परिवर्तन
राजनीतिमा स्थायी शत्रु तथा मित्र हुँदैनन् त्यसैले मोहन वैद्य र शुशिल कोइराला नजिक हुनु कुनै अचम्मको कुरा होइन जस्तो कि गौर काण्डमा आफ्ना ३० जना कार्यकर्ता मारिएको केही वर्षपछि माओवादी र मधेशवादीको मिलन सम्भव भयो। केही समयपछि मोहन वैद्य र पूर्व राजा ज्ञानेन्द्रका बीच राष्ट्रियताको विषयमा मिलन भयो भने पनि त्यो नयाँ र अचम्मको कुरा हुने छैन। यो राजनीति हो र यसले आफ्नो लक्ष्य प्राप्तिका लागि अल्पकालिन तथा दीर्घकालीन रणनीतिको उपयोग गरिरहेको हुन्छ। तर, नेपालको समस्या भनेको आफ्नो लक्ष्य के हो र पार्टी जान चाहेको ठाउँ वा देश र जनताका लागि कस्तो खालको राज्य-व्वयस्थाको कल्पना गरिएको हो भन्ने विषयमा सबै अलमलमा छन्। क्षणिक फाइदाका लागि जे पनि गरिदिने र जे पनि भनिदिने ‘लाल प्रवृत्ती’ र प्रजातन्त्रको खोल ओढेका सबैलाई प्रजातान्त्रिक नै देख्ने कांग्रेसले आफूलाई नसुधारेको कारण नै पूर्व राजा ज्ञानेन्द्र शाह तथा कमल थापाको हौसला बढेको हो। उनीहरूका विचार प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा समाजमा आउँदा समाजले त्यसको बहिष्कार गरेको छैन वा बहिष्कार गर्ने पक्षमा पनि छैन, किनभने उनीहरू पनि यहीं देशका नागरिक हुन् र उनीहरूका विरूद्ध हतियार उठाउने तथा आन्दोलन गर्हेहरूले कुनै नयाँ कुरा गर्न र दिन सकेका छैनन्। आम नागरिकको जीवनस्तरमा कुनै उल्लेखनीय परिवर्तन आएको छैन र उनीहरूलाई पार्टीहरूका क्रियाकलापसँग विश्वास पनि छैन। यस्तो अवस्थामा पूर्व राजा ज्ञानेन्द्र वा कमल थापाप्रतिको आकर्षण स्वाभाविक पनि छ।
जे भए पनि पूर्व राजा वा कमल थापाहरूले आफ्ना गतिविधिहरू गर्दा कुनै अवरोध गरिनुहुन्न भन्ने मान्यता भने व्यापक बन्दै गएको छ। केही जिल्लामा ज्ञानेन्द्रको भ्रमण विथोल्न आन्दोलन र बन्दको घोषणा गरियो। यसले न त ज्ञानेन्द्रलाई कुनै हानी गर्यो न त उनले चाहेको सन्देश फैलाउन कुनै वाधा पुग्यो। कुनै व्यक्ति जिल्ला भ्रमणमा जाँदा बन्देज लगाउने प्रवृत्तीले पार्टीहरूको धरातल कति कमजोर रहेछ वा उनीहरू कति अलोकप्रिय बन्दै गइरहेका छन् भन्ने कुरा बुझ्न यथेष्ट छ। हिजोका दिनमा पनि राजा ज्ञानेन्द्र बलियो भएर मात्र उनले सत्ता लिएको होइन, पार्टीहरू कमजोर भएका कारण उनले त्यो आँट गरेका हुन्। त्यसैगरी ज्ञानेन्द्र लोकप्रिय भएका भए पार्टीहरूले ०६२-०६३को आन्दोलन गर्न सक्दैनथे र परिवर्तन आउँदैनथ्यो। अहिलेको स्थिति पनि त्यस्तै हो, पार्टीहरू लोकप्रिय भएका भए वा पार्टीहरूप्रति जनताको विश्वास यथावत रहेको भए ज्ञानेन्द्रलाई यो घाम-पानीमा हिड्ने र दु:ख गर्ने रहर पक्कै जाग्दैनथ्यो। त्यसैले, अरूलाई गाली गर्नुभन्दा वा अरू सक्रिय भयो भनेर रिसाउनुभन्दा आफूलाई सुधार्नु श्रेयष्कर हुनेछ।
त्यसो त ज्ञानेन्द्र वा कमल थापाले राजनीतिका नाममा खास धर्म वा क्षेत्रको राजनीति गरिरहेको सन्दर्भमा उनीहरूको भविष्य पनि सुखद भने पक्कै छैन। देश कुनै एक जाति, क्षेत्र वा धर्मको होइन भन्ने कुरा बुझ्न ढिलाई गरेको कारण नै राजा ज्ञानेन्द्रको शासनको पतन भएको हो, कांग्रेस र एमालेले चुनावमा धुलो चाटेका हुन्। तैपनि, यो सत्य-तथ्यलाई न त ज्ञानेन्द्रले बुझेको देखिन्छ, न त कमल थापा वा कांग्रेस र एमाले पार्टीले नै। यसको अर्थ माओवादीले बुझेको भन्ने चाहिं पटक्कै होइन, नत्र भने टोपबहादुर रायमाझी, लेखराज भट्ट (माओवादी), भीम रावल, रघु पन्त (एमाले), चित्रबहादुर केसी (जनमोर्चा), कमल थापा (राप्रपा) वा अर्जुन नरसिंह केसी र लक्ष्मण घिमिरे (कांग्रेस)का विचार एउटै हुने थिएनन्।
अझ पर पुग्दा गगन थापा, अर्जुन नरसिंह केसी, पूर्ण बहादुर खड्का र खुमबहादुर खड्का मिलेर नेपाली कांग्रेसको महाधिवेशनमा क्षेत्रीहरूको भोट एकै ठाउँमा हाल्ने थिएनन्। गगन थापा, अर्जुन नरसिंह केसी वा खुमबहादुर खड्काले कांग्रेस महाधिवेशनमा सबैभन्दा धेरै भोट ल्याउनु भनेको आफैमा जातिय राजनीति थियो तर यो क्षेत्री वा बाहुनहरूले गरेको भएर त्यहाँ जातियताको गन्ध देखिएन। न त मिडियाले नै त्यहाँ जातियता देख्यो। उता नेकपा एमालेबाट बाहिर निस्किएका अशोक राई, रामचन्द्र झा, राजेन्द्र श्रेष्ठ लगायतका जनजाति, मधेशीहरूका ठाउँमा जातियताको राजनीति नगर्ने जनजातिहरूलाई राख्न एमालेले उपयुक्त ठानेन। ती पदमा बाहुन-क्षेत्री नै भरिदियो। कांग्रेसमा बलबहादुर राई, भीमबहादुर तामाङ वा कुलबहादुर गुरूङ प्रधानमन्त्री वा पार्टी सभापति हुने कुनै सम्भावना कहिल्यै देखिएन। के उनीहरू त्यति असक्षम र अरू सक्षम हुन्? ए-माओवादीले जति नै समावेशीको चर्को नारा लगाएर, राज्यहरू बनाए पनि ती राज्यका हर्ताकर्ता भने बाहुन-क्षेत्री नै भइरहे। के त्यहाँ सोही समुदायका कार्यकर्ता तथा नेताहरूको कमी थियो। राजनीति देशको सेवा गर्नका लागि हो भने प्रधानमन्त्री भीमबहादुर तामाङ बन्दा कांग्रेसलाई किन आपत्ती हुनुपर्ने? नेकपा माओवादीको अध्यक्ष रामबहादुर थापा बनेको भए के बिग्रन्थ्यो? के तामाङ कांग्रेको अध्यक्ष बनेका भए कांग्रेस पार्टी चल्दैनथ्यो? के बाबुराम भट्टराईको सट्टा रामबहादुर थापा प्रधानमन्त्री बनेका भए त्यहाँ जातिय राजनीति गरेको हुन्थ्यो र?
जे भए पनि यस्ता साना-मसिना कुराहरूले धेरै अर्थ दिन्छ। “जातिय राजनीति गर्न हुन्न” भनेर जति चर्को आलोचना गरे पनि आलोचना गर्नेहरू नै जातिय अंहकार, चिन्तन र मानसिकताबाट ग्रसित भएपछि कसको के लाग्छ र? हिंजोको दिनमा जो जहाँ र जस्तो रूपमा देखिए पनि विस्तारै सबैले आ-आफ्नो कित्तालाई स्पष्ट पार्दैछन्। अब हुने चुनावसम्ममा यो कित्ता अझ प्रष्ट हुँदै जानेछ। अखण्डका नाममा होस् वा आर्थिक दृष्टिकोणले जातिय राज्य हुनुहुँदैन भनेर होस् वा देश विखण्डन हुन्छ भनेर होस् आफ्नो एजेण्डाहरूलाई लागू गर्न सबैले प्रयत्न गरिरहेका छन्। केही पार्टी वा समूह ८०% हिन्दू धर्म मान्ने जनता भएकोले हिन्दू धर्मका आधारमा राजनीति गर्न खोज्दैछन् भने कोहीले जात वा क्षेत्रका नाममा। तर, जबसम्म त्यो ८०% ले २०% को अस्तित्व स्वीकार्दैन वा यो देश त्यो २०% जनताको पनि हो भनेर मान्दैन वा मान्न हिच्किचाउँछ तबसम्म देश त्यो ८०% प्रतिशतले भने जस्तो शान्त र समृद्ध बन्न सक्दैन। स्थीर र सम्मुन्नत बन्न सक्दैन। यति सानो तर अहं कुरा ०६२/०६३को आन्दोलनपछि स्वीकारिनु पर्ने हो तर त्यसो हुन सकेन। हिजोदेखि वर्चश्व राख्नेहरूले आफ्नो समूह वा आफूले भनेको बाहेक अन्य समूहको अस्तित्व स्वीकार्न सकेन। देशमा कुनै परिवर्तन आएको छैन। मान्छेहरूको मानसिकतामा, सोचाई र मान्यतामा कुनै परिवर्तन आएको छैन। हिजो जस्तो थियो, उस्तै छ। जनमत संग्रहको कुरा पनि उठीरहेको छ। यो सुन्दा निकै राम्रो र लोकप्रिय छ तर जनमत संग्रह हुँदा सबै कुराको हुने कि खास विषयवस्तुको मात्र हुने? जनमत संग्रहको विषय कसले निर्धारण गर्ने हो? आज राजतन्त्र र गणतन्त्र, संघियता हुने कि नहुनेमा जनमत संग्रह गराइन्छ भने भोलि खास क्षेत्र नेपालबाट छुट्टिन पाउनुपर्छ भनेर जनमत संग्रहको माग भयो भने त्यो स्वीकार्ने कि नस्वीकार्ने? त्यसका लागि त्यहीँका जनताले मात्र भोट हाल्न पाउने कि देश भरकाले भोट हाल्ने? काश्मीरमा जनमत संग्रहको माग त्यसै भएको छैन र भारतले त्यहाँ जनमत संग्रह गराउन सक्दैन। किनभने देशभर जनमत संग्रह गराउने हो भने काश्मीर छुट्टिने प्रस्तावले जित्दैन तर काश्मीरमा मात्र गराउने हो भने त्यहाँ टुक्रिनुपर्छ भन्नेले जित्न पनि सक्छन् जुन अन्य भारतीयका लागि मान्य हुँदैन। त्यसैले भोलिका कुरा नसोची वा भोलि आउन सक्ने मागहरूको सम्भावनालाई ख्याल नगरी, अहिले हामीले चुनाव जिती हालिन्छ त्यसैले जनमत संग्रहमा जाउँ भन्ने जस्तो गैरजिम्मेवारपूर्ण कुरा केही हुन सक्दैन।
यत्रा उथल-पुथलपछि पनि मानसिक रूपमा कुनै परिवर्तन नआउनु र समाज जहाँको त्यहीँ रहनुमा नेकपा माओवादी, मधेशवादी पार्टी र नेपाली मिडिया तथा पढे-लेखेकाहरू दोषी छन्। माओवादीले त आफ्ना कार्यकर्ता र नेताहरूलाई पनि राम्रोसँग पढाउन र बुझाउन सकेको रहेनछ। उसले कुन लोभ देखाएर, कुन डर वा धम्कीले त्यत्रा कार्यकर्तालाई युद्धमा होम्न सफल भयो? बुझ्न कठिन छ। तर, आफ्नै पार्टीका कार्यकर्ता तथा नेतामा देखिनुपर्ने सामान्य सांस्कृतिक, नैतिक वा आर्थिक आचरणबाट यति बढी कुनै पार्टी पनि चुकेको थिएन। यस मामलामा अधिकांश एमाले वा कांग्रेस कार्यकर्ता/नेताको कुनै दोष छैन किनभने यो उनीहरूको विचार-सिद्धान्त र क्षमता भन्दा बाहिरको विषयवस्तु थियो।
अस्तित्व नस्वीकार्ने कुरा जात वा धर्मका क्षेत्रमा मात्र होइन अन्य क्षेत्रमा पनि देखिन्छ त्यसैले त्यो मानसिकतामा परिवर्तन भएन भने जस्ता परिवर्तन र विकासका कुरा गरेपनि त्यसले अर्थ राख्दैन, त्यसले काम गर्दैन। उदाहरणका लागि, सडकमा हिड्दा गाडीवालाले मोटरसाइकलवालाको र मोटरसाइकलवालाले साइकल र पैदल यात्रीको अस्तित्व स्वीकार्दैन भने कुनै न कुनै वहानामा कुनै न कुनै दिन पैदल यात्रीले मौका पाउँदा मोटरसाइकल फोड्ने दाउ त गर्छ नै। भलै, उसको अस्तित्व नस्वीकारेको मोटरसाइकलको सट्टा अर्को सोझो मोटरसाइकल चालक घानमा किन नपरोस्। त्यसैले आफू हुँदा वा आफ्नो अस्तित्व हुँदा अरू थुप्रैको अस्तित्व हुन्छ, पहिचान हुन्छ, इज्जत हुन्छ र सँगै मिलेर जानुपर्छ भन्ने चेतना नहुँदासम्म धेरै कुराको आशा गरिहाल्नु व्यर्थ हुनेछ। तुरून्तै देशमा परिवर्तन आउँछ भन्ठान्नु र केही नभएकोमा निराश हुनु हतार गर्नुपर्दैन। निराश हुने थुप्रै घटना र सन्दर्भहरू बाँकी छन् र यो निराशाको बादल शायद हाम्रो पुस्तासम्म मात्र सिमीत हुनेछैन।
[email protected]
Purba राजा ज्ञानेन्द्रको भ्रमणले कट्टु छेर्ने यी नालायक नेताहरुलाई सिस्नो पनि नै हो राजाको घोसित भ्रमण! कस्तो लग्यो भने यी नालायाखारू आफैलाई नालायक प्रमाणित गर्दै छन्. प्रजातन्त्रको नारादिना न अघाउने अनि एउटा नागरिकलाई भ्रमण गर्न नदिन देश बन्द जस्ता तुछा व्यवहार दर्सौने. समय ले प्रमाणित गर्दैछा कि एउटा देश बनाउने संस्थालाई नेताहरुको भ्रममा परि जनताले साथ दिई राजसंस्थालाई बित्थामा फ्याकेका थिय. नेपाल आमाको हृदय रोई रहेको थियो अनि रुदैछा आज झन् बढी . मा बिदेशमा बसेता पनि आफ्नो घर भनेको नेपालनै ठान्छु र घरभित्रको भाडभैलो दैनिक रुपमा हेर्छु अनि पिडित हुन्छु पनि. के यो देशमा कुनै एउटा अभिभाबक छैनन्? रानो बिनाको माहुरीको बथान जस्तो भैसक्यो. सामाजिक कुरीति, राजनैतिक भ्रस्टचारी, गैजिम्मेवारी, जस्ता कुराहरुले देश बर्न्ब्द भैरकेको छ. नेपाली भनेर बिदेशमा चिनौना पनि लाज लाग्ने भैसक्यो. छिमेकी देश को अगदिता सिर झुकौनुनै पर्छा किनकि प्रधान मन्त्रीलाई त्यहाको विदेश सचिबले भलाकुसारी होइन ये ठिक नै हुवा वो ठिक नै हुवा भान्छा. रस्त्रियाताको कुरै छैन. बिदेशमा सुन्छु नेपाली बिचमा कुरा हुँदा अबत नेपाललाई भारत ले लियो भने राम्रो हुन्त्यो होला रे. कस्तो अवस्था पुग्यो होला कि नेपालीलाई नै त्यस्तो भन्न ठिक लग्न थाल्यो अबत. एउटा कुरा पक्का हो अब, जसरि सबै ठुला पार्टी मिलेर राजालाई घुम्न बाट रोक्न खोजे, त्यसले के निर्देश गर्छा भने नेपाललाई एउटा स्थायी अभिभाबक चाहिएको छ र त्यो हो राजतन्त्र; नेपालको गौरब पुस्तःपित गर्न राजालाई अबस्य पनि स्वागत गरौँ नेपाली हरु, मंभित्रबतई माफी मागौं त्यो संस्थालाई जसले गर्दा आज हामी नेपाली भएको गर्ब गर्छौं अनि तिनै नेता जसले राजालाई खुट्टा बन्धन चाहन्छन, उनीहरु पनि नेपाली भएर बसेका छन्. स्वागत छ राजालाई!
यस्ता भ्रमण र भाटहरुको जयजयकार र पाउ भक्ति अनि अबिर जात्राले राजतन्त्र फर्किने राजा फर्काउने र बनाउने कुराहरु तेस्तैनै हो तर यस्ता कुराले देशमा सस्थागत हुन गैरहेको शाशन ब्याबस्था र शान्तिलाई भने केहि हद सम्म खल्बल्याउने र भाँजो हाल्ने भ्रम दिने, देशको अग्रगमन अनि बिकाश निर्माण आदिलाई बाधा अड्चन गर्ने झन्झट दिने वाक्क दिक्क बनाउने काम चाहि गर्छा नै!
सरकारले ज्ञानेन्द्रको यो भ्रमण र यसमा गरियका प्रचार अनि लागैयाका नारा बाजी आदिलाई लियर स्पस्टिकरण लिनु पर्ने ठान्दछु म!
ज्ञानेन्द्रलाई दि आयको सुबिधा र सुरक्षा आदि सम्पूर्ण कुरा तुरुन्त फिर्ता लिनुपर्ने देखिन्छ!
यो ज्ञानेन्द्र गुह्य चाल चल्दैछ! हुने र गर्ने त केहि होइन तर पनि खल्बलाहत र अब्यबस्था दिने अनि जनामानाशामा भ्रम दियर देशलाई नकारात्मक असर दिने कार्यमा सहयोग चाहि पुग्ने छ यस्ता कर्तुत हरुले तेसैले सरकार र देशबासी साबधान हुनुपर्ने देखिन्छ!
गगनेज्यु /
राजा फर्कन्छ बा फर्कंदैन भन्ने कुरा ई राजनीतिको कोठी चलाउँदै आयको दिल्लीको दलले पिल्ले नेताहरुले भन्ने होईन/ यो कुराको निर्णय कर्ता सदा स्वतन्त्र रहेको नेपालको नेपालीले निर्णय गर्ने कुरा हो/ जनताको बहुमतले पुरानै शाहबंश को राजा पनि फर्काउन सक्छ नेपालको कुनै जातिको नया राजा पनि चुन्न सक्छ/
गगनेज्यु २००७ सालमै नेपालको राजतन्त्र उन्मुलन हुने थियो र नेपाली जनताले लोकतन्त्र पाउने थियो/ गंगालाल हरुलाई फाँसी दिने हुकुम नामा मा लाल मोहर लगाउने त्रिभुवन दिल्ली भागि सकेको थियो र मोहन शमशेरले घुंडा टेक्न लागेको थियो/ दिल्ली भागेको गंगालाल हरुको हत्यारा त्रिभुवनले आफु नेपालीको राजा बन्ने आस पनि मारी सकेको थियो/ तेसै कारणले त् त्रिभुवनले दिल्लीमा आफ्नो रजौटा पद कायम रहे नेपाललाई भारतको प्रदेश बनाउने कुरा पनि स्वीकार्य हुने भनेको थियो/ तेस्तो त्रिभुवन र नेपालको जनताले पाय झुन्ड्याउने मोहन शमशेरलाई दिल्लीले २००७ सालमा फेरी पनि नेपालको राजा र प्रधान मन्त्रि बनाउन लगायो र १९५०को सन्धि लाद्यो/ यो कुरा बात भारत नेपालमा लोकतन्त्र को बिरोधि भयको प्रमाणित हुन्छ/ अब तेस्तो भारतको निर्देशनमा भारतमा ल्याप्चे लगायर नेपालको राजतन्त्रको हटाउनु कति सम्म लोकतान्त्रिक हुन्छ त्यो आफैले बिचार गर्ने कुरा हो/
दिल्लीमा स्पस्ट सिट बिकेको झुकेको नेताहरुले नेपाललाई भारतको अर्ध उपनिवेश ठान्नुमा कसैलाई आश्चर्य लाग्दैन/ तर तपाईंकै कुरा गरुन लौ; तपाई पनि जोड तोडले दोहाराई तेहराई नेपाल भारतको अर्ध उपनिवेश हो भन्नु हुन्छ / अब नेपाललाई भारतको अर्ध उपनिवेश ठान्ने गगनेज्युले नेपालमा भू पु राजा घुमेकोमा स्पस्टिकरण लिनु पर्छ भन्नु कति जायज छ त्यो आफै बिचार गर्नुस/
नेपालको सबै भन्दा शक्ति शालि नेता र भू पु प्रधान मन्त्रि ले आफ्नो छोरी भारतको सांसद सिट बिबाह गराउँदा सुत्तुक्क लुकेर दिल्ली जाँदा र ओली जस्तो नेताहरु खोकन समेत दिल्ली जाँदै आउंदै गर्दा गगनेज्युले तिनीहरु सिट स्पस्टिकरण लिनु पर्छ कहिले किन भन्नु भयन भनेर गगनेज्यु सिट कसैले स्पस्टिकरण मागेमा गगनेज्युले के जवाफ दिनु हुन्छ?
गगनेज्यु, नेपाली जनताले मन नपरायाको अबस्थामा तेस्तो राजालाई टुंडिखेलमा झुन्द्याऊंन पनि सक्छ गद्दीमा ससम्मान फर्काउन पनि सक्छ/ बिस्वको ईतिहासमा जनताले राजालाई झुन्द्यायाको उदाहरणहरु पनि छ र बिस्वको बिकशित र प्रजातन्त्र लोकतन्त्रको जननी मानिने रास्त्र्हरुमा जनताले बिस्वास गरेको कारण त्याहा अझै पनि राजतन्त्र यथावत छ/
नेपालमा पनि राजतन्त्र र व्यबस्थाको बारेमा स्वतन्त्र नेपालको स्वतन्त्र नागरिकहरुले गरेको निर्णय मात्रै बैधानिक हुन्छ/ नेपाललाई भारतको अर्ध उपनिवेश ठान्ने मान्नेहरुले यो बारेमा बोल्नु उपयुक्त हुँदैन/
मदन ज्यु,
जदौ!
अब के भनौ खै! कुरा गर्न बढो अफ्ठेरो अबस्थामा पुगेको छु म! त्यो भंछानी ‘कुरागारे कुराकै दुख: बरु चुपोलागेनै हाइ सन्चो’ यसैकारण ले हत्तपत्ति आजकाल माइसंसारमा प्रतिक्रिया दिदै टहल्दिना तरपनि कहिले काही आफ्नो देश हो भनेर आफुलाई लागेको बिचार पोखिहाल्छ!
मदन जी पहिले पहिले तपाहिको प्रतिक्रिया र बिचार बढो रुची दियर पढिन्थ्यो कतिपय अबस्थामा त हरियोमा टिक लायर पढ्न सुरु गरिन्थ्यो किनकि तपाहिका कुराहरु जायज हुन्थ्यो! तर सन् १९९८ पश्चात यो दुनिया यत्ति द्रुत गतिमा यति गहन र अग्रगामी चालांग मारिसक्यो कि मानौ सन् दुइहजार पश्चात पृथ्वी ले २४ घण्टा एकदिनमा एक रोलिंग होइन दुइ रोलिंग गर्दैछ! तर तपाही सात सालमा अडेको मान्छे मुस्किलले सात र सतचालिस सालमा अड्किनु भयको छ भन्छु म!
समय परिस्थिति को परिवर्तनले आज भन्दा दश बाह्र बर्ष अगाडिको कतिपय माग र आबस्यकता हाल असान्दार्भिक भै सकेका छन् अब तेस्को बारेमा धेरै व्याख्या गर्नु नपर्ला!
मदन जी, तपाही संग इन्डियाको बिरोध गर्ने बिचार र तर्क होइन एउटा भुत सवार छ भन्छु म! एउटा यस्तो भुत छाडेको छ तपाहिको दिमागमा त्यो जेसुकै होस् इन्डिया शब्दको घनघोर बिरोध गर्छ र तपाहिले गर्ने पर्छ किनकि तपाही इन्डियाको बारेमा तेही भूतको बसमा हुनुहुन्छ! त्यो भुत जसलाई मानौ इन्डियाले लखेटेको थियो!
यी र यस्ताकुराले गर्दा तपाहिको प्रतिक्रियामा मेरो रुची हराउदै गयको हो भन्छु म नाकी मेरो बिचार सोचाइ चिन्तन र मनस्थिति अनि मानाशिकतामा परिवर्तन! हो अलिकति समयानुकुल समयको परिवर्तन संगै मेरो बिचार चिन्तन र सोचाइ पनि गोडमेल भयको छ अलिकति छाताकात भयको छ परिमार्जित भयको छ तर मेरो बिचारको मूल आसय तेही छ प्राप्ति को बाटाहरु अलिकति तलमाथि भयका छन्!
त्यो भंछानी ‘यो श्रीस्तीमा तेही कालान्तर सम्म निरन्तर रहन्छ जुन समयानुकुल परिवर्तन हुन सक्दछ! समयभन्दा छिटो र द्रुतगतिमा परिवर्तन पनि अदना सक्दैन र समयलाई नापक्ष्याउने को पनि अन्त हुन्छ!
यी र यस्ताकुराहरु तपाही आफै बुझ्नुहुन्छ! नलम्ब्याउ!
मदन जी,
मैले इन्डिया र नेपालको बारेमा जे भने त्यो आजपनि भन्दछु! म पनि इन्डियाको बिरोध गर्दछु त्यो इन्डियाको अनाधिकृत हस्तक्षेप सोतंत्र रास्त्रलाई गरिने कानुनासम्मन ब्याबहार, दिने अनाबस्यक झमेला बलमिचाइ यी आदि कुरामा हो! अब जहिले जुन अबस्थामा पनि इतिहाशका ति घटना र दुर्घटनालाई उचालेर मात्र हुदैन! इतिहाश बाट सिक्ने हो भविष्यको लागि तेसलाई अँगालो मारेर टासियर बस्ने होइन! इतिहाश परिवर्तन गर्न सकिदैन तर तेसबाट सिकेमा र सहि मुल्यांकन गर्दै उपाय निकालेमा भबिष्य परिवर्तन गर्न भने सकिन्छ र इतिहाशाको प्रयोग तेसैको लागि हुनु पर्छ भन्ने मेरो मान्यता र बिश्वाश हो!
इन्डिया र नेपालको बिशेष सम्बन्ध छ र त्यो हामीले बनायको नभयर इतिहाश वा हाम्रो भाग्यले निर्क्यौल गरिदियको हो यसलाई हामीले कुनै तरिकाले परिवर्तन गर्न सक्दैनौ! यसलाई परिवर्तन गर्न यो संसारमा दुइवोता कुरा घट्नुपर्छ भनेर मैले अघिल्लो पटकको प्रतिक्रिया हरुमा उजागार गरेको थिया तेसबाहेक आज अर्को कुरा भन्छु, यो सम्बंधलाई परिवर्तन गर्ने नेपालको भन्दा पनि इन्डियाको हातमा छ यद्दी इन्डियाले चाहेमा यो सम्बन्धमा हेरफेर हुन सक्छ र यहिनेर एउटा सत्य भनौ, तपाहिले तपाहिको देशलाई जति माया प्रम गर्नुहुन्छ मलाइ लाग्दैन एउटा इन्दियानाले इन्डियालाई त्यो भन्दा कम गर्छ भनेर! मेरो मतलब हरेक देश को नागरिक देशबाशी ले आफ्नो देश आफ्नो जन्मथलो लाइ उत्तिकै माया गर्छ चाहे त्यो मरुभूमि का हुन् या पहाड हिमाल वा ध्रुबिया हुन् तेसैले इन्डिया संग तात्तातो बम्कियार मच्चियर चिच्यायर बिरोध गर्नु सिर्फ विरोधकै लागि बिरोध भन्दा अर्को केहि अर्थ राख्दैन!
हो मैले भनेको हुं र अझै भन्छु नेपाल इन्डियाको अघोषित उपनिवेश हो! यो सुन्न तपाहिलाई जति मन पर्दैन तेत्तिनै मलाइ पनि मन पर्दैन तर सत्य तपाहिलाई या मलाइ मन पर्नु वा नापर्नुसंग निहित हुदैन!
यदि दिमाग वोक्छ्यायर तेस्मा उभियर नेपाल र इन्डियाको सम्बन्ध भौगोलिक अबस्था आर्थिक सामाजिक अबस्था आदिकुराको बारेमा गहन अध्यायन र सोच लगाउनुभयो भने तपाहिले निश्चय देख्नुहुने छ! बरु नेपाललाई यो अबस्थाबाट मुक्तागारने कुनै सोचाई बिचार योजना र एजेन्डा छ भने बताउनुस मात्रै भूतको निर्देशनमा बिरोध गरेर हुनेवाला केहि छैन!
तेसैले हामीले अपनाउनुपर्ने नीति भनेको इन्डियाको काखमा पनि नबसौ वा बस्नु नपरोस र इन्डियाको टाउकोमा चड्ने प्रयाश पनि नगरौ यो दुवै अबस्था हाम्रो लागि हानिकारक छ!
माओबादिभित्र अनेकानेक द्रिस्त्री र सोच बिचार होला इन्डियालाई हेर्ने र इन्डियालाई बुझ्ने सोच्ने तर मेरो र डा भट्टराइको बिचार मिल्छ र म डा भट्टराइ संग सहमत हुदै उहाको पक्षमा छु!
इन्डियाको बारेमा र बिरुद्दमा गरिने कुरा उन्नाइसौ शताब्दि, बिसौ (बिशौको पनि उर्बार्ध र उत्तरार्ध र अनि अहिले एकैसु को पुर्बार्ध को परिस्थिति र समयमा आकाश पाताल को अन्तर छ र त्यो अन्तर मान्छेको प्रयाश भन्दा समयले स्थापित गरेको छ!
यो सत्यलाई आत्मासाथ गर्नुहामिसबैको भलो हुने छ!
इन्डिया र नेपालको बारेमा कुरा अझै लामो हुन सक्छ र हुन्छनै किनकि यो सत्यले हामीलाई इतिहाश देखि भबिष्य सम्म तबसम्म पृथ्वीको भौगोलिक अबस्थामा अनासातित र आकस्मिक ठुलो कायापलटक परिवर्तन नालेराउदा सम्म छाड्ने छैन कि नेपाल आर्थिक र सामरिक हैसियतमा यति शक्तिशाली हुन पर्यो कि यु एस ले आलास्का किने जसरि इन्डियाको कुनै भाग हामीले किन्न सक्नुपर्यो नत्र तपाहिको भुताहा नियतको बिरोध र मेरो अघोषित उपनिवेश हो भन्ने सत्यले केहि हुने र गर्ने वाला छैन!
अब कुरा रह्यो राजतन्त्र र राजाको,
मदनाजी राजतन्त्र र राजाको बारेमा धेरै लामो आख्यान र स्पस्टिकरण लेखि रहनु भन्दा छोटो छिटो भनौ!
पहिलाता मा भन्छु तपाहिलाई तपाही आफैमा बिश्वास छैन रहेछ अनि देश ले पायको र गरेको परिवर्तनमा कसरि होस्, जे गर्यो खालि इन्डियाले गरिदेको सोच्नुहुन्छ ठान्नु हुन्छ! तर मा भन्छु मलाइ यो देशमा राजतन्त्र चाहियको थियन राजतन्त्र उचित देखेको थियन अनि हट्नुपर्छ हटाउनुपर्छ भन्नेपक्षमा थिया! तेसैपानी हाम्रो देशको राजतन्त्रको तेस्तो गन्नु र मान्नुपर्ने अनि गौरब गर्न लायकको केहि इतिहाश पनि छैन!
र अब जे जसरि हट्यो राजा हट्यो जे जसरि समाप्त भयो राजतन्त्र समाप्त भयो! अब यो फर्केर फेरी औदैना आउन सक्दैन चाहे इन्डियाले चाहुन चाहे चाइनाले वा अमेरिकाले , वा चाहे यहि देशको भाट र भक्तहरुले चाहुन यो देशमा फेरी राजतन्त्र फर्किदैन तेसैले यसमा हाम्रो तपाहिको मेरो र देशको अरु समय नफालौ बहस गर्नुनै बेकार छ! यदि कसैलाई राजा र राजतन्त्र चाहियको छ भक्ति गर्नुछ प्रजा बन्नुछ चरण मा शिर राख्नुछ भने राजा गुठि बनाउन वा राजगुठिमा सामेल हुउन र राजा र राजतन्त्र को भजन किर्तन गरुन तर तिनीहरुको चाहनाले कसैलाई प्रजाको दायरामा समेटिन बाध्य नगरुन यो अमानविय र अनैतिक हो! बरु के कसरि हुन्छ अबको ब्याबस्था लोकतान्त्रिक र पद्दतिया अनि निश्चित र स्थिर शैलीमा स्थापित गर्नेतिर सोचौ, माओबादीलाई राखेर हुन्छ कि माओबादी फालेर कांग्रेस एमाले वा अर्को कुनै शक्ति लाइ ल्यायर हुन्छ तेता लागु तर राजतन्त्र स्थापित गर्ने सपनामा दुस्कार्य नगरेकै बेस!
यी जति पनि राजाका पिचालग्गु हरु छन् ति अधिकांस भोकायाका भाट हुं, लोकतन्त्रमा तिनीहरुको स्थान र हैसियत गुम्यो या छैन र अधिकांस तिनीहरुकै भ्रममा हौवा गर्दैछन अनि अरु त अरु तिनीहरुलाई नै थाहा छैन यो देश राजतन्त्र आयमा कसरि बन्छ, राजतन्त्र कस्तो आउछ र के कति कारण ले राजतन्त्र आयमा देशले काया पल्ट लिने छ?
यी निहारुले जानेर नजानेर ज्ञानेन्द्रलाई जोकर बनाउदैछन् र मजाक गरिरहेका छन्! र तिनीहरुकै भिडमा ग्यानेद्र मन्टो बन्ग्यौदै फेरी राजाबन्ने सपनामा मस्त छ! तर यी राजा र राजाबादी भन्नेहरुलाई रमाइलो मजा भयको छ ज्ञानेन्द्रको भ्रमण यिनीहरुलाई दशैँ आय सरह हुन्छ पैसा ठेली हाल्छ नाराजुलुस हाहुई गाइ गुइ भै हाल्छ!
तर म चाहि भन्छु हामीले राजतन्त्रको राम्रा नराम्रा इतिहाश को कुरागरौ कथाहालौ तर यो देशमा फेरी राजतन्त्र स्थापित हुन्छ र गर्छु गर्नुपर्छ भनेर समय र दिमाग अनि श्रम नफालौ किनकि त्यो बेकार हो र तेस्ले कसैलाई पनि भलो गर्दैन!
बाकिकुरा गर्न अल्छिलाग्यो!
जदौ!
गगने ज्यु
तपाईंले फेरी पनि नेपाल भारतको अर्धउपनिवेश हो भन्नु भयर सबै नेपालीको चित्त दुखाउनु भयो/ बाबुरामको भारतलाई बुझ्ने हेर्ने बिचार को समर्थक हुँ भन्नु हुने गगनेज्युले यसरि नेपाल भारतको अर्ध उपनिवेश हो भनेर ठोकुवा गर्नु बात बाबुराम प्रति केहि आसा अझै गर्नेहरुलाई समेत ससंकित बनायो/
नुन तेल जस्तो दैनिक जीवनमा आबस्यक हुने कुरामा नेपाल भारत सिट आश्रित हुँदैमा नेपाल भारतको अर्ध उपनिवेश हुने भय नेपाल जति गुणा भारत सिट आश्रित छ त्यो भन्दा लाखौ गुणा बढी भारत नेपाल सिट आश्रित छ/ भारतको भुमि नेपलको भन्दा २२ गुणा ठुलो छ तर भयर के गर्नु? उसको नेपालको भन्दा ५० गुणा बढी जनतालाई पिउन सिचाई गर्न बिजुली निकाल्न चाहिने पानि को निमित भारत नेपाल सिट आश्रित छ/
नेपालले आफुलाई अत्याबस्यक बस्तुहरु भारत सिमोल तिरेर लिन्छ तर भारतले नेपालको पानि सितैमा मात्रै होईन लुटेरै लिंदैछ/ यो कुरामा गगनेज्यु जस्तो बिचारक्को ध्यान नजानु दुख लाग्दो कुरा हो/
अब राजा र राजतन्त्रको बारेमा/ हेर्नुस गगनेज्यु तपाईंलाई पचे पनि नपचे पनि नेपालको निर्माता त् राजाहरुनै थियो/ नेपाल बचाउन अंग्रेज सिट लड्ने पनि राजा नै थियो/ संयुक्त रास्ट्र संघको सदस्य बनायर भारतले नेपाललाई अर्को कास्मिर सिक्किम बनाउन बात बचाउने राजानै थियो/ २००८ सालमा कोशी नदि मात्रै होईन कोशी नदि बग्ने भूमि समेत भारतको नियन्त्रण हुने भनेर गरियको सन्धिलाई संसोधन गरेर कोशी नदि र नदि बग्ने भुमिमा नेपालकै नियन्त्रण हुने र कोशी माथि बनेको बाँध १९९ बर्ष पछी भारतले नेपाललाई फर्काउनु पर्ने गरेर सन्धि संसोधन गर्ने राजानै थियो/
झन्डै २५० बर्ष सम्म संबिधान र कानुन माथि बसेको राजा पनि २०४८ पछी संबिधान र कानुन मुनि बस्न मान्यो/ तर खै तपाईंको बाबुरामहरुले संबिधान कानुन मानेको?
राजाको धाक धक्कु देखाजनता माथि गर्दै हिदेकोमा राजाले आफ्नै भाई धीरेन्द्रको पद खोस्यो दरवार बात निकाल्यो/ तर खै पार्टीको गुण्डाहरु माथि कारवाही गरेको? पारस माथि कारवाही गर्न पनि बिरेन्द्रले पारसले गरेको कुकृत्यको फाईल दरवारमा मागी सकेको थियो/ तपाईंको दलले पनि तेस्तै कारवाही गर्नु पर्ने अबस्था आयो भनेत पार्टीको ठुला नेता आफै कार्यवाहीमा पर्छ साना भुसुना कार्यकर्ताहरुको कुरै छाडू/
मैले यस्तो कुरा गर्यो भन्दैमा म लोकतन्त्रको बिरोधि भयको नठान्नुस/ लोकतन्त्र राजतन्त्र भन्दा राम्रै ब्यबस्था हुन सक्छ/ राजतन्त्र पुरातन ब्यबस्था हो र समयको अन्तरालमा जनताले नचाहेमा फालिने ब्यबस्था हो/ तर नेपालको राजतन्त्र न त् ई नेताहरुले फालेको हो न जनताले/ नेपालको राजतन्त्र नया मोहन शमशेरहरुले फालेको हो र २००७ साल देखि यता आज सम्म दिल्लीको तत्तु बनेर नेपालमा जो जो प्रधान मन्त्रि बनेका छन् तिनीहरु सबै नया मोहन शम्सेरहरु हुन/
आज तपाईं हरु लोकतन्त्रको कुरा गर्नु राजतन्त्र उन्मुलनको कुरा गर्नु हुन्छ/ नेपालमा यदि २००७ सालमै मोहन शम्सेरहरुलाई झेल खानामा जाक्न सकेको भय गंगालालहरुलाई फाँसी दिने हुकुमनामामा लालमोहर ठोकेर दील्ली भाग्ने त्रिभुवन फर्केर नेपाको राजा फेरी बन्न सक्ने थियन/ तेतिबेला नै नेपालमा राजतन्त्र उन्मुलन भयर लोकतन्त्र आईसक्ने थियो/ तर तेस्तो मोहन शमशेर र तेस्तो त्रिभुवनलाई भारतले नेपालको प्रधान मन्त्रि र राजा बनायो/ त् नेपालमा जनताले चाहेको लोकतन्त्रको सबै भन्दा ठुलो सत्रु भारत हो/
नेपालमा रास्ट्र र सरकार प्रमुख को हुने र कस्तो शासन ब्यबस्था अंगाल्ने भन्ने कुराको निर्णय मात्र नेपालीजनताको बहुमात बात हुनु पर्छ कुनै दिल्ली सम्झौता र नया मोहन शमशेर हरुको कोठे सहमति बात हुने कुरा ” नेपाल स्वतन्त्र देस हो हामि स्वतन्त्र देसको नागरिकहरु हौ भन्ने नेपालीले मान्न सक्दैन/ तर नेपाल भारतको अर्ध उपनिवेश हो भन्नेले मान्छ मान्दैन भन्ने कुरा गगनेज्युको कुरा सुने पछी मात्रै म भन्न सक्छु/
अन्तमा ज्ञानेन्द्र मन्दिर मन्दिर घुमेकोमा स्पस्टिकरण लिनु पर्छ भन्नु गगने ज्युलाई भारतको सांसद सिट आफ्नो छोरी बिहा गर्ने, सुत्तुक्क सुटुक्क दिल्ली जाने प्रचंद्र र भारतको आशिर्वादमा प्रधान मन्त्रि बनेको बाबुराम सिट चाहि कसले स्पस्टिकरण लिने भन्ने कुराको बारेमा केहि भन्नु भयमा धन्यबाद दिने थिय/
राजा रहनु र नरहनुमा जनता लाई के फरक पर्यो र ? पहिला राजाका मात्र जनता हुन्थे भने अहिले सबै पार्टीका सबै नेताका जनता भएका छन् ! जनता आफैलाई थाहा छैन कसका जनता हुन् भनेर ! त्यसैले पूर्व राजा संग नेताहरु मात्र तर्सियाका हुन् ! हामीलाई केहि फरक पर्दैन राजा भय पनि नभय पनि तर – रास्त्रियता भने अहिले हराउदै गएको भने हो !
अहिले पछुतो लाग्दो हो दाइको बंग्स नास गरेर /
राजनीति… राम्रो लाग्यो जनतालाई प्रभाब पार्ने तरिका /
एउटा गल्ति माफ हुन्छ जबकी अपराधीले राम्रो कामगर्छ भने /
यो देशको स्थिति साह्रै बिगार्यो नेताहरुले यसकारण ज्ञानेलाई फेरी गद्दीमा एकपल्ट जनताले
मौका दिन सक्छ तर फेरिपनि गल्ति दोहर्यो भने गद्दाफीले झैँ भोग्नु पर्ला/
जनताहामी कि यो नेता हरुसंग खुद सामना गर्नु पर्यो कि माथि भने झैँ राजाल्याउनु
पर्यो/ चोर,घुस्या हरुलाई हटाउने यही मात्र एउटा उपायहो
राजा ज्ञानेन्द्र को काम नै एती हो इनी लग भग ६५ वर्ष क भए पारस लै कसैले गन्दैन के गर्नु …..कोहि पनि डराउनु पर्दैन किनकि यिनी ले केहि गर्न सक्दैनन् पारस लै जनता ले गन्दैनन तर पनि अहिले को कुससन भन्दा राजा को सासन राम्रो थियो जस्तो मलाई लाग्छ
आजको मेरो संसारमा पुष्पजी को नाम नदेख्दा कसो कसो खल्लो लागेको छ. तर २२ बर्स को बहुदलीय राजनीति र १० बर्स को माओबादी ले गरेको जनयुद्ध मा हजारौ नेपालीको मृत्यु भयो , नेपाल राजतन्त्र बाट गणतन्त्र भयो , राम्रो कुरा हो, तर राजनैतिक दलका नेता ,यिनका आसेपासे,ले त् ५ तारे होटेलमा बैठक गरि गलिगित्तो खाई पी गर्छन , तर सुदुर पस्छिम मा जनताले नुन खान पाएका छैनन्. म आज के भन्छु भने , हिन्दुइस्म मा राजा लाई देउता बनाएको थियो,बिष्णु कि इन्द्र .त्यसैले उनीहरु कानुन माथि थिए त्यो ठकुरी परिवार मा मात्र थियो,अहिले त् सबै पार्टीका नेता,कार्यकर्ता ,आसेपासे कानुन भन्दा माथि छन्. तपाई के भन्नुहुन्छ ???? ११७० को नेपाल संग्रिल्ला थियो ,१९९० पछी को नेपाल दलगत,व्यक्तिगत स्वार्थ ले गर्दा radarless ship बनिरहेको छ.ज्ञानेन्द्र शाह नेपाली भएकोले नेपालको कुनै ठाउमा जान सक्न , त्यसको बिरुद्ध माओबादी,एमाले,कांग्रेस आउनु भनेको नेपालका सबै राजनैतिक पार्टीहरु भ्रस्ट भएको सबै नेपाली जनता लाई थाहा छ.हेर्नुहोस प्रचण्ड लाई दस लाख जाने पलंग मा सुत्नु पर्ने,ति सुदुर पस्छिम का जनताले नुन जस्तो पनि खान नपाउने. यो कस्तो गणतन्त्र हो ?
त्यो पलंगको भाउ त जग्गाको भाउ बढे जस्तै डब्लेछ | पोहोरसम्म पांच लाख भन्थे, अहिले ह्वात्तै १० लाख भएछ !
असि प्रतिशत हिन्दु भन्ने तथ्यांक सबै झुट हो ! मै तथ्यांक विभागको महानिर्देशक हुदा तथ्यांक संकलन टोलीलाई के निर्देशन दिइएको थियो भने धर्मको बिषयमा उत्तर प्राप्तिमा असहज भए सिधै हिन्दु उल्लेख गर्नु ! तेसैले क्षेत्रि ब्राहमण बाहेकका गैर हिन्दुहरु राईलिम्बु ,तामांग ,मगर , थारु , गुरुङ , नेवार अन्य सबै भएभरका जातिहरुलाई हिन्दुमा मिसाई दिएर हिन्दुको नक्कली संख्या देखाइएको हो ! धर्म ,जातिको प्रतिशत जे जति भएपनि धर्म , जातिको आधारमा बिभाजन , निषेध ,काटमार अधर्मि पटमुर्खहरुले मात्र गर्छन ! धर्मको नाममा हृदयविदारक बलिलाई , संस्कार परम्पराको नाममा गरिने अन्धविश्वासहरुलाइ भने छाड्दै जाने प्रयास गर्नु पर्छ !
शेरसिंह जी,
तपाई तथ्यांक विभागको महानिर्देशक सम्म हुनु भएको रहेछ. पक्कै सामान्य ज्ञान घोक्नु भयो होला लोकसेवा पास गर्न. तर तपाइको सामान्य ज्ञान देख्दा मलाई त टिठ लाग्यो. माफ गर्नु होला ठाडै कमजोरी देखाइदियो यसले भनेर.
सबै भन्दा पहिला हिदु शव्द कसरि प्रयोग भयो भन्ने हो. त्यो इरानी हरुले सिन्धु नदि तिर या त्यस भन्दा पुर्व बसोबास गर्ने लाई हिन्दु भन्थे. त्यसपछि भारतमा इस्लामले जिते पछी सबै गैर इस्लामलाई हिन्दु भन्थे. त्यसपछि अंग्रेजहरुले बुद्धिस्ट लाई फरक धर्म को भनेर प्रचार गरे. तेसैले कुनै पनि हिन्दु ग्रन्थमा हिन्दु शव्द प्रयोग गरिएको छैन. किनकि त्यो अरुले भन्ने शव्द हो हाम्रो आफ्नै होइन. यदि कतै भेट्टाउनु भयो भने यसै थ्रेड मा लेख्नु होला. हिन्दु धर्म भनेको हजारौ चालचलन भएको एउटा असंगठित या अर्ध संगठित धर्म हो. जहाँ कयौ सिध्दान्तहरुलाई समेटिएको छ र अरु धर्मको तुलनामा प्राय सबै सिध्दान्तलाई सम्मान पनि गरिन्छ. तपाइले भन्न खोज्नु भएको सायद सनातन धर्मलाई हो. जुन धर्मले वेदलाई मार्ग निर्देशक ठान्दछ. र त्यस पश्चात अनेकौ पुराण, ग्रन्थ, इतिहास, उपनिषद्, श्रुति र अन्त्यमा स्मृति हरुलाई मार्ग निर्देशक ठान्दछ. तेसैले बाहुन क्षेत्रि मात्रै हिन्दु होइनन. तपाइले माथि उल्लेख गरेका सबै हिन्दु हुन्. नेवारले त अझ नेपालमा त्यत्रा त्यत्रा बिसाल मठ मन्दिर बनाए, ति कसरि गैर हिन्दु भए? पश्चिम तराई का थारु टोल मा जानु भयो भने वरको रुख मुनि महादेव स्थापना भएको देख्नु हुनेछ. कस्ता गैर हिन्दु होलान, महादेवलाई मान्ने. ठाकुरद्वारा मा गएर किन माघे सक्रान्ति (माघी) मान्नु पर्ने होला?
कविराजजीले भन्नु भएको कुरोमा म सहमत छु| नेपाल धार्मिक सहिसुणुष्ता भएको मुलुक हो र बौद्व गोम्पा र हिन्दु मन्दिर एकै ठाउँमा भएको मुलुक हो| म आफै पनि बाटोमा जुन देवालय पहिलो आउँछ, त्यसको दर्शन गर्छु| शेरसिंजीको भनाइलाई अपबाख्या गरेर तपाइँ हिन्दु शब्दको शब्दार्थ तिर लाग्नु भयो| त्यो हाम्रो चासोको बिषयै होइन| सरकारी दस्ताबेजमा नाम थर जस्तै धर्म भनेर उल्लेख भएको पनि हुन्छ( हुन त यो गलत अभ्यास हो )! धर्म सोधिसकेपछी आफु जे धर्मको छ त्यो त लेख्नु पर्यो| कसैले धर्म भएको ठाउँमा केहि लेखेको छैन भने ‘हिन्दु’ लेख्न लगाउनु भनेर उर्दी जारि गर्नु त भएन नी! यो त पंचायत कालमा ” सबै पन्च नेपाली र सबै नेपाली पन्च ” भनेर दिमाग धुनु खोजेको जस्तो भएन र ? अनि शिवरात्रीको दिन पशुपतीमा भांग र गाँजामा लठ्ठिने र पहेंलो फेटा बाँधेर बोल बम भन्दै नोलमा लोटा झुण्ड्याएर हिँडनेहरु सबै हिन्दु होइनन क्या ! मोजमस्ती गर्न झुम्मेका हजारौं अहिन्दुहरु पनि हुन्छन| मेरो बिचारमा धर्मको सोधनी नै गलत छ| आफुले कर्म नगरुन्जेल धर्मले खानु पनि दिंदैन, लाउनु पनि दिंदैन| अन्त्यमा यो पनि भनिहालुम: जातीय पहिचानको राज्यले देश बिखन्डन हुने होइन कि हिन्दुराज्यको मागले चाहिं नराम्रो धार्मिक युद्व हुन सक्छ र त्यो युद्व हतपत रोकिंदैन |
लामाजी,
मा तपाइले भनेको कुरामा सहमत छु. कसैले आफ्नो धर्म बारे केहि भन्दैन भन्दैमा उ हिन्दु हुदैन. मैले त शेरसिंह जी, जो तथ्यांक विभागको महानिर्देशक सम्म बन्नु भएको छ उहाकै कार्यालयमा सबैलाई हिन्दु लेख्नु भनेर निर्देशन उहाकै पालामा दिइयो भनेर यहाँ उजुरी गर्नु त आफ्नो कर्तब्य बाट बिमुख भइ आफ्नो कार्य क्षमता को कमजोरी देखाउनु मात्रै भयो नि. उहाले आफ्नो विवेकले ठिक कार्य गर्न निर्देशन दिनु पर्ने होइन र? यदि वहा आफै कन्फ्युज्ड हुनुहुन्छ भने आफु कन्फ्युज्ड नहुने उपाय पत्ता लगाउनु पर्थ्यो. नत्र त असक्षम् व्यक्तिले पद ओगटेको भइहाल्यो नि.
During early 1990s when I used to go to Amrit Science College, road used to be blocked for all pedestrians and general traffic to facilitate the journey of then King Birendra from Royal palace to the Nagarjun palace. The road block used to take place anything between 15 minutes and an hour in general.
In 2012, a leader of political party visits Chitwan to deliver a political speech and all educational institutes remain shut for a day.
I do not like the monarchy. It is an outdated system. However I am so fed up with current bunch of politicians in Nepal that I am more than happy to lay out red carpet for former king Gyanendra than to get stuck with these politicians.
Then again, the whole portion of blame does not lie with the politicians. Rather a large portion of blame goes to general public. We do nothing but talk. We are badly divided into political groups and sub-groups.
Based upon the newspaper reports, Man Mohan Adhikari bought expensive properties whilst he was a minister. Sujata Koirala lives a life of luxury and opulence. Recently, Prachanda moved into an expensive house in Lazimpat. These are just a few examples. The burning key question is what is the source of income? These people are full-time politicians and hold no job or run no trade, where does the money come from?
Is there a forest in Nepal where money grows in the trees and location of this forest is only known to politicians?
Until I know the answers of such questions, I will never like or support any political party or leader of Nepal.
ज्ञानेन्द्र शाहले आठ मिनेटमै पुजा सक्काए अरे, कान्तिपुरले भनेको | बाँकी समय के गरे ? के ज्ञानेन्द्र शाह आठ मिनेट पुजा गर्न गएका रहेछन की के हो खास उद्देश्य ? यस्तो लुकी छिपी राजनीति गर्नु भन्दा त उनको नोकर “कमल थापा” को पार्टी सदस्यता लिनु मुनासिब होईन त ?
“( नराम्रो गालि) जंग बहादुरले कैलाली कंचनपुर नेपालमा नफर्कायको भय आज त्यो भारत् को हुने थियो” / यो गालि र बाक्य दुवै परिबर्तनज्युको हो/ जंग बहादुरलाई अरु कुरामा सायद गालि पनि गर्न सकिन्छ होला तर भारतको कब्जामा परेको नेपालको भुमि नेपालमै फर्कायकोमा गालि गर्ने परिबर्तनज्युहरुको सुन्न पढ्न मिठो लाग्ने कुरा भित्र के रहस्य लुकेको छ त्यो बुझ्नु पर्ने हुन्छ/
परिबर्तनज्युले तराईलाई मात्र मधेसीको स्वायत प्रदेश बनाउने पर्ने कुरामा जोड दियर यहि माई संसारमा लेखहरु लेख्दै आउनु भयको थियो/मधेशबादी नेताहरु सम्पूर्ण तराईलाई मधेश नाम दिन र तराईका अरु जनजाती आदिबाशी थारु मैथिली समेत मधेशीमा दराउन खोजेकोमा थारु मैथिलीले घनघोर बिरोध गर्यो/ थारु मैथिलीले मात्रै होईन मारवाडी र मुसलमान समुदायले पनि उनीहरु मधेसी नभयको भने मधेश्बादिको बिरोध गर्न थाल्यो/ अब आयर मधेशबादी नेताहरु पनि यक मधेश मुद्दा बात पछी हट्न थाल्यो र उप प्रधान मन्त्रि विजय गच्छदारले त् सम्पूर्ण तराईलाई यक मधेश बा यक थरुहट प्रदेश बनाउने कुरा असम्भव भयको भन्यो/ फेरी सत्तामा टिक्नको निमित यक मधेसबादीको काखमा लुत्पुतियाको बाबुरामको मावोबादीले बाहेक कांग्रेस यमाले लगायत देसको अरु दलहरुले समेत जातीय राज्य बनाउने कुराको बिरोध गर्यो/ यसमाथि अस्ति भर्खर चेपांग जातिलाई छुट्टै राज्यको माग गर भनेर बाबुरामले उक्सायाको लगतै प्रचान्द्र्ले अब बनिने राज्यहरु बहुजातीय बन्ने भन्यो/ तव न हिजो सम्म देस टुक्राउने धम्कि नदिय सम्म मधेसीको कुरा नसुन्ने भनेर यक मधेश को बिरोध गर्नेहरु प्रति आक्रोश पोख्ने, कैलाली कंचनपुर पुन नेपालमा फर्कायको कारण भारतीय बन्न नपायको जंगबहादुरलाई “साला” भनेर गालि गर्ने परिबर्तनज्युको सब्द र बाक्यहरु अजिव तरिकाले घुमेको छ तर उहाको सब्द र बाकी मात्रै घुमेको छ; आशय घुमेको छैन/
सम्पूर्ण तराईमा बसोबास भौगोलिक आधारमा दुई प्रदेस बने पनि मधेश टुक्राउन खोज्यो भनेर चर्को बिरोध गर्नेहरुको नेपालको बाकि भागमा जातै पिच्छे राज्य बनाउन उक्साउने माथिको लेखको आशय सायदै कसैले नबुझला/अहिले परिबर्तन ज्युको गुलियो सब्द र बाक्य भित्र नेपालमा जातीय झगडा निम्त्याउने बिखालु तितोपन लुकेकोछ/ कैलाली कंचनपुर पुन नेपालमै फर्कायकोले भारतीय बन्न नपायकोमा जंगबहादुरलाई “साला” भनेर गालि गर्नु हुने परिबर्तान्ज्युको मिठो सब्द पनि कसैले कसैलाई घांटी निमोठ्न मात्रै अंगाल्न खोजेको जस्तो छ/
पुर्ब राजा ले फर्कन रहर गर्नु स्वाभाविक हो ,स्वाद पैसकेकोले सत्ता खोज्नु लाइ तेत्ति नौलो न मानौ |तर इतिहास पछिफर्कन गाह्रो छ ,सबै मान्छे लाइ स्वतन्त्रता प्यारो हुन्छ | जुन मुल्यमा भएपनि हामि स्वतन्त्र भएका छौ ,अब को चुनौती भने को आफै सम्हालिनु र दह्रो भएर टेक्नु हो |जुन समय काल ,अभ्यास सगै सबै नेपालि ले सिक्ने छन् |
खुसि मान्नुपर्ने सबै नेपालि ले के मा भने ,आज जनता को ,किसान को छोरा ले पनि अब देश चलाउन पाउछ |नत्र सासन गर्न राणा, र साहा ले मात्र सक्छन भन्ने एउटा भ्रम थियो |
दुख को कुरा देश केहिसमय को लागि बाजे हरुको होम गर्ने चरु जस्तो भएको छ ,कहिले
पालैपालो सत्ता मा बस्ने कुरा गर्छन ,कहिले चक्रिय को कुरा गर्छन |तर बादर को हात मा सधै नरिबल बस्दैन ,उछिट्टर जब मान्छेको हात मा पर्छ अनि तेस्को उचित सदुपयोग हुनेछ धैर्य गरौ |
अब हुने चुनाब ले ,धेरै सुद्दिकरण हुनेछ | जाति जातिको यो कृत्रिम द्वन्द धेरै हद सम्म तेस्ले पनि शान्त पार्नेछ |
गणतन्त्र आएपछि ४० लाख इन्डियन ले एकैचोटी नागरिकता पाएको कुरालाई हिन्दुको संख्या बढ्यो ८० बाट ८२ मा पुग्यो भन्ने रुप मा न लि इ देश मा बिदेसी घुस पैठ भयो भन्ने रुप मा लीनु पर्छ |सबै क्षेत्र बाट तेस्को बिरोध हुनु पर्ने मा केहि नेता र जनता कान मा तेल हालेर बसेको पनि देखिन्छ |जुन घातक कुरा छ सबै नेपालीको लागि |
जुन जुन जातिहरु पढे ,शिक्ष्या छेत्र मा अगी बढे उसले पोजिसन लिएको कुरालाई धेरै स्वाभाविक र अलिकति धादली को रुप मा मात्र बुझौ | अब बन्ने नया संबिधान ले र आगामी दिन मा परिस्थिति चेन्ज हुदै जादा यी सब मा परिबर्तन आउनेछ |
अब जातिपाति को भागबण्डा भन्दा पनि जाति पाती बिहिन समाज को परिकल्पना गरिनु पर्छ |त्यो दिर्घ कालिन समाधान हुनेछ देश का लागि ,नत्र जनजातिले बाहुन्छेत्रिलाई गालि गर्ने ,बाहुन छेत्री ले जनजातिलाई आरोप लगाउने परिपाटी दिर्घ काल सम्म चल्नेछ |
समर्थन!
अलिकति कुरामिलना नसकेको मात्र पछिल्लो परिच्छेदमा हो! हुनसक्छ बुझेको विभेद हो!
मा नेपालको शंघियतामा राज्यहरुलाई स्थानीय वा क्षत्रिय एइतिहाशिकता बाट नामाकरण गर्दै आदिबाशी रैथानेहरुलाई उनीहरुको संरक्षण गर्दै पिछाडीयका जाति र वर्गहरुको उत्थान गरि समकालीन नेपालको अन्य जाति को हाराहारीमा उतार्न र समतामुलक समाज र राज्यसस्था स्थापनार्थ सहभागिता दिलाउने हेतु हालको स्थानापन्न विरोधाभाष हटाउन उनीहरुलाई अलिक आड दिदै अगाडी धकेल्नको लागि दिनुपर्ने र दीयिने सिमित साधन श्रोत र समयको अग्राधिकार आदि कुरालाई जातिपातिको भागबण्डा आदि भनेर बुझ्नु वा भ्रम फैलाउनुलाइ मा उचित मान्दिन र मलाइ तेसो लाग्दैन र यो होइन पनि!
पछाडी परेकालाई वा तल परेकालाई अघि ल्याउन केहि बल उनीहरुको हक र हितमा प्रयोग गर्ने पर्ने हुन्छ र उनीहरुको हक हितमा बिशेष प्रयोग गरियको बललाई अर्को पक्षको बिरुद्दमा प्रयोग गरेको भनेर बुझ्नु नितान्त गलत हुनेछ भनेर मान्छु मा, हो कहिले काही केहि दुरुपयोग वा अपबाद हुन सक्नेकुरा मान्न सकिन्छ!
जेहोस ज्ञानेंद्रको राजगद्दीमा बसेर मर्ने सपना तेस्तै हो तर राजा भयर मर्ने सपना यी केहि आरौटे हरुले राजगुठी खोलेर पुरा गरिदियो भने सर्वथा ठिक हुनेछ! अब नेपालमा फेरी राजतन्त्र फर्कियर राजा बन्ने सपना र यहाका केहि मनुवा हरुले राजा आयमा देश बच्न्छ, राजा औ देश बचाउ, देश बनाउ वा राजा आयमा देश कायापलट हुन्छ आदि आदि कुरा भनेको साढेको पनि होइन साढेको मुर्ति पछाडी त्यो झर्ने आसामा श्यालले मुख बायर बस्ने स्यालको नियत र दशा भन्दा फरक केहि छैन!
बरु एउटा पार्टी खोलेर एजेन्डा सहित चुनाबमा गइ जितेर देखाई देश बनाउने होकी ज्ञानेन्द्र जी? (अब, जति भोक लागेपनि बाघले घास खादैन भन्या जस्तै, राजा हु नेता बनेर चुनाब लड़िदैना, भन्ने होला) उसो त यही दुइ चार हजार चम्मर लियर हम्किने हरुकै जयजयकार मा राजा भै तोपले भै हाल्योनी! कि कसो?
यो जनै जति हरु आफै बोक्सी आफै झाक्री भनेको एई हो, सदियौ देखि खाएको बनि अब जन जति ले पाउला, समानता होला भनेर कति सरो उखान टुक्का दिन सकेको , लौ हरियो आउने त नेपाल को गरि खाने नै भनौद नै होला, Start 😉 Full नाम दियौ हौ comment मा , था हुन्छ
अरे बाबा राजा ले देश घुम्न नपाउनु भन्ने केहि छ, राजा आउँदा बन्द गर्न खोज्ने पार्टी सानो मस्तिस्क र सकिरना विचार भएको पार्टी हो, मेरो देश मा जो सुकै आउन जाउन मलाई मतलब छैन / चाए राजा आउन, चाए पंचा आउन चाए एमाले कांग्रेस वा माओबादी खाओबादी आए पनि देश को भलो गर्नु पर्यो देशको लागि सोच्नु पर्यो/ अहिलेका सडेका गलेका पार्टीलाइ तह लाउने अहिलेको अवस्थामा एउटा सक्तिसाली पार्टीको एकदम जरुरि छ छ हामीलाई /
माईसंसार मा कमेन्ट हेर्दा त जातीय युद्द नै चर्किएको जस्तो लागो/मेरो विचार मा लेखक ले भने झैँ ज्ञानेद्र ले अस्तित्व को खोजि गरे जस्तो लाग्दैन किन कि बाघ ले मरेको सिनो को सिकार कहिले गर्दैन बरु यस स्तम्भ मा लेखक ले धेरै समय पछि जातियता को मैदान मा युद्द गराउने मनसाय भन्दा अरु केहि बुझिन्न /तपाई लेखक न भएर नेता बने राम्रो किन कि लेख मा भन्दा जातियता को वोकलत पार्टी खोलेर गरे बेश / कम से कम तपाई को लेख पडेर कमेन्ट गर्ने हाम्रा ससांक सर हरु ले धेरै समय खर्चनु त पर्दैन कि कसो???
सम्भैधानिक नेपालका नागरिकका नाताले ज्ञानेन्द्र शाह होस् वा छबिलाल दाहाल अथवा माधबकुमार नेपाल वा कमल थापा वा कुनैपनि बुधुना नागरिकलाई लाइ देशको कुनै पनि इस्थान, जाहाँ सर्बसाधारण नागरिक लाइ आवतजावत गर्न संबिधान र काकुन ले रोक छेक गरेको छैन भने कुनैपनि बेक्ती, संस्था, राजनैतिक वा धार्मिक संस्था वा तिनका आतेपाते ले रोक छेक गर्न मिल्दैन/
पूर्व “श्री ५ महाराजधिराज ज्ञानेन्द्र बिर बिक्रम शाह देब” र बर्तमान ” ज्ञानेन्द्र शाह” लाइ देश भर्मर्ण गर्न बाट रोकछेक गर्नु र ” निरङ्कुश” र “तानासाही” पंचाएती साशनकाल मा तत्कालिन सरकार र इस्थानिए सी डी ओ र अन्चालाधिस ले कांग्रेश, एमाले का नेताहरुलाई खोज्दै जेल हाल्दै गर्नुमा के फरक छ?
एधि, नेकां, माओबाधि,एमाले हरुलाई जनताको बिस्वास र मत प्राप्त छ र जनतामा ई राजनैतिक ( केवल भनाई का मात्रै ) पार्टी हरुमाथि बिस्वास छ भन्ने लाग्छ भने किन ” एक ” बेक्ती सित देशका यत्ति ठुला, आफुलाई अझिन्गर सम्झने, मैहुँ भन्ने पार्टी हरु थर थर कामेका? किन मावोबाधि लाइ ज्ञानेन्द्र शाहको नाम सुन्ने बित्तिकै ज्वरो आउनु? यसले के जनाउछ ? केवल एउतै कुरो… कि ई राजनैतिक पार्टी भनाउदाहरु लाइ थाहा छ कि देश र जनता बिस्तारै राजा बादी बन्दैछन, देश र जनता ले महसुश गर्दैछन कि राजा फालेर गलती भएछ/
ईतिहाश भन्ने कुरो कालोपाटि मा चक ले लेखेर डस्टरले मेटिने कुरू भाको भए मावोबाधि ले सब्बै भन्दा पहिला ” १५ हज्जार ” सर्बसाधारण नजताको हत्या ले पोतिएका रगत्याम्ये हात पुछ्थ्यो होला मेटथ्यो होला , गुरिल्ला राजनीति को नाममा कमाएको अर्बौ को हिसाब मेत्थ्यो होला, कांग्रेशले आफ्नै कमि कमजोरी मेतिदिन्थ्यो होला र एमालेलेपनि सोहि अनुसार गर्थ्यो होला, तर ईतिहाश कसैले मेटेर मेतिन्दैन.ईतिहाश बनाइन्छ, र जब ईतिहाश बन्छ, त्यो कसैले मेटेर मेतिन्दैन, भलै चाहे त्यो गलत्नै किन नहोस.
जातीय नारालाई प्राथमिकता दिई देशको भाग्दौर सम्हाल्ने सपना बोकेका ” गुमरालि ” हरु जसरि आफुलाई नेपालको आधिबाशी का रुपमा सम्झनुहुन्छ, तेस्सै गरि अन्य जनजाती हरु पनि येहिदेशका नागरिक हुन् र “प्रजातान्त्रिक ” संमाज मा “बहुमत” को मान्यता हुन्छ भन्ने कुरो लाइ नबिर्शी, प्रजातान्त्रिक बेबहार प्रस्तुत गर्न सक्नु पर्यो/
बाहुन को छोरो, छेत्री को छोरो ले मात्रै देश चलायो भनेर ऋषराघ का आधारमा देशलाइ ” जातीय” आगोमा झोस्नु काहाँ सम्म जाएज हो ? देश चाहे बाहुनले चलावोस, वा छेत्त्रीले, लिम्बुले वा राइले, गुरुङ ले वा मगरले , नेवारले वा गुप्त्ताले त्यो ठुलो कुरोकी देशको आर्थिक, शैछिक, र जनस्वास्थ्य र निम्न बर्गीए बुधुना नागरिक को दैनिक आएस्रोत मजबुत पार्ने जोकोही जुनसुकै जातको ले चलावोस त्यो ठुलो कुरो ?
राजतन्त्र ले देशलाई कुनै फैदाई गरेन गर्न, सकेन तेस्मा मेरो दुइमत छैन, चाहे राजशी बिलाशिताले अन्धो बनेर देशको हालत देख्न सकेनन वा ‘सरकार सरकार ” गर्ने हरुको हुलले रोकेर देशको नाजुक हालत देख्न सकेनन, सबलाई थाहा भाकै कुरो हो, तथापी: राजतन्त्र को विस्थापन पूर्व र पश्च्यात कुनचाहि पार्टी, कुन बेक्तिले राजाले गर्ने नसकेको काम गरेर देखायो?
समस्या येहाँ ज्ञानेन्द्र स्वएम पुन राजगद्धी को मागगर्नुको होइन, समस्या यहाँ जनता बिस्तारै ” राजा आउ, गद्दी चलाऊ ” भन्नुको हो/
एधि बर्तमान राजनैतिक पार्टी भनौदा हरु को खोपडीमा अलिकित्ति पनि दिमाग छ भने ज्ञानेन्द्र शाह लाइ र निजको कुपुत पुत्तर ” पारश” साहलाई होइन, मानार्थ नमुना राजा का रुपमा कि बिरेन्द्र शाह कि नातिनी लाइ पुनर्स्थापना गर्न सकिन्छ होइन भने ज्ञानेन्द्र शाह को नाति लाइ राजाको रुपमा इस्थापना गर्न सकिन्छ, किन भने एधि कथम कदाचित ज्ञानेन्द्र को खोपडीमा बुध्ही रैछ र भारतले साथ् दियो भने एउतै मात्रै उपाए भनेको सैनिक “कु” गरि फेरी राजसत्ता लिनुहो र एधि ज्ञानेन्द्र शाह तेसो गर्नमा सफल भयो र अन्तारास्त्री सरकारहरुले निजलाई मान्येता दियो भने आज आफुलाई सिंह सम्झने मावोबाधि भोलि रुझेको बिरालो बाहेक केहि हुने छैन, तर ज्ञानेन्द्रको चान्स टिक टिक टिक गरि जादैछ किनकि मावोबाधि को प्रमुख राजनैतिक पूर्वदर्शन जहान उ आफ्ना हज्जारौ गुरिल्ला हरुलाई नेपाल सेनामा राख्न चाहन्छ तेस्को कारर्ण सिर्फ १, छ एधि सेनाले कु गरि ज्ञानेन्द्र को साथ् दिएमा बर्तमान गुरिल्ला हरुले ले साथ् दिने छैनन् भन्ने मात्रै हो /
लु हौ लु , प्रजावत्सल, एकताका प्रतीक, शान्तिप्रेमी, धर्मात्मी,राष्ट्रवादी,स्वदेश चिन्तक, कवि, दुरदर्शी…. श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बिर बिक्रम शाहदेव – अब त खुश !!!!!
मैले राखेका कुरामा प्रतिवाद गर्न नसकेर रन्थनिएर रातो बुढी औंला थिच्दैमा राजतन्त्र फर्किने होइन क्यार ! कोठामा बसेर बुढी औंला थिचेर आफ्नो आस्था जनाउनेहरु मैदानमा कहिल्यै आउन सक्दैन भन्ने कुरा घाम झैं छर्लंग छ | किबोर्ड चलाएर समर्थन जनाउँदैमा कोही राजा हुने भए त माइसंसारको उमेस श्रेष्ठले जसलाई पनि राजा बनाउन सक्छ | हरियोलाई रातो र रातोलाई हरियो गर्ने सबै चाबी उनैसंग छ | हरियो र रातो बुढी औंला देखेर कोही पनि मक्ख नपरे हुन्छ |
भन्न खोज्नुभएको के हो लामाजी ? उमेश श्रेष्ठले मनोमानी हरेक प्रतिक्रियामा हरियो र रातो बनाउछन् भन्ने भ्रम पालि लघुताभाष महसुस गर्ने व्यक्ति किन उहाँकै ब्लगमा किबोर्ड चलाउनु हुन्छ ???? माइसंसारले बिचार र विमर्श पस्कने हो, पाठकलाई सु-सुचित गर्ने हो, कसैलाई हरियो र रातो गनेर राजा बनाउने काम गर्दैन !!
बिचार बाझिनु पर्छ, बहस हुनुपर्छ, प्रणाली र पद्धति निखारिन कस्मकस हुनुपर्छ / सबै तपाइकै बिचारमा सहमत हुनुपर्छ र ?
– प्रजातान्त्रिक पद्धतिमा बिश्वास गर्नुहुन्छ भने जनमतको कदर गर्न सिक्नुस / हेस्नुस, सतरंजमा कहिले काँही सिपाहीले मन्त्रीलाई चेक गर्छ, मार्छ / सबै परिस्थिति र समयको कसीमा कति टिक्ने कति नटिक्ने भन्नेसम्मको कुरा हो /
योगेश भाइले मलाइ गलत रुपमा बुझे, मैले हरियो र रातो बुढी औंलाले केहि माने राख्दैन भन्न खोजेको! उमेश श्रेष्ठले त्यस्तो गर्छ भन्न खोजेको होइन है! मैले कोहि पनि राजावादी हुन पाइन्न भनेर उर्दी गर्ने कुरो पनि आएन| जेमा आस्था राख्न पनि सबैलाई छुट छ| तर यो ठिक र यो गलत भनेर मेरा देशवासीलाई सुनाउन मैले पाउँछु क्यारे! म व्यक्ति विरुद्व कहिले जान्न, प्रवृतिको विरुद्वमा बोल्छु| बुढी औंला थिचेको भन्दा बहसमा उत्रेको म मन पराउंछु| कमेन्टको लागि धन्यवाद! तर संधै शशांक दाइ भन्ने मानिसले आज लामाजी भनेर सम्बोधन गरेको चाहिं अलि खटक्यो- आक्रोशित भएको महसुस भयो|
शसांक ज्यु
राजा र राजतन्त्रको बिरोध गर्ने अधिकार तपाई सिट छ त् गर्नुस बिरोध/ तर नेपालमा राजा र राजतन्त्रमा अझै बिस्वास र आस्था राख्ने नागरिकहरु पनि छन्/ तपाईं सिट उनीहरुको बिरुद्ध बोल्ने व्यक्तिगत अधिकार छैन/तपाईंको मत ठिक कि उनीहरुको मत ठिक भनेर जनमत लिने अधिकार छ/ तर तेस्को लागि हिम्मत पनि चाहिन्छ र लोकको मतको सम्मान गर्ने नियत पनि हुनु पर्छ/ रातन्त्र पुरातन ब्यबस्था हो त्यो समय अनुकुल चलन नसके ढल्ने ब्यबस्था हो भने देसमा कसको शासन र कस्तो ब्यबस्था चाहिन्छ भन्ने यक मात्र अधिकारि देसको नागरिकहरु नै हो; ई राजनीतिको कोठी चलाउने नेताहरुको मात्रै होईन/
राजाको राजतन्त्रमा लाई गलत बाटोमा हिडाउने ईने नेताहरु हुन्/ राजाले फाले पछी मात्रै ईनिहरु राजतन्त्रको बिरोध गर्न थालेको हो जनताको अधिकारको लागि होईन/ जनताको लागि ईनिहरुले राजतन्त्र फालेको हो भने ईनिहरुले संबिधान सभामा आफ्ना बुलदग र ब्वाँसा जस्ता पार्टीको लागि भुक्ने तोक्ने हरु जनताले चुनेको सभासद हरु भन्दा बढी नियुक्त गर्ने थियनन/ चुनावमा जनताले फालेको नेताहरुलाई प्रधान मन्त्रि बनाउने थियनन/ कोठे सहमतिमा देसको शासन ब्यबस्था कब्जा गर्न नसके अपांग बनाउने थियनन/ आफ्नै नेत्रित्वोमा चुनावी सरकार नबने देसमा अस्थिरता बनाईराखने धम्कि दिने थियनन/
लोकतन्त्र र राजतन्त्रको बिचमा चुन्नु परे सबैले लोकतन्त्र नै छुन्छ/ तर यस्ताको शासन र ज्ञाने को बिचमै मात्र चुन्नु पर्ने अबस्था आयमा जनताले कसलाई जनताले चुन्छ भनेर जानेरै ई चिनेको चोरहरुले जनमत गराउने कुराको बिरोध गर्दै आयको हो/
शशांकदाजु, माफ गर्नुहोला कि मैले तपाईलाई अर्कै व्यक्ति सम्झेर प्रयोग गर्दै आएको आदरार्थी शब्दको प्रयोग नगरी औपचारिक रूपमा मैदानमा उत्रिए / हजुरले एस लामा मात्र लेख्नु भएकोले म भ्रमित भए ! मैले कसरि बुझ्नु कि तपाइले विभिन्न नामले लेख्नुहुन्छ भनेर !!?
कपी गरेर पेष्ट गर्नु अल्छी लागेर नाम अंग्रेजीमा लेखेर पठाएको| म त्यो नाम प्राय प्रयोग गर्दिन| तर योगेश भाइसँग बहस गर्न मज्जा लाग्छ|
If I am not wrong, the Blogger (Umesh Shrestha) is using a kind of plugins in order to provide interactive “Thumbs UP/Down” options.
Such plugins cannot be manipulated from the Dashboard, meaning the Blogger technically has no control over who likes/dislikes but, he obviously has full control over the posts.
Such plugin are either controlled by your IP or MAC address, meaning you cannot vote for a post more than once. Having said, there is a possibility for everyone to manipulate the likes and dislikes by using various proxies or software. But the things to remember is – those option costs money, so do you really want to spend money for such things, well I don’t.
Just my two cents.
हाउगुजी देखायर तर मार्न पल्केका यी नवराजाहरु हाउगुजी देखायर नेपाली जनतालाई अझै मुर्ख बनाउन छोडेका छैनन् (देश बिकाशको तर आँखा तानी मर) ! के हामी नेपाली जनता प्रचण्ड खनाल सुसिल गद्देदार का पेवा हौँ ??? के हामि अझैपनि गनेंद्र बेठिक नवराजाहरु ठिक भन्ने बहसमै समय खेर फालेर हामि आफु चाँही सहि छौ भन्न खोजेका हौँ ? होइन भने,,,,,,,हाम्रो म्यान्डेट सबैले गुमैसकेका छन् ! नया म्यान्डेट को आबस्यकता छ, त्येसले फेरी ज्ञानेन्द्रलाई राजा बनावोस या नव राजाहरुको अन्त्य होस् ! कुहियाका आलुले अरु राम्रा आलुलाई पनि कुहियौछ ! त्येसैले एक नेपाल सबैनेपली एक !!!!!!!
ज्ञानेन्द्र * बिर बिक्रम बाट ‘ज्ञाने’ भएको ५/६ वर्ष भयो होला ….. हिजो शक्तिशाली राजतन्त्रलाइ टुक्र्याएर राजालाई अलग / तन्त्रलाई अलग बनाउदै …… राजालाई फालेर लोकतन्त्र ल्याउने पनि हामी नै हौ ….लोकतन्त्रले भएन भनेर झोकतन्त्र हुदै गणतन्त्र भनाउने पनि हामी नै हौ……अब हुदाहुदा यो गणतन्त्र ले भएन भन्दै कम्युनिस्ट सिद्धान्त बोकेका भनौदाले जनवादी-गणतन्त्र बनाउन खोज्दैछन….अब हेर्नुस त ! सबै शक्ति खोसिएको भनिने सर्वसाधारण मा गनिने व्यक्तिलाई स्वतन्त्र घुमदुल गर्न नदिएर भ्रमण नै अवरुद्ध गर्ने अनि राजतन्त्र र ज्ञानेन्द्र * को दिन सकियो भन्नु को फरक के रहयो अब ?????????? “लाग्छ कि यो ५/६ वर्षको वर्वादी र लोकतन्त्रवादी भनौदो नेता अनि तिनका पुच्छरमा झुन्डिने केटाहरुको गतिवधि हेर्दा ज्ञाने फेरि सच्चिएको ज्ञानेन्द्र-बिक्रम भएमा त्यो पनि स्वीकार्य हुनेछ”
काउंचाज्यु
नेपाली जनताले ज्ञानेन्द्रलाई “ज्ञाने” बनायको भय आज सम्म नेपालमा लोकतान्त्रिक संबिधान र लोकको मत चुनीयको बात मात्रै लोकतान्त्रिक संबिधान बनि सकेको हुने थियो/ जनताले ज्ञानेन्द्रलाई ज्ञाने बनायको भय ज्ञाने नागार्जुनको दरवारमा रहन सक्दैनथ्यो/ ज्ञानेन्द्रलाई ज्ञाने बनायको ” गंगालालहरुलाई मार्ने राना राजालाई पुन गद्दीमा बसाल्ने, ४० लाख बिहारिहरुलाई संबिधान कानुन मिचेर नागरिकता दिन नमान्ने टनकपुर दिन नमान्ने बीरेन्द्रलाई मार्नेले हो नेपालको जनताले होईन” /
राजतन्त्र सदा टिक्ने शासन पद्धति होईन/ राजतन्त्र ढिलो बा चांडो हट्ने ब्यबस्थानै हो/ हिजो तलवारको बलमा शासन चल्ने अबस्थामा राजतन्त्र बन्यो चल्यो पनि/ तेतिबेला तलवार खुकुरिकै बलमा देसहरु बन्ने गर्थ्यो/ तर अहिलेको अबस्था तेस्तो छैन/ अबको शासन ब्यबस्था जनताको मतमा बन्छ चल्छ/ जनताले चाहे राजा र राजतन्त्र पनि टिक्न सक्छ भनेर आज पनि बिकशित मुलुकमा मात्रै होईन लोकतन्त्र प्रजातन्त्रको जननी मानेको देशरुमा राजतन्त्र रहेकोले देखाउंछ/ आज लोकतन्त्रको नारा लगाउने कांग्रेस यमाले र मावोबादी समेतले १२ बुंदे सम्झौता हुनु भन्दा अघि सम्म राजाबादी नै थियो/ मावोबादिले जनयुद्ध पनि राजतन्त्र हट्नु पर्छ भनेर माग राखेर गरेको थियन/
जनताको मत के छ नबुझ्नेहरुको आपसी सहमतिको बिकल्प हुँदैन भने तेस्ताको लोकतन्त्रमा लोकको राज हुँदैन/ यस्तै चुनावमा हारेको, दिल्लीले बसालेको नेताहरुको राज चल्छ/ भन्नुको अर्थ ज्ञानेलाई फेरी गद्दीमा बसाल्नुपर्छ भनेको होईन/ गद्दीमा कसलाई राख्ने बा गद्दी हटाउने बा नहटाउने यो कुरा जनताको मत बात हुनु पर्थ्यो दिल्लीको निर्देशन बात हुनु हुँदैनथ्यो मात्रै भन्न खोजेकोहो/
भुरा ज्ञानेन्द्र पनि नेपालको एउटा राजनीतिक सक्ति बोकेको ब्यक्ति हो| उनका पछाडी कमल थापा एण्ड कम्पनी छ| जसरि पंचायती व्यवस्थालाई हामीले मन नपराई मननपराई ३० बर्षसम्म मान्यौं, त्यसरी नै ज्ञानेन्द्रको सान्दार्भिकता नसकुन्जेल मान्नैपर्यो| त्यस्तै माओवादी पनि नवउदय ठुलो शक्ति हो, त्यसलाई पनि मन नपराउने धेरै छन्| तर त्यो शक्तिलाई पनि उसको शक्ति रहुन्जेल त मान्नै पर्यो नि होइन र ? एमान्ग्रेसको चमेरो स्वभावले गर्दा त्यसको के कुरा गराई भयो र ? अरु भारेभुरे त राजनीतिक खालमा च्याँखे थाप्न मात्र आएका हुन्| शुरबीर च्याँखे थपुवा चाहिं चित्र बहादुर के सी हुन्| ज्ञानेन्द्र हिंडने बाटोमा तघारो तेर्स्याएर माओवादीले नजाती काम गरेका हुन, तर शिवरात्री पनि होइन, आम निर्वाचन पनि होइन, ज्ञानेन्द्रले यो बोलबम शैलीमा तीर्थयात्रामा गएर कसलाई चुनौती दिएको हो भन्ने कुरा त घाम झैं छर्लंगै छ नि! आफु तल परेको बेला बित्थाको जोरी खोज्नु हुन्न क्या! आफ्ना पालामा ज्ञानेन्द्रले बिरोधीहरुलाई के गर्थे भन्ने कुरा यहाँ लेखिरहनु पर्ला र ? सपरिवार र केहि अर्दलीहरुलाई लिएर हजारै चोटी देश घुमेपनि उनलाई कसैले रोकटोक गर्दैन|
कमल थापाले भाडामा राखेका छन कि कसो हो रातो टीको लाउँन?
कि ब्रेन वाश हुने हरुको संख्या बढेर गएको हो? बुझ्नै सकिएन बा…
शशांकजीको ठीकैको कमेन्टलाई पनि नसहने कस्ता होलान?
स्वार्थी र केवल स्वार्थी, जाली, फटाहा यी नया नेताहरु भन्दा देश र जनता को लागि राजा कैयन गुना राम्रा छन्….
गाइ चतारिन्छ गाइ चतारिन्छ तरुनी देख्दा मन बतारिन्छ ….. अहिले का नेता भनाउदा हरु को हर्कत देख्दा यो धुर्मुसे को गाना पनि एकदमै गाउन मन लाई रा छ भन्या. …………………..
उहिले उहिले नेपालको जनसंख्या पुगनपुग १ करोड छ भनेर एक दशक जति रटान गरेका थिए| हिन्दु ९० % भन्थे| जनसंख्या बढेर २ करोड नाघिसक्यो| हिन्दु ८० % मा झर्यो| यो ८० % पनि तथ्यांक नभएर सोह्रै आना मिथ्यांक हो| ०४६ सालदेखि यता नास्तिकहरु पनि धेरै जन्मेका छन्| धर्मसंग बाल मतलव नराख्ने पनि बग्रेल्ती छन्| वास्तवमा सरकारी फारम भर्दा यो ‘धर्म’ भन्ने बुँदा नै हटाउनु पर्छ, बरु अमेरिकामा जस्तो कुन राजनीतिक आस्था हो, त्यो लेख्यो भने चुनाव हुनु अगावै नतिजा छर्लंग हुन्छ| मानिसलाई धर्म अनुसार गणना गर्ने चलन उहिलेको खुइले चलन हो |
यति राम्रो कमेन्ट मा कति साह्रो dislike हो?
:O
शसांक ज्यु
ठिक भन्नु भयो/ सरकार र ब्यबस्थाको कुनै पनि पदमा नियुक्त हुन् “योग्यता चिनाउने नाम र डिग्री” मात्रै अनिबार्य गर्नु पर्छ धर्म र जातिको होईन/
पुर्ब राजा पनि देस का नागरिक हुन् ,उनले देस घुम्न पाउनु पर६ ,तो देस को माया उनलाई पनि छ /प्रचण्ड र बाबुराम मा भन्दा पूर्व राजा मा रास्तियता छ /नागरिकले देस घुम्न पाउनु उसको अधिकार पनि हो/
-” नेपाल राष्ट्रको एकता र नेपाली जनताको साझा आस्थाकेन्द्र नेपाली राजसंस्था – अनेकतालाई एकतामा आबद्द गर्ने स्रोत नेपाली राजसंस्था । “” राजसंस्थाप्रति अगाध आस्था र विश्वास ब्यक्त गर्नुपर्ने कारणहरू हाम्रो गौरवमय ईतिहास, परम्परा, धर्म र संस्क्रीतीहरू हुन् । अनेकतालाई एकतामा आबद्द गर्ने स्रोत राजसंस्था हो । “-नेपालको सन्दर्भमा २४० वर्षदेखि राजसंस्थाले नेपालरुपी घर विग्रन–भत्कन दिएको थिएन। जस्तोसुकै अप्ठ्यारा परिस्थितिमा पनि आफ्नो स्वाभिमान बचाईराखेको थियो। बिदेसी दलालले (राष्ट्रद्रोहीले) बिदेसीसँग मिलेर नेपाल बारे बिभिन्न सम्झौता गरे पनि राजसंस्थाले हामी नेपाली हौ भन्नेमा गौरव गरी राखेकै थियो हामी नेपाल र नेपालीलाई। जनतासामु झुक्ने तर विदेशीको पाउ कहिल्यै नमोल्ने राजसंस्था जनतासामु झुक्यो। तर नेपाली जनताले त्यस्तो राजसंस्थालाई अझै चिन्न सकेका छैनन। जसले घर बनायो उसलाई र उसको सन्ततिलाई त्यो घरको माया सबभन्दा बढी हुन्छ। घर बनाउनले आफूले बगाएको रगत र पसिना सम्भि्करहन्छ। उसले आफ्नो सन्ततीलाई भन्छ सन्ततीले पनि यो मेरो पुर्खाले जोडेको सम्पत्ति हो यसलाई जोगाउनु पर्छ भन्ने कुरा सम्भि्करहेको हुन्छ र जोगाउने कोशिस गर्छ। नेपाल यतिका वर्षसम्म राजसंस्थाले बचाएर राखेको हो भन्ने कुरा अब प्रष्ट भैसकेको छ।
एम बि नेपाललाई दास हुनु अझै पुगेको रहेन रहेछ! कठै ! २१ औं शताब्दीमा पनि कस्तो पौराणिक सोचाइ ! साह्रै ठीट लाग्यो !
मेरो विचारमा अहिलेको राजनीतिक टोलि प्रमुखहरुले नेपाललाई चार बर्षमा नयाँ संविधानको “स” पनि दिन न सकेकोले राजा ज्ञानेन्द्रको पछी लाग्ने नेपालीको ताँती बढ्नु हो।
दुइ शताब्दी भन्दा बढी इतिहास बोकेको नेपालको शाह-बंशमा हिंगको टालोमा झैँ हिंगको बास्ना छ। २०६३ बैसाख देखि हिसाब गरेमा नेपालको राजतन्त्रको नंग, दाह्रा र सिंह न भएको ६ बर्ष ५ महिना (७७ महिना) भै सक्यो।
राजा ज्ञानेन्द्रको सामाजिक, धार्मिक, राजनीतिक वा अन्य भ्रमणलाई माओबादी, नेपाली कांग्रेस, एमाले र अन्य राजनीतिक दलहरुले बन्द र बिरोध गरि बिथोल्न खोज्दा झन् झन् राजा ज्ञानेन्द्रको महत्व बढेको जस्तो मलाई लाग्द छ। आम नेपाली अनुसार नेपालमा डुल्न, पुजा पाठ गर्न, आफ्ना हितैषी भेट्न राजा ज्ञानेन्द्रको अरु झैँ समान अधिकार छ। नेपालको अन्तरिम संविधान २०६३ र प्रचलित कानुनको उलंघन गरेमामा राजा ज्ञानेन्द्रपनि न्यायको दयारा भित्र स्वतः परि हाल्छ।
नेपालीहरुले यी ६/७ बर्ष देखि धेरै दुख पाई रहेका छन् तसर्थ यी हुतिहारा माओबादी, नेपाली कांग्रेस, एमाले र अन्य राजनीतिक दलहरुलाई सत्बुद्दी आवोस र नया नेपालको मार्ग खुलोस भन्ने कामना गर्द छु।
सुरज नेपाली
……..बिगत का चुनाव मा मैले कांग्रेस , एमाले र माओबादी समेत लाइ भोट दिएको मा मलाई अहिले पश्यताप लागिरहेको छ, अत: अब आउने चुनाब मा म यो गलती कदापि दोहोराउने छैन अनि हजूर हरु नि ? ?
जातीय पहिचानको प्रदेश खोज्नेलाई बिखन्डनवादीको बिल्ला भिराइन्छ भने हिन्दुराज्य खोज्नेलाई पनि धार्मिक बिखन्डनवादी किन नभन्ने ?
कुरो त सही हो है |
धर्म मान्दा भैहाल्यो नि| देश र धर्म को के सम्बन्ध ?
इमेल ठेगानामा भने जस्तै यो लेखलाई त एउटा शिर्षक दिएर त्यसभित्र मनमा ‘लागेका कुराहरु’ सबै छेउ न टुप्पोसंग लेखेका रहेछन | पढ्दै जति तल तल गयो, त्यति नै केको बारेमा लेखेको हो भन्ने नै बिर्सिंदै जाने | फेरी जातीय विभेदबिरुद्ध अरुलाई पाठ सिकाउन खोज्दा, अरु दुई जातिलाई चाहिं घोक्र्याऊन खोजेको जस्तो लग्यो | तथ्यहीन केहि तर्कहरु पेश गरेर जेठ १४ पछि सेलाएको जातीयताको बिबादमा हामीहरुलाई फेरी तान्ने गलत नियत हो कि जस्तो पनि लाग्यो |
भुरा ज्ञानेन्द्रलाइ ओलांगचूंग गोलादेखी दार्चुलासम्म सम्म हिंडने पुरापुर छुट छ | तर बोलबम शैलीमा किन हिंड्नु परेको होला? अहिले शिवरात्री त होइन क्यार! पशुपतिनाथले नै उनलाई रक्षा नगरेपछि अरु भारेभुरे देवी देउताले के खाएर रक्षा गरोस! मनोकांक्ष पुरा गर्नेनै हो भने तिरुपति बालाजीलाई खुशी पारेको खण्डमा जरुर आशिर्वाद प्राप्त हुन्छ|
भुरा ज्ञानेन्द्र शाह, कमल थापा, एमान्ग्रेस र अखण्डवादीहरुको मिलन बिन्दु भनेकै हिन्दुराज्य हो, जुन ८० % नभएर मुस्किलले ४० % प्रतिशत पुग्छ| त्यो पनि लाखौं अहिन्दुहरुलाई हिन्दु बनाएर त्यति पुगेको हो| गाउँ घरमा त्यस्तो झेल गरे गरे, तत्कालिन शाहीसेनामा सेकेन्ड लेफ्टिनेन्टमा आवेदन दिंदा मेरा शिक्षित दाज्युलाइ समेत धर्म लेखिएको ठाउँमा हिन्दु लेख्न धम्कीयुक्त सल्लाह दिइएको थियो| छनौटमै नपर्ला भनेर दाज्युले मुर्मुरिएर ‘हिन्दु’ लेख्नु भएको थियो| त्यसैले यो ८०% तथ्यांक नभएर मिथ्यांक हो, जबर्जस्ति हिन्दुकरण गर्न खोजिएको हो|
हो हो ठिक भन्नु भयो लामा बन्धु अब हिन्दु राज्य हैन क्रिस्चियन राज्य घोसना गर्नु पर्चा नेपाल एक क्रिस्चियन राज्य हो हिन्दु हरु २% छन् नेपाल मा तपाई हामी क्रिस्चियन हुम्नी तेही भयर क्रिचियन देस हो अब मन्दिर भद्कयारा चर्च बनाउने कि लामा जी परिबर्तन तपाई हामी मिलेर भात्कैदिम हुदैन नेपालमा हिन्दु छैनन् ८०% क्रिस्चियन छन् मुस्लिम पनि छैनन् किनकि तिनी हरु धर्म परिबर्तन गर्न मान्दैनन २% हिन्दु भाको देस मा ८० क्रिस्चिन लाइ किन चै क्रिस्चियन देस नभन्ने अरु धर्म लाइ बस्न पनि दिनु हुदैन है हेहे
कुतर्क गरेर आफ्नो र अरुको समय किन बर्बाद गर्ने ?
बिस्वास ज्यु
शैधान्तिक कुरामा बिचार फरक भयो भन्दैमा सबै कुराको बिरोध गर्नु अलोकतान्त्रिक प्रबिती हो/ माथि शसांकज्युले उहिले अरु धर्म मान्ने जनजाती आदिबाशिहरुलाई हिन्दु लेख्न बाध्य गरिने भनेर शसांकज्युले यक्दम सहि कुरा गर्नु भयको हो/ उहिले तेस्तै गरिन्थ्यो/ उहिलेका शासकहरुले धर्म मात्रै गलत लेखाउन लगायको थियन जनजातिको जात र जनजातिको भाषामा लेखियको सडक गल्लि चोक को नाम समेत बदलेको थियो/
उहिले को कुरा खुइलिय कुन चै मगुराली ले राणा सासन को बिरोध गर्न पार्टी खोले बि पी लाइ बाहुनबादी भन्दै महेन्द्र लाइ सपोर्ट दिने पनि अहि मदेसी र मगुराली नै हो यदि बिपी ले पूर्व र तराई जिल्ला को भ्रमण नगरेको भय र तेहको जनजात तेस्मथी पनि जनजाती मदेसी को सरदार हरु ले फुल सपोर्ट नदेको भय पंचायतको जन्म हुदैन थियो तपाई हरु नै हो बिपी भन्दा महेन्द्र गतिलो देख्ने अलिक एइतिहस पद्नुस हिन्दु लाइ आफ्नो सस्कार गर्ने त फुर्सद छैन यो युगमा तपाई लाइ हिन्दु जबर्जस्ति लेख्यो भन्ने त खुइलेको कुरा हो मदन जी अहिले युरोप बत्त पोइसा खादै धर्म परिबर्तन गरेपनि काठमाडौँमा मन्दिर विधिन्न देवालय बनाउने त नेवार हरु नै हुन् यदि नेवार हिन्दु थियनन भने मन्दिर बनौदैना थिया होला नि अहिले यूरोपियन हरुले पोइसा खोलो बगायो भन्दैमा सत्य लाइ असत्य बनाउन नाखोजुम नेवार क्षेबा भन्दा पनि कट्टर हिन्दु हुन् थारु मदेसी अनि हिन्दु यो देस मा नै छाना भन्ने हो मगुराली को जनसंख्या कति छ तेस्मथी पनि मगर हरु त बाहुन को छोरा लाइ उनीहरु को कुलपूजा मा सामेल नगराई कुल पुजनी हुदैन के हामी ले जबर्जस्ति कुल पुजामा बाहुन राख भएंको हो ? नेपालका जातीय धर्म हाम्रो धर्म हो किनकि किरात हरु सिब र पार्वती लाइ आफ्नो आराध्य देवता मान्छन तर अहिलेको पहिचान भनेको नेपालको रस्तिया धर्म जस्तो किरात बौध मुस्लिम हिन्दु हरु को बिचमा हैन कि हिन्दु देस भक्त लाइ जसरि पनि सखाप गर्ने र चर्च बनाउदै देस मर्ज गर्ने र परिबर्त हरु जस्ता यसका नाइके हुन्
बिस्वास ज्यु
हाम्रो परिचयको आधार हाम्रो नाम हो जात होईन तेसैकारण मैले जानी बुझी तपाईंको नाम पछाडी घिमिरे सब्द लेखिन/ नाम ब्यक्तित्वो चिनाउन हो भने जात र धर्म समुदाय जनाउन/ यसै कारण कसैको जात र धर्म राजनीति बात टाढा राखिनु पर्छ/ यो कुरा बिगतको शासक बर्गले मानेनन् नतिजा आज देखिंदैछ/
मित्रले नेवार समुदायको कुरा उठाउनु भयो/ म नेवारनै हुँ/ मेरो समुदायको कुरा मलाई पनि थाह छ/ सायद तपाईंले पनि हेर्नु बुझ्नु भयकै होला नेवार समुदाय बिचमा आज सम्म कुनै धार्मिक बिबाद उठेको छैन/ नेवार समुदाय बिचमा थरि थरिको जात पनि उसको शिप र पेसा जनाउने खालको मात्रै छन् कसैलाई ठुला जात र सानो जात जनाउने खालको छैन/
नेवार जाति मा अधिकास नेवार जातिहरु बुद्धिस्ट भयता पनि उनीहरु दुवै धर्म उत्तिकै मान्छन/ हो आफ्नो पारिबारिक संस्कार चाहि आ आफ्नो धर्न अनुशार मान्छन/ उदाहरण हेर्नुस नेवारको “ज्यापु समुदाय” बिना हिन्दु र बुद्धिस्ट धर्म मान्ने कुनै नेवारले आफ्नो नकुनै धार्मिक सामाजिक संस्कार सम्पन्न गर्ने सक्दैन/ नेवार जातिको ज्यापु समुदाय जस्तै अरुले धार्मिक कुरामा सन्तुलन गर्न सकेको भय सायद नेपालमा कहीं कतै को हिन्दु को बुद्धिस्ट आदि भनेर जातीय र धार्मिक बिबाद उठ्दैनथ्यो होला/
यस्तै जाति तुलाधरहरु पनि हुन/ सबै तुलाधरहरु बुद्धिस्ट हुन/ बुद्धले हिन्दु भनि चिनाउने टुप्पी काटेर हिन्दु धर्म त्यागेको थियो/ यसैकारण नेपालको बुद्धिस्ट परिवारमा बालकको बर्तमान गरिंदा यसै कारण उसको टुप्पी काटिन्छ र बालक बुद्ध को प्रतिक बनायर बर्तमान को संस्कार पुरा गर्छ / तर तुलाधरहरु तेसो गर्दैनन् पुरा हिन्दु संस्कार अनुशार आफ्नो बालकको टुप्पी राखेर बर्तमान गर्छन तापनि तुलाधरहरु आफ्नो समुदायलाई बुद्धिस्ट नै मान्छन/
नेवारहरु बुद्धिस्ट पनि हो हिन्दु पनि हो//नेवारहरु बुद्धको गुम्बा बिहार र हिन्दुको मन्दिर दुबैमा कुनै फरक देख्दैनन/ यसकारण नेवार जातिलाई मात्र हिन्दु बा बुद्धिस्ट ठान्नु गलत हो/
जहा सम्म नेपालमा कुनै नेपाली क्रिस्चियन मुस्लिम बनेको छ त्यो कुरामा पनि मै ठुला जातको तिमि साना जातको, छुन पनि नहुने अछुत भन्नेहरुको अतिबादी सोच र ब्यबहार जिम्मेवार छ/ यो कुरामा तेतिबेलाको आफुलाई हिन्दु सम्राट भन्न लगाउने शासकहरु पनि उत्तिकै दोषी छन्/ आफुले मानेको धर्ममा आफुलाई नै अछुत बनायको कारणले धेरै नेपाली क्रिस्चियन र मुस्लिम बने/
मित्र बिस्वासज्यु हामि जातिको धर्मको कुरा नगरु/ पण्डित पुरोहितहरु पादरी र मुल्ला सबै व्यक्तिहरु हुन/ उनीहरुको व्यक्तिगत बिचार धर्म माथि हाबी हुन नदिउ/ अन्यथा भयमा गणेशमानले भने झैँ नेपालमा पनि “खोमेनि” हरु जस्तैको राज चल्नेछ/
सत प्रतिशत सही कुरा हो | जस्तोकि मेरा कागजातहरुमा अहिले पनि हिन्दु भन्ने उल्लेख छ तर म कुनै एउटा धर्ममा आफुलाई सिमित राख्नेमा पर्दिन र सबै धर्मवालाम्बिहरुलाई समान रुपले आदर अनि सम्मान गर्छु |
मेरो कुरा के हो भने, धर्मको बारेमा निकालिएको तथ्यांक पूर्ण रुपमा गलत छ किनकि म जस्ता लाखौँ नागरिकहरु छन् जसका जनगणना आजसम्म हिन्दु धर्मावलम्बीको रुपमा लिएको छ |
भन्दैमा, त्यो मेरो एउटा कुरा मात्र हो, म हिन्दु धर्म वा कुनै पनि धर्म बिरोधि अवश्य होइन र हामी सबैले एक अर्काको जातीयता अनि धर्म प्रति आदर अनि सम्मान गर्नु जरुरी छ |
जबसम्म हामीले यो धर्म अनि जातीयता भन्दा माथि उठेर एउटा नेपालीको हैसियतबाट आफुलाई लिन्नौं, तबसम्म हाम्रो देशको सुन्दर भविष्यको कल्पना गर्नु पनि बेकार हुनेछ |
यहा हिन्दु हरुलाई कुनै पनि मतलब छैन…त्यो हिन्दु होस् कि अरु कुनै धर्म वाला… अरु धर्म लिने हरुलाई धेरै गारो भएको छ… अरु ले हिन्दु लेखेकोमा…
गु गु मा गएर अरु धर्म लिनु पर्छा अनि मात्र तिमीहरुको उन्नति हुन्छा भन्नेर…
जहा सम्म राजनैतिक प्रणालीको कुरा छ त्यो सफल र स्थाई रहन नेता र कार्यकर्ताको ब्यबहार ,त्याग ,दुरदर्शिता ,जनताको चेतना ,समाजको बनावट ,देशको आर्थिक स्थिति , देशको सिमाना( खुला या बन्द ) ,छिमेकि मुलुक का राजनैतिक प्रणाली र नेताका धारणा र चहाना मा भर पर्छ \
जहा सम्म एक अर्काको अस्तित्व र अधिकार को कुरा उठाउनु भयो यो १०० % जायज र ठिक छ \ आज सम्म को नेपाली राजनीति र मानसिकता एकअर्काको अस्तित्व ,चाहना ,आस्था ,सम्मान नबुझेर या नचाहेर या नस्विकारेको कारण नै अस्थिर ,अस्थायी , अराजकता,भेदभाब ,असमानता ,थिचोमिचो ,रहेको बढेको हो \ जब सम्म यी कुरा मनन गरिदैन ,सुधार गरिदैन र ब्यबहारमा परिबर्तन गरिदैन तब सम्म नेपाली राजनीति ,समाज र नागरिक को क्षेत्रमा स्थायी र खुसीका दिन आउदैनन जो परिबर्तन जी ले आज महशुश गर्नु भएछ ,सार्है सकारात्मक र यथार्थपरक देखिनु भएको मा सलाम सलाम सलाम \ ८० % हिन्दुले २० % अन्य धर्मालम्बी को अस्तित्व स्विकार्नु पर्ने जस्तै बाहुन क्षेत्री ले बहु जातीय को र बहुजातीय ले बाहुन क्षेत्रीको अस्तित्व को स्वीकार नगरे सम्म देश कहिल्य उभो लाग्दैन \ यो कुरा जात ,धर्म ,क्षेत्र ,बिचार ,आर्थिक ,शिक्षा लगायत हरेक क्षेत्रमा लागु हुन्छ र हुनु पर्छ \ आउदो संबिधान र राज्य प्रणालीले यी कुराको ब्यबस्था गरिनु पर्छ \
लेखक को सबै कुरा चित्त बुझ्दो छ तर जनजाती को पितामह प्रचण्ड र बाबुराम लाइ भनेको चै मलाई चित बुझेन है प्रचण्ड र बाबुराम जस्तो १० बर्समा सिंगापुर बनाउने राजनेता तो माथि सोसित दलित जनजाती को नेता लाइ तेस्तो चै न भानुम ल ब्रो /
र यो सरकार परिबर्तन हुनु हुदैन किन कि यो सरकार नै हो जनजाती अदिवास मूलबासि हरु को हित मा छ यो सरकार ले यदि नेपाल लाइ भारत को एउटा अंग बनायो भने पनि चुप चाप सहनु पर्छ किन कि बाबुराम भट्टराई को विकल्प छैन परिबर्तन ब्रो अलिक ख्याल राखेर प्रचण्ड र बाबुराम को बिसयमा बोल्नु होला नत्र मधेसी र जनजाती को लात खायर घर को न घाट को हुनु पर्ला महान राज नेता प्रचण्ड बाबुराम र प्रकास दाहाल लाइ जे पायो तेही भन्ने अधिकार तपाई मा छैन भन्नु नै चाह भने कांग्रेस एमाले लाइ जनमोर्चा लाइ भन्नु अनि प्रचण्ड बाबुराम ले सत्ता चलायानन भने तपाई को ससुरोले जनजाती आदिवासी मूल बसी को अधिकार सुनिस्चित गर्छ
हाम्रो प्रचण्ड हाम्रो प्रान्त प्राण भन्दा प्यारो छ /
हाम्रो बाबुराम हाम्रो प्रान्त ///
‘भूरा ज्ञानेन्द्र शाह’ हाम्रै बिजुलीको तार जस्तै मात्र हुन् ,
लोडसेडिंग भएको बेलामा पनि बिजुलीको तार छोइदा झसंग हुन्छ
हाम्रा नेता भनाउदाहरु र तिनको झोलेहरुलाई पनि त्येस्तै झस्को पसेको मात्र हो
तेन्जिंग गाबा ‘हिमाली ‘
(भूरा=भूतपूर्व राजा)
गजब को कुरा गर्नुभयो मलाई त खूब मजा लागीरहेचा भन्ने हामीलाई लाइ राछ
जातियता को हिमायती लाई फेरी पनि माईसंसार मा लामो समय पछि देख्न पाइयो र आज को लेख को आसय पनि “घुमी फिरी रुम्जाटार” भन्दा केहि फरक पाउन सकियन /क्षमतावन्,मानिस चाहिन्न नेपाल मा प्रधानमन्त्री हुन् , जस-जस ले सक्छ उस -उस ले चलाए हुन्छ प्रधानमन्त्री बनेर यो जाती उ जाती भन्नु पर्दैन किन कि नेपाल आफै चल्छ कसै को चमत्कारी जादु ले चलेको देस होइन /
सुरेन्द्र जी!
अब हामी जातको कुरा नगरोउ!
अब हामी भाषाको कुरा नगरोउ!
अब हामी पर्खेर बसोउ!
हाम्रो देश नेपाल कहिले दोस्रो रुवान्डा हुन्छ भनेर ???
रुवान्डा, जहाँ मान्छे लाश माथि चढेर युध्द गरेका थिए!
जातीय पहिचानले होइन कि हिन्दु राज्यको मागले चाहिं रुवान्डा अवश्य बनाउँछ|
देश न त जातिय पहिचान ले बन्छ न धर्म ले| कर्म महत्वपूर्ण हुन्छ| कि कसो?
कर्म नै जात कर्म नै धर्म | 😀
शशांक जी,
मैले तपाई क धेरै विचार र प्रतिक्रिया पढ्ने मौका पायको छु, र तेशैको आधारमा भन्नु पर्दा:
क) तपाई एउटा बिध्वान व्यक्ति हुनुपर्छ
ख) तपाई मा पर्याप्त विश्लेषण गर्ने छेमता छ
ग) तपाई को मस्तिस्क मा अझै पनि नेपाली हुँ भन्ने गर्व छ
घ) तथापी, तपाई मा ४०% जति हिन्दु धर्म र ब्राह्मण छेत्री प्रति पुर्बग्रह छ
एदी तपाई ले आफुलाई पूर्वाग्रह बात टाढा राख्न सक्नु भयो भने तपाई प्रति हामीले गर्व गर्न सक्छोउ!
मेरो सुझाब हो माने मान्नुस, नमाने पनि तपाई को विचार हो! तर तपाई को कति बिचारलाई मा अझै सम्मान गर्छु! ज्ञानी समाज बनाउछ, द्वेष घटाउच, समाज बनाउछ, ………………………
कुरा आफै बुझ्नुस! हुन त पनि तपाई को नजिकै बस्छु तर तपाई लै भेटेको चै छैन!
हो मैले पनि धेरै विचार र प्रतिक्रिया हरु पढेको छु शशांक जी को ,,, सरोज जी ४०% हैन १००% नै हिन्दु धर्म र ब्राम्हण क्षत्री प्रति पुर्बाग्राही छ यो मान्छे,, मलाई लाग्छ यो मानिस को दिमाग लाई कुनै हिन्दु वा ब्राह्मण क्षेत्री बाट नराम्रो असर परेको हुनुपर्छ ,, नत्र येतिसारो खोइरो खन्ने थिएन !! अनि यो मानिस माओबादी पार्टी प्रति अलि बढी नै झुकाब भएको मान्छे हो,, माओबादी को विरुद्ध केहि सुन्न चाहदैन ,, बिसेष गरेर प्रचण्ड को विरुद्ध मा ,,,,,
धनन्जयजी र खेमजी! म हिन्दु धर्म र बाहुन क्षेत्रीको विरोधी पटक्कै होइन| हिन्दुवादी प्रवृति र बाहुनवादी प्रवृतिको विरोधी हुँ, एकाधिकारवादी, उपल्लो जातिवादी, छोइछिटोवादीको विरोधी हुँ| मेरा साथीहरुमा आफ्नै जातिको भन्दा क्षेत्री बाहुन नै बढी छन्| म कस्तो खाले मानिस हो भन्ने कुरा तिनले राम्ररी चिन्छन| अब रहयो माओवाद र प्रचण्डको कुरा, म माओवादीको चौवन्नी सदस्य पनि होइन र प्रचण्ड न मेरा आमा पटिका न बाबु पटिका! पुष्प कमलको स्तुतिगान गर्नु मलाइ कुनै जरुरत छैन| तर नेपालमा देखिएका नराम्रा राजनीतिक पार्टीहरु मध्ये सबभन्दा राम्रो माओवादी नै लागेकोले त्यसको समर्थन गरेको हुँ| सबैलाई घृणा गरेर, गाली गरेर देश उँभो लाग्ला र!
खेमजी जस्ता सोच भएकाले नेपाल बिगारेको स्पष्ट छ| कुइया फर्सी लाई
फर्सी मात्र नभनेर कुइया फर्सी किटेर अनि आफ्नो सही नाउँ ठेगाना समेत दिएर भन्ने साहस शशांकजीमा रहेको पाईन्छ| साथै फर्सी किन कुहियो र किन कुइया भन्नपर्यो त्यसको पनि तार्किक प्रस्तुति गर्ने पनि क्षमता उनमा रहेको माई संसारमा उनले राखेका टिप्पणी बाट बुझिन्छ| स्मरण रहोस, मदन पुरस्कार प्राप्त पुस्तकका लेखक जगदीश घिमिरेले आफ्ना पुस्तकमा छेत्री बाहुन ८०% जाली फटाह छन् भनेका छन्|उनले यो अन्तर्मन र वाह्य्मन दुवैको अनुभवमा भनेका हुन् भन्ने प्रत्यक्ष छ|
अरुलाई पूर्वाग्रही भनेर दोष थुपार्न अघि यथास्थिति र वास्तविकता तिर एकचोटी फर्केर हेर्ने कष्ट गरे सबैको र देशको पनि कल्याण हुनेछ|
जंगल बाटसिंह निस्कीय पछि फाउरोहरु कराउ छन्/ पूर्व राजा को देश भर घुम ने सोतन्त्रता छ / नौटकी गर्ने विदेशी का दलाल नेता भन्दा राष्ट्र भक्त राजा ठिक छन /देश लुटेर खान पलकेका लुटेरा को समूह हरु हुन पूर्व राजा को बिरोद गरनेहरु /लोकतन्त्र को नाम का देश खाने धमिरा हरु/
आफु के हि गर्न नसक्ने लाज न भएका हरु !!
नेपाल मा ज्ञानेन्द्र को खाचो छ /
देश त ज्ञानेन्द्र एण्ड कम्पनीले पनि पहिले लुटेकै हो क्यार!
यस्तै कुण्ठित सोचहरुले गर्दा नै आज समाज मा हिंसा मच्चिएको छ, लेखक महोदय एउटा कुरा के याद गर्दा हुन्छ भने २० प्रतिशत ले ८० प्रतिशत लाइ चुनौती दिन सक्छ भने ८० प्रतिशत ले त २० प्रतिशत लाइ झन् धुलो चटाउन पनि सक्छ त्यसैले पहिले २० प्रतिशत ले ८० प्रतिशत लाइ सम्मान गर्न सिक्नु पर्छ अनि मात्र २० प्रतिशत ले पनि सम्मानित हुन सक्छ, चेतना भया…
अर्को कुरा यस्ता विवादास्पद कुराहरु माइ संसार जस्तो ब्लग मा न आएको भए साएद राम्रो हुने थियो जसले उत्तेजना मात्र फैलाउने काम गर्छ
८० % तथ्यांक नभएर मिथ्यांक हो |
लात हान्छु जुत्ता फुकालेर हरिबंसा ले भनेको जस्तै नेता हरुलाई पनि हान्नु पर्छ
ज्ञानेन्द्रले नेपालमा आफ्नो अस्तित्व खोजि रहनु पर्छ जस्तो लाग्दैन, अनि अर्को कुरा अहिले ज्ञानेन्द्रलाइ स्वागत गर्ने पंक्तिमा सबै बाहुन/झेत्री मात्रै छन् पनि जस्तो लाग्दैन.
यो लेख जातीय राजनीति को वकालत गरेर लेखेको देखिन्छ. यहाँ जातीय राजनीति को विरोध गर्ने हरु सबै नै जनजाति विरोधी परिबर्तन विरोधी को रूपमा चित्रण गर्ने बानि नै परेको जस्तो छ. अरु लै निषेध को राजनीति गर्यो भन्ने हरु आफै नै निषेध को राजनीति गरि राखेका छन्. रह्यो जनमत संग्रह को कुरो त्यस संघ दरै हाल्नु पर्दैन. जब यी ६०१ भरौटे हरुले बर्षौ भत्ता पचाएर नेपाली जनता लाई संबिधान दिन सकेन भने मुख्य मुख्य कुरो हरु जस्तो गणतन्त्र, धर्म निर्पेच्याता, प्रदेश को बिषयमा जनमत संग्रह नै उपयुक्त बाटो हो. देश टुक्राउने कुरो त कुनै पनि देश ले स्वीकार गर्न सक्दैन होला. रह्यो कश्मिर को कुरो त्यो कुरो नेपाल संघ दाज्न नै मिल्दैन. भारत र पाकिस्तान छुट्ने बेलमा दुवै सरकार ले कश्मिरी हरु लाई UN अन्तर्गत जनामत गर्ने भनेर दुवै देशले स्वीकार गरेको अवस्था थियो तर पछि भारतले जनमत संघ्रह गर्ने कुरो नै नमानी आफ्नो राज जबर्दस्ती थोपेर्को अवस्था हो यो. त्यो बिशेष परस्थिति मा गरेको बिशेष निर्णय थियो देश संघ छुट्ने यो गवने भनी जनमत संग्रह. रह्यो राजा को व्रमाना मा यी दल हरु को अवरोध को कुरो यो त प्रस्टै छ यी दल हरु को धरातल गुमी सकेको छ र यिनीहरु जनताको नजर मा गिरिसकेको छ त्यसकारण राजा मात्र होइना उसको छाया संघ पनि डाराई राखेको छ. यिनी हरु नेपाली जनताको सेवक होइन विदेशी हरुको दलाली गर्ने मा नै रमाई राखेको हुन ले यिनी हरु जनता संघ डराई राखेको छ.
एकदमै सहि विस्लेसक….
बाहुन छेत्री मिलाएर जम्मा ३०% हुन्छ…. सबै लै थाहा छ vote कहाँ छ भनेर….
हिन्दुको नाममा वा cast नाम मा vote माग्यो भने, जित्ने चान्स छ…. तेसैले कांग्रेश र एमाले खुलेर opposite मा आउन नसक्नु को कारण पनि येही हो….. जातीको नाम मा मदेश्बादी पार्टी र मावोबादी अगाडी आउनु, vote को नै लोभ हो..
बाहिर जति नेपाली सबै एक भने पनि, नेवार ले नेवार, बाहुन ले बाहुन, गुरुङ ले गुरुङ भन्दो रहेछ…. लास्ट मा…र एसको फाइदा लिन सबै party ले प्रयास गरेका छन्…..
भोटे जी, मधेस मा चाही हो, पहाड मा साएद पराए मान्छे लाई बाल छैन जस्तो लाग्छ | मधेश को formula पहाड र हिमाल मा नलाग्ला| बिचरा कालो मान्छे देख्ने बित्तिकै कति हेपिन्थ्यो सानो हुदा मधेसीलाई | तेस्को Psycho मधेसी मा रहनु स्वोभाबिक नै हो|
हाम्रो देश ले धेरै महोत्पुर्ना समयहरु खेर फालेको छ जस्तै २००७ साल २०३६ साल २०४६ साल २०६२/६२ आन्दोलन आदि यदि यो आन्दोलन ले ल्लाएको मौका सदुपयोग गर्न सकेको भए हाम्रो देशले केहि भए पनि प्रगति गर्न सकथियो तर दुर्भाय्गा एस्तो भएन देश को जिम्मा लिने हरुको लापरवाही र बद्नियेतिपन्न ले गर्दा हाम्रो देश झन् झन् पछाडी धकेलिदै छ,यिनीहरुले नै पछि सम्म पनि हाम्रै देशको नेत्रितो गरि रहनेहोभए हाम्रो देश दुर्गति को खाडलमा जाने निश्चित छ / खाली स़ता,पैसा र ब़लको लागि अहेलेका नेता हरु दिमाग खियाई रहेका छन् /कसरि भलो हुने होला हाम्रो देश ?
सिर्सक अनुसार को लेख अलि भएँन कि जस्तो लाग्यो |
देश मा हालै घटित घटना हरु देख्दा कतै परिबर्तन ल्याए भन्ने पात्रहरु सीखंदी मात्र थिए कि भन्ने भान हुन्छ |युद्द का भीमसेन आजकाल गाउमा कुकुर भुके पनि तर्सन थालेका छन् ,युद्द्का अर्जुन द्रब्य संग्रह मा व्यस्त ,अरु पात्रहरु हस्तिनापुर आफै भात्काउदैछ |
के भन्ने ?
मूल कुरा एकातिर छ ,कुम्लो बोकी ठिमीतिर हाम्रो आदत भयो |
नेपाल मा पिसकोर लाइ फेरी ब्युझ्याइयो ,हालै ६०-७० अमेरिकी सेना सिविल ड्रेस मा नेपाल छिरे ,हिमाली जिल्ला मा बेस खडा गर्दैछ |
७० को दसक मा नेपाल मा राजतन्त्र को पकड थियो ,तैपनि खम्पा बिद्रोह को आधार नेपाल नै बनाइयो | सब हेरेको हेरेइ ?
हालै केहि समय अगी को तिब्बत बिद्रोह को लागि मिलसिया को तालिम कोलोराडो मा भए थ्यो |आन्दोलन हुनु केहि समय पुर्ब जिम्मी कार्टर मानब अधिकार को स्थति बुझ्न नेपाल छिरेका थिए |
हामि आफै खिचडी पकाउन व्यस्त |खाने बिबाद त् छदै छ |
नेपालको खुला परिबेस मात्र सी आइ ये ,युरोपियन युनियन को चाहना हो कि ?अब याहा अरु बढी छल खेल उनको चाहना हो ?
यहा जातीय द्वन्द गराउन पाए बढ्दो आर्थिक शक्ति इन्डिया (तर हालै खस्कदो ),चीन को पैर खिच्न पाइने चाहना त् हैन |
परिबर्तन जी
जुनसुकै कुरा गर्दा पनि क्षमता को कुरा आउदछ न कि जातीयता को, एती बर्ष बाहुन, एती बर्ष क्षत्री र एती बर्ष जनजाती( तेस्मा पनि गुरुङ, राइ लिम्बु ) भनेर भाग खोज्नु असम्भव हो . आज जातीयता को कुरा गर्ने हरु नै जातीय विभेद को कुरा उठैरहेछान. कुनै जाति भएकै आधार मा ठुलो भाग खोज्नु दिवालिय्पन हो. भिम बहादुर कांग्रेस सभापति किन भएनन् भन्नु भन्दा पहिले दोलखा कै अरु क्षेत्री बाहुन किन भएनन र तेही बात किन भिम बहादुर ले टिकट पाएर मन्त्रि बने? कोइराला भन्दा अगाडी अरु तथाकथित जनजाती ले किन नेपाली कांग्रेस गठन गरेँ वा राना शासन फाल्नु पर्दछ भनेर सोचेन? माओबादी मा नै प्रचण्ड भन्दा पहिला भक्त बहादुर श्रेष्ठ महासचिव थिए र प्रचण्ड उनका चेला थिए, किन उनि ले जनयुद्द को विकास गरेर नेतृत्व लिन सकेनन तर प्रचण्ड ले सके? लिग लिग कोट का खडका मगर राजा ले किन आफ्ना जनता लाइ राज्य प्रति उत्तरदायी बनाउन सकेनन र आफ्नो प्रमुख भारदार आफ्नै जाति का गंगाराम राना लाइ तिरस्कार गरे र शाह राज्य संग गठबन्धन बनाउन बाध्य पारे र लिग लिग मा आक्रमण गर्न लाइ सघाउन पुगे? के त्यो काम को दोषी पनि” उच्च क्षेत्री र बाहुन” नै दोषी हुन्? नेपाल एकीकरण हुनु भन्दा पहिला कठ्मन्दु मा नेवार राज्य, पूर्व मा किरात राज्य थिए, किन ति राज्य /जाति / राजा ले नेपाल एकीकरण गरेर बलियो केन्द्रिय राज्य बनाउने आबश्यकता देखेनन् र त्यो सपना ठकुरी राजा ले नै देख्नु पर्यो र तेस्को बिडो उठाउने जिम्मा उनि ले नै लिन पर्यो? ठकुरी राजा राज्य एकीकरण को निम्ति कठोर परिश्रम र उकाली ओराली गर्दा मल्ल राजा हरु दर्बार मा नाटक खेल्न र रास लिला मा व्यस्त थिए भने आज आपनो व्यभिचार को दोष किन अरु लाइ?
कुरो त ठीकै गरीलिनुहुंचा तपैलेता …….अनि हाम्रो तराई को थारु हरुको बारेमा चाही किन बोलिदीनुहुन्ना भन्छु मा ये गाँठे उनीहरु पनि त नेपाली होनी हेहेहेहेह ………………….
I very much appreciate this provocative writing. There is a news that Gyanendra and Prachanda happen to cross each other in Pokhara. Hopefully, in the days to come, we will have a news like this: they have a dinner party and the focus of the discussion happen to be how to save Nepal from the abysmal fall.
No wonder this is a wonderful country. There are no permanent friends and enemies in Nepali politics as long as you have a share in the pie.
शिर्षक त निक्कै चर्को छ गाँठे -तर लेख्दालेख्दै लेखक महोदयले शिर्षकलाई कुम्लोमा बाँधी ठिमीतिर मिल्काईदियेजस्तो लाग्यो…..
कमसेकम राजाहरुले माओवादी जस्तो जनतालाई जात-भातमा विभाजन गरेर देशलाइ ग्रिह युद्धमा धकेल्ने प्रयास त गरेनन नि.कमसेकम देशमा प्रसाशन र शान्ति सुरक्ष्या त राम्रो थियो नि राजाको पालामा.त्यहि भएर नेपालबाट राजतन्त्र फाल्ने बेला भएकै छैन
लेख एकदमै संधर्भिक छ – “जातिय राजनीति गर्न हुन्न” भनेर जति चर्को आलोचना गरे पनि आलोचना गर्नेहरू नै जातिय अंहकार, चिन्तन र मानसिकताबाट ग्रसित भएपछि कसको के लाग्छ र? – नेपाली काँग्रेस, एमाले र माओबादीलाइ राम्रो शिक्छ्या हुनेछ
बाघ भनेको बाघ हो….बाघ घुम्न मात्र निस्किदा पनि स्यालहरु डराउँछन भन्या यहिँ हो….!!! कसैलाई पनि नागरिक हनन गर्ने अधिकार छैन र हिड्डुल गर्न किन नपाउने….!!! ज्ञानेन्द्र रक्स…!!!!
हिंड्दा हुन्छ, तर अहिले शिव रात्री पनि होइन, बोलबमको शैलीमा किन हिंड्नु परेको होला!
अरे शशांक जी तपाई कति कराई हाल्नुहुंचा हौ बिचरा ग्येनेंद्रलाइ पनि त हावा खानु मन लाग्यो होला खान दिनुस न त हौ येस्मा तपाइको टाउको किन दुखि हाल्यो/ आखिर हामीलाई त एउटा देश चलाउने असल मान्छे मात्र चैएको हो नि हौ.
राजा ( नागरिक बनाईयका) व्यक्ति को भमण र बोलि ले कट्टु मा मुत्ने कस्तो गणत्रंत हो बुज्न सकियन | अझै उनको भमण मा बन्द रे , कस्तो लाजमर्दो , एसले त उनि अझै शक्तिशाली छन् र अझै राजा हुन् भन्ने भान गराऊछ होइन र ? कंग्रेस्सी नेता चक्र प्रा . बास्तोला भनेका थिय ‘ संबिधान नै नबनी गण त्रंत , संगीयता र धर्म निर्पेक्च्य्ता कसरी संस्तागत भयो बुज्न सकेको छैन |’ अत : नेपाली राजनीति यी नै महान नेताजी हरु जानुन , बुजून|
“……..गगन थापा, अर्जुन नरसिंह केसी वा खुमबहादुर खड्काले कांग्रेस महाधिवेशनमा सबैभन्दा धेरै भोट ल्याउनु भनेको आफैमा जातिय राजनीति थियो .”
यस्ता हचुवा तथ्यहीन अनि आधारहीन कुरा लेखेर के साबित गर्न खोज्दै हुनुहुन्छ तपाइँ ? अनि कसलाई भड्काउन खोज्दै हुनुहुन्छ ? के सबै देखि देखि नदेखे झैँ गर्नु हुन्छ ? के गगन थापा अनि अर्जुन नरसिंह हरु आफ्नो बिचार ले अनि काम ले अगाडी बढेका हुन् ! अब प्रचण्ड पनि बाहुन क्षेत्री ले गर्दा अध्यक्ष भैराखेका छन् भन्नु होला !! रामबरण यादव कुन जाति क रैछन कुन्नि ? एमालेका सुबास चन्द्र नेम्वांग कहाँ का के हुन् कुन्नि ?
सुनिन्छ एकल जातीय पहिचान राख्ने अनि त्यहि नाम मा संघियता मा जाने ? उनीहरु लाइ नेपाल लाइ हिन्दु राज्य भन्नु हुन्न भन्छन ! लौ न मेरो एउटा प्रश्न को उत्तर देउ त्यसोभए : १५% कुनै जाति भएको ठाउ मा तमुवान, मगरात भन्न हुने अनि ८०% हिन्दु भाको देश लाइ हिन्दु राज्य भन्न नहुने ? अनि भनौला नाम राखेर केहि हुन्न सबै को समान अधिकार हुन्छ ! त्यसो भए देश लाइ नि हिन्दु राज्य भनेर कसको अधिकार कहाँ गएको थियो ? संबिधान मै सबै लाइ समान अधिकार दिएकै थियो त अनि !
राजा ले मज्जाले घुम्न पाउछन आफ्ना कुरा राखुन बाकि निर्णय त हामी गर्छौ नि कसलाई के गर्ने भनेर त !!
हिन्दु राज्य नै किन ? बुद्व जन्मेको देशलाई बुद्व राज्य बनाउँदा पनि त हुन्छ नी! कन्सिरी नतताऔं है ! मैले तर्कसंगत कुरो गरेको छु|
लामा ज्यु धेरै बाठो नहोउ हिन्दु धर्म अन्तर्गत को नौ अबतार मध्ये बुद्धअबतार पनि हो त्यो कुरा बुझौ है!! पुर्बिय बेद शिक्षा को पनि दर्सन सिक्ने कोसिस गरु महाशय !!
कुरो र कुलोलाई जता लगे पनि हुन्छ| बुद्व शिवजीको ठिम्याह छोरो हो भन्दा पनि हुन्छ | शिव लिङ्ग माथि बुद्वको पलेटी कसेको प्रतिमा पनि कता हो मैले देखेको थिए| उपद्र्याले जे पनि गर्ने भए|
लेखकको सन्तुलित बिचार…..
पुरानो संरचना नबिगारी राजतन्त्र लाई पनि सक्ति मानी अविभावक को रुपमा स्वीकार गरि देश लाई विकेन्द्रीकरण तिर लानुनै सबैभन्दा बुद्दिमानी हुन्छ…