Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

घाँसको भागवन्डा नमिलेर गाई टुक्रियो, समानुपातिकले सबैतिर लफडा, को-को परे समानुपातिकमा ?

Posted on December 30, 2013December 31, 2013 by Salokya

प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) तर्फ एक सिट नजिते पनि समानुपातिकतर्फ २४ सिट जितेको कमल थापा नेतृत्वको राप्रपा नेपाल आज टुक्रिएको छ। अघिल्लो निर्वाचनमा भन्दा २० सिट बढी हुने गरी जनताले गाईमा दिएका लाखौँ भोटको अपमान गर्दै समानुपातिक सिटको भागवण्डा नमिलेर पार्टी टुक्रिएको हो। आफू निकट नेताका छोरा, बुहारीलाई सभासद बनाएर पार्टीका लागि खट‌्नेहरुलाई बेवास्ता गरेको भन्दै कमल थापा नेतृत्वको पार्टी संस्थापन पक्षसँग धेरै जना असन्तपुष्ट थिए। थापाको गृहजिल्ला मकवानपुर मै पार्टी कार्यालयमा कार्यकर्ताहरुले आगजनी र तालाबन्दी गरेका थिए। अन्ततः त्यही असन्तुष्टि विस्फोट भएर २० जना केन्द्रीय सदस्य मिलेर नेपाली राष्ट्रिय प्रजातन्त्र पार्टी बनाएका हुन्।

टंक ढकाल नेतृत्वमा पार्टी फुटेको घोषणा गरिए पनि यसले कानुनी वैधता पाउने नपाउने शंकै छ। संभवतः यसमा अदालतमा मुद्दा पर्ला। मुद्दाको फैसला हुन्जेल संविधान सभा गठन भएर के थाहा, एक वर्षमै संविधान घोषणा पनि पो भइसक्छ कि। अदालतले कमल थापाको समानुपातिक सूची नै रोक्का राख्ने फैसला गरे अर्कै कुरा।

कमल थापाले गर्न पनि अति गरेका हुन् नि फेरि। राजावादी भन्दै कालोमोसो दल्ने बेला पार्टीका लागि खटिने इमान्दारहरुलाई पाखा लगाएर पार्टीको साधारण सदस्य समेत नभएका श्यामसुन्दर टिबडेवाला, रामकुमार अग्रवाल, कमला प्रधानलाई पैसा दिएकै भरमा सभासद् बनाइयो। पार्टीमै नलागेका विराज बिष्ट (केशरबहादुर बिष्टका छोरा), पद्यसुन्दर लावतीकी बुहारी बविना मोक्तान(लावती) सभासद् बनाइए। अमेरिकाको ‘ग्रिनकार्ड’ पाएका दीनानाथ गिरी पनि सभासद् बनाइए।

समानुपातिकले सबैतिर लफडा
राप्रपा नेपालमात्रै हैन सबै जसो दलमा समानुपातिकले लफडा निम्त्याएको छ। एमालेले अलि छिट्टै समानुपातिक सूची बुझायो। पार्टीका लागि रगत बगाउने रामकुमारी झाँक्री, ठाकुर गैरे, राजेन्द्र राई जस्ता युवाहरु रोजाइमा परेनन्। अस्ति भर्खर पार्टीमा छिर्ने राजधानी दैनिकका प्रकाशक महेन्द्र शेरचन, घरजग्गा व्यवसायी इच्छाबहादुर तामाङ, गोल्छा अर्गनाइजेसनकी राज्यकुमारी गोल्छा जस्तालाई भने सभासद बनाइयो। यसले एमालेमा निकै असन्तुष्टि फैलायो। सुरुमा काठमाडौँ १ मा टिकट दिएर पनि खोसेर समानुपातिकमा राख्ने भन्दै मनाइए पनि कलाकार भुवन केसी एमालेबाट लोप्पा खाँदै बस्न बाध्य भए।

उता कांग्रेसमा पनि असन्तुष्टि उस्तै। एमालेको पारा हेरेर कांग्रेसले व्यापारीलाई त दिन नहुने रैछ बाबा भने जस्तो लाग्यो। कांग्रेसमा कोइराला र देउवा पक्षले ६०/४० को भागवण्डा गरेपछि रामचन्द्र पौडेल बाजे उफ्रिए। १५ जना केन्द्रीय सदस्यहरुको नोट अफ डिसेन्टका बीच कांग्रेसले आज ९१ समानुपातिक सभासदको टुङ्गो लगायो। त्यसमा देउवा पत्नी आरजु, खुमबहादुर खड्का पत्नी शीला शर्मा (खड्का) पनि अटाएकी छिन्। कांग्रेसमा पनि प्रत्यक्षतर्फै टिकट पाउँछु भनी छिरेका रामेश्वर खनाल समानुपातिकमा समेत अटाएनन्।

माओवादी पनि बबालै भयो। सुरुमा धाँधली भयो भन्दै रुँदै कराउँदै संविधान सभामा नै जाँदैनौँ भनी घुर्की लगाए पनि पछि सहमति भएपछि कुरा मिलाएको माओवादीले आफ्नै पार्टीभित्र भने कुरा मिलाउन सकेन। बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले बैठकै बहिस्कार गरे। तर पनि सूची तयार पारेर बुझाइयो। तर २७ महिला २७ पुरुषमात्रै छुट्याएर बुझाइएछ। खासमा खस आर्य समुदाय, उत्पिडित जाति/आदिवासी जनजाति, मधेशी, दलित, पिछडिएको क्षेत्र अनुसार समानुपातिक रुपमा मिलाएर सूची बुझाउनु पर्छ। सूची सच्याउन निर्वाचन आयोगले तीन दिनको समय दिन्छ। त्यसपछि सूची मिल्यो भने बल्ल राष्ट्रपतिकोमा पठाइन्छ र राजपत्रमा छापिएपछि उनीहरु निर्वाचित घोषणा हुन्छ।

त्यसपछि फेरि २६ जना मनोनीत गर्न बाँकी छ। त्यसपछि बल्ल ६०१ को कोटा पूरा हुन्छ (दुई ठाउँमा निर्वाचन जित्ने उम्मेदवारको ठाउँमा भने उपचुनाव हुन बाँकी नै छ)

तीन दलले बुझाएनन्
उपेन्द्र यादवको फोरम, अशोक राईको सङ्घीय समाजवादी र अनिल झाको सङ्घीय सदभावनाले अन्तिम म्यादसम्म पनि समानुपातिक सूची बुझाएनन्। नबुझाउनेको के हुने कानुनमा केही छैन। फोरमको ८ सङ्घीय समाजवादीको ५ र सङ्घीय सदभावनाको एक समानुपातिक सिट छ।

को-को समानुपातिकमा परे ?
नेपाली कांग्रेस
खस आर्य
• प्रदीप गिरी
• ज्ञानेन्द्रबहादुर कार्की
• मिनेन्द्रप्रसाद रिजाल
• प्रकाशशरण महत
• मनमोहन भट्टराई
• आनन्दप्रसाद ढुंगाना
• अशोक कोइराला
• गणेशप्रसाद विमली
• जगदीश्वर नरसिंह केसी
• तारिणीदत्त चटौत
• भरतबहादुर खड्का
• ध्रुव वाग्ले
• बलदेव बोहोरा

खस आर्य, महिला
• लीला कोइराला
• सुजाता कोइराला
• कमला पन्त
• महालक्ष्मी उपाध्याय डिना
• अम्बिका बस्नेत
• ईश्वरी न्यौपाने
• सरिता प्रसाइँ
• मधु शाही ठकुरी
• अनिता देवकोटा
• मिठु मल्ल
• डा. आरजु राणा देउवा
• दीपशिखा शर्मा ढकाल
• शीला शर्मा (खड्का)

उत्पिडित जाति/आदिवासी जनजाति
• गोपालमान श्रेष्ठ
• कुलबहादुर गुरुङ
• दिलबहादुर घर्ती
• नरेन्द्रबिक्रम नेम्वाङ
• सूर्यमान गुरुङ
• धनराज गुरुङ
• चीनकाजी श्रेष्ठ
• मोहनकुमार राई
• दिलमान पाख्रिन
• अमरसिंह पुन
• झुलबहादुर आले
• मनोहर नारायण श्रेष्ठ
• लालबहादुर घले

उत्पिडित जाति/आदिवासी जनजाति, महिला
• रत्न शेरचन
• सीता गुरुङ
• कुमारी लक्ष्मी राई
• उषा गुरुङ
• राज्यलक्ष्मी श्रेष्ठ
• सरस्वती बजिमय
• पुष्पलता लामा
• बिन्दा देवी आले
• अन्जना ताम्ली
• सुवर्ण ज्वारचन
• अन्जनी श्रेष्ठ
• महेन्द्रकुमारी लिम्बु
• ओमदेवी मल्ल जोशी

मधेशी
• महेन्द्र यादव
• रञ्जीत कर्ण
• अमियकुमार यादव
• लालबाबु सिंह भुइहार
• बादशाह कुर्मी
• अब्दुल हमिद सिद्दिकी
• अमृत लाल राजवंशी
• बुद्धिसागर चौधरी
• हरेशप्रसाद महतो
• मोहम्मद मोख्तार अहमद
• दिल्लीबहादुर चौधरी
• प्यारेलाल लामा

मधेशी महिला
• चित्रलेखा यादव
• कविताकुमारी सरदार
• मिनाक्षी झा
• मुक्ता कुमारी यादव
• संगीता मण्डल धानुक
• कौशर शाह
• रश्मी ठाकुर
• सरवत आरा खातुन हलवाई
• रमिला देवी दास
• सावित्रीदेवी चौधरी
• भोटनी देवी खवास
• लक्ष्मीदेवी भण्डारी
• शान्तीदेवी चौधरी

दलित
• मानबहादुर विश्वकर्मा
• मिनबहादुर विश्वकर्मा
• जीवन परियार
• खड्गबहादुर बस्याल
• मैकलाल बाल्मिकी
• नरभान कामी

दलित महिला
• सुजाता परियार
• कल्पना सोप
• आशा विक
• विष्णुमाया परियार

पिछडिएको क्षेत्र
• बद्रीप्रसाद पान्डे

पिछडिएको क्षेत्र महिला
• रिता शाही
• चन्द्रादेवी जोशी

एनेकपा माओवादी

खस आर्य तथा अन्य
वेद माया भण्डारी(शाक्य)
सुरेन्द्र कुमार कार्की
भेष कुमारी राउत(भट्टराई)
रविन्द्र प्रताप शाह
कृष्ण धिताल
आशा कोइराला
भक्ती प्रसाद पाण्डे
तेज कुमारी पौडेल
रेखा शर्मा
ललिता कुमारी रेग्मी
हरिलाल ज्ञवाली
गोपाल गिरी
धनिराम पौडेल
डोर प्रसाद उपाध्याय
राम नारायण विडारी

मधेशी
मोहम्‍मद जाकिर हुसैन
मोहन टुडु (उत्पीडित पनि)
अमन लाल मोदी (उत्पीडित पनि)
अजय शंकर नायक
लालेन्‍द्र कुमार मण्‍डल
राम सिंह यादब
शम्भु पासवान हजारी (दलित पनि)
सुरेन्द्र प्रसाद जयसवाल

मधेसी महिला
दिलमाया धामी
फुलझरी देवी
दुर्गा खुना
प्रतिक्षा तिवारी मुखिया
निशा कुमारी साह
उषा किरण अ‌न्‍सारी
सोनिया यादव
अन्जना चौधरी

दलित महिला
अनिता कुमारी परियार
दुलारी हरिजन
धन माया बिश्वकर्मा(खनाल)
सीता नेपाली

दलित पुरुष
दलजित वि.के.श्रीपाली
कर्ण बहादुर वि.क. (पिछडिएको क्षेत्र पनि)

उत्पिडित जाति । आदिवासी जनजाति
ओङदी शेर्पा
श्री प्रसाद जवेगु
सुर्य प्रकाश वाला राई
सन्त कुमार दरै
जुठ बहादुर टुहुरे खड्गी
योगेन्‍द्र तामाङ घिसिङ
लाल बहादुर गुरुङ
पुनाराम थापा

उत्पिडित जाति । आदिवासी जनजाति महिला
राधिका तामाङ
कमला दोङ
सिर्जना तरामु खत्री
केशरी घर्ति मगर
धन पहरी
तुलसा राना
रुपा महर्जन[श्रेष्‍ठ]

नेकपा एमाले

खस आर्य

१. भरतमोहन अधिकारी
२. अमृतकुमार बोहोरा
३. युवराज ज्ञवाली
४. काशिनाथ अधिकारी
५. केशब बडाल
६. पशुपति चौलागाई
७. भानुभक्त ढकाल
८. डा. भीष्मनाथ अधिकारी
९. केदारप्रसाद सन्जेल
१०. मीनप्रसाद गौतम
११. निर्मलप्रकाश सुबेदी
१२. धनबहादुर रायमाझी
१३. तुलाराज बिष्ट
१४. बलबहादुर महत

महिला
१. बिद्यादेबी भण्डारी
२. अष्टलक्ष्मी शाक्य
३. शुसिला नेपाल
४. श्रीमाया थकाली
५. गौरी ओली
६. गौरा प्रसाई
७. जयन्ती राई
८. महिन लिम्बु
९. कल्पना चापागाई
१०. टुका हमाल
११. कमला सुबेदी
१२. कमलादेबी महत्तो
१३. गरिमा शाह
१४. ममता गिरी
१५. मिनादेबी यादब
१६. राज्यलक्ष्मी गोल्छा
१७. तारा राई
१८. बसुन्धरा रोकाय
१९. रिता रावल
२०. लिला राना
२१. दिलशोभा पुन
२२. ज्ञानुदेवी गैरे
२३. शारदा स्वर्णकार
२४. टेकु नेपाली
२५. अम्बिका खवास
२६. शकुन्तला राजभण्डारी
२७. रन्जु झा ठाकुर
२८. रन्जना सरकार
२९. शिवकुमारी गोतामे सार्की
३०. प्रभा बज्राचार्य
३१. नरदेवी पुन
३२. मधु गूरुङ
३३. तेम्बा लामा
३४. दुलारी देवी
३५. रन्जना माझी
३६. शान्ता मानवी
३७. रबनी चौधरी
३८. सिन्धु जलेसा बुढाथोकी
३९. सनिया प्रविण अन्सारी
४०. आशा यादव
४१. जीवन घिमिरे

जनजाति
१. डा. गणेशमान गूरुङ
२. ईच्छाराज तामाङ
३. महेन्द्र शेरचन
४. हर्कबोल राई
५. तुलबहादुर गूरुङ
६. नरबहादुर थापा
७. छैवाङतेन्जेन लामा
८. गोकुल घर्ती
९. विनोद श्रेष्ठ
१०. ज्ञानबहादुर भुजेल
११. गंगालाल तुलाधर
१२. सिद्धिलाल सिंह
१३. कृपाराम राना

दलित
१. जीतबहादुर (गौतम) दर्जी
२. भागवत नेपाली
३. चुडामणी जंगली

मधेशी
१. हरिराज राजवंशि
२. अफिलाल उखेडा
३. राअवतार पासवान
४. धर्मनाथ साह
५. वंशिधर मिश्र
६. रामचन्द्र साह तेली
७. नागेन्द्र चौधरी
८. आदित्यनारायण कसौधन
९. अनारकली मिया
१०. जुनैद अन्सारी
११. सत्यनारायण मण्डल
१२. विश्राम चौधरी
१३. शीतल झा

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)

आशा चर्तुवेदी,
डा. बाबुराम पोखरेल,
गीता राणा,
डा.सुबोध पोखरेल,
दिनबन्धु अग्रवाल,
रमनी राम,
पवनकुमार सारडा,
सुमित्रा थरुनी,
योगेन्द्र चौधरी,
कल्पना चौधरी

तराई मधेस लोकतान्त्रिक पार्टी

डा. विजय सिंह अकवाल,
अहमद साह,
केदारानन्दन चौधरी,
रमेश पट्टेल कुर्मी,
इन्दिरा झा,
मिरा चौधरी,
राजकुमार गडेरी

सद्‍भावना पार्टी

सहीलदेवी महतो,
लक्ष्मणलाल कर्ण,
विमल केडिया,
नरसिंह चौधरी,
माधुरी रानी शाह

राष्ट्रिय मधेस समाजवादी पार्टी

निर्जला राउत,
धर्मेन्द्र साह,
दिनेश साह

17 thoughts on “घाँसको भागवन्डा नमिलेर गाई टुक्रियो, समानुपातिकले सबैतिर लफडा, को-को परे समानुपातिकमा ?”

  1. Amit says:
    January 1, 2014 at 11:47 pm

    किन खस आर्यन मा बाहुन ८५% र छेत्री १५% मात्रै I समानुपातिक मा त छेत्री र बाहुन पनि समानुपातिक कै हिसाब मा हुनु पर्ने हैन र I भन्ने हो भने नेपाल मा बाहुन भन्दा छेत्री धेरै छन् नि I तेस्को आधारमा छेत्री बढी हुनु पर्ने मा जम्मा १०- १५% मात्रै छेत्री अनि सब्बै बाहुन I हा हा हा I मैले जातियता ल्याउन खोजे को हैन I कुरा अलि प्रस्ट नभए जस्तो लाग्यो I

    Reply
  2. Ngwang Sherpa says:
    January 1, 2014 at 12:07 pm

    समाजवादी पार्टीबाट समानुपातिकबाट
    अशोक राई, राधा तिमिल्सिना, उर्मिला शाह, कसिकि सिद्धिकी र डि.बी.नेपाली सभासद चयन भएको खबर प्राप्त भएको छ सबैलाई बधाई काँग्रेस एमालेमा जस्तो भाडभैलो नहोस

    Reply
  3. bijay Shakya says:
    January 1, 2014 at 11:59 am

    एकजना  काँग्रेस नेत्री भन्नु हुन्छ काँग्रेसमा नाताबाद कृपाबाद फरियाबाद
    पहिलादेखि नै थियो साथै भ्रष्टाचार व्याप्त हुदाहुदै थैलिबाद पनि लागु भो अब त जसले बढी नेताको ओछ्यान तताउन सक्यो उसले मात्र पद पाउने भए औठाछापको हालीमुहाली भयो।  भागशान्ति जय नेपाल।  
    नेपालि जनताले होईन नेपालका सस्थागत धाधली जितेको पुष्टि यहीबाट हुदैन र ?

    Reply
  4. ekraj says:
    January 1, 2014 at 5:41 am

    यो कांग्रेस भन्ने पार्टी मा थोरै मात्रामा भए पनि नैतिकता र जनातो को इज्जत कहिले गर्न सिक्ने हो? कुजाता, खुमे जस्ता नैतिक पतन, चरित्र पतन र घोर भ्रस्टचारीहरु नभई यो पार्टी नै चल्न सक्दैन जस्तो छ| कति पटक जनतालाई धोका दिनेहुन् यी मरेका स्याल हरुले?

    Reply
  5. अनोज शाक्य says:
    December 31, 2013 at 4:07 pm

    जनताहरु पनि के हो के हो ? म्यानपावर चलाऊने औठाछापहरु लाई पनि भोट् दिएर सभासद बनाएको छ । कता कता देशको राजनिती सम्झिए पनि टेन्सन भएर आउछ । अब बन्ने नयाँ सरकारका नेताहरु घुसमात्र खाएर हैरान पार्छन होला । कुनै नेताले घुस माग्यो भने फेसबुकमा लेख्नु होला । जब सम्म घुस चल्छ तब सम्म देश बिकास हुँदैन ।

    Reply
  6. nimesh, bkk says:
    December 31, 2013 at 8:46 am

    सबै नेता भनाउँदाहरुको असली रुप देख्न त पाईयो यो समानुपातिकले .

    Reply
  7. ekraj says:
    December 31, 2013 at 8:07 am

    लौ फेरि देखियो नया चोर, पुराना चोर, फटाहा, ठग हरुको झुण्ड ! सम्मिधान लेख्ने र सरकार चलाउने नाम मा छानिएका लुटेरा को जमात| एस्ताले देश बनाएर बन्ने भए 20 वर्ष पहिला देश के बनि सक्ने थियो|
    अब कति वर्ष लफडा र नौटंकी गरेर दुकुदी रित्याएर मोज गर्ने हुन्|

    Reply
  8. कविराज says:
    December 31, 2013 at 6:02 am

    गाई टुक्रिनु मात्रै होइन यो समानुपातिक प्रणालीले भ्रस्ट राजनीतिक दलहरुलाई अरु भ्रष्ट बनाएको छ. प्रजातन्त्र को गलत प्रयोग को नमूना हो यो समानुपातिक पद्दति. यहाँ राजनीतिका हाली मुहाली नेताहरुले आफुलाई मन परेका आसे पासे लाई अथवा चुनावमा तोकोएको भन्दा धेरै चंदा दिने कालाबजारीलाई राजनीतिमा घुसाएर चोख्याउने बाटो हो यो. यसै त साधारण सदस्यहरुको चंदा र स्वयम् सेवाको मूल्य दलहरुले नबुझेर होटेल रिसोर्टमा बसेर उम्मेदवार छान्छन. साधारण कार्यकर्तालाई आफ्नो प्रतक्ष्य उम्मेदवार छान्ने मौका त दिदैनन, समानुपातिकका लाई त के भयो र काम नलाग्नेलाई नै राजनीतिमा ल्याउन बनाएको पद्दति हो यो.

    नेपाल राष्ट्र मा प्रजातन्त्र २००७ सालमै आएको थियो. तर कहिले पनि प्रजातन्त्र राजनीति गर्ने वर्ग ले जनता मा आउने दिएन. राजा, पन्च, बहुदलीय नेता, आफुलाई गणतन्त्र भन्ने हरु सबै ले , आफ्नो पद, आफुलाई पैसा दिने दाता, आफ्ना छोराबुहारी र पार्टीलाई मात्रै हेरे. यहि तरिकाले जानेहो भने संबिधान लेखिए त पनि नेपाल प्रजातान्त्रिक हुन अझै १०० वर्ष लाग्नेछ. त्यसबेला सम्ममा नेपालीमा केहि पनि मौलिकता रहने छैन.

    Reply
  9. Shankar says:
    December 31, 2013 at 5:34 am

    पार्टी हुनु ,पार्टी मा काम को मुल्यांकन को आधार मा छनोट हुनु , छनोट भएका पतिनिधि जिम्बेबार खालको हुनु , अनि पो देश बन्छ | यो समानुपातिक ले त् कुन दिन पुरै माडे ले किनेर , र भ्रस्ट नेपालि को बहुमत ले नेपाल लाइ सिक्किम बनाउने पनि पारित गर्न सक्दैन भन्या ?

    Reply
  10. Paul says:
    December 31, 2013 at 3:44 am

    राप्रपा नेपाल पनि दुई दुक्रामा, एक अर्कामाथि कालोमोसो….!!! पुर्व राजा ज्ञान बहादुर चाँही के सोच्दै होलान यती खेर ! उनी भन्दै होलान आफ्ना आसे-पासेहरुलाई– थुक्क कमले मोरो ! “यो कमले बजियाले असल दिमाग भएका नेता-कार्यकर्तालाई (?) छोडेर छोरी, बुहारी, चुनावमा अर्थिक सहयोग गर्ने ब्यापारीलाई उम्मेद्वार बनाए पछी यस्तै हुन्छ ! कमल थापा को अधिनायकबाद को खुलेर बिरोध गरौ …!!!

    Reply
  11. Laxman Gurung says:
    December 31, 2013 at 2:11 am

    यो समान्उपतिक को सिस्टम बन्द गरेर २४० मात्रै गरे हुँदैन र

    Reply
  12. देव प्रसाद says:
    December 31, 2013 at 2:02 am

    हन त्यतिका प्रतिनिधित्व हुँदा हुँदै पनि खस आर्य र महिला भनेर त्यति धेरै समानुपातिकमा छानिनु के कारण हो?
    सम + अनुपात भनेको के को लागि?
    जसको प्रतिनिधत्व पुग्दैन त्यसको लागि समानुपातिक हो| खस आर्यको जति भए पनि पुगेकै छ| जसले पुगेको छैन भन्छ त्यो अन्धो हो| नत्र त्यही नियम प्रशासनमा पनि लागु हुन् पर्यो|
    कांग्रेसले आरजु राणा र भ्रष्टचारमा सलंग्न भएर जेल गइ सकेको खुम बहादुर पत्नी लाई समानुपातिकमा राख्नुको उदेश्य के हो?
    देउबाले जति गर्नु प्रतिनिधित्व गरेकै छ| खुमबहादुर पत्नीलाइ सभासद मा राख्नु र आरजुलाई फेरी ल्याउनु लालु यादव रुल भएन र?
    चुनौती:
    संबिधान सभाको पहिलो बैठकले के पारित गर्न पर्यो भने सभासद हरुले तलब भत्ता नलिने र सरकारी र दात्रि संस्थाको खर्चमा विदेश भ्रमण नजाने जब सम्म जनताले चाहेको संबिधान बनिदैन|
    है कोहि माईका लाल?
    सुशील, झलनाथ, देउवा, प्रचण्ड बाबुरामबाट यसको शुरुआत गरौ? होला हाम्रा नेतामा यस्ता हति र खुबी?
    अहं छैनन्!! खालि जसरी हुन्छ तलब भत्ता पड्काउ भन्ने मात्रै छन्| माकुने र ओलीको त् कुरै नगरौ| गरे झलनाथ कि बामदेवले गर्ला तर अरु बाट आशा नगरे पनि हुन्छ|

    Reply
  13. Deepak says:
    December 30, 2013 at 11:36 pm

    संबिधानसभा – २ मा भोट नहालेर गाईलाइ घाँस हाल्ने प्रति मेरो सहानुभूति छ | अर्कोपल्ट भने बुद्धि पुर्याउनुहोला बेलैमा |

    Reply
  14. sham says:
    December 30, 2013 at 11:04 pm

    यो समानुपातिक भनेको कोहि अपबाद बाहेक चुनाबमा उठेर जित्न नसक्ने , परिवारबादी फरियाबादी , नाताबादी , चम्चाबादी र नगदबादी हरुको लागि छुट्याइएको सिट हो के … खै कुरा बुझेको जनताहरुले….अब हेर्दै जानुस यिनीहरु नै मन्त्रि हुन बेर लाग्दैन …जितेर जानेहरु को फेरी अपमान हुन्छ …..के गर्नु “यस्तै रहेछ यहाको चलन जित्नेको आशु हार्नेको …. भन्ने गीत गाँउदै बसौं …..!!!!!

    Reply
  15. Sargam says:
    December 30, 2013 at 10:27 pm

    काम गर्नु नपर्ने, शिक्षा लगयत कुनै योग्यता पनि नचाहिने, कहिलेकाही ताली ठोके र अर्को पार्टीको बिरोध गरे पुग्ने, तर……… तलब्-भत्ता मज्जैले आउने, जागिरको म्याद पनि आँफै थप्न पाइने, पस्पोर्ट बेच्न पनि पाइने, दिउसै जाड खाएर हिड्न पनि मिल्ने, रिस उठे ठोक्न पनि पाइने, चोर-गुण्डा-ठग सबै दाइना हुने
    उस्तै परे देस्-बिदेसको भ्रमण पनि गर्ने पाइने, नयाँ जागीरे सबैलाई बधाई छ !!

    Reply
  16. Mohan says:
    December 30, 2013 at 9:37 pm

    भने पछि नेपाल मा रमिता अझै सकिएको छैन.
    कमल थापाको बुद्धि ले बिगारेको हो कि जनताले कमला थापालाई मत्त्यायेका हुन्, वा ‘पुष्प’ रुपी ‘कमल’ को दुर्बास धेरै उड्न थालेको हो, एकलौटी निर्णय जो गर्नु भएछ उहाले. जेहोस, माओबादी फेरी पनि चोइत्तियो भन्ने सुन्नु पर्दा जगतले हासो को फोहोरा जो छाड्ने भए, “नियेतिको खेल जो छन् सो” भनिन्छ एस्लाई.

    देसको बिकास र आर्थिक सम्वृद्धि को सपना बोकेर बसेका सिधा साधा बीर गोर्खाली हौ हामी, धैर्य र शान्त भाव ले ओतप्रोत हाम्रो गोर्खे शिर, खै त चुपचाप आकाशे फल कुरेर बसेका नै छौ त यो रमिता हेर्दै जुन अब हामी नेपालीको दैनिक बसिबियालो नै भैसक्यो .

    मेलम्चीको पानि कहिले आउला र पिउला भनेर बसेको काकाकुल काठमाडौँ बासि हामी पानि मात्र होइन, संबिधान मात्रै होइन, शान्ति मात्रै होइन, अब यी नेता भनौदा नया बोतलमा खन्याईएको रक्सीको दुर्गन्ध कहिले दुर होला र भन्ने सपनाको साथ अहिलेलाई रमिते हुनु बाहेक अर्को विकल्प नै के रह्यो र ? सती ले जो सराप्नु भएको थियो उतिखेर ?

    आआआआ!!! , भै रहोस

    Reply
  17. bijay says:
    December 30, 2013 at 9:09 pm

    कांग्रेसमा अनुसासनको कारवाही भनेको येही समानुपातिक उम्मेदवार बनाउनु हो कि क्या हो ? सुजाता कोइराला र खुमबहादुर पत्नी माथि त अनुसासन कारवाही हुनु पर्ने थियो हैन र , आफ्नै पार्टीको उम्मेदवारलाई हराउन लागि षडयन्त्र गरेकोले /
    चुनाबमा भोट हालेर जे गरेपनि पार्टी भित्रको भ्रस्टपन भने कहिल्यै हट्ने भएन / त्यस्तै खुरापाती काम गर्न मिल्ने भएर होला २४० प्रत्यक्ष्य र ३३५ समानुपातिक राखेको,,नत्र त सबै नै प्रत्यक्ष्य उम्मेदवार हुनु पर्ने, अनि मात्र चुनाबको केहि अर्थ हुन्थ्यो ,,सुजाता कोइराला र शिला खड्काले कुन चै ठाउँबाट चुनाब जित्न सक्थ्यो र ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme