Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यौन शोषणको प्रश्न आउँदा हिरोइनले के जवाफ दिइन्?

Posted on September 25, 2012September 25, 2012 by Salokya


बुक वर्म ट्रस्टले आयोजना गरेको चार दिने नेपाल लिटरेचर फेस्टिभलमा धेरै विषयमा छलफल भए। माइसंसार मै पनि त्यहाँ भएका केही बहस जस्तै सन् १९९० पछि बदलिएको नेपाली समाज, मिडियाबारे सम्पादकहरुको बहस र नेपाली कसरी लेख्‍नेमा भएको छलफल राखिसकेका छौँ। फेस्टिभलको अन्तिम दिन अन्तिम कार्यक्रम नेपाली सिनेमामा हिरोइनहरुको चित्रणबारे अहिलेका हिरोइनहरुबीच छलफल भएको थियो। सहभागीहरु – ऋचा शर्मा, दिया मास्के, निशा अधिकारी, बिनिता बराल। मोडरेटर थिइन् नम्रता श्रेष्ठ। समूहगत छलफलपछि दर्शकको प्रश्न लिने पालो थियो। हिरोइनहरुको यौन शोषण हुन्छ भन्ने सुनिन्छ नि, अस्ति भर्खर एउटी हिरोइनले आत्महत्या गरिन्। यसबारे के भन्नुहुन्छ- एक दर्शकले प्रश्न सोधे।


प्रश्न तेर्सिएपछि ऋचा शर्माले जिब्रो टोकिन्। नम्रता गम्भीर भइन्। यो प्रश्न कसलाई भनेर नम्रताले दर्शकलाई सोधिन्। दर्शकले सबै हिरोइनलाई भने। एकजना मात्र भन्नुस्, नम्रताको आग्रह। त्यसो भए तपाईँले नै दिइदिनुस्- दर्शकको जवाफ। ताली बज्यो दर्शकको। तर नम्रताले नर्भस नभई दर्शकहरुले निशाजी भन्नुभए जस्तो छ भन्दै जवाफ निशा अधिकारीलाई दिन लगाइन्। निशाले यसको कुटनीतिक जवाफ दिइन्। के जवाफ दिइन्, तलको भिडियोमा सुन्नुस्-

दिया
निशा
ऋचा
नम्रता
निशा
नम्रता

ऋचा

34 thoughts on “यौन शोषणको प्रश्न आउँदा हिरोइनले के जवाफ दिइन्?”

  1. keshav koirala says:
    February 22, 2013 at 4:49 pm

    त्यो त उनीहरु तेस्तै भएर केहि उत्तर नाएको होनी खस उत्तर श्रोता बाट सिधा उत्तर पैन्छा

    Reply
  2. SISIR NEPALI says:
    January 8, 2013 at 4:03 am

    यस्तो हुनु सबै यस्तै मान्छे हरु भएर हो यदि यस्ता तपाई हरु जस्तो कुनै पनि क्षेत्र मा होस् महिला को शोषर भै राख्ने छ अनि यस्ता कुरा को प्रस्न सोधेर अरुलाई मर्माहित गर्नु राम्रो होइन नेपाली हरु को दिमाग हुन्न तेसैले यस्ता खाल का प्रस्न गर्ने गर्छन कुकुर नेपाली हरु मलाई पछुतो छ नेपाली हुनुको I

    Reply
  3. ashes says:
    September 30, 2012 at 6:15 am

    अंग्रजी मा बोल्ने कि नेपाली मा बोल्ने……….. होइन हौ हाम्रो नेपाली भाषा पलायन हुन थालेको जस्तो छ ! अब त अंग्रजी मा मात्रै बोल्नु होला, तर मलाई त सरल र सुद्ध मिठो नेपाली मा नै बोलेको मान पर्छ !

    Reply
  4. Ankita says:
    September 29, 2012 at 2:12 pm

    Grow up fren haru be positive at least they r trying their best !!!

    Reply
  5. bhim koirala says:
    September 27, 2012 at 2:22 am

    यो बहस मेरो लागि मान्य छैन किनकि यौटा गाउको असित्छित महिला यौन शोसन मा पर्दा कसैको ध्यान जादैन तर यो छेत्र मा लाग्ने यौटा सित्छित सक्छेम महिला बोल्दापनि नेपाली भन्दा इंग्लिस धेरै बोल्ने महिला लाइ यौन शोसन भयो भन्दा अचम्म लाग्छ सहमति मा भयको यौन लाई सहमति बिग्रियो भने यौन शोसन भनिन६ हैन र धन्यवाद

    Reply
    1. yam pun says:
      September 27, 2012 at 2:26 pm

      भिम जी !
      एकदमै सहि भन्नु भो यार! कस्ता लाज नभएका नकच्चारिहरु छन् यार हाम्रा हिरोइन भनौदा हरु!

      Reply
  6. Shyam says:
    September 26, 2012 at 3:22 pm

    अंग्रेजी अथवा नेपाली जे बोले पनि एउटा भाषाको मात्र प्रयोग गर्दा राम्रो हुने थियो होला. सुन्दा पनि ध्यान दिनु पर्ने रहेछ. हजुरलाई कस्तो लग्यो? मैले चाही सहज महसूस गरिन. यसरि अन्तरक्रिया भएको त राम्रो हो. उनीहरुले किन त्येस्तो पात्र रोजे, उनीहरुको आफ्नै समस्या हुन सक्छा, हाम्रो काम हेर्न मन लागे हेर्ने नभए नहेर्ने. हुन त म नेपाली चलचित्रको त्येस्तो ठुलो प्रशंशक त हैन, तर पनि हामीले उनीहरुले त्येस्तो चलचित्र मा किन खेले भन्दा पनि उनीहरुको बाध्यताको कुरा गर्दा राम्रो हुने थियो कि? यदि त्येस्तो साह्रो मन नपरेको भए उहाहरु आफैले निमार्ण गरे हुन्थ्यो कि?

    Reply
  7. Bikash Shrestha says:
    September 26, 2012 at 12:39 pm

    हाम्रो देश मा अंग्रेजी न बोल्ने हरु लाई मान्छे नै ठान्दैन / के भक्तपुर को पाँच तल्ले मन्दिर बनाउने हरुले अंग्रेजी परर बोल्न जानेको होला ? नेपाल क थुप्रै यस्ता कारिगर हरु छ के उनि हरु मान्छे नै होइन ? भगवान बुद्ध ले पनि अंग्रेजी बोल्दैन तर उहा संसार ले मान्छ / हार्मो देश मा अंग्रेजी नजान्ने लाई मान्छे नै ठान्दैन

    Reply
  8. indra kale chhantyal usa says:
    September 26, 2012 at 10:20 am

    हाहा नेपाली हिरोइनहरु ,नेपाली फिल्म नेपालीले त हेर्न छोडे ,कारण यस्तै आदि नेपाली अनि आदि अग्रेजी बोल्ने हिरोइन हरुले गर्दा दर्सक हरुनै अल्मलिने भो के तेसैले नेपाली फिल्म ले बजार नपायको हो ,

    Reply
  9. chhantyal indra usa baltimore says:
    September 26, 2012 at 9:42 am

    हाहा नेपाली फिल्म का हिरोइन हरु सबै जनालाई मेरो यौटै सुझाब छ ,पहिला राम्रो सित नेपाली बोल्न सिक्नु ,हैन भने पुरै अग्रेजी बोल्नु ,मलाई मन पर्ने हिरोइन करिस्मा दिदी नै हुन् सायद धेरै नेपाली को मन पर्ने हिरोइन पनि हुन् ,उन ले त बिदेस मा गयर भाडा माझ्नु पर्ने भो कुनै कारण ले बाकी सबै झारपात हुन्

    Reply
  10. Binod Poudel, jhapa says:
    September 26, 2012 at 8:05 am

    अरु कुरो तेस्तै हो साथि हो पहिलेका हिरोइनलाई अंग्रेजी बोल्न कन्नु पर्थ्यो अहिलेकालाई नेपाली भाषा तेस्तै भएछ, आफ्नो देशको रास्ट्रिय भाषामा सर्र्र्रर कुरा गर्न नजान्नेले यस्तो/तेस्तो भनेर केको फुइँ लाउनु नि | अनि तेती बिधि भएर पनि नम्रताले आम रुपमा यसरि प्रस्तुत हुने आँट देखाउनु ठुलो कुरो हो !!!! नेपाली समाजमा हुर्किएर त्यहाँ एक पटक तिरस्कृत भै पुन त्यहि क्षेत्र/समाजमा स्थापित हुन् खोज्ने हिम्मत गर्ने नम्रता जस्ता सायद १% भन्दा कम महिला होलान !!!

    Reply
  11. उज्ज्वल पौडेल, भरतपुर १०, चितवन, नहर पारीको तेस्रो घर says:
    September 26, 2012 at 7:58 am

    ५७/५८ साल तिरको कुरा हो, जब साहित्यकार खगेन्द्र संग्रौलाले नेपालमा “मिस नेपाल” को आयोजना गर्नु हुन्न भनेर बिरोधकार्यक्रम को संयोजक बनेका थिए , त्यसबेलाकी चर्चित नायिका जल साह चैं पक्ष मा उत्रेकी थिइन | त्यो बेलामा मैले हेरेको अन्तरबार्ता मेरो जिन्दगीकै सबैभन्दा नराम्रो थियो होला ! उनले एउटा वाक्य पनि ठिक संग टुंग्याउन सकिनन्, बौदिक तरिकाले खगेन्द्र संग्रौलासंग बैचारिक द्वन्द गर्ने त धेरै परको कुरा |
    फेरी पछि एउटा कार्यक्रममा रेखा थापाले भुवन के सी को योगदानको कुरा गर्दा भुवन के सी जस्तो महानायक ले नेपाली चलचित्रमा “धेरै सताब्दी” बिताई सक्नुभाछ भनिन | र पत्रकार ले सच्याउँदा उनैले उम्लो ठड्याइन |
    यस्ता नेपाली नायिकाहरुको माझ बाट नेपाली नायिकाहरुकै यत्तिको बैचारिक छलफल सुन्नु पाउन रमाइलो कुरा हो ! तर स्वंग पर्ने फुस्रा अंग्रेजी शब्दको अत्याधिक प्रयोगले स्तरलाई माथि होइन तल लैजान्छ |
    रेखा थापा को भिडियो
    http://www.youtube.com/watch?v=wTOQ1XbmCTo

    Reply
    1. Sisir says:
      September 26, 2012 at 10:36 am

      रेखा थापाको सैछिक योग्यता मोरंगको उर्लाबारी(??) तिरबाट पुरा ९ क्लास सम्म हो रे , अनि कति आशा गर्ने ??
      बरु मुन्द्रेले तेत्रो SLC SLC सम्म 3rd डिभिजनमा पास गरेको छ ..

      Reply
  12. Bishnu Nepali says:
    September 26, 2012 at 7:54 am

    छाडा र अंग प्रदर्शन लाइ फिल्म मा बन्देज गरु !
    फाइट, हतियार र अरु कृत्रिम कथामा फिलिम नबनौं !!
    नेपालका संस्कृतिक, प्रकिर्तिक र सामाजिक सुन्दरता लाइ फिलिममा ल्याऊ !
    समाजका बिकृति हरु (भ्रस्टाचार, चोरी, लुटपाट, जातपात, छुवाछुत, बोक्सी, तास जुवा, रक्सि, चेली र बालकको बेच बिखन) लाइ हटाउने, समाजलाई सहि बाटो देखाउने, प्रेरित गर्ने फिलिम बनौ !!

    येसरी हुन्छ देश र समाज लाइ योगदान र नायिका हरुको सम्मान, बहिनि हरु येही बाटोमा लाग्नोस! कथाले मागेको दिन्छु भनेर समाज बिगार्ने र यौन सोसित हुने बाटोमा नालाग्नोश ! मेरो सुभकामना !

    Reply
  13. xyz says:
    September 26, 2012 at 6:51 am

    नेपाली सिनेमा का नायिकाहरु:
    १. सिनेमा ले मागे जति देखाउने हरु – जल शाह
    २. सिनेमा ले मागे भन्दा बढी देखाउने हरु – नम्रता श्रेष्ठ
    ३. सिनेमाले नमागे पनि देखाउने हरु- रेखा थापा, सुष्म कार्की
    ४. लुकी राखेको प्रतिवा देखाउनु पर्चा भन्ने हरु – मिस्स नेपाल

    Reply
  14. kusum says:
    September 26, 2012 at 4:42 am

    हेर !!हेर !! घुम्दै फेर्दै रुम्जाटार भन्या जस्तो फेरी नि महिला लाई नै तल पर्ने प्रयास…किन पुरुष निर्माता,निर्देशक को कुरा निकल्लिन???? के महिला मात्र सेक्स का भाड़ो हुन् र ??? तेसो हो भनि पानी मुनि वोभानो भन्ने महानुभाबहरु सुन्नुस तपाई कि श्रीमती,आमा ,बहिनि -दिदि ,फुपू,हुर्कदै गरेकी छोरि सबै बेश्या हुन्.बेश्या भएर नै तपाई हरु जन्मनु भो या कुनै दिन एक न एक पुरुषको बेश्या बन्ने छे चाए बिबाह को नाम मा होस् या पेसाको रुपमा.खोक्रो समाजको आदर्श बाद को कुरा गरेर नथाक्ने यो समाजका मान्छे र समाजले आफ्नी आमा नि बा को बेश्या हो भनेर बुजोस.पुरुष जति आकाश बाट फुत्त -फुत्त झरेका नि …

    Reply
    1. Dhan bahadur says:
      September 26, 2012 at 3:13 pm

      कुरो त्यसो होइन क्या कुसुम जि, हामीले त यती धेरै अङ्ग प्रदर्शन किन ? भन्न खोजेको पो त इङ्लिस जने पनि नजाने पनि केटीले मात्रै होइन केटा केटी बुढा बुढी सबैले नेपालीमा अङ्रेजी मिसाउछन । हामी सम्पूर्ण नेपाली नै देश्लाई माया गर्न नजानेको हो आफ्नो भाषा, गीत, चल्चित्र, फेसन आफ्नो देशमा बनेका चिज हरु कुनै पनि राम्राो लाग्दैन, किन?

      Reply
  15. binit says:
    September 26, 2012 at 12:41 am

    ‘केहि पाउन लाइ केहि गुमाउनु पनि पर्छ’ भन्ने बिस्वास गर्छन भने यस्तो ‘यौन शोषण’ सहमतिमै नहुने कुरै हुँदैन |

    Reply
  16. razen says:
    September 26, 2012 at 12:40 am

    बाबाई निशाले के सारो अंग्रेजी छाड्यो यार | सोध्ने मोरीले त झन् नेपाली बोल्दा पनि खैरेनिले बोले जस्तो बा |

    Reply
  17. आशा says:
    September 25, 2012 at 7:48 pm

    आफ्नो मत्रिभासा त् शुद्द संग बोल्न नजान्ने (हो कि नाटक हो ), सिनेमा का दृस्य बाहेक त् यस्ता सार्बजनीक कार्यक्रम मा सलिन लुगा मा प्रस्तुत हुन् पनि नसक्ने ले के ले के नै पो नेपाली सिनेमा को प्रतिनिधित्व गर्न सक्छन र/ मलाई त् केहि बौदिक लागेन/ तेही निर्देसक ले घोकाएको संबाद ओकले जस्तो मात्र लग्यो/ प्रतेक बर्स एक जना नेपाली नायिका ले आत्महत्या गर्छन जसको मूल कारण नै यौन बन्न पुग्छ/ धन्न नम्रता ले आत्महत्या गरिन् र मात्रै/ अझ के यस्तो वाहियात बहस गर्छन यी नानी हरु / सुमित जी को कुरा एकदम साचो हो/ नाम र दाम को चमक ले मान्छे लै अन्धा बनाउछ/ नेपाली सिनेमा का नानी हरु पनि यसको सिकार भएका हुन्/

    Reply
    1. aakash says:
      September 25, 2012 at 10:29 pm

      पहिलो कुरा त तपाइले ई नानीहरुको लुगाको बारेमा कमेन्ट गर्नुभाको रैच्चा.. तपाइँ पनि घरमा गुन्यु चोलो लगाएर बस्नु हुन्न होला. र सधै गुन्यु चुली लगाउनेलाइ तपाइको कुर्ता सुरुवाल पनि तेस्तै लाग्ला.. तेसैले कसैको बारेमा कुरा गर्दा पोशाक बाट सुरु गर्नु भयो भने तपाइको judgement मा असर पर्ला… बास्तबमा हरेक मान्छे आफ्नो आफ्नो ठाउ र आफ्नो आफ्नो बिषय मा बौद्दिक हुन्छ.. फरक खालि प्रस्तुतिमा हो.. समाजमा ‘यी नानीहरु’ पनि धेरै छन्.. र एस्तो बहस मा ‘यी’ नानि हरुको कुरा पनि सुन्नु पर्चा भन्ने मेरो मान्यता हो..
      धेरै थरि मान्छेको धेरै थरि कुराहरु पचाउदै लानु र तेसबाट सिक्नु बौद्धिकता हो.. कसैको बोलि, लुगा हेरेर उसलाई पहिलेनै मुल्यांकन गर्न थाल्नु भयो भने estai शब्द हरु आउछ..

      Reply
  18. Dhan says:
    September 25, 2012 at 4:41 pm

    निशा अधिकारी seems wise and tactical in giving answers and diplomatic at times. Namrata diverts the question to nisha again whixh is quite funny.

    Reply
  19. xyz says:
    September 25, 2012 at 4:05 pm

    “In one of the Bollywood parties, she (Jharana Bajracharya) was introduced to one of the producers who later went on to produce London Dream starring Salman Khan, Ajay Devgan and Asin. He told her to meet him at his office the next day. Excited she (Jharana) went to meet him. After initial pleasentaries he told her that he would cast her in London Dream if she slept with him.” p31, Excerpt from Humbled by A Failure, READ, NCell Nepal Lieratuer Nepal Festival 2012, Special Edition.
    Film le maage bhanda badi dekahune haru lai ke bhanne, Miss Namrata?

    Reply
  20. Ashesh says:
    September 25, 2012 at 2:45 pm

    even i am more than happy to hear this level of intellectualism from our actors……appreciated!!!

    Reply
  21. पुष्प says:
    September 25, 2012 at 2:22 pm

    हुन न यौनशोषणका विषयमा लोग्नेमान्छेलाई मात्र तान्नु अन्याय हुनजान्छ । तैपनि आमरूपमा पुरुष नै यस विषयमा अघि रहेको कुरामा कसैको दुइमत नहोला । सार्वजनिक सेवाको क्षेत्र होस् वा निजी, पत्रकारिता होस् वा प्राध्यापनको, सुरक्षाको क्षेत्र होस् वा चलचित्र, यौन शोषण जुनसुकै क्षेत्रमा पनि छ यौनशोषण । आखिर लबस्तरोहरूको (दुवै जात) खास क्षेत्र हुने होइन ! त्यसैले कुनै खास क्षेत्रमा मात्र यौन शोषणको कुरा उठाउनुको तुक छैन । बरु ताइँ न तुइँसँग यस्ता प्रश्न उठाउनेहरू यौनशोषकभन्दा कम होइनन् ।

    Reply
    1. Sisir says:
      September 25, 2012 at 5:02 pm

      पुष्प जी ,
      तपाइको कुरा ठिक हो तर सिनेकर्मीहरु सार्बजनिक व्यक्तित्व हुनाले / धेरैले चिन्नाले उनिहरुलाई यो प्रस्न गरिएको होला… तेस माथि फिल्मी दुनियामा कृतिम चमक धमक पनि बडी नै हुन्छ … एस्तो चमक धमकमा बिकृति पनि धेरै हुने सम्भावना रहन्छ ..

      नेपाली फिल्मी क्षेत्र को कुरा गर्दा :
      नेपाली फिल्मी क्षेत्रको आशा लाग्दो एउटा कुरा चाही नया सिछित युवाहरुको प्रवेशलाई लिन सकिन्छ, तेस्को सानो उदाहरण माथि रहेका युवतीहरुलाई पनि लिन सकिन्छ, भलाई यो एउटा सुरुवात मात्र हो.. नत्र ४० र ५० को दसकमा त धेरैले रहरले कुनै अध्यन बिना नै वा कतै केहि गर्न नसकेर फिल्मी लाइनमा प्रवेश गर्नेहरुको घुइचो नै थियो … आशा गरौ हाम्रो फिल्मी क्षेत्रले सकारत्मक परिवर्तन गर्ने छ ..

      Reply
    2. aakash says:
      September 25, 2012 at 10:33 pm

      ठिक भन्नु भयो.. यस्ता मान्छेहरु हाम्रो समाजमा धेरै chan.. अफ्ट्यारो प्रस्न गरेर तेस्को मज्जा लुट्ने सोसक नै हुन्.. यस्तै चोरहरुले गर्दा हाम्रो समाज यौनकै बिषय मा अल्मल्लिरहेको छ..

      Reply
  22. Manish says:
    September 25, 2012 at 1:49 pm

    नेपाली हेरोइन हरु पनि अब स्मार्टलि कुरा गर्न सक्ने रैछन . खुशी लग्यो स्मार्ट महीलाहरु यो लिने मा आएको देखेर.

    Reply
  23. सुमित says:
    September 25, 2012 at 1:46 pm

    यो त सबैलाई थाह छ स्विकार गरेर पनि नबोलिएको सत्य हो फिल्म क्षेत्र मा यौन शोषण (शोषण पनि के भन्नु दुवै तयार भएर होला त )!! कसैलाई (नायिका ) सोध्यो भने उत्तर एउटै हुन्छ ” हो त्यस्तो सुनिएको छ, केहि होलान तर मैले त्यस्तो भोगेकी छैन ” ! तर पोर्न फिल्म जस्ता फिल्म मा त्यस्तो ताई न तुइ (तपाई गर्ल फ्रेन्ड/ब्वाई फ्रेन्ड संग बसेर हेर्न नि सक्नु हुन्न होला परिवार छोड्नुस) का द्रिस्य दिन नहिच्किचाउने हरु ले मैले फिल्म खेल्न जे पनि गर्न सक्छु भन्दै निर्माता/ निर्देशक को घर धाएनन् भन्न सकिन्न ! हिरोइन हरु आफै फिल्म खेल्न लाइ जे पनि गर्न सक्ने भन्दै कुर्लिन्छन भने के को शोषण हो ? कसैले यो फिल्म खेलाइदिन्छु मैले भनेको जस्तो गर भन्दा खुरु खुरु मान्ने अनि शोषण भयो भन्ने त अनि ? नखेले हुदैन फिल्म ? तिमीहरु खान बस्न नपाएर फिल्म खेल्न गा’को हो र जसरि नि खेल्नै पर्यो भन्नु ?

    गास बास भएन भनेर कसैको दबाब मा आएको भए पो एउटा कुरा त रहर ले गर्दा जे नि सुम्पिने हरु पछी सोषण भन्दै कराएर हामीलाई (दर्सक) के मुर्ख बना’को ? पत्रिका टिभी मा आफै अन्तर्वार्ता दिन्छन म कथा ले मागे सम्म को दिन्छु भन्दै अनि उक्साउछन निर्माता लाइ अस्लिल लाग्ने फिल्म बनाउन अनि फेरी उनीहरु केहि चर्चित के भएका हुन्छन फिल्म क्षेत्र मा यस्तो उस्तो भन्न थाल्छन !!

    नायिका नायक कसैको शोषण होइन तिमीहरु नेपाली चलचित्र का सबैले हाम्रो कला-संस्कृति, भावना लाइ शोषण गरेर समाज लाइ विकृत बनाएका छौ !! के लाइ लाज लाग्यो त्यो प्रश्न को उत्तर दिन लाइ कुन्नि हाम्री माननीय हिरोइन लाइ अनि अर्को तिर माइक लगेकी !

    Reply
    1. robin says:
      September 25, 2012 at 7:54 pm

      सुमित जी, तपाई ले राति खाट मा श्रीमती संग जे जे गर्नु हुन्छ, जागिर मा पनि त्येही गरेर नै promotion पाउने हो? अहिले सम्म porn फ्लिम हेर्दै नहेरेको जस्तो सोझो नापल्तिनु न | यौन जिबन सबै को हुन्छ तपाई को बाउ आमा को नि थियो, तपाई को बैनी ज्वाई को नि हुन्छ, तपाई को र श्रीमती को पनि हुन्छ नै होला, नायिका हरु लै कस्तो खालको सोषण हुन सक्छ भन्ने प्रमुख कुरा मा ध्यान गर्नु न, राम्री केटि अगाडी बढेको हेर्न नसक्ने तपाई को जस्तो नापुन्स्कक मानसिकता धेरै को देखेको छु मैले

      Reply
      1. Ramesh Bhandari says:
        September 26, 2012 at 10:14 am

        भगवान यौन जिबन सबैको हुन्छ तर खास व्यक्ति संग जस्तै श्रीमान र श्रीमती / अरुको बारेमा भन्दा तपाइको आफ्नो बारेमा पनि हेर्नोस न यार /कसैलाई लै व्यक्तिगत रुपमा त्यसो भन्न हुन्न अनि यहाँ कसरि यो कुरा आयो कि राम्री केटि लाई अगाडी बढ्न नदिने? साथी आफु चाही कुवाको भ्यागुता हुनुहुदो रहेछ अनि अरुलाई घान हाल्ने / ल सुमित जी लाई थाहा रहेनछ कस्तो खालको शोषण हुन्छ भनेर तपैले नै भने हुन्थ्यो नि /

        Reply
    2. सुमित says:
      September 26, 2012 at 10:39 am

      होइन केटा केटि नै हुनुहुदो रहेछ रबिन जी तर्क संगत कुरा गर्नुस !! यौन शोषण हुन्छ भने किन खेल्न जानु भनेको के फिल्म ? अरु काम गरे हुदैन ? यस्तो र उस्तो हुन्छ भन्ने अनि फेरी त्यहि लाइन मा घुस्न जाने ? फिल्म नखेली नहुने हो र भनेको के ? के बेरोजगार भएर फिल्म खेल्न बाध्य भा’का हुन् र तिनीहरु ? त्यो तिनीहरुको सोख हो कुनै जरुरि आबस्यकता होइन फिल्म खेल्नु ! तपाइले प्रयोग गर्नु भएको सब्द ले त तपाइको परिचय दिईसक्यो, सबैले तपाइको सोच को बारे चिनिपनी सके , म तपाइको जस्तो निच सोच राखेर तपाईलाई व्यक्तिगत आक्षेप लगाउदिन ढुक्क हुनुस ! जब मान्छे तर्क संग डराउछ नि अनि तपाइले जसरि लेख्छ !

      Reply
      1. robin says:
        September 28, 2012 at 10:55 pm

        ल तर्क कै कुरा गरौ न त! तपाई लाई फिल्म छेत्र मा लागेको तरुनी हरु प्रति के को रिष हो? येही sex abuse को कुरा बाहिर तिर उठेको भए कत्रो issue भै सक्थ्यो, जे होस् नारि जाति भन्ने लाई समान अधिकार दिईयको छ बाहिर , कानुन र समाज दुवै बाट | रुढिबादी पुरुष प्रधान बाट जन्मेको अतिबादी male chauvinist को ज्वलन्त उदहारण हुनुहुन्छ तपाई | अनि मैले ती शब्द चाहि तपाई को अतिबादी पुरुषबादी सोचाई पचआऊन नसकेर आएको हो, धन्दा नमन्नुस, तर्क को कुरा गर्नु हुन्छ तपाई, तर्क भनेको सबै को लिनु, र पचाएर आफ्नो व्यवहार लाई मजबुत बनाउन पर्छ |
        सिनेमा छेत्र मा जति महिला लाग्नु भएको छ, कला प्रति को प्रेम, लगन र केहि गर्न सक्छु भन्ने आत्म विश्वास भएर नै लागेको हो | तपाई जस्तो अतिबादी सोचाई भएको सुँगुर हरु ले गर्दा नै महिला ले कहिले समान सम्मान र अधिकार र स्वीकार प्राप्त हुने छैन | नम्रता त्यो भिडियो लीक हुनु भन्दा पहिला कति राम्रो अभिनय गर्थ्यो, उसको भिडियो लीक हुनु नितान्त एउटा दुर्घटना हो, तपाई जस्तो ढोंगी अतिबती हरु लै धेरै देखेको छु ठमेल को डान्स बार मा , तपाई जस्तो ढोंगीबाज अतिबती ले गर्दा हो जेस्सिच खड्का ले आत्महत्या गर्नु परेको !

        Reply
        1. Ramesh Bhandari says:
          October 1, 2012 at 6:28 am

          जान त तपाई हरु पनि जानु हुदो रहेछ त रबिन जी डान्स बार हरुमा तपाई त्यहाँ कला हेर्न जानु हुन्छकी अरु नै केहि? हेर्नोस यौन शोषण भनेको यदि कसैले अनुचित दबाब दिएर शारीरिक सम्पर्क गर्न बाध्य तुल्याएका लै मात्र भनिन्छ जस्तो मलाई लाग्छ / यदि राजीखुसी सम्पर्क हुन्छ भने त्यसलाई शोषण भन्न मिलेन नि कि कसो रबिन जी? सिनेमा मा अनुहार देखाउनै मात्रै पनि जे गर्न पनि तयार हुने युवतीलाई निर्माता तथा निर्देशक ले पनि क्याश गर्न खोजि हाल्छन/ त्यो त बाध्यता हैन रहर हो भन्ने मलाई लागेको हो / मैले जस्तो बुझे त्यस्तै कम्मेन्ट गरेको हो शायद यसमा मेरो पनि पुरुषबादी सोच हाबी भएर पो हो कि?

          Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme