शुक्रबार बिहान चीलसँग ठोक्किएर दुर्घटना भएको सीता एयरको चिलगाडी कस्तो हो त ? यो जर्मन प्लेन हो। यसलाई डोर्नियर २२८-२०२ विमान भनिन्छ। दुर्घटना भएको विमान पहिलो पटक साढे २५ वर्षअगाडि उडेको थियो। सन् १९८७ को अप्रिल ८ मा यो पहिलो पटक उडेको थियो। विश्वको जुन ठाउँमा प्लेन उडाउँदा पनि कल साइन दर्ता गर्नुपर्छ। तपाईँले प्लेनको पछाडि लेखेको देख्नुहुन्छ नि अक्षर र नम्बर। त्यसैलाई कलसाइन भनिन्छ। यही कल साइनबाट कुनै पनि विमानको इतिहास पत्ता लगाउन सकिन्छ। दुर्घटना भएको विमानको कल साइन 9N-AHA हो।
यो विमान २० सिटको हो र यसमा २ वटा इञ्जिन हुन्छ। विमानको कन्स्ट्रक्सन नम्बर 8123 हो। यो विमानको जिउमा सीताले 9N-AHA कल साइन पोत्नुअघि N2255E, D-CEZH, F-ODZG र VH-NSH कल साइन पोतिएका थिए। भन्नुको मतलब सीता एयरले किनेर चलाउनुअघि यो विमान तीन पटक किनबेच भइसकेको थियो।
सुरुमा यो विमानलाई AMERICAN AVIATION FINANCIAL CORP ले किनेर चलाएको थियो। उसले विमानमा N2255E कल साइन राखी सन् १९९० को मे २१ मा दर्ता गरेको थियो। यात्रुवाहक विमानमा रुपमा यसको प्रयोग भएको थिएन सात महिना मै अर्थात् डिसेम्बर २१ मा यसले त्यो कल साइन दर्ता खारेज गरेको थियो। यसको मतलब यो प्लेन अर्कैले किन्यो।
त्यो अघि वा पछि जर्मनी, फ्रान्स र अस्ट्रेलिया गरी तीन वटा देशका कम्पनीले यो विमान किनेको थियो। जर्मनीमा उडाउँदा यसको कल साइन D-CEZH, फ्रान्समा उडाउँदा F-ODZG र अस्ट्रेलियामा उडाउँदा VH-NSH थियो।
यो प्लेनको नेपाल यात्रा भने सन् २००३ मा भएको थियो। विमान अमेरिकाबाट नेपालतर्फ उडेको थियो। त्यस क्रममा पोर्चुगल, माल्टा. इजिप्ट हुँदै सीता एयरका लागि उडान भर्न यो काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नौ वर्ष अघि उत्रेको थियो।
फारोबाट यो माल्टाको अन्तर्राष्ट्रिय विमानस्थलमा रोकियो अप्रिल ४, २००३ मा। अवतरण गर्न लागेको बेलाको फोटो हेर्नुस् यो अर्को फोटो माल्टा विमानस्थलमा अवतरण गरिसकेपछिको हेर्नुस् माल्टाबाट यो इजिप्टको लक्जोर विमानस्थलमा तेल भरेर काठमाडौँ आइपुग्यो।
यो मे २००४ मा काठमाडौँको विमानस्थलमा सीता एयरको नाम विमानमा पोतिसकेपछिको फोटो हेर्नुस्
विश्वकै सबैभन्दा डरलाग्दो विमानस्थलमध्येमा पर्ने लुक्ला विमानस्थलमा उत्रँदै गर्दाको यो फोटोमा विमानभित्रको ककपिटको दृश्य देखिन्छ। यो एक वर्षअघि अप्रिल १६ मा खिचेको फोटो।
अनि यो लुक्ला विमानस्थल कै अर्को फोटो हेर्नुस् पोहोर अप्रिलमा खिचेको। फोटोमा सँगै सीता एयरको अर्को विमान 9N-AHB पनि देखिन्छ। याद गर्नुस्, त्यसको नाक (अगाडिको भाग) छोपिएको छ। लुक्लामा दुई वर्षअघि असोज महिना मै यो विमान लुक्लामा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएर नाक कुच्चिएको थियो। हेर्नुस् फोटो रनवेमा यो विमान अलपत्र परेपछि दुई दिन लुक्ला एयरपोर्ट बन्द भएको थियो।
पख्नुस्, यस्तो थोत्रो प्लेन उडाउने भनेर गाली गर्नुअघि विश्वभर यस्ता कतिवटा प्लेन उड्छन् भन्ने पनि जानकारी लिइहालौँ। यही मोडल DORNIER DO-228-201 का ३४ वटा विमान अहिले सञ्चालनमा का कल साइन यसमा सूचिकृत छन्। सबभन्दा बढी जर्मनीमा छ। त्यसबाहेक जमैका, क्यानाडा, चिली, पोर्चुगल, फ्रान्स, साउदी अरेबिया, नर्वे, अमेरिका, अस्ट्रेलिया आदि देशमा पनि यो मोडलका विमान छन्। ३४ वटा कल साइन सूचिकृत भए पनि तल कमेन्टमा एक पाठकले औँल्याए अनुसार दुर्घटना भएको सीता एयरको विमान जस्तै ती विमान किनबेच गरेर कल साइन परिवर्तन गरिएको हुनाले खास संख्या भने यो सूचिमा १० मात्रै देखिन्छ। Dornier Do 228 भने ६ वर्षअघिसम्म १२७ वटा विश्वका विभिन्न भागमा उडिरहेका छन्।
सीता एयरसँग अब बाँकी भएको दुई वटा विमान चाहिँ 202K र 212 मोडलका हुन्। सीताको वेबसाइटमा चार वटा डोर्निएर विमान रहेको भनिए पनि तीन वटाको मात्रै मोडल नम्बर खुलाइएको छ। एउटा बिग्रिएपछि सञ्चालनमा रहेको अर्को दुई वटाको कल साइन 9N-AHB र 9N-AHR हो। 9N-AHB तीन कम्पनीले चलाइसकेपछि सीताले किनेको २३ वर्षअघि बनेको विमान हो। यही विमान लुक्लामा दुर्घटना भएर नाक कुच्चिएको थियो। त्यसैगरी 9N-AHR यसअघि चार कम्पनीले चलाइसकेपछि सीताले किनेको २४ वर्षअघि बनेको विमान हो।
यसरी जलेर खरानी भयो विमान र त्यसभित्र रहेका १९ यात्रु। फोटो सौजन्यः एपी
खै नेपालि जनता हरु किन मोवन छन ? किन बिरोध छैन ? Recondition Airplane Import BAN आर्को कुरा ऐआर उधोग चलाउने टोप्लेका डाकाहरुले डुबेको कम्पनिहरुका थ्रोता-जाहाज खरिद गरी कम्पनी को नाम मात्रै फेरी उहि थ्रोता जाहाजले सन्सारकै यात्रु चड्ने आकाशि-मार्गमा खेल्-बार्ड गर्दै छ ? एस्ता कम्पनिलाई किनआ नेपाल सरकारले license दिन्छ ? आर्को कुरा Industry Maintenance Management कमि-कमिजोरी र त्याहका पाले हरुका लापरबाहिले गर्दा अनि नेपालको हाकिम-बाद चलनले गर्दा पनि जोखिमा हरु बढेको जस्तो लाग्छ ! आब सरकारले थ्रोता जाहाज आयात गर्न बन्दा गर commition खाएर license दिने जोसुकै डाकहाँरु लाई फाशी को सजय हुनु पर्छ ! यात्रुहरु आफ्नो यात्रको सुभिधा को लागी जाहाज , गाडी हरु प्रोयोग गरिन्छ तर नेपालमा मान्छे मार्ने साधानमा परिणत भएको छ ! आब त मर्न मन लागे नेपालको जाहाज र बस चढ भन्दा दुइ-मत नहोला !
बरु त्यो जहाजमा यी सबै घुस्याहा तथा टाउके नेताहरु परेको भए हाम्रो देश कती राम्रो बिकसित हुन्थ्यो होला ।
विचरा पर्यटकहरु परेर पर्यटनमा दिर्घकालीन नराम्रो असर पर्न शक्छ ।
same thing or more worst than sita air ,this plane is coming from kenmore air seattle,its a old seaplane
http://oddballpilot.com/2011/05/dispatch-goin-to-kathmandu/
उमेश जी ,
यो लेखको लागि धेरै धन्यबाद , मेरो एउटा जिज्ञासा ..
हामी सबैलाई थाहा भएकै कुरा हो नेपालमा उड्ने अदिकाम्स बिमानहरु(बुद्धको छाडेर ) थोत्रा छन् … एस बारेमा केहि अनुसन्धान मुलक विवरण दुनु भए सबै पाठकलाई नेपाली बिमानहरु बारे धेरै राम्रो जानकारी हुने थियो …
तपाइको माथि उल्लेख गरेको फोटो हेर्दा मैले के चाही देखे भने विदेशमा हुदा सम्म यो बिमान निकै सफा देखिन्छ तर नेपालमा आए पछि निकै फोहोर (एउटा फोटोमा नेपाल आए पछि बिमानको तल्लो भाग निकै कालो र मैलो देखिन्छ ), येही बाहिरी रुपबाट पनि अनुमान गर्न सकिन्छ बिमानको अन्तरिक Maintenance कस्तो हुन्छ होला भनेर … अहिले पत्रिकामा आएको समाचारलाई आधार मान्ने हो भने उक्त दुर्घटनाग्रस्त बिमान अगिल्लो दिन सम्म उडानको लागि अयोग्य भनि थान्कायिएको थियो रे , तेता तिर पनि अनुसन्धान र छानबिन गर्नु पर्ने हुन्छ, बिमानमा अरु प्राबिधिक समस्या पनि थियो कि ??
मैले यी सम्पूर्ण कमेन्टहरुमा dislike गर्नुपर्ने खासै कारणका देखिन तर केहि पटमुर्खहरु, कुनै संबेदन नभएको समाजको खलनायक, अझ जनावरको संज्ञानै दिएपनि फरक नपर्ने कोहि चाही रहेछन भन्ने ज्ञान पाए |
the main cause is the negligence of every people. Unless every body realizes their responsibilities, this trend will continue. How many people know, cargo planes of Nepal also carry passenger. Air kasthamandap, that used to carry cargo specially foods to remote areas of Nepal carry passengers when they return back. When they return back they do not have cargoes, so they bring passengers with them. Here people are considered as cargo. The airport authorities also do not say any thing to them. They are free to carry people, even if they are designed for cargo only. People hardly fit in the plant, as the plane is too small.
what if this plane meets an accident. Who will be responsible for it?
A sherpa जी को comment धेरै गहिरो छ .उहाँ ले भने को कुरा एथार्थ हो AVIATION मा .
एउटा इन्जिन फेल भएको खण्ड मा आर्को इन्जन को पावर आफै बढ्छ .एस्लाई uptrim भन्छन टेक्निकली र यो सामान्यतया १० देखि २० प्रतिशत सम्म हुन्छा तर ओवरलोड (अनधिकृत रुप ले या रेकर्ड बाट लुकाएर )छ भने त्यो Engine uptirm ले पनि केहि गर्न सक्दैन.
एसको राम्रो संग अनुसन्धान हुनु पर्छा .Bird hit might have rendered one engine useless but other engine uptrimmed could have successfully flown the airplane till safe landing but here the case of overloading couldn’t be ruled out which have made the uptrimmed engine power useless to support the airplane.Spectators observation corroborate this too.
anyway god bless the souls of those deceased.
पुरानो भन्दैमा सबै नराम्रा हुँदैनन् | नियमित चेक अप गरेको खण्डमा जे चिज पनि सुचारु हुन्छ| मानिस पनि व्यायाम कसरत निरन्तर गर्नेहरु तिन बिस पुग्दा पनि तन्दुरुस्तै हुन्छन | तर पुरानो भनेको पुरानै हो, अलिकति खित्रिक्क भयो भने खुत्रुक्कै हुन्छ |
लुक्ला उड्ने जहाज दुर्घटना हुनुमा जहाजको प्राबिधिक गडबडी को कारणले मात्र हो जस्तो मलाई लाग्दैन / जहाज overload भएको कारण पनि हुन सक्छ /यसमा सम्बन्धित् सबैले चासो देखाउनु जरुरि छ / म पनि लुक्ला आवत जावत गरिरहने एक जना यात्रु हु / लुक्ला जाने जहाजमा च्येमता भन्दा १००/१५० के.जी. बढी समान प्राय हालेकै हुन्छ/ जहाजले बोक्ने भनेको एउटा engine
को load हो/ अर्को engine भनेको safe side को लागि हो यानकी incase एउटा engine ले काम नगरे पनि अर्को engine ले काम गर्छ / मेरो विचार मा सुरु मा जहाजको एउटा engine ma चिलले हान्यो र अर्को engine को भरमा captain ले घुमाएर land गर्न खोज्दा जहाज overload को कारणले तल तल झर्दै गयो र दुर्घटना भयो/ एरपोर्टमा समान scale मा तौलेर ट्रलीमा हालेर जहाजमा load गर्नु लादा loader ले दलालहरु संग मिलेर थोरै पैसाको प्रलोव्हनको लागि समान लुकाएर हालेको मैले धेरै चोटी देखेको छु/ यसमा सहि कदम चाल्नु जरुरि छ./ अन्तमा सम्पूर्ण मृत आत्माको चिर शान्तिको कामना गर्दछु/
This is sad news for all of us. We have seen tragedy in mountainous Nepal some caused by weather, geography position, short run way and faults in airplane. This is the case caused by vulture not happened for first time (few year ago a plane was also hit by the vulture but succeed landing safely). So, priority should be give first to clean the garbage of Kathmandu specially in riverside. On the other hand, dozens of people died monthly in far remote area due to poor road transportation. Sad news is nothing comes in media attention.
एती air भनेर टिकट किनेको थिए , तर उडने बेलामा त् येही सित air बिमान छ बा, धन्न बाचियो, परिवारका ५ जना यात्रा गर्दै थियोउ, भगवानलाई धन्यवाद
तर दुख लाग्दो कुरा, air होस्टेस, चालकहरु, के तिमिहर्ले अरु जागिर पाउदैनौ. मेरो छिमेकीको छोरो पैलोट भयेर काम गरेको १ दसक भन्दा बढी भै सक्यो, कसैले पनि त्येसलाई छोरि दिदैन, किनकि त्येसको ठेगानै छैन, आकासमै मरेर झर्ने हो कि? एक्लो जिबन वितौछा, रक्सि नै जिबन बनेको छ. येस्ता जड्याहा को भरमा बिमान मा यात्रा गर्नु पर्छा.
THANK YOU FOR JOKE BUT THIS NOT GOOD TIME TO JOKE.
माथीका सवै साथीहरूको कमेन्ट सुन्दा निकै खुशी लाग्यो जस्ले जे भनेपनी अ।खिर दुर्घटना भएका भएइ छन के भाको हो खै , कमजोरी कस्को हो त्यो पत्ता लगाएर कमजोरपक्षको समाधान गरे हुनेथियो ,,
ना लायक बाबु राम सरकार मुग्लिनको
होटेलमा खानाको अनुगमन गर्ने नाटक गर्ने
त्रिभुबन बिमानस्थल मा पनि अनुगमन
गर्न जाऊ…………………………..
कस्तो हालत छ बिमान हरुको ?????
There are only 10 planes in the list as the same plane is listed multiple times with change of hands.
… र केही हेलिकप्टर र केही साना विमान पनि रहेछन् । भनेपछि दर्जनभन्दा बढी यसखाले जहाज रहेनछ संसारमा र त्यसमध्ये पनि यात्रु ओसार्नका लागि प्रयोग हुने नेपालमात्र हुनुपर्छ (अनुमान) । हवाई उडानका लागि नेपालको आकाश यसै त संसारमै गाह्रो मानिन्छ, त्यसमाथि संसारबाटै विलय हुन लागेका, असुरक्षित, अनियमित मर्मत, घोटेर चलाइने यसखाले विमानहरू वास्तवमा नेपाली आकाशका लागि उचित छैनन् भन्ने अनुमान गर्न सकिन्छ । तर क्यार्नु ! सरकारी हवाई सेवा ओरालो लाग्नु र निजी क्षेत्रको एकाधिकार बढ्दै जानुले निजी क्षेत्र अतिनाफामुखीमात्र होइन, यात्रुहरूप्रति अनुत्तरदायी हुँदै गइरहेका छन् । हुन पनि किन पर्कया छ ? आखिर उनीहरूले जनधनको क्षति व्यहोर्नुपर्ने होइन । विमानको बीमा रकम आइहाल्छ, यात्रुको पनि बीमा रकम पनि बीमा कम्पनीले नै तिरिहाल्छ । त्यसमाथि थोत्रा विमानहरूबाट पनि छुट्कारा पाइने । केको टनकटनक हवाई सेवा कम्पनीहरूलाई ! होइन त साहुजीहरू !
खोइ, त्यो नेपाल ऐरलाइन्सको प्लेन चड्दै छु १० दिनमा . त्यो RA402 प्लेन कति पुरानो हो कुन्नि. सम्झंदा डर लाग्छ
आशिस ज्यु
निगम भित्र लाख कमि कमजोरी हरु छन्/ तर पनि निगमले आफ्नो जहाज मर्मत गर्नुमा कुनै कन्जुसी गर्दैनन्/ निगम सिट आफ्नो पुरानो जहाजको निमित चाहिने बाहिर बजारमा किन्न नपाउने पार्टहरुको पर्याप्त जगेडा पार्टहरु छन्/
फेरी निगमको पाईलटहरुले जहाज नउडाय पनि महिना महिनामा आकर्षक तलव पाउँछ/ यसै कारण जहाजमा सानो भन्दा सानो कमि कमजोरी देखे पनि निगमका पाईलटहरु कुनै रिस्क लिंदैनन जहाज मर्मत भय पछी मात्रै उदाउने गर्छ/ यसै कारणले ले पनि निगमको उडानहरु रद्द हुने गर्छ/मैले यो कुरा निगमको ब्यबस्थापनको प्रसंसा गर्न लेखेको होईन/ त्यहा कति भ्रस्ट ब्यबस्थापकहरु थियो भन्ने कुराको मलाई राम्रै ग्यान छ/
तर निजि बिमान सेवाहरुमा यस्तो हुँदैन/ न त् उनीहरु सिट जगेडा पार्टहरु हुन्छ न दछ्य प्राबिधिकहरुनै/ बस यौटा बा दुईटा जहाज लिजमा ल्यायो नेताहरुको सिफारिसमा उडान गर्ने अनुमति लियो जहाज उदायो/ निजि बिमान सेवाहरुले आफ्नो पाईलट हरुलाई उडान गरे मात्रै ज्यामिलाई ज्याला दिय जस्तै रकम दिन्छ/ त् निजि बिमान कम्पनीको पाईलटहरु जस्तै अबस्थामा पनि जहाज उदाउँन खोज्छ/
जसले ले जे भने भने नेपाल को आकाश को सेफ्टी रेकर्ड सार्है लाजमर्दो छ. नेपाल मा बिमान दुर्घटना हुन् सामान्य भयो. २ बर्ष भित्र ६ वटा दुर्घटना! यो डरलाग्दो तथ्य हो. र सबै जसो दुर्घटना मानवीय त्रुटि ले भनेर दिबंगत पाइलट लाइ दोष लगाएर सम्बन्धित भ्रस्ट हरु लाइ सुनपानी छर्कने कारण ले यो दुर्घटना हरु बढी रहेका छन र सामान्यकरण पनि भएका अछं.अझ हिजो को दुर्घटना लाइ दिने भरि BBC र al jazeera ले प्रसारण गरे नेपाल को आकाश कति सुरक्षित भनेर शंका उठाउदै. एसले पर्यटन क्षेत्रमाथि ठुलो कालो बादल मडारिरहेको देखाउदछ.
Firstly, there is my humble condolence to the families and their beloved person…. This really shocked the whole nation.
The whole country is running behind the money….. due to this there is a corruption and no one is doing their jobs properly, पैसा कमाए भैहाल्यो….
They are using very old planes, if you see the price it looks similar to international , but standards / quality is very poor….. they are using money for corruption, hiding their mistakes. I am sure that if we check all planes, no planes will match the international standard level…. But they are making money as International market.
घुस नाखोई हुदैहुदैना नेपालमा….. कमाएको पैसा सबै घुस मै जान्छ, चुपचाप गर्न पैसा दिनै पर्यो…. Standard maintain भन्दा घुस मै सकिन्छ पैसा….
जब देसमा, प्रसासनमा खराब मिनिस बडी हुन्छन, सबैले दुक्ख पाउछन भनेको येहीहो.…. In every organization there should be a check and balance between good people and frauds; always good will oppose the bad ones, but if all are bad, this is the best example……. सबै ढागछोप गर्छन, एक अर्कालाई बचाउन…
एस्तो बेलामा सरकारले मन्त्रि देखि सचिब लै बर्खास्त गर्नुपर्ने हो….. किन भने आफ्नो कर्तब्य बाट चुके तिनीहरु र आफ्नो दाइत्यो पुरा गर्न असक्छेम भए….
तर केहि हुदैन… एस्तै हो भने Unsafe country भनेर बिदेस ले घोसना गर्दिनछ….
My deep condolence to all the family member of the deceased in the Sita Air plane crash. May their soul rest in peace.
Now world’s attention has been drawn to our tiny nation follwoing this fatal disaster, they also remind us that the 6 plane crashes in matter of 2 years, sets our aviation industry and our air routes the most hazardous destination for any foreigner to venture as a tourist. This is rather a fatal blow for our recuperating tourism industry, which has hardly started to feel positive after its recent starving struggle through a decade long maoist insurgency.
Let us not just shrug-off this disaster by finding faults in the birds that hit the airplane or in the pilot judgemental error. Like many of you, I also believe this is a time we must start seeing matter in depth. If we could have run our system in a right way, with a right set of qualified people plus with strict rule of law then, probably the margin of error could have been minimum.
Maybe, the well managed system would have managed the bird nuiscance around the airport perimeter, maybe the training of the pilot would have gone more refined, maybe the ground staff, potter, security in the airport would be performing their duty with dignity and conscience, maybe the department of immigartion would not be on the government’s top list of most corrupt offices, maybe chief of immigration at TIA,’Khadananda Dhakal’ would not be suspended for helping lawmaker misuse diplomatic passports, maybe senior immigration officer Purna Bahadur Basnet, immigration officer Hari Prasad Neupane, senior immigaration assistant Nain Bahadur Karki, Bishwantar Sukubhutu would not have to be dragged to the court for their alleged involvement in bribery and maybe they would have still serving for the immigration department in TIA with dignity, maybe no other Nepali citizen including Dichi Dolma Sherpa would not have to suffer the harrassment at the hands of corrupt immigartion officer and forced to pay Rs 100,000 just for minor flaws in certificates that could stop anyone leaving or arriving TIA, maybe like former chief of Nepal Airlines Corporation Mr. Chaturvedi, newer chief of NAC would not have to go to jail for a year and be fined millions rupees for corruption, maybe our one and only international airport and many more domestic airports throughout the country would get to be much cleaner, bigger and properly cared and maintained, maybe the restroom in the TIA would be much cleaner, without missing toilet seat, toilet paper roll, handwash liquid soap, clean wash basins, proper and functioning door latches, and last but not the least well dressed and polite toilet cleaning staff always at standby, and maybe we all could say proudly that this is it, this is it, my Nepal my pride, but ironically, the bitter pill that we are forced to swallow today is what many of the childrens of these corrupt officials would say defending their parents misdead by saying, ‘ANYONE WOULD HAVE ABUSED THE POSITION, IT IS JUST THE COINCIDENCE THAT MY PARENTS IS HOLDING THAT POSITION’. And I remember this incident that happen in China few years ago, which is famously know as “Li Gang Gate” you can see it in the link below ( http://www.chinahush.com/2010/10/21/sue-me-if-you-dare-my-dad-is-li-gang/ ).
Maybe what ever I had to say here has nothing to do with the Sita air plane crash, but maybe there is always something that can be done to better perform than what we have today. I hope Sita air would step up for the challenge and many other domestic airlines including Nepal Airlines will leart quickly.
If corruption overwhelms our system then our system will never get to see the better days. and I believe there is always loads of corrupt people responsible for many similar disaster in everywhere. I deeply feel sorry for the lost soul, I have just my prayers for the lost souls and few words of comfort to all the family member who lost their near and dear ones.
किन खस्छ कहिले बुद्ध कहिले सीता /
सधै सधै किन हुन्छ यस्तो रमिता //
बर्सै पिच्छे स्तब्ध हुन्छ मेरो देश
देखेर आफन्तहरु जिउदै बलेको चिता //
मानवीय त्रुटिले होस् वा दैवी खेलले हो… लिएर गए हाल्यो पापी मृत्युले … दिबंगत आत्माको चिर शान्तिको लागि श्री पशुपतिनाथ संग प्राथना गर्द छु !
उमेशजी, महत्वपूर्ण जानकारीको लागि धेरै धेरै धन्यवाद र दुर्घटनामा मृत्यु भएका सबैको लागि हार्दिक श्रदान्जली अर्पण गर्दछु !
प्राय जसो यात्रु बाहक बिमान को आयु २० बर्ष हुन्छ . नेपाल मा कसरि २५ बर्ष पुरानो बिमान लै उडान अनुमति दिएको ….
नेपाल मा बिमान पुरानो भएर भन्दा पनि यहा दक्ष प्राबिधिक नभएर वा एयरलाइन्सहरुले बेवास्ता गर्दै निर्धारित समयमा नियमित परिक्षण नगर्ने अनि सानो सानो कमजोरी लाइ बेवास्ता गर्दै प्लेन उडाउनु नै ठुलो कमजोरी हो जस्तो लाग्छ मलाई !!
सालोक्य जी ,
तपाइँ लाइ मुरी मुरी धन्यबाद एस्तो राम्रो र महत्वपूर्ण कुरा को जानकारी सबलाई गराएको मा / माथि को कुरा पढे पछि मलाइ सरिरै जिरिंग भयो/ आज भन्दा २५ बर्स पहिलाका थोत्रा (जंक) जहाज हरु अरु देश मा चलायपछी काठमान्डू को एअरपोर्ट मा चलाउन ल्याउने रहेछन एस्तो कुरो हुने रहेछ मलाइ थाहा थिएन/ येस्ता संसारभर चलाएर थोत्रा मोत्रा भएका सस्ता जहाज लाइ ल्याएर कुनै चेक नगरी उडाई दियो अनि दुर्घटना भयो सब यात्रु मर्ने , पाइलट पनि पर्ने अनि कम्पनीका संचालक नमर्ने अनि ति कम्पनि ले दुर्घटना भएको प्लेन को insurance claim गरि मोटो रकम लिने होलान अनि फेरी तो रकम बाट फेरी सस्ता थोत्रा मोत्रा जहाज विदेश बाट ल्याई चलाउने होलान अनि फेरी दुर्घटना अनि दोष जति नेपाल को डाडा काडा , कुइरो, पाइलट को गल्ति देखाउने अनि insurance को claim गरि पैसो लिने /
आज उमेश जी ले जुन बिषय बस्तु को जानकारी गराउनु भएको छ तो बिसय्बस्तु अरु कुनै ठुला पत्रिका, वा पहिला कुनै चर्चा मा देखिएको थिएन तेसैले पत्रकारिता भनेको आफै मा अनुसन्धान पनि हो र धेरै मानिस हरु लाइ सुसुचित , सहि सूचना प्रभावित गर्नु पनि हो जुन तपाइँ ले यो लेख बाट गर्नु भयो तो सार्है नै सरहानिये छ / आजका दिन सम्म मैले के सोच्थे भने प्लेन चड्यो भने ति प्लेन हरु एकदम नया हुन्छन र दुर्घटना कम हुन्छन , बस ,मिक्रोबस मा जस्तो driver को , बसमालिक को लापर्पाही ले त्रिसुली मा जस्तो हाल्दैन जस्तो लाग्थ्यो तर यता पनि २५ बर्स पुराना कम्पनि नै १५ बर्स अघि बन्द भैसकेका बाट प्लेन ल्याई चलाउने रहेछन तेसैले येस्ता कुरा हरु तपाइँ ले हामि पाठक हरु बीच सेयेर गर्नु भयको मा धन्यबाद छ / अरु अरु नया नया कुरा हरु पनि लेख्दै जानुस येही सुभकामना छ /
राम्रो reserch गर्नु भयो सलोक्ये जी ले……
यसरीनै यो माध्येम बाट सबै प्लाने कति पुरानो हो पत्ता लगाउन सकिदो रहेछ…
पत्रकार साथि हरुले…. एउटा राम्रो News Article बनाउन सकिन्छ होला….
नेपालको भौगोलिक विकटताले गर्दा पुराना जहाजहरुको उचित मर्मत संभारविना गरिने उडान पूर्णतया असुरक्षित त छँदै छ त्यसमाथि ए़यरपोर्टको वरीपरी बग्रेल्ती खुलेका सेकुवा तथा मासु पसलहरुले गर्दा चिल र गिद्धजस्ता चराहरु समेत हवाईजहाजसंगै take-off र land गर्न प्रतिस्पर्धा गरिरहेको भान हुन्छ जसले हवाई यात्रालाई झनै असुरक्षित वनाइदिएको छ ।
सिता एयरमा सवार सवै यात्रुहरुको दुःखद निधन भएपनि त्यसका पाइलटले विमानको सुरक्षित अवतरण गर्न गरेको प्रयास प्रशंसनिय छ जसले यति धेरै घना वस्ती भएको शहरमापनि जमिनमा रहेका कुनैपनि मानिस र अन्य भौतिक सम्पतिको थप क्षति हुन पाएन ।
थोत्रा गाडी ,थोत्रा जहाज पैसा कमाउने धुनमा
जताततै दुर्घटना जनता परे घुन मा
पैसाको लागि जे पनि गर्न तयार
अपराधीहरुको बन्यो मेरो देश स्वर्ग !
साला एक चोटी मा नि जनकपुर बाट सिता एयर को विमान मा चद्या थिए , लास्ट थोत्रो विमान थियो….साला हरु मा कारबाही हुनुपर्छ !सीता एअर मुर्दाबाद ! थोत्रो प्लेन बन्द गर !! सिता एयर बन्द गर …न हुस्सु, न कुहिरो, न त कुनै मौसम खराब, तर पनि विमान दुर्घटना हुन छोड्दैनन, दोष कसको?अब सरकारले छानबिन आयोग गठन गर्छ समितिले रिपोर्ट तयार गर्छ भत्ता पचाउछ समस्या जस्ताको तस्तै।
सारै दुख लाग्यो यो समाचार सुनेर, कसरि सुरक्षित बनाउने होला नेपालका बिमान सेवा हरुलाई ??
सबै ३४ वटा विमान यात्रुवाहक हुन् त? कतिपय त एक्लो मान्छे कै रहेछ . मृतकप्रति हार्दिक समवेदना
Plane Ko history त ठिक्कै लाग्यो Tara बिडम्बना ending भने सारै खल्लो लाग्यो… What can we say ! RIP
OMG एउटा चरा ठोकिदा पनि त्यति ठुलो दुर्घटना हुन्छ कि बिमानको कमजोरी पनि छ यसको पछाडी,?सम्पूर्ण मृत आत्माको चीरशान्तिको कामना गर्दछु !!
पिलिन त राम राम भन्दै चलाउनु पर्ने यन्त्र पो रेछ त लाखे हो !!!
एस्तो के जति हाम्ले कसरि बुझ्थ्येउ र !