्टामा फोक्सो, मुखको क्यान्सर र अप्रत्यक्ष रूपमा मृत्यु भएको चित्र नेपाली भाषामा राख्नुपर्ने ऐनको व्यवस्था कार्यान्वयन गर्नू-गराउनू – स्वागतयोग्य निर्णय !!!

    Reply
  39. Jillabasi baburam says:
    December 30, 2013 at 12:09 am

    अदालतको फैसला स्वागतयोग्य छ! 🙂

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme