Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सीता एयर दुर्घटना : किन भयो? कस्तो पाठ सिक्ने?

Posted on September 29, 2012October 5, 2012 by Salokya

सीता एयरको विमान जल्दै गरेको अवस्थामा। फोटो सौजन्यः एपीसीता एयरको दुर्घटनापछि धेरैले धेरै थरिका कुरा गरे। हामी आफ्नो विषय बाहेक अरु विषयमा बढी नै ज्ञाता हुन खोज्छौँ। त्यही भएर अनुमान गजब गजबका लगाउँदै दोष लगाउने काम भयो। यसअघिका ब्लगहरुमा त्यस्ता कमेन्ट कै बिगबिगी थियो। तर ती मध्ये यसै क्षेत्रबारे जानकारी राख्‍ने केही पाठकले गहकिलो कमेन्ट गरेका छन्। तीमध्ये केही-

हार्दिक भन्छन्- अहिलेको समय कसैलाई दोष दिने होइन, दुर्घटनाबाट केही सिक्ने समय हो| दोष दिने नै हो भने त सरकार, उड्डयन विभाग, हवाई कम्पनी र यात्रु सबैलाई दिँदा हुन्छ|

नियमै अनौठो: अहिलेको नियम अनुसार विमान कम्पनीहरुले १५ वर्षभन्दा पुरानो जहाज किन्न पाउँदैन तर नेपाल सरकार अथवा नेपाल वायुसेवा निगमले भने आफ्नो ४० वर्ष पुरानो जहाज तारा एयरलाई लीजमा दिएको छ| निगम आफै भने आफ्नै जहाज मर्मत गर्न वा किन्न सक्दैन। तर नियम मिचेर भए पनि आफ्नो ४० वर्ष पुरानो जहाज निजी विमान कम्पनी लाई चलाउन दिएको छ| अझै अनौठो नियम त के छ भने १५ वर्षभन्दा पुरानो जहाज किन्न नपाउने, तर पुराना चलाई राखेको जहाजहरुलाई चैँ चलेसम्म चलाउन दिने|

नयाँ किन्न प्रोत्साहन गर्नुपर्‍यो

सरकार र नागरिक उड्डयन विभागले निजी विमान कम्पनीहरुलाई नयाँ जहाज किन्न प्रोत्साहन गर्न जरुरी छ| त्यसका लागि उनीहरुलाई नयाँ जहाज किन्न करमा छुट, हवाई भाडा तल-माथि गर्न लचकता, विमानस्थल शुल्कहरुमा छुट आदि गर्न सकिन्छ| अर्बौ पर्ने नयाँ जहाज किनेर, हजारको टिकट बेचेर त विमान कम्पनीहरुले पक्कै पनि चलाउन सक्दैनन्| उदाहरणका लागि, एउटा ट्याक्सी कम्पनीले रिकन्डिसन्ड मारुती गाडी र अर्को महँगो मर्सिडिज किने पनि यात्रुलाई दिने सेवा त उही नै हो। अहिलेको परिस्थिति भनेको हवाई यात्रुहरुले मारुती गाडी चढ्नु जस्तै हो| डोर्नियर विमानको नै कुरा नै गर्ने हो भने पुराना विमानलाई करिब १५-२० करोड रुपियाँ पर्न आउँछ। नयाँलाई त ६०-७० करोड रुपियाँ पर्न आउँछ| अब विमान कम्पनीहरुले पुराना विमान किनेर नै सेवा दिइराखेको स्थितिमा नयाँ जहाज किनेर सेवा दिनु भनेको त आफ्नो खुट्टामा बन्चरो हान्नु सरह नै हुन जान्छ| अहिलेको समय भनेको प्रतिस्पर्धाको हो। यात्रुलाई राम्रोसँग सेवा नदिने विमान कम्पनीहरु बन्द भएको नेपालमा धेरै उदारहण छन्| सरकार, नागरिक उड्डयन विभाग र निजी विमान कम्पनीहरु मिलेर यात्रुको सुरक्षालाई ध्यानमा राखेर अगाडि बढ्नु पर्छ।

थोत्रो भन्नुभन्दा मर्मत सम्भारमा निगरानी राखौँ

विमानहरु थोत्रा छन् भन्नु भन्दा पनि विमान कम्पनीहरुले जहाजलाई मर्मत-सम्भार गरेका छ कि छैनन् भनेर निगरानी राख्न जरुरी छ| धेरै विदेशी विमान कम्पनीहरुले पनि पुराना जहाजहरु राम्रोसँग मर्मत-सम्भार गरेर चलाई नै राखेका छन्| नेपाली विमान कम्पनीहरुले आफ्ना विमान चालकहरुलाई “Flight Simulator Training” दिन अति आवश्यक छ, जसले गर्दा विमान चालकहरुलाई इमर्जेन्सी पर्दा विमान कसरी चलाउने भनेर आवश्यक तालिम हुन्छ|

बोल्ड निर्णय गर सरकार

नागरिक उड्डयन र छानबिन आयोगले मरिसकेका विमान चालकहरुलाई जिम्मेवार देखाएर बिमाको ठूलो रकम निजी विमान कम्पनीहरुलाई दिन सहयोग गर्नु भन्दा सत्य-तत्य पत्ता लगाउन जरुरी छ| विमान कम्पनीहरु दोषी भएको खण्डमा बोल्ड निर्णय गरेर विमान कम्पनीहरुलाई दण्ड गर्ने आँट गरी आफ्नो साख राख्न सक्नु पर्छ, नागरिक उड्डयन र सरकारले|

यो दुर्घटना कसैलाई आरोप-प्रत्यारोप लगाउने भन्दा पनि सबै सम्बन्धित निकायहरुलाई केही सिक्न र आँखा खोलिदिने अवसर बनोस्|

गुगल म्यापमा दुर्घटना भएको ठाउँको अनुमान

चरा ठोक्किनु र ओभरलोड कारण हुनसक्छ

यही चरा ठोक्किएको थियो प्लेनमा। पत्रकार सम्मेलन गरी चरा सार्वजनिक गरिएको थियो। फोटो सौजन्य : पूर्ण दुवाल/फेसबुकबाट
यसैगरी ए. शेर्पा लेख्छन्- सीता एयर जहाज दुर्घटना हुनुमा जहाज ओभरलोड भएको कारण पनि हुन सक्छ। यसमा सम्बन्धित सबैले चासो देखाउनु जरुरी छ। म पनि लुक्ला आवत-जावत गरिरहने एक जना यात्रु हुँ। लुक्ला जाने जहाजमा क्षमता भन्दा १००/१५० के.जी. बढी सामान प्रायः हालेकै हुन्छ। जहाजले बोक्ने भनेको एउटा इन्जिनको लोड हो। अर्को इन्जिन भनेको भनेको सेफ साइडको लागि हो। अर्थात् कारणवश एउटा इन्जिनले काम नगरे पनि अर्को इन्जिनले काम गर्छ।

मेरो विचारमा सुरुमा जहाजको एउटा इन्जिनमा चिलले हान्यो र अर्को इन्जिनको भरमा क्याप्टेनले घुमाएर ल्यान्ड गर्न खोज्दा जहाज ओभरलोडको कारणले तल-तल झर्दै गयो र दुर्घटना भयो। एयरपोर्टमा सामान स्केलमा तौलेर ट्रलीमा हालेर जहाजमा लोड गर्न लाँदा लोडरले दलालहरुसँग मिलेर थोरै पैसाको प्रलोभनमा परी सामान लुकाएर हालेको मैले धेरै चोटी देखेको छु। यसमा सही कदम चाल्नु जरुरी छ।

उनलाई समर्थन गर्दै राज थप्छन्- ‘एउटा इन्जिन फेल भएको खण्डमा अर्को इन्जिनको पावर आफै बढ्छ। यसलाई प्राविधिक रुपमा uptrim भनिन्छ। यो सामान्यतया १० देखि २० प्रतिशतसम्म हुन्छ। तर ओभरलोड (अनधिकृत रुपले या रेकर्डबाट लुकाएर) छ भने त्यो Engine uptirm ले पनि केही गर्न सक्दैन। यसको राम्रोसँग अनुसन्धान हुनु पर्छ। चरा ठोक्किएपछि एउटा इञ्जिन फेल भएको हुनसक्छ। तर अर्को इन्जिन अपट्रिमले सेफल्यान्डिङ नगर्दासम्म काम गर्न सक्थ्यो। तर ओभरलोडिङको कारण अपट्रिम्ड इन्जिनको पावरले जहाजलाई सपोर्ट गर्न सकेन। प्रत्यक्षदर्शीहरुको भनाईले पनि यस्तै देखिन्छ।’

यसैबीच त्यो विमानको वजन कति थियो भनेर सोधखोज गर्दा स्रोतले प्राविधिक भाषामा ‘लोडसिट भार बाहेक १ सय २० किलो रहेको’ बतायो।

अपडेटः यसैबीच आजको नागरिक दैनिकमा सुशील भट्टराईले निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको भनाई उद्धृत गर्दै दुर्घटनाको संभावित कारणबारे लेखेका छन्। उनका अनुसार विमान उड्ने बित्तिकै दायाँ पखेटातर्फ रहेको इन्जिनमा चरा (चिल) ठोक्कियो,चरा ठोक्किएपछि दायाँ इन्जिनमा घुमिरहेको पंखा (प्रोपेलर) को टुक्रा उछिट्टिएर पुच्छरको Raddar मा प्वाल पार्‍यो। यही रड‌‌डारले विमान दायाँ-बायाँ कुन दिशामा लैजाने भन्ने कुरा नियन्त्रण गर्ने रहेछ।

प्लेनको पुच्छरमा हुने रड्डारले दायाँ बायाँ कता घुम्ने नियन्त्रण गर्छ। एनिमेसन सौजन्यः विकिपेडिया

त्यही बिग्रेका कारण नियन्त्रण गुमाएर दायाँ मोड्नु पर्नेमा बायाँ ढल्कँदै मनोहरा किनारमा खसेको हुनसक्छ। विमान दुर्घटनाको फोटोमा पनि रड्डार प्वाल परेको देखिन्छ, हेर्नुस्।

तर यही Raddar प्वाल पर्नुलाई मात्रै पनि दुर्घटनाको कारण मान्न नसकिने बताएका छन् ३२ वर्षसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा जहाज उडाएका अवकाशप्राप्त क्याप्टेन नरेश पुरीले हिमालखबरमा। पाइलटले बस्ती जोगाएको भनी लगाइएका अनुमानका आधारमा गरिएका प्रशंसालाई उनले गलत बताउँदै जहाजमा चरा ठोक्किएपछि विमानमा आएको गडबडीबाट पाइलट अत्तालिंदा दुर्घटना भएको देखिने बताएका छन्। उनी भन्छन्- ‘पहिले असन्तुलित भएको विमानलाई ‘ह्याण्डल’ गर्नुपर्थ्यो, त्यसपछि तात्तिएको इञ्जिनलाई बन्द गर्नुपर्थ्यो, यो काम गर्नलाई केही सेकेण्डमात्रै लाग्छ। अत्यधिक तात्तिएको इञ्जिनलाई ‘फायर ड्रिल’ गरेर आगो निभाउनु पर्थ्यो र अन्त्यमा २५ देखि ३० डिग्रीमा घुमाएर सुरक्षित अवतरण गराउन सकिन्थ्यो। तर, दुर्घटनामा पाइलट अत्तालिएर एक्कासि ५० देखि ५५ डिग्रीमा जहाजलाई टर्न गर्न खोजेको देखिन्छ यसो गर्दा जहाज असन्तुलित भई खोला किनारामा खसेर ‘ब्रष्ट’ भएको हुनसक्छ। एउटा इञ्जिनमा आगो लागेको जहाजलाई आगो निभाई सिमरासम्म पुरयाएर पनि आरामले अवतरण गराउन सकिन्छ।’

नागरिक उड्डयन मामिलामा गहिरो रुचि राख्‍ने कार्टुनिस्ट राजेश केसीले आजको नागरिक दैनिकमा लेखेको टिप्पणीमा पनि पाइटल अत्तालिएको हुनसक्ने प्रश्नलाई उठाएका छन्। कोटेश्वरपट्टि टेकअफ गर्नासाथ दायाँ मोडिएर काठमाडौंलाई फन्को मारेर ७ हजार पाँच सय फिटको उचाइपछि पूर्व लाग्नुपर्नेमा टावरलाई जानकारी नै नदिई फनक्कै बायाँ मोडिएको उनले उल्लेख गरेका छन्। चरा ठोक्किएको बाहेक पाइलटले टावरलाई ‘आपतकालीन अवस्था’ डिक्लियर नगरेको भनाईबाट पनि पाइलट अत्तालिएको हुनसक्ने भन्दै उनले चार प्रश्न राखेका छन्- १. के दुवै पाइलट अत्तालिए? २. कि टावरका एटिसीले सुनेनन् वा बुझेनन्? ३. के चरा ठोक्किएलगत्तै रेडियो र न्याभिगेसन सिस्टम पूर्ण रूपमा बन्द भएर जहाज अनियन्त्रित भयो? ४. कि (पुरानै) गडबडी पनि आउनु चरा पनि ठोक्किनु भएको हो? उनको सुझाव छ- यी प्रश्नका जवाफ जहाजको मेन्टेनेन्स रेकर्ड, फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरले दिने भएकोले अहिले मिडिया र प्राधिकरणका हाकिमले अड्कलबाजीमा ठोकुवा नगर्नु उपयुक्त होला।

19 thoughts on “सीता एयर दुर्घटना : किन भयो? कस्तो पाठ सिक्ने?”

  1. pradeep says:
    March 23, 2013 at 1:48 pm

    नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक बिमान सेवा कम्पनि हरुको क्रियाकलाप को रेखदेख र नियमन गर्न नसकेको जस्तो देखिन्छ ! काठमाडौँको आन्तरिक टर्मिनलमा अलि ध्यान दियर हेर्ने हो भने र मर्मतसंभार को बारेमा चासो राख्ने हो भने दुर्घटना अवस्य टार्न सकिन्छ ! दुर्घटना पछिको उद्द्वार कार्य पनि चुस्त र समय मा हुनु पर्छ जसले छ्यति कम गर्न सकिन्छ ! प्राधिकरण राजस्व मुखी मात्र बढी हुनु भन्दा नियमनकारी बढी हुने हो भने एस्तो दुदर्सा कम हुने थियो ! हामी कहाँ जे भयो त्यो बिर्सी हाल्ने प्रबिति छ जुन हट्नु पर्छ !

    Reply
  2. Gurung DB says:
    October 2, 2012 at 5:04 am

    खै नेपालि जनता हरु किन मोवन छन ? किन बिरोध छैन ? Recondition Airplane Import BAN आर्को कुरा ऐआर उधोग चलाउने टोप्लेका डाकाहरुले डुबेको कम्पनिहरुका थ्रोता-जाहाज खरिद गरी कम्पनी को नाम मात्रै फेरी उहि थ्रोता जाहाजले सन्सारकै यात्रु चड्ने आकाशि-मार्गमा खेल्-बार्ड गर्दै छ ? एस्ता कम्पनिलाई किनआ नेपाल सरकारले license दिन्छ ? आर्को कुरा Industry Maintenance Management कमि-कमिजोरी र त्याहका पाले हरुका लापरबाहिले गर्दा अनि नेपालको हाकिम-बाद चलनले गर्दा पनि जोखिमा हरु बढेको जस्तो लाग्छ ! आब सरकारले थ्रोता जाहाज आयात गर्न बन्दा गर commition खाएर license दिने जोसुकै डाकहाँरु लाई फाशी को सजय हुनु पर्छ ! यात्रुहरु आफ्नो यात्रको सुभिधा को लागी जाहाज , गाडी हरु प्रोयोग गरिन्छ तर नेपालमा मान्छे मार्ने साधानमा परिणत भएको छ ! आब त मर्न मन लागे नेपालको जाहाज र बस चढ भन्दा दुइ-मत नहोला !

    Reply
  3. Pradeep says:
    October 1, 2012 at 10:49 am

    नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालको बिमान सेवा कम्पनि हरुको क्रियाकलाप को रेखदेख र नियमन गर्न नसकेको जस्तो देखिन्छ ! काठमाडौँको आन्तरिक टर्मिनल हेर्ने हो भने यो प्रस्ट देखिन्छ ! प्राधिकरण राजस्व मुखी मात्र हुनु भन्दा , नियमनकारी पनि हुने हो भने एस्तो दुदर्सा कम हुने थियो !

    Reply
  4. बेखामान नेपाल says:
    September 30, 2012 at 8:45 pm

    सुनेको थिए निजी बिमान कम्पनि आफ्नो गल्ति छोप्न (साला ३०-४० वर्ष पुरानो खतारा चलाउन दिन्छ) मरिसकेका चालकलाई दोष लगाई टालटुल गर्छन ! माथि दुइ जनाको विश्लेषण हेर्दा त्यस्तै लाग्यो ! आयोगले आफ्नो प्रतिवेदन दिने कहिले हो कहिले आफै जान्ने भएर सबै दोष मृतक चालकको टाउकोमा थुपार्ने ? निजी बिमान कम्पनिलाई फाइदा हुने गरि किन तेस्तो लेखेको/बोलेको होला?

    Reply
  5. Bishwaraj says:
    September 30, 2012 at 4:04 pm

    त्यो चील चाही काहा कसरी फेला परेको हो भन्ने खुलेको छैन- की जहाजको दोष नदेखाउनुको लागी चील मारेर ल्याएर देखाएको हो ?

    Reply
  6. Sisir says:
    September 30, 2012 at 1:58 pm

    जे भए पनि बिमान भन्दा त्यो चिल चाही दरो रहेछ , केहि पनि भाको छैन त तेस्लाई , अच्चम्म … के येस्तई हुन्छ ?? के त्यो प्लेनमा ठोकिएको चिल नै हो त ??

    Reply
  7. Sulav Nepal says:
    September 30, 2012 at 1:12 pm

    यो घटनाले मलाई के याद दिलाउछा भने, पहिले RNAC का घुस खोर हरु ले पुरा संस्था लै नग्गायेरा आफुलाई धनाड्य बनाए. सरकार मा बसेका ले पनि आफ्नो भाग पाए पछि चुप्लाग्ये. अहिले ति घुस खोर हरु कोहि अस्ट्रेलिया को CASTLE HILL र मेलबौर्ने को CBD , कोहि अमेरिका नेव्योर्क र VERGENIA कोहि बेलायेत को मेनचेस्टर मा बसेका छन्. अब पनि इ घुसखोरी र इ नेता हरु लाइ तेत्तिकै छोड्ने हो भने बचे कुचे को पनि इनैले चाटेर सक्छन. हामी सबै नेपली एक जुट भएर इ घुसखोरी हरुको मर्मत गर्नु. पर्छ.

    Reply
  8. sita joshi says:
    September 30, 2012 at 11:42 am

    बिमान बिग्रिएको थियो वा चरा ठोक्किएको हो यसको तथ्य कुरा प्रस्ट पारियोस अहिले यो घटना ले हरेक नेपालीको आँखा भिजेको छ फेरी त्यो नदोहोरियोस

    Reply
  9. Farak Sherpa says:
    September 30, 2012 at 11:39 am

    तपाइको ब्लगमा दम छ ! हामी खुम्बुबसिहरु जहिले पनि जोखिममा उड्नु पर्छ ! यो civila aviation भन्ने संग्स्था सबै भन्दा भ्रस्ट संस्था हो. यहाँ airlines , प्रहरी सबै माफिया को संजाल मा चल्छ.! त्यसैले त ४० वर्ष पुरानो plane कवाडी भाउमा tara air ले चलाएको छ.! आखिर फाइदा airlines , नेपाल Airlines र civil aviation बाहेक कसैलाई पनि भएको छैन.!

    नत्र भने यस्तो दुर्घटना फेरी फेरी दोहोरि रहन्छ! अनि फेरी छानबिन समिति गठन हुन्छ ! उपलब्दी केहि हुदैन !

    Reply
  10. Ghana Rai says:
    September 30, 2012 at 11:32 am

    Nepal Govt Should Stopped To Import OLD Aircraft !!! It’s So Disgusting !!!

    Reply
  11. xyz says:
    September 30, 2012 at 11:30 am

    What I have failed to understand is why there is so much hullabaloo and media coverge when there is fatal plane accidents in Nepal? Is it because: (1) there is less probability of air accidents than road accidents? (2) the passengers involved are rich, powerful, often foreigners? (3) the news is much more visible, accessible? In the newspaper today, I did not find the names of Nepali passengers, all they have is the names of Britishers and Chinese.

    Reply
  12. sanothimi says:
    September 30, 2012 at 9:50 am

    मेरो बिचारमा यो सबै भन्ने कुरा मात्र मात्र हो- सरकार को नालायक पन हो र घुस खोर हरु को बिगबिगी हो-

    Reply
  13. पुष्प says:
    September 30, 2012 at 9:36 am

    विमान अनि विमान कम्पनीहरूको कमजोरीप्रति बारम्बार कुरा उठेपनि आजसम्म नेपालमा भएका हवाई दुर्घटनामा विमान कम्पनीहरूलाई कारबाही भएको थाहा छैन । यसबाटै पुष्टि हुन्छ कि छानबिन भनेको एउटा औपचारिकतामात्र हो र छानबिनकर्ता अनि यससँग सम्बन्धितहरूको मिलेमतोमा अधिकांशरूपमा विमानचालकलाई नै दोषी ठहर गरिँदै आएको छ । यो दुर्घटनामा पनि चरालाई दोषी देखाउँदै आखिरमा पाइलटकै कमजोरीमा छानबिन आयोग पुग्ने कुरा अनुमान गर्न सकिन्छ । हुन त आजसम्म कुनै पनि दुर्घटनाको छानबिन प्रतिवेदन बाहिर आएको थाहा छैन । राष्ट्रको चौथो अंग भनिनेहरूले चासो नदेखाउनु पनि धरहराबाट अण्डा खस्यो, तर फुटेन ! के भयो त भन्दा ‘अचम्म भो’ भन्याजस्तै ताल छ हाम्रा सञ्चारमाध्यमहरूको । आखिर दानापनीको जो सवाल छ ।

    Reply
  14. madan bajracharya says:
    September 30, 2012 at 7:37 am

    २० बर्ष २५ बर्ष पुरानो भय पनि दछ्य प्राबिधिक बात तोकियको मापदण्ड पुरा गरेर स्तरीय सामनहरु जडान गरेर मर्मत गरे कुनै पनि मेसिन कार जहाज चलन उड्न सक्छ/ तर उचित तरिकाले मर्मत नगरेको नया जहाज त् के नया साईकल कार पनि चलन सक्दैन/ यो कुरा बुझ्न बडो सजिलो छ/ त्यो २५ बर्ष पुरानो जहाज उदाउने निजि बिमान सेवाको गोदाममा त्यो जहाजलाई चाहिने पार्ट पुर्जा हरु थियो बा थियनन; फेरियको पार्ट पुर्जा हरुको के कस्तो अबस्थाको थियो र मर्मत गर्ने प्राबिधिक त्यो जहाज मर्मत गर्न सक्ने तालिम लियको थियो बा थियनन? ई कुराहरुमा बिशेस अनुसन्धान गर्नु पर्ने देखिन्छ/ ओभर लोडको कारणले जहाज दुर्घटना नभयको भय दुर्घटनाको कारण यहि कुरा भित्र लुकेको हुनु पर्छ त्यो चरा ठोक्कियर यो दुर्घटना भयको हुने सक्दैन/

    देखि हाल्नु भयो त्यो जहाजमा ठोक्कियाको भनिने चरात संग्लो पो छ, जहाज र जहाज भित्र बस्ने सबै जल्ने तर त्यो चराको पखेटा समेत नजल्ने,चराको टाउको मात्रै होईन उसको थुतुनो समेत नभाच्चिने यो कसरि सम्भव छ? फेरी त्यो ठोक्कियको चरा तिनीहरुले यति छिटो कहाबाट ल्यायो; जहाज भित्र रहेको त् हुनै सक्दैन/ चराको कारण दुर्घटना भयको भनेर ईनिहरुले आफ्नो कूकृत्य लुकौन्दै बिमा कम्पनीलाई समेत छकाउन खोजेको देखिन्छ/

    हो ओभर लोडको कारणले पनि दुर्घटना हुन् सक्छ/ जहाजमा ओभर लोड गर्नु भ्रस्ट कर्मचारीहरुको अतिरिक्त कमाईको तरिका बनेकोछ/ जहाजमा म्यानिफेस्ट गरियको तथ्यांकको आधारमा जहाजको उडान कर्मचारीहरुले जहाजमा उडान प्रोग्रामिंग सेतिंग गर्छ/ लोड लुकईयाको छ भने दुर्घटना हुन् सक्छ/

    ओभर लोडको कारणले भयको दुर्घटनाको बारेमा केहि लेख्छु/ पंचायत कालमा राजदरवारको जर्नेल पदमा रहेको अत्यन्त क्रुर र तानाशाही प्रबितिको ऋषि कुमार पाण्डेको नाम सिट धेरै परिचित हुनु पर्छ/ त्यो पाण्डेले पनि यक दिन उसको छोरी र ज्वाई चढ्ने जहाजमा आफ्नो डर देखायर जहाजमा सायद पोखरा बात लुक्ला उड्न लागेको जहाजमा अत्याधिक ओभर लोड गरेको थियो/ त्यो जहाज उड्न त् उड्यो तर उच्चाई लिन नसकेर भुईमा लोत्न आई पुग्यो र ऋषि कुमार पाण्डेले आफ्नो परिबार गुमायो/

    Reply
  15. johan rai says:
    September 30, 2012 at 7:22 am

    हुन सक्छा हामीहरु होसियार नभए र होला
    कसलाई जानी जानी मर्न मन हुन्छा र?
    अब यस्तोहोस नेपाल को प्लेन सबै नया
    एस्ता परिबर्तन होस् कि सबै नया होस्!
    अनि मर्ने हरु प्रति हार्दिक श्रदान्जली
    बक्ता गरौ!

    Reply
  16. योगेश आदी says:
    September 30, 2012 at 7:15 am

    सार्है दुखद घटना सुन्न पर्यो !! मेरै गाउको दाई ताकेसी थापा पनि पर्नाले गाउने सोकाकुल छ/ प्राबिधिक कुराहरु त म जान्दिन तर मेरो छोरा (Aviation High School पढ्दै छ) ले भने अनुसार नयाँ प्लेनले औसत ६० दिनमा समस्या देखाउने गर्दछ र २० बर्ष पुरानो प्लेनले औसत ११ दिनमा समस्या देखाउने गर्दछ, भन्ने सुने /
    जे भएपनि उड्डयन विभागले यस्तो तथ्यहरुमा ध्यान पुर्याउनु जरुरि देखिन्छ /

    Reply
  17. mohan pun says:
    September 30, 2012 at 5:40 am

    म Frankfurt Airport(GERMANY) मा बिगत ८ बर्स देखि कामगर्छु (Airlines मा )र सुनेअनुसार Engine मा चार ठोकियो भने धुलो पिठो हुन्छ रे तर याहानिर देखियको चिल त खासै केहि भयको देखिन्न अनि कसरी Engine बन्द(Defekt) हुनगयो? lufthansa Engineer लाइ पनि सोध्धा चरा एन्गिनेमा ठोकियो भने चुरोटको धुलो जस्तै हावामा उड्छ.. / Side तिर ठोकिदैमा जहाज खस्नु नपर्ने / धेरै पुरानो जहाजमा धेरै तौल भएर दुर्घटना भयको हुनुपर्छ र यसमा कर्मचारिको लापारबाइछ/

    मोहन( फ्रंक्फुर्ट)

    Reply
  18. Tamu Phalindra says:
    September 30, 2012 at 2:27 am

    मलाई A शेर्पा जी को कुरामा positive लाग्यो र बेलायत बाट किन ? भन्ने कुरामा, तिनका नागरिक ७,७ जना मरेपछि चासो राखेको हुन सक्छ, अनि थप कुरा, Date Expired भएको चिज चलाउन हाम्रो नेपालीलाई कसले सिकाउनु पर्ला र ! तेसैले अबका दिनमा निक्कै ख्याल गर्नुई पर्ने बेला भएको छ ! अब उप्रान्त सक्दो यस्ता घटना नहोस र सुन्न पनि नपरोस ! यस घटनामा दिवंगत हुनुभएका सबैको चिर शान्तिको कामना साथै वहा हरुको परिवार मा शांतावाना रहुन !

    Reply
  19. Dambar says:
    September 29, 2012 at 10:53 pm

    http://www.bbc.co.uk/news/world-asia-19754351
    पाठ त सिकिन्छ होला २ जना बेलायेती अनुसन्धान को लागि नेपाल जादै रैछन हेरौ चरा भाहेक अरु केके भेट्दा रैछ..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme