Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुशील दालाई गीत गाउने रहरले अझै छाडेन

Posted on November 12, 2012November 12, 2012 by mysansar


जिब्रोको क्यान्सरका कारण प्रष्ट बोल्न नसक्ने नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालालाई अचेल भाका हाली-हाली गीत गाउने खुबै रहर लागेको छ। अस्ति बसन्तपुरमा भएको पार्टीको आमसभामा उनले गीत गाए। आज ट्रेड युनियनहरुको कार्यक्रम भएको थियो राजधानीमा। सबै दलका भ्रातृ संस्थाका रुपमा रहेका ट्रेड युनियनहरुको उपस्थिति थियो। अनि शीर्ष नेताहरु पनि। एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी अध्यक्ष प्रचण्ड पनि उपस्थित भएको कार्यक्रममा सुशील दाले फेरि गीत गाइदिए। गीत उही। क्रान्तिको गीत।

नेपाली…
अघि बढ हालतमा क्रान्ति झण्डा लिई…
नेपाली…

वसन्तपुरमा पो अरु दलका कार्यकर्ता थिएनन्, कङ्ग्रेसका मात्र थिए। यहाँ त अरु दलका मजदूर नेता र कार्यकर्ता पनि थिए। उनीहरुमात्र हैन, झलनाथ र प्रचण्ड पनि हाँसे।

प्रचण्ड र झलनाथ त सुशील दाले ‘अब म एउटा गीत गाउँछु’ भन्दा नै मुसुमुसु हाँसिसकेका थिए। जिब्रोले साथ नदिए पनि भाका हालीहाली गाउन थालेपछि अन्य सहभागी नहाँस्ने कुरै भएन।

अब चैँ सुशील दाको पारो चढिहाल्यो। गीत गाउँदा गाउँदै रोकिए। अनि थर्काए- ‘नहाँस्नुस्, यो हाँस्ने बेला होइन, गम्भीर हुने बेला हो।’

अब अर्को नेताको पालो- झलनाथ खनाल। उनले बोलिरहँदा झ्याप्पै बत्ती गयो। लोडसेडिङ!

जेनेरेटर चलाएर बत्ती नबलेसम्म सभाहल अन्धकार। बत्ती बलेपछि झलनाथले भने- राष्ट्रिय सहमति हुन नसक्दा मुलुकमा लोडसेडिङ जस्ता समस्या आएको हो। यसको मुख्य जिम्मेवार एमाओवादी र प्रधानमन्त्री बाबुराम भट्टराई हुन्।

राष्ट्रिय सहमति कायम हुने बित्तिकै लोडसेडिङ पनि हट्छ भने जसरी भाषण गरेपछि प्रचण्डलाई पनि पारो तातिहाल्यो। आफ्नो पालो आउने बित्तिकै उनले पनि भाषण ठोकिहाले- ‘यहाँ कार्यक्रमको बीचमा बत्ती गएर मात्रै दिउँसै अँध्यारो मात्रै भएन झलनाथजीले राजनीतिक इतिहासको तथ्यलाई तोडमोड गरेर पनि दिउँसै रात पार्न खोज्नुभयो।’

ल हेर्नुस् हावा नेताहरुको ताल। देश जेठ १४ बाट अलिकति पनि अघि बढ्न सकेको छैन। मेरो गोरुको बाह्रै टका गरिबसेका नेताहरुका कारण सहमति-सहमतिको रटान मात्रै। सार्वजनिक कार्यक्रममा समेत कोही गीत गाउने, कोही घोचपेच गर्ने, अनि अघि बढ्‌छ देश? (फोटो सौजन्यः दीपेश श्रेष्ठ)

सुशील कोइरालाको गीत सुन्न छुटाउनु भएको भए सुन्न तलको भिडियो क्लिक गर्नुस्-

50 thoughts on “सुशील दालाई गीत गाउने रहरले अझै छाडेन”

  1. Parshuram Nepal says:
    November 20, 2012 at 1:21 pm

    डेअर मदन जी
    सन् १९५० को आन्दोलनको बेलामा बिपी कोइरालाको भूमिकाको बारेमा थप प्रस्ट पारिदिनु भए आभारी हुने थिए.

    Reply
  2. Sonam Sherpa says:
    November 18, 2012 at 7:18 pm

    बोरा फाटेको भन्दा त राम्रै होला नि ? देश जलिरहेछ नेता भनाउदा गईरहेछ यस्तै हो / के भन्नु र. कुरा गर्यो कुरेको दुख

    Reply
  3. शरद श्रेष्ठ says:
    November 16, 2012 at 3:32 pm

    मावोबादिले कथित “जनयुद्ध”को नाममा जनता झुक्यायो ! एमाले नाम मात्रैको कम्युनिष्ट !अनि यी कांग्रेस भनाउँदाहरु हिजो देश लुट्न नपुगेर अझै कुर्सि धुकिराखेका! कस्तो भाग्य लिएर आयेछौँ हामी नेपालीले देश त गरिब थियो नै नेताहरु अझै लुटेराहरु !

    Reply
  4. kumar tamang says:
    November 16, 2012 at 2:34 pm

    सज्जन मित्र, तपीहरुको कम्मेन्ट पडेर मलाई पनि केही
    एक दुई सब्द लेखनकोलागी उत्सुकता जाग्यो र हुन त्
    यहाँ के देखियो भने जो कम्मेन्ट गर्ने नै कोही ए मा बा। का भरौटे, रखौटे,
    र पुछारे अनि ने का . कोही माले, झुले, तारे सबै आ-आफ्नो लाईन वा पंक्तिमा
    उभिएको देखिन्छ भने वास्तविक वर्तमान अवस्थामा नेपाल देशको कुन पार्टीले
    जनताको हित गरेको छ ? के यी चार ठुला पार्टीहरुले बिकाश गरेर होला देशमा महंगी
    नियन्त्रण भएर गरिब जनताको गाँस बाँस कपास हरेक नेपालीको घरमा बिजुली, स्वच्छा
    पिउने पानी, मौसम अनुरुप लत्ता कपडा, चिनी, दाल। अति आवस्यक बस्तुको मूल्य निर्धारण
    गर्न नसक्नु के अहिलेको नेताको प्रगति वा उपलब्धी हो ल भन्नुहोस कसले के गरे ? हिजो सर्बहारा
    बर्गको नेत्रिप्तो गर्दा गरेको भाषण र बचन पुरा गरे ? कुन जिल्ला, कुन गाऊ ठांउ र जनताको जिवन इसतर माथि उठायो
    भन्नुहोस् सिमित जसले चाप्लुसी, चाकरी भरौटे, कुरौटे गर्यो उसले पायो होला तर जहाँ गरिब, पिडित छन् त्यहाँ नेता पुग्या
    छैन भने अब आउने दिनमा हामी सबै युवा नेता, कार्यकर्ता मिलेर यस्तो पार्टी इस्थापना गर्नु पर्छ जो नेता पुराना छन्
    र कार्यकर्ता छन् तिनलाई हटाई नयाँ देश, नयाँ मोडेल बनाएर सत्ता चलाउनु पर्छ कि जसरी बुढो रुखको सदुपयोग गरेर
    नयाँ बिरुवा रोपी हरा भरा हरियो बन भने जस्तै नेपाललाई नयाँ ढाँचा मोडेल बनाउनु पर्छ 14 अंचल 75 जिल्लाबाट नयाँ
    प्रतिनिधिप्तो गर्नु पर्छ र यी पुराना नेता तथा कार्यकर्तालाई बनबास पठाएन भने पन्ड़प कौरब को जन्म हुन्छ त्यसैले हामी
    नै अगाडी बढ्नु पर्छ जय नयाँ नेपाल

    Reply
  5. Samar says:
    November 14, 2012 at 9:21 pm

    कङ्रेस र एमाले सत्तामा गएचै लोड्सेटिङ काम हुन्छरे? के उनिहरुलेचै कार्यकर्ता लगेर कुलेखानिमा सु सु गराउछन रे?

    Reply
    1. mahesh says:
      November 15, 2012 at 12:38 am

      शुशील , शेर बहादुर र रामचन्द्र मिलेर “सुशेरा” नाम को ब्याण्ड खोले त हुने थियो नि. एल्बम नबिके पनि नेबिसंघे र कांग्रेससि ठिटा हरु लाइ कथित आन्दोलन मा समय काट्ने मेसो त हुने थियो.

      Reply
  6. bisas adhikari, sydney says:
    November 14, 2012 at 5:35 am

    थुइया.. झुसुले बुढो. बाँस चढ्ने बेलामा के को क्रान्ति ? देसको क्रान्ति को निकै ठुलो चिन्ता भए पहिले आफै सहिद भएर देखाऊ…नत्र जनता मारने सड्यन्त्रमा नलाग..वाइयात बुढो..

    Reply
  7. kisaan Thapa says:
    November 13, 2012 at 10:14 pm

    मर्ने बेला मा लामबाहुले सुरुवाल

    Reply
  8. Suraj Shrestha says:
    November 13, 2012 at 9:50 pm

    हे भगवान !
    हाम्रो नेपाली गायकहरुको जागिरपनि यी नेताहरुले खाने भयो !!

    सुरज श्रेष्ठ

    Reply
  9. sindholung sbbha says:
    November 13, 2012 at 3:37 pm

    तीन जना बाहुन बुढाहरुले हसाउनु पनि कति हसाएका होलान l देस र जनताको सवाल येकातिरछ l गीत गाएर उधुमछ बा ! मर्ने वेला हरियो काक्रो भनेको यहि त होला राम जाने l

    Reply
    1. loknath says:
      November 13, 2012 at 8:12 pm

      आहा क्या मिठो गाना !!! त्यो पनि देश भक्ति को गाना सुसिल जी यो गाना हरु समेटेर album निकाल्नु पर्यो होइन भने एस्तो राम्रो पर्तिभा तेस्है खेरा जान के बेर ….!!!

      Reply
    2. Aakar Bhsuna Nepali says:
      November 14, 2012 at 12:45 am

      जे मा पनि जात!
      होइन होउ लुङ्गा यसो आफ्नै धोति खुस्केको पत्ता लगाउने पनि जाँगर चलाओउ न | तिन जना “बाहुन बुढा” भन्नुको सट्टा “तिन जना बुढा” भने हुँदैन ?

      Reply
    3. शरद श्रेष्ठ says:
      November 16, 2012 at 3:40 pm

      होइन तपाई पढेलेखेको मान्छे चै लागेन है सर ! तपाइँलाई के लाग्छ यहाँ सुझाब पोख्नेहरुमा बाहुन छैनन् जसले सुशील बुढोको सात्तो लिएका छन ! “बल हैन दिमाग लगा पासा दिमाग”!

      Reply
  10. Hari Gautam says:
    November 13, 2012 at 2:37 pm

    सबले बनाए नेपाल लाइ एउटा नौटंकी देखाउने ठाउँ ! नेताहरुको के कुरा गर्नु कहिले पनि नसुध्रिने | यिनीहरुलाई कस्तो लाज अनि घिन पनि लाग्दैन ?

    Reply
  11. sandip kharel says:
    November 13, 2012 at 2:18 pm

    राम्रो छ !

    Reply
  12. राजकुमार says:
    November 13, 2012 at 1:56 pm

    बुढा ले हसायो ! के गरेको होला यो नौटंकी | हेर्दा पनि लाजै लाग्ने |

    Reply
  13. yash says:
    November 13, 2012 at 1:03 pm

    जिब्रोकै क्यान्सर भएका अन्तिम अवस्थाका बुढालाइ के खिसी उडाउनु र खोइ ? तर यिनको केटाकेटि पन देखेर … लाई भन्दा देख्नेलाइ लाज भन्या जस्तो भैसक्यो | निभ्ने बेलाको बत्ती |

    Reply
  14. तेन्जिंग गाबा says:
    November 13, 2012 at 12:29 pm

    बिचरा सोझो(लगभग सुस्त मनस्थिति नै) बुढोलाई
    दुइ जना कागको फूल चोरेर ल्या भन्दा गूंड नै बिताई दिने चण्डालहरुले उडाउनु उडाएछन्

    Reply
  15. khem says:
    November 13, 2012 at 11:40 am

    मर्ने बेला मा हरियो, काँक्रो, राम – राम भन शुशील बजे, के भाको आजकल को मान्छे हरुलाई यो बुढो लाई ‘दा’ भन्ने, दा हैन्न ‘डां’ डांडा कटाई देऊ.

    Reply
  16. Manoj Karki says:
    November 13, 2012 at 11:11 am

    शुसिल दा अकर्मन्य नेता हुन् तर प्रचण्ड जस्तो अपराधी, भ्रष्टाचारी,ढोगी, नौटंकी र खुराफाती चैं होइनन | यी बुढाले गीत गाउँदा खिसी गर्नु भनेको रोगी र बुढ्यौलीको उपहास गर्नु हो | मित्रहरु अलिकति मानवीय संवेदनशीलता राखेर कमेन्ट गर्दा राम्रो होला | भोलि तपाईं हामी ७०-७५ वर्ष पुग्दा स्वर अहिलेको जस्तै तन्नेरी रहला र ?
    जे होस् शुसिलदा, तपाईंले विश्राम लिने बेला चैं भएकै हो | युवापुस्ताको नेतृत्व क्षमतालाई बन्देज गर्न खोज्नु तपाईंको कमजोरी हो |तपाईंमा लोकतान्त्रिक दलको नेतृत्व क्षमता नि देखिएन अनि खुम बहादुर जस्ता राज्यका अपराधिका पक्षमा बोलेर तपाइंले भुल गर्नु भो | बाँकि आफैं विचार गर्नुहोला |

    Reply
    1. khem says:
      November 14, 2012 at 7:02 am

      हैन दोस्ती मैले तपाइको भावना भुझे, शुशील को यो उमेरो भनेको गीत गाउने हैन के, रामायण को स्लोव्क गर्ने बेला हो, भन्न खोजेको

      Reply
    2. Harke says:
      November 14, 2012 at 12:34 pm

      १००%….!
      कांग्रेसमा लागेका रोगहरुमा, “नमरुन्जेल सम्म पद चाहिने रोग” पनि एउटा महारोग नै हो…!

      Reply
      1. पुष्प says:
        November 14, 2012 at 8:32 pm

        एउटा झूट हजारचोटी भनेपछि त्यो पनि साँचो हुन्छ भनेर साम्यवादीहरूले भने गरेको गोयबल्स शैली हर्केजीले पनि अपनाउन थाल्नुभएछ; त्यो पनि शतप्रतिशतमा !

        Reply
  17. रमेश के सी , सोलुखुम्बु says:
    November 13, 2012 at 10:47 am

    गिरिजा प्रसाद ले पनि आफु मर्नु भन्दा १ बर्ष पहिले यसरीनै गीत गएर आफुले देश माथि गरेको गद्दार को प्रयाचित गरेका थिए …..

    Reply
  18. Raj Sharma says:
    November 13, 2012 at 10:46 am

    खड्का जी को याद आयो

    Reply
  19. indra kale chhantyal usa says:
    November 13, 2012 at 10:21 am

    हाहा मर्ने बेलामा कमिलाको पखेत्ता उम्रिन्छ भने को यहि हो

    Reply
  20. Amrit Kumar says:
    November 13, 2012 at 10:08 am

    शुशील दा इन्डियन आइडल वा नेपाली तारा जाने तयारी गर्दै छन् कि कसो ??

    Reply
    1. jeevan verma says:
      November 15, 2012 at 12:17 am

      इन्डियन आइडल मा त एमाले का बरिस्ट नेता के पी ओली र बाबु राम भट्टराई को छनोट भैसकेको जान कारी मा आएको छ | तर समस्त मा के पी ले बाबु राम लाई पछार्ने पक्का छ| नेपाली कांग्रेस अब इन्डियन आइडल को प्रतिस्पर्ध बाट हटी सकेको छ किन भने तेस्रो स्थान मा सुर्य बहादुर थापा आजन्म चुनिएका छन् |

      Reply
  21. raj says:
    November 13, 2012 at 9:47 am

    सधै जनता लाइ कति रुवाउने मर्ने बेलामा भए पनि अलि हशाई दिम न भनेर गएको जस्तो छ. स्वर को त के कुरा गर्ने , जस्तो राजनैतिक जीवन उस्तै . राष्ट्रिय सरकार को लागि उम्मेदवार तोक्नुस भनेर प्रचंडे ले गोटी खेल्न खोज्दा सम्म नाम दिन नसक्ने हुतिहारा ले भुत्रा को क्रान्ति गर्न प्रेरित गर्ला. आफु आज कि भोलि जाला जस्तो छ भनेर हासेका बाकि दुइ दाजुभाई हरु .

    Reply
  22. mahendra bhandari says:
    November 13, 2012 at 9:40 am

    आज काल त यी नेता भनौदा हरु लाई देख्दा पानी जुत्ता को माला लगाईदीन मन लाग्छ।

    Reply
  23. पुष्प says:
    November 13, 2012 at 8:20 am

    चटक हेरेर पनि कोही गम्भीर हुन्छन् र सुशील दा ?

    Reply
  24. बिक्रम नेपाली says:
    November 13, 2012 at 6:10 am

    साथीहरु, यो दृश्यलाइ अलिकति फरक ढंगले विश्लेषण गरि हेर्नुहोस त – अहिलेका शिर्षस्थ नेताहरुको यति सानो प्रतिकृयाले पनि उनीहरुले नेतृत्व गरिरहेको पार्टीका क्रियाकलापलाई कसरी प्रतिनिधित्व गरिरहेको छ?

    सुशीलदाको “निर्लज्ज रोदन” वास्तवमा विगतलाई सम्झेर कांग्रेसले आत्मरति लिने गरिरहेको पात्र मात्र हो । उतिबेलाको कांग्रेसलाई सम्झेर खोक्रो, पुरातन सोचले ग्रस्त, पश्चगमनको नाइकेसंग आत्मरति लिने “मुड”मा अब जनता छैनन् भन्ने कुरा उनलाई हेक्का नै छैन । जसरी उनले वरिपरीको माहोललाई बुझेनन् बुझेनन् र वास्ता नै नगरी आफ्नै तालमा बिन बजाए, त्यसरी नै कान्ग्रेसले जनताको एजेण्डाहरु बुझ्दैन, त्यहि भएर बारम्बार जनता देखि टाठा हुँदै चित खाँदै पनि छ । तिनको अजेंडा भनेकै आफ्नो “सर्वसत्ताबाद हो” अर्थात उनीहरुको गन्तव्य भनेकै कुर्सि उपलब्ध गराइदिन जनताले तिनकै स्वरमा आन्दोलन गरि नाचिदिनु पर्ने मात्र हो र त्यसो भए सबै थोकको निकाश हुने रहेछ । अर्काको ‘सर्वसत्ता’ समाप्त गरेर आफ्नो ‘सर्वसत्ता’ कायम गर्नका लागि कोही मूर्ख छैन, आन्दोलनमा होमिन । “कुर्सि तिमीहरुको भै दियो ल गरिखाऊ” भन्ने मात्रै हो भने आफ्नै पार्टीमा प्रम हुन आफु आफु नै सेरिने छन् ।

    उता परिस्थिति अनुसार बदलिने र मौकामा चौका ठोक्ने आफ्नो पार्टीको स्वभाव अनुसार झालनाथले “पुंग न पुछरको कुरा” जोडी हाले । सेतोलाई कालो, कालो सेतो बनाउने विचारले युक्त विचारविहीन निकाशसुन्य खोक्रो पथभ्रस्ट कम्युनिस्टपाथका नाईके एमालेका झलनाथले शब्दजाल बुन्दै छेपारोले रंग फेरेजस्तै काल परिस्थिति अनुसार जनतालाई झुक्याउन कतिसम्म माहिर छन् भने लोडसेडिंगको समाधान समेत उनीहरुलाई कुर्शीमा बुर्खुशी मार्न छाडिदिने हो भने हुन्छ बने जस्तो बनाए ।

    निकाशका बाटाहरु पहिल्याउनु कता हो कता, जहिले पनि सत्ताका लागि ब्लाकमेल गर्ने कांग्रेस र एमालेको निर्लज्ज कुर्शीको आशक्ति देखेर वाक्क भएका प्रचण्डले तिनलाई वास्तविकताको धरातलमा ओराल्दै “इतिहास उल्टाउने” खेलमा लागेको भन्नु धेरै सत्यताको नजिक देखिन्छ जसरी माओबादी जनताले प्राप्त गरेका उपलब्धिहरु त्यसै मेटिने हुन कि भन्ने खतरालाई भाँपेर वर्तमानलाई सहि विश्लेषण गरि त्यहि धरातलमा जनताका एजेन्डाहरुको बचाउ गर्न सबै कुरालाइ दाउमा राखी अघि बढीरहेको छ ।

    Reply
  25. शशांक लामा, न्युयोर्क says:
    November 13, 2012 at 5:10 am

    सुशीलदा र शेरदाले भाषण गरेको कार्यकर्तालाई बुझ्न हम्मे हम्मे परेको थाहा पाएर नै सुशील दाले गीत त होइन भजन गाएका हुन| अब शेरदाले पनि देउडा शैलीमा HIP POP गाइदिए YCL, YF, र सबै Y हरु का*ग्रेसमा खर्लप्प छिर्छन !!!!

    Reply
  26. asmita says:
    November 13, 2012 at 4:03 am

    कस्तो बोरा च्यातेको जस्तो स्वोर रहीछ हे दोस्रा पुस्ताका युवा नेताको/ केटाकेटी जस्तो गीत गाएर खुब गरेझैं ठानेका रहीछन् गाठे/ गाईजात्रे कलाकारहरुलाई मसला भैगो अबत/

    Reply
  27. puran says:
    November 13, 2012 at 3:20 am

    भासण दिनु भनेको आफ्नो सिद्दान्त,आफ्नो कार्ययोजना लाई जनता सामु बताउनु हो . कसले सिकाइदिने यी कुर्सि लिप्सा ले अन्धा भएका पटमुर्ख नेता हरुलाई.. जय देश जय भाग्य !!!

    Reply
  28. pravin khadka says:
    November 13, 2012 at 2:34 am

    अमेरिकामा Romney ले जे कुरालाइ पनि Obama लाई दोष दिय जस्तो कुरा भयो यो त.. नेपाली राजनीतिले डुबेको देशलाई अब केले बचाऊछ खै? मरेर के नै लानु छ र बरु मर्ने बेलामा अलि कति भय पनि राम्रो काम त गर नेताहरु हो…

    Reply
  29. puru says:
    November 13, 2012 at 2:18 am

    यो सबै नौटंकी हो , सत्ताको मोहले पागल बनाएको हो यो , मुखले पागल भएर गीत गाउने अनि खुट्टा चाहि कुर्सि मा ……लाज सरम छैन ऐले सम्म देशको लागि केहि ग-या होइन थुइक्क,,,,,,,,

    Reply
  30. madan bajracharya says:
    November 13, 2012 at 12:53 am

    हुतित्याउँचाले आकाश थाम्ने कुरा जस्तै हो कांग्रेसले क्रान्ति गर्ने भनेको/ कांग्रेसले क्रान्ति होईन क्रान्तिको अन्त्यस्ति मात्रै गर्छ/ २००७ सालमा जनताले फाल्न चाहेको राना प्रधान मन्त्रि मोहन शमशेरकै नेत्रित्वोमा सरकारमा सामेल भयर भारत सिट १९५०को सन्धि गरेको थियो/ १९५०को सन्धिको बिरोध गरेकोमा डाक्टर के आई सिंलाई जेलमा समेत कोचेको थियो कांग्रेसले/

    कांग्रेस बिराट नगरको जुट मिल हड्ताल बात राजनीति सुरु गरेको हो भनिन्छ/ तर जुट मिल हड्ताल सफल नभय पछी कांग्रेसले मोहन शमशेर सिट सत्तामा सहभागी हुन् सक्ने ब्यबस्था भयमा राना बिरुद्ध क्रान्ति स्थगन गर्ने सम्झौता गरेको थियो/

    आफुलाई सत्तामा सहभागी गरे कांग्रेसलाई मोहन शमशेर पनि स्विकार पन्चे पनि स्विकार/ ईनिहरुको मेलमिलापको नारा कहिले पनि नेपाली जनता सिट केन्द्रित भयन भन्ने कुरा त् २०३६ सालमा धाँधली गरेर जितेको पंचायत स्विकार गरेर मात्र बर्गीय संगठन को सदस्य बन्नु नपरे कांग्रेस पंचायतमा प्रवेश गर्ने भने बाटै प्रमाणित हुन्छ/

    अहिलेको यो बिरोध आदि पनि मात्र सट्टाको लागि मात्रै हो/ जनतालाई संबिधान दिन कांग्रेसले सट्टा खोजेको होईन आफु सत्तामा रहेर चुनाव गराउन सके केहि बढी सिट चुनावमा आफुले जित्न सकियाला भनेर मात्रै हो/ यदि यो कुरा होईन भने खै त् कांग्रेसले आज सम्म नेपालको लोकतान्त्रिक संविधानको बारेमा आफ्नो धारणा स्पस्ट पार्न सकेको?

    यो क्रान्तिको गित गाउने तेही कांग्रेसको सुसिल हो जसले तराईमा मैथिली भाषालाई नगर पालिकामा काम चलाउ भाषा बनाउन बिरोध गरेको थियो/ नेपालको राजनीतिमा लफडा मच्चाउने मधेश बादिलाई कांग्रेसले नै हुलेको थियो/ ३० लाख बिहारीलाई संबिधानकानुन मिचेर सुसिलहरुलेनै नेपालको नागरिकता दिलायको थियो/ आज ती मधेशबादीहरुले बाबुरामलाई साथ् दियाकोले मात्रै सुसिलहरुले बिरोध गरेको हो नभय यो सुसिल तेही सुसिल हो जसले थारु मैथिलीको बहुमत भयको तराईमा अस्ति भर्खर “मै भी मधेसी हु” भनेर हिन्दीमा भासन ठोकेको थियो/

    सट्टा र कुर्सिको लोभी र भारतको तत्तु हुन् कांग्रेस भित्रै पस्नु पर्दैन; कांग्रेस नजिकै मात्र गय पनि पुग्छ भन्ने कुरा को जिउदो प्रमाणको रुपमा माधव ओलीलाई लिन सकिन्छ/ १२ बुंद्र सम्झौता गरेर कांग्रेस सिट अंगालेर फर्केको मावोबादीको लिन सकिन्छ/ मावोबादिले पनि कांग्रेसलाई आफ्नो गुरु मानेको थियो त् आज मावोबादी पनि कांग्रेस भन्दा फरक रहेको हामीले पाउन सकेनौ/

    एमाले मावोबादी पछी सट्टा चलाउने अब हाम्रो पालो भन्ने कांग्रेसीले अहिले गरेको क्रान्तिको घोसना मात्र कुर्सीकै लागि हो/ देसको सबै भन्दा पुरानो ईतिहास बोकेको काग्रेसले २००७ सालमा सिंह दरवार पस्दा ३ बर्ष भित्र संबिधान बनाउने बाचा गरेको थियो/ तर संबिधान बनाउनु भन्दा पहिला उनीहरुले १९५०को लगायत कोशी गण्डकी जस्तो आत्मघाती सम्झौतामा गर्नुमै दिन बितायो/ २०१५ पछी २/३ बहुमतको सरकार मात्र कुर्सिमा दाई कांग्रेस बस्ने कि भाई कांग्रेस ( कांग्रेस भनेको कोईराला कोईराला भनेको कांग्रेस ईनिहरुकै धारणा हो) बस्ने भनेर झगडा गर्दैमा बितायो तर संबिधान बनाउन खोजेनन/ त् यस्तो बात हामीले के आसा गर्ने? तर के गर्ने बिकल्प नै छैन “चोर मण्डली” भित्रै कुनै अर्को चोर रोज्नु पर्ने “बिबसता” लाई ब्यबस्था मान्नु पर्ने अबस्था बात कसले हामीलाई मुक्ति देला तेस्को खोजि गर्नु छ/

    Reply
    1. jeevan verma says:
      November 13, 2012 at 8:19 pm

      मदन जी लाई एउटा सल्लाह, तपाईका कमेन्ट हरु ज्यादै जानकारी मुलक छन्, कृपया तपाई का सबै सुझाब हरु लाई समेटेर अनि धेर थोर परिबर्तन गरेर प्रकाशन गरे आउदो पुस्ताले र जानकारी राख्न चाहनेले यसबाट फाइदा लिन सक्ने थिए |

      Reply
      1. madan bajracharya says:
        November 14, 2012 at 12:53 am

        जीवनज्यु
        म लेखक पनि होईन राजनीतिमा लागेको व्यक्ति पनि होईन/ केहि आफैले देखेको केहि पढेको आधारमा केहि लेख्छु/ मलाई कांग्रेस पार्टी सिट गुनासो छैन तर तेस्का नेताहरु देखेर घिनै लाग्छ/ कांग्रेसले जत्तिको मौका अरु कुनै दलले पायको छैन तर जति पटक मौका पायो तेतिनै पटक देस र जनता माथि तेस्का नेताहरुले धोखा दिय गद्दारी गरे/ आज हेर्नुस त् कांग्रेस हाती बात मुसा बन्दै गईरहेकोछ/ तैपनि चेतेको छैन तिनीहरु/

        आफुहरुत बिग्रे बिग्रे, ईनिहरुले अरु दलका नेताहरुको मानाशिकता समेत बिगार्दै आयको छ/ यो कुराको प्रमाणको रुपमा म शेर बहादुरले बारम्बार ” मावोबादी दललाई पनि एमाले जस्तै बनाउने” भन्दै आयको कुरा उल्लेख गर्न चाहन्छु/ बन्योत मावोबादी पनि एमाले जस्तै/ एमाले तुक्रिय जस्तै मावोबादी पनि टुक्रियो/ एमालेमा माधव ओली जन्मे जस्तै माओबादीमा पनि को को माधव र ओली बन्दै छ त्यो उल्लेख गर्नुनै पर्दैन सबैले देखे बुझेकै कुरा हो/

        Reply
  31. Gaurav Nepali "Oodaaseen" says:
    November 13, 2012 at 12:48 am

    मान्छे फ्रस्तेद भयो भने गित गौंछ ! प्रचण्ड बात झर्ला र क्वाप्प (प्रम को कुर्सि) खाउँला भनेर प्रचण्ड लै खुसि परेको होला तपाई को सुसिल्दा ले !

    Reply
  32. द्रोण says:
    November 13, 2012 at 12:31 am

    May be it is time for ”daa” to visit Ranchi once before the situation goes out of control.

    Reply
    1. madan bajracharya says:
      November 14, 2012 at 6:03 am

      द्रोण ज्यु
      ईनिहरुलाई राँचीको पागल खाना पठाउनै पर्दैन ईनिहरुले आआफ्ना दलहरुलाई नै राँचीको पागल खाना जस्तै बनाई सक्यो/ फेरी रांचिको पागलखानामा दिमाग बिग्रेकाको मात्रै उपचार हुन्छ ईनिहरुको त् मति नै बिग्रेकोछ/ मति बिग्रेकाको उपचार लठ्ठीले चुटेर मात्रै गर्न सकिन्छ/ अब यहि सुसिलको उदाहरण लिनुसन, यो तेही सुसिल हो जो बंगाली ठग रुबेल बचाउन प्रचंद्र्को घरमा रुन पुगेको/ सुसिलहरु पागल होईनन बेईमानहरु हुन् रास्ट्र ठग्ने ठगहरुको मतियारहरु हुन्/ अहिले हेर्नुस त् बंगाली ठग रुबेलको सासु सुजाता कसरि मुखमा फोहर जमायर बसी राखेकि छिन/

      Reply
      1. द्रोण says:
        November 16, 2012 at 6:43 pm

        ठिक भन्नु भो मदन जी ,अब को निकास यहा ले के देख्नु हुन्छ |
        सबै नेपालि ले नारायण गोपाल को गीत मा भने जस्तो ”यसै गरि बिताई दिन्छु दुइ दिन को जिन्दगि ” मै बस्न पर्ने हो कि ,कतिन्जेल ?

        Reply
  33. shailendra dk says:
    November 13, 2012 at 12:20 am

    अब फेरी क्रान्ति झन्डा लिएर सुसिलेको पछी लाग्ने चै को? अब झन्डा बोक्ने दिन गए,डांडा लिएर लखेट्ने हो तिमि पाजी नेता हरुलाई.मर्ने बेला केहि राम्रो कम गरे देखि बुदा लै मरेसी पनि याद गर्थीय होला,मात्रिका कोइराला मर्दा जस्तो कोइ न कोइ होला इनको पनि

    Reply
  34. Harke says:
    November 13, 2012 at 12:19 am

    राशन त छैन, खोक्रो भासनले चित्त बुझाउ,
    नेताको धोत्रो स्वर र ठुम्काले नै मन बहलाउ !
    संबिधान त छैन, खेतको-धानले काम चलाउ,
    लोकतन्त्र हैन, ठोकतन्त्रमै सधै देश चलाउ !!
    ………………………जदौ………………………!

    Reply
  35. Prakash Tiwari NYC says:
    November 13, 2012 at 12:15 am

    सुसिलका पितामह/बडाबा कृष्ण प. कोइरालाले चलेको व्यापारमा घाटा-नाफा नहेरी ततकालिन राणा प्रदानमन्त्रि चन्द्र सम्सेरलाई ढाक्रेको पसिना र मैलोले गनाउने लुगा पारसल गरि हेर्नुस येहाको जनताको हालत एस्तो छ भनेका थिय / त्यो थियो असली क्रान्ति / उनका छोरा बिपी, मात्रिका देखि जीपी सम्मले तेस्को मूलधनमा केहि थपी पाई पाई ब्याज खाएका छन् / अब कति खाने तेस्को ब्याज ?सत्ताको लागि रर्याल काटेका त्रिमुर्तिको बिसेसमुखले कहिले पो हो गाइजात्रे गित गाउन छोडी हाम्रो एजेन्डा यो छ भनि जनतामा जाने आट गर्ने ? ……..

    Reply
  36. bikash says:
    November 12, 2012 at 11:42 pm

    .आवाज का धनि सुशील कोइराला ले गीत गाएको यो गीत “Gangnam Style ” भन्दापनि सुपर हिट हुँने पक्का छ कि कसो ? 😀

    Reply
  37. Nabin Bhai says:
    November 12, 2012 at 11:31 pm

    साचै हो कि jokes बनाको हो ..फेरी बुडा ले गाएका हुन् र ??

    हो भने नेपाली बुढा तारा मा जादा भयो है ..

    Reply
  38. Aakar Bhushan Nepali says:
    November 12, 2012 at 11:22 pm

    सुशील दा ‘आफु कांग्रेसको कि माओबादीको नेता हुन्’ भनेर confuse हुनु भए जस्तो छ | छेउमा नै प्रचण्ड र झलनाथ! बुढो झन् confuse !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme