-सूर्य खड्का-
दशै तिहारको मेलोमा गच्छे अनुसार रुची भएका मान्छेले मज्जाले जुवाको पारख देखाइरहेका छन्। राष्ट्र र राजनीतिक जुवा खालमा भने कोही कसैलाई पनि सिधा टकराव दिन सकेका छैनन भलै भद्र पारामा सत्त पक्ष र विपक्षबीचको जुवा खाल रोमाञ्चक हुँदै गएको छ। न छवि न लाल हुँदै प्रचण्डबाट पर–चण्ड हुँदै गएका माओवादी सुप्रिमले खेल जमाउन खोजिरहँदा सायद दक्षिणकै दुई दृष्टि भएर होला सुशिल, झलनाथ वा माकुनेहरुसँग न मित्र न दुष्ट सावित हुनुपरिरहेको छ। यसबेला यो खालको सत्तापति र को सडकपति बन्ने एकीन गर्न त गाह्रै छ तर राष्ट्र प्रमुख डा. रामबरण यादवले पछिल्लो पटक देशका उद्योगीव्यवसायीसँग आफ्नो मनको बात गरिरहँदा सवैभन्दा ठूलो दलका नेता प्रचण्ड युरोपमा कार्लमार्क्सको उद्गमस्थल दर्शन यात्रामा व्यस्त रहनु एउटा संयोग नै थियो।
गणतन्त्र नेपालका प्रथम निर्वाचित राष्ट्रपति यादव अक्सर प्रमुख अतिथि भएका कार्यक्रमहरुमा दुई भूमिकामा बात गर्छन्। विषयगत विषयमा औपचारिक भाषण सकेपछि मनका बात गर्नु उनको शैली जस्तै भएको छ। दोलखाको जिरी, तराई मधेशतिर वा बौद्धिक, व्यापारी उद्यमी वा नागरिक समाजका अगुवावीच पटक पटक मनका बात गरेका छन् उनले डा. रामवरण, आम नेपाली रामबरण भएर। यसैकारण संकटपूर्ण वर्तमान राजनीतिक अन्यौलताका वीचमा पनि राष्ट्रपति संस्थाप्रतिको गरीमा र विश्वास डगमगाउन पाएको छैन।
निश्चयनै राष्ट्रपति डा. यादवले आक्रामक र चेतावनीपूर्ण शैलीमा पछिल्लो पटक सार्वजनिक रुपमा भने जस्तै अव राजनीतिक संकट समाधान गर्न दलहरुले असोज मसान्तसम्मको समयसीमा पनि सदुपयोग गर्दैनन् भने अझै राष्ट्रपतिले रमिते मात्रै भएर वस्न मिल्दैन। देशलाई पूर्ण वजेट चाहियो, राष्ट्रिय सहमतिको सरकार पनि चाहियो, नयाँ संविधान पनि चाहियो। यी माग वा अपेक्षा फगत एक रामबरणको होइन, हुन् आम शक्तिशाली नेपालीका। चार चार वर्षसम्म संविधानसभा मार्फत संविधान लेखन नसकेर फेल भएका दलहरुले अव पनि आ आफ्नै डम्फु बजाउँदै सहमतिमा नयाँ निकास नखोज्ने हो भने निश्चित छ राष्ट्रपतिको हस्तक्षेप। संविधानको सरक्षक, पालक एवं राष्ट्रप्रमुख हुनुका नाताले व्यहोर्नु परेका दवाव, चिन्ता र चासो, सकस वा कहरहरुलाई सार्वजनिक गर्दै हिडेर मात्रै अव राष्ट्रपतिको दायित्व पक्कै पूरा हुन सक्दैन। यस अर्थमा अनौपचारिक सत्य वात गर्ने राष्ट्रपतिले अव साहसपूर्वक आफ्नो विवेकपूर्ण निर्णय लिनुपर्छ।
संविधान आफैंमा अन्तरिम छ। संविधानत : आफुलाई सेरेमोनियल दायित्व मात्र किटान गरिएको भन्दैमा राज्यको प्रमुख संस्थाका अगुवा डा. यादवले असक्षम राजनीतिक दल र तिनका नेताहरुको अयोग्यता, अकर्मन्यता, एकांकी प्रबृत्ति र अनिर्णयको वन्दी वन्ने कुसंस्कारको रमीते वन्न आवश्यक छैन। संकटकालको घोषणा, संविधानका निश्चित धाराहरुको निलम्वन, वर्तमान सरकारको विदाई, नयाँ सरकारको गठन र नयाँ चुनावको तिथि तय गर्न कम्तीमा राष्ट्रपतिले प्रचण्ड बाबुराम, सुशील–रामचन्द्र–शेरवहादुर, महन्थ ठाकुर वा विजय गच्छदार र झलनाथ–माधव नेपालहरुको इसारा लिन आवश्यक छैन। निकास दिन नसक्ने दलहरु र तिनका नेताहरुलाई ठेगान लगाउने जनता हुन र जनतासम्म तिनलाई उभ्याउने राजमार्ग वनाइदिने अनिवार्य दायित्व राष्ट्रपति डा. यादवकै हो।
बर्तमान सरकार असफल भइसकेको छ। आफैले घोषणा गरेको चुनाव सम्पन्न गर्न नसकेर दलहरुको असफलताको पराकाष्ट यहाँ भन्दा ज्यादा हुनैसक्दैन। संवैधानिक, राजनीतिक, आर्थिक, न्यायिक सवै हिसावले अव देशलाइ असफल राष्टको रुपमा रुपान्तरण गर्ने शिवाय अन्य काम दलका नेताहरुबाट हुन नसक्ने स्पष्ट भइसक्यो। यसअर्थमा अत्यावश्यक र निर्विकल्प छ राष्टपतिको हस्तक्षेपकारी भूमिका। राष्टपतिले संविधानत : केही गर्न सक्दैनन्, पाउँदैनन भन्ने दल वा तिनका नेताहरु जनतामाथि विश्वास गर्छन् भने आम जनताको सामना गर्न जानुपर्छ चुनावमा होइन भने तिनलाई एक एक गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कठघरामा जवरजस्त पठाइदिदा कुनै जनताको लर्को तिनको पछि हुनेछैन। बुढी मरि भन्दा पनि काल पल्क्यो भनेझैं दलहरु संकट समाधानको विकल्प खोज्न एकमत हुन नखोज्ने, नसक्ने संस्कृति राष्ट्र र जनता विरुद्धको महाअपराध हो। यस्ताको कुकर्महरुलाई ठेगान लाउने राष्टपतिले नै हो। संविधानमा नलेखिएका कुरा वा धारा प्रयोग गर्ने छुट एउटा राष्टप्रमुखलाई हुन्छ, उसले सफा नियतले राष्ट र जनताको हितका लागि कदम चालेका हदसम्म। राष्टपतिले सम्पूर्ण अधिकार देशवासीका नाममा एउटा सम्वोधन गरेरै लिन सक्छन् निश्चित समयका लागि कम्तीमा नयाँ आम चुनावकालागि। यसो गर्दा सत्ता छोड्नु पर्ने वा सत्ता नपाउने दल र तिनका निश्चित गुट उपगुटलाई मात्रै ज्वरो आउने हो, त्यसवाहेक राजनीतिक, कानूनी, वैदेशिक कुनै पनि कोणबाट राष्टपति विवादित, आलोचित, हुने छैनन्। कथं विवाद नै भएछ भने पनि अग्लो रुखले धेरै हावा छल्न परेजस्तै ठूलो छाती र सफा मनले सवैखाले परिस्थितिलाई आत्मसाथ गर्ने साहस अव हुनुपर्छ डा. यादवको। त्यो मन र मुटु छ हाम्रा जनताका राष्टपतिको। अव प्रयोग गर्नुपर्छ।
प्रजातन्त्रको माला जपेर नथाक्ने दलका तमाम अप्रजातान्त्रिक क्रियाकलापलाई लगाम लाउने जनताले त्यहा सम्मका लागि साहारा माग्ने राष्टप्रमुखसँग हो। र, राष्टपतिले त्यसमा निर्णायक हस्तक्षेप गर्दा सेना, पुलिस, निजामती प्रशासन, वकिल, डाक्टर, पत्रकार, अधिकारकर्मी, दातृ निकाय सवैले विनाशर्त राष्टपतिको कदमलाई स्वागत र सलाम गर्नुपर्छ। अव राष्ट विघटनको खतरामा जादा जादै संविधानको धारा पल्टाउदै राष्टप्रमुखलाई निष्त्रि्कय वनाइरहन मिल्दैन, हुँदैन। राष्टपतिले अव असल नियतका साथ साहसी निर्णय लिने आँट गर्ने ढिलो गरेमा वा राष्टपतिले लिने कदममा जनसमर्थन नरहेमा पक्का छ गणतन्त्र संकटमा पर्छ। गणतन्त्र संकटमा पर्नुको सीधा र प्रष्ट परिणाम हो ०४७ को संविधान पुनर्स्थापनाको प्रयास। भन्नोस सवै स्वाभिमानी आम नेपालीले अनि त्यसपछि कस्तो विग्रहमा फस्दछ त देश?
राष्टपतिका सामु सीधा नयाँ चुनाव गराउने सम्मको दायित्व छ तत्काललाई। यसका लागि राष्टपतिका कदमसँग वाझिने हदसम्मका संविधानका धाराहरु निलम्वन गरिदिए फरक पर्दैन। दलका असक्षम नेताका अनिर्णयको वन्दक बन्नु भन्दा राष्टपतिले निश्चित समयका लागि कार्यकारी अधिकार जनतालाई साक्षी राखेर आफ्नो हातमा लिदै चुनाव मार्फत सो अधिकार जनतालाई फिर्ता गरिदिनु नै नेपाली परिभाषाको असली प्रजातन्त्र हुनेछ। २०४६ देखि हालसम्मका सवै उपलब्धिको रक्षाका लागि यसवाहेक विकल्प अव थप आत्मघाती, जनविरोधी हुनेछन्। यसकारण पनि ढिलो नगरि कुनै कम्मर कस्न पर्छ अव राष्टपतिले। आफुलाई प्रजातन्त्रको मसीहा, जनताको असल सेवक र राष्टियतको पहरेदार हौ भन्ने कुनै पनि दलले राष्टपतिको हस्तक्षेपपछि वन्ने सरकार, घोषणा हुने निर्वाचनलाई विना शर्त स्वीकार गरेर जनताले मतदान मार्फत गर्ने निर्णयलाई सहर्ष स्वीकार गर्ने इमान प्रस्तुत गर्न सक्नुपर्छ। संविधानसभाको स्वत : विसर्जनपछि स्वार्थी झुण्डहरुको यो कामचलाउ सरकार अव देशको शक्तिका श्रोत जनताको लागि समय भार र मार बन्न मिल्दैन। एउटा सामान्य किसानको छोरा राष्टप्रमुख भएको यो देशमा शिशु गणतन्त्रलाई संस्थागत गरि देशलाई नयाँ संविधान दिने एउटै अचुक अस्त्र अव राष्टपतिको हस्तक्षेपकारी कदम मात्रै हो। जीवनभर प्रजातन्त्रका लागि लडेका राष्टपतिले अव गुनासो मात्रै गर्ने कि साहसिक अग्रसरता लिने, उनको पनि अग्नी परीक्षा नै हो यो।
राष्टपति सामु पटक पटक सहमति गर्छैा भन्ने कसम खाएका दलहरुले किन यति लामो समयस्ाम्म सहमति गर्न सकेनन्? दलहरु किन बजेट, विकास, राष्टियता, जनताको सार्वभौम अधिकारको रक्षा, वैदेशिक हस्तक्षेपको विरोध वा परराष्ट नीति जस्ता अहं सवालहरुमा एकमत हुन ढिलो ‘गर्छन् वा चाहदैनन? के कहिल्यै गर्न नसक्ने अमुक सहमतिको नारामा भाग शान्ति जयनेपाल गर्दै विना चुनाव सत्ताका लागि लड्नु मात्रै दलहरुको कर्म र धर्म हो त? कुन दल वा नेता कस्ता र कस्को गल्ती वा कमजोरी के भनी अपरेशन गर्ने वा परीक्षा लिने जनता नै हुन्। जनताले आफ्नो विवेक प्रयोग गर्ने वाटो नपाएका कारण जनता रणभूलमा परेका वेला जनताको नेतृत्व गर्ने राष्टाध्यक्षले नै हो। बेलाको वोली जनताले बोल्न पाउने मतदानको अवसर जुटाउन राष्टपतिले अन्तिम कसरत गरेमा राष्टपतिको साख र गरीमा सगरमाथा भन्दा उच्च, पवित्र, जनप्रिय, ऐतिहासिक र समाधानमुख हुनेमा कसैको दुइमत नहोला। तसर्थ जनजनको पुकार हो राष्टपति महोदय अव अति भो, बढ्नोस अघि देश जोगाउन, जनता मोटाउन।
तर खोई अभागीले खानेबेला हुरीबतास भनेजस्तो भएर कांग्रेस छोडेका महन्त ठाकुरको अनुपस्थितिमा गिरिजाको बाध्यात्मक तथास्तुले चिठ्ठामा राष्ट्रपति भएका डा. रामवरण यादवले रामको भूमिका निर्वाह गर्ने हुन या होइनन् अहिलेसम्म त उनको कामरुपी खुट्टी हेर्दा हरेक दशकमा उलटपुलट हुने राजनीतिक प्रवित्ति पो दोहोरिने हो कि ।
‘सौता को रिसले …. को … मा …… पिशाब… ‘ त भयन नि खड्का जी | तत्काल सोच्दा भविस्य बिग्रौनु हुँदैन | बरु जनमत आफ्नो पछ्य मा बटुल्ने बाताबरण बनाउनु पर्यो | धन्दाली हुन्छा भन्दै पहिले भाग्नु भएन | येदी प्रजातन्त्र को विश्वो ब्यापी मान्यता लाई ब्यबहार मा उतार्ने हो भने आफुलाई प्रजान्त्र को ओकालत गर्ने जो कोहिले पनि चुनाब मा जानु पर्छा र जुन सरकार ले चुनाब घोषणा गर्छा उसले चुनाब गराउन पाउनु पर्छा किनकि के थाहा बाबुराम सरकार लाई जनताले मन पराएका पो छन् कि? हाम्रै देश को उदहारण हेर्ने हो भने पनि गिरिजा प्रस्साद कोइराला ले संसाद भंग गरि चुनाब गराएको उदाहरण चा नि त ? खोइ कहिले चेत औन्छा यी नेताहरुको प्रजान्त्र तन्त्र प्रति ? हुन त यी नेताहरु ठंछा प्रजान्त्र बह्नेको यिनका बाउको प्याओ नै हो ? नत्र के को बखेडा झिकी राख्नु | अहिले सम्म चुनाब भै सक्थ्यो ?????? धिक्कार छ हामीलाई नेपाली हुनुमा !!!!
त्यस भन्दा पनि अगाडी न त उनि राम्रो छबी भएका मान्छे हुन्, नत कुनै बिशेस क्षमता भएका वा देश को बारे मा सोच्ने मान्छे नै हुन् उनि| उनि त आम कंग्रेस्सी जस्तै भ्रस्ट , प्रस्ट बिचार नभएका, नाता बाद र कृपा बाद मा बिश्वास गर्ने सामन्ती संस्कार भएका व्यक्ति हुन् | यस्ता व्यक्ति बाट के आशा गर्ने ?
यदि उनि बास्तबमै देश को लागि सोच्थे भने बाबु रामको चुनाब गराउने अध्यादेश पास गरेर चाडो भन्दा चाडो चुनाब हुने बाट बरण बनाउन थाले हुन्न ?
तर उनको दाउ अर्कै छ| बाबु राम बाट सत्ता हत्याएर कंग्रेस्सी लुटेरा हरु को हातमा हाली दिने | जस बापत उनि लाई पनि भाग बन्दा आउछ|
धेरै जना नेपाली कांग्रेस र प्रजातन्त्र एउतै भन्ने थान छन तर कुरा त्यो होइन | NC एउटा कुटेर हरु को पार्टी हो |
केहि गर्न नसक्दा पनि बाबु राम अहिले सम्म क सबै पी एम भन्दा उत्तम छन् | कमसे कम घुस लिने मन्त्रि हटाउने आँट गरे | र एउटा कुरा भुझ्नुस, बाबु राम आफु भ्रस्ट थियो भने अर्का भ्रस्ट लाई निकाल्न सक्ने थिएन|
माओबादी ले सत्ता कब्जा गारो भनेर नथाक्ने MAKUNE ले के गरो बिर्सनु भो?
अरु को त कुरै छाडौ | देउवा , र चन्द्रे , झाले सबै लुट्ने आउने हरु हुन् |
त्यस भन्दा पनि अगाडी न त उनि राम्रो छबी भएका मान्छे हुन्, नत कुनै बिशेस क्षमता भएका वा देश को बारे मा सोच्ने मान्छे नै हुन् उनि| उनि त आम कंग्रेस्सी जस्तै भ्रस्ट , प्रस्ट बिचार नभएका, नाता बाद र कृपा बाद मा बिश्वास गर्ने सामन्ती संस्कार भएका व्यक्ति हुन् | यस्ता व्यक्ति बाट के आशा गर्ने ?
यदि उनि बास्तबमै देश को लागि सोच्थे भने बाबु रामको चुनाब गराउने अध्यादेश पास गरेर चाडो भन्दा चाडो चुनाब हुने बाट बरण बनाउन थाले हुन्न ?
तर उनको दाउ अर्कै छ| बाबु राम बाट सत्ता हत्याएर कंग्रेस्सी लुटेरा हरु को हातमा हाली दिने | जस बापत उनि लाई पनि भाग बन्दा आउछ|
धेरै जना नेपाली कांग्रेस र प्रजातन्त्र एउतै भन्ने थान छन तर कुरा त्यो होइन | NC एउटा कुटेर हरु को पार्टी हो |
मा लागे हुन्न र ? तर उनको छड्के दाउ अर्कै छ र त्यो हो बाबु राम बाट चुटेर सत्ता कंग्रेस्सी | उनि भन्दा योग्य व्यक्ति अहिले कोहि छैन
मन परे हरियो नपरे रातो !
अन्तरिम संबिधान जिउदै भयको मान्ने हो भने रास्ट्रपति मात्र हाम्रो घरमा पुजा गरिने तस्विर जस्तै हो; तस्विरले तोलायर हेरिरहन मात्र सक्छ; केहि भन्न र गर्न सक्दैन/ उ मात्र आलंकारिक रास्ट्र प्रमुख मात्रै हो/ अन्तरिम संबिधान अनुशार देसको कार्यकारिणी अधिकारको श्रोत सदन हो/ तर अहिले देसमा सदन नै छैन/
अन्तरिम संबिधानले संबिधान सभाले संबिधान बनाउन नसक्ने अबस्थामा के गर्ने त्यो उल्लेख नै गरेको पनि छैन/ बाबुरामले कुन अधिकार अन्तर्गत तिथि मिति तोकेर अर्को चुनावको घोसना गर्यो भन्ने कुरा बाबुराम आफैले भन्न सक्दैन र संबिधान सभा र सदन समेत भंग भैसकेको आजको अबस्थामा यो रास्ट्रपति र प्रधानमन्त्री सिट के कस्तो अधिकार हुन्छ भन्ने कुरा ४ जिब्रे ब्रम्हाजी त् के हजार जिब्रे शेष नागले पनि गर्न सक्दैन/ ईनिहरुको पद हैसियत र अधिकारको कुरा संबिधान अनुशार होईन आआफ्नो स्वार्थ अनुशार बखान हुँदैछ/ ईनिहरुमा आज कुनै पनि जनप्रतिनिधिको हैसियत छैन त् हामीले ईनिहरुलाई किन गुहार्ने? बेलाको माग त् आफै उठ्ने हो/
यदि जनता आफै उठेर ईनिहरुलाई “कू” गर्न सक्दैन बा जनताको निमित कसैले ईनिहरुलाई कू गर्न सक्दैन भने; यहा जसले जे गरे पनि हुन्छ/ मर्यादाक्रममा दोश्रो स्थानमा रहेको बाबुरामले अन्तरिम संविधानले उसलाई दिंदै नदियको अधिकार प्रयोग गरेर संबिधान सभा भंग गरेर अर्को चुनावको घोसना गर्न सक्छ भने मर्यादाक्रममा प्रथम स्थानमा रहेको रास्त्र्पतिले चाहे जे पनि गर्न सक्छ/ उसले चाह्यो भने बाबुरामको सरकारलाई “कू” पनि गर्न सक्छ/ तर के साँच्चै रास्त्र्पतिले केहि गर्न आँट गर्ला? आँट गरि हाले पनि के रास्त्र्पतिलाई केहि गर्न देला?
आखिर राम बरण यादव जनता बात चुनीयको होईन/ उ मुलत कांग्रेसको सदस्य कांग्रेसको सदस्य हो/ उसले के बोल्ने के गर्ने भन्ने कुरा सबै कांग्रेस बात निर्देशित हुन्छ/ त् यकातिर अन्तरिम संविधानले नै रास्त्र्पतिलाई केहि गर्ने अधिकार दियको छैन भने अर्को तिर राम बरण यादव कांग्रेसको सदस्य भयको नाताले उसले जे सुकै गर्न पनि कांग्रेसको स्वीकृति लिने पर्ने हुन्छ/ अब यस्तो रास्ट्रपति बात कसले के आस गर्न सकिन्छ?
बाबुरामलाई अन्तरिम संबिधानले संबिधान सभा भंग गरेर अर्को चुनावको घोसना गर्ने अधिकार नदियको कुरा कांग्रेसलाई पनि थाह छ एमालेलाई पनि थाह छ/ तापनि उनीहरुले त्यो कुरामा बाबुरामलाई चुनौती दिन सकिरहेको छैन; कारण सबैलाई थाह्छ उनीहरुलाई पनि कस्तै अबस्थामा पनि सत्ताको नेत्रित्वो चाहियको छ/ बाबुरामको कदमलाई अबैधानिक भनेर आफ्नो नेत्रित्वोको सरकार बनाउने सपनामा लात हान्न काँग्रेस चाहँदैन/
जनताको मन र बिस्वास आफ्नै कर्तुतको कारणले जित्न नसकेका ई नेताहरुले सट्टालाई पनि चुनावको बुथ कब्जा गरे झैँ कब्जा गर्न खोजि रहेकोछ/ सट्टा माथि आफ्नो कब्जा जमेमा जनतालाई कठालो समायर आफ्नो बाकसमा खसाल्न लगाउने दुस्वप्न सबै दलले देख्दै आयकोछ/ बाबुरामले अस्ति कांग्रेस यमाले सिट भयको सम्झौता भंग गरेको कारण पनि चुनावी सरकारको नेत्रित्वो कांग्रेसलाई दिनु पर्ने भयाकैले हो/
सरकारमा बाबुरामको नेत्रित्वो “सिंगो तराईमा मात्र मधेसीको स्वराज खोज्ने मधेश बादीको समर्थनमा तिकेकोछ/ नेपालमा जात जातको राज्य बनाउने माग मात्र सम्पूर्ण तराईमा मधेशीको स्वराज चल्ने राज्य बनाउने कुरा सहज बनाउन मात्रै हो/अस्ति भयको तोडेको सम्झौतामा मधेश बादी र बाबुरामको निमित पचाउने नसक्ने ३ मुख्य बुंदाहरु थियो:
०१. राज्यहरु यक जातीय नहुने बहुजातीय हुने ( यो कुरा तराईमा मात्र मधेसीको राज हुनु पर्ने मागको बिरुद्ध भयको)
०२. राज्यको सिमाना र अधिकार सदनको बहुमत बात निर्णय गर्ने ( यो कुराले सम्पूर्ण तराईमा आत्म निर्णय गर्न सक्ने अधिकार माग्ने मधेश बादिलाई लोप्पा खुवाउने भयको)
०३. चुनावी सरकारको नेत्रित्वो (यकातिर क्रमस जनताको बिस्वास गुमाउंदै गयको अर्को तिर पार्टी समेत चिरा परेको अबस्थामा अर्को चुनाव कांग्रेसको सरकारले गराउने त्यो सम्झौता त् मावोबादिको निमित तर्साउने भुत भन्दा पनि भयकर भयको)
अब यहि संदर्व्मा हामीले यो पनि बुझ्नु पर्छ कि सबै जातिको नेपाली छरियर बसेको सम्पूर्ण नेपाल सबै नेपालीको साझा घर बनाउनुमै जनताको बहुमत छ/ म नेवार हु/ सोध्न जानुस प्रत्यक नेवारको घरमा के उनीहरु छुट्टै नेवार राज्यको माग गर्छन कि सबै सिट समान अधिकार र अवसर सहित मिलेर बस्न चाहन्छन भनेर/ यो कुरामा त्यो अदालतले अपराधि घोसना भयको प्रहरीको वान्टेड लिस्टमा भयको मावोबादीको “गैर नेवार” प्रमुख भयको नेवा राज्य समितिमा लागेका सिट सोधुनुको केहि अर्थ छैन; कति नै जना नेवारहरु छन् र छन् तेस समितिमा?
के कुनै यक दलको झण्डा बोक्ने जातीय राज्यको नारा लगाउने यस्ता व्यक्ति तथा संस्थाको भनाईले बाकि सबैको चाहनाको प्रतिनिधित्वो गर्न सक्छ?यस्तै प्रश्न अरु जातिकोमा संघ समितिहरुको बारेमा पनि सोध्न सकिन्छ/ ति संस्थाहरु कुनै पनि स्वतन्त्र नागरिकहरुको संस्था होईन दलको भात्री संस्थाहरु हुन् त् कसरि तिनीहरुको माग ३ करोड नेपालीको मतको प्रतिनिधित्वो गर्न सक्छ?
साँच्चै भन्ने हो भने नेपालमा सबै कुरा गलत हुँदै आयकोछ/ ज्ञानेन्द्र संबैधानिक राजा मात्रै थियो/ उ सिट सर्वोच्च अदालतले समेत सदन भंग गरेको ठिक भनेर फैसला भै सकेको अबस्थामा भंग भैसकेको सदन बिउताउने अधिकार नै थियन/ यो नै नेपालको राजनीतिमा पहिलो घातक गल्ति थियो/ गल्ति गरेको परिणाम..!!!
दोश्रो गल्ति: दिल्लीमा सात दल र मावोबादीको बिचमा सम्झौता हुँदा २०४८को संबिधान जिउंदै थियो/ त्यो संविधानले नेपालको सबै सरकारी काम काज नेपाली भाषामै हुनु पर्ने भनेको थियो/ भाषाकै प्रसंगमा अन्तरिम संविधानले पनि २०४८कै संविधानको त्यो नेपालको सबै काम काज नेपाली भाषामै हुनु पर्ने कुरालाई नै सदर गरेको थियो/ तेसैले हिन्दि भाषामा सपथ लिने परमानन्द झालाई पद मुक्त समेत गरेको थियो/ त् भन्नुस दिल्लीमा हिन्दि भाखामा भयको सम्झौता अनुशार २०४८को संबिधान र राजतन्त्र उन्मुलन गर्ने कुरा कसरि बैध हुन्छ?
तेस्रो गल्ति: लोकतन्त्र बहुमत अनुशार चल्ने ब्यबस्था हो/ अस्ति झलनाथको नेत्रित्वोको सरकार २/३ बहुमतको सरकार थियो/ त्यो सरकारले संबिधान बहुमत बात बनाउने बाटो सहज गर्न सक्थ्यो/ तर बहुमत बात संबिधान बनाउने कुरामा अरु त् अरु यहि रास्ट्रपति राम बरण समेत बिरोधि बन्यो/ त् के यो रामबरण मात्रै सहि व्यक्ति हो? उसले स्पस्ट सब्दमा बाबुराम र मधेश्बादिको बोलि बोलिरहेको छैन तर अस्पस्ट सब्दमा के बोल्दैछ भन्ने कुरा कसले पो बुझ्दैन? त् यस्तो रास्त्र्पति बात निकास खोज्नु सायद हाम्रो अन्तिम गल्ति हुन् सक्छ/
सूर्य खड्का जी
म विनम्रतापूर्वक तपाई का सम्पूर्ण तर्क र विचार हरु प्रति बिमति जनाउन चाहन्छु / पहिलो कुरो संबैधानिक रुपले राष्ट्रपति पूर्णत सेरेमोनिअल मात्र हुन् / उनलाई कुनै कार्यकारी हैसियत छैन अनि दोश्रो कुरो एकराज अधिकारी नाम को मित्र ले भन्नु भए जस्तै रामबरण कुनै बिशिष्ट योग्यता र क्षमता ले भन्दापनि चिठ्ठा परेर त्यो पदमा पुगेका हुन् त्यसकारण अहिले को परिस्थिति लाई उनि बाट कुनै बिशिष्ट समाधान मिल्ने आशा गर्न सकिदैन /
त्यस भन्दा पनि अगाडी न त उनि राम्रो छबी भएका मान्छे हुन्, नत कुनै बिशेस क्षमता भए वा देश को बरेम सोच्ने मान्छे नौ हुन् उनि. उनि आम कंग्रेस्सी जस्तै भ्रस्ट , प्रस्ट बिचार नभएका, नाता बाद र कृपा बाद मा बिश्वास गर्ने व्यक्ति हुन्. यस्ता बाट के आशा गर्ने ?
उनि जे जान्ने हो भने, बाबु राम को चुनाब गराउने अध्यादेश पास गरे दिएर चुनाब मा लागे हुन्छ | उनि भन्दा योग्य व्यक्ति अहिले कोहि छैन
भट्टराई एक इतिहास काप्रकिकुल्तामा पनि सफल योद्धा हुन्
जुसुकै कोद्बाता हेरेपनि बरु दल हरुले सस्कार बिर्सिएजस्तो छ
समय को माग सहमतीय सरकार हो तर सहमति भनेको चाहि के हो? यहाँ त बैठक बस्न साथ् प्रधानमन्त्री छोड म हुन्छु अनि सहमति हुन्छ भन्ने मुर्ख हरु छन र सत्ता भन्दा अरु कुरै नगर्ने तर अझै बाबुराम लाइ सत्ता लिप्सा भएको भन्ने छन्.
देश लाइ संकट बात निकास दिने हो भने पहिला सैदान्तिक कुरा मा सहमति हुन् पर्यो, भन्ने बेला मा ” हामि संबिधान चाहान्छौ, सत्ता को लोभी होइन” भन्ने तर बैठक मा बस्न साथ् अरु कुरा नगर्ने मात्र प्रधानमन्त्री को राजिनामा माग्ने? संबिधान सभा बात बैधानिक निर्बाचित प्रधानमन्त्री लाइ कांग्रेस एमाले ले नमान्ने हो भने कांग्रेस एमाले को सरकार लाइ माओबादी ले नमाने त्यो रास्ट्रिय सरकार हुन्छ? बास्तव मा कांग्रेस एमाले मात्र सत्ता चाहन्छन भन्ने सबै भन्दा ठुलो प्रमाण येही हो.
जहाँ सम्म प्रधानमन्त्री बाबुराम को कुरा छ उनि अरु भन्दा सफल छन र मौका पाउने हो भने नेपाली ले कल्पना गरे जस्तो प्रधानमन्त्री उनि मात्र हुन् सक्दछन.उनको नराम्रो पक्ष भनेको ठुलो मन्त्रीमंडल बनाउनु हो र तेती खेर को अबस्था मा त्यो बाध्यता थियो. जब संसद मा बहुमत सिद्द गर्न नपर्ने अबस्था आयो, उनले मुख्य सचिव र आइ जी बि मा गच्छेदार को घुर्की लाइ कुल्चदै कस्ता मान्छे नियुक्त गरे भने सबै छर्लंगै छ. अलिकति बदनाम भएका तिन मन्त्रि लाइ कसरि बर्खास्त गरे त्यो सबै ले देखेकै छन. देश को पुनर्निमाण सहि आर्थिक नीति अपनाएर, सुशन दिएर, राम्रो बजेट बनाएर १०-१५ को समय मा मात्र सम्भव हुन्छ भने एउटा आफ्नो बजेट पनि बनाउन नपाएको सरकार ले एक बर्ष मा कसरि आमुल परिबर्तन गर्न सक्दछ? फेरी बाबुराम को विकल्प मा खुट्टा उचालेर बसेका लोभी हरु को जमात हेरौ त.
१) रामचन्द्र पौडेल: १५ बर्ष सम्म सत्ता को निर्णायक स्तान मा बसेर पनि केहि नया पन दिन नसकेका “न हास न बकुला को छाल भएका नालायक. ४८ मा यिनी कृषि मन्त्रि हुदा तनहु का बुथ क्यप्चर गरे कांग्रेससि हरु लाइ सबै खुमल तार को नार्क मा हुलेर कृषि अनुसन्धान बिभाग लाइ धरासायी बनाउने यिनी नै हुन्. यिन को सभामुख काल कस्तो थियो भने सबै छर्लंग हुन्छ.
आफ्नो बल बुता मा १७ चोटी पनि पछारिए पछी राम बरण ले टिका लगाएर एक दिन भने पनि प्रम बनाइदिए बैकुण्ठ मा बास हुने थियो भनेर लागि परेका यिनी हरेक बिकल्प को बिरोध गर्दछन आफु टिके प्रधानमन्त्री हुने कुरा को बाहेक. यिनी को शब्दकोश को रास्ट्रिय सहमति को सरकार भनेको आफु टिके प्रधानमन्त्री हुनु नै हो.
२)शेर बहादुर देउबा: काकताली परेर तिनै चोटी प्रम भएका यी होल्यंगे नेपाली कांग्रेस भित्र को भागबन्डा को राजनीति लाइ रास्ट्रिय राजनीति मा ल्याएर जोददछां. शुशील सभापति भए आफु प्रम हुन् पाउन पर्दछ भन्नु नितान्त नेपाली कांग्रेस भित्र को कुरा हो.
३) के पी ओली: टुडिखेल मा चटक देखाउन भन्दा अरु कुरा मा अयोग्य यो लफंगा छुद्र ब्यबहार, गुटबन्दी,कुनै भिजन नभएको, परशुराम, चरी, रमेश बाहुन, चमेरे ग्रुप, साजन महर्जन,महेश बस्नेत जस्ता गुण्डा हरु को नेता र संग्रक्षण कर्ता हो. यो जस्तो लम्फु नेता हुनु नै एमाले को पतन को कारण हो. एमाले भित्र को भागबण्डा मा माकुने र झाले प्रम बहिसकेका ले मेरो पालो भनेर जबर्जस्ति उभ्याइएको यो बुख्याचा को जोडदार समर्थक भनेका नि माथि उल्लेखित गुण्डा हरु, पराजित बिद्या भण्डारी, शंकर पोखेरल जस्ता रास्ट्रिय राजनीति ले पख सारेका ब्यक्ता हरु हुन्. केपी ओली न सर्बस्विकारी हो, न कुनै भिजन भएको नेता हो, न निर्बाचित हो, तर पनि किन आउदछ एसको प्रधानमत्री को दाबेदारी मा नाम? राजनीति मा सधै उल्टो सोच्ने यो प्रम हुनु भनेको देश कै निम्ति दुर्भाग्य हो.
तेसकारण बाबुराम को बिकल्प भनेकै बाबुराम भट्टराइ नै हो.
माओवादी गरिब देशको महँगो भित्री क्यान्सर हो | अरु राजनीतिक दलका भ्रष्ट र अकर्मन्य नेताहरु भनेका खटिरा सरह हुन् तिनलाई खुर्किन रामवरण डाक्टर सा’ब हैन राजदरवारका झाक्री-वैद्य नै काफी थिए | सुखद पक्ष चाहीं के हो भने यो क्यान्सरले आफ्ना विरुद्धका ओखती र चिकित्सक निष्प्रभावी तुल्याउँदै जाँदा आफैंले एउटा यस्तो अस्त्र तयार गरेको छ जसबाट केहि समयमै यो क्यान्सर निमिट्यान्न हुने निश्चित छ | तर त्यो अस्त्र कसले प्रयोग गर्छ त्यसैमा नेपालको भाग्य निर्धारण हुन्छ |
त्यो अस्त्र केही नभएर ‘गैर राजनीतिक नेपाली नागरिक’ हो जसले जवर्जस्ती बाहेक कुनै राजनैतिक शक्ति या दलको कहिलै झन्डा बोकेको छैन बरु तिनका डण्डाको शिकार भएको होला |यो अस्त्रको सावधानीपूर्वक प्रयोगबाट देशका भित्री र बाहिरी क्यान्सर उन्मुलनका खातिर माफ गर्नुहोला मेरो १ मत राजसंस्थाका लागि यदि राजा सजिएर होइन सच्चिएर आउँछन भने |
सुर्य जी लाइ राम बरण प्रति किन त्यति ठुलो विश्वास र झुकाव हो ? अलन्ग्करिको काम भनेको कार्यकारी ले लगेको प्रस्ताव स्वीकृति गर्नु मात्र हो | उक्त प्रस्ताव चित्त नबुझे कार्यकारी समक्ष्य फर्काउने र पुन त्यहि रुपमा पेस भए स्ट्याम्प लगाउनु हो | नत्र भने राम बरण को स्थानमा श्याम बरण ( ज्ञानेन्द्र ) लाइ सुम्पे भइहाल्यो नि उसैले आफ्नो तज्विज अनुसारको निएम कानुन बनाई सोहि अनुरुप राज्य संचालन गर्छ |, किन चाहियो लोक तन्त्र ,लोकतान्त्रिक गणतन्त्र वा रामबरण नै !
सुर्य जी लाइ राम बरण प्रति किन त्यति ठुलो विश्वास र झुकाव हो – किन भने उनि लाई जागिर वा पोस्ट कसरि पाइन्छ भन्ने राम्ररी थाहा छ
अभागीले खानेबेला हुरीबतास भनेजस्तो भएर कांग्रेस छोडेका महन्त ठाकुरको अनुपस्थितिमा गिरिजाको बाध्यात्मक तथास्तुले चिठ्ठामा राष्ट्रपति भएका डा. रामवरण यादवले रामको भूमिका निर्वाह गर्ने हुन या होइनन् अहिलेसम्म त उनको कामरुपी खुट्टी हेर्दा हरेक दशकमा उलटपुलट हुने राजनीतिक प्रवित्ति पो दोहोरिने हो कि
माओबादी हरुका चर्का भाषण सुनेर मलाई ऊ बेला लाग्थ्योकी यति राम्रा विचार भएका इमान्दार तन्त्र लाई संसारका कैयन मुलुकहरुले पत्तासाफ किन गरे होलान…, एकपल्ट लाई भएनी माओबादीहरुलाई भोट हाले…., अहिले माओबादीहरुले अनेक बहानामा देश चुसेको अनि कोरा भासन गरेको सुन्दा म आफै लाई धिक्कार्छु अनि भन्छु: थुक्क, थुक्क तेरो बुद्धि…….
The artilce is a bit sentimental, so are most of the comments. Blaming India or foreign powers or blaming indecisiveness of political parties is not the answers to the present situation. To call for active intervention by the President is one aspect, however, to understand how much cooperation the President is receiving or will receive from the army, from the bureaucrats, from the corrupted judiciary is another issue. Similar to political parties there is no coordination among other stakeholders. Even civil society is divided among political lines. In such a situation, I do not think president can easily takeover the country. He will meet the same fate of Gyanendra. If this is the situation what is the way out? There are some possibilities:
1. The nation seems to be waiting for a big disaster – man made (big assasination attempts on political leader(s) or natural (earth quakes, epemedics, accidents etc.). The disaster will push the leaders either to give up their stands or come to a new negotiation term.
2. External compulsion – donors suddenly pulling out their support to Nepal or India blocking the supply of petroleium or gas – pushing political leaders to a term.
3. Reinactment of Jana Andolan III – the possibility is remote, yet one cannot totally ignore this scenario.
One should remember that Maoists have deliberately kept significant portion of their fighting force as a reserve force because they do not trust Nepal Army. Less than 2000 PLA fighters have jointed integration process, out of 19,000. Who knows many of them may be recent recruits. And also remember that only 4000 arms being deposited with the Nepal Army. Prachanda is not giving any weight to Mohan Vaidya faction, may be because Prachand still control the fighting force. With billions of money siphoned off from cantonments, Maoists are treating other political parties simply as minnows.
Conclusion: Nepal’s peace process has failed, we all have to accept the consequences of this failure.
अब सिधै रास्त्रपतिको चुनाब गर्ने!
यस्ता सांसद र प्रधानमन्त्री पद्दति तिर्पन्ताम गर्नु पर्दछ यो देशले र प्रत्यक्ष रास्त्रपतिको चुनाब गर्नुपर्दछ अनि बन्छ देश!
पाच बर्ष लाइ एउटा सिधा जनताद्वारा चुनीयको रास्ट्रपति!
यो ट्याक ट्याक सधैलाई तिर्पन्ताम!
हिम्मत छ देश चलाउन लाइ रास्ट्रपति जित!
कानुनमा जेसुकै लेखे पनि राजनीति भनेको शक्तिको खेल हो| नेपालको राष्ट्रपती सर्वोच्च निकाय हुँदा हुँदै पनि उसंग प्रयाप्त शक्ति छैन| अहिलेको सरकार बिघटन गर्ने अधिकार उ स*ग छैन| बिगतको संबिधानमा भएको सभासदको सांख्यिक आधारमा मन्त्रालयहरु बांडफांड गरेर चुनावी सरकार गठन गर्नु नै सर्वोत्तम उपाय हो | आफु हारिएला भनेर चुनावमा अडको थाप्नु, अनि पुनर्स्थापना पनि हुँदै हुँदैन भन्नु जस्ता किन्कर्तब्यबिमुढ क्रियाकलापले आफु नांगिने सिवाय अर्थोक केहि हुँदैन | राष्ट्रपतिलाई अहिले चलाइयो भने यसको दुरगामी दुष्परिणाम सबैले भोग्नुपर्छ| सत्ताका खातिर यस्तो काम असल राजनितिज्ञंले गर्ने हुँदैन|
अबको विकास
बिगतमा विकासको माने बाटो र बिजुली थियो, हो हामीले त्यो पायौ, त्यो भयो. बस्ताब मा बाटो र बिजुली आफैमा विकास थिएन, त्यो त मात्र विकास को पुर्बाधार थियो. विकास भनेको सम्रिद्दी हो, विकास भनेको जिबन स्थर को परिबर्तन हो, विकास भनेको आयमा बृद्दी हो. देश को आय मा बृद्दी वा देश बासी को आय मा बृद्दी. देश को आय तेती बेला बढ्छ जति बेला देश बासि को आय बढ्छ, नेपाल तेती बेला धनि हुन्छ जति बेला नेपाली धनि हुन्छन र बढी भन्दा बढी कर तिर्छन. संघियता वा विकेन्द्रीकरण को अबधाराना ले भनौ राज्य राज्य मिलेर रास्ट्र बनेको छ, हाम्रो भूमिका पुरै रास्ट्र ले खोजेको त छ तर हामीले साना साना एकाई हरु मा हामीले आफ्नो सकारात्मक भूमिका देखाउन सकेउ भने त्यसको प्रभाब सिंगो देश मा पर्छ, हामीले अरुलाई उदाहरण प्रस्तुत गरेर पनि सकारात्मक भूमिका खेलिरहेका हुन् सक्छौ.
अब विकास भनेको जीवन स्थर को परिबर्तन हो, बिगत मा भएका पुर्बाधार विकास को असर अब अर्थ तन्त्र मा खोज्ने बेला भएको छ, बाटो, बिजुली र स्लिम मोबाईल को असर अर्थ तन्त्र मा खोज्नु नै अब को विकास को कदम हो भन्ने मेरो ठम्याई छ. अर्थ तन्त्र मा सकारात्मक परिबर्तन तेती बेला हुन्छ जति बेला मान्छे को आय बढ्छ वा भनौ नया नया रोजगारी बढ्छ, अब यो कुरा माइक्रो लेभल वा गाऊ एकाई मा लग्यो भने नारेश्वर बासी को आय कसरि बढाउने ? रोजगारी को अवसर कसरि बढाउने ? विकास यहाँ जोडिएको छ . हुनत यो रास्ट्रिय समस्या हो
यो हाम्रो मात्र समस्या होइन रास्ट्र को नियति हो, हरेक गाऊ हरु ले मान्छे जन्मा उछ पढा उछ अनि त्यो अलि बुज्ने भए पछी कि काठमाडौँ जान्छ, त्यो नसके सदरमुकाम सम्म भने पनि जान्छ, उसलाई काठमाडौँ ले पुग्दैन पैसा कमाउन विदेश जान्छ डिभी भर्छ र सके सम्म यथार्थ बाट भाग्नु लाइ नै सफलता ठान्छ र आफ्नो भाग्य ठान्छ . जो देश मै बस्यो वा गाऊ मा नै बस्यो त्यसले आफु असफल भएको ठान्छ, हो अब को विकास को आक्रमण यहि हुनु पर्छ माइक्रो लेभल बाट विकास को जग बस्नु पर्छ. गाऊ मा बस्ने ले गर्ब गर्न सक्नु पर्छ, उनि हरु ले आय को अवसर पाउनु पर्छ.
नेपालको विकास भएन अवसर पाई एन भनेर विदेश जाने र गाउ को विकास भएन अवसर पिएँ भनेर सहर पस्ने हरु मा केहि न केहि समानता म देख्छु, यसो भए रास्ट्रिय स्तर मा अवसर,र रोजगार बृद्दी को कुरा हुन्छ, NRN को लगानी को कुरा हुन्छ योजना को कुरा हुन्छ भने गाउ लेभल मा यो कुरो किन नथाल्ने ?????????रास्ट्रिय स्थर मा विकास का आवधिक योजना को बारे मा छल फल हुन्छ भने गाउ लेभल मा किन गर्न नहुने ? अब को १० बर्ष मा वा २० बर्ष मा वा ५० बर्ष मा नारेस्वर गाउ कस्तो हुने त्यो सपना किन नदेख्ने ?
जसरि देशको चुनौती बाट बाट भाग्ने भगौडा हरु को NRN (Non – resident Nepali ) भन्ने छ त्यसरी नै NRN (Non – Resident Nareshworbasi ) को अबधाराना को विकास हुनु जरुरि छ. अब गाउ लेबल मा केहि न केहि लगानी को आबस्यकता छ भन्ने लागेको छ. त्यो अब को लगानी भनेको कृषि संग सम्भंधित हो र हुनु पर्छ भन्ने मेरो ठहर हो, देश अब पुजी बाद प्रवेश गर्दै छ, पुजिबाद भनेको ब्यबसैकता हो यसको फाइदा भनेको रोजगारी को अवसर र रास्ट्रिय कर को बृद्दी हो. नेपाल को पुजिबाद को विकास को आधार भनेको सहरी उद्योगी करण र ग्रामिण कृषी क्रान्ति ले नै हुन्छ, कृषि क्रान्ति अरु केहि नभएर कृषि उद्योग नै हो कृषि ब्यबसाय नै हो, यसैले अब को हाम्रो NRN ले कृषि को ब्यबसैकी करण मा लगानी गर्नै पर्छ लगानी, चन्दा, लेबी, घुस, कमिसन होइन लगानी . लगानी प्रतिफल को आसमा गरिन्छ. गाउ मा लगानी गर्ने र रोजगारी को अवसर सिर्जना गर्न सक्ने छेमता भएका भनेका गाउ का मास्टर हरु हुन्, अरु लाइ रोजगारी होइन आफ्नै आमा र बुढी को रोजगारी को सिर्जना गरे पनि धन्य हुन्थ्यो तर त्यो मेंटा लिटि को विकास हाम्रो मात्र होइन नेपाल को कुनै पनि गाउ मा छ भन्ने मलाई लाग्दैन, गाउ का मास्टर ले न्युनतम पनि आफ्नो भएको पुर्खेउली जग्गा मा ब्यब साइक खेति गरेर आफ्नो घर मा निर्वाह होइन रोजगारी सिर्जना गरे भन्ने हो ? यो गरे अझ बढी धनि हुन्थे नि तर यो किसिम को पुजिबाद नेपाल को कुनै गाउ मा छिरेको छैन यसो हुन् सके देश को विकास हुन्थ्यो. गाउ का अर्का चेतन शिल मान्छे भनेका राजनीति कर्मी मलाई थाहा छैन कति फुल टाइम राजनीतिज्ञ छन् कति पार्ट टाइम, फूल टाइम राजनीति गर्ने हरु भनेका समाज प्रगति का सबै भन्दा बाधक हुन्, उनि हरुको जिबन सैली भनेको चन्दा, लेबी, घुस र कमिसन हो श्रम होइन.
सहमति नभई देश अगाडी बड्न सक्दैन, अनि कांग्रेस एमाले मैले प्रधानमन्त्रि नपाएसम्म सहमति नै गर्दीन भन्ने…सत्य यहि हो…कांग्रेस एमाले को नकच्चरोको परकास्टा हो…आफ्नो थान्कामा बस्न सक्नु परेन ?????????? जनता जनार्जनको निर्देशन माओबादीले सर्बदलीय सरकार को नेतृत्व गर्ने भन्ने छ….देश मा प्रम एउटा हुन्छ सबै पार्टी लाइ एकै पटक चाहिने ??????????कांग्रेस एमाले चाई मलाई अहिलेई सरकार चहियो….राजनीतिमा धैर्यता भन्ने चिज हुँदैन…मेडियामा काम गर्ने, पत्रकारिताका लगौटी लगाएका कांग्रेस एमालेका लठैत हो तिमीहरु कि महेश बस्नेत र किसोर सिंगको पछी लागेर राजनीति गर होइन भने पत्रकारिता को धर्म नछोडी पत्रकारिता गर…देशलाइ रन भुल्लामा राख्न सबै भन्दा बढी दोष पत्रकारिताका लगौटी लगाएका कांग्रेस एमालेका लठैतहरु को छ कांगेस एमालेका नकच्चर नेताहरु को त् के कुरो भयो र नकच्चरोको ओखती हुँदैन
सहमतिको सरकार सबैले भनि रहेका छन् तर किन यहि सरकार लाइ सहमतको सरकार दिन सकिएन त? नेपाली कांग्रेसका नेता हरुलाई प्रस्न सारा नेपाली लाई थाहा छ कि उनि हरुलाई पहिलेको जस्तै देशको दुकुटी रित्याउन आतुर छन् | एमाले का नेताहरुलाई प्रस्न भन्दा पनि माधब,के.पी., झगनाथ,प्रदिप, बामदेब,बिध्या भण्डारी ,र केहि सहकर्मी हरुलाई छाला काटेर चरी अमिलो छरे पछिमात्र नेपाल को पक्ष मा गहिरिएर काम गर्छन नत्र यी पाजी हरुको काम छैन मदिसेको कुरै नगरौ यी सबै गुण्डा तस्करी हुन् माओबादीका केहि नेता हरु सिपि,बैध्य,बादल,नेत्रबिक्रम,र यस्तै केहि गुण्डा हरुलाई फासिको सजाय हुनु जरुरि मा ठान्छु त्यसैले मलाई “राष्ट्रपति” बनाए के हो त्यो “गरिमाय” पधको काम देखाउने थिय |
Ruling a country is not like a sitting on a couch and drinking buffalo milk.
You should be able to take a tough measure on occasions.
Say ”my way or high way” to your opponent .The question is Can we expect it from Rambaran??
जबसम्म व्यक्तिगत र पार्टीगत स्वार्थ त्यागेर देश र जनताको लागि दलका नेताहरू राजनीतिक सहमतीमा अउँदैनन् तबसम्म देशमा यही संकट कायमै रहन्छ । अहिले सबै दलका नेताहरूलार्इ गणतन्त्रको रक्षा र नयाँ संविधान भन्दा प्रधानमन्त्रीको कुर्सी चाहिएको छ । जहिले जहाँ बैठक गरे पनि प्रधानमन्त्रीको राजीनामालार्इ पहिलो शर्त बनाए पछि कुरो कहाँ मिल्छ र? अफू प्रधानमन्त्री भए मात्र नयाँ संविधान, पूर्ण बजेट, र चुनाव हुन सक्ने कुरा गर्छन । यसरी त देश मुठभेडमा जाने र संकट थपिने कुरा भयो । हेरैां के हुन्छ ।
— गणतन्त्र नेपालका प्रथम निर्वाचित राष्ट्रपति यादव —-
यो के लेख्नु भा’को सूर्य जी ? कसले भोट देको थ्यो डा रामबरण यादबलाई नेपालको रास्ट्रपति हुन ? नेपाली जनताले बहालाई भोट देको हो र ? गिरिजा प्रसाद कोईरालाले टपक्क टिपेर उनलाई रास्ट्रपति पदमा राख्नु भा’ होईन र ?!
– जीवनभर प्रजातन्त्रका लागि लडेका राष्टपतिले अव गुनासो मात्रै गर्ने कि साहसिक अग्रसरता लिने, उनको पनि अग्नी परीक्षा नै हो यो।–
जीवनभर प्रजातन्त्रका लागि लडेका — ? हो र ? हाम्ले त पहिलो पटक सुन्या
हो डा राम बरण यादबको नाम नेपालको रास्ट्रपति बनाईए पछी ।
यदि बहा साच्चै नै जीवनभर प्रजातन्त्रको लागि लड्नु भा’को मान्छे हो भने हाम्रा मिडियाले वहाको त्यो बेलाको पाटो देखाउन किन कन्जुस्याई गर्या ? ! थाहा पाउनु पर्यो नेपाली जनताले । अबका दिनमा थाहा पाउन त्यो पाटो नेपाली जनताले ।
आर्टिकलमा लेखिएको अन्तिम हरफ — अहिलेसम्म त उनको कामरुपी खुट्टी हेर्दा हरेक दशकमा उलटपुलट हुने राजनीतिक प्रवित्ति पो दोहोरिने हो कि ।—
उ बेलाको ‘प्रचण्ड’ जस्ता नेता ( उ बेला किन भन्या भने ऐले चै उनको त्यो छबी
बागमतीमा बगिसक्या छ ) उ बेलाको ‘प्रचण्ड’ नेता जसरी नेपालको सत्तामा पुगे त्यस पछी जसरी खुर्मुरिएर तल झर्न पुगे —
त्यस पछीका नाटक अनि ऐले बाबुरामको चचाहुई —
कुन दिन भारतले डोरी काटिदिने हो र यिनी पनि उछ्तिएर् लड्न पुग्ने हुन् —
यो सब देख्दा देख्दै बिचरा रास्ट्रपतिको खुट्टी हेर्दै के कुरा गर्नु हुन्छ तपाई !
उनलाई पनि नचाउने छन् जसरी प्रचण्ड बाबुरामहरुलाई नचाईरा’छन् —
लुना जी ,
के प्रधानमन्त्रिलाई सारा नेपाली ले भोट हालेका हुन् त ?
यदि रास्ट्रपति ले प्रजातन्त्रको लागि लडेका छैन भने बाबुराम र प्रचण्ड ले प्रजातन्त्रको लागि
लडेका छन् त?
अलि इतिहाश पढ्नुस थाहा पाउनु हुन्छ.
रमेश ज्यु
बिगतको शासक र शासन ब्यबस्था बात निरास भयका नेपालका जनताले प्रचंद्र र बाबुराम बात जनताले धेरै आसा गरेको थियो/ राजनीतिमा तेती बिस्वास र सम्मान तेती छोटो समयमा पाउनु उनीहरुको अहोभाग्य थियो/ जनताको बहुमत समेत पायका साम्यवादी, लोकतन्त्रको झण्डा उठाउने प्रचंद्र र बाबुराम सिद्धान्तत व्यक्तिगत भौतिक सम्पति आकर्षित हुनु नपर्ने थियो; ३ करोड नागरिकहरुमा मात्र मधेसीको साथ् खोज्ने हुनु नपर्ने थियो/ मधेश बादिलाई दिल्लीको साथ् छँदै छ त् दिल्लीको बिरोध गरेर सिंह दरवार पसेका प्रचंद्र र बाबुराम उनीहरु सिटी गुत्मुतियर बस्नु बडो आश्चर्य जनकछ/
प्रचंद्र र बाबुराम जे नारा लगायर जसको मत लियर सिंहदरवार पसेको थियो तेसैमा अडिग रहनु पर्ने थियो/ जसको मत लियर राजनीतिको यो उच्चाईमा पुगेको थियो साथ् तिनीहरुकै लिनु र दिनु पर्ने थियो/ भन्नुको अर्थ प्रचंद्र र बाबुराम सिंगो तराईमा मधेसीको आत्म निर्णय गर्न सक्ने राज्यको माग गरेर मधेश बादीहरुको मत बात चुनावमा बहुमत पायका थियनन/ प्रचंद्र र बाबुरामले सम्पूर्ण नेपाल सबै जातिको समान अधिकार खोज्ने चाहने जनताको मत बात चुनाव जितेका थिय/ तर प्रचंद्र र बाबुरामले तेस्तो नेपालीको मतको सम्मान गरेको देखिंदैन/
प्रचंद्र र बाबुराम माओबादी दलको दुई छुटाउनै नसकिने हस्तीहरु हुन्/ उनीहरुको नीति र बोलि अलग्ग हुनै नसक्ने हुनु पर्ने थियो/ तर प्रचंद्र प्रधान मन्त्रिको पदमा रहेको छोडेको बेला देखि प्रचंद्र प्रधान मन्त्रीको चुनावमा हार्दै गर्दा सम्मको बोलि र नीति मा आजको बाबुरामको चलेको देखिंदैन/ चुनावमा जनताको भोट लिंदा बोलेको बोलि भन्दा आज फरक बोलि बोल्दै आयकोछ बिशेस गरेर बाबुरामले/ प्रचंद्र चुप बसेर तेस्लाई समर्थन गर्दै आयकोछ/ त् उनीहरु माथि उनीहरुकै दल भित्र बात गद्दारीको आरोप लागेकोछ/
चुनावमा बोलेको बोलि र र नीतिमै कायम रहे सम्म मात्रै जनताको मत उनीहरु सिट रही रहन्छ/ मत लिंदा लियको नीति र बोलेको बोलि भन्दा फरक बोलि बोल्न थाले जनताको मत उनीहरु सिट रहँदैन/ त् उनीहरुलाई नेपालको ईतिहासिक ब्यक्तित्वो बनाउने ती पहिलाको बोलि र नीति त्यागिसकेका प्रचंद्र र बाबुरामलाई अहिले कसरि ईतिहासिक र जनताको बहुमत पायका नेताहरु मान्न सकिन्छ?
बास्तबमाराम बरण ले पैसा क लागि लडेका हुन् आम कंग्रेस्सी जस्तो | गिरिजा बाबु सिट मिलेर केहि करोड कमाए पनि | अनि प्रचण्ड र बाबु र ले केका लागि लडेका भन्ने उनि हरु लाई त थाहा छैन भने अरु लाई कसरि थाहा हुन्छ?
यदि प्रति पछ्छीले सधै सरकार बिरुद्द मोर्चा बन्दि गर्ने र सरकारलाइ काम गर्न नदिने हो भने नेपालमा यो सरकार मात्र होइन कुनै पनि सरकार सफल हुन् सक्दैन, नेपालमा त् बिरोधका लागि बिरोधको संस्कृति छ…भट्टराईले आफुले सक्दो प्रयास गरेकै हुन् सेना समायोजन, सहमतिको सरकार, सम्भिदान निर्माण, विकासको बाढी फुटाएकै हुन्…राम्रो काम गर्न लागे पत्रकारको लगौटी लगाएका कांग्रेस, एमालेका लठैत्हरु पपुलर हुन् गरेको भनेर नकारात्मक कुरा मात्र गर्ने….ए राता मकै राम्रा काम सबै पपुलर हुनै गर्ने होइन र ?????? नेपाल को इतिहास मा भट्टराई जति सफल प्रम कोहि भएन सबै ले असहयोग गर्दा पनि उनि लम्की रहे कुकुर भुक्दा मा हात्ती रोकिन्न भन्ने चरितार्थ गरे….सलाम भट्टराई………..
राज्यको बाँड फांड, गण तन्त्र ,शाशकीय स्वोरुप का बिषय हरुमा दल हरु बीच सहमति हुन नसक्दा र मुख्य गाँठी अन्तरिम संबिधान ले सहमतीय दुइ तिहाई बहुमतको सरकारको परिकल्पना गरेकोमा कल्पनै नगरेको दलले सबभन्दा बडी सिट जित्दा अन्य दलहरुले जालझेल गरी बहुमतीय आधारमा सरकारको गठन गरिने भनी पहिलो अन्तरिम संबिधान संसोधन मा सरकार बनाउन हत्तार भएको बडी मत ल्याउने दलसमेत मिलि संसोधन गर्नाले संविधानले तोकियको अबधिमा संबिधान नबन्नु र जेष्ट १४ को अवस्था निम्तिन पुगेको हो |
यसमा कोहि कसैले एक अर्का लाइ दोष थोपर्नु ,सबै दल हरुले राष्ट्रिय सहमति भनी बारम्बार चिच्याउनु ,कामचलाउ सरकारलाई राजिनामदे भन्नु जनतालाई झुक्याउनखोज्नु र आफ्ना कार्यकर्ता लाइ थम्पूर पर्नु वाहेक केहि होइन | दलहरुले सबै मध्यका एक लाइ अबको प्रधान मन्त्रि फलानो भनी नाम तोक्दा कामचलाउ तुरुन्तै हटी हाल्छन नि ,उसले त्यो कुर्ची समाती रन मिल्छ र ? आन्दोलन को आंदी बेरी ल्याएर कुर्सि बाट हटाउने भन्ने बक्तब्य हुट्टीत्त्युले आकाश थाम्ने कुरा जस्तै हो | केवल उनीहरुको चक्का जाम र बन्द हड्ताल ले जनतालेनै दुखापौने बाहेक उनीहरुको हयाले केहि हुने वाला छैन |
अब कुरा रह्यो राष्ट्र पतिले संविधानका सबै धारा निलम्बन गरि साहसिक कदम चाली चुनाब को मिति तोक्ने ! हो दलहरुका आ -आफ्नै स्वार्थका कारणले राष्ट्र संकटमा छ | यो संकट रास्ट्रपति को निरङ्कुश कदम वाट हैन दलहरुकै राजनीतिक सहमति वाटै निकाश निस्कनु उत्तम हुन्छ | रामबरण तेतिबेला सम्म राम थिय जति बेले कुटुवाल लाइ पुनर्बहाली गरेका थिएनन | तितिबेला सर्बोच्च थियो ,संसद थियो , अहिले न्यायाधिश हरुको सल्लाह र सुझाव लिनेले त्यति बेला लिन पर्थियोकी पर्थियना | अहिले चुनाब मा जान पर्छ भन्ने दलहरुले भैसकेको चुनावको घोषणा लाइ सहमति नगरी किन बिफल बनाएत ? यस वाट पनि दल हरुको निएत प्रस्ट हुन्न र ? अहिले भू पु प्रधान न्यायाधिश हरुले प्रधान मन्त्रि लाइ बालुवा टारमा दिएको सल्लाह सुझाब अनुसार बढीमा ३ महिना सम्म को लागि मात्र भएपनि संसद पुनस्थापना गर्ने सहमति गरी चुनाव को लागि आवसेकीय कानुन बनाई चुनावको घोसना गरी जनमत तर्फ लाग्नु नै उत्तम उपाय हो | राष्ट्र पतिलाई कोहि कसैले गुहार माग्नु ,अनन्य भावी रास्ट्रपति लाइ नजिर जुटाउनु वाहेक केहि हुने छैन | त्यसैले सबै दलहरुलाई समयमै भगवान ले बुद्धि प्रधान गरुन |
रामवरण चुपो बसेमै राम रहिरहनेछन् । होइन भने ‘रामवरण’को ‘मर’ मरेर रावन सावित हुनेछन्, जसको बधका लागि सानोराम रामको भूमिका निभाउन तयार छन् ।
मलाई त सुर्य खडका जी को लेख सारा नेपाली
मन छुने र सारा नेपालीको मनको कुरा यो लेख मार्फत ति नेता हरुले बुझ्दिये कति राम्रो हुन्थ्यो ,अन्त मा लेख राम्रो भएको मा धन्यवाद !
यो राजनैतिक लेख एकदमै समय सान्दर्भिक छ! अब रास्ट्रपतिले देश र जनताको निम्ति ठुला दलका सबै नेताहरुलाई सके जेल नसके घरमा नै नजर बन्द गरि समाजका अगुवा नागरिकहरुको सहयोगमा राष्ट्रपति शासन लागु गरि देशलाई सहि दिशा तर्फ डोरयाउनु एकदमै जरुरि भै सकेकोछ ! सहि कदम र सहि कामको लागि नेपाली जनता साथ दिन तयार छन् ! अब त अति भो! भातमारा नेताहरुको अनुहार पनि हेर्न नसक्ने भईयो ! हे भगवान! रामको लिला चाडै देख्न पाऊ!
सुर्य जी
इन्डिया ले आफ्ना दुइ प्रतिनिधि (रास्ट्रपति र उप्रास्त्रपति ) नेपाल को सत्ता मा राखेकै छ ?
अरु बाहुन बाजे नेताहरुले टि भी ,रेडियो बाट आफ्नो पुराण जनतालाई सुनाउन पाएकै छ |
अलि अलि नेतागिरी को मुत्र आनन्द पनि लिएकै छन |
बिद्द्यार्थी ले तोड फोड गर्न पाएकै छ ,गुण्डा ले अपहरण गर्न हप्ता आदि पाएकै छ |
जनताको काम सधै सपना देख्ने हो ,नेताको लोरी सुन्ने हो जुन आज पनि चलेकै छ |
त् नया के चाहियो सुर्य जीलाई ??
राम वरण रास्ट्रपति भए पछी दोस्रो गल्ति गर्न उद्दत रहेको देखिदैछ| रुक्मांगद लाई आफ्नै छोरा हो जस्तै गरि विपक्षिको उक्साहटमा पहिलो गल्ति गरेर हुनु बेयिज्जत सहि सकेका उनि अब फेरी अर्को गल्ति त्यो पनि विपक्षिकै उक्साहटमा गर्दैछन्| संबिधानमा सहमति बाट मात्र देश चल्छ भने पनि पहिलो राष्ट्रपति बहुमतीय भए पछी उनकै निर्वाचन पनि असंबैधानिक तरिकाले भएको जग जाहेर छ| बहुमतीय राष्ट्रपतिले सरकार सहमतीय मात्र हुन्छ भन्नु कागले आफु सेतो छु भन्नु मात्र हो| तसर्थ, कांग्रेस का पुर्व सहमहामन्त्रीले कांग्रेसकै नेत्रित्वो नभई सहमतीय हुने सक्दैन भन्नु आफ्नो पूर्व राजनीतिक स्कुललाई नबिर्सनु नै हो| यो देशमा कंग्रेस्सले मात्र स्वच्छ निर्वाचन गराउछ भन्नु स्यालले कुखुरा च्यापेर म एस्लाई जोगाएर राख्छु भन्नु जस्तै हो|