Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नारायणकाजीको मुखैमा काङ्ग्रेसको कालो झण्डा

Posted on October 1, 2012October 3, 2012 by mysansar

-गौतम दाहाल/भर्जिनिया,अमेरिका-

संयुक्त राष्ट्र संघको ६७ औं महासभामा भाग लिन अमेरिका आएका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई अमेरिकामा रहेका नेपालीहरुले जताततै कालोझण्डा देखाएर विरोध गरेका छन्। आइतबार भर्जिनियामा आयोजित अन्तर्क्रिया कार्यक्रममा कसरी कालो झण्डा देखाइयो त?

डिसीस्थित नेपाली राजदूतावासका सबै कर्मचारी समेत सहभागी थिए अमेरिका नेपाल सोसाइटीले आयोजना गरेको यो अन्तर्क्रिया कार्यक्रममा। आयोजकहरुले सहभागीहरुलाई एक चरण मात्र प्रश्न गर्न दिएपछि आफ्नो जिज्ञासा राख्न नपाएका असन्तुष्ट कांग्रेस समर्थित कार्यकर्ता एवं शुभेच्छुकहरुले उनलाई घेरेर कालोझण्डा देखाएका हुन्।

पहिलो चरणमा प्रश्न राख्ने अवसर पाएकी वरिष्ठ टेलिभिजनकर्मी रमा सिंहले आफू कुनै राजनीतिक दलमा आवद्ध नभएको एक स्वाभिमानी नेपाली भन्दै श्रेष्ठलाई तीन निकै कडा प्रश्न राखेपछि माहौल तात्तियो। अनि आयोजकहरुले अब अरु प्रश्न सोध्न समय सकिएको भन्दै रोक्ने प्रयास गरे। रमा सिंह लगायतका अन्य प्रश्नकर्ताको अत्यन्त सटिक र संयमित जवाफ दिएर उपप्रधानमंत्री श्रेष्ठले विदा मागे।

यत्तिकैमा बाल्टिमोरबाट आफ्ना जिज्ञासा लिएर पुगेका स्थानीय तीर्थ पाण्डेयले मंच नजिकै पुगेर आफ्नो प्रश्न राख्न नपाएकोमा गुनासो गर्दै जवाफ मागे। तर श्रेष्ठले चलाखीपूर्ण जवाफ दिदैं इमेलमा प्रश्न पठाउन भन्दै कार्यक्रमबाट बाहिरिन खोजे। उनलाई बीचमै रोकेर बाल्टिमोरबाट पुगेका नेपाली कांग्रेसका नारायण थापाले आफूहरुले जिज्ञासा राख्न नपाएको भन्दै आक्रोश व्यक्त गरे। त्यही बेला थापासंगै रहेका लक्ष्मीकुमार श्रेष्ठ,भरत बराइली,अर्जुन काफ्ले,अनिल भारी,तिर्थ पाण्डेयलगायतले उपप्रधानमंत्री श्रेष्ठको अनुहार नै ढाक्ने गरी मुखै नजिक कालोझण्डा देखाएर विरोध गरे।

एक्कासी यसरी कालोझण्डाको विरोध सामना गर्नुपर्ला भन्ने अनुमान नै नगरेका उपप्रधानमंत्री श्रेष्ठले नीलोकलो अनुहार बनाएर कालोझण्डा प्रदर्शनकारी मध्ये भरत बराइलीको पाखुरा समाएर तपाईंहरुको विरोध बुझें भन्दै अघि बढ्न खोजे। विरोधमा सहभागी मध्ये एक कांग्रेसका स्थानीय नेता नारायण थापाले भने, साथीहरुलाई जिज्ञासा राख्न नदिएपछि उत्पन्न आक्रोशको परिणाम नै कालोझण्डाको प्रदर्शन हो। थापाका अनुसार मुसुक्क मुस्काउदै कुरा सुरु गरेका उपप्रधानमंत्री श्रेष्ठ एक्कासी कालोझण्डाको सामना गर्नुपरेपछि टीठलाग्दो अनुहार बनाउदै घेराउबाट अघि बढ्न खोजेका थिए।

विचरा नारायणकाजी ! राष्ट्रसंघको कार्यक्रम सकेर नेपाली समुदाय माझ जहाँ पुगेका छन् त्यहीं यसरी कालोझण्डाको विरोध सामना गर्नुपरेपछि निकै विक्षिप्त छन् ।

यसअघि शनिबार न्यूयोर्कमा पनि उनलाई कांग्रेससमर्थित कार्यकर्ताहरुले कालोझण्डा देखाएर विरोध गरेका थिए। कांग्रेसका स्थानीय कार्यकर्ता एवम कराँते खेलाडी मकेन्द्र सिंहले नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा कालोझण्डासहित नाराजाबी समेत गरेका थिए ।

भर्जिनियामा आयोजित कार्यक्रममा अघिल्लो दिन न्यूयोर्कमा सामाना गर्नु परेको कालोझण्डाको विरोध पुन: नहोस् भनेर तौलिएर निकै सन्तुलित एवं संयमित विचार व्यक्त गर्न खोजेका श्रेष्ठले भनेका थिए, राजनीतिक दलहरुले जनतासामु माफी माग्नुपर्छ र म तपाईंहरुका सबै जिज्ञासाको चित्त बुझ्दो जवाफ दिन सक्दिन।

24 thoughts on “नारायणकाजीको मुखैमा काङ्ग्रेसको कालो झण्डा”

  1. Ryan Thapa says:
    October 7, 2012 at 3:45 am

    , मित्र हरु तपाई हरु को परतिकिरिया को हामी सम्मान गर्द छ्यौ ! तपाई हरु ले नेपाल मा के भयो तो त हामी हरु ले भन्न पर्दैन किन कि तो के का लागि थियो,
    पन्ध्रयौ हजार मानिस हरु को रगत बगे र के भयो त ! ७ शाल मा आयो परजातंत्र
    अनि आयो,फेरी ४६ मा , अनि ६२/६३ को कुरानै नगरौ! तेसैले अब तपाई हरु भनू हबस के साचो के झुट्टा! के जनता लाई परिबर्तन को नारा दिएको पुरा भयो त ? के लाखौ मानिस हरु बिदेस पलाएन भएन् त? यी शारा के लागि थिए त खाली खल्ती भरनका लागि थियो भने यी नेता जी हरु ले हो साचो कुरा हो थियो भने भाई भाई मा काटमार गरेर देस बिकास हुने भए आज संसार सोरर्ग हुने थियो मित्र हरू तेसैले यी सारा पर्तिकिरिया लेख्न भन्दा पहिले एउटा सच्चा नेपाली भएर सोची दिन हामी आग्रह गरदछऔ! कालो झन्डा केवल रगत को रिसा भाको
    पनि जानकारी गरदछौ तेसै ले मित्र हरू तपैहरु को पनि दाईतओ हो झुट्टा को झुट्टा र साचो को साचो भन्नु परने अब फेरी त्यो देस मा रगत नबगोसा.
    नमस्कार

    Reply
  2. Rajen Kandel says:
    October 6, 2012 at 8:18 am

    देशको केहि लागि गर्छु भन्ने पार्टी त मावोवादी नै होला तर यो कांग्रेस र एमाले ले बसि खान दिएन बा / न आफु गर्छ न अरुलाई गर्न दिन्छ खत्तम र भ्रष्ट त कांग्रेस र एमाले नै हुन / पशुपति काण्ड र प्रधान सेनापति काण्डले प्रष्ट्याई सक्यो नि कांग्रेस र एमालेको नियति / युके युरोप र अमेरिकामा अध्यान गर्न भनि आएका सुकिला मुकिलाका छोरा छोरीहरु धेरै नउम्ल धेरै उम्लिए पोखिन्छ है / तिम्रा बा आमालाई पनि नेपाल मा त्यस्तै गराउलान /

    Reply
  3. bhim koirala babu amardah says:
    October 4, 2012 at 10:54 pm

    कालो झन्डा देखायर केहि हुन्न मित्रहरु
    हामीले राजनीतिक फिल्म बनाउन पात्र हरुनै त्यस्तै छानेका छौ
    हाम्रो कथा अनुसारको आफ्नो कला देखयाका हुन् नेताहरुले
    अब हामी जनता हरुले कथा नै अर्को बनायर नया कलाकार राख्नु पर्छ
    नया कथा बनाउन अक्तियार को ठुलो हात रहन्छ धन्यवाद

    Reply
  4. सागर ज्ञवाली says:
    October 4, 2012 at 9:28 pm

    पहिले माकुने लै कालो झण्डा देखाउदा केहि माओबादी साथि हरु ले भयङ्कर समर्थन मा तालि पिटे . गलत कार्य ले सहि नतिजा कहिले दिदैन . ति कालो झण्डा देखाउने मुर्ख हुन् .

    Reply
  5. सन्तोष संकल्प 'पान्थरे' says:
    October 4, 2012 at 5:33 pm

    मानिसले आफ्नो बिचार र बौद्दिक स्तर भनेको यसरी नै प्रदर्शन गरिन्छ। हुन त सबै मानिस त्यस्तो एउटै स्तरको त हुँदैनन तर जुन तिनीहरुले देखाएको स्तर नै तिनीहरुको अति निम्न स्तरको मानसिक उपज हो।सभ्य देशमा गएर पनि सभ्य व्यवहार र उच्च स्तरको व्यबहार प्रदर्शन गर्न नसक्नु भनेकै उनिहरुको दिमागले त्यो भन्दा माथि काम गर्न नसक्नु हो। आफ्नै देशमा त ठिकै छ तर बिदेशमा भनेको पार्टीको प्रतिनिधी होईन राष्ट्रको प्रतिनिधी भएको हुनाले आफुले बिरोध गर्दा आफ्नै देशको बेईज्जत हुन्छ, अरु देशको र पार्टीको बेईज्जत त अवश्य पनि हुँदैन।

    सायद संसारमा मात्रै यस्ता अति निम्नस्तरको मानसिकता भएको मानिस भनेकै अमेरिकामा बसेका नेपालीहरु नै होलान। किनकी आफ्नै देशको प्रतिनिधीहरुलाई बेईज्जत गर्न सबैभन्दा खप्पिस तिनीहरुनै छन। सायद तिनीहरु भन्ने गर्छन यस्ता जंगली ब्यवहार माओबादीले गर्छन र गरेको हो भनेर तर यसो हेर्दा माओबादी भन्दा महाजंगलीहरु त अमेरिकामा बसेको नेपालीहरु पो देखियो त।

    अहिले सम्म मैले अरु देशका प्रतिनिधीहरुलाई त्यसरी बिदेशमा बेईज्जत गरेको देखेको पनि छैन र सुनेको पनि छैन। भारतजस्ता देशमा पनि धेरै भन्दा धेरै अलोकप्रिय नेता वा मन्त्रीहरु छन तर तिनीहरु अमेरिका वा बिदेशमा भ्रमण गर्दा कहिले पनि त्यस्तो आफ्नो देसको नागरिकबाट बेईज्जती खप्नुपरेको छैन। भारतजस्तो असभ्य देशको जनताहरु हामी भन्दा धेरै सभ्य भईसकेको छ तर हामी त झन झन असभ्य देखी महाअसभ्य तिर धकिलिदैछौ जुन आउने पिढीहरुको लागी राम्रो होईन, अहिलेको अमेरिकन नेपालीहरुको पिढी असभ्य भए पनि आऊदा पिढीहरुलाई त्यस्तो असभ्य चाही नहोस।

    Reply
  6. dilip gurung says:
    October 3, 2012 at 8:58 pm

    मिलेर अगाडी बढ्नु पर्ने बेलामा साथीहरुको तरिका यस्तो छ| यो सब कुरो को फाइदा उही फटाहा ज्ञान्ने र वहाका कुपुत्र पारसलाइ नै पुग्ने छ|

    Reply
  7. Basanta Thapa,Maryland,USA says:
    October 3, 2012 at 6:24 pm

    सके सम्म भिन्न पार्टीका र बिचार भएका हरुले आयोजना गरेका कार्यक्रममा नजानु नै राम्रो \ किनकी बिपक्षीले जति राम्रो बोले पनि चित्त नबुझ्ने र आफ्नो पक्ष ले जति नराम्रो बोले पनि ताली ठोकी समर्थन गर्ने नेपाली मानसिकता र ब्यबहार जहा गए पनि रहिरहेको छ \ कुकुर को पुछ्छर जस्तै हाम्रो बानी ब्यबहार कहिले पो सिधा हुने हो \
    जहा सम्म ठुलो दिल र ब्यबहार को कुरा आउछ प्रश्न सबैलाई सोध्न दिनु पर्छ र मौका मिल्यो कि कालो झण्डा देखाउन र कार्यक्रम खल्लो र भाड्न पर्छ भन्ने योजना सहित कालो झण्डा बोकी कार्यक्रम मा पुग्नु भनेको कालो शोच र ब्यबहार हो यस्तो कुनै पनि विचारका मानिस ले गरिनु हुँदैन \ राजनैतिक ब्यबहारिक सुधार सबै पार्टीका नेता ,कार्यकर्ता र समर्थक मा टड्कारो आबस्यकता भैसकेको छ \

    Reply
  8. Abhimanyu says:
    October 3, 2012 at 4:47 pm

    प्रथमत यो कालो झण्डा प्रदर्शन सबै नेपालीको हितलाई सर्बोपरी राखेर होइन, खालि नेपालमा सल्केको राजनैतिक पर्यावरण अझ दुषित गराउने गराउने घिनौना पार्टी पलिटिक्सको एक झल्को हो| समाचार र फोटो देखे पछी नेताहरुबाट सरंक्षण, स्यावासी र बढुवा पाउने भए|
    कांग्रेस र एमालेले धेरै समय सत्तामा हुँदा फायदा उठाउने बानी परेको छ| अहिले माओवादी सत्तामा हुँदा एमांग्रेस सत्ता भोगको वेदनाले छ्टपटाएका हुन्| जनाधार र जनादेश नभएको, जनहित आफ्नो एजेन्डा नभएको र सुशासन र पारदर्शिता बाट संधै टाडा रहेकी अनि बाबुको छोरी भएको भरमा मन्त्रि र उप प्र म भएकी सुजाता अमेरिका रहंदा कसरी एक थरि कांग्रेसले तछाड मछाड गरेर तेल लाए भनेर त्यँहा बस्ने नेपालीलाई थाहा भएकै हो|
    कुरो आयो नारायण काजी को| उनी त् बिचरो जोकर हुन् माओवादीको सत्ताको तास खेलमा| उनले परराष्ट्र सुजाताले भन्दा रार्म्रै चलाएका छन्, कमसे कम दिनहुको घुस काण्ड र बलमिचाई सुनिएको छैन| उपप्रधान मन्त्रि नबनाउन्दा बाबु संग रोई कराई गरेर प्र म संग भारत पनि गईनन| परराष्ट्रको अलिकति भएको गरिमा पनि खत्तम पारेकी थिईन| कांग्रेसीहरुले यो हेका राखेको छैन होला| नारायणकाजी आउँदा ककसले कालो झण्डा बोकेर आउँछ र फोटो खिचौंछ भन्ने नेपाल एम्बेसीलाई थाहा भएकै हुनपर्छ| तैपनि नारायणकाजी कार्यक्रममा आउने हिम्मत गरेछन| माधव नेपाल र भारत मोहन अधिकारीले पुच्छर लुकाएर भागे भनेर पदन पाईएको थियो| साँचो हो कि होइन साथीहरुले पुष्टि गर्नुहोला| अर्थ मन्त्रि पुन आउँदा सभा आयोजकका कांग्रेसी लेबलका अध्यक्ष र जसले सभाको सभापतित्व गरेका थिए, उनी नै आफ्नो भाषण पछी मन्चमा नबसेर बाहिरीए| सायद उनले कालो झण्डा वा बिरोधको आभास पाएका थिए| तर कालो झण्डा देखाउने हिम्मत त्यँहा कसैले गरेंन| किन? अर्थ मन्त्रिले भोलि गएर हाल अमेरिकामा वासोबासो गर्नेहरुमा को को सुलसुले छन् र ढुकुटीबाट ककसले कति पैसा लिएका थिए भनेर खुलाउने भनेर कसैले हाँसउठ्दो अफवाह पिटेका रहेछन, सब त्यसै छुलछुल डराएछन्|
    माओवादीको सत्ता खेलमा नारायण काजी नीरिह व्यक्ति हुन्| उनी अहिले मन्त्रि नभएका भए बैद्य समुहमा गइ सक्ने थिए, खालि सत्ता मोहले मात्र टिकेका हुन्| अब आउँदो चुनावमा यो सबै खुलासा नहोला भन्न सकिन्न|
    मुख्य कुरो अमेरिकामा बस्ने अक्सर यस्ता अन्तरक्रियामा सहभागी बन्ने नेपालीले आफुलाई पार्टी पलिटिक्समा चुर्लुम्म डुबाएर होइन तर नेपाली भएर पहिले सोच्नपर्यो|
    संबिधान सभाले चार बर्ष तलब भत्ता खाएर केही काम नगरे पछी जुनै पनि पार्टीका नेतालाई यसको जिम्मेवारी ठहराएर कठघरामा उभ्याई मर्यादापुर्बक प्रश्न गर्न सक्नु पर्यो| संबिधान सभाका सदस्य सहित अध्यक्ष लगायत सबैलाई काम गरेनौ यसैले तलब भत्ता नफ़र्काईन्जेल् अर्को पदको लायक नहुने गराउनु पर्छ|
    कालो मोसो दल्ने पनि लायक नभएका नेताहरुलाई के को कालो झण्डा?
    अन्तमा रमा सिंहज्युले प्रश्न गर्दा आफु कुनै पनि दलमा आवद्ध नभएको भन्नु भएको रहेछ| यो राम्रै कुरो हो र धन्यवाद दिन चाहन्छु| जो जसले विगतमा कुहिएका राजतन्त्र वा राजतन्त्रवादी लाई समर्थन सहयोग गरेर आफ्नो दुनो सोझाएका थिए, अहिले आएर सबै कुनै दल संग सम्बद्ध नभएका नेपाली हुन् आवश्यक छ तब मात्र नेपालीले नेपाल र नेपालको हितलाई सर्बोपरी राखेको मान्नुपर्छ|

    Reply
  9. Pradeep says:
    October 3, 2012 at 4:38 pm

    नेपालका नेताहरु लाई कालो झन्डा देखाएर कुनै सरम लाग्दैन ! मुख मा कालो दलिदिए पनि झन् गौरब गर्छन ! नक्कली नम्बर प्लेट को गाडी चड्दा, भ्रस्टाचार गरेर जेल पर्दा त कुनै ग्लानी नहुने नेता लाई जावो कालो झन्डा ?

    Reply
  10. Gemmi says:
    October 3, 2012 at 2:38 pm

    यो काजी नारायण त कागतालीमा नै विदेश मंत्री भा को होला, बाबुराम र वैद्यलाई ठाउँमा राख्न प्रचण्डले थपेको उपाध्यक्ष भएको नाताले | तर कालो झन्डाको कुरा गर्दा कांग्रेसको पालामा सत्ताको आडमा ठगी गर्ने मौकाबादीहरू अहिले फिटफिटि भएर बिदेशमा फैलेका जस्ता छन्, जानेको त्यही फोहोरी राजनीति हो, अरु के गरून त्यो अम्रिकामा | तर कुरो कांग्रेसको मात्रै पनि होइन, एमाले, माओबादीमा लाग्ने छेपाराहरूको पनि यस्ता दिन पक्कै आउलान |

    Reply
  11. madan bajracharya says:
    October 3, 2012 at 2:28 pm

    आफ्नो कुरा राख्न नपायको त् बहाना मात्रै हो कालो झण्डा देखाउने त् योजना नै हो/होईन भने किन बोकेर आयो कालो झण्डा? भन्नुको मतलव नारायण काजीलाई समर्थन गरेको होईन/ आज सबै नेताहरु सिट सोध्नु पर्ने प्रश्नहरु सबै सिट छ तर जवाफ दिने नेता एउटा छैन/ यदि कुनैले जवाफ दिन्छ भने म नेताहरुलाई ” हे नेताहरु तिमीहरु बिचमा सहमति गर्ने हो बा हाम्रो सहमति पनि खोज्ने हो? ” भन्ने प्रश्न गर्न चाहन्छु; छ जवाफ दिने कोहि? /

    Reply
  12. anuj says:
    October 3, 2012 at 1:31 pm

    यो कांग्रेश कमुनिस्ट मावोबादी जुन जोगी आए पनि कानै चिरेका हुन्. जो आए पनि देश लुट्ने र आफ्नो सन्तानहरुको लागि सम्पति जगेर्ना गर्ने चोर हरु
    यो पार्टीको नाटक पनि तेस्तै हो, कसैलाई आफ्नो सिद्धान्त के हो थाहा छैन, यो त गुट गुट मात्र हो, लुट्ने र मोज गर्ने गुट
    देश बिकाश वनेको त मागी खाने भाड़ो हो

    Reply
  13. mahesh says:
    October 3, 2012 at 1:26 pm

    बिचरा खुम बहादुर को चेला हरु, माउ बिना को चल्ला बनेका छन्.

    Reply
  14. Rames, Korea says:
    October 3, 2012 at 11:20 am

    This is the real characteristics of Nepali Congress. Its only advertisement of Nepali Congress, how they look like in real ground. That is the maximum level of thinking of dogs of Nepali Congress. If you all are the real Karekarta of Nepali Congress, Keep on doing such activities because this is your last limit of thinking and only option left for you Karekartaz.

    Congratulation! for your this kind of great performance shown in US. If there is anything left, do not hesitate to do other activities like Masal Julusa so so in coming days.
    By heart, if you all are the real Karekata of Nepali Congress, could you show the same black flag in front of your so called corrupted leaders??

    If not never try to repeat such activities in front of other leaders. This is only suggestion, not asked. Depends up on your level of thinking.

    Reply
  15. शिव पराजुली says:
    October 3, 2012 at 9:31 am

    युरोप अमेरिका पढ्न र बसोवास गरि वस्ने कांग्रेस-एमालेका नेता कार्यकर्ता र उच्चपदस्थ कर्मचारीका छोराछोरीहरुले सर्व प्रथम छातीमा हात हालेर नेपाल सम्झेर आफ्नो माता पितालाई एकचोटी सोध्ने प्रयास गर्नु होला / किनभने एकजना पिताको कमाईले सहरमा घर जग्गा जोडेर स्वास्नीलाई गर गहनाले धप्पक पारी छोराछोरीहरुलाई महँगो स्कुलमा पढाई दशौँ लाख खर्च गरि युरोप अमेरिका पढ्न वस्न पठाउन कहांबाट पैसा आयो होला? यो सबै चोरको खुट्टा काट भन्दा सबैले खुट्टा उचालेका हुन् / भ्रष्ट नेता कार्यकर्ता र भ्रष्ट उच्चपदस्थ कर्मचारीका छोराछोरीहरु युरोप अमेरिकामा मोज मस्ती गर्न पुग्छन भने सर्वसाधारण गरिवका सन्तान खाडी मुलुकहरुमा पुग्छन /

    Reply
  16. योगेश आदी says:
    October 3, 2012 at 8:51 am

    यस्ता रुन्चे नारायणकाजी; छेपारो जस्तो रंग बदलेर अवसरबादी प्रबित्ति देखाउने माओबादीलाई त कालो झण्डा होइन कालो नै दल्नुपर्थ्यो नि !!

    Reply
    1. Sharad says:
      October 4, 2012 at 9:44 am

      “भ्रष्ट नेता कार्यकर्ता र भ्रष्ट उच्चपदस्थ कर्मचारीका छोराछोरीहरु युरोप अमेरिकामा मोज मस्ती गर्न पुग्छन भने सर्वसाधारण गरिवका सन्तान खाडी मुलुकहरुमा पुग्छन”
      आफ्ना बाउआमाले भ्रष्टचार गर्न नपाऊदाको रिस होला यो. किनंकी अब भ्रष्टचार गर्न तिनीहरुका बाउआमालै हटाएर माओबादी आयो नि त.

      कालो झन्डा देखाउने होइन. येसरी देश बिकाश अनि सुधार गर्न सकिन्छा वनेर सल्लहा दिदा राम्रो होला. i hate those people having corrupted thinking, though they live at America.

      Reply
  17. शशांक लामा, न्युयोर्क says:
    October 3, 2012 at 8:21 am

    अमेरिकामा आफु आफु नै मिल्न नसकेर एउटा हड्डीको लागि झगडा गरि हिंडनेहरुले गर्ने काम भनेकै कालो झण्डा देखाएर कालो मानसिकता प्रदर्शन गर्ने हो| कुन दिन देखि देउवा र सुशील पक्ष भन्दै आफूभित्र नै कालो झण्डा एकार्कालाई देखाउन बेर लाउन्दैनन!!!!!

    Reply
  18. nilam says:
    October 3, 2012 at 5:42 am

    के भन्छ नि!!! देख्ने र सुन्नेलाई लाज भने जस्तै हो |झापड खाए प्रधान मन्त्रि बन्च ,ल्वाप्पा खाए लोक मन्त्रि ,जतिसुकै बेजत गरेनी नकचरो नेता !! के भन्ने के गर्ने ?

    Reply
  19. S Lama says:
    October 3, 2012 at 5:08 am

    न बिचार, न भिजन, न कुनै नारा ….कुहिराका काग जस्ता भएका कांग्रेसहरु लघुताभासले पिडित भएर बिदेशमा बसी सकी नसकी स्वदेशी राजनीति गरि टोपल्छन| बिदेशमा बसेर नेपाली कांग्रेसको जनसम्पर्क समिति खोलेर नेपाली भांडदैछन| अमेरिकामा त नेपाली जनसम्पर्क समिति पो गठन गर्नु पर्दछ | सक्छौ भने त्यो कालो झण्डा आफ्नै भ्रष्टाचारी नेता आउँदा एअर्पोर्टमै गम्लङ्ग ओढाउनु नि !

    Reply
    1. Dhananjaya Saroj says:
      October 4, 2012 at 12:01 pm

      शशांक जी
      हिम्मत गरेर आफ्नो पुरा नाम लेख्नुस न! तपाई लै नचिन्ने को छ र? तपाई पनि नारायण काजी प्रवृति मै हुर्कियाको मान्छे हो र?

      Reply
      1. शशांक लामा NY says:
        October 4, 2012 at 5:58 pm

        मेरो नामै त्यहि हो, बरु धनन्जय सरोज नाम चाहिं मलाइ नक्कली लाग्यो| बेला बेलामा मा न्युयोर्कबाट प्रकाशित हुने एभरेष्ट टाइम्स पत्रिकामा लेखहरु लेख्छु| त्यहाँ मेरो फोटो नै राखेको हुन्छ| फेसबुकमा आउनुस, मित्रता गांसु! मा त्यहि नाममा छु |

        Reply
  20. Hikmat B K says:
    October 3, 2012 at 5:03 am

    मित्रहरु यो कालो झन्डा बोकेर तपैहरुले नेपालको बदनाम गर्नु भयछ बधाई छ अब चक्का जाम बन्द पनि गर्ने होलानी

    Reply
  21. L B Ghising says:
    October 3, 2012 at 1:39 am

    भ्रष्टाचारीको पक्षमा आन्दोलन गर्ने भ्रष्ट नेपाली काग्रेसको भ्रष्ट हरुले कालो झन्डा नदेखेर अरु के नै गर्न सकोस र! विचारहरु!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme