Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यहीँ छ काम र दाम

Posted on November 2, 2012 by mysansar

– मीना शर्मा-

जाँगर चलाउने हो भने पैसा कमाउनलाई विदेश जानु तथा कुनै ठूलो कार्यालयमा जागिर खानुपर्दैन, पहिचान गर्न सके काम र दाम यहीँ छ।

काठमाडौंका विभिन्न सडकछेउमा ठेला–व्यापार गर्ने महिलाले आफ्नो परिश्रमबाट जीविकोपार्जन मात्र होइन बालबच्चालाई राम्रा विद्यालयमा समेत पढाउन सफल भएका छन्। ठेलामा चना–चटपटे बेच्ने मात्र होइन चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा बेच्ने धेरै महिलाले परिवारको जिम्मेवारी सम्हालेका छन्। आफ्नो सानोतिनो व्यापारले कसैसँग हात फैलाउन नपर्ने, छोराछोरीको भविष्य पनि राम्रो हुने र औषधोपचारका लागि समेत आफ्नै कमाइले पुग्ने हुँदा खुसी छन् उनीहरू।

४० वर्षीया मीरा साहु (हल्वाई) ले ठेलामा चलाएको व्यापारले उनको जीवन राम्रोसँग चलेको छ। उनको ठेलामा दैनिक १० प्रकारका परिकार पाक्छन्। बिहान धेरैका आँखा नखुल्दै आफ्नो डेरा धोबीघाटबाट उनी जाउलाखेल पुगी परिकारहरू बनाउन सुरु गर्छिन्।

सुरुमा नेपाल आउँदा केही समस्या भए पनि दैनिक काम गर्दै जाँदा आफूजस्ता महिलाले काम गरेको देखेर उनलाई काम गर्ने जाँगर बढेको हो। दैनिक आठ सयको सामान खरिद गर्ने र परिकार बनाएर बेच्दा दैनिक तीन हजार आम्दानी हुने उनले बताइन्। केही महिनाअघि श्रीमान्को मृत्यु भएपछि उनले काम सम्हालेकी हुन्। व्यापार गर्ने ठाउँको भाडा र महिनाभरिको खर्च कटाएर १० देखि १५ हजारसम्मको बचत छ उनको। छोराछोरी कोही नभएकाले बुढेसकालका लागि पनि यही कमाइबाट बचत गर्नुपर्ने भएकाले यो कमाइ नै जीवन भएको उनी बताउँछिन्। बिरामी हुँदा या काम परेको समयमा नगर्न पनि मिल्ने तथा स्वतन्त्र रूपमा सञ्चालन गर्न पाइने भएकाले अरूकोमा काम गर्नुभन्दा आफ्नै व्यवसाय सजिलो लाग्ने उनले बताइन्। …हातखुट्टा राम्रोसँग चल्नेले पनि माग्दै हिँड्छन्, मलाई त्यो मन पर्दैन। सानोतिनो काम गरेर जीविकोपार्जन गर्न सकिने हुनाले देशमा केही गर्न सके सबैलाई फाइदा हुन्छ,’ उनी भन्छिन्। बिहान मर्निङवाकमा आउनेदेखि लिएर विद्यार्थी, कर्मचारी तथा कामका लागि हिँडेका सबैलाई उनले बनाएका परिकारको स्वादले लोभ्याएको छ। सफा र स्वादिष्ट खानाका कारण एकपटक आएको ग्राहक पटक–पटक आउने गरेको उनको भनाइ छ।

पाँच वर्षदेखि मःमःको व्यापार गर्दै आएकी सिन्धुपाल्चोककी ३० वर्षीया सुनिता लामा पनि नौजनाको परिवार पालेर महिनामा १५ हजार बचत गर्छिन्। काठमाडौंको बसाइ, महँगी बढ्दै गएको छ, सबै कुरा किन्नुपर्छ तर पनि बिहानदेखि साँझसम्म खट्न सके राम्रै आम्दानी हुन्छ। विदेशमा रहेका उनका श्रीमान्को भन्दा राम्रो कमाइ भएको उनले बताइन्। मःमःको व्यापार सदाबहार एउटै रहेको बताउँदै उनी भन्छिन्, …जाँगर चलाउनेलाई कहीँ पनि भोकै मर्नु पर्दैन। कामलाई सम्मान गर्न सके त्यसबाट आम्दानी राम्रो हुन्छ।’ यस्तै ३५ वर्षीया सीता घिमिरेले पनि ठेला व्यापार सञ्चालन गरेको ६ वर्ष पुगेको छ। पाँच बच्चासहित सातजनाको परिवार पाल्नका लागि यस व्यापारले निकै सहयोग पुगेको छ। पाँच बच्चाको पढाइखर्च निजी विद्यालयमा पढ्ने साना बच्चादेखि लिएर क्याम्पस तहसम्म पढ्ने छोराछोरीको खर्च कटाएर महिनामा १० हजार बचत हुन्छ। पाल्पाबाट काठमाडौं पसेको उनको परिवारलाई खर्च धान्नका लागि सबैभन्दा उत्तम काम यही लाग्यो। जाँगर चलाउन सके १५/२० हजार खेलाउन विदेश गइरहनुपर्दैन। जागिरका लागि कसैलाई सिफारिस गरिरहनुभन्दा स्वाभिमानको यस्तो पेसाले सबैलाई फाइदा पुर्‍याउने उनको भनाइ छ। सानोतिनो काम देशमा गर्न लाज मान्दै ऋण खोजेर विदेश पुग्नेहरू दर्दनाक पीडा लिएर घर फर्केको देखेर बरु आफ्नो परिवारको साथ बसेर केही गरौँ भन्ने सोचले व्यापार सुरु गरेको उनले बताइन्। दिउँसो विद्यालय जाने तीनजना छोरीले बिहान–साँझ सहयोग गर्ने गर्छन्।

२५ वर्षअघि दोलखाबाट काठमाडौं छिरेकी मिठु केसीले ठेलाको व्यापार गर्न थालेको २० वर्ष पुगेको छ। दैनिक दुईदेखि तीन हजारसम्म आम्दानी गर्ने उनलाई पाँचजनाको परिवार पाल्न कुनै समस्या छैन। घरभाडामा, सम्पूर्ण सामान किन्नुपर्ने तथा छोराछोरीको पढाइखर्च कटाएर महिनामा १० हजार बचत गर्छिन् उनी। परिवार पाल्ने यो पेसा पनि सङ्कटमा पर्ने चिन्ता छ उनलाई। समयसमयमा फुटपाथ तथा सडकछेउका व्यापारलाई हटाउने भन्दै गरेको सरकारी निर्णयले आफ्नो रोजीरोटी नै सङ्कटमा पर्ने समस्या भने सबैका मनमा रहेको छ।

तरकारी, चियानास्ता मात्र होइन ठेलामा चना–चटपटे बेच्ने जाँगरिला महिलाले पनि यो सहरमा राम्रो आम्दानी गरेका छन्। मकै, भटमास, चना, केराउलगायतका विभिन्न गेडागुडीको व्यापार लिएर सहरका विभिन्न स्थानमा घुम्ने ३८ वर्षीया दीपा बस्नेत हुन् या दोलखाकी मिठु दुःखअनुसारको आम्दानी गरिरहेकै छन्। सजिलो त कहाँ छ र? यसप्रकारको व्यवसाय गर्ने महिलाहरू बिहान चार बजे नै उठ्छन् र सामग्री किन्नेदेखि बच्चाको रेखदेखसम्म भ्याउँछन्। …पहिला विदेश जान्छु भन्ने सोच आयो, तर जाने पैसा पनि थिएन, बच्चाबच्ची पनि कहाँ राख्ने भन्ने समस्या भयो, अहिले त विदेशभन्दा राम्रो कमाइ यहीँ छ,’ दीपा भन्छिन्। वास्तवमा कामको कमी कहीँ पनि छैन, त्यसलाई पहिचान र सम्मान गर्न सके जाँगर चलाउनेलाई जहाँ पनि काम र दाम दुवै छ।

अर्थविद् केशव आचार्य भन्छन्– नेपाली अर्थतन्त्रको ठूलो हिस्सा महिलाले धानेका छन्। गाउँमा घरायसी तथा खेतीपातीको काम गरेर होस् वा सानोतिनो व्यापार–व्यवसाय चलाएर घरलाई व्यवस्थित रूपमा चलाउनका लागि महिलाले गरेको योगदानको मूल्याङ्कन गर्ने हो भने ठूलो छ। त्यस्तै सहरमा महिलाले ठेलामा तरकारी, चिया, खाजा र अन्य परिकार बेचेर सपरिवार गुजारा गरिरहेको कुरा सामान्यजस्तो लागे पनि यसले अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याइरहेको लैङ्गिक समानता तथा महिला सशक्तीकरणका लागि राष्ट्रसङ्घीय निकाय यूएन वुमनकी कार्यक्रम विशेषज्ञ सरू जोशी बताउँछिन्। उनी भन्छिन्, …यी महिलाले व्यापारसँगै घरव्यवहार र बालबच्चा हुर्काउने काम पनि गरेका छन्। उनीहरूको सबै श्रमको पैसामा हिसाब गर्ने हो भने अर्थतन्त्रमा ठूलो योगदान देखिनेछ, त्यसैले महिला हाउसवाइफ होइनन् गृह व्यवस्थापक हुन्। तर, यी गृह व्यवस्थापकको काम र मुलुकको अर्थतन्त्रमा तिनले पुर्‍याएको योगदानको मूल्याङ्कन भने हुन सकेको छैन।’ संचारिका फिचर सेवा

53 thoughts on “यहीँ छ काम र दाम”

  1. शरद चन्द्र श्रेष्ठ says:
    November 8, 2012 at 12:19 am

    श्रमजीवीहरु श्रमको तुलना गर्दैनन्,यसको सम्मान गर्छन,यो घोर बिडम्बना हो कि अहिले प्राय:लेखहरुमा बैदेशिक र स्वोदेशिक रोजगार बीच घुमाई फिराई नै भए पनि तुलना गरेर “स्वोदेसी रोजगार सहि है” भन्ने जुन गलत नीतिगत संदेश दिन खोजिएको छ त्यो निन्दनीय र भत्सर्ना योग्य छ ! लेखको शिर्षक नै “यंही छ काम र दाम”ले यहि कुरालाई पुष्टि गर्दछ !यसको अर्थ, के जो बैदेशिक रोजगारमा गएका छन् तिनीहरुलाई “आफ्नै देशको माटोमा पसिना चुहाउनुपर्छ”भन्ने कुराको अज्ञानताबश बाहिर ‘नंग्रा खियौना गएका हुन् त?लेख लेख्नु हुने मेरा बुद्दिजिबी साथी तपाई मलाई जवाब दिन सक्नु हुन्छ कि नेपालको आर्थिक मूल श्रोत के हो?देश धान्ने यत्रो ठुलो श्रोतलाइ गलत ढंगले प्रस्तुत गर्न मिल्दैन !तपाईको यस्तो हल्का लेखले ति लाखौं मिहेनती नेपाली जो बैदेशिक रोजगारीमा आबद्ध छन्,तिनका भावनालाइ चोट पुग्दछ.जसले आफ्नो परिवार त पालेकै छन् संग संगै राष्ट्रको आर्थिक पक्ष्यलाइ पनि सेवा पुर्याएका छन् !बैदेशिक रोजगारले अहिले नेपालमा कत्ति सम्वृद्धि ल्याएको छ तपाइँ देख्न सक्नु हुन्छ! कामको कुनै सिमा हुन्न चाहे त्यो भित्रको होस् या चाहे बाहिरको नै किन नहोस !!!!!!

    Reply
  2. SharadShrsetha says:
    November 6, 2012 at 3:59 pm

    आफ्नै देशमा केहि गर्नु पर्छ भन्ने सोच सहि हो!तर यो त भयो बाहिर ठेला लगाएर गर्ने व्यापार अनि पढे लेखेकाहरुले चै के गर्ने?कुनै पनि काम नराम्रो हुन्न यध्यपि पढेलेखेकाहरुको अनुरुपको काम के उनीहरुले पाई राखेकाछन त?यदि विकल्प बैदेशिक रोजगारी पनि हो भने त्यो पनि सहि हो!नेपाल अनि नेता यसैको पैसाले पालिएकै त हो नि!

    Reply
  3. indra kale chhantyal usa says:
    November 4, 2012 at 10:59 am

    मैले माथि को लेख लाइ नराम्रो भन्न खोजेको हैन ,सन्देस मुलक नै छ ,तर ५० देखि ७५ लाख नेपाली जनताको दैनिक आम्दानी $१५० रु छ भनेर पनि सुन्न आयको छ ,यस बारेमा कसलाई सोध्ने होला

    Reply
  4. Bishwo says:
    November 4, 2012 at 5:36 am

    प्रोत्साहन गर्ने खाल को लेख !!! मन पर्यो … कमेन्ट हरु जे जस्तो आए पनि लेख चाही राम्रो…

    Reply
  5. sagar chhetri says:
    November 3, 2012 at 11:20 pm

    काम को इज्जत को कुरा आओ, विदेश मा पुगे पछि मात्र थाहा पईदो हो कि नत्र नेपाल मा कसै लाई यी झिना मसिना काम गर्न मन लाग्दैन, कि लाख कि करोड को हुन परो व्यापार भनेको. कि कसो

    Reply
  6. A sherpa says:
    November 3, 2012 at 3:04 pm

    बिदेसमा काम गर्नुहुने कतिपय नेपालीहरु राम्रो अवसर पाएर गएको होला तर अदिकांस नेपालीहरु बाद्यताले गर्दा बिदेसिनु परेको हो जस्तो मलाई लाग्छ ,हो निश्चित रुपमा मान्छे काम गरेर कहिलै सानो हुदैन तर हाम्रो समाजमा अझै पनि बिदेसमा काम गर्नु जान्छु भन्यो भने पैसा जसले पनि सापट गर्ने यहि केहि गर्छु भन्दा बाउले पनि पैसा सापट नगर्ने एक किसिमको गलत परिपाटी छ , यसलाई अहिलेको युवा बर्गहरुले निरुत्साहित गर्ने पर्छ/

    Reply
  7. सार्थक says:
    November 3, 2012 at 2:42 pm

    प्रेरक लेख |
    कामको इज्ज़त गर्नेको लागि कुनै काम सानो ठूलो हुदैन | घरपरिवारसंग एक्लिएर बिदेशमा सामान्यभन्दा धेरै बढी समय र तल्लो स्तरको काम गरेर मात्र पैसा कै लागि तनावयुक्त जिन्दगि जिउनुभन्दा यी कर्मयोगी महिलाहरुले अपनाएको ब्यबसाय कैयौं गुणा उत्तम छ | जे गर्नु परे नि गरौला बरु मर्नु परे आफनै माटोमा मरौंला भनेर आफू त चाडैं फर्किदैछु नेपाल |
    जय नेपाल |

    Reply
  8. Pradhyumna raj sharma says:
    November 3, 2012 at 12:47 pm

    उद्धम गर्नु पक्कै राम्रो कुरा हो तर बाटो मै ठेला राखेर ब्यापार गर्न प्रोहत्सान गराउने बिस्लेशन मलाई मन परेन. सरसफाई र स्वास्थ्य का कुरा लाइ मिल्क्यायेर बाटो मा म म ,तरकारी बेच्नु ठिक होइन , बरु निश्चित ठाउमा अनुगमन सहित ठिक हो! काठमाडौँ कुरूप भाको एसले गर्दा नि हो

    Reply
    1. Luna says:
      November 3, 2012 at 4:33 pm

      ठेलामा सामान राखेर बिक्रि गर्ने कुरालाई प्रचार गरिएको भन्नु भन्दा पनि
      आ- आफूले जे जसरी सकिन्छ उसरी आफ्नै खुट्टामा उभिएर ( स्बाब्लाम्बी बनेर )
      गर्न सकिने काम हरु धेरै छन् नेपालमा भन्ने कुरालाई उदाहरणको रुपमा राखी
      लेखिएको लेख हो माथिको आर्टिकल . यसरि नेपालमै बसेर आय आर्जन गर्न सकिने कामहरुको उदाहरण धेरै छ तर त्यस्तो काम गर्ने नेपालीहरु थोरै छ .
      जो जसले नेपालमै काम गरेर राम्रो आय आर्जन गर्न सफल भई’राखेको छ , त्यस्ता स्वाभिमानी स्बाब्लाम्बी नेपालीहरुको खोजि खोजि मिडियाले प्रचार प्रसार गर्न सके ‘ ए है आय आर्जन गर्न यहि पनि सकिने रैछ ‘ भनेर विदेश जान तयार मनस्थिति लिएको मान्छेको मन परिबर्तन हुन सक्छ अनि उसले / उनले नेपालमै
      बसेर काम गर्दा उसको / उनको परिबार छिन्न भिन्न पनि हुदैन –उसको / उनको मेहेनतलाई परिबारले बुझ्छ — महशुस गर्छ — परिबारका अन्य सदस्यले पनि मद्दत गर्छन — यसो हुँदा कामबाट हुने आयआर्जनको सदुपयोग हुन्छ —
      उसैगरी मुलुकको उत्थानमा उसको श्रम पसिना सिप पर्छ . उत्पादन बढ्छ . उत्पादन बढे मुलुकलाई आम्दानी हुन्छ . ऐले धेरै नेपालीको श्रम पसिना सिप बिदेशी भूमिमा पोखिएको छ —
      समाज लथालिंग हुदै गई’राखेको परिवेशमा जो नेपालमै बसेर काम गरि आय आर्जन गरिरहेका छन् ति स्भाबिमानी नेपालीहरु प्रेनानाका पात्र हुन् . सलाम छ
      तिनलाई .

      Reply
  9. subash says:
    November 3, 2012 at 12:10 pm

    यो राम्रो हैन, ठेला मा ब्यापार गर्नु नाफा दायक त होला तर राम्रो option हैन, यसलाई प्रोत्सहान नगरम होला.

    Reply
    1. सार्थक says:
      November 3, 2012 at 5:09 pm

      यो लेखले केही गर्न खोज्नेलाई नेपाल मै पनि धेरै संभावनाहरु छन भन्न खोजेको हो । तर अब तपाईं अमेरिकामा राम्रो स्तरको र कमाई पनि राम्रो हुने काममा हुनुहुन्छ भने तुरुन्तै छोडेर आएर ठेलागाडीमा चनाचटपटे बेच्न थाली हाल्नुस् भनेर चाँही पक्कै भनेको हैन होला सुबास जी ।

      Reply
  10. मणि says:
    November 3, 2012 at 8:57 am

    कुरो त एकदम सहि हो र प्रोत्साहित छ, फरक के भन्दा “ठर्रा” पिउने कि “स्कच”?
    तात्पर्य के भने, कामलाइ नै पुजा गर्नी मान्छे भोको मर्दैन कहाँ गर्नी भन्ने कुरोले पनि फरक पर्दैन!
    नभए उपत्यका बाहिरका मान्छे किन खाल्टोमै जाकिन आउनु? त्यसरी नै सहरी इलाका का मान्छे बाहिर छन्!

    Reply
  11. Bibek says:
    November 3, 2012 at 8:44 am

    २० बर्ष सम्म दशैं -तिहार, घाम – पानी केहि नभनी दुख गरि पढेर पाएको इंजिनीरिंग को डिग्री मिरा जी ले बताए जस्तै काम गर्नको लागि हो त ? एकदम वाहियात लेख, तेस्तो काम गर्ने भए त किन येत्रो २० बर्ष सम्मको जवानीलाई खेर फालेर पद्नु पर्थ्यो, अनि अर्को कुरा आफ्नो योग्गेता अनुसार नेपाल मै जागिर पाउने भए कोहि पानी विदेश जाने थिएनन्, बिदेशिनु त बाद्धेता मात्र हो

    Reply
  12. तेन्जिंग गाबा says:
    November 3, 2012 at 8:42 am

    आर्थिक क्रान्ति
    राजा महाराजा देखि नेता जननेता भनाउदाहरुले नेपाललाई बिकसित एबम सम्पन्न बनाउने भाषण ठोक्नु थालेको आधा शताब्दी भन्दा बढी भैसक्यो र अझै कहिले आर्थिक क्रान्ति गर्ने, कहिले आर्थिक छलांग मार्ने जस्ता युगान्तकारी घोषणा अनवरत रुपमा भै नै रहेको छ तर यहि अबधिमा हिजो हाम्रो भन्दा नाजुक आर्थिक अवस्था रहेको मुलुकमा, आज हामी चौकीदार-कुल्ली जस्तो काम गर्नु जानु पाउदा आफुलाई भाग्यमानी ठान्छौ, त्येस्तो “चौकीदार-कुल्ली” बन्ने हजार कोटा आएमा लाखौ आवेदकको भिड नियन्त्रण गर्नु प्रहरी नै परिचालन गर्नु परेको कसलाई थाहा छैन होला ?

    आर्थिक उन्नति रहितको अन्य उन्नतिहरुको जति नै लामो फेहरिस्त तयार भए पनि आर्थिक दुर्गतिले त्यी उपलब्धिहरुलाई सजिलै ओझेल पार्न सक्छ / यो तथ्य लगभग सबैले बुझेको नै छन् तर पनि आर्थिक अबस्था निरन्तर किन खस्की रहेको छ त् ? उत्तर बडो सरल छ, हामीसंग आर्थिक क्रान्तिको अबधारणा नै छैन / “आर्थिक क्रान्तिको अबधारणा” को नाममा हामी संग सुगा रटाई मात्र छ, जस्तो:
    जल-बिद्युत
    पर्यटन
    औधगीकरण गर्न बिदेशी लगानीलाइ आकर्षित गर्ने

    जल-बिद्युत: बिद्युत उत्पादन गरेर विदेशीलाई (भारत) बेच्ने हाम्रो आर्थिक योजना प्राय सबैको मुखमा झुन्डिएको हुन्छ तर यो कत्तिको सम्भब छ ? देशको नेता अनि योजनाबिदहरु मेरो २ प्रश्नको उत्तर कृपया दिनुहोला
    १. बिदेशी (भारत) ले हाम्रो विद्युत् खरिद गरिदिएनन भने के गर्ने ? (भारतको चरित्र हेर्दा यसको उच्च सम्भावना छ)
    २.जल बिद्युतको प्रभावकारी बिकल्प निस्चय पनि सम्भब छ / यसको विकल्पको निमित्त बिश्वब्यापी रुपमा नै कैयन खोज-अनुसन्धान भै रहेको छ, ढिलो-चाडो मात्र हो, यसको बिकल्प जन्मन्छ-जन्मन्छ / भोलि जल बिद्युत भन्दा सस्तो-सुलभ -सहज उर्जाको श्रोत खुल्यो भने हामीलाई देखाइएको सपनाको बिकल्प के हुने ?

    पर्यटन: नेपालको प्राकृतिक सुन्दरता, भौगालिक-जैविक-सास्कृतिक बिबिधता पर्यटनको लागी अत्यन्त उपयुक्त छन् तर तिनको अबलोकन गराएर हामीले फाइदा लिन सकिने सम्भावना कत्तिको छ त् वा त्यी मनमोहक दृश्य अनि अनुभब लिन एउटा पर्यटकले के कस्तो मुल्य चुकाउनु पर्छ ? के त्यी मुल्य चुकाउनु पर्यटकहरु राजी होलान त् ? आउनुस यस बिषयमा पनि चर्चा गरौ / सामान्यतया एउटा पर्यटक भन्नाले दैनिकीवाट तनाबग्रस्त भएर त्येस्बाट उन्मुक्ति पाउन वा उच्चाट लाग्दो एकाग्रतालाई तोड्नु आफ्नो थात-थलो छोडेर हिडेको मनुवाहरु भन्ने बुझ्नु जरुरि छ र मुख्य कुरो उनीहरुको उदेश्य दैनिकीबाट उत्पन्न तनाबवाट उन्मुक्ति हो भन्ने बुझ्नु पर्छ / अब भन्नुस एउटा पर्यटक नेपाल भित्रिए पछी के कस्ता तनाब बेहोर्न बाध्य छन् ? असुरक्ष्या, फिर्ती मितिको अनिश्चितता, फोहोर मैलोद्वारा संक्रमित हुने खतरा जस्ता जोखिमलाइ नेपाल आउने हरेक पर्यटकले बेहोर्नु पर्ने हुन्छ र यस्तो जोखिम मोल्न कति पर्यटक तयार होलान ? यो प्रश्न अत्यन्तै मननीय छ / यसको अलावा अर्को कुरो सामान्यतया एउटा कामदारले बर्षमा २-३ हप्ताको हाराहारीमा मात्र बिदा पाउछ र त्येसको केहि समय उनले आफनै घरमा आराम गर्ने, मित्र-नातागोता भेटघाट गर्ने, अन्य घरायशी चाजो-पाजो मिलाउने समय कटाएर बचत भएको समयमा उ घुम्न निस्कन्छ अर्थात् उ संग घुम्ने समय बर्षमा एक पटक मात्र एकमुस्ट बिदा लिदा पनि १ हप्ताको हाराहारीमा मात्र हुन्छ / त्यो एक हप्ता समयमा नेपाल भ्रमण गर्न पर्याप्त छ कि छैन ? संसार धेरै नै गतीशील छ त्येसैले समयको सवाल धेरै ठुलो कुरो हो , यो धेरै गहन प्रश्न बारेमा हामीले खै सोचेको ? अर्को कुरो, समान समय र द्रब्य खर्च गर्दा एउटा पर्यटकले नेपालमा प्राप्त गर्ने सेवा सुबिधा मनोरंजन र अर्को गन्तब्य पाउने सेवा सुबिधा मनोरंजनको बारेमा के उनीहरुले तुलना नगर्लान ? सधै सगरमाथाको चुचुरो र लुम्बिनीको मैदान देखाएर मात्र पर्यटन फस्टाउदैन भनेर हामीले कहिले बुझ्ने ?

    औधगीकरण गर्न बिदेशी लगानीलाइ आकर्षित गर्ने: लगानी भन्ने बित्तिक्कै मुनाफा को कुरो आउछ, जब नाफा हुदैन लगानी गर्न कोहि पनि आउदैन / अझ त्यति मात्र होइन जता धेरै मुनाफा आर्जन हुन्छ लगानी त्येतै जान्छ यो सामान्य सिधान्त हो / अब भन्नुस, भारत-चीन-बंगलादेशमा लगानी गर्नु भन्दा नेपालमा लगानी गर्यो भने लगानी-कर्ताले के फाइदा बढी पाउछ ? जब सम्म सरकारले “यो यो फाइदा हुन्छ” भनेर किटान गरि लगानीकर्तालाई बिश्वाश दिलाउनु सक्दैन, लगानी भित्रिने कुरो फगत गफ बाहेक केहि पनि होइन/ आज हामी “यो यो फाइदा हुन्छ” भनेर किटान गर्न सक्ने अवस्थामा छौ ? होइन भने बेतुकको गफ भनेको जनतालाई ढाटेको हो कि होइन?

    उपर्युक्त यस्ता आर्थिक अबधारणाले गर्दा नै देशको आर्थिक स्थिति जर्जर अबस्थामा छ / यस्ता सुगा रटाइ नाराहरुले मात्र कदापी हाम्रो अर्थतन्त्र सुध्रदैन, हामीले नया अबधारणा ल्याउनु सक्नु पर्छ, नया सम्भावना पहिल्याउनु सक्नु पर्छ वा कम्तिमा पनि माथिको अबधारणाहरुलाई ठोस योजना सहित पुनर्विचार गरिनु पर्छ / तपाईसंग पनि त्येस्ता योजनाहरु पक्कै पनि होलान, लेख्नुस न है /

    Reply
    1. निमेस says:
      November 4, 2012 at 12:10 pm

      बस्तु उत्पादनको लागी – कच्चा पदार्थ/मेशिनरी, पूजी, ऊर्जा र जनशक्ति आवस्यक हुन्छ. यति हुदाहुदै पनि शान्ति सुब्यवस्था र लगानिमैत्री वातावरण नभै कोहीपनि लगानिकर्ताले जोखिम उठाउन चाहन्न चाहे आतंरिक होस चाहे बाह्य. र बजारको आंकलन नगरी उत्पादन थाल्नु त मूर्खता नै हुन्छ.

      १. नेपालमा ऊर्जा संकट छ आफ्नो लागी नै पुगेको छैन पहिलो कुरा, पर्याप्त उर्जाले सबै प्रकारको उत्पादनको ढोकाहरु खोलिदिन्छ. जलबिद्युत सस्तो परेमा भारतले नकिन्ने भन्ने प्रश्न नै आउदैन.
      २. जलबिद्युतको प्रभावकारी बिकल्प आएको छैन त के भएको बिकल्पको बिकाश नगरी नआएको बिकल्प कुरेर बस्नु उचित हो? अर्को कुरा पानी पर्याप्त भएकोले हाम्रो लागी जलबिद्युत राम्रो बिकल्प हो. सौर्य ऊर्जा अर्को राम्रो बिकल्प हुनसक्छ तर त्यो प्रबिधि हाम्रो हुनेछैन.
      ३. तपाईले लेख्नु भएको पर्यटकको परिभाषा अत्यंत संकीर्ण भयो. के नेपालबाट थाईल्याण्ड, सिंगापूर गएका नेपालीहरु उनिहरुको दैनिकीवाट तनाबग्रस्त भएर गएका होलान त? पर्यटन मूलत सम्पन्नता, जिज्ञासा (खोजी, अवलोकन), vaccation को सार्थक उपयोग संग सम्बंधित बिषय हो. नेपालमा पर्यटन ब्यवसायको प्रसस्त संभावना छ. हो अहिलेको वातावरणमा पक्कै सुधारको खांचो छ, लगानिको खाचो छ.
      ४. के मा लगानी गर्ने, कती लगानी गर्ने, कुन ब्याबसायमा लगानी गर्दा कस्तो र कती फाइदा हुन्छ भन्ने कुरा लगानी कर्ताको बिषय हो न की सरकारको. सरकारको काम लगानिमैत्री वातावरण सिर्जना गरिदिने हो. जस्तो आलू लगाउने की धान रोप्ने, फलफूल खेती गर्ने की बाख्रा पालन गर्ने, जलबिद्युत मा की सीमेंट, होटल ब्यवसाय गर्ने की बस संचालन ब्यवसाय आदि के गर्ने भन्ने ब्यावासायी वा लगानी कर्ताको बुझाई, शिप, पूजी, क्षमता आदिमा भर पर्छ.
      हेर्नुस फाइदा त जे मा पनि छ माथिको लेखमा पढ़ी हाल्नु भो होला ४० वर्षीया मीरा साहु (हल्वाई) ले दैनिक ८०० को लगानीबाट ३००० आम्दानी गरेको भन्ने. टोल टोल घुमेर खाली सीसी बटुलने, ए वेलून.. भन्दै चिच्च्याउने, गिटी फोर्ने, बालुवा झिक्नेहरु देखी माग्नेहरू सम्म पनि त्यो कामबाट उनिहरुको जीविका नच्लने अवस्थामा त्यो काम छोड़छन. गर्दैछन को मतलव जेनतेन जीविका चलेको रहेछ भन्ने नै बुझ्नु पर्छ.

      योजनाहरु के छन त भन्ने बिषयमा के छैनन र भन्ने प्रश्न गर्न मन लाग्यो. जे पेशा, ब्यवसाय पनि गर्न सकिन्छ! मूल कुरो तपाईको चाहत हो. जे पेशा, ब्यवसाय गर्दा पनि सफल हुन सकिन्छ; पेशागत ज्ञान (शिप) र वातावरण हुनुपर्यो. अनि माथी लेखमा उल्लेखित ब्याक्तिहरुको जस्तो लगनसिलाता हुनु पर्यो बस.
      त्यसो भए नेपालमा यो सबै किन भैरहेको छैन त भन्ने अर्को पाटो हो….

      Reply
  13. bhanu, malaysia says:
    November 3, 2012 at 6:53 am

    भन्न लाई जे पनि सकिन्छ तर आफु लाई पर्दा मात्र थाहा हुन्छ ! नेपालमा गरेर नभय पछीको लास्ट विकल्प हो विदेश ! विदेश जाने कसैलाई रहर हुदैन !

    Reply
    1. Dhananjaya Saroj says:
      November 3, 2012 at 10:03 am

      कुरो ठिक हो भानु जी, तेस्ता ब्यापार पनि विदेश बाट कमायर पठायका परिवार ले खर्च गरेरै चलेको त हो!

      Reply
  14. विष्णु says:
    November 3, 2012 at 6:42 am

    कति उत्कृष्ट समाचार, शरीरभरि उत्साह र हर्षको संचार भयो। यस्ता समाचारले यथेष्ट स्थान पाउने हो भने देशको परिवर्तनलाई के बेर लाग्दो हो?

    Reply
  15. कुसुम ज्ञवाली says:
    November 3, 2012 at 1:53 am

    उहिलेका बुढापाका भन्थे “पोथी बासेको” राम्रो हुँदैन । त्यो कुरा त सोह्रै अाना गलत रहेछ, यस्ता “सहाशिला पोथी”हरू त जति बास्यो त्यति राम्रो पो हुँदो रहेछ । पुरातन संस्कृतिलार्इ चुनैाति दिदै नयाँ समानता मुलक समाजको पक्षमा ठूल्ठूला भाषण गर्ने भन्दा ती मेहनती चेलीहरूको हात टड्कारो सुनिदो रहेछ । सदियैा हेपिएका चेलीबेटी यसैगरी अगाडी अाएको सुन्न पाइयोस् सधै सधै ।

    Reply
  16. raj ,USA says:
    November 3, 2012 at 1:29 am

    खबर धेरै राम्रो हो ,तर येस्ता पुठपाथमा पसल गरि खानेहरुको उचित बेबस्थापनको निम्ति सम्बन्धित निकायेसम्म खबर पुर्याउन सके अझ राम्रो हुने थियो !

    Reply
  17. Rajan says:
    November 3, 2012 at 1:18 am

    Nepal= Work+ money ( may be little)
    Abroad= hard work + money + stress

    So, choose your own country, work hard on your soil

    Reply
  18. mahendra bhandari says:
    November 3, 2012 at 12:42 am

    मिना जि लेख राम्रो छ

    तर हाम्रो युनिभर्सिटी भनेको बेरोजगार उत्पादन गर्ने कार्खानअ भको छ हात म डिग्री छ बुत जगिर छैन अनि लेवेल अनुसारको कम नभय पछी पर्देशिनु को बिकल्प नहुदोरहेछ,,,होईन भने लेबल अनुसार को काम दिन पनि सक्नु पर्‍यो नि,,

    Reply
  19. Harke says:
    November 2, 2012 at 11:25 pm

    मिना जी,
    सकारत्मक लेखको लागि साधुबाद, तर समस्या काम छैन भन्ने मात्रै होइन !
    1. तीन करोड जनसंख्या भएको देशको ग्राहस्थ बजार मात्रै पनि सानो होइन……तेसैले काम छैन भन्नु त बिल्कुल गलत हो !
    2. काम छ र तेसैले दाम पनि छ ! जब दाम छ तब मन्त्री, सरकार, सरकार चलाउने डन र राजनीतिक ढलबाट सुरक्षा भने छैन !
    3. दुखको कामाइ मिठो हुन्छ….तर यहाँ त दुखको कमाइको कारणले नै ज्यान गुमाएका धेरै कथाहरु छन् !

    सानातिना अपहरण, फिरौती र हत्याको कुरा छोडौ, यहा त सर्बोच्चको अदालतको न्यायाधिसलाइ दिन दहाडै गोलि हानेर मारिन्छ, प्रहरी प्रसासन र सरकारले अपराधी पक्रन त परै जावोस, गतिलो र बिस्वाशिलो अनुसन्धान पनि गर्न सक्दैन !

    एस्तो परिस्थितिमा विदेशमा गएर काम गर्नेहरु, जसको उतै बस्ने बिकल्प हुन्छ, ९९% उतै बस्दछ्न…..देशलाई तेहा ठुलो घाटा छ! तर जसको बिकल्प छैन, तिनीहरुले त पैसा पठाएकै छन् र तेही पैसाले त मिरा साहु (हलवाई), सुनिता लामा र मीठु के सी जस्ताको मात्रै गुजारा चलेको होइन, राजनीतिक दलको चन्दा, डनहरुको हफ्ता र कर्मचारीको घुसलाइ थेगेको छ !….चेतना भया !

    Reply
    1. पुष्प says:
      November 3, 2012 at 11:50 am

      कति उही चन्दा आतंकको ढ्वांग ठोक्नुहुन्छ हर्के जी । चन्दा पनि माग्न नदिने अनि नेताले भ्रस्टाचार पनि गर्यो भन्ने ! सुबिधा दिंदा अनेक गाली गने ! यस्तो दोहोरो मापदण्ड किन ? नेता भनेका मन्दिरमा राखेको ढुंगाको मुर्ति होइनन् न त जनतालाइ लुट्ने महाराज । नेता आम मान्छे हो । क्षमताले ऊ अरुलाई नेतृत्व गर्ने हो ।

      विदेश जानुस्, पैसा कमाउनुस्, पैसा पठाउनुस; राम्रै हो । तर देशको राजनीति राम्रो भएन भनेर कुर्लने अनि नेतालाई मात्र गाली गर्नेहरूले आफै आएर पनि गरि देखाउन सक्नुपर्छ । ५० हजार को विज्ञापन गरेर ‘असल’ नेता पाउन सकिदैन ।

      Reply
      1. Harke says:
        November 3, 2012 at 8:15 pm

        यहा “चन्दा” भन्नाले जबर्जस्ति असुलिने रकम “लूट” लाइ जनाउछ !
        उक्त “लूट”को विपक्षमा कमेन्ट मात्रै गर्दापनि पिरोलिनेले एकपटक आत्मा आलोचना गर्ने की ?

        Reply
        1. पुष्प says:
          November 3, 2012 at 10:44 pm

          युद्धमा जायज के नाजायज के ? आम जनतालाई ‘लुटेको’ थाहा छैन । अर्कालाई बिनाआधार औंला तेर्स्यौनेले आत्मालोचना गर्ने कि ?

          Reply
        2. पुष्प says:
          November 4, 2012 at 9:44 am

          युद्धमा जायज के नाजायज के ? आम जनतालाई ‘लुटेको’ थाहा छैन । अर्कालाई बिनाआधार औंला तेर्स्यौनेले आत्मालोचना गर्ने कि ?

          Reply
          1. Harke says:
            November 4, 2012 at 11:43 am

            हर्केलाइ आत्मालोचना गर्न कुनै हिच्किचाहट हुनेछैन पुष्प जी, जब हर्केका कमेन्टहरु गुप्तबास जाँनेछन (तपाइको जस्तै…)….!

            Reply
          2. पुष्प says:
            November 4, 2012 at 8:14 pm

            यस्ता प्वालै प्वाल भएका मतपेटिका मा खसेको मत देखेर राम्रो र खराब छुट्याउनेप्रति टीठ मान्नुबाहेक केही गर्न सक्दिन; आत्मालोचना त धेरै परको कुरा भो ।

            Reply
          3. Harke says:
            November 5, 2012 at 1:53 am

            पुष्प..काम-रेड,
            जुन प्रकियामा तपाईले भाग लिनुहुन्छ…तेस्को सम्मान गर्न सिक्नै पर्छ….!
            यदी सिक्न सक्नुहुन्न र वा चाहनाछैन भने, तेस्मा भाग लिनु र वा अरुसंग मुख फर्काउनुको कुनै अर्थ छैन….! चेतना भया !

            Reply
          4. पुष्प says:
            November 5, 2012 at 1:23 pm

            मैले कसैले लेखेको कुरालाई आजसम्म अपमानजनक ढंगबाट प्रतिक्रिया दिएको छैन । मैले भन्न खोजेको अदृश्य ‘भोट’ हरूलाई हो, जो प्वालाई प्वाल भएको मतपेटिकामा खसालिएको भोट जस्तै ho, जसप्रति तपाईंजस्तो मान्छेको यत्रो ‘लगाव’ रहेको छ । यस्ता भोट अनि गालीगलौजले भरिएका प्रतिक्रियाले मेरा विचारलाई रत्तिभर पनि हल्लौना सक्दैन हर्के काजी !

            Reply
          5. Harke says:
            November 6, 2012 at 2:19 am

            छानी छानी पुस्प जी कै मत मात्रै चुहुने, कस्तो अचम्मको प्वाल रहेछ…..!

            Reply
          6. पुष्प says:
            November 6, 2012 at 11:08 am

            चुहिएको होइन भरिएको भन्नुस् ।

            Reply
      2. maheshmaharjan says:
        November 6, 2012 at 11:54 pm

        तपाईको कुरो त मावोबादी मावोबादी पो गनाउदो रै छ नि!धत् ठग,चोर र लुटेरा भएको यस्तरी बिज्ञापन गर्दै हिड्ने हो?चित्त नदुखाउनु होला तर तपाईहरुका लुटपाट गर्ने दिनको हिसाब सहितको अन्त्यको दिन चै हिंस्रक नै भए पनि भबितब्य आउँछ!के जनताले तपाईहरुलाई मुल्यांकन नगरेका होलान त भन्या?अब यो सब पढ्दा तपईलाई यौटा लेख त होनी भन्ने लाग्दो हो तर हेर्नुस जनताको मन मुटुको ज्वालामुखी बिस्फोट हुने दिनमा मेरो यहि लेखलाई झल्झली याद गर्नु होला है त पुष्पज्यु !!!!

        Reply
        1. पुष्प says:
          November 7, 2012 at 3:44 pm

          राजदरबारको वरिपरी आफ्नो दिन काट्नेहरू को कुरा गर्नुभा महेशजी ? त्यो त देखिरखेकै कुरा हो । अहिलेको अवश्था ती राजाकाजी साहेबहरूका ‘प्रजा’ को मनमुटुको ज्वालामुखी विस्फोटले ल्याएको हो र यसलाई सुधार गर्दै लानु पर्छ र भैरहेको पनि छ । माओवादीविरोधी चश्मा फल्नुस, आशाको राम्रो किरण देख्नुहुनेछ ।

          Reply
          1. महेश महर्जन says:
            November 7, 2012 at 6:39 pm

            राजतन्त्र निरंग्कुश थियो ढल्यो ! अनि जनतालाई किन उल्लु बनाउनु हुन्छ तपाईहरु जसले तपाइहरुलाई चोर,ठग अनि हत्यारा भन्ने गर्छन उनिहरुलाई अरुका नज़रबात झार्न “प्रतिगामी”,”राजतन्त्रबादी” आदि नाम उपनाम गुथाउनु हुन्छ ! शब्द-बाणको तीर छोड्न कसले सिकाउनु पर्छ तपाइहरुलाई ! चीनको तेत्रो महान नेता माओको नाम चोरेर मात्र के काम? थाहा छ जनताले तपाइहरुलाई नयाँ नामबात् न्वारान गरेकाछन “खाओबादी” ! के राजा राजा भन्नु हुन्छ त्यो राजा हटाउनुको रहस्य हाम्लाई थाहा नभा हो र? त्यो राजा भन्दा त तपाइँ नयाँ राजाहरु नै पैसावाल भैसक्नु भो कि कसो?

            Reply
          2. पुष्प says:
            November 7, 2012 at 11:00 pm

            भनाइ छ सबैलाई खुशी बनाउन खोज्नु हुन्छ भने तपाईंले कसैलाई पनि खुशी बनाउन सक्नुहुन्न । अमेरिकाजस्तो लोकतान्त्रिक देशका रास्ट्रपतिले त लगभग ५०% जनताको प्रतिनिधित्व गर्छन । अर्थात ओबामाले समेत आधा नागरिकको मात्र चित्त बुझुना सफल भएको छन् । राजतन्त्रका अवशेष र प्रजातन्त्रको ब्वाँसाहरूलाई देशमा भैरहेको आमूल परिवर्तन कसरी पचोस ? अनि साधुलाई चोर भन्दैमा साधुले आफूले आफूलाई चोर मान्छ र ?

            Reply
  20. Nabin says:
    November 2, 2012 at 11:15 pm

    सारै राम्रो लेख. तर के गर्ने, नगरपालिका ले उनीहरुलाई बसी खान दिदैन, मैले धेरै पटक काठमाडौँ महानगरपालिका को बिज्ञापन सुनेको छु, फुटपाथ मा पसल थाप्न नपाउने भनेर अनि, रत्नपार्क तिर महानगरपालिका का कर्मचारी हरु ले उनीहरु लाइ लखेटेको हेर्ने मौका समेत पाएको छु . यो लेख चै महानगरपालिका मा लगेर सबै लै पढ्न दिने बेला भयो. बिचरा महानगरपालिका का मान्छे ले पनि के गरुन, यहाँ बाटो मा बसेर बेबसाए गर्ने हरु ले खर्च काटेर महिना मा १५०००/- बचत गर्छन उता महानगरपालिका का कर्मचारी को तलब जम्मा १५०००/- हुन्छ. तेही फुटपाथ मा बेच्ने भएको ले खाने कुरा पनि सस्तो मा पाइन्छ. नत्र काठमाडौँ मा बस्ने धेरै मान्छे ले बाहिर खाजा खाने कल्पना सम्म गर्न सक्दैन थिए. रह्यो कुरा महिला को बास्तबमै काठमाडौँ लगाएत नेपाल भरि नै महिला हरु हरेक काम मा अग्रसर हुन्छन र भै रहेका छन्. सडक पेटी मा बेबसाए गरेर नानी हरु लै राम्रो शिक्षा दिने सम्पूर्ण आमा हरु प्रति मेरो नमन. सरकार ले सडक मा बेबसाए गर्ने हरु प्रति राम्रो नीति लागु गरोस.

    Reply
  21. Rabindra Tiwari says:
    November 2, 2012 at 7:38 pm

    लेख त ठिकै हो ………….तर याँहा सानातिना व्यापार गर्नेको समस्या कसले बुझिदिन्छ …?? फुटपाथ मा समान फिजाउने को पनि खैरा पोसाक लगाउनेले दिने दुख: कम्ति सास्तीको हुन्न । अन्य घुमी हिंड्नेको पनि आ आफ्ना समस्या छन् । कतै छोटा डन लाई खुवाने सम्मको व्यथा लुकेको हुन्छ । नयाँ बसपार्क आसपास, कलंकी , भृकुटी मण्डप लगायत शहरका विभिन्न भागमा चलेका टहरे पसलको समस्या झन् नाजुक छ । अदृश्य रुपमा मोटो रकमको समेत चलखेल हुनेरेछ । यस्ता साना तिना व्यापार गरि खानेहरुलाई बिना कुनै समस्या आफ्ना कार्य संचालन गर्ने वातावरण मात्र भए पनि ठुलो मान सम्मान हुनेथियो …..यिनलाई कसैको नगद पुरस्कार र माल्यार्पण को जरुरि देखिन्न ।

    जय नेपाल ……….!!!!

    Reply
    1. Ram Bahadur Thapa says:
      November 3, 2012 at 12:53 am

      तिवारीजी, म त भन्छु काठमान्डूका फुटपाथ कब्जा गरेर व्यापार गर्ने सबैलाई खेद्नु पर्छ, तपाइंले त उनीहरुले जसरि राजधानी खत्तम पारेका छन्, त्यसको जोडतोडले समर्थन गर्नु भएछ, तर के तपाईं अन्य देशको राजधानी हेर्न जानु भएको छ ? देश छोडौं, सिक्किमको राजधानी गान्तोक मात्र पनि हेर्नु भयो भने बुझ्नु हुनेछ शहरको सुन्दरता कसरि कायम राखिएको छ | हाम्रो काठमान्डू जस्तो रद्दी राजधानी अन्त कतै नहोला | त्यही साना तिना व्यापार गर्ने र टहरे पसल खोल्ने र पैसा खुवाएर अवैध धन्दा चलाउनेहरु लाइ राजधानी कटाउनै पर्छ | महानगरपालिकाले खैरो पोसाक लाउनेहरुको संख्या अझ बढाएर लानु पर्छ र जे जति दुक्ख, सास्ती, चुटाइ, गोदाई दिनु पर्छ दिनु पर्छ | पुलिसले पनि अलिक मर्ने गरेर लाठी बजार्नु पर्छ भनेको नटेर्ने लाइ | जब सम्म यसरि कडाइ गरिन्न, काठमाडौँ झन् झन् कुरूप र अव्यवस्थित बन्दै जान्छ | यस्तो प्रथालाइ बन्द गर्ने पर्छ |

      Reply
      1. Rabindra Tiwari says:
        November 4, 2012 at 4:17 pm

        थापा जी, तेती कठोर हुन अहिलेनै सकिन्न । पैसाको आड मा जहाँ यो गर्न हुन्न भन्छ , तेइ भैरहेको छ । सक्ने भए २/४ हजार लगानीका फुटपाथे र टहरे पसल खोलेर जीविका चलाउनेलाई होइन, शहर नै कुरूप पारेर टहरा बनाएर अनि पैदल हिंड्ने ठाउँ कत्ति नदिएर फुटपाथे राखेर अदृश्य रुपमा अघाइरहेका खानेदाऊहरुको पहिचान गरेर तिनलाई चाही उपत्यका कटाउने कार्य चाँही उत्तम हो । यसकालागी पहल गरिदिने निकाय खोइ हामीकहाँ ……?? यिनी खैरा कपडा लगाउनेले ५०/६० रुपिया हात पर्यो भने नदेखे जस्तो गर्ने व्यवहार हाम्रै अगाडी छर्लंग छंदैछ । देशै त नदेखे जस्तो गरेर सिध्याउन लागेको बेलामा हामी जनता निरिह भैसकियो अरुको के कुरा गर्ने र …..????

        Reply
      2. pratik says:
        November 9, 2012 at 4:01 pm

        यहाँ हरेक कमेन्ट पढ्दा अनौठो लग्यो/ यहाँ कसैले पनि फूत्पठे ब्यापारी लै समर्थन गरेको हैन / यो लेखमा जहाँ सम्म मैले बुझें स्वरोजगार र आफ्नै देशमा बसेर केहि गर्ने भावना बिकसित गर्न खोजिएको हो कि???

        Reply
  22. dilip gurung says:
    November 2, 2012 at 7:30 pm

    मेहनत लाएर गर्ने काम कहिले सानो हुदैन| त्यसलाई हेर्ने दिमागको बारेमा भन्न सकिन्न| बास्तबमा नेपाली हिरोनीहरु यिनीहरु नै हुन्| मेरो सलाम|

    Reply
  23. Shyam says:
    November 2, 2012 at 7:13 pm

    के विदेश गएर आफ्नो मेहनत को बल मा गरेर खानु के पाप हो र? किन सबैले यहि कुरालाई यति नाराम्र संग ब्याख्या गरेको? विदेशमा काम गर्नेले कसैलाई लुटेर या चोरेर या कसैलाई ठगेर बसेको छ जस्तो त लाग्दैन …. आफ्नो मेहनतले जहाँ बसेर गर्दा पनि हुन्छ…. अनि यो लेख लेख्ने मान्छेलाई जति देशको अझ भानु आफ्नो परिवारको माया लाग्छ…. उनीहरुलाई पनि लाग्छ… कसैको कमजोरी प्रति तिता शब्द पोख्न कृपया बन्द गर्दा नै राम्रो होला कि! मलाई पक्कै थाहा छ परिवार पाल्ने जिम्मा ति विदेश जाने को नै हुन्छ न कि तपाई गएर तिन्हारुको परिवारलाई पाली दिनु हुन्छ.. बाटो मा बसेर भिख माग्नेलाइ कति सजिलो छ भन्नलाई गएर काम गरेर खान सक्दैनस भनेर…. तर के तपाई साची नै उसलाई काम दिन सक्नु हुन्छ? मेरो हजुरलाई एउटा प्रश्न…… मा यहाँ जसरि काम गैर आफ्नो पढाई अनि नेपाल मा परिवार धानी रहेको छु…. हजुर मलाई नेपाल मै काम दिएर हेर्नुस अनि त्यो कमैले मा नेपाल मै बसेर पढाई पनि गर्न सकु अनि आफ्न परिवार पनि धान्न सकु…..मा बाचा गर्छु मा नेपालमै फर्किनेछु…..

    Reply
  24. Luna says:
    November 2, 2012 at 6:20 pm

    ” जाँगर चलाउने हो भने पैसा कमाउनलाई विदेश जानु तथा कुनै ठूलो कार्यालयमा जागिर खानुपर्दैन, पहिचान गर्न सके काम र दाम यहीँ छ।”
    मिना जी लाई धेरै धन्यवाद .
    हाम्रा मिडियाहरुले यसरी नै प्रोत्साहन दिने काम गरे समाज उँभो लाग्न धेरै समय लाग्दैन .
    हाम्रो समाजमा पढेलेखेका शिछित बर्गको सोच अत्यन्तै संकुचित छ अझै पनि . यो तितो यथार्त हो . आफ्नो खुट्टामा आफै उभिन सक्ने काम ( जस्तो कि माथि आर्टिकलमा मिना जी ले उदाहरण दिनु भा’छ ) यस्ता काम गरेर आय आर्जन गर्न लाज मान्छन् , तर तिनै बर्ग बिदेशमा जस्तै काम गर्न पनि तयार हुन्छन् . लाखौ खर्च गरेर विदेश पुगी काम नपाउनेहरु भौतारिरहेका छन् बिदेशी भूमिमा , काम पाउन सकेकाहरुले काम गरिरहेका छन् जुन काम नेपालमा चै गर्न सरम मान्छन् .

    माथि मिना जी ले दिनु भा’को उदाहरण — त्यसरी आफ्नै खुट्टामा उभिएर काम
    गरि आय आर्जन गर्ने स्वाभिमानी नेपालीहरुको संख्या थोरै भएको अबस्थामा
    हाम्रा मिडियाहरुले तिनका स्वाभिमानी कामलाई पुरस्कारको ब्यबस्था गरि ( पुरस्कार भनेर पैसा नै दिनु पर्छ भन्न खोज्या होईन , समाजका चिन्तनशील सेलिब्रेटीहरु ( जो नेपालको उत्थानमा लागि परेका छन् त्यस्ता व्यक्तित्वहरु ) मार्फत धन्यबाद स्वरुपको प्रमाण पत्र या यस्तै केही — प्रदान गरेर ति स्भाभिमानी नेपालीहरुको काम – आय आर्जन सम्बन्धि प्रचार प्रसार हुन सके
    अन्य व्यक्तिहरु जो नेपालमा क्यै गर्नै सकिदैन भन्दै हजारौ हजार अनि केहि लाख
    ऋण धन गरेर बिदेसिएका छन् या बिदेसिने सुरमा भौतारिएका छन् ति जमातलाई
    मार्गदर्शक हुने थियो .
    उसो त हाम्रा केहि मिडियाहरुले सक्दो प्रचार त गरेकै छन् , हाम्रो सरकारले पनि
    संचार मन्त्रालय अन्तर्गतबाट केहि प्रतिशत रकम हाम्रा मिडियाहरुमा खर्चिनु पर्छ
    नेपालीहरुलाई स्बाबलंबन बनाउने हेतु यस किसिमका प्रचार प्रसार कार्यमा .

    Reply
    1. निमेस says:
      November 5, 2012 at 10:30 am

      “हाम्रो समाजमा पढेलेखेका शिछित बर्गको सोच अत्यन्तै संकुचित छ अझै पनि . यो तितो यथार्त हो”
      सहि कुरा लेख्नु भो लुना जी; देश अधोगति तर्फ लाग्नुमा मुख्य भूमिका त पढे लेखे कै बर्गको रहेको छ, बिचरा गाउँका अनपढ निमुखा जनताले के बिगारेका छन् र? लेखक र तपाइको विचार मन नपराउने (रातो टिक) पढे लेकेकाहरु कै सौजन्य हो नी!

      Reply
  25. Basanta Thapa,Maryland,USA says:
    November 2, 2012 at 5:48 pm

    कुनै काम सानो हुदैन \ सानो लगानी र काम बाट पनि राम्रो आम्दानि हुन्छ \ मन ,जागर र आट आफ्नै ठाउमा लगाउनुस धेरै खर्च गरेर विदेश आइरहन पर्दैन आखिर ९०% नेपालीले गर्ने काम सानो र गाह्रो हुन्छ बिदेशमा \ १\२ बर्ष विदेश जान खर्च गरेको रकम उठाउन लाग्छ भने विदेश जानुको खासै उपलब्धी भएको पाइदैन \
    मिनाजी ले प्रस्तुत गर्नु भएको उदाहरण नै काफि छ आफ्नै देशमा राम्रो आम्दानी बनाउन सकिन्छ \

    Reply
  26. रबिन्द्र राज गिरी says:
    November 2, 2012 at 5:11 pm

    एकदम सकारात्मक लेख | यसै गरि सबैले सकारात्मक रुपमा सोचेर स्वदेशमा नै पशिना बगाउने हो भने हामी कहाँ पुग्थ्यौं होला |

    हामी नेपालीको कस्तो चरित्र छ भने (१) अरुको देखासिखी गर्ने| अरुले घोडा चढ्यो भने आफु धुरी चढ्न खोज्ने, (२) मेहनत नै नगरेर चोर बाटोबाट धेरै कमाउन चाहने, (३) त्यो नमिले सके सम्म थोरै मेहनत गरेर सबै भन्दा धेरै चाहिने, (४) गफ गर्न संसारमा अरु कसैले नभ्याउने, (५) सबैलाई अनाबश्यक मान-सम्मान चाहिने, (६) काम गर्दा इज्जत जाने | अनि कसरि हाम्रो उन्नति हुन्छ ? बिदेशमा गएर जे काम गर्न पनि हुने, आफ्नो देशमा चाहिं राम्रो र नराम्रो काम हुने |

    Reply
    1. neerose says:
      November 2, 2012 at 11:15 pm

      कहिपनि पुग्दैनथेउ, तेही नेपालमै हुन्थेउ!

      Reply
  27. Durga Adhikari says:
    November 2, 2012 at 4:48 pm

    हे नेपाली आमाहरु तिमीहरुलाई मेरो आत्मै देखि सलाम/ आफ्नो देश र बिसम परिस्थिका बाबजुद तपाईहरुले कामलाई सम्मान गर्दै प्रस्तुत गर्नु भयको कर्मको प्रसंसा गरेर सकिदैन/ तपाईहरुले नै हाम्रो देशको अर्थतन्त्रलाई बचाही रहनु भयको छ/ अनि तपाईहरु जस्तै आमाहरुका कोखबाट एस देशको भबिस्य निर्माण गर्ने सपुतको जन्म हुनेछ, एस कुरामा मलाई कुनै संका छैन/ जय मातृभूमि/

    Reply
  28. sandeep Rimal says:
    November 2, 2012 at 3:35 pm

    A big Salute to those brave ladies!

    Reply
  29. chatur rai says:
    November 2, 2012 at 3:33 pm

    मूलत:..हामी नेपालीहरु आफनै घरको कामगर्न लजाउने, यसरी फुथपाठमा गएर कामगर्नु त झन् टाढाको कुरा भो, जुनहामीसंग आफु ठुलो हुँग भन्ने अहमता वा संकीर्णता सोचाईबाट जबमुक्त हुदैनौ, तबसम्म हामी विदेशीहरुको जुठोभाँदो मात्र नभई शरीर पनि मालीस मलायम गरिरहनु पर्ने हुन्छ , बिदेशमा जे गर्नलाई पनि ठिकै….तर आफ्नै देशमाचहि गल्लि ..गल्लि र चोकहरुमा गफ र भासनदिदै ठिक्क एकजना साथीले भन्नु हुन्थ्यो हामी नेपालीहरु काम होईन कुरा गर्छो …सत्य हेर्नुहोस त राजधानीको खुलामन्चमा दिनमा कति कुरा गर्नेहरु हुन्छन सायद हाम्रो नेपालमा बाहेक अरु देशहरुमा यस्तो कामबिनको जत्त्रा हुदैन होला ? जुनसुकै कामलाई सम्मान गर्न जीवन जिउन सरल छ ,

    Reply
  30. sanjeev adhikari says:
    November 2, 2012 at 2:50 pm

    धेरै लगानी पनि गर्नु नपर्ने ,लगानी डुब्ने र सुरक्षित नहुने भन्ने डर पनि नहुने कामै पनि राम्रो हुने बह्यापानी समाजले साना ब्यबसाहिहरुलाई हेर्ने नजर फरक भयकोले गर्दा त्यो भन्दा धेरै निम्न कोटीको कम गरेर मासिक त्यो भन्दा निकै थोरै कमै गर्नपनि बिदेशनै जानुपर्ने बाध्यता छ नेपालमा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme