Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हामी कस्तो बहादुर ?

Posted on September 25, 2017 by mysansar

-डील्लीराम भण्डारी “यात्री”-

पुगनपुग एक दशकको खाडी बसाईको क्रममा हजारौं विदेशीसँग हेलमेल भयो। बिभिन्न देशका नागरिकहरुले नेपालीहरुलाई बास्तविक नाम वा ब्यक्तिगत नाम भन्दा पनि “बहादुर” भनेर नै बोलाउने गर्छन्। प्रसंग उठेको बेलामा केही ब्यक्तिसँग मैले “बहादुर”को बारेमा उनीहरुको बुझाइ वा धारणा बुझ्ने मौका मिल्यो। उनीहरुको तर्क बहादुर मुक माफि (दिमाग नभएको), माफिमालुम (काम गर्न नजान्ने) लेब्रा (मजदुर), सबसे कचडा कामकर्नेवाला (सबैभन्दा निच वा फोहोरी काम गर्ने मान्छे) भन्ने थियो।

हामी नेपाली नेपाल आमाका बीर सन्तान अनि गोर्खाली “बहादुर” भनेर गौरव गर्छौ। पृथ्वीनारायण शाह, बलभद्र कुँवर, बहादुर शाह, भीमसेन थापा लगायतका वीरहरुले कुनै बेला इतिहासमा नेपाली जनता, नेपाल राष्ट्र, नेपाली राष्ट्रियतामाथि औँला उठाउने विदेशी शक्तिमाथि देखाएको पराक्रम र बहादुरीको उपजनै “बहादुर” हो भनेर बुझिन्छ। शब्दकोषमा हेर्ने हो भने पनी “बहादुर” भनेको अडिग,निडर,पराक्रामी,कार्यसम्पादनमा दक्ष भन्ने नै देखिन्छ। यो त कुरा भयो “बहादुर” भनेर बुझ्ने हरुको हकमा।

तर खाडी राष्ट्रहरुमा बुझेर वा नबुझेर नेपालीहरु माथि “बहादुर” शब्दको उपमा लगाएर प्रसस्त अपमान अनि घृणाको दृष्टिले हेर्ने गरेको मैले देखेको अनि भोगेको पनि छु।

समय भएसम्म मैले वास्तबिकता बुझाउने प्रयास पनि गरेँ। कतिले बुझे र महान अर्थ बोकेको शब्द अनि नेपाली प्रतिको घृणा बोध पनि गरे भने कतिले आफ्नै ब्याख्यालाई साँचो ठान्दै बिभिन्न झुटा उदाहरण समेत प्रस्तुत गरे।

सरसफाईमा कामगर्ने, सडक मजदुर अथवा अदक्ष्य, कमसल खालको जुनसुकै काम गर्ने भारतीय नै भएपनि “बहादुर”को उपमा दिईनुले बहादुर कुनै श्रेष्ठ कामको पर्यायवाची नभई निच, सानो र घृणित कामको उपज बनाइएको प्रष्ट हुन्छ।

स्मरण रहोस आजको स्वार्थि संसारमा काम “जस्तो सुकै भएपनि सानो ठुलो हुँदैन” भन्ने आदर्शको नारा मात्र भएको अबश्था छ। अधिकंश दाजुभाइहरुको बास्तबिक नामसँग गासिएर आउने बहादुर शब्दले कहिलेकाहिँ परीचय पत्र वा पासपोर्टमा नामको पछाडि बहादुर देखेपछि उनिहरुको क्षमता,प्रतिभा,अनि अनुभबको मापन नै नगरि अदक्ष्य,लेबर काममा भर्ति गर्ने चलनले बास्तबमै ग्लानी समेत हुन्छ।

हुनत हामी बिदेशमा कामगर्ने नेपालीहरु सच्चा बहादुरको वास्तबिक अर्थ बुझाउन सैद्दान्तिक र ब्यबाहारीक रुपबाट समेत प्रस्तुत हुन तत्पर नहुनाले पनि झनै अपब्याख्या र भ्रमले जरा गाड्दै गएको छ।केहि दिन पहिले दोहाको नेस्नलको सडक किनारा बाट गुज्रदै थिएँ ,भारतीय मुलको एउटा ट्याक्सी ड्राईभरले नजिकैका नेपाली दाजुलाई “बहादुर” भनेर के बोलाएको थियो किनहो कुन्नि नेपाली दजुको पारो तात्यो मेरो न्वारन खाईतिस् ? आदि इत्यादि भनेर यति गालि गरेकि जुन शब्द मैले यहाँ राख्नु सान्दर्भिक ठानिन। तसर्थ कसैले बुझेर वा नबुझेर दिएको श्रेष्ठतालाई केहि नेपालिले ग्रहण गर्न नसकेको अबस्था छ।

बास्तविक “बहादुर”को सहि अर्थ सैद्दन्तिक र ब्यबाहारीक रुपमा पहिचान गराउन हामि आफ्नै ज्ञान,बुद्धि,शिप,अनुभब र बिबेकको प्रयोग गर्नु आबश्यक छ। हाम्रा पुर्खाले तर्बार खुकुरी अनि भाला चलाएर गोर्खालि बहादुरको नामले चिनिएका थिए भने अब कलम चलाएर एक्काएसौं सताब्दिको उपजको रुपमा हामि नेपाली कलमबीर अनि सच्चा”बहादुर”को नामले बिश्व जगतमा प्रस्तुत हुन सके भ्रम पालेर हामि बहादुर हरु प्रति घृणा गर्ने कुअर्थ लगाउने अथवा अपब्याख्या गर्नेहरुको दिमागमा घाम कसो नलाग्ला ?

बहादुर शब्दलाई तपाईँले पनि यसरी गलत अर्थमा बुझेको देखे भोगे वा सुन्नुभएको छ कि ? आफ्नो अनुभव तल कमेन्टमा बाँड्नुस्।

(June 22nd, 2012 मा पहिलो पटक प्रकाशित)

6 thoughts on “हामी कस्तो बहादुर ?”

  1. SUSHIL says:
    September 26, 2017 at 2:14 pm

    तपाईंको संगत कुन स्तरको विदेशी संग भयो भन्नेमा पनि भर पर्छ. हामी पनि विदेश बसेका हुम. कतिले नेपाल भन्ने देशनै चिनेनन् भने कतिले नेपाल भनेको कसैले कब्जाउन नसकेको देश भनेर चिन्ने पनि भेटिए र दक्षिण एशियामा भारतीय, पाकिस्तानी, बंगलादेशी भन्दा नेपाली स्तरिय हुन्छन र देश गरिब भए पनि मान्छे अरु दक्षिण एशियाली जस्तो घटिया हुँदैनन् भन्ने पनि भेटिए. पक्कै पनि धेरै नेपालीहरु श्रम गर्नको लागि विदेश जान्छन, तर यो कुरालाई तरिकासंग प्रस्तुत गर्नुपर्दछ. अबबाट फेरी हज्जारौं विदेशी भेटिए भने भनिदिनुहोला “नेपालीहरु आफ्नो पाखुरा बजारेर खाने जात हो भनेर”.

    Reply
  2. Limbu naYan says:
    September 26, 2017 at 12:43 pm

    ९९% म तपाईसंग सहमत छुँ. हामि अनुभव र अध्यन (अ) बाट टाढा छौं! अनि निक नेम बोकेर हिड्ने हो ‘बहादुर’..!!!

    Reply
  3. नया नेपाल says:
    September 25, 2017 at 11:25 pm

    नेपाल र नेपाली जनता लाइ रैती को ब्यबहार गरि विश्व भरि भाडा का सिपाही बनाएर त्यसबेला का राज्य सता मा बस्ने हरुले सोझा जनताको रगत मा होलि खेले . भलै सोझो जनताले आफ्ना राजा या नेता का पछि आदेशको शिरोपर्गर्दै आफ्नो ज्यु ज्यान को आहुति दिएकै हुन् . नेपाली को बिरता र लडाई कौशलता देखेरनै हो बेलायत र पछि इन्डिया ले नेपाली हरुलाई अझै पनि बहादुर को उपमा दिदै आफ्नो स्वार्थ्य सिद्दि गरिरहेकै छन् . ति हाम्रा सकल पुस्ता ले आज त्यसको जस भन्दा अपाच्य सब्द को रुपमा बुझुनु किमार्थ सहि हुने सक्दैन . त्यसै ले नेपाली लाइ कसैले बहादुर भन्छ भने त्यो हाम्रो गौरब गाथा हो भनेर भुझौ .
    अर्को कुरा यहा हरुलाई जो विदेश मा पुगेर यो सब्द प्रति घृणा गर्नु भन्दा आज तपाइँ हामि लाइ स्वदेश मा गरिखाने बातावरण नबनाउने ति सबै सत्ताधारी हरु को भ्रम लुट तन्त्र र भ्रश्ताछार बाट देस को दुर्गति ले गर्दा खाडी लगायत को मुलुक हरुमा प्राप्त गर्दै गरेको नया पहिचान ले हाम्रा सन्तति हरुले आफ्ना पुर्खा हरुको बारे मा तल्लो स्तर का सर्वनाम हरु बेहोर्दै अपमानित् हुनु पर्ने पिडा बोध आफै ले गर्न सिकौ . आजै देखि ति सबै भ्रस्ट नेता चाहे प्रचण्ड , बाबुराम , शेरबहादु , रामचन्द्र , या येस्तै येस्तै र यिनका हरुवा चरुवा हरु बिरुद्द जवर्जस्त चेतना जागृत गर्दै सम्म्रिड नेपाल को लागि नया सचेत नेतृत्व निर्माण मा लागि परौ . सबै लाइ शुभकामना .

    Reply
  4. गोर्खे बहादुर says:
    September 25, 2017 at 7:09 pm

    हामी कस्तो बहादुर भने नेपाल आइडल हुन नसकेको व्यक्तिको लागि लाखौ करोडौ उठाएर आइडलले भन्दा बढी पैसा उठाईदिन्छौ, तर धुर्मुस सुन्तली, महाबिर पुन, डा. गोबिन्द केसी जस्ता व्यक्तिलाइ सहयोगको लागि केहि गर्दैनौ! दिन दिनै देश लुटीराखेको समाचार पढ्छौ तर उनीहरुको बिरुद्ध चुइक्क बोल्दैनौ तर उनीहरुले नै सत्ता कब्जा वा यस्तै अन्य कुरामा तोडफोड-बन्द हड्ताल के के आब्हान गर्छन त्यसको लागि मरिहत्ते गरेर लागि पर्छौ —हो हामि त्यस्तै बहादुर हौ!

    हामि प्रशान्त तामांगलाइ नेपाली देख्ने त्यो पनि जातीय नजरले हेर्ने नेपाली बहादुरी हौ अनि उसलाई जिताउनको लागि पैसा उठाएर भारत पठाउने नेपालि बहादुरी हौ तर हाम्रोमा कसैले केहि राम्रो काम सुरुवात गर्यो भने फलानो ढिस्कानो भनेर मुन्टो बटार्ने बहादुर हौ—!—

    Reply
  5. bibek says:
    September 25, 2017 at 2:33 pm

    बहादुर भन्ने सब्द इंडियामा गेटपाले वा नोकर बस्ने नेपालीहरुलाई इन्डियनहरुले घृणा गरेर भन्ने सब्द हो, इन्डियन वा इन्डियन मुलका मान्छेहरु बाहेक अरुहरुको लागि बहादुर भन्ने सब्द नराम्रो अर्थमा लिदैनन

    Reply
  6. दाैलत राई says:
    September 25, 2017 at 1:02 pm

    भारतकाे विभिन्न राज्यहरु नेपालीहरु चाैकीदार, सुरक्षागार्ड, ज्यामी काम गर्नेहरुलाई बहादुर भनेर बाेलाउछन् । अनि उत्तरपूर्वमा रहेकाे नागाल्याण्ड राज्यमाचाहि कान्छा बनेर नेपालीहरुलाई बाेलाउछन् ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme