Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालमा जिमेल र युट्युब किन ढिला खुलिरहेको छ? यस्तो छ आइस्पानको विज्ञप्ति

Posted on September 1, 2017September 1, 2017 by mysansar

नेपालमा केही इन्टरनेट प्रयोगकर्ताहरुले बेलुकातिर जिमेल र युट्युब ढिला खुलेको पाइरहेका छन्। किन यसो भइरहेको छ त? इन्टरनेट कम्पनीहरुको संगठन आइस्पानले यसबारे विज्ञप्ति निकाल्दै स्पष्ट पारेको छ। यस्तो छ विज्ञप्ति

नेपालमा गुगल एप्लिकेशनस् जिमेल र यूट्युब ढिलो खुल्नको कारण

यस इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानको विगत केही हप्ता देखि नेपालमा गुगल को यूट्युब, जिमेल लगायतका एप्लिकेसन्स हरु ढिलो खुल्ने गरेको बारेमा धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु प्राप्त भएको घटना प्रति गम्भीर ध्यानकार्षण भएकोछ ।

गुगल ले विगत ४ बर्ष देखि आफ्नो एप्लिकेसन्स (जस्तै जिमेल र यूट्युब को क्षमता सुधारका लागि नेपालको स्थानीय इनटरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्ना सर्भर राखी रहेको व्यहोरा अवगत गराउन चाहन्छौं । हाल गुगल ले गरेको निर्णय अनुसार नेपालको आई एस पि कम्पनीहरु सँग अलग भएर गुगल ले नेपालमा आफ्नै नयाँ सर्भर राख्ने तयारी गरेको छ । गुगल को यस निर्णयको कारणले विगत ४ वर्ष देखि यहाँका कम्पनीहरुमा राखिरहेको सर्भरलाई विगत केही महिनादेखि गुगल ले स्तरोन्नति गरेको छैन । यही कारणले बढी प्रयोग हुने समय (बेलुका) मा सर्भरहरुको क्षमता अपुग भइरहेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले गुगल लाई बारम्बार गरेको अनुरोधका बाबजुद पनि स्तरोन्नति हुन सकेको छैन भने अर्काेतर्फ गुगलले आफनो सर्भर राख्न पनि ढिला गरिरहेका छन्।

जबसम्म गुगलले आफनो सर्भरको स्तरोन्नति गर्दैन तबसम्म नेपालका इन्टरनेट प्रयोगकर्ताहरुले गुगलका एप्लिकेसन्स जिमेल , यूट्युब आदि ढिलो खुल्ने अवस्थाको सामना गर्न बाध्य हुनेछन्। प्रयोगकर्ताहरुले भोग्नु परेको असुविधा प्रति हामी क्षमा प्रार्थी छौं । हामी आशा गरेका छौं कि गुगलले तत्काल यो समस्याको समाधान गर्नेछ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme