Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुको कि शेबदे ? चुनिए कोइराला

Posted on January 26, 2014January 26, 2014 by Salokya

105
अपडेट: नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको चुनावमा सुशील कोइराला विजयी भएका छन्। अब अरु चलखेल नभए उनी नै आगामी प्रधानमन्त्री बन्ने निश्चित छ।
मतगणना परिणाम:
कोइराला: १०५
देउवा: ८९
माइसंसारका पाठकले पनि कोइरालालाई नै बढी मत दिएका थिए। कस्तो लाग्यो त तपाईँलाई यो नतिजा ?

———————————
पुरानो ब्लग: सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलका नेता चुन्न अहिले चुनाव भइरहेको छ। कांग्रेसको विधानमा संसदीय दलका नेता नै प्रधानमन्त्री हुने भएकोले यो भावी प्रधानमन्त्रीका लागि भइरहेको चुनाव पनि हो। तर यसमा भोट भने कांग्रेस सांसदहरुले मात्र गर्न पाउँछन्। तपाईँ हुनुभएको भए कसलाई भोट गर्नुहुन्थ्यो ? तलको पोलमा वा कमेन्टमा आफ्नो विचार राख्नुस्।

संसदीय दलको नेता बन्न अर्का नेता रामचन्द्र पौडेल पनि प्रतिस्पर्धामा थिए। विगतमा १७ पटकसम्म प्रधानमन्त्रीको चुनावमा उठेर हारेका पौडेललाई यसपालि कार्यवाहक सभापति दिने आश्वासन दिएपछि उनी र उनको गुट कोइराला पक्षतिर लागेको छ।

उता देउवाले आफूलाई कार्यवाहक सभापति दिए चित्त बुझाउने बताए पनि विधानविपरीत भन्दै दिइएन।

इलेक्ट्रोनिक भोटिङ भएकोले मेसिनमा खराबी नआए निर्वाचन परिणाम तु आउनेछ। मेसिन बिग्रिएर एक भोट हराएको भन्दै केही समय मतदान स्थगितसमेत भएको थियो बिहान।

37 thoughts on “सुको कि शेबदे ? चुनिए कोइराला”

  1. Surendra says:
    January 28, 2014 at 3:10 am

    ुसिल लाई PM बनाउनु नै उपयुक्त थियो ऐले तर उनको बिगत पनि तेती रार्मो छैन. ैले ाम्रो संग चिनेको छु सुसिल लाई. ृष्ण ्रसाद ट्टराई अन्तर्घात गरेर हराउन र ANI देउबा नेतृत्व को २०५२ को सरकार आफ्नै संसद लुकाएर ढलाएको कुरा सबै लाई था नै होला. े भए नि ऐले शुसिल बाहेक अरुले सोच्ने सक्ने ठाउँ नै थिएन. ६० र ४० को भागबन्डा गर्ने बितिक्कै सुशील को बहुमत हुन्छ भन्ने कुरा त घाम जति छर्लंग थियो. ेरो ब्येक्तिगत विचार मा पनि ऐले को अवस्था मा सुशील नै उपयुक्त उम्मेदबार हो PM को लागि. ाँग्रेस पार्टी फुटाउन सुशील ोइराला नि देउबा जतिक्कै दोषी हुनुहुन्छ. Aile पनि माली त नेपाली काँग्रेस एकीकरण भएको जस्तो लाग्दैन. यो एउटा मोर्चा जस्तै भाको छ. ुशील ार्टी सभापति भएको ले उनको PM ोस्ट मा हक हुन्छ.

    Reply
  2. suzee says:
    January 27, 2014 at 5:09 pm

    नरहरी आचार्य …राजन के सी ….गगन थापा लै मौका दिनु पर्यो …..

    Reply
  3. balakji says:
    January 27, 2014 at 12:36 pm

    नेपालमा बाम पन्थी हरु नसकिय सम्मन कांग्रेस पार्टी कहिले पनि सकिदन किनकि कम्निस्ट हरुलाई मन नपराउने हरुको विकल्प भनेकै ने का हो / त्यसैले कनगेर्स हरु नमिले देसलाई र जनतालाई मात्र घाटा हो नेपाली कांग्रेस पार्टीलाई त्यति घाटा हुदैन जस्तो लग्छ मलाई त / हाम्रो फेवातालको जलकुम्भी झार जति सफ्फा गरेपनि पुन आफै झंगीयर आय जस्तै प्रजातन्त्र बादी, पुजीबादी, सामन्ती र कम्निस्ट बिरोधि हरु गोलबन्द हुने १ ठाउँ नेपाली कांगेस पार्टी हो किन भने उक्त पार्टी लाई आन्तर्स्त्रिय समर्थन पनि छ /
    त्यसैले ने का पार्टी धोस्त हुन्छा भन्ने कुनै कुनै साथीहरुको विचार पार्टी म सहमत छैन /
    अर्को कुरा
    ने का को आफ़ो पार्टी भित्र पदको बाडा फाडा नमिलेर नेताहरुले रडाको मचाई रहेका छन् भने राष्ट्रिय पद ( रास्ट्रपति / प्रधानमन्त्री ) दुवै पद अरु पार्टीले नेपाली कांग्रेस लाई दिन्छन भएर मैले ०.०००% पनि पतायाको छैन / दुवै पद ने का ले पायो भने अरु पार्टी को भबिस्य मेटिन सक्ने सम्भावना पनि रहनछ भन्ने डरले पनि एमाले र एमाओबादीले कुनै पनि हालतमा उक्त दुवै पद ने का लाई दिदैनन
    अगिल्लो संबिधान सभा हुदा नेका ले प्र म हुन नपायको कारण पनि दुवै पद उसलाई नदिन नै हो त्यसैले /
    १ कि शुसिल कोइराला प्र म हुन पाउदैन्न
    २ कि हालका रास्ट्रपति परिबर्तन हुन्छन
    अनि अर्को कुरा नेका ले आफ्नो प्रमुख भूमिका बिना संबिधान बनौन दिदैन त्यसैले १ वर्ष भित्र संबिधान बन्दैन बन्दैन बन्दैन / अबका ३ वर्ष जति नेपालमा नया कम पनि हुदैनन

    Reply
  4. lunar.np says:
    January 27, 2014 at 11:36 am

    होइन नेपालको नेताहरु आफु मात्र खु लाउ भन्ने छन् देशको मुहार कहिले फेर्ने , युवा नेता हरु कहाँ गए खोइ , नेपाली कांग्रेश को गगन थापा ,लाइ सुसिल कोइरालाको ठाउमा राखेको भए , कसो होला , जुनसुकै पार्टीको भए पनि युवा नेताको प्रतिनिधि त हुन्थ्यो ,

    Reply
  5. Basant says:
    January 27, 2014 at 11:21 am

    चौरासी पुजा लगाउने बेला सक्यो, येस्ता बूढाहरुले कहिले सम्म देश चलाउन हो ??? देशलाई आफु संगसंगै आर्यघाट पुर्याउछ बजिया हरुले

    Reply
  6. samrat~ says:
    January 27, 2014 at 6:14 am

    च्वाइस पनि कस्तो एउटा पर्यो खुसड अर्को पर्यो जिब्रो कट्टा तोते ..बरु डा. के सी ठिक नहुञ्ज्याल येतिकै होस् पछि सचा देश भक्त नि स्वार्थि , गरिब जनता को लागि आफ्नो ज्यान को बाजी लगाउन तयार भएको डा के सी लाइ नै बनाउने होकी ??

    Reply
  7. hari says:
    January 27, 2014 at 5:14 am

    I do follow some poltics of Nepal, but few days ago i found two leaders of congress are fighting for the post of prime minister, Sher Bahadur Deuba should voluntarily need give up his nomination, he seems he is not for the people of Nepal, He join the Nepali congress to make money, We dont need this kind of leader in Nepal

    Reply
  8. dhruba says:
    January 27, 2014 at 2:25 am

    जब सेरबहादुर संसदीय दलको नेता चुनिनु भयको थियो उहा संग प्रतिस्पर्धा गरेका सबै नेताहरू उहासंगै बसेर उहालाई बधाई दियका थिय तर आफु बिजय नहुने भय पछि यसभन्दा अघिल्लो र यस पटकको संसदीय दलको नेताको चुनावमा पनि बिजयी साथीलाई बधाई दिने चौडा छाती नबनाई चुनावको परिणाम न आउदै किन सुई कुच्चा ठोक्नु भयको होला?

    Reply
  9. chandra prakash gharti says:
    January 26, 2014 at 8:33 pm

    काँग्रेसमा कोइराला परिवार सधै हाबी नै छ, जसरी अहिले सडयन्त्र गरेर देउबालाई पछाडी धकेलेको धकेलेको गरियको छ , येसले सरासार पुरै काँग्रेस र देशमा नै नराम्रो प्रभाब गर्नेछ, अब बिकल्प भनेको पार्टी विभाजनको छ.. फेरि प्रजातान्त्रिक काँग्रेस को आबस्यकता देखियको छ -………..

    Reply
  10. Hari says:
    January 26, 2014 at 8:18 pm

    यो बुढाहरु सन्यास कहिले लिन्छन?

    Reply
  11. dharmendra says:
    January 26, 2014 at 8:18 pm

    संसदीय दलको नेता चुनाबी प्रक्रिया बाट भाको सबै भन्दा राम्रो / एस्तो प्रक्रियाले अब सक्ष्यम युबाहरु संसदिय दलको नेता बन्नु धेरै समय लाग्दैन / अरु पार्टीहरु पनि येस्तै प्रक्रिया अपनाय राम्रो हुन्थ्यो

    Reply
  12. Kishor says:
    January 26, 2014 at 8:13 pm

    I was surprised to see how close the election result was. Congress garnered highest public votes on Koirala’s leadership. Koirala’s has respect of other parties because of his clean public image. It is sad to see Deuba who has a history of doing anything and everything for power and a has been a center of corruption is still a relevant in Nepali politics. Nepal ra Nepali ko jai hos!

    Reply
  13. Baglunge Kaanchho says:
    January 26, 2014 at 8:01 pm

    दुवैजनाको व्यक्तित्व प्रधानमन्त्री हुन लायक नभए पनि तुलनात्मक रुपमा शेर बहादुर भन्दा शुशिल नै ठिक छन् | शेर बहादुर प्रधान मन्त्रि हुँदा राजालाई लगेर सत्ता बुझाएको र त्यतिका पल्ट प्रधानमन्त्री हुँदा पनि खास कुनै गतिलो काम गरेका थिएनन् | शुशिल अहिले सम्म कुनै लाभको पदमा बसेका छैनन र उनको छबि पनि स्वच्छ छ | उनको नेतृत्वमा कांग्रेस सबभन्दा ठुलो पार्टी भएर आएको अहिलेको अबस्थामा उनलाई निर्बिरोध नेता बनाउनु पर्थ्यो | जे भएपनि चुनाव जितेर आए पछि उनिलाइ झन राम्रो भएको छ | खाली चुनाव हारेको झोकमा शेरबहादुरले पार्टी नफुटाउन् त्यहिँ आशा गरौँ |

    Reply
  14. dhruba says:
    January 26, 2014 at 7:10 pm

    यो कांग्रेसमा कस्तो पर्जातन्त्रको संस्कार विकास भयको हो कुन्नि बहुमत बाट चुनिदा पनि पेलेर जानखोजेको आरोप लाग्छ जे होस् शुसिल दा को लोकप्रियता बाबुराम भट्टराई को जस्तो पतन नहोस

    Reply
  15. बासु says:
    January 26, 2014 at 6:59 pm

    नढाँटि भन्नुपर्दा देशको बुझिनसक्नुको राजनैतिक परिस्थितमा यि दुईमध्ये जो प्रमँ भएपनि कुरा समेत बुझ्न कठिन हुने भयो।

    Reply
  16. दिप श्रेष्ठ says:
    January 26, 2014 at 6:54 pm

    पौचन्द्ररामेजी चाही कता लापता हुनुभएछ?

    Reply
  17. dharmendra says:
    January 26, 2014 at 6:25 pm

    शुसिल जी ,
    बधाई एबम शुभ कामना / अरुले जति कुरा काटे पनि गरेर देखाई दिनुस / सन्त जी ,

    Reply
  18. Mani says:
    January 26, 2014 at 6:04 pm

    By the looks of above photo Sher Bdr looks alike Dany Denjongpa of Bollywood. Often he has a negative roll and same as Mr Deuba.
    Mr Koirala doesn’t have physical personality but he has manage to accept all challenges and keep NC together by his attitude of not changing his decision and determined. This in a sense, hopefully will lead to complete the job.
    Some people say how about Gagan Thapa? I think he isn’t in a position/experience to hold PM. Rather if he’s given a ministerial authority he’ll learn more and finally by next round he will be capable of it!

    To clarify, I don’t support any party as all are of same plot!

    Reply
  19. Nabin mishra says:
    January 26, 2014 at 5:43 pm

    ्राजनितिमा जे पनि गर्न हुन्छ भन्ने देउबा को हार राम्रो शंकेत हो

    Reply
  20. Bishwaraj says:
    January 26, 2014 at 5:32 pm

    बोलेको नबुझिने- एउटा दुर्गम गाउँको वडा अधक्ष गर्न सक्ने क्षेमता नभएका जस्ता देशका प्रधानमंत्री …!! बधाई-

    Reply
  21. Prabin says:
    January 26, 2014 at 4:54 pm

    बुई हैन नेपालमा युवा नेताहरु देस चलौचु भन्ने सक्ने कोहि छैन हो? ब एस्त masanghat तिर लाने बेलाको हरु भ्रस्ट खोरी हरु छि

    Reply
  22. Sunil, London says:
    January 26, 2014 at 4:31 pm

    हाम्रो नेपाल भनेको सद्भाव र भाइचारा भएको देश हो ! एक ले अर्काको विचार पुर्याउने र रेखदेख गर्ने हाम्रो परम्परा छ ! शेर दाइ त कैयौ पटक प्रधानमन्त्री भैसके त , अब शुशिल दा लाई पनि एक मौका दिने हो कि , आखिर बाडीचुडी खाने हाम्रो संस्कार र परम्परा हो नि ! शुशिल दा ले राजनीतिमा लागेर धेरै नै गुमाए रे भन्ने सुनेको छु , उनले पनि त अब जीवन को उत्तरार्ध मा आएर गुमाएको असुल्नु पर्यो नि !अर्को कुरा कोइराला परिवारमा जन्मेर तेती बर्ष राजनीति गरेर पनि एउटा जाबो प्रधानमन्त्री नभई बिते भने माथि गएर आफन्त लाई के जवाफ दिनु फेरी ? “जुन गोरु आए पनि कान चिरेको” भनेझै जो आए पनि केहि हुनेवाला छैन , खाली नेपाली जनता लाई अर्को एउटा नया प्रधानमन्त्रिले केहि गरिहाल्लान कि भनी आशा गर्ने बाटो हुन्थ्यो कि ? जस्तै बाबुराम ले एउटा नया कुरा गरेर गए (मुस्तांग) चढेर !
    तसर्थ येसपाली शुशिल दा लाई नै मौका दिउ न त, उनले पनि एउटा “नया कुरा” गरेरै जालान नि !!!!!

    Reply
  23. eklavya says:
    January 26, 2014 at 4:21 pm

    हाहाहा छान्ने पनि कसलाई …अन्धो कि कानो भने झैँ..दुबैको पारा उही त थियो छ र रहिरहनेछ हुने केहि होइन सबैलाई चेतना भया …जुन गोरु आए नि कानै चिरेका…..

    Reply
  24. Kedar Jee says:
    January 26, 2014 at 4:18 pm

    एउटा छट्टुले अर्को छट्टुलाइ छिर्के हान्यो -हामी विकल्पबिनाका निरिहलाइ लुतो न कन्याइ!!!

    Reply
  25. Aseem says:
    January 26, 2014 at 4:01 pm

    मेरो तर्फबाट त रामचन्द्र दाई लाई प्रधान मत्रि दिनु पर्छ |
    अनिमात्र देस को बिकास हुनसकछ|
    तमाड़ग

    Reply
  26. babul says:
    January 26, 2014 at 3:51 pm

    बुडो गोरुहरुलाई बनाएर के गर्ने ठाउँ मात्र वोगटने हो जुन जोगी आएनी काननै चिरेको संबिधान फेरी नब्ब्ने भयो.. युवालाई आगाडी लेरएपो बल्ल खुसि हुनेथियो जनताहरु ……

    Reply
  27. Manbdr says:
    January 26, 2014 at 3:44 pm

    केहि हद सम्म शुसिल नै ठिक होला अनि के गगन थापा जस्तो युवा नेतालाई प्रधानमन्त्री बनाउन हाम्रो नेपालमा मिल्दैन र ?

    Reply
  28. Shankar says:
    January 26, 2014 at 3:28 pm

    च्वाइस पनि कस्तो थ्यो ? स्याल छान्ने कि बिरालो ?
    गाउले ले देखादेखी कुखुरा लाने स्याल( सम्झिनुस जबर्जस्ति सांसदलाई पजेड़ो चढाएको ) भन्दा बिरालो छाने , म्याउ गर्दै , निदाएको जस्तो गर्दै कुडेको दुध हराउछ , त्यो उनीहरुलाई थाह न भएको हैन |

    Reply
  29. kusan sharma says:
    January 26, 2014 at 3:18 pm

    आफ्नै दलको नेता बन्न त,न्वारनदेखिको बल लगाउनु पर्यो भने यिनीहरु देशकै
    नेता त कसरी बन्लान कुन्नी ?

    Reply
  30. Bindu says:
    January 26, 2014 at 3:01 pm

    बिचरा बुढा कोईराला प्रति कुनै गुनासो छैन . जिबन भर् त्यागि नै बने राजनीतिमै .
    तर तितो कुरा चै , यिनी प्रम हुन लायक भने होईनन , त्यो यदि यिनी प्रम भए पछि
    अब हुने चलखेल हरुले नै पुस्टि गर्ला —- बिचरा यिनलाई त मोहरा मात्रै बनाउने न
    हो — यिनका पछाडी छँदै छन् नि मुलुक निचोर्ने हातहरु —-
    बरु मलाई माया लागेको चै राजनीति गर्दा गर्दै डांडा माथिको घाम हुन लागेका यिनको
    निधारमा कति दाग लगाईदिने हुन् !
    शेर बादुर हरुको के कुरा ! उनी प्रम भए पछि देखिएको उनका उन्न्नतिहरुले नै पुस्टि गर्छ
    उनले देशलाई या आफू र आफ्नालाई माया गर्छन ?!
    खट्किएको कुरा , कांग्रेश पार्टीमा प्रम हुन लायकका नेताको अभाबै हो ?!
    गगन थापा हरुलाई किन मौका दिईदैन ?!

    Reply
  31. ekraj says:
    January 26, 2014 at 1:45 pm

    नेपालीहरुको कर्म हेर्दा हेर्दै भगवान लाई नै दिक्क लागि सक्यो होला| घुमाई फिराई नेपाली ले केहि पनि choice पाएनन् | कसैले नचाएका, हुतिहारा, केहि पनि गर्न नसक्ने, जिउदै मरेका लासहरुलाई कसलाई छान्ने भन्ने सङ्कट को मात्र सामना गर्नु पर्ने|
    चुनाबले यी पुराना ठग स्याल हरुलाई पाखा लगाउन नसकेमा अचम्ब लागेको छ|
    लुट्ने इतिहास को कर्म भङ्ग नहुने नै भयो|

    Reply
  32. shyam says:
    January 26, 2014 at 1:45 pm

    शेरे लाई सरकारको नेत्रित्वो दिनु साह्रै घातक हुनेथ्यो\ सुशील ले जिते राम्रै भो| झन्डै २० बर्ष अघि माओबादी लाई जंगल पठाउने संसदीय ब्यबस्थामा विकृति भित्र्याउने अनि पार्टी फुटाएर प्रजातन्त्र कम्जोर पार्ने देखि सार्वभौमसत्ता नै दरबारमा बुझाउने शेरेले एस्तो अबस्थामा नेत्रित्वो लिएर प्रधान मन्त्रि भय भने लोकतन्त्र नै ससुराली खलक लाई बुझाई दिन्छन|

    Reply
  33. chatur rai says:
    January 26, 2014 at 1:28 pm

    कांग्रेसको लागि यो गर या मर को स्थिति हो , यदि जनताले अहिले दिएको सन्देश अनुसार केहि गर्न सकेन भने , एमाओवादी भन्दा अझ पतन भएर जाँनेछ | जुन पार्टी भित्र आन्तरिक कलह छ यो खेद पूर्ण कुरा हो , देउवालाई कार्यबाहक सभापति दिएर सुशील प्र. म. भए खासै फरक पर्ने थिएन | उता गाईजात्राको पात्र बनाईएको रामचन्द्रलाई पनि मन बुझाउन जरुर छ , आखिर जे- होस् अहिलेलाई हेर्दा प्र. म. को लागि कांग्रेसमा सुशील नै ठिक छ |

    Reply
  34. Sabin says:
    January 26, 2014 at 1:05 pm

    गर्ने कसैले केहि होइनन, थाहा भएकै कुरा हो, खाउ शन्त बुढा तिमि अब, नाम दर्ता गराउ प्र. म. को लिस्टमा | थाहा छ, तिमीलाई लुट्नु छैन तर के पनि थाहा पनि छ भने तिमि लुट्ने लाइ रोक्न पनि सक्दैनौ | तर देउबा भन्दा त तिमि नै ठिक छौ, राम्रो गर्न नसके पनि देउवाले भन्दा नराम्रो तिमि गर्दैनौ भन्ने आशा छ |

    Reply
  35. suman p says:
    January 26, 2014 at 12:26 pm

    शेर बहादुर पहिले नै पटक पटक प्र. म भइ देस को लागि केहि गरे न र अहिले पनि के हि गर्ने वाला छैन तर नया लाई चान्स दिनु पर्छ.

    Reply
  36. Sisir says:
    January 26, 2014 at 12:15 pm

    वास्तविक कुरा गर्ने हो भने यी दुवै देशको प्रधानमन्त्री बन्न लायक भने होइनन …

    Reply
  37. सन्दिप says:
    January 26, 2014 at 11:37 am

    दुबैलाईनै भोट गर्ने थिएन..हामीलाई युवाहरु चाहिएको छ…बूढा-युवा होइन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme