Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जात्राको बेला लखेट्दै खुकुरी प्रहार, भिडतिर नाङ्गो खुकुरी नचाउँदै हिँड्ने को हो ?

Posted on October 2, 2012October 3, 2012 by Salokya


काठमाडौँमा इन्द्रजात्राको क्रममा कुमारीको रथयात्रा हुने बाटोमा एक युवकले अन्धाधुन्ध खुकुरी हानेको र भीडमा नाङ्गो खुकुरी नचाउँदै हिँडेको डरलाग्दो दृश्य सार्वजनिक भएको छ। माइसंसारलाई अज्ञात पाठकले यो भिडियो उपलब्ध गराएको हो। यस्तै भिडियो एभिन्युज टेलिभिजनले पनि प्रसारण गरेको छ। घटना कुन ठाउँमा र किन भएको र यसमा को-को संलग्न छन् भन्ने बारे केही थाहा हुन सकेको छैन। भिडियो हेर्दा खुकुरी हान्ने थप अनियन्त्रित भएको भए धेरैलाई घाइते गराई ठूलै घटना गराउन सक्ने देखिएको छ।

भिडियो रथयात्रा हेर्न बसेको घरको झ्यालबाट खिचेको देखिन्छ। सुरुमा एक हुल युवाबीच विवाद भएको जस्तो देखिन्छ। एकै छिनमा एउटा केटाले अर्को केटालाई नाङ्गो खुकुरी लिएर लखेट्छ। अन्धाधुन्ध खुकुरी पनि हान्छ। कोलाहल सुनिन्छ। खुकुरी लाग्यो पनि होला, घाइते केटा भाग्छ। त्यसपछि नाङ्गो खुकुरी भीडतिर तेर्स्याएर हल्लाउँदै आक्रमणकारी अगाडि जान्छ।


खुकुरीले  अन्धाधुन्ध छप्काउँदै।

भिडियो हेर्नुस्-



खुकुरीले हान्दै।


खुकुरी नचाउँदै भीडतिर दौडदै।


खुकुरीले हानौँला झैँ गरी भीडलाई लखेट्दै।

भिडियो हेर्नुस्-

65 thoughts on “जात्राको बेला लखेट्दै खुकुरी प्रहार, भिडतिर नाङ्गो खुकुरी नचाउँदै हिँड्ने को हो ?”

  1. Suzan Lama says:
    October 7, 2012 at 12:50 pm

    He is a bloody bastard coz if he has that guts y not he played his khukuri infront of hanuman dhoka police station, why he has shown his guts infront of his house n neighbourhood. Any way he is a bloody chakka who shown the guts in tab trip. Not only police we also have to be together to sue him, isn’t it?

    Reply
  2. prakash gurung says:
    October 5, 2012 at 9:49 pm

    एस्तो यौटा केटा लै पकडेर कारवाही गरेन भने “आज यो
    पागल ले खुकुरी उठे छ भने भोली यसले बम उथाउछ ! नेपाल मा कानुन र पुलिश कहाँ छन् ?????

    Reply
  3. nabaraj kale says:
    October 4, 2012 at 11:50 pm

    पहिला पहिला धर्म कर्म इश्वर को नाउले मान्छे दारौथे र पो सामाजिक सुबेबस्था राख्न सकिन्थ्यो / आजकल का ठिताहरुलाई आफै संसार बिजेता जस्तो लाग्छ; न इश्वरको डर, न कानुनको / अब हामीले नव पुस्तालाई कमसेकम कानुनी राज्याको सम्मान गर नत्र आफ्नै बदनाम हुन्छ, कनुनिले दण्ड दिन्छ अनि भबिस्यमा तः बेकम्मा हुन्छस भनेर सानैदेखि बुझाउदै लैजानु पर्ने नित्तान्ता आबसेक्ता देकियेकै हो भन्ने हाम्रो थम्म्याई हो /

    Reply
  4. raj ,USA says:
    October 4, 2012 at 11:33 pm

    एसको आमा बुबा ले तह लगाउन सकेनछन ,एस्लाई बेलैमा पाता कसेर ठिक ठाउमा नराख्ने हो भने एसको मनोबल अझ बढ्छ !

    Reply
  5. लक्ष्मण - डुसलड्रोफ says:
    October 4, 2012 at 8:11 pm

    खुकुरी साथमा लिएर स्वोस्तिक (nazi) चिन्ह भएको टि-सर्ट लगाएर इन्द्रजात्रा – मेलामा उत्रिने सोच नै मेरो विचारमा त एक मानसिक असन्तुलन भएको ब्यक्ति नै हुनुपर्छ ।
    आम राष्ट्रका छोरा-छोरी, आमा- बुवा, आफन्त र साथीहरु, पर्यटक – जो कोही पनि यो पागल व्यक्तिको नजिकमा हुदा खुकुरीको झड्कामा परेर मृत्युको भागी हुनसक्ने जुन खतरा म देख्छु – हजुरहरु पनि उत्तिकै देख्नु हुन्छ यो भिडियोमा !!
    मेरो आफ्नो विचारमा – यो मानसिक बिमारीलाई सर्वप्रथमत कुनै मानसिक रोगको चिकित्सालय (साइकेट्री) मा लगेर जाचबुझ गरि नेपालको नियम अनुरुप नै दण्डित गरिनुपर्छ !

    Reply
  6. Dibya says:
    October 4, 2012 at 3:11 pm

    यो ठाउँ भेदसिंग तिर जस्तो लग्यो, यो केटालाई कारबाही हुनै पर्छ

    Reply
  7. suman says:
    October 4, 2012 at 1:25 am

    यो द्रिस्य टेंगल को हो..नरदेवी नजिकै को..तर केटा लै चै जसरि नि समातेर कारबाही गर्नु पर्यो..नत्र हाम्रो देश को सस्कृति लाइ गहिरो चोट पुग्न सक्छ

    Reply
  8. krishak, sydney says:
    October 3, 2012 at 5:25 pm

    बाबुरामले पनि त हेरे होलान नि यो भीदीयो / अब के हुदैछ अपदेट पनि माईसंसार मा पढ्न पाईएला कि / येस्तालाई त फासी दिने कानुन बनाउनको लागि आन्दोलन भए केहिहुन्थ्यो कि /

    Reply
  9. sadeep says:
    October 3, 2012 at 2:46 pm

    नेपाली समाज अराजक बन्दै गएको छ. हतियार उठाउनु त सामान्य जस्तै भै सक्यो. कति येस्ता घटनाहरु छन् जहाँ आहिले क केटाहरुले केवल रमाइलो को लागि तोडफोड गर्ने, मारपिट गर्ने गर्छन. पुलिसले नासमौने नि होइन. आफ्नो छोरालई निकाल्न अभिवाहक पुगी हल्चन. २-४ हप्ता त बितौना दिनु नि जेलमा आनी पो अलि अलि बुद्धि फिर्छ.

    Reply
  10. Tenz says:
    October 3, 2012 at 12:56 pm

    त्यो केटा पाक्कै पनि गाजा, रक्सि अथवा ट्याब मा झ्याप भएको हुनुपर्छ ! त्यो केटा “psycho” हुन सक्छ ! एक सबल केटाले कसैलाई खुकुरी चलाउनु भन्दा पहिला त्यसको परिणामहरु जस्तै : पुलिसले समाउने डर, जेलमा सजाए भोग्नुपर्ने डर, आमाबुवाको डर, समाजको डर, अरुले पनि आफुलाई लिने बद्लाको डर, अनि त्यो “victim” को “death” को बारेमा कमसेकम एक पल्ट सोच्नु पर्ने हो | जो सबल छ त्यसले दिमागले सोच्छ, जसले सोच्छ त्यसले यस्तो हिंसात्मक काम गर्दैन | “बल हैन पासा डीमाग लगा डीमाग |”

    Reply
  11. Raju says:
    October 3, 2012 at 12:26 pm

    हाम्रो प्रहरी प्रशासन निदाएर बसेपछि येस्तै हो | इन्द्रजात्रामा यस्तो हुन्छ भन्ने थाहा भयपछी अरुबेला भन्दा अलि कान ठाडो पार्नु त जरुरि हो नि | तर, त्यो केटालाई समाते पनि भोलि पल्टै निस्किन्छ यदि तेस्को बाउले कोहि नेता र माथिल्लो पोस्टको प्रहरी चिनेको छ अनि खल्तीमा त्यो नेतालाई घुस खुआउने रुपैया छ भने | के गर्ने बाउलाई छोराको माया अनि घुसिया कुकुरलाई घुसको | अपराधीलाई, भ्रस्टचारिलाई, चोरलाई कहिल्यै कानुन बमोजिम साजय हुने भए पो त्यो केटा जस्तै लाखौ केटाहरुले गलत काम गर्नबाट डराउनु | आज त्यो केटाले इन्द्रजात्रामा खुकुरीले चप्कायो भोलि अर्को केटाले अथवा त्येही केटाले अर्को जात्रामा( अथवा जहिले पनि जहाँ पनि )फेरी खुखुरी, बन्दुक, अथवा कुनै पनि हतियार मनपरी चलाउन सक्छ | त्यसैले यस्तो अपराधिक घटना दोहोराउना नदिन प्रहरी प्रशासन, अविभावक, , युवाहरु सबैले जागरुक हुन अतिआवस्यक छ | युवाहरुलाई हिंसा र नशाको बाटोमा नभई प्रगतिशील मार्गमा उन्मुख गराउन शिक्षा, खेलकुद, र रोजगार को श्रीजना गर्नु आवस्यक छ |

    Reply
  12. Sabina Shrestha says:
    October 3, 2012 at 11:26 am

    एस्त गुण्डा लुचहा लफंगा लै त ……/ खै क भनु र ..यो नेपाल मा / येस्तई हो …../

    Reply
  13. razen says:
    October 3, 2012 at 10:00 am

    साएद नेताहरुलाई आफ्नो कला देखाएको होला ताकी कुनैले त पक्कै आफ्नो गुन्डा दलमा भर्ना गरिहाल्छ भनेर |

    Reply
  14. योगेश आदी says:
    October 3, 2012 at 8:42 am

    त्यो कपुतलाई प्रहरीले समातेर नसा सुक्ने गरि ठोकेर जेल हालेको चाडै सुन्न पावोस !!!!

    Reply
  15. Manish says:
    October 3, 2012 at 8:05 am

    What happened to the guy with the khukuri ??? Was he arrested ??? Or is he roaming free around our streets …??

    Reply
  16. SURENDRA SUBEDI hongkong says:
    October 3, 2012 at 7:39 am

    “बिग्रेको मान्छे को भत्केको घर भनेको” यही हो/बोट राम्रो भए पो फल राम्रो हुन्छ /स्थिर सरकार न हुनु, कानुनी राज्य नहुनु को परिणाम सिबाय केहि होइन /जस-जस लाई जे मन लागो सबै ले गर्ने छुट पाएका छन् नेपाल मा /सरकार,पार्टी का नेता धेरै लाई अदालत ले दोषी देखाउदा पनि सजाय न पाउने हाम्रो देस मा जनता ले बिर गोर्खाली पन देखाउनु सामान्य नै भो नि कि कसो?

    Reply
  17. nilam says:
    October 3, 2012 at 5:27 am

    त्यसलाई त् चल्नै नसक्ने गरी बेस्कन बानेर धरहराको बार्दाली बात कहिले खसाल्ने सबैले थुक्ने कहिले माथि तान्ने यो पनि गथामुग जात्रा जस्तै गर्नु पर्छ| यस्तो सजाए देखेर जो कोहि पनि जिउ काप्ने होस् |किन कि यो मानिस होइन |गथामुग भन्दा पनि गेगुज्रेको मुल्क्ता हो |

    Reply
  18. Ram Magar says:
    October 3, 2012 at 5:26 am

    हिटलरको सहि भक्त रहेछ र पो येसो तमासा भाको.

    Reply
  19. Arati says:
    October 3, 2012 at 4:54 am

    सबै कमेन्ट हरु त्यो केटो को लागि लाएक छ,

    Reply
  20. abhi says:
    October 3, 2012 at 4:54 am

    खुकुरी चलाएर कैयौं मान्छे मारेर अदालतले जेल-नेल गरेका मान्छे हरु मन्त्रि भएको देशमा जनताले खुकुरी चलाएर अचम्म मान्न पर्दैन. सफा र सबल सरकार भए पो एस्तो काम गर्न मान्छे लाइ डर लाग्थ्यो ……सबै माओवादीले १४ बर्ष गरेको हत्या-हिंशाको फल हो यो……जसले गर्दा आम मानिसलाइ पनि हतियार चलाउन कुनै हिच्किचाहट छैन.समाजमा हतियार, हत्या र हिंसालाइ निकै सामान्य कुरा हो भन्ने मानसिकता माओवादी जनयुद्धले दिएको हो.हत्या र हिंसा हेर्दै हुर्किएको जवान ठिटोलाई यो कुरा सामान्य लाग्छा अनि उसले पनि हतियार चलाउन थाल्छ……..

    Reply
  21. Pradip Shrestha says:
    October 3, 2012 at 1:23 am

    हतियारको राजनीति गर्नेले चलाको देशमा यस्तै हो।

    Reply
  22. chham rana says:
    October 3, 2012 at 12:55 am

    खुकुरी नचाएर गोर्खाली बन्न खोज्या रैछ……………यसलाई गोर्खेलौरी कस्नु पर्ने हो !

    Reply
  23. ajaya basnet says:
    October 3, 2012 at 12:04 am

    यस्ता खातेलाई त समातेर सिस्नु पानी लगाउनु पर्छ.. अनि बल्ल देख्छ तेस्को बाउको बिहे

    Reply
  24. bhim koirala babu amardah says:
    October 2, 2012 at 11:01 pm

    यस्तो गुण्ड लाई त्यो खुकुरी जस्तै नांगै पारेर यातना दिनु पर्छ
    या कि फेरी यस्तो कसैले नगरोस

    Reply
  25. Durga says:
    October 2, 2012 at 10:54 pm

    यो त बन्गेमुड़ा को हो त अस्ति इन्द्रजात्र को दिन.

    Reply
  26. Udeep Shakya says:
    October 2, 2012 at 10:37 pm

    I watched this video yesterday and since then I am thinking about this incident. I am also concerned about the comments our Nepali fellow friends have made in the other youtube version of this video which was uploaded on 30th Sept. It seemed as if they were going to start a fight in the youtube itself.
    I tried to think more towards the solution and prevention for such incidents. Such violence happens every year in Indra Jatra and almost on each day of the Jatra.

    1. The first reason that encourages youths to do such activity could be the lack of punishment. There should be harsh punishment for these kind of crime. And media should follow the culprit to the end of his punishment term. What happens in Nepal is, there is a big news when crime happens, but later no one knows what penalty the culprit pays. Look at the Breivik case in Norway, the Norway media still shows the development of the case. The government news agency should focus delivering news on the penalties too. Of course the private newspaper will print only what people want to read. They are more to make money than changing a society or changing people. How many of us know what penalty is the person paying who bombed in front of NOC office in BabbarMahal ?

    2. Other reason could be the lack of moral education among us. Whether at home or in school, I think, we are not taught enough morality issues. We are not even taught to stand on a line and wait for our turn to buy things in a Grocery store or while getting on the bus.

    3. A psychologist reacted this way about youth adrenaline. Young people wants to be special among others. They want to be visible. They are aggressive and have quick adrenaline response. Such power should be utilized in proper way for example in sports or music. Otherwise they spill for drugs or fights. The desire of being special among others can be fulfilled by being good in extreme sports like skateboarding, extreme cycling, running or even in singing. Parents should encourage their children towards sports and music.
    In the above video, the striker didn’t run after the other guy after hitting three shots, instead he ran towards opposite direction swaying the Khukuri. This means he wanted to be distinct among the crowd. I relate this incident more to this 3rd point.

    4. Our history could be another reason. What we read in social studies is all about Khukuri. The one who killed the most of the enemies is a hero. We are so attached with Bir Gorkhali, Khukuri thing. Thank God, the gun was not invented in Nepal. We are always proud of Khukuri and our history. But if that leads to incidents like above, then I am ashamed of Khukuri. And I am ashamed of Jatras also. The social studies courses should be slightly modified.

    5. Confrontation – To challenge a person with shiny Khukuri and full of rage is impossible for me. But I am talking about the confronting them when they are at low level. If two people are fighting on a street. We can see 100 people around them just watching. But they don’t stop the fight. Ya, I wouldn’t go alone and stop them either. But if I have 10 friends, then I would. Here, the government should show encouraging informative videos in Television to make people more responsible towards society. If we find violent comments in social networks, we can leave comments which will pacify people instead of ignoring the violent comments. At least, this can be done by everyone.

    6. Impact of action movies. I wonder why we weren’t shown good movies, social movies in school when we were young. Such social movies should be part of courses in school.

    Indra Jatra is one of the most entertaining Jatra. But violent incident is taking place in this Jatra for more than 10 years but if we don’t care, why such activities happen then this sad incidents will continue for another 50 years.

    Immediately what KMNP or Jatra organising committee can do to minimise violence is, form teams of police and volunteers and provide security in all the areas (chariots’s area, Lakhe’s area, Pulu Kisi’s area) as they are doing in Bhaktapur during Bisket Jatra.

    I hope Salokya will follow this case to the end. and let us know what happened to the guy who hit and who got hit. I am pretty sure that this guy is caught by Police. Nepal Police is very intelligent. It’s just because of pressure that they have to bind their hands. Someone had written in youtube that the guy who got hit died on Monday. Could you check if that’s true?

    Reply
    1. Tek Timalsina says:
      October 3, 2012 at 4:54 am

      I agree 100% to all the points that you have raised. Our media highlights the incidents as hot news but then do not follow up on them. Usually the criminals involved in these incidents are either never captured or are freed in a few months or days, which we general public are completely oblivious about. For example, couple of years back a group of drunk young boys drove a car over group of pedestrians killing 5-6 people (the incident was also reported on Mysansar). The driver was arrested, but do we know what happened to the case? The driver was freed in few weeks and is happily doing his studies in India now. What went between the police and the accused guy, we never know !! None of the media followed up on the case. What will our young generation learn from such examples. Culprits can easily get away even after killing 5-6 innocent people – this sends a very wrong message to our budding young generation.

      Now in this case as well, had it been in a developed country, this guy would be tracked down and arrested and charged for carrying and using arms in public and intending to harm others. It should not be hard for the police to trace that guy. But will our police go to that length to capture that guy and punish accordingly. If they don’t what is the message that guy and his friends will get? They can do whatever they want and no one dares to capture them. They will be encouraged to do this again and again.

      This is very important for the media to follow up on this case and help capture this guy. Why not post this video everywhere and track down this guy, and hand him over to the Police. I am sure someone on the net will recognize this goon.

      Reply
      1. Ananta says:
        October 3, 2012 at 9:05 am

        I agree with both of you..Yes the media should cover the whole story. I wonder how the culprit who killed 6 people could go unnoticed.This kind of cases need to bring down to table.

        Reply
    2. sadeep says:
      October 3, 2012 at 2:51 pm

      डर पो लाग्छ त कतै सालोक्य जी लै नि खुकुरी प्रहारपो गर्ने हो कि? careful हुनुस है सालोक्य जी….हतियार धारी ले चलाएको देश मा बस्नु भएको छ/ गल्लि गल्लि मा Don छन्/

      Reply
  27. बेखामान नेपाल says:
    October 2, 2012 at 10:09 pm

    यो साला खातेको चाकमा पटाका राखेर सल्काउनु पर्छ अनि चेत्छ…कस्तो कन्चट तातेको भने #[email protected]$(@#.

    Reply
  28. indra kale chhantyal usa says:
    October 2, 2012 at 10:09 pm

    नेपाली (गोर्खाली )सिपाही हरुको जुनबेला खुकुरीले दुस्मनलाई लखेटेर संसार सामु यौटा बहादुरीको पहिचान दियको थियो ,अब अहिलेका बहादुर हरुले नेपालीलाई नै खुकुरीले लखेटेर र अर्को नया किर्तिमान राख्ने भो ,हैन यसरी
    खुकुरी हान्नेनै हो भने ,सिहदरबार ,बालुवातार ,तिर केहि नभय पनि पुर्ब सभासद सम्म लाइ तर्सयाको भय हुन्थ्यो ,सर्बसाधारण लाइ किन?

    Reply
  29. madanpahari says:
    October 2, 2012 at 9:29 pm

    यो भिडियो को लिङक नेपाल प्रहरीलाइ पठाइ , कडा भन्दा कडा कारवाहीको माग गर्नु पर्यो । नेपाल प्रहरीलाइ खबर गर्न यहा जाउ ।
    http://nepalpolice.gov.np/ecomplaint.html

    Reply
  30. suresh says:
    October 2, 2012 at 9:24 pm

    Crazy bastard ! trying to be hero by displaying a “KHUKURI” . If you have enough gut show your khukuri at police station then only u know the real price of showing the khukuri .
    STUPID CHAP !

    Reply
  31. Pravin says:
    October 2, 2012 at 9:23 pm

    मेरा बा ले भन्थ्य, ” अनिकालमा बीउ जोगाउनु, हूल-मूल जूउ (जयान ) जोगाउनु’ …. जात्र तिर केटा हरुलाई कसरि अर्को gana संग झगाडा गरौ, पैला को बदला लीउहुन्छ…सबलाई DON बन्नु छ..राजनीतिमा DON… टोल टोल मा Don ….

    Reply
  32. बेखामान नेपाल says:
    October 2, 2012 at 9:17 pm

    यसले महेश बस्नेतको टोलीमा भर्ति पौने भो साला… के के मात्र देख्नु परेको

    Reply
  33. renesa says:
    October 2, 2012 at 8:52 pm

    अहिले त त्यस्तो अझ ठुलो हुँदा कस्तो हुने होला. यस्ता कुराले देकौंचा कि हाम्रो देशमा संबिधान छैन भनि . ति केटाहरुलाई समातिएन भने अरुलाई पनि हौसला मिल्नेछ . नेपालका पुलिसहरु सबले चुरा लगाई हिंडे नि हुन्छ.

    Reply
  34. dilip gurung says:
    October 2, 2012 at 7:54 pm

    यो विडियो मैले युट्युबमा हेरेको थिए| यो बहुलालाई राम्रै सित चिन्न सकिने राम्रो गुणस्तरको विडियो छ| त्यसमाथि पचासौ साक्षी छन्| प्रहरीले चाहने हो भने यसलाई पक्रन गाह्रो छैन|

    Reply
  35. janardan says:
    October 2, 2012 at 7:50 pm

    एस्तो लैता गोलि ठोकेर मार्नु पर्छ ..

    Reply
  36. Ram tamang says:
    October 2, 2012 at 7:46 pm

    नेपालको राष्ट्रिय हतियार चलाएर देशकै सिर माथि पुर्यायो !!!! अझ बन्दुक बम पेस्तोल चालको भय त बिदेसमा नि नाम र दम कमौथ्यो होला जे भय पनि तिमि एक असल नागरिक हो जो खुकुरी बाहेक अरु चलाउन जान्दैन .

    Reply
  37. Arjun says:
    October 2, 2012 at 7:45 pm

    हे भगवान, हाम्रो देश मा रात लामो भयो, बिहान कहिले हुन्छ भगवान.

    Reply
  38. chatur rai says:
    October 2, 2012 at 7:44 pm

    जत्त्रै जात्राको हाम्रो देश फेरी अर्को जात्रा जसलाई जे गर्न मन लाग्छ …..ठिकै छ

    Reply
  39. binöd says:
    October 2, 2012 at 7:25 pm

    कुकुर बाख्रा बस्ने दुर्गान्दित थुन भो हाम्रो देश, सद्बुद्धि भाको मान्छे भेट्न नै गारो हुने भो, साबि जना मुर्ख, रिशाहा, चोर, फटाहा मात्र छन् यार हाम्रो देश मा !

    Reply
    1. राजेन्द्र अधिाकारी says:
      October 3, 2012 at 7:59 am

      तेत्रो भीडमा जम्मा एकजनाले खुकुरी नचाउँदा सबै जना मुर्ख, रिशाहा, चोर, फटाहा भए ? वा सोचाई ।

      Reply
  40. gordan shrestha says:
    October 2, 2012 at 7:21 pm

    के नेपाल को प्रहरी निदाई रहेका छन् कि कसो तेती बेला अनि अझै समाउने खोजेको भय सकिन्थ्यो नि ?

    Reply
  41. nabin says:
    October 2, 2012 at 7:13 pm

    पाता कसेर पिडुला फर्किने गरि हान्नु पर्छ येस्ता २ कौडी को दादा हुन खोज्ने हरु लाई……पानी चडेको जंगली लाई ….मुख भत्किने गरि हान्नु पर्छ ..

    Reply
  42. naba says:
    October 2, 2012 at 5:11 pm

    यो सब कम्जोर कानुन ले गर्दा भयको हो, किन कि अपारद गर्ने लाई कडा कर्बाई नै हुदैन /

    Reply
  43. prvn says:
    October 2, 2012 at 4:46 pm

    राम्रो क्वालिटी को भिडियो हेरे पछि खुकुरी ढाडमा तिन चोटी प्रहर भएको रहेछ भन्ने थाहा हुन्छ | घाइतेको टिसर्ट तिन ठाउमा काटिएको देखिन्छ| प्रहार भएको लगत्तै भएको ले रगत आइसको छैन तर चोट गहिरो हुनुपर्छ | आफु माथि खुकुरी प्रहार भएको थाहा पाउने बित्तिकै भागेकोले घाइतेको ज्यान बच्यो, नत्र के देख्नु पर्ने थियो होला |
    प्रहरीले यो भीडियो पाउला त? के यो अपराधी मुर्दार समाइएला त?
    राम्रो क्वालिटीको भिडियो हेर्न यहाँ http://youtu.be/Ru5nn6EzIRQ क्लिक्क गर्नुहोस |

    Reply
  44. gam gurung says:
    October 2, 2012 at 4:23 pm

    यस्ता गुन्डा गिरि गर्ने हर हलतमा पक्रेर रत्नपार्क टुडींखेलमा लगेर बाधेंर सिस्नु पानी लगाइ दिनु पर्छ ।

    Reply
    1. bandana rai says:
      October 3, 2012 at 5:31 am

      गम गुरुङ जी, सबै भन्दा पहिला मान्छे काट्ने संस्कृति का नाइके पर्चंड हरु लाइ सिस्नु पानि लगाएर टुडिखेल मा झुन्ड्याउने कि?

      Reply
  45. Bikash Shrestha says:
    October 2, 2012 at 4:04 pm

    एदी कोइ मान्छे ले हात मा खुकुरी लिएर अरु को टाउको मा प्राहर गर्छा भने उसले ज्यान मर्ने उद्यसे ले खुकुरी चलाएको हो / अब कुरो आयो पुलिश ले गर्ने कारवाही / पुलिश ले यस्ता मान्छे लाई कस्तो किसिम को कारवाही गर्छा त्यो जनता ले थाहा पाउनु अत्यन्तै जरुरि छ . चाहे जाड रक्सि पिएर होस या आबेश मा हो / उसलाई छोड्नु हुदैन / जनता ले थाहा पावस कि यसरी हतियार चलाउदा कस्ता किसिम को सजाय पाउछ / त्यसले मान्छे को टाउको मा खुकुरी प्राहर गरेको प्रस्ट देखिन्छ / खुकुरी को प्राहर खाने मान्छे के भयो ? / आइन्दा यस्तो काम गर्न सोच्ने नसक्ने गरि सजाय दिनु अत्यन्त जरुरि छ /

    Reply
  46. om Parajuli says:
    October 2, 2012 at 3:09 pm

    नेपालमा दुइ चार जनालाई फाशी दिने चलन पनि सुरु गर्नु पर्ला जस्तो छ / अनि बल्ल ति कुकुरहरु अलि सतर्क हुन्छन कि / अनुसाशन कहाँ गयो कोइ जवानी ठिटाहरुको ??

    Reply
  47. तुयू भाजु उदास says:
    October 2, 2012 at 3:06 pm

    खेलाँची लौ गर्नु छैन,भनी- जे त होला ;
    त्यै खुकुरी आफूतिर फर्किए के होला /
    यति सोच्न सकेको भए किन उजाउन्थ्यो ;
    आफ्नो कारनामाबाट आफै लजाउन्थ्यो /

    Reply
  48. Sisir says:
    October 2, 2012 at 2:38 pm

    बाहुबली राजनीतिले समाजमा हुर्काएको उदण्डता , अराजकता , कानुनी सासनको अभाबमा नया पुस्तामा हुर्केको गलत मानसिकताको प्रतिफल हो यो … बन्दुक सामान्य भैसक्यो खुकुरीको के कुरा !!!

    Reply
  49. द्रोण says:
    October 2, 2012 at 2:36 pm

    परोपकार स्कुल जाने ओरालोमा एस्तो दृश्य प्रायश देखेको हो ,खुकुरी मात्र हैन ,लामो लामो खुड़ा लिएरै लाखाते को ,एउटा युवा लाइ अन्धा धुँद हानेको देखेको मैले |
    पछी न्युज मा आउछ कि घटना बारे भनेर हेरेको ,अह कतै आएँन | लोकल नेवारी पत्रिका ले सानो कुनामा अलिकति लेखेको मात्र पाएको थिए |

    Reply
  50. Keshav says:
    October 2, 2012 at 2:28 pm

    एदी यो सकारको जनता लाई सेकुरिटी दिने छेमता छ र त्यो गरेर देखाउन चाहन्छ भने त्यो बेकुफ लाइ तुरुन्तै अर्रेस्ट गरेर unconditional long-term जेल मा कोर्रा लगाउन सक्नु पर्छ

    Reply
    1. Byas says:
      October 3, 2012 at 7:27 am

      दाहाल बाजे, बैद्य बाजे, खनाल बाजे, वा कोइराला बाजे का मान्छे जस्तो छ . कस्को बाउको के तागत यस्लाई समाउन .

      Reply
  51. madan bajracharya says:
    October 2, 2012 at 2:18 pm

    हनुमान ढोका बात कालिमाटी जाने बाटोमा ठुलो मन्दिरको छेउमा डाक्टर भनिने गुण्डाको सर्दार बस्छ/ प्रयास तेसैको गुण्डाहरुले यसरि खुकुरी चलाउने गर्थ्यो/ त्यहा डाक्टर ग्यांग भनिन्छ तिनीहरुलाई; सबैले चिन्छ पनि/ सायद यो खुकुरी चलाउने पनि तेसै डाक्टर ग्यांगको गुण्डा हो कि/ त्यो खुकुरी चलाउने यदि सामाजिक गुण्डा मात्रै भय पनि मलाई बिस्वास छ त्यो प्रहरीको हात बात बच्दैन/ अरुले न चिने पनि खुकुरीको मार खानेले त् पक्कै चिन्छ/ अस्पतालमा यस्तो काण्डमा घाईते भयको व्यक्तिलाई प्रहरीको रोहबरमै मात्र उपचार हुन्छ/ तर त्यो खुकुरी चलाउने राजनैतिक गुण्डा भय ……..; महेशे गुण्डाले प्रहरीलाई जलाउन खोज्दा त्……../ के गर्ने अहिले देसमा गुण्डा राज चल्दैछ/

    Reply
  52. Raj says:
    October 2, 2012 at 1:53 pm

    a revelation of demonic spirit !

    Reply
  53. umesh pariyar says:
    October 2, 2012 at 1:41 pm

    तिनीहरुलाई जति सक्दो छिटो समातेर मेन्टल hospital लगेर electric sock लगाउन पर्छा. यस्तो turcher दिने कि तिनीहरुलाई जिन्दगीको मुल्ल्या थाहा होस् . खुब आर्काको जिबन खोज्ने हारामी गुन्डाहरु

    Reply
  54. YUBARAJ says:
    October 2, 2012 at 1:15 pm

    रमाइलो र जात्राको नाममा कलङ्क हरु लाई कारबाही न गरे यो परम्परा बन्न सक्छ बिस्केट जात्रा जस्तो झगडा गरनै पर्ने.

    Reply
  55. Ananta says:
    October 2, 2012 at 12:55 pm

    खुकुरी हल्लाए हिरो हुन्छ भन्ने मानसिकता छ नेपली जवान मा. को हो त्यो. त्येस्लाई १० वर्ष जेल मा कुहाए देखि थाहा हुन्त्यो/

    Reply
  56. pashupati magar says:
    October 2, 2012 at 12:50 pm

    just have the guy in custody…

    Reply
  57. Rajeev Shakya says:
    October 2, 2012 at 12:48 pm

    यो दृश्य किलागल को जस्तो लाग्यो

    Reply
  58. Bikesh Kayastha says:
    October 2, 2012 at 12:46 pm

    राम्रो quality को video यहाँ छ
    http://www.youtube.com/watch?v=Ru5nn6EzIRQ

    Reply
  59. Bikesh Kayastha says:
    October 2, 2012 at 12:41 pm

    एस्तो काम गर्ने लाई त कारबाही हुनु पर्छ. त्यो area को मान्छेहरुले चिन्छ होला.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme