Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पुराणवाचक कै कर्तुत पुराण पत्रिकामा

Posted on November 8, 2012November 10, 2012 by mysansar


पण्डित दीनबन्धु पोखरेल अहिलेका सबैभन्दा चल्तीका पुराणवाचक हुन्। सेलिब्रिटी पुराणवाचक भन्दा फरक पर्दैन। उनले पुराण भन्दै भजन गाउँदा मान्छेहरु जुरुक जुरुक उफ्रेर नाच्न पुग्छन्। स्वदेशदेखि विदेशसम्म उनलाई पुराण लगाउनेहरुले बोलाउँछन्, उनी सशुल्क पुराण भनिदिन्छन्। कतै कुनै कामका लागि अर्थ संकलन गर्नुपर्‍यो भने उनैलाई धेरैले सम्झन्छन्। उनको पुराण वाचनपछि मान्छेहरु चन्दा दिन तँछाड मछाड गर्छन् रे।

यी पण्डितको पर्दापछाडिका कुरा धेरै अघिदेखि मान्छेहरुको मुख-मुखमा गाइँगुइँ सुनिएको हो। तर अब भने पत्रिकामै उनको कर्तुतको पुराण छापिन थालेको छ।

पछिल्लो पटक जनआस्थाले तरुनी फेर्दै दिनरातै तरक्की शीर्षकमा उनीबारे सचित्र समाचार छापेको छ। समाचारमा उनको विभिन्न महिलासँगको सम्बन्ध बारे मात्रै हैन, आफ्नै बुबाको नामको प्रतिष्टानका लागि उठाएको पैसासमेत हिनामिना गरेको आरोप लगाइएको छ। समाचार यस्तो छ-

रुपन्देहीको मुर्गीयास्थित घिमिरेकी छोरी विमलासँग विवाह गरेका दीनबन्धुले हाल उनलाई चितवन बैरियामा राखेका छन्। तीन वर्षकी छोरी दिविसा पनि साथमै छिन्। तर, आफूचाहिँ तनहुँ, डुम्रेकी यशोदासँग विवाह गर्ने वाचा गरिरहेका छन्। दीनबन्धुले यस्तो प्रस्ताव राखेपछि यशोदाले आफ्नी दिदीलाई यो कुरा सुनाइन्। त्यसपछि चितवनको पार्वतीपुरमा दीनबन्धुकी ठूलीआमाको घरमा छलफल भयो। त्यहाँ उनले यशोदाकी दिदीलाई भने, ‘मसँग भोलि मेरी आमा र तपाईँकी बहिनी मात्रै हुनेछिन्। विमलासँग मेरो घरबार चल्दैन’ यस्तो कुरा चलेको केही समय बितिसक्यो। तर, दीनबन्धु न विमलासँग सम्बन्ध विच्छेद गरिरहेका छन्, न यशोदालाई विवाह गर्छु भन्न छाडेका छन्। बरु, काठमाडौँको कलंकीस्थित एलआरआई स्कूलपछाडि लक्ष्मी घिमिरे नामक महिलालाई घर बनाइदिएका छन्। त्यहाँ पनि त्यही भनेका छन्, ‘विमलासँग मेरो घरबार चल्दैन।’

दीनबन्धुका बुबा वाचन शिरोमणि पं. नारायणप्रसाद पोखरेल स्मृति प्रतिष्ठनको भ्रातृ संस्था मातृशक्तिकी अध्यक्ष लक्ष्मीले पहिल्यै बुटवलका तुलसीसँग विवाह गरेकी थिइन्। र, अहिले दीनबन्धुको भर परेर बसेकी छिन्। उनको यस्तो आचरणमा परिवारले आपत्ति जनाउँदै आएको छ। सुध्रनुको सट्टा उनले सँगै हिँड्ने गरेका दाइ सुन्दरलाई आफ्नो टोलीबाट हटाइदिएका छन्।

पुराण वाचन गर्दा आफ्ना पछाडि तीन जना रुपमति राख्नुपर्ने। तीमध्ये एकलाई उनले रोज्नुपर्ने र तिनलाई मन्त्र सिकाउने नाममा बन्द कोटमकम लैजानुपर्ने नियमका कारण चितवनको प्रेमवस्ती र स्याङ्जाको गल्याङमा बबाल नै मच्चियो। पीडितमध्येकी हुन्, नवलपरासीस्थित अरुणखोलाकी विन्दु पन्थी। थोरै पैसा दिने र धेरै काम लगाउने दीनबन्धुले पोल खुल्ने डरले उनलाई मकवानपुरको पालुङमा आयोजित महायज्ञबाट निकालिदिएका छन्।

आर्थिक रुपमा पनि इज्जत फालेर काम गरी उनले रुपन्देहीको मणिग्राममा एक करोड ६५ लाख बराबरको जग्गा खरिद गरेका छन्। आफ्ना बुबाको नाममा स्थापित प्रतिष्ठानको नाममा आयोजकसँग रकम उठाउँदै चितवनको पार्वतीपुरमा १८ कठ्ठा, बैरियामा पाँच कठ्ठा जमिनमा ४० लाखको घर, कलंकीमा सात आना दुई पैसा जग्गा, बानेश्वरको चेल्सी कलेज अगाडि आठ आना, ढुंगेधारा, राधाकृष्ण मन्दिरअगाडि १० आना जग्गा र सामाखुसीको रेडन कलेजमा शेयर लगानी गरेका छन्।

उनले प्रत्येक महायज्ञबाट बुबाको नाममा प्रतिष्ठानको कोषमा जम्मा हुने गरी ५० हजार अतिरिक्त रकम माग गर्दछन्। तर, प्रतिष्ठानको खातामा २० हजार हालेर बाँकी आफूले राख्ने गरेका छन्। १४ जनाको भजन टोलीसहित हिँड्ने उनको सो टोलीका लागि दुई लाख ५० हजार अतिरिक्त खर्च लिने गर्दछन्। तर, ८० हजार बाँडेर बाँकी आफूले राख्ने गरेका छन्।

रामकोटमा बुबाको नामको प्रतिष्ठान खडा गर्ने नाममा पोहोर खुलामञ्चमा महायज्ञ भयो। त्यसबाट पाँच करोड उठ्यो। तर, न रामकोटमा प्रतिष्ठान खडा भयो, न त सो हिसाबै कतै देखाइयो।

बनेपाको उग्रेश्वर महादेवमा उनले नाटकीय पारामा आयोजकसँग यारिस गाडी फुत्काएका छन्। अरुबेला स्फटिक र रुद्राक्षको माला लगाएर मञ्चमा देखिने दीनबन्धु यारिस चढेपछि स्पोर्टस् सुज, ट्र्याक र ब्रान्डेड भेस्टमा सजिन्छन्। त्यस्तो भेषमा उनी शंखमुल ओरालोको होटल सनसेटभ्यु, नयाँ बानेश्वरस्थित होटल एभरेस्ट, चितवनको गंगोत्री होटल, मनकामनाको रिभरसाइड रिसोर्ट र धुलिखेल रिसोर्ट लजमा देखिने गर्दछन्। (साभारः जनआस्था)

दीनबन्धुले भजन गाएपछि दर्शक यसरी नाच्छन्। हेर्नुस् भिडियो-

76 thoughts on “पुराणवाचक कै कर्तुत पुराण पत्रिकामा”

  1. रोशन शाक्य says:
    November 15, 2012 at 11:24 pm

    मैले हिन्दि मुभी “OMG” हेरे त्यहाँ धर्म गुरुको जे जति कमेन्ट गरे पनि अन्तिममा मिथुन (धर्म गुरु) ले भनेका छन् “……………… they (हामी जनताहरु) are not god loving people, they are god fearing people……………” हामीले जति नै यस्ता पाखण्डी हरुको पोल खोले पनि यिनीहरुलाई केहि पनि हुदैन किनकि we are god fearing people आज नत्र भोलि फेरी हामी यिनीहरुको प्रवचन सुन्न तछाड-मछाड गर्ने छौ.

    Reply
  2. Mohan says:
    November 13, 2012 at 8:26 am

    दिनबन्धु जी चाही अहिले को कृष्ण भएछ. श्री कृष्णको पालामा पनि गोपिनी हरु मरी हत्ते हुन्थे . अहिले कल्चौन्दी हरु मरिहत्ते भएका छन्, रह्यो पैसाको कुरो. श्री कृष्ण राजाको छोरा थियो पैसाको दुख थिएन. बिचरा दिनबन्धु परे स्रध्हा गर्ने बाहुनको छोरो. बाबुले जजमान हरुको टपरी टिपेर घर गुजारा गर्थे . अब आजको आधुनिक माहौलमा पैसा नभए गल्लीको कुकुरले पनि नटेर्ने भयो. के गरोस त् बिचरा . संस्कृत नै नजाने पनि आफ्नो कला कौश्ल्याताको उपयोग गरेर पैसा कमाएको छ. नेपालमा अहिले कुन जन्तु छ र पैसाको लागि इज्जत लाई बागमतिमा बगाएर कुम्लो बोकी थिमी तिर नगएको ? त्यसैले उसको बिरोद गर्न छोडेर आफ्नो कम गर्न जौं सबै जना. राजनीतिज्ञ देखि कर्मचारी सम्म, व्यापारी देखि उपभोक्ता सम्म, किसन देखी जमिन्दार सम्म, जोगी देखी भोगी सम्म, पण्डित देखी जजमान सम्म, पुजारी देखि भक्त सम्म सबै पाए सम्म हसुर्ने नै हुन्. त्यसैले दिनबन्धु जी ले जे गर्नु भएको छ ठिक गर्नु भएको छ. मन नलागे नदिनुहोस चन्दा सन्दा, नजानुहोस उसको पुरण सुन्न. जानी जानी आफै बोलाउने अनि दिने अनि भुद्रको अलप बिलाप गर्ने यंहा?
    तथास्तु.

    Reply
  3. bimal says:
    November 13, 2012 at 5:56 am

    गौरब जी सबै बाहुन चतुर हुदैन, सबै तामांग सोझा हुदैनन् ,त्यसैले जातभात तर्फ नगई भ्रस्ट लाई भ्रस्ट भनौ ,राम्रो काम गर्ने लाई प्रोह्त्सान गर्न सिक्नु पर्छ हामी नेपालीले.

    Reply
    1. हरि प्रसाद says:
      December 28, 2012 at 5:52 pm

      बिमल सर,
      तपाइको लजिक आफ्नै ठाउँमा छ| तर लजिकले मात्र हुँदैन, त्यो बक्र दृष्टिलाई यथार्थ तिर पनि घुमाउनुस| पेर्सेंनतेज (%) को हिसाबले हेर्नु हो भने तथ्य अर्कै छ| जगदीश घिमिरे सरले आफ्नो मदन पुरस्कार प्राप्त पुस्तक अन्तर्मनको यात्रामा अनुभव पोख्दै ८०% जाली फटाह
      को हुन्छन भनेका छन् त्यो पनि स्मरण गर्नुहोला|

      Reply
  4. nilam_ma says:
    November 13, 2012 at 1:38 am

    दलित सुद्र पनि पण्डितको नकाप वदेर उचकोती को स्थान लिन सफलता हासिल गरेको हो |
    यो कुरा साचो हो भने त्यस्तालाउ त् जीउधन सब सरकारले जफत गर्नु पर्चा |जिउनी भर जेलमा राख्नु पर्ने | कि कसो ?
    गुरु मान्न सजिलो छैन |तर धर्म छोड्नु हुन्न |जस्तो लाग्यो |

    अत्याधिक धर्मको प्रकार प्रचार गरिंदै छ | बिदेसमा दुख गरेर कमाएको पैसा धर्म कर्म मा दान दिन मउकामा जस्तो हुने नै भयो तर तेस्ता धोग्न्गी लाइ दान दिएको व्यक्ति पनि पापको पात्र हुन्चारे !! !पुरण मा| उ आफैले भनेको छ म सुद्र रे! कोहि कोहि होला !! बिलछेन सक्ति भएका !तर जात भनेको एउटा अजिब चिज हो जस्तो लाग्छ |जस्तै ,औठा छाप ! किन मिलेन कोहिसगंग ?? हो !!त्यस्तै जातको सोभाब हुन्छ जस्तो लाग्छ | यदी दलितले राम्रो सस्कार र राम्रो ब्यबहार छ भने !दलित भन्दैन | आत्मा सब एक हो |सवरीको जुठो बेर भवनले बिन्दास ग्रहण गर्नु भएको छ | हिन्दु धर्मको ग्रन्थमा सदाचार हुनु नै आत्मा संमान प्रदान गरेको छ |पुराणको प्रबचन गरेर नथाक्ने र सुन्नेहरु पनि बिस्व्स्थ भै सक्यो |अब यसरी ढोका ?? दलित भनेर बस्ने दलित नै हुन्छ,आफै अगाडी बड्नु पर्चा रे !! सुद्र आफै भनेको थियो कि थिएन ???? जबर्जस्ती पण्डितको स्थान लिन खोजेको हो कि होइन ?? नामदाम कमाई सकेपछि जातको सोभाब देखायो कि देखाएन?????ल भनुस ???
    गोरा जात लाइ जति कालो दलेपनीगोरा सेतो हुन्छ |
    काला जात जति सुकै धनि भएर मह्ग्न्गो साबुन दले पनि कालै हुन्छ |
    नेपाली जति सुकै आधुनिक देखाए पनि आखिरमा टिका लाएको धुगन्गागोदातेकर जान्दैन |सस्कार सस्कृति निचोर हो यो
    धर्म सस्कृतिको नेपाली मान्यतालाई सिधै कुसस्कार्ले प्रहार भएयं भने ??

    Reply
  5. Gaurav Nepali "Oodaaseen" says:
    November 12, 2012 at 8:45 pm

    धोकेबाज राजनीतिले ग्रस्त बनायको नेपाली समाजमा, संस्कार हराउदै गयापछी कुसंस्कारले ठाउं ओगट्छ ! बाहुनहरुको हालीमुहाली चलेको बेलामा अर्को एक फटाहा बाहुन थपियो बस्,

    Reply
  6. sheela says:
    November 12, 2012 at 2:04 pm

    दिन बन्धु मात्र होइन संसारका सब जोगी-ढोंगीहरु (पादरी, शंकराचार्य, बाबाहरु, मथाधिस, मुसल्मान को धर्मगुरु, भिक्षु, आदिमा अधिकांशको सबैको आचरण यस्तै हुन्छ/ कसैको थाहा हुन्छ. कसैको पछी थाहा हुन्छ, कसैको थाहै हुदैन…कुरो तेत्ति फरक हो /
    कमल नयनाचार्य को पनि तेस्तै सुनिएको छ, /

    Reply
  7. कमल सहजी says:
    November 12, 2012 at 4:58 am

    धर्मको नाममा धन संकलन गर्नु अवस्य पनि राम्रो होइन र त्यस्ता व्यक्तिको पछि लागेर आफुलाई ठुलो बनाउन खोज्ने पाखण्डीहरु ले गर्दा नै हो यो संसारमा बिकृति धेरै बढेको हो. बेल्जियम को चन्दा संकलन प्रक्रियामा मान्छेलाई उचाल्दै र नाचौदै धेरै भन्दा धेरै चन्दा दिनोस धर्म हुन्छ भन्दै गरेको नाटक पनि उसको एउटा घटना हो. त्यस्ता ढोंगी को पछि लाग्नु पनि ठिक होइन. उ चरित्रहीन हो भन्ने कुरा थाहा पाउदा पाउदै पनि उसकै पछि लाग्नू राम्रो होइन .धर्म को नाममा चन्दा दिने र चन्दा उठाउने दुवै उस्तै हुन्. हृदय सफा हुनु पर्छ त्यहि नै धर्म हो.

    Reply
  8. Avartan says:
    November 11, 2012 at 11:28 pm

    My dear Countrymen,
    Greetings !
    Just for a for a while please stay outside your daily circles , sufferings and everyday existence like animals. Beseech the developments in your beloved country. Behold the truth ,how easily corrupt stupid people like pokhrel is manipulating subconscious psychology of our fear of uncertainty amidst- political unrest, limitless abyss of lack of basic life support needs, poverty,suppression and humility thereof of our imhumane existence are enforced upon us . Escaping to primitiveness , falling back upon instincts of faith and primary belief lead to empowerment of retards like pokhrel who will prey upon our subconsiousness and rule our society with witless measures of ” god worshipping techniques”. Feel that loss of our physical worth , our monetary value, and our own mental peace of mind . Does not that give you an ambience of backstabbing treachery of our godfearing instincts, a putrid social rape , heinous murder of the same?
    In this era of torrential progressive world, where do we stand being victimized by retrogressive medieval counterproductive deeds of a single retarded unholy birth like pokhrel?
    ARE WE THAT STUPID?
    its time to THINK, REALISE , RISE and be PROACTIVE. Catalyse the reaction to free yourself from social pollutants like them . Wake up people , Revolt ! Rebuke!! Resist !!! and Eliminate them !!!!

    Reply
  9. amar says:
    November 11, 2012 at 6:53 am

    धर्म को नाम मा व्यापार गर्नेहरु संग कसैको केहि लाग्दैन. यो आज मात्रै होइन इतिहासदेखि नै चलिआएको चलन संसारमै धर्मको नाममा राज गर्नेहरु धेरै छन् यो पनि त्यसकै एउटा रुप हो राजनीतिले काम नगरेपछि धर्मको सहारा लिने गर्छन यस्लेपानी त्यहि गर्ने छ पछी
    हेर्दै जानुस…

    Reply
  10. बिश्वाश says:
    November 11, 2012 at 3:34 am

    आफ्नै जीबन संगिनीलाई अशान्तिको दलदलमा धकेल्ने पापीको
    प्रबचनमा रम्ने हामि कास्ता रमिते ?

    Reply
  11. Nabaraj kale says:
    November 11, 2012 at 12:38 am

    धार्मिक ब्यापार फाप्या छ दिनबन्धु लाइ !!!
    दिन बिग्रेर होला येस्ता समाचार उनको कित्तामा आएन !!!!i

    Reply
  12. Rabin says:
    November 10, 2012 at 5:05 pm

    मलाई यिन को अस्ट्रेलिया को प्रोग्राम बाट संका लागि सकेको थियो… NRN अस्ट्रेलिया ले महापुरण को लागि यिन लै भित्रियाएको थियो. Program Sydney म़ा थियो. म़ा पनि यिनी बाट के के नै सिक्न सकिन्छ कि भनेर एक दिन त्यो Progam म़ा पुगेको थिए. अचम्म को कुरा, त्यहाँ Puran भन्दा बादी पैसा को खेल चली रहेको थियो. जो पैसा बडी दान गर्छ…उ धनि र समाज को आगाडी पैसा वाला देखिने होड चलेको जस्तो मलाई भान भयो. वो फलानो ले त एति दियो रे…उसले त एती दियो रे…आदि इत्यादी ….

    म $२०० दिन्छु भन्दा , होइन हजुर ले त $२००० घटी दिन हुन्न भन्दै थिए NRN का सदस्य हरु. जबर्जस्ति नै थियो पैसा उठाउने धन्दा. धार्मिक प्रबचन भन्दा पनि …business को खेल चली रहेको थियो. दिनबन्धु एउटा tool मात्र थियो….. यी कस्ता विद्वान रहेछन त भनि म पनि यिन को नजिक पुंगे….मलाई त पण्डित भन्दा बडी celebrity जस्तो लागि रहेथ्यो..एउटा निस्वार्थ पन यिन म मैले देख्दै देखिने. भर्खर को ठिटो..प्रसस्त रहर बोकेर ह्निडेका मानिस हुन् यिनी…
    यिन ले धेरै नै सिक्नु छ life म़ा. बल्ल सुरुवात हुँदै छ इनका खेल हरु…पैसा देखे पछि महादेव का तिन नेत्र…बिचार बबुरा….

    Reply
  13. शान्तिप्रेमी says:
    November 10, 2012 at 12:06 pm

    अर्को सत्य, सायद पोहोर साल होला, पश्चिम अमेरिकाको एक प्रमुख शहरमा पुरान भनेर पन्डितले दरैपैसो उठाए, प्रवचनको क्रममा मनोरन्जनको शहर लस भेगसतिर घुम्न जानेहरूको खुबै धज्जी उडाए, यहाँसम्म कि व्यस्त अमेरिकी जीवनबाट फुर्सद निकालेर हाफपेन्ट लगाएर पुरान सुन्न आएका भक्तजनको पनि हाप पेन्ट लगाएर पुरान सुन्न आउने ? भनेर धज्जी उडाउन पनि भ्याए ।
    पुरान सकिएको भोलिपल्ट त सुटुक्क कसैले थाहा नपाइ पन्डित जी त लस भेगस पो पुगेछन् । विश्वस्त सूत्रका अनुसार पन्डितजीले भेगसका सुन्दरीसँग रात विताउने इच्छा ब्यक्त गरेर निकै प्रयास पनि गरेछन् । अन्त्यमा उनी त्यो मिशनमा सफल भए या भएनन् त्यो चाँही थाहा भएन ।

    Reply
  14. bimal says:
    November 10, 2012 at 6:34 am

    अब दिनबन्धु लाई फटाहा भन्ने कि ( उ पक्कै फटाहा हो) कि नेपालमा धर्मले नेपालीलाई अन्धबिस्वासी बनाएर नै घुस लिनु र घुस दिनु कुनै अनैतिक नभएको ठानेर नेपालआमा लाई दुख दिई राखेको जस्तो मलाई लाग्छ. भगवान लाई मनुस्य ले के नै दिन सक्छ ,तर पनि हामी भाकल गरछौ ,कालो बोका,लड्डु,ब्रत ( त्यो पनि आइमाई मात्र लाग्ने) ,लाख बत्ति बाल्छु भनि भगवान लाई घुस दिन्छौ.

    Reply
  15. sarita says:
    November 10, 2012 at 2:35 am

    अरुलाई बिश्वास गर्नु भन्दा आफै लाई विश्वास गर्न सिक्न पर्छ, दिनबन्धुलाई यहाँ सम्म पुरयाउनु नै हामी नेपाली को मुर्खता हो . साचो माने मा उनि लाई कुनै पनि धर्मको ज्ञान नै छैन . उन को बारेमा एती धेरै कमेन्ट गर्नु पनि धेरै हो जस्तो लाग्छ. यो मान्छे यो लायक पनि छैन

    Reply
  16. vishnu says:
    November 10, 2012 at 1:09 am

    मैले पनि ७ बर्ष अगाडी चितवनमा हुँदा सुनेको थिय यी र एस्त कुरा , मैले बुझेको कुरा अनुसार यिनले पनि आफ्ना बाबुले जस्तै श्री कृष्ण भगवान ले द्वापर युगमा आफ्नो लिला देखयाका थिय र तेस्तै गर्नुपर्छ भन्ने सिद्धान्त बोकेर हिंडेको रे ! MA पास गरेको भन्ने कुरा पनि यिनको एकजना सथि बाट सुनेको थिय !

    Reply
  17. शशांक लामा, न्युयोर्क says:
    November 9, 2012 at 11:36 pm

    अर्थोक खोजीनिती गर्ने पर्दैन! यी दिन बन्धुको छट्टु आँखा हेरेपछि सबै छर्लंग हुन्छ !!!!

    Reply
  18. Basant Rana says:
    November 9, 2012 at 11:20 pm

    महा मुर्ख हरुले आजको युगमा पनि एस्त धुर्त पाखण्डी हरुको पूजा गर्छा भगवान खोज्न मन्दिर जानु पर्दैन इश्वरको रुप नै माता पिता हुन्, धर्म कमाउन दान पुण्य गर्ने पुरण यज्ञ लगाउने होइन अनाथाश्रम ब्रिधाश्रम मा आर्थिक सहयोग सेवा गर्ने हो जुन देशमा अशिक्छ्या गरिबी बेरोजगार हुन्छ तेही देश मा एस्त लाखौ ढोगी बाबा निस्किन्छ, एस्त का पछी लाग्ने लाखौ भक्तहरुलाई डाडो खन्न लगाए काठमाडौँ मा दस बर्ष अघिनै मेलम्चीको पानि आउने थियो, महामुर्ख जनताहरु नै ढोगी बाबा र चोर फताह नेताको झोला बोकी हिद्छां

    Reply
  19. शशांक लामा, न्युयोर्क says:
    November 9, 2012 at 11:08 pm

    भगवानलाई अगाडी सारेर भ्रष्ट आचरण गर्ने व्यक्तिले निकृष्ट कुकार्यहरु गर्छ| त्यस्ताले पराइलाई दुखदिने त छंदैछ, आफ्नो परिवारको सदस्यहरुलाई पनि हिंग हाल्न बाँकी राख्दैन{

    Reply
  20. sandesh says:
    November 9, 2012 at 10:56 pm

    हुनत यो समाचारको सत्यता आउने दिनहरुमा थाहा होला तर मलाई त पहिले देखि नै यी ‘पण्डित’ ले बाबुको पेन्सन खादै छन् जस्तो लाग्थ्यो | भन्न त भन्दा रैचन अंग्रेजी साहित्यमा MA गरेको (गरे होलान, certificate र MA उपाधि लिनको लागि), अनि नेपाल र भारतमा आफैले अनि अरुहरु संग पनि संस्कृत अध्यन गरेको भनेर | तर यहाँ केहि ले ‘एस्लाई संस्कृतको एउटा श्लोक पनि सुद्ध संग बाचन गर्न आउदैन” भने जस्तै मैले पनि सुनेको थिए | अनि अन्तरबार्ता हरुमा पनि साहित्यमा दिक्षित् भएको अनि संस्कृत को गहिरो अध्यन गरेको जस्तो लागेन | अंग्रेजी साहित्य पनि पढेको अनि तेती बिधि संकृत अनि भागवत गहिरो बुझेको मान्छेले त धर्म, जिबन अनि दर्शनको बारेमा निकै गहन कुरा गर्न सक्छ नि जस्तो लाग्थ्यो.| चन्दा उठाउने नाउमा नाचू नाचू लाग्ने लोक गित चै खुबै गाउदा रैचन बाउ छोराले | हुन त उनीहरुको तर्क छ : यसै गरि भयपनी धर्म, भक्ति र आस्था जगाउने अनि मान्छेलाई सत्कर्ममा डोराउने काम गरेका छौ| त्यो कति हद सम्म राम्रो हो भन्ने कुरा मान्छे मान्छे को मुल्यांकन मा भर पर्ने कुरा भयो |

    साचै भन्नेहो भने अहिले तन, मन सुद्ध अनि भागवतमा पनि पारंगत भएको अनि तेस्मथी बाचन पनि प्रस्ट र आकर्षक भएको पण्डित आजकल पाउन गारो छ | तेस्तो एकजनाको पुराण सुनेको थिए धेरै पहिला , बास्तवमा मन नै आनन्द हुन्छ | जति दक्षिणा दिन्चन खुसि हुने अनि व्यक्तिगत घर गृहस्तीमा पनि लोभ लालच नगर्ने अनि अर्काको सफलतामा डाहा नगर्ने | तेस्तै मान्छेलाई पण्डित बनाएर गरेको यज्ञ/पुराण साचिकै सफल हुन्छ भन्दा रैछन् |

    Reply
  21. lohani indra says:
    November 9, 2012 at 10:31 pm

    राजा, मन्त्रि, नेता पछी अब यी पण्डित बा ले पनि उही नम्बरको ट्याग बल्ल भिरेछन

    Reply
  22. B. Adhikari says:
    November 9, 2012 at 9:49 pm

    भाषणको पछाडि कहिलेसम्म लाग्ने?

    कहिले प्रचण्ड, कहिले दीनबन्धुसँग किन यसरी डगिन्छन नेपालीहरु, हँ? यस्ताहरुको भाषणको पछाडि लाग्न भएन।

    बी अधिकारी

    Reply
  23. DS sharma says:
    November 9, 2012 at 8:56 pm

    जनता को बिश्वाश धेरै भयो कि क्या हो कथित पण्डित लाई?????

    Reply
  24. Saurabh says:
    November 9, 2012 at 4:33 pm

    मैले यी मान्छेको बारेमा यस्तै कुरा धेरै पहिले देखि नै सुन्दै आएको थिए . नराम्रो कुरा कति दिन लुकाएर लुक्छ र? पाप धुरी बाट कराईहालछ . यिनको पिताजी पनि यस्तै स्वभाबका मान्छे थिए . र अन्तमा तेही स्वभाब उनको मृत्यु को कारण पनि बन्न पुग्यो.
    यिनको पुराणमा दान गर्ने र सुद्ध आत्माले यिनलाई सहयोग गर्ने अनि भलो चिताउने मध्यको एउटा मा पनि थिए. अचेल आफुले ठुलै पाप र अधर्म गरे जस्तो लाग्न थालेको छ.

    Reply
  25. Bijay Sakya, Kailali says:
    November 9, 2012 at 4:32 pm

    आखिरी बा का छोरो हुन् मतलब बाहुन. यसरि धर्मको मुकुण्डो ओडेर यसरि मुलुक र जनता ठग्न पाईन्छ ? पाइदैन खोई नेपालको कानुन यस्तो नि हुन्छ ? यो हुनुहुदैन विधिको शासन लागु हुनु पर्दछ.

    Reply
  26. Narendra Dai says:
    November 9, 2012 at 3:50 pm

    बिदेशमा आएको बेलामा यिनको रवाफ देख्दा मलाइ त्यहि बेलामा “दालमे कुछ काला हे” भन्ने भान हुन्थ्यो। प्रबचन भन्ने बेलामा रत्नपार्कमा समान बेच्ने भन्दा बढी करौठे “चन्दा दिनुस, चन्दा दिनुस” भनेर, केको पुराण भन्नु र।
    अब मलाइ पूर्णतया रुपमा यिनबाट बिस्वास उडेर गयो।
    सत्य कहिलेइ लुक्दैन।

    Reply
  27. Mohan Subba says:
    November 9, 2012 at 2:48 pm

    धर्मको मखुण्डो ओडेर पापको थैलो भिर्ने भनेको यहि त होलानी!अरु के भन्नु र?

    Reply
  28. raju says:
    November 9, 2012 at 10:24 am

    सबैभन्दा पहिला आचरण सिकाउनेको आचरण स्वीकार गर्न योग्य हुनु पर्दछ । ब्राम्हणको आचारण सोहि अनुसारको हुनु जरुरी हुन्छ । जहाँ सम्म पुराणको कुरा कुनै धर्म संग जोडर हेर्नु हुदैन पुराण वेद भनेका सबै धर्मका निधि हुन सम्पदा हुन जस्ले सम्पूर्णको धर्मको जन्म गरायो त्यो कसरि हिन्दुको मात्र हुन सक्छ ।सबै धर्म यहि पुराणबाट बिकसित भएका हुन त्यसैले सबै ग्रन्थमा उत्तम पुराण र सो लाई समय सामयिक रुपमा ब्याख्या गर्न वाचन गर्ने मानिसको ब्यवहार आचरण उत्तम हुनु जरुरि छ ।

    Reply
  29. Manoj Karki says:
    November 9, 2012 at 9:48 am

    यदि समाचार साँचो हो भने ‘दिन बन्धु ! तिमीले जे गर्यौ ठिक गरेनौ | म स्वच्छ धार्मिक व्यक्तित्व ठान्थें तिमी त विशुद्द धार्मिक ठेक्का पट्टा व्यवसायी निस्क्यौ |म मानव समाजको निर्देशक ठान्थें तिमी त रंग मंचको पात्र निस्क्यौ | म एक त्यागी ठान्थें तिमी त ढोगी निस्क्यौ | अब दुवै पक्षको राजी खुशीमा तिमीले जे गर्छौ गर तर जबर्जस्ति ‘मान्छे’ र मानव आत्मा चैं नमार | म एक सामान्य मानिस भएर पनि तिमीले जति कर्तुत गर्न हिम्मत गर्दिन, आत्माले रोक्छ – इश्वरको डर लाग्छ |’
    यद्यपि, अन्याय-अपराध नै भए त अब कानुनी बाटो रोजे हुन्न र पींडित पक्षले ? यदि कसैको बदनियत गर्ने नियतले यस्तो समाचार छापेको हो भने यो कार्य झन् महा-अपराध हो |

    Reply
  30. Roshan Sharma, Australia says:
    November 9, 2012 at 9:35 am

    समाचार आफै मा कति सत्य छ त्यो त ‘पोख्रेल’ ले प्रमाणित गर्नु पर्छा मुद्दा हालेर !
    तर,
    सत्य के हो भने – अति गरे पछी ‘पाप’ धुरी बाट कराउछ भनेको येही हो !
    धर्मको नाउमा ‘सारीरिक’ मोह र ‘बस्तु’ को मोहमा पर्नी ‘इन्द्रिय लाइ’ छाडा छोड्ने प्राणि हरु -कोहि भन्दा कोहि कम छे न है
    – अस्ट्रेलिया को समाचार पनि यो समाचार को सन्दर्भ संग मिल्छा है !!!

    http://www.smh.com.au/victoria/church-motivated-to-keep-abuse-secret-inquiry-hears-20121109-2927r.html
    http://www.smh.com.au/national/unreported-deaths-linked-to-paedophile-brotherhood-20121108-290t2.html

    Reply
  31. वनमाली says:
    November 9, 2012 at 8:39 am

    पुराण भन्नु भनेको विद्वताको परिचय हो।पहिले-पहिले ‘विद्वान’ कहलाउँन भागवत जान्ने हुनु पर्थ्यो।त्यसैले भनिन्छ-” विद्यावते भागवतम् परीक्षा” अर्थात् विद्वान कहलिन भागवतको परीक्षा दिनु पर्थ्यो। यसको बेग्लै मूल्य थियो तर दीनबन्धूले सञ्चालन गरेको भागवत प्रवचन क्रमश: ‘ धार्मिक बेश्यालय” मा परिणत हुँदै गएको सत्य हो।उनलाई सँस्कृतको एउटा श्लोक पनि उच्चारण गर्न आउँदैन, यस्ताले के भागवत भन्छन्?, हो, लोकगीतको विकास चाहिं यिनले गरेका छन्।यस्तालाई पुराण भन्न लगाँउदै ‘ वाचन-शिरोमणी’ पदले विभूषित गर्ने हामी पनि भेडै त हौं नि!!!

    Reply
  32. Aakar Bhushan Nepali says:
    November 9, 2012 at 8:09 am

    सबै ढोंगी, सबै खत्तम!
    यो संसार खाली एक जना त्यागी विद्वानको कारणले मात्र चलेको रहेछ, त्यो विद्वान हो म |

    Reply
  33. K Sharma says:
    November 9, 2012 at 7:46 am

    यो त यिनी हरु को खानदानी पेसा नै हो. एउटा गोर्खाली को नाताले भन्नु पर्दा यो कुरा लाइ नेपाली उखान संग जोडेर भन्दा ” रछ्यान चलाए मुखमा छिटा” भने जस्तै हो . त्यस कारण यस्ता ढोगी हरु लाइ समाज बाट नै बहिस्कार र तिरस्कार गर्नु पर्छ .

    Reply
  34. raj says:
    November 8, 2012 at 11:06 pm

    अब रुपमति बन्नु पर्ने, पण्डित को रोजाई मा पर्न मन लाग्ने , मन्त्र सिक्न बन्द कोठा जना तयार हो भने तेस को नतिजा येस्तई त हुन्छ नि. कलि युग हो भन्ने पनि थाहा नभए पछि कसको के लाग्छ.

    Reply
  35. krishna says:
    November 8, 2012 at 10:15 pm

    जेनेटिक प्रोब्लेम !

    Reply
  36. शरद श्रेष्ठ says:
    November 8, 2012 at 10:00 pm

    लज्जा बोध भयो यो लेख पढेर,यस लेखका पात्रको कथित कर्तुतले भन्दा पनि यस लेखका कलमकारको हीन मनोबृतिले !नेपाली समाजको कुन दुलामा बस्नु हुन्छ तपाईं? यहाँ नेपालीहरुको गरिबी अनि अज्ञानता र सोझोपनको गलत फाइदा उठाएर धर्म परिवर्तन भैरहेको तपाइंले देख्नु भाको छ/छैन? मेरो कैयौं पटक यस्ता क्रिस्चियन धर्म-प्रचारकसंग वाक-युद्ध पर्छ !उनिहरु सोझै हिन्दु धर्मको अस्तित्वमा प्रहार गर्छन ,कुन कानूनले दियो यस्तो अधिकार? कमजोरी कसमा हुन्न त्यो पनि यौनिक? भेटिकन सिटीका पोपहरुको समलैंगिक scandal नभएको हो र? दुनिया भरि मान्छेलाई फुस्लायेर क्रिस्चियन धर्मको ढ्यांग्रो थत्ताउन्दै हिंडनु चै पाउँने रे अनि हिन्दुत्त्वोको प्रचार चै किन गर्न नपाउने? मेरो हजुर, पैसाको आडमा गल्लि-गल्लीमा खोलिएका चर्च अनि प्रार्थना-हल साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनको धज्जी उडाएर भैरहेको धर्म प्रचार जसमा ब्येक्तिको ब्रेन-वाश गरिन्छ त्येसकोबारे चै कहिले कलम चलाउनु हुन्छ त?

    Reply
    1. situ says:
      November 9, 2012 at 8:21 am

      दीनबन्धु को निकै नजिको मान्छे पर्नु भो कि क्या हो. पण्डित को नाम मा कलंक.

      Reply
    2. Debendra says:
      November 9, 2012 at 4:35 pm

      मित्र, तपाइको कमेन्ट को संदर्ब फरक पर्यो है/

      Reply
    3. saugat mgr says:
      November 9, 2012 at 8:57 pm

      मलाई फेरी शरदको कमेन्ट देखेर लज्जा बोध भयो, तेसो भए यो दीनबन्धुले अझै २०, ३० जना स्वास्नीमान्छेलाई झुक्क्याएको, तेती नै जनालाई रखौटी राखेको हेर्नु चाहानु हुन्छ शरदले, अनि बिर्सनु भयो कि केहो धर्म निरपेक्ष भन्ने कुरा, कुन र कहाको क्रिस्चियनले तेस्तो पैसा खायको देख्नु भाको छ तपैले पनि माई संसार वा अरु कुनै पत्रिका मार्फत पर्दाफास गर्नु जरुरि छ, त्यो तपाइको पनि कर्तब्य हो,

      Reply
      1. शरद श्रेष्ठ says:
        November 14, 2012 at 11:01 pm

        तपाईंले लज्जा बोध हुनु पर्दैन महाशय ! तपाईं आफै सोच्नुस कि कस्तो बिडम्बना, हामी यौटै समाजमा रहने दाबीका बाबजुद पनि मैले जे देखें त्यो तपाईले देख्न सक्नै भएनछ ! तर आम नेपालीले बुझेकै छन! हामी ढुंगा पुज्छौं,माटो देवता देख्छौं अनि प्रकृतिलाई थरि थरिका भगवान मानि पुज्छौं! हामी नेवारको कुमारी पुजामा बुद्धिस्टकि छोरी ल्याएर हिन्दु रिवाज्ले पुज्छौं! यो त यौटा उदाहरण मात्रै हो ! यो सहिष्णुता ! ऐनाको अगाडी उभिन्नु पर्दा मैले लज्जा-बोध हुनु पर्दैन,यो चै लज्जा बोध हो !बुझ्नु भो त??

        Reply
    4. बेखामान नेपाल says:
      November 10, 2012 at 4:46 pm

      तपाईले के कुरा गरेको शरद जी, यी दीनबन्धुहरु स्त्रीलम्पट हुन नपाए हिन्दु धर्म बिनाश हुने? गोविन्दरा हरु घुन नखाए देश डुब्ने? कहाँबाट सिक्नु भयो एस्तो पाठ? हिन्दु हुदैमा बाजेको अपराधको समर्थन गर्ने? बाहुन हुदैमा यी शरदजीको कथनमा हरियोमा क्लिक गर्ने ? के यी स्त्रीलम्पट पण्डित जसको नैतिक धरातल खस्केको छ त्यसले गल्ली गल्ली मा खोलेको चर्च बन्द गराउन सक्छ ? एक पल्ट सोच्नुस

      Reply
    5. सागर says:
      November 10, 2012 at 9:54 pm

      हिन्दु धर्म उत्थान को नाउमा दीनबन्धु, ज्ञानेन्द्र जस्ता अधर्मिहरुलाई चोख्याउन खोज्नु कत्तिको बुद्दिमानी हुन्छ ?

      निश्कलंक र बौद्दिक व्यक्तिहरु छैनन् हाम्रो धर्म मा ?

      Reply
    6. resham says:
      November 11, 2012 at 8:32 am

      यो सरद नामको मान्छेले दिन्बधुको बचाव गर्दै सिंगो नेपाली इसाई हरुमाथि पो आक्रमण गरेछन बा/ यो पनि अर्को लज्जा बोध नै भयो है/

      Reply
  37. nilam_ma says:
    November 8, 2012 at 9:50 pm

    हुँदा हुँदा भक्त देखाएर भगवानलाई पनि झुकाउने !! त्यस्ताको प्रबचन सुन्ने भक्तहरुलाई कस्तो आघात पर्ने होला ???????????????????
    कसले कसलाई बिस्वास गर्ने ???????
    सत्गुरुको कसरी खोज्ने ?????????????????
    सत्गुरु बिना मानिस को चोला कसरी उद्दार हुन्छ ????????
    धोग्न्गी गुरु कसरी chinne ????????????????
    तेस्ताली जिउदै बेत्रनी तराउनु पर्चा सब भक्त मिलेर

    Reply
  38. तारा मगर थापा, खाडी दुबइ says:
    November 8, 2012 at 9:48 pm

    हिजो मात्र मैले युत्युबमा यिनका अनार्बर्ता बिजयकुमार संग दिशा निर्देशनमा हेरेको थिए क्या मन प्रफुल्ल भएर आएको थियो यस्ता कर्मठ बेक्ती जो समाजकालागि ज्यान दिएर लागेका छन् जस्तो लागेथ्यो, उनिबोलेको शब्द संगै बरिस्ठ बिसुद्ध समाजसेवीहरु पुस्पा बस्नेत दिलशोभा र अनुराधा ज्यु को सम्झनामा मेरो आखा पनि रसाइ रहेको थियो, दिनबन्धुले अन्त्रबर्ताको क्रममा एसो भनेका पनि छन कि मैले कुनै स:सुल्क तोक्ने गरि लिएको छैन जति दिन्छन आयोजकले दिएको हात थाप्छु जो मेरो पछाडी भजन टोलीलाई पालन मद्दत पुगेको छ, मैले आफुले बेक्तिगत लिएको कुनै प्रमाण छ भने जस्तो सुकै साजाए भोग्न तयार छु पनि भन्दै थिए ए बा बा ……यी के सुन्नु पर्यो ..? अब कसले गर्ने अनुसन्धान भिडियो सहितको रिपोर्टिंग तयार गर्नु पर्यो …………………………….

    Reply
  39. Ambika says:
    November 8, 2012 at 9:46 pm

    धेरै लामो समय देखि नै दिनबन्धु पोखरेल जस्ता अन्य कैयौ यस्ता नकली भ्रष्टाचारी पण्डितहरुको काम कर्तुत र ब्यबहारले गर्दा नै हाम्रो वैदिक हिन्दु धर्ममा ह्रास आयको छ | धर्म को साचो अर्थलाई यस्ता दुइ जिब्रे पण्डितहरुले आफ्नो व्यक्तिगत भलाई तर्फ मोडी कुब्याक्खा गरिदियाका छन् जसको फल स्वरूप आज धेरै व्यक्तिहरुको यो धर्म प्रति आश्था र सम्मान हटेको छ |

    त्यसैले साथीहरु, यस्ता पाखण्डी शोषक पण्डितहरुलाई लत्याई हामी आफै यो वैदिक धर्मको गहन अध्यन गरौ र आखिर यस भित्र सत्य के रहेछ त त्यो जान्ने कोशिश गरौ | धर्मको आध्यन गर्न पण्डित नै चाहिदैन केवल आफुमा भक्ति र आस्था चाहिन्छ |

    Reply
  40. बेखालाल नेपाल says:
    November 8, 2012 at 9:12 pm

    भारत तिर ढोंगी बाबा, पण्डित आदि सन्तान नभाका महिलाहरुलाई “बुटी” लगाएर सन्तान हुने बनाई दिन्छु भन्दै छुट्टै कोठामा लगेर २०-३० मिनेट लगाएर “बुटी” गर्ने गरेको सुनेको थिए! अब नेपाल बजे पनि यस्तै पाइयो| हामीले भारतबाट चोरी, ठगि, ढोंगी आदि सबै सिकी सके!

    प्रबचन दिदा काम क्रोध लोभ गर्नु हुन्न भदै येस्ता यौन पिपासुहरु महिलाहरु फसाउन पो एस्तो भन्ने रहेछ पाजि!

    Reply
  41. Madan says:
    November 8, 2012 at 9:07 pm

    यो मान्छे फटा नै छ. पहिला गोर्खाको द्रब्येशाह क्याम्पस म संगै पढेको हो. बेल्जियम मा पूरान लगाउदा म भेट्न गयको थिय तर मलाई नचिनेको झैँ गर्यो . र अर्को गोर्खाको मान्छे ले चंदा दियको थियो उसको चाही हाम्रो गोर्खाली भनेर खुब तारिफ गर्यो

    Reply
  42. Damoder Chand Thakuri says:
    November 8, 2012 at 8:33 pm

    येस्ताका पछि लाग्नेहरु नै , मुर्ख हुन्

    पुराणहरु ९ औ देखि १३ औ सताब्दीका बिचमा , बौध धर्मको विस्तारलाइ रोक्न
    तथा , समाजमा ब्राह्मणहारको ब्रचास्वोलाई कायम राख्नका लागि ,
    रचियाका हुन् ,
    अधिकांस पुराणहरुमा कतै प्रताश्य त कतै घुमाउरो पाराले ब्राह्मणहरु देउता सरह देखाइएको हुन्छ,
    तेतिखेर बौध धर्मको विनासका लै अपनैयेका अनेक उपाएमा , यो एक थिओ
    अनेक कथा उप-कथा जोडेर , हरेक हिसाबले ब्राह्मणलाई फाइदा हुने हिसाबले , समाजको
    अन्धबिस्वासको दुरुपयोग गर्दै ,तत्कालिन समाजमा अन्योल लेयौना , पुराण तथा पुराण भन्ने ब्राह्मणहरुले ठुलो भूमिका खेलेका थिया

    बौध धर्म पनि दोष-रहित त थियन , तर खुल्ला रुपमा जाति प्रथ को बिरोध , तथा जुनसुकै जाति अनि बर्णको मान्छेले पनि , आफुले पढेर , पुरोहित हुन् पौने, अनि ब्राह्मण कुल मै जन्मेको हुनु नपर्ने जस्ता कारणले , ब्राह्मणहरु सुरु देखि नै , बौध बिरोधिका रुपमा देखा परे

    Reply
  43. Lakshman says:
    November 8, 2012 at 8:11 pm

    यस्तै पाखण्डीहरुले नै हिन्दु धर्ममा बिकृति ल्यायका छन् / अति भयो भने खति हुन्छ भन्छन , यिनको पनि के गति हुने हो थाहा छैन !!!!! ???????????

    Reply
  44. mahesh says:
    November 8, 2012 at 8:09 pm

    यिनलाई भगवाननै जस्तो गरि ठुलो बनाउने पनि हामिनै हौं | दिनबन्धु भने पछी जति पनि तिर्न तयार हुन्छन यहाँ | उनले त तेही हामीले जति भनेनी तिर्ने गरेको पैसा चलाएका हुन् | जवानीमै बुद्धि जाने अब मोझ गर्छन |

    Reply
  45. basu lamichhane says:
    November 8, 2012 at 7:19 pm

    कसैलाई दुख दियेको छैन होला आफ्नो इच्छा ले दान दिएकै होला फेरी क को नाटक नि बिचार ले दान पाएको पैसा ले ज गरे नि गरोस न घरकीनोस कि गाडी ??? आफु लै मतलब नभए को मा किन मतलब गर्नु उसले पुराणवाचन गरेको ज्याला लिए को तह हो बिचरा उसको परिशामिक पनि नापोस ?? आफु क हि गर्न नसक्ने अनि अरु को ढाड गर्ने सक्चौभाने आफु पनि पुराणवाचन गरेर कमाऊ !!! दिमाग छैन अरु लै एस्तो र तेस्तो काम नपाएका लफंगा हरु

    Reply
  46. Bibek says:
    November 8, 2012 at 5:59 pm

    दिनबन्धु पनि हामी जस्तै आम मानब हुन् र उसलाई पनि हामीलाई जस्तै विभिन्न कुराहरुको सोख छ, फरक येत्ति होकी दिनबन्धु लाई हामीले के-के नै हो जस्तो गरि मान्दै आएका छौ, तेसैले मेरो बिचारमा त उसलाई पनि हामी जस्तै एउटा साधारण मानिस ठानौ तेस्पछी उसले कारमा गुडे पनि लज मा बसेपनि केटि फेर्दै हिडेपनि, अरुहरुसंगा उपहार लिदै हिडे पनि सबै normal नै लाग्छ

    Reply
  47. Prakash Nepal says:
    November 8, 2012 at 5:38 pm

    बहुत राम्रो मसला पाउनु भो हगी? नेपालमा नेपाल सरकारले गर्न नसक्ने काम गरेमका छन् यी दिनबंधुले . कसैलाई केहि कुरामा चित्त बुझेंन भने व्यक्तिगत कुराहरु लाइ पित-पत्रकारितामा बेईज्जेत गर्ने? खोइ त् हामीहरु ले कहिले सिक्ने राम्रो कुराहरु ? एकजना राम्रो मान्छे छन् जसले अस्पताल, बिद्यालय बाटो घाटो बनाउन करोडौं उठाउन सहायोग गरेर गरिब नेपालीहरुको सहायोग गरेका छन्, त्यस्तो मान्छेलाइ अब बदनाम गरेको के गर्न खोजे हो हामीहरुले? यो चाही अति नै भो. यो पित-पत्रकारिता तुरुन्त बन्द गर्नोस.

    किशोर जी, तपाइको जन-आस्थाले यो समाचारको तुरुन्त खण्डन गरोस. यो राम्रो होइन |
    राम्रो र सहि मान्छेको हामीहरुले आदर गर्न सकेनौ भने देश र समाज बर्बाद हुन्छ. यो तपाइको पनि कर्तब्य हो र मेरो पनि.

    Reply
    1. subash says:
      November 8, 2012 at 9:22 pm

      प्रकाशजी, पैसा मात्रै सबथोक होइन. दीनबन्धुजीले आफ्नो पैसाले केहि गर्नु भएको छैन, सबै चन्दा संकलन गरि गरेका हुन्. मानिसको आचरणनै ठिक छैन भने उसले जे सुकै गरुन राम्रो हुँदैन.

      Reply
    2. Amrit Kumar says:
      November 8, 2012 at 10:28 pm

      प्रकाश जी , निस्चय नै उनले समाज को लागि योगदान गरेका छन् l त्यो कुरामा असहमति होइन तर यो समाचार केहि हद सम्म साचो हो / म दीन बन्दु लाई ब्यगतीगत रुपमा चिन्छु l मलाई आर्थिक हिनामिना बारेमा जानकारी भयन तर महिला संग को सम्बन्धको बारेमा उनको स्वभाव मलाई थाहा छ l उनले पहिलो श्रीमती बिमला लाई यो समाचार मा भने जस्तै अन्याय गरेका छन् l तयसैले यो समाचार लाई पित-पत्रकारिता नभनौ होला l

      Reply
    3. kedar says:
      November 8, 2012 at 11:27 pm

      महोदय प्रकासजी बिनम्र निबेदन:
      सार्बजनीक रुपमा ठुलो जमतलाई लगातार ७ दिन देखि १ महिना सम्म पटक पटक भाषण दिदै हिड्ने (भाषण किन भनेको भने प्रायश पुराण बाचन गर्दा बीच बिचमा सन्धर्भ भन्दा बाहिर सम सामयिक सामाजिक, राजनैतिक र नैतिकताका कुरा हरु पनी फलाकिने हुँदा), जसको कुरालाई हजारौं हजार सर्बसाधारण धर्मालम्बीहरु र श्रद्धालुहरुले प्रशिद्ध ऋषिमुनी श्री शुकदेवजी मानेर धार्मिक बाचनको रुपमा श्रद्धाले ग्रहण गर्छन र उनका प्रभावले कयौंको जीवन र समाजमा पनी असर तथा प्रभाब परी राखेको हुन्छ, तेस्ता मान्छेको जीवन कसरि ब्यक्तीगत भयो ? धार्मिक नेता भएर धर्म, समाज र श्रद्धालुहरुलाई नैतिकताको पाठ सिकाउने उनको गलत नैतिकता बाट कति श्रद्धालु र श्रोताहरुको मन क्षिया क्षिया हुन्छ याद गरेको छ ? आफु नैतिक पुरुषको रुपमा ब्यासेसन (आसन) मा बसेर हजारौं लाखौँलाइ नैतिकताको पाठ सिकाउने उनको जीबनलाइ कसरी व्यक्तिगत मान्ने ? जसलाई आदर्श मानेर हिंडेका हजारौं हजार श्रद्धालुले कसरि उनको जीवनलाई व्यक्तिगत मान्ने ? कि उनले फ्यालेका २/४ लाख र करोडले सबै पाप पखालिनु पर्ने कि के ? विकृत नैतिकतालाइ अझै आदर्शनै मानिनु पर्ने कि के २/४ करोड नोट को बलमा ?

      महोदय, उनले गरेका २/४ ओटा राम्रा काम र फ्यालेका २/४ करोड नोट भन्दा बस्तुको रुपमा उनले प्रयोग गरेका प्रकृतीले एक पल्ट दिने त्यो सुन्दर जीवनको मूल्य हजारौं गुणा बेसी हुन्छ, कि तपाईलाई कस्तो लाग्छ जीवन को मूल्य ?

      Reply
  48. Binay says:
    November 8, 2012 at 5:33 pm

    भगवान शिवले त तरुनी घुमाउदै हिडेका थिए रे , यी त एक सामान्य मान्छे जो बाउले बनाएको बाटोमा गाडी कुदाउदैछन् भने राजमार्गको दाया-बाँया छाप्रोमा छिरेर तरुनीसंग चालबाजी गर्नु कुन ठुलो कुरा हो र ?

    Reply
    1. vivek says:
      November 8, 2012 at 10:08 pm

      बिनयजी क्या यार शिवजीले फेरी तरुनी घुमाउदै हिंडे भनेर कुन सस्त्रमा लेखेको छ l

      तर हजुरको कुराको भावको भने मैले खण्डन गरेको हैन ल just got surprised
      dont mind la

      Reply
  49. द्रोण says:
    November 8, 2012 at 5:08 pm

    I believe some kind devil is following pundit these days.Its true there is no one out of controversy in this universe even especially all god in all religion also.
    The question is how you can resist it?
    If you can not handle it properly ,you will get ”badnami”.
    May almighty god give pundit the power to resist.

    Reply
  50. yada says:
    November 8, 2012 at 4:47 pm

    यी बाजे पनि कानै चिरेका जोगी भोगी त हुन् नि हैनर ?

    Reply
  51. कमल क्षेत्री says:
    November 8, 2012 at 4:34 pm

    बाजे को टुप्पी तान्नु पर्ने अनि चाल पाउथे, actually , केटि(के केटि भन्नु आइमाई) नै क्रेजी हुन्छन रे येस्ता संग, स्वामी नित्यानन्द हरु छन् नि उदारण को लागि,
    गरि खाने भए…..

    Reply
  52. Jyoti Rijal Rimal says:
    November 8, 2012 at 4:08 pm

    धर्मको नाममा कलन्कहुन! एस्ताको राम्ररि उपचार भएमात्र आरु पन्डितहरु पनि सजग होलान्।

    Reply
  53. prakash says:
    November 8, 2012 at 3:49 pm

    यो पण्डित लाई हिन्दि फिल्म OH MY GOD (OMG ) देखाओनु पर्ने हो !!!! just like pandit in OMG Movie

    Reply
  54. kedar says:
    November 8, 2012 at 3:13 pm

    नेपालमा युबा पुराणबाचकहरुमा बिकृती बढ्दै गएको छनक मालाई सन् २००७ तिरै लागेको थियो / सन् २००७ मा मैले आफ्नो जन्म थलो र स्वर्गीय बुबा, आमा, हजुरबा, हजुरआमाहरुको कर्मथलोमा वाहाँहरुकै मोक्ष र आत्म शान्तीकालागी भनेर लगाको श्रीमद्ध भागवत पुराणका बाचकको कुरा र हाउभाउ देखेर बेक्कारमा यो ठेउकेलाई बाचक राखेछु भन्ने लागेको थियो / मैले बिदेशमा कमाएर लगेका पैसाले ससुल्क पुराण बाचन गर्दै गरेका उनि पुराणको व्याख्या गर्दा गर्दै बिचमा बिदेशमा भाँडा मोल्ने, चिहान खन्ने जस्ता तल्लो स्तरका काम गर्ने नेपालि ठिटाहरु याहाँ आएर हामीलाई येसो र उसो गर्छौं भनेर धाक देखाउछन, हामीलाई थाहा छैन के के गर्छन बिदेशमा ? भनेर पो भन्न थाले बा आ आ आ आ / कुरा पनि बिना सन्दर्भ पो निकाले, न कोही संग डिस्कस पर्नु न कसै बाट कुनै कुरा निक्लिनु / मलाइ त घोक्रे ठ्याक लाएर उत्तिखेरै निकाल्नु जस्तो रिस उठेको थियो तर के गर्ने तेसो पनी गर्न सकिएन / तर सिफारिस गर्नेलाइ चै पुराण सकिए पछी राम्ररी झपारें र अलिकति मन सान्ती भयो / अझ श्रोताहरुले संगै फोटो खिच्न खोज्दा तरुनी तिर अलिक धेर फोटो खिचाउने इन्तेरेस्ट देखेर कता कता मन म चिसो पसेको थियो / अब त यी इ इ इ इ इ लगाउछु पुराण तेस्ता नागाहरुलाई पोस्न /

    Reply
  55. Rai Narhang says:
    November 8, 2012 at 3:06 pm

    साची नै यो खबर सहि हो भने भगवानका नाममा अनेक भजन किर्तन पर्वचन गर्ने ढोंगीहरुलाई कसरी बिस्वाश गर्नु ? यिनका बाउक मृत आत्माले पनि शान्ति नपाउने भयो कठै,,,,,,,,,,,,,,,

    Reply
  56. Hari Gautam says:
    November 8, 2012 at 2:48 pm

    ल बधाई छ दिनबन्धु पोखरेल लाई
    हामी सबैले यहि आपेक्षा राखेका थियौ तिमिबाट

    Reply
  57. prakash says:
    November 8, 2012 at 2:47 pm

    मति भ्रस्ट मान्छे …. दिनबन्धु ………… धर्म को नाममा बिकृति फ्हैलौना बन्द गर

    Reply
  58. Navraj says:
    November 8, 2012 at 2:29 pm

    यो भनाइ मा कति सत्यता छ, तो अनुसंदन को बिसय हो तर बाईर आयको कुरा छानबिन बाट सत्य हो भन्ने पट्ट लागो भने चाई कडा कारबाई गर्नु पर्छ/ किन बहाना धर्म को नाउ मा बाबा, गुरु , लामा को रुप धारण गरेर लूट गर्ने धरै भय /

    Reply
  59. पूर्ण नेपाली says:
    November 8, 2012 at 2:10 pm

    बाउको बिडो थाम्ने भए पुरेतबाले….

    Reply
  60. प्रलय says:
    November 8, 2012 at 2:08 pm

    यो चाहि राम्रो भएन , ठाउँमा पुगेपछि सबै कुरा बिर्सने !!
    इज्जत कमाउनु भन्दा जोगाउन गार्हो भन्छन 🙂

    Reply
  61. kusan sharma says:
    November 8, 2012 at 1:56 pm

    बाबु छोराको एकै मति रहेछ l ढोंगीहरु l

    Reply
  62. mahesh says:
    November 8, 2012 at 1:53 pm

    बाउ ले पुराण भन्दै सुन्ने लाइ बैकुण्ठ पुर्याइदिने भ्रम दिदै तिन वटा आइमाई लाइ स्वास्नी बनाएर राखेको थियो, छोरो ले बिडो थामेछ.

    Reply
  63. Ram Prasad Aryal says:
    November 8, 2012 at 1:15 pm

    येस्ता धेरै कारणहरुले गर्दा समाजमा धर्मको नाममा धेरै बिकृतिहरु फैलिएको पाइन्छ , सबै छानबिन गरेर सत्य तथ्य खुलस्त अगाडी आओस. ……..

    जन – चेतना – भया ……………

    Reply
  64. सार्थक says:
    November 8, 2012 at 1:14 pm

    सत्य हो भने दु:खलाग्दो कुरा हो । अब कसलाई पो विश्वाश गर्ने होला नेपालमा ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme