Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सबभन्दा बढी विमान दुर्घटना अमेरिकामा

Posted on October 1, 2012October 1, 2012 by Salokya

भारत टप टेनमा, चीन ११ नम्बरमा

विश्वमा सबैभन्दा बढी विमान दुर्घटना कहाँ हुने गरेको छ ? अहिले नेपालमा छापिएका समाचार र समाचार टिप्पणीहरु र गफहरु सुन्दा लाग्छ नेपालको आकाश विश्वकै सबैभन्दा असुरक्षित छ। यहाँ प्लेन चढ्यो कि दुर्घटना हुने सम्भावना हुन्छ। तर त्यसो हैन। यातायातका साधनमध्ये हवाई यात्रालाई नै सबैभन्दा सुरक्षित मानिन्छ विश्वैभर। त्यसैले विमान दुर्घटना ठूलो समाचार बन्छ र सबको ध्यान आकर्षित हुन्छ। विश्वका जुनसुकै कुनामा भएका विमान दुर्घटनाको पनि तथ्याङ्क राखिएको हुन्छ। यही तथ्याङ्कका आधारमा हेर्ने हो भने विश्वमा सबभन्दा असुरक्षित आकाश अमेरिकाको देखिन्छ। फ्लाइट सेफ्टी फाउन्डेसनले सन् १९४५ देखि राख्‍ने गरेको तथ्याङ्क अनुसार अहिलेसम्म सबैभन्दा बढी विमान दुर्घटना अमेरिकामा भएको छ। अमेरिकामा भएका ६८६ वटा दुर्घटनामा १० हजार २४५ जनाको मृत्यु भएको छ। प्लेन दुर्घटना हुँदा जमिनमा रहेका १२९ जनाको पनि मृत्यु भएको छ। यसमा सैनिक विमान दुर्घटना, कर्पोरेट जेट दुर्घटना वा विमान अपहरण आदिका घटना जोडिएका छैनन्। यात्रुवाहक विमान, त्यसमा पनि मान्छे मरेको दुर्घटनाको तथ्याङ्क मात्रै यसमा छ। ध्यान दिनुस्, फ्लाइट सेफ्टी फाउन्डेसनको एभिएसन सेफ्टी नेटवर्कले दुर्घटनाको संख्याको अभिलेखमात्र राख्‍ने गर्छ र यो ब्लगको आधार त्यही अभिलेख हो। नेपाललाई नकरात्मक रुपमा मात्रै देख्‍न चाहने कसैसित नेपालको आकाश विश्वकै खत्तम छ भन्ने भरपर्दो तथ्याङ्क भए तल कमेन्टमा सेयर गरे हुन्छ। यो ब्लग भएको तथ्याङ्कको आधारमा सबभन्दा बढी दुर्घटना कुन-कुन देशमा भएका छन् भन्ने जानकारी मात्र हो। यो नेपाल र पहिलो नम्बरको अमेरिकासँगको तुलना हैन। दोस्रो नम्बरमा रहेको रुस र तेस्रोमा रहेको ब्राजिल वा यसमा भएका अरु देशसँगको तुलना पनि हैन

अमेरिकामा भएको विमान दुर्घटनाको संख्या दोस्रो स्थानमा रहेको रुसमा भएको दुर्घटनाको संख्याभन्दा दोब्बरभन्दा बढी छ। रुसमा आजसम्म २९९ वटा दुर्घटना भएका छन् भने त्यसमा मर्नेहरुको संख्या ६ हजार ८४२ छ। विमान दुर्घटना हुने क्रममा जमिनमा रहेका व्यक्तिहरु २१ जना मारिएका छन्। सन् १९९१ मा सोभियत संघ विघटन हुनुअघि भएका दुर्घटनाको तथ्याङ्कमा पनि रुसमा नै गाभिएको छ। विघटन हुनुअघि क्षेत्रफलको हिसाबले सोभियत संघ विश्वको सबैभन्दा ठूलो देश थियो।

तेस्रोमा ब्राजिल रहेको छ। त्यहाँ १६३ वटा दुर्घटना भएका छन्। त्यसमा २ हजार ६ सय २१ जना र जमिनमा रहेका ७० जनाको मृत्यु भएको छ।

जनसंख्याको हिसाबले विश्वको सबभन्दा ठूलो छिमेकी देश चीन बढी विमान दुर्घटना हुने देशको सूचिमा ११ औँ नम्बरमा पर्छ। छिमेकी देश भारत भने नौ नम्बरमा पर्छ। भारतमा ९१ र चीनमा ७२ दुर्घटना भएका छन्। भारत एसिया महादेशको सबैभन्दा बढी विमान दुर्घटना हुने सूचिमा दोस्रो नम्बरमा पर्छ। एसियामा सबैभन्दा बढी दुर्घटना इन्डोनेसियामा भएको छ। ९३ दुर्घटनासहित इन्डोनेसिया विश्वमा सबभन्दा बढी दुर्घटना हुनेको सूचिमा छैटौँ नम्बरमा पर्छ। एसियामा बढी दुर्घटना भएको देश फिलिपिन्स पनि हो। त्यहाँ ५८ दुर्घटना भएका छन्।

अहिलेसम्म कहाँ कति दुर्घटना भएको छ? तथ्याङ्क हेर्नुस्-

नेपालमा कति दुर्घटना भएका छन् त ? एभिएसन सेफ्टी नेटवर्कको तथ्याङ्क अनुसार यहाँ मान्छे मर्ने गरी ३१ वटा दुर्घटना भएका छन्, जसमा ६ सय ८३ जनाको मृत्यु भएको छ। सन् १९९२ नेपालको हवाई इतिहासमा सबभन्दा कालो वर्ष हो। त्यो वर्ष जुलाईमा थाई एयरवेजको एयरबस दुर्घटना हुँदा ११३ जना र सेप्टेम्बरमा पीआइएको एयरबस दुर्घटना हुँदा १६७ जनाको मृत्यु भएको थियो।

देख्नु भो त, नेपालभन्दा धेरै असुरक्षित अरु देशका आकाश छन्। नेपालको हवाई यात्रा खत्तमै छ भनी जति प्रचार र हौवा खडा गरिएको छ, त्यो हैन। तर यसको अर्थ नेपाल निकै नै सुरक्षित छ भन्ने पनि हैन। दुर्घटनाका कारणहरुको राम्रोसँग छानबिन नगर्ने, विमान कम्पनीहरुको दोष भए लुकाउने, उडान सुरक्षाका पर्याप्त उपाय नअपनाउने हो भने नेपालको नाम पनि धेरै दुर्घटना हुने सूचिमा आउन धेरै पर्खनु पर्दैन। आकाश यात्राको नियामक संस्था नेपाल उड्ययन प्राधिकरण यसमा गम्भीर हुनु जरुरी छ।

72 thoughts on “सबभन्दा बढी विमान दुर्घटना अमेरिकामा”

  1. bhim koirala babu amardah says:
    October 2, 2012 at 10:51 pm

    के अब यो लिस्ट को आधारमा नेपाल पहिलो नम्बर पर्नुपर्ने होत
    यो लिस्ट ले झन् चिन्तित बनायको छ आफ्नो घर मा जति परिवार भय नि हामीलाई यौटा घाटो भने दुख लाग्छ
    अनि हामी यात्रु के मा सुरछित छौ त
    यो लिस्ट चै अमेरिका लगेर देखाउनु नेपाली लाई होइन
    धन्यवाद

    Reply
  2. sankalp says:
    October 2, 2012 at 5:34 pm

    i don’t think you are able to present the reliable data. It would have been better had you compared on the basis of time frame and the air-route area. US has longer air history than Nepal. US is more than 60 times bigger than Nepal. SO i guess, total number of accidents per square km per year is more in Nepal than US.

    Reply
  3. Gemmi says:
    October 2, 2012 at 2:28 pm

    यो चाहिँ उमेशजीको फुट-इन-माउथ मोमेन्ट भयो | हवाई सुरक्षाको दृष्टिमा नेपालको आकाश सबैभन्दा असुरक्षित मध्ये नै पर्छ होला | यो चार्टको सहयोगले नेपालको आकाश तुलनात्मक रुपमा कम असुरक्षित छ भन्नु चाहिँ गलत विश्लेषण हो | कारण माथि सबैले भने जस्तै दुर्घटनाको ‘घनत्व’ हेर्नु पर्छ – कति हवाई उडान मध्ये कति दुर्घटनामा परे, कति हवाई यात्रु मध्ये कति दुर्घटनामा मरे | त्यो पनि खास अवधिमा – सन् १९४५ देखि अहिलेसम्मको समष्टिगत रुपमा होइन |

    अमेरिकाका एयरपोर्ट कति ब्यस्त छन् या छैनन् त्यो चाहिँ सरोकारको विषय भएन, ब्यस्त भएरै असुरक्षित भए पनि असुरक्षित नै हो | हो, हाम्रा एयरपोर्ट ब्यस्त नभैकन पनि हामीकहाँ धेरै दुर्घटना भै राखेका छन् भने हाम्रो सम्पूर्ण हवाई सुरक्षा प्रणाली चाहिँ पक्कै पनि स्तरहीन छ |

    Reply
  4. Shishir Boston says:
    October 2, 2012 at 6:08 am

    यो असुरक्षित आकाश भनि मुल्यांकन गरेको चित्त बुझ्दो देखिएन किनकि यसमा देश को क्षेत्र्फल, जनसंख्या र सबैभन्दा मुख्य दैनिक हवाई उडान संख्यालाइ तुलना गरेर राखिएको छैन ! जस्तोकि कुनै देशमा महिनाको पचास वटा बिमान चल्छ र यौटा दुर्घटना हुन्छ र कुनै देशमा महिनाको पचासहजार वटा बिमान चल्छ र दुइटा दुर्घटना हुन्छ भने यस्तोलाई के भन्ने ! यो तुलना गरेकै भएन ! MySansar को यो लेखको स्तर चाहिं अल्ली घट्यो है सालोक्य जी !

    Reply
  5. बिबेक says:
    October 2, 2012 at 4:56 am

    देश १ : १०० ओटा मा ५ ओटा दुर्घटना भो रे
    देश २ : १०००० ओटा मा १० ओटा दुर्घटना भो रे
    अब येशको मतलब देश २ को हवाई सुबिधा देश १ को भन्दा नराम्रो हो ??????
    तुलना गर्ने मिल्दैन यी दुई देश बीच त !!
    बिबेक

    Reply
  6. Haku kale says:
    October 2, 2012 at 3:29 am

    डिमाग लगा पासा डिमाग
    संख्या को आडार मा ट अम्रिका नै हो नि, के गलट छ र ? पर्तिसतको आडार मा पो नेपाल हुन्छ ट, जुन लेखक ले कुरै गरेको नै छैन, अम्रिका को पासा ले कहाँ हुन्छ रे? अब अम्रिका मा ढेरै ट भाको नै छ नि हैन भनेर हुन्छ|

    हाकु काले – विश्नुमटि को टिर

    Reply
  7. aditi says:
    October 2, 2012 at 1:43 am

    नेपाल मा ६० प्लेन होला अमेरिका मा ६०००० होला नि सोल्टी

    Reply
  8. Krishna Rai says:
    October 2, 2012 at 12:49 am

    हाम्रो गाउँ/टोल मा त अहिले सम्म एउटा जहाज पनि खस्या छैन, अनि एउटा गाडी पनि पल्टिया छैन! तेस्को मतलब यो होइन कि हाम्रो गाम एकदमै बिकशित र सुरक्छित छ! तेस्को मतलब त यो हो कि हाम्रो गाम/ठाम मा एउटा जहाज पनि उदडैना अनि एउटा गाडी पनि गुद्डैना!

    Reply
    1. Mahesh S says:
      October 2, 2012 at 4:37 am

      लेख को मर्म भुझ न साथी, कमेन्ट गर्नु अगाडी. लेख ले भनेको अनुसार , दुर्घटना हुनु नराम्रो हो, दुर्घटना हुन नदिन कमि कमजोरी हटाउनु परछ. तर दुर्घटन भो भन्दै मा नेपाल को आकाश सारै नै खतम छ भनेर प्रचार गर्नु भएन भन्न खोजेको हो.

      Reply
  9. काउचा मगर says:
    October 1, 2012 at 11:29 pm

    नेपाल २५ स्थान मा परेनछ , माथि देखाइएको पोजिसन अनुसार त्यो देशको जनसंख्या अनि भू-धरातलको क्षेत्रफल र त्यो देशको जहाज संख्यालाइ हेर्दा अनि नेपालको जहाज बढी आन्तरिक उडान भर्ने थोरै क्षमताको जहाज संग तुलना गर्दा केहि हद सम्म सुहाउदो र पत्यारयोग्य पनि छ …..तर नेपालको धरातल अनि नेपालको जहाज संख्या पनि हेर्ने हो भने सायद नेपाल नै विश्वमा न.१ मा आउनु पर्ने हो ! त्यो १९८७ मा उडेको जहाज जस्तो पुराना अनि अशुरक्षित, नेपालमै एक मात्र अन्तरास्ट्रिय विमानस्थल तथा खतरायुक्त विमानस्थल, सबै भन्दा बढी पहाडी भू-भाग अनि अकालमै मृत्यु हुने विदेशी पर्यटक हरुको संख्या हेर्ने हो भने सायद यो तथ्यांक मिलेन कि ???????

    Reply
  10. Ram Rimal says:
    October 1, 2012 at 10:30 pm

    There are two kinds of statistics, the kind you look up and the kind you make up .
    यो चै make up वाले पर्यो .

    Reply
  11. madan bajracharya says:
    October 1, 2012 at 10:16 pm

    नेपालमा हवाई यात्रा सबै भन्दा जोखिम पूर्ण छ भनिन्छ तापनि १९९२मा भयको २ वटा ठुलो दुर्घटनालाई अलग्याउने हो भने नेपालमा खासै ठुलो दुर्घटनाहरु भयको देखिंदैन/ ती दुर्घटना भयको थाई र पाकिस्तानी जहाजहरु यो सिता बिमान सेवाको जस्तो दुर्घटना हुनु यक दिन अघि सम्म गम्भीर प्राबिधिक कारणले ग्राउन्देद भयको जहाजहरु जस्तै जहाजहरु थियनन अत्यन्त आधुनिक जहाजहरु थियो/ ती थाई र पाकिस्तानी बिमान चालकहरुले चलायको जहाजहरु दुर्घटना हुनुमा ती जहाज चलाउने पाईलटहरुले पहाडले भरेको नेपालमा जहाज उदाउँदा अलि उच्चाईमा उदाउनु पर्ने ब्यबहारिक कुरा अबलम्बन नगरेको नै ती दुर्घटनाको प्रमुख कारण थियो/ हो तेतिबेला नेपालको राडार सिस्टम कम्जोर रहेको पनि अर्को कारण थियो/ ती दुर्घटनालाई बिचार गरेर जापान सरकारले नेपालमा सित्तैमा अत्याधुनिक राडार सिस्टम जडान गर्ने प्रस्ताव राखेको थियो/ तर नेपालमा अत्याधुनिक राडार सिस्टम जडान गरे भारतको जहाजहरुको उडान गतिबिधि देखिने भयको कारण देखायर नेपालमा तेस्तो सिस्टम जडान गणमा बिरोध गर्यो र तेस्तो अत्याधुनिक राडार सिस्टम नै नेपालले जडान गर्ने हो भने तेस्को ब्यबस्थापन र नियन्त्रण भारतलाई गर्न दिनु पर्ने भन्यो/ आखिर भारत नेपालको आकाशमा समेत आफ्नो नियन्त्रण राख्न किन चाहन्छ? राजनीतिमा भारतको नियन्त्रण नेपालको रास्ट्र प्रमुख र सरकार प्रमुख नियुक्त गर्नुमा भारतको नियनत्रण, नेपालको नदीहरुमा भारतको नियनत्रण नेपालको सामरिक र ब्यबसाईक महत्वो भयको अर्को बैकल्पित पारवहन बन्न सक्ने कालापानीमा भारतको नियन्त्रण/ यस्तो किन?

    कुनै समय थियो नेपालको आन्तरिक बिमान सेवामा रास्ट्रिय द्वाजा बाहकको जहाजहरु मात्रै उठ्थ्यो/ दुर्गम छ्यात्र्हरुमा आज पनि नेपाल बिमान सेवाको जाहाझारू मात्रै उदछन/ निगमले नेपालको आन्तरिक उडानहरुमा “बन्न छाडेको पार्टहरु बजारमा नपाउने ट्वीनअटर” जस्तो बिमान चलाउने गर्छ/ तापनि प्राबिधिक कारण र अदछ्य पाईलटको कारणले निगमको ट्वीन अटर जहाज दुर्घटना भयको सुन्नमा आयको छैन/

    नेपाल बायु सेवा निगम सिट हाम्रो लाखौ गुनासोहरु थियो र अद्यापि छ पनि/ तापनि नेपाल बायु सेवा केहि राम्रो कुराहरुमा त्यो निगममा बिस्वले समेत जोखिम पूर्ण उडान गर सिपालु मानियको पाईलतहरु भयको र निगम सिट आबस्यक दछ्य प्राबिधिकहरु र जगेडा पार्टहरु भयकोलाई लिन सकिन्छ/

    निगमको पाईलटहरुले महिनाको तलव पाउँछ/ निगमको पाईलतहरु हरायक बर्ष निगम भित्रै र बिदेशमा उडान सम्भंदित ट्रेनिंग पाईरहेकै हुन्छ र ती पाईलटहरु जहाज उड्न लायक भयको प्रमाणित भयको कुराको आफै हेर्छन र तेस्मा कुनै कुरामा उसलाई असन्तुस्टी भयमा तेस्तो जहाज उदाउन मान्दैन पनि/ अर्को कुरा निगमका पाईलटहरुले कति पी अबस्थामा उता जहाज अवतरण गर्ने स्थलको मौसम प्रतिकुल भय पनि जहाज उदाउने समय तालिका परिबर्तन गर्न लगाउँछ/ निगममा अवतरित बिमान फेरी उड्न लायक छ बा छैन भनेर फेरी जहाज उत्रना साथ् जाचँ को निमित आफ्नो हरायक बिमान स्थलमा प्राबिधिक कर्मचारी राखेको हुन्छ/ उड्न लागेको र उत्रेको जहाजमा सानो से सानो कमि कमजोरी देखियामा मर्मत नभय सम्म जहाज उद्दैनन/ अनि हामि कराउन्छौ निगमको धेरै उडान तालिकाहरु किन रद्द हुन्छन भनेर/

    हो पक्कै पनि नेपाल बायु सेवा निगमको ब्यबस्थापनमा कमजोरीहरु छन्/ त्यहा राजनैतिक दवावको कारण अनेकौ गलत कार्यहरु हुन्छन पनि/ तर पनि नेपाल बायु सेवा निगमको आन्तरिक सेवाहरु नाफाको निमित होईन सेवाको निमित उदाउन्छन्/ निगमको आन्तरिक उडानको भाडाहरू उसको लागत भन्दा कम छन्/ निगमले आज पनि अरु निजि बिमान सेवाले उदाउन नमान्ने जोखिम पूर्ण दुर्गम स्थानहरुमा जहाज उदाउन्छन्/ तापनि निजि बिमान सेवाको जहाज जस्तो दुर्घटनामा पर्दैन/ जनता र रास्ट्रको सेवामा समर्पित हुन् स्थापना भयको नेपाल बायु सेवा निगममा अनेकौ कमि कमजोरी भय पनि त्यो निगममा अझै केहि राम्रो कुराहरु मध्य ई कुराहरु पनि हो/

    तर ई संदर्व्मा निजि बिमान कम्पनीहरु धेरै फरक छ/नेपाल बायु सेवा को भन्दा धेरै भाडा असुल्ने ई निजि बिमानसेवाहरु नेपालमा हिड्न समेत बाटो नभयको दुर्गम स्थलको जनतालाई हवाई यातायातको बिकल्प दिन खोलियको होईन पैसा कमाउन खोलियको हो/ निजि बिमान सेवा चलाउने कम्पनीहरु सिट उनीहरुले चलाई आयको पुरानो जहाजहरु मर्मत गर्न सक्ने दछ्य प्राबिधिकहरु र ती जहाजहरुलाई चाहिने जगेडा पुर्जाहरुको भण्डारको स्तर अत्यन्त दयनीय छन्/

    निगमका पाईलट महिना महिनामा तलव बुझछन तर निजि बिमान सेवाहरुमा प्रयास उडान कर्मचारीहरु ” काम गरे मात्रै घण्टा हाने मात्रै ज्याला पाउने मजदुरहरु” ले जस्तै जहाज उडाय मात्रै ज्याला पाउने हुन्छन/ त् उनीहरु जोखिम उठायर पनि यस्तो हिजो सम्म ग्राउन्देद भयको जहाज उदाउन्छन् र दुर्घटनामा पर्छन/

    कयौं निजि बिमान सेवाहरुमा नेताहरुको लगानी समेत भयको सुन्नमा आयकै छ/ यउटा बा दुईटा बिमान ल्याउदैमा उडानको अनुमति दिनु जनताको जिउ ज्यान माथि खेलवाड गर्नु हो/ जहाज पनि बिग्रन्छ/ त्यो मर्मत गर्न उनीहरु सिट सामर्थ र साधन छ बा छैन यो कुरा बुझेरै मात्र उडान अनुमति दियको भय कमै मात्र दुर्घटना हुन्थ्यो/

    Reply
  12. gambhir ghimire ,benidorm ,spain says:
    October 1, 2012 at 9:55 pm

    माथिका कमेन्ट पढ्दा एस्तो लाग्छ कि नकारात्मक ,बढी जान्ने ,”आधा गाग्रो पानि “, मै मात्र जान्ने हुँ,अमेरिका मा बसेर बाकि संसार लाई नगन्ने सोच बाट ग्रसित भएको भान हुन्छ , यस्ता गहन र संबेदन शिल बिसयमा कमेन्ट गर्नु अघि त छाड मा छाड नगरी अध्यन गरेर मात्र कमेन्ट गर्दा बेश हुन्छा !

    Reply
  13. Janak says:
    October 1, 2012 at 9:53 pm

    In US, total number air passenger exceeds 700,000,000 compared to less than 500,000 per year in Nepal. That means probability of dying from worst air crash is way higher in Nepal than in US (or other countries). In US and (other large countries), the ratio of crash to total flights are fairly small opposed to what we have in Nepal. So, it would be unwise to compare the “global dataset” and make interpretation that Nepal’s airways are safer based on no. of accidents.

    Reply
  14. Navin says:
    October 1, 2012 at 9:44 pm

    every single rich person has their private planes here and they crash a lot, don’t compare it with the accidents happening at commercial flights. I’ve been living here in US for 10 years and haven’t heard of single commercial flight accidents albeit I hear lot of small private planes, choppers crashing.. remember, I said PRIVATE not commercial. Goodluck

    Reply
    1. Reejan KC says:
      October 1, 2012 at 11:50 pm

      गणेशमानले नेपालका जनता भेडा हुन् भनेको त्यसै हैन रहेछ । झन् त्यहाँ सुरुमा नै यसमा सैनिक विमान दुर्घटना, कर्पोरेट जेट दुर्घटना वा विमान अपहरण आदिका घटना जोडिएका छैनन् । यात्रुवाहक विमान, त्यसमा पनि मान्छे मरेको दुर्घटनाको तथ्याङ्क मात्रै यसमा छ । भनेर लेखकै छ त । मोरोले सबै धनीको प्राइभेट पिलेन हुन्छ र त्यो धेरै दुर्घटना हुन्छ भनेर खोक्यो। अनि मोरोले १० वर्ष भयो अमेरिका आएको, कमर्सियल फ्लाइट एक्सिडेन्ट भएको सुनेको छैन भनेर धमास दियो । रातोदिन भाँडा माझेर बस्छ होला अनि के सुन्थ्यो त 12 FEB 2009 मा Colgan Air को विमान Buffalo-Niagara International Airport (BUF), Buffalo, New York.नजिकै दुर्घटना भई चालक दलका ५ सहित ४९ यात्रुको मृत्यु हुँदा आइरहेको समाचारमा ध्यान नजानुको कारण गाइको मासु खाँदै रक्सीले टिल्ल हुनु त हैन ?
      अस्ति भर्खर 17 JUL २०१२ मा Skywest Airlines को CRJ-200 passenger jet दुर्घटना हुँदा एक जना मरेको थियो त ।

      Reply
    2. Dinesh Regmi says:
      October 2, 2012 at 7:12 am

      हाम्रो नबिन जी मात्र अमेरिका मा बस्नु हुदो रैछ ! बाराक ओबामा ले बोलाएर जानु भाको रे !

      Reply
    3. mahesh says:
      October 2, 2012 at 1:35 pm

      नविन जी अमेरिका को समाचार सुन्न अमेरिका नै बस्नु पर्दछ र. “पल्लो गाउ मा हैजा आएर एती मान्छे मरे रे” भन्ने जमाना को जस्तो त होइन नि.

      Reply
  15. nabaraj kale says:
    October 1, 2012 at 9:30 pm

    खै के खै के !
    कुरो बुझे मार्दिनु भन्या जस्तो ,
    तर्क बितर्क गरेर हवाई यात्रा सुरक्षित देखौना खोजेर होला र !
    समस्याहरुको पहिचान गर्दै यात्रा सुरक्षित पो बनाउन बोल्ग लेख्ने कि !
    बेक्तिगत विचार, नमान्न पनि पाइन्छ !

    Reply
  16. shreesh thapa says:
    October 1, 2012 at 8:34 pm

    देशको क्षेत्रफल र हवाईजहाज संख्याको हिसाब पनि गर्ने कि ????? मैले भन्न खोजेको नेपाल नै असुरक्षित भन्न लागेको होइन नेपालमा उड्नु भन्दा पहिला इन्जिन चेकिंग अलि लापारबाही हुन्छ कि जस्तो लाग्छ हरेक क्षेत्रमा लापारबाही हुने भएकोले यस्तो सोच सायद सबै नेपालीको दिमागमा आउछ होला मेरो दिमागमा पनि त्यहि आउछ….

    Reply
  17. dilip gurung says:
    October 1, 2012 at 8:15 pm

    सालोक्यजी,
    यस पटक भने तपाइले अलिकति मात खानु भएकै हो जस्तो मलाइ लाग्यो| तपाइको लेखले विभिन्न देशको हवाई सुरक्षाको तुलना गरेको प्रष्ट छ| तर यो स्याउ र सुन्तला को तुलना गर्या जस्तो भो, जुन कि अरु सचेत पाठकहरुले औल्याईसक्या छन| तपाईको लेखलाई आधार मान्ने हो भने सडकहरु पनि अमेरिकाको नेपालको भन्दा धेरै नै असुरक्षित छन्| त्यहाँ प्रति वर्षा ४० हजार मान्छे गाडी दुर्घटनामा परि मर्छन| हाम्रोमा त्यसको केहि सय होला मात्रै होला| के यो हुनु को कारण अमेरिकाको सडक र ट्राफिक नियम नेपालको भन्दा घटिया भएर नै हो त?
    पुनश्च: म अमेरिका बस्दिन र अमेरिका संग मेरो केहि लिनुदिनु छैन|

    Reply
    1. बद्री अधिकारी says:
      October 1, 2012 at 8:36 pm

      स्याउ र सुन्तला कसरी भो नि ? अमेरिकासँगको तुलना किन गरिराछन् सबले ? कंगो, पपुवा न्युगिनी, नाइजेरियासँग गरौँ न । ती देशहरुको तुलनामा त नेपालमा कम दुर्घटना नै भएको हो नि । ती देशहरुमा पनि हाम्रो जतिकै संख्यामा विमान छन्

      Reply
      1. dilip gurung says:
        October 1, 2012 at 9:54 pm

        बद्रीजी,
        जो सुकै संग तुलना गर्नुस त्यसमा मेरो भन्नु केहि छैन| तुलना गर्दा तुलना गर्न लायक तथ्यांक संग मात्रै गर्नु पर्छ| हाल सम्मनको देशको दुर्घटना संख्यालाइ कुल उडान संख्या ले भाग गर्नुस, अनि तुलना गर्नुस मज्जाले| अनि बल्ल स्याउ र स्याउ को तुलना हुन्छ| यो त तथ्यांक शास्त्रको पाठ-१ हो क्या साथी|

        Reply
        1. बद्री अधिकारी says:
          October 1, 2012 at 10:07 pm

          तपाईँले तुलना गरेको हो त ? कंगो, पपुवा न्युगिनी, नाइजेरियाको हाल सम्मनको देशको दुर्घटना संख्यालाइ कुल उडान संख्या ले भाग गर्नु भएको हो त ? गरेरै नेपालमा बढी देख्नुभएको हो त ? नगरेको भए किन उफ्रिरा त ?

          Reply
          1. dilip gurung says:
            October 1, 2012 at 10:55 pm

            बद्रि सर, उफ्रेको मा सरि है| मैले तुलना गर्ने तरिका मात्रै भंद्याहो क्या| अमेरिकामा सब भन्दा बढी दुर्घंटना भयो भन्दैमा सालोक्यजी को “यही तथ्याङ्कका आधारमा हेर्ने हो भने विश्वमा सबभन्दा असुरक्षित आकाश अमेरिकाको देखिन्छ।” भन्ने निचोड प्रति मात्रै मेरो आपत्ति हो| अब तपाइँ जस्तो विद्वानको अगाडी त उफ्रेर केहि फाइदा नै भएन नि|

            Reply
          2. बद्री अधिकारी says:
            October 1, 2012 at 11:56 pm

            यही तथ्याङ्क means बढी दुर्घटना भएका देशहरुको तथ्याङ्क
            यो आधारमा पो असुरक्षित आकाश अमेरिकाको देखिन्छ भनेको अरु तथ्याङ्क भनेको हैन
            तपाईँ जस्तो विद्वानलाई चाहिँ दुर्घटना बढी हुने अमेरिकालाई सुरक्षित छ भन्ने निचोड निकाल्नुपर्थ‌्यो होला हैन ? जब त्यहाँ दुर्घटनाको स‍ंख्या लाई आधार बनाएको भनेर स्पष्ट छ भने १००० भन्दा १ ठूलो हुने कौन सा अङ्क गणित तपाईँले आविस्कार गर्नुभो । नोबेल प्राइज पाउलान् जस्तो यिनले

            Reply
        2. बद्री अधिकारी says:
          October 3, 2012 at 3:26 am

          ए तथ्याङ्कशास्त्री गुरुङ, पाठ नम्बर एक, दुई भन्नुभन्दा पहिला अनि तुलना गर्ने हो भने नेपाल र अमेरिकाको किन नेपाल र कोलम्बियाको गर न । हाल सम्मनको देशको दुर्घटना संख्यालाइ कुल उडान संख्या ले भाग गर्नुस, अनि तुलना गर्नुस मज्जाले| रे । गरेर हेर न त फिलिपिन्स, पपुवा न्युगिनी र नाइजेरियासित । डाटा निकाल गर । अनि भन नेपालै बढी हो कि हैन । तुलना गर्ने तरिका भन्देको रे । तुलना गरेर हेर न त । ती २५ देश कै नेपालसँग । अनि देखाऊ नेपाललाई सबभन्दा असुरक्षित अनि पो मानौँला ।
          विदेशमा बसेर नेपाल र नेपालीलाई गिरेको देखाउन चाहने तिमीहरु जस्ता एनआरएनहरु लाई थुक्क।

          Reply
  18. Rajendra Prasad Bhusal says:
    October 1, 2012 at 8:15 pm

    मुल्यांकन गर्दा जनसंख्या,देश ,दैनिक हवाई उडान संख्या जस्ता महत्वपुर्ण कुरालाई ध्यान दिनु पर्यो , होइन र ?

    Reply
  19. subash says:
    October 1, 2012 at 8:03 pm

    कुरा USA vs नेपाल को होइन| सालोक्यजी को title “सबभन्दा बढी विमान दुर्घटना अमेरिकामा” १००% सहि भएपनि दिनखोज्नु भएको message “यही तथ्याङ्कका आधारमा हेर्ने हो भने विश्वमा सबभन्दा असुरक्षित आकाश अमेरिकाको देखिन्छ” र नेपाल माथि सुचीमा भएका देशहरु भन्दा तुलनात्मक रुपमा सुरक्षित छ भन्ने चाही १००% गलत छ| Data interpretation र तेसको सहि निष्कर्स यसरि निकालिदैन… कुराको चुरो नबुझीकन emotional कुरा लेख्नु Niraj जीहरुको बालहठ हो | Data interpretation को सामान्य ज्ञान भएकाले पनि सजिलै बुझ्ने कुरा के हो भने Number of Airports, flights र तेसमा यात्रा गर्ने number of passenger को आधार मा हेर्ने हो भने नेपाल USA मात्र नभएर यो लिस्टमा भएका अरु धेरै देश भन्दा असुरक्षित छ| हो हामीले negative कुरा मात्र गर्नुहुन्न तर नराम्रो लाई राम्रो भनेर आफैमा मक्ख परेर पनि त कहिँ पुगीदैन ….

    Reply
    1. बद्री अधिकारी says:
      October 1, 2012 at 8:40 pm

      के आधारमा १०० % गलत भो ? तपाईँले कोलम्बिया, कंगो, पपुवा न्युगिनी, नाइजेरियासँग तुलना गर्नुभएको छ ? ती देशहरुको तुलनामा त नेपालमा कम दुर्घटना नै भएको हो नि । ती देशहरुमा पनि हाम्रो जतिकै संख्यामा विमान, उडान वा नम्बर अफ पेसेन्जर होलान् वा थोरै बढी होला । के तपाईँले ती सबै हेर्नुभएको छ ? के आधारमा यो लिस्टमा भएका अरु धेरै देशभन्दा असुरक्षित छ नेपाल भन्नुभएको ? त्यो पनि शतप्रतिशत ?

      Reply
  20. Bhuwan says:
    October 1, 2012 at 7:49 pm

    कुन देश कति असुरक्षित छ भनेर जान्न त कति उड़ान भए, कति यात्रु ओसारपोसार भए, कति दुरी उडान भयो भनेर प्रतिशतको आधारमा हेर्नु पर्छ । यो समाचार संख्याको आधारमा तयार गरिएकोले बैज्ञानिक लागेन ।

    Reply
    1. Kiran says:
      October 1, 2012 at 8:41 pm

      यो समाचार हैन ब्लग हो महासय
      तपाईँले भन्नुभएको आधारमा वैज्ञानिक रुपमा लेखेको पढौँ न त त्यसो भए

      Reply
  21. tirtha says:
    October 1, 2012 at 7:46 pm

    अमेरिकामा सबारी दुर्घटनाको स्थिति भयाबह छ, तर विमानको यात्रा धेरै नै सुरक्षित् मानिन्छ | अमेरिका र नेपाल को उडान हुने संख्या, घण्टा, र घनत्व को वारेमा धेरैले बोलि सक्नु भएको छ, र जुन धेरै साचो हो | मा येस्मा अरु एउटा कुरा जोड्न चाहन्छु, अमेरिकामा हुने विमान दुर्घटनाहरु प्राय जसो सानो विमानहरु, जुन प्राइवेट हुन्छन र सिकारुहरु (धेरै अनुभव) नभएकोले चलाएका हुन्छन, र ती विमानहरु commercial उडानहरु हुदैनन् र ती विमानमा धेरै यात्रु पनि हुदैनन् | ती साना विमानहरू धेरै नै दुर्घटना हुन्छन | सालोक्य जी लाई, विमान दुर्घटना को संख्या को इलावा यदि कुनै ठुलो commercial airline जसमा धेरै (>१०) यात्रु सबार थिए त्यसको पनि तथ्यांक पनि राख्न चुनौती दिन्छु | copy paste को research बाट संसनिपुर्ण conclusion निकाल्नु भन्दा पहिला कृपया अलि गहन अनुसन्धान गर्नु होला, अर्को पटक बाट |

    Reply
    1. Gemmi says:
      October 2, 2012 at 2:43 pm

      सार्है नगर्नुस न यार चुनौती सुनौती दिएर | जे होस् यो आंकडा पनि तपाई हामीलाई थाहा भयो, नत्र त्यो एविएसन सेफ्टी नेटवर्कको वेबपेजमा गएर कहिले हेरिन्थ्यो र | अलिकति निष्कर्ष मात्रै चित्त बुझ्दो नभएको हो | फेरि सालोक्यजी तथ्यांकशास्त्री पनि होइन होला |

      Reply
  22. BJ says:
    October 1, 2012 at 6:43 pm

    मलाई त अर्को कुरा एरपोर्ट कति खतरा छ भन्ने कुरा नि ख्याल गर्नु पर्ने जस्तो लाग्छ.
    नेपाल मा कमि कमजोरी छ तर नेपाल भन्न साथ नराम्रो चाँही होइन है. एउटा इन्डियन वेब ले सिता को दुर्घटना मा नेपाल को हवाई इतिहास राम्रो छैन भनेर नराम्रो सेन्स दिन खोजेचा.
    नेपाल को एरपोर्ट संसार को सबभन्दा खतरा एरपोर्ट मा नम्बर एक मा पर्चा.

    Reply
  23. Sajita says:
    October 1, 2012 at 6:09 pm

    सबै जना को कमेन्ट पढदा मलाई के लग्यो भने दुर्घटना र मर्ने हरु को शंख्य ले मात्र कुनै पनि देशको आकाश सुरछित या असुर्छित भन्न मिलादैना होला ! सबै भन्दा महत्तोपुर्ण कुरा दुर्घटना को कारण र तेस्को पर्कृतिको बारेमा अध्यन गर्नु जरुरि हुन्छः एसको साथै देशको आर्थिक , सामाजिक , भौगोलिक आबस्था र एरपोर्ट को बेब्स्थापना सबैको अध्यान गर्नु आबस्यक छ !

    Reply
  24. गगने says:
    October 1, 2012 at 5:31 pm

    सबै छाडी पुच्छरमा हात भन्या जस्तो क्या!
    आकाश त सबै ठाउमा उस्तै हो सुरक्षित र अशुरक्षित भन्ने कुरै हुदैन क्यारे, हवाई यात्रा कति सुरक्षित र अशुरक्षित भन्नुपर्ने हो तै पनि आँ गर्दा अलंकार, बुझियो ल!
    ल ठिकै छ आकाश हाम्रो सबै भन्दा सुरक्षित होला रे तर बिमान, चालक, प्राबिधिक, प्रबिधि, जमिन, यरपोर्ट आदिको कुरा चाहि नगर्दानै मन आनन्द हुन्छ होला!
    अब दुर्घटना लाइ मात्र गन्ति गर्ने हो भनेत ब्लगरको कुरा ठिकै हो भनेर चुपोलाग्दा होला!
    तर नेपाल भन्दा ठुला ठुला पचास राज्यको धनि अमेरिका कुरा र तेहाको हवाई यात्राको तथ्यांक आदिलाई हेर्नेहो भने! यसो भन्दा होला,
    “काठमांडूको भन्दा कालिकोटको सडक सुरक्षित! तेहा कहिल्यै मोटर दुर्घतानानै हुदैन!”
    कि कसो?

    Reply
  25. Pradeep MS says:
    October 1, 2012 at 5:28 pm

    It will be more clear/fair if somebody can put the data of total numbers of flights, making one more column in the list above for each mentioned country.

    Reply
  26. Harke says:
    October 1, 2012 at 4:32 pm

    दुर्घटना संख्या संग उडान संख्याको अनुपातको डाटाले मात्रै सुरक्षित र असुरक्षित आकाश भन्ने आंकलन गर्न सकिन्छ !

    Reply
  27. Tenjing Gaba 'Himalee' says:
    October 1, 2012 at 4:20 pm

    # अमेरिकामा प्रत्येक बर्ष ५४,७५,००,०००(चौवन्न करोड)व्यक्तिहरुले हवाईयात्रा तय गर्छन
    # नेपालमा गत बर्ष २०११ मा २३,००,००० (तेइस लाख)व्यक्तिहरुले हवाईयात्रा तय गरे

    यसको सिधा अर्थ नेपालमा भन्दा अमेरिकामा २३८ गुणा बढी हवाई यात्रा हुने गर्छ अर्थात् नेपालमा पनि त्यति नै हवाई यात्रा तय हुने हो भने नेपालको हताहतको तथ्यांक यस्तो हुन् आउने देखिन्छ

    २३८ X ६८३ (नेपालमा मृत्यु भएको संख्या) = १,६२,५५४

    (अमेरिकामा मृत्यु भएको संख्या = १०,२४५)

    राम! राम!! राम!!!

    Reply
    1. Niraj says:
      October 1, 2012 at 4:49 pm

      ल हेर हेर अमेरिकाको प्रतिरक्षा गर्न उत्रिएका ओबामाका टट्टु ।
      ए भाइ, नेपाल र अमेरिकाको तुलना कसले किन गरेको ? कुन हिसाबले नेपाल र अमेरिकाको तुलना हुनसक्छ र ? मोरा बढी जान्ने भा’को !
      अमेरिकामा सबभन्दा बढी दुर्घटना हुन्छ पो भनेको । खै तिमी अमेरिकामा बस्नेले जस्तो रुसमा बस्ने, ब्राजिलमा बस्नेले त गरेनन् त । तिनीहरु पनि दोस्रो र तेस्रो बढी दु्र्घटना हुनेमा पर्छन् । यसलाई भन्छन् अमेरिकाको मानसिक दास ।

      Reply
      1. Tenjing Gaba says:
        October 1, 2012 at 4:56 pm

        प्रभु !!!! गल्ती गरे माफ पाउ,
        अब देखि अमेरिकाको प्रतिप्रतिरक्षामा मारे-काटे पनि लाग्दिन

        (नोट: म अमेरिका तिर बस्दिन है)

        Reply
        1. dilip gurung says:
          October 1, 2012 at 11:21 pm

          हाहा, तेन्जिंग ब्रो| निरजजी जस्ता देशभक्तहरुका अगाडी तपाइँ हामी जस्ता ओबामाका टट्टूहरुले माफी माग्नै पर्छ र यस्तो गैर जिम्मेवार धृष्टताको प्रायस्चित गर्ने पर्छ भन्ने हाम्रो पनि बुझाइ छ|

          Reply
      2. sabi says:
        October 1, 2012 at 5:23 pm

        यो कुरा चै सहि लाग्यो why people who lives in america has to defend america even that is not their country.

        Reply
    2. umesh pandey says:
      October 1, 2012 at 6:46 pm

      प्रतिव्यक्ति (per capita) को आधार मा गरिने गणना आफैमा त्रुटिपूर्ण हुन्छन र स्तिथि लाइ रोचक बनाउन मात्र काम आउछन …

      अमेरिकाको कुल घरेलु उत्पादन $15.094 trillion छ , प्रतिव्यक्तिको आधारमा हरेक अमेरिकन ले $48,386 बारबार को योगदान गरेको पाइन्छ जुन सत्य होइन किनकि अमेरिकामा हाजारौं भिखारीहरु पनि छन् ..

      नेपालको आकार अमेरिका भन्दा सानो छ, तेसैले यहा स्वभाविक/प्राकृतिक रुपमा हवाई दुर्घटनाहरु कम हुने नै छन्, अब यस आकडा लाइ गुणन गरेर स्थितिलाइ भयावह देखाउनु पर्ने कुनै आव्यासक्ता छैन.

      यहा कुरो “सबैभन्दा बढी दुरघटना अमेरिका मा हुन्छ” भन्ने हो जुन सत्य हो … समाप्त

      Reply
    3. Prakash, EDM Canada says:
      October 1, 2012 at 10:21 pm

      त्यति मात्रै हैन , अम्रिका र क्यानाडा विश्व मै सबै भन्दा बडी हवाई जहाज बनाउने निजि कम्पनी भएको देश हो. यहि दुर्गम क्षेत्र मा आफै प्लेन बनाएर चलाउने को संख्या हजारौ छ | घर मै नै प्लेन बनाउने हो भने पनि अस्सेम्ब्ल किट किन्न मिल्छ. तश्य्ले दाज्न मिलेन ?

      Reply
  28. Raju says:
    October 1, 2012 at 4:18 pm

    CALCULATION SHOWS NEPALIS AIR IS 21.68 TIMES MORE DANGEROUS THAN USA´S AIR WHICH ACCORDING TO THE AUTHOR OF THIS BLOG IS THE MOST DANGEROUS AIR FOR AIRCRAFT

    http://www.nationmaster.com/graph/tra_air-transportation-airports
    Above link shows that there are only 47 airports in Nepal….hard to say how many are even in function… similarly USA have 15,079 Airports…. So if we make a ratio of number of person died with number of Airports then for USA it is
    10245/15079= 0.679 ( which means one Airport took life of 0.67 person, not even one)
    for Nepal it is
    683/47= 14.53 ( which means one Airport took life of 14.53 persons)

    since my friend Niraj is bullshitting me to come up with stats….. so here is the stats…

    So which countries Air is safer…i guess Nepals Air is 14.53/0.67= 21.68 times more dangerous…. (( NOTE: this calculation is done with the data provided by http://www.nationmaster.com/graph/tra_air-transportation-airports and http://aviation-safety.net/statistics/geographical/worst_geo_loc.php and the comparison is done with the number of people died with the number of Airport))

    For you kind information i dont live in USA..

    Reply
    1. Niraj says:
      October 1, 2012 at 4:50 pm

      ल हेर हेर अमेरिकाको प्रतिरक्षा गर्न उत्रिएका ओबामाका टट्टु ।
      ए भाइ, नेपाल र अमेरिकाको तुलना कसले किन गरेको ? कुन हिसाबले नेपाल र अमेरिकाको तुलना हुनसक्छ र ? मोरा बढी जान्ने भा’को !
      अमेरिकामा सबभन्दा बढी दुर्घटना हुन्छ पो भनेको । खै तिमी अमेरिकामा बस्नेले जस्तो रुसमा बस्ने, ब्राजिलमा बस्नेले त गरेनन् त । तिनीहरु पनि दोस्रो र तेस्रो बढी दु्र्घटना हुनेमा पर्छन् । यसलाई भन्छन् अमेरिकाको मानसिक दास । अमेरिकामै बस्नु पर्दैन मानसिक दास हुन ।
      कोलम्बियाको कुरा गर न त । खै कोलम्बिया किन पाँचौँ नम्बरमा पर्‍यो ? किन अमेरिका सित नेपालको तुलना गरेको । कोलम्बियासित गर । फिलिपिन्ससित गर । इन्डोनेसियासित गर । उनीहरु त लिस्टमा छन् त

      Reply
  29. yam pun says:
    October 1, 2012 at 4:02 pm

    ओहो, हाम्रो देशको आकाश त अमेरिकाको भन्दा पनि सुरक्षित रहेछ यार! यहि खुसीमा एउटा पुरानो गित याद आयो!
    कोइ त भने हवाई जहाजमा हररर
    कोइ को भने पसिना तररर
    हाम्रो नेपालमा!!!!!!!!!!!!!!!!

    Reply
  30. Sisir says:
    October 1, 2012 at 3:49 pm

    उमेश जी,
    राम्रो ठट्टा गर्नु भो ,
    तथ्यांकको येसरी ब्याख्या गरिन्छ र ? कति वटा उडान वा कति घण्टा उडानमा यो दुर्घटना भएको हो त्यो अनुसार पो हुन पर्ने होइन र ? उदाहरणको लागि संसारको ३० वटा अति व्यस्त एरपोर्ट मध्ये २० वटा त अमेरिकाका मात्र छन् , मतलब सबै भन्दा धेरै उडान र अवतरण त्यहाँ हुन्छन …. तेसैले संख्यामा मात्र ठुलो देखिएको हो, % of flight वा total flight hours को हिसाबले होइन … अमेरिकाको flight safety निकै उच्च छ .. अर्को भुल्न नहुने कुरा ४० – ७० को दसक भन्दा अहिले सुरक्ष्य प्रणाली धेरै उन्नत भैसकेको छ , धेरै देशमा त एस पछि मात्र प्लेन उड्न लागेको हो… माथि दिएको लिंक भित्र छिर्दा पनि यो प्रस्ट हुन्छ , १९४५ मा ८२१ दुर्घटना तर २०११ मात्र ११७ वटा दुर्घटना भएको देखिन्छ , जब कि १९४५ भन्दा अहिले हजारौ/लाखौ गुना बडी उडानहरु हुन्छन … संसारका धेरै जसो देशमा त ५० – ६० को दसक पछि मात्र प्लेन उड्न थालेका हुन् त्यो पनि निकै सानो मात्रामा, अमेरिकामा त दोस्रो बिस्व युध भन्दा धेरै पहिले नै mass transportation को रुपमा प्लेन प्रयोग हुन्थियो, बिसेस गरेर अत्लान्टिक पार गर्ने छरितो साधनको रुपमा .. अमेरिकाको Hartsfield–Jackson Atlanta International एरपोर्टमा मात्र बर्सको सरदार १० लाख उडान/अवतरण हुन्छन (दैनिक २६०० जति उडान र २ लाख ५० हजार यात्रु ) , सायद नेपालको उड्डयन इतिहाश्मै एती धेरै उडान भएका छैनन् होला, पछिल्लो १०-१५ बर्समा मात्र हो नेपाली आकाश अलि बिजी भाको … अमेरिकामा जति उडान नेपालमा हुने हो भने त अहिले सम्म ६८२(कुल अमेरिकी दुर्घटना ) होइन कि धेरै धेरै धेरै नै बडी दुर्घटना भैसकेका हुने थिए… माथिको तथ्यांक अनुसार अमेरिकामा नेपाल भन्दा ठिक १५ गुना बडी मनिष मरेको देखिन्छ, तर अमेरिकामा नेपाल भन्दा हजारौ गुना बडी यात्री प्लेन पनि त उडछन् नि …
    बिस्लेसन अलि One dimensional र अपुरो लग्यो मलाई त .. नेपाली आकाश अमेरिका भन्दा असुरचित छ येशमा कुनै विवाद छैन…

    संसारको बिजी एरपोर्टको लागि यो लिंक हेर्नु होला :
    http://en.wikipedia.org/wiki/World's_busiest_airports_by_aircraft_movements

    Reply
    1. Salokya says:
      October 1, 2012 at 4:36 pm

      यो सूचि मैले बनाएको हैन। यो कसले बनाएको हो र यसको आधार के हो भन्ने माथि नै स्पष्ट उल्लेख छ। पढ्न छुटाउनु भएको भए स्मरणका लागि- यो ब्लग भएको अहिलेसम्म भएको हवाई दुर्घटनाको अभिलेख राख्‍ने http://aviation-safety.net/statistics/geographical/worst_geo_loc.php को आधारमा सबभन्दा बढी दुर्घटना कुन-कुन देशमा भएका छन् भन्ने जानकारी मात्र हो। यहाँ पहिलो नम्बरमा रहेको अमेरिका, दोस्रो नम्बरमा रहेको रुस, तेस्रो नम्बरमा रहेको ब्राजिल आदिसँग नेपालको तुलना गरिएकै छैन । जसले तुलना गरेको सम्झन्छ, ऊ गलत बुझाईमा छ। यो अहिलेसम्म कहाँ कहाँ दुर्घटना भएको छ भन्ने अभिलेखका आधारमा कुन क्षेत्रमा बढी दुर्घटना भएको छ भन्ने जानकारी मात्र हो । नेपालको आकाश पनि सुरक्षित छैन भनेर त मैले माथि नै लेखेकै छु । जति नकारात्मक प्रचार गरिएको छ त्यति विधि भने हैन । नकारात्मकता मात्रै रुचाउने हाम्रो बानी हो भने त के गर्न सकिन्छ र ।

      Reply
      1. NaRaN says:
        October 1, 2012 at 4:44 pm

        समस्या भनेको यसको शिर्षक हो | अरु केहि होइन |

        Reply
        1. Salokya says:
          October 1, 2012 at 4:53 pm

          यदि त्यस्तै हो भने ‘सबभन्दा बढी विमान दुर्घटना अमेरिकामा’ शीर्षक परिवर्तन गरेँ। अब त ठीक भो ?

          Reply
          1. Kevin says:
            October 1, 2012 at 9:53 pm

            सालोक्य जी,
            यो त total plane crash को लिस्ट मात्रै हो. यो लिस्टमा हवाई दुर्घटनाको
            संख्यामात्र दियिएको हो. यशबाट कुन आकाश सुरक्छित भन्ने देखौदैना. तेस्को
            reason त माथि धेरै साथीहरुले भन्नुभै सक्यो. Statictics , probability जस्ता धेरै factors बाट मात्रै कुन देशको आकाश सुरक्छित छ भन्ने conclusion मा आउनसकिन्छ. येहा तपाई कहाँ गलत हुनुहुन्छ भने तपाईंले
            भन्नु भयो कि नेपाल त्यति धेरै खत्तम छैन. नेपालभन्दा असुरक्छित देशहरु
            धेरै छन् भन्नुभयो. र तपाईंले आफ्नो तर्कको लागि माथिको data को support लिनु भयो. येही नै हो तपाईं को गल्ति.

            P . S . म अमेरिकामा बस्दछु र मलाई यो देश मन पर्छ.

            Reply
      2. Prakash Acharya says:
        October 1, 2012 at 10:07 pm

        “विश्वका जुनसुकै कुनामा भएका विमान दुर्घटनाको पनि तथ्याङ्क राखिएको हुन्छ। यही तथ्याङ्कका आधारमा हेर्ने हो भने विश्वमा सबभन्दा असुरक्षित आकाश अमेरिकाको देखिन्छ।”
        यो बाक्य सच्याउनु पर्ने देखिन्छ सालोक्य जी |

        Reply
        1. Reejan KC says:
          October 1, 2012 at 10:37 pm

          के बुद्धि भाको मान्छे होला ! दुर्घटनाको संख्याको तथ्याङ्कको आधारमा विश्वमा सबभन्दा बढी दुर्घटना हुने ठाउँ अमेरिका भएपछि असुरक्षित पनि अमेरिका भएन ? कि अमेरिकामा बढी दुर्घटना हुँदैन भनेर सच्याउनु पर्ने भनेको हो ?

          Reply
  31. arun says:
    October 1, 2012 at 3:42 pm

    बढी उडान हुने ठाउंमा दुर्घटना पनि बढी हुनेनै भो / त्यो सूचना को आधारमा कुन आकाश बढी सुरछित भनि भन्न मिल्दैन / त्यसको लागि कुल उडान र दुर्घटना को अनुपात निकाल्नु पर्छ/

    Reply
  32. Gurung Maiti says:
    October 1, 2012 at 3:26 pm

    अमेरिकामा प्रतेक १ सेकेन्डमा एउटा जहाज उद्छा तर नेपालमा औसत् मा १ घन्टामा एक पर्ला | त्यसलाई हेर्दा नेपालको आकासमै बादी दुर्घटना हुन्छा.

    Reply
  33. Raju says:
    October 1, 2012 at 2:38 pm

    कस्तो बकम फुस्से पत्रकार रहेछ यार!!!! नेपालमा कति वोटा plane छ र???? USA कति ठुलो देश छ ??? why dont u compare population of the country …..density of air flights before coming into any conclusion???????

    Reply
    1. Niraj says:
      October 1, 2012 at 2:48 pm

      कस्तो बकम्फुसे दिमाग नभाको अमेरिकाप्रेमी कमेन्ट लेखक रहेछ यार !!! के यो अमेरिका र नेपालको मात्र तुलना हो ? त्यहाँ अरु २४ वटा देश देखेनौँ ? अमेरिकामा बढी दुर्घटना भएको तथ्याङ्क सही हो र यसमा राखिएका तथ्याङ्क दुर्घटनाको संख्याको आधारमा मात्र राखिएको हो । ब्लगरले यात्रुवाहक विमान दुर्घटना त्यो पनि मान्छे मरेको घटनाको मात्र भन्दै एभिएसन सेफ्टी नेटवर्कको तथ्याङ्क राखेको हो । नपत्याए यहाँ हेर- तिम्रो प्यारो अमेरिका कसरी एक नम्बरमा छ http://aviation-safety.net/statistics/geographical/worst_geo_loc.php अमेरिकाको नराम्रो भन्ने बित्तिकै चित्त दुखेर पित्त फुटेको हेर । अमेरिकामा नै बढी क्राइम हुन्छ । अमेरिकामा नै बढी बन्दूकले हानेर मान्छे मर्छन् । यो पनि सत्य हो लज्जा तिमीलाई जति नै चित्त दुखे पनि । मुला अमेरिकामा बसेको भएर के के न ठानेको होला। लौ न तिम्रो हुति भए कमेन्टमा लेखेको जस्तै त्यहाँ भएका सबै देशको population अनि density of air flights compare गर । ब्लगरले दुर्घटना भएको संख्याको आधारमा ब्लग लेख्यो त तिम्रो चित्त दुखेर पित्त फुट्ने कारण किन पर्‍यो ?

      Reply
      1. kamal says:
        October 1, 2012 at 3:27 pm

        निरज जी को कमेन्ट मा रातो र माथि को कमेन्ट हरियो धेरै लगाउने धेरै देख्दा, MYSANSAR US मा कति लोकप्रिय छ भन्ने बुझीन्छ.

        Reply
        1. nawaraj says:
          October 1, 2012 at 9:03 pm

          मा UK मा बस्छु … अमेरिका र नेपाल को कुरा होइन
          common sense को कुरा हो तथ्यांक percentage मा हुनुपर्छ number मा होइन
          एउटा school मा १०० विधार्थी मा २० जना फेल हुन्छन अर्को school मा १० जना विधार्थी मा ८ जना फेल हुन्छन अब के यसले १० जना भएको school राम्रो देखाउंछ त ?

          Reply
          1. dilip gurung says:
            October 3, 2012 at 2:39 am

            यहि हो क्या तथ्यांक शास्त्रको पाठ न. १| सालोक्यजी ले लेख सच्याउनु पर्छ या लेख तथ्यांक शास्त्रको ज्ञान राख्ने पाठकबाट खोज्नु पर्छ| यसरि जे पायो तेही लेख्ने र गल्ति थाहा भैसकेर पनि स्वीकार नगर्ने नेपाली प्रवृतिबाट माथि उठ्नु पर्छ जस्तो लाग्छ मलाई| केहि समय अगाडी साप्ताहिकमा एउटा लेख छापिएको थियो, जुन कि गलत सूचनाले भरपुर थियो| मैले कमेन्ट लेख्दिया थिए त्यो गलत भयो र सहि कुरो यो हो भनेर स्रोत सहित| तर पत्रकार महोदयहरुले कमेन्ट नै डिलिट गर्दिए| खै के भन्ने?

            Reply
          2. बद्री अधिकारी says:
            October 3, 2012 at 3:19 am

            यो दीलिप गुरुङ किन तथ्याङ्क शास्त्री भइखाको ? सालोक्यले किन लेख सच्याउनु पर्‍यो । दीलिप गुरुङ जस्ता हेडलाइन मात्र पढेर कमेन्ट गर्ने पाठकले आफ्नो मनोवृत्ति सच्याउनु पर्‍यो । जब उनले भनिरहेका छन् यो अरु विषयमा हैन दुर्घटना भएको स‍ंख्याको आधारमा लेखिएको हो भनेपछि घण्टा गर्न अमेरिकाको बचाउ गर्दै बसेको तिमेरु ? के जे पायो त्यही लेखेका छन् उनले । एउटा विश्वसनीय संस्थाले दिएको जानकारीलाई जस्ताको तस्तै राखेका छन् । राखेका छैनन् भने गल्ती देखाऊ, जे पायो त्यही भनेर आफैलाई बढी जान्ने मै जान्ने मै सुन्ने देखाउन किन लागिपरेका ? यही हो दीलिप गुरुङलाई लेखेको बुझेर कमेन्ट गर्न पाठ नम्बर १

            Reply
      2. बिश्वाश says:
        October 1, 2012 at 4:24 pm

        निरज जी,
        नेपालमा मोटर साइकल र बस चढे जस्तो अमेरिकामा प्लेन चढ्ने भएर होला नि | प्राइभेट प्लेन हुनेहरु र प्राइभेट फ्लाइट गर्नेहरु पनि अनगिन्ति हुन्छन |
        बिश्वाश

        Reply
      3. Sisir says:
        October 1, 2012 at 4:36 pm

        नीरज जी,
        राजु जी को कुरा ठिकै त छ नि , तर्क दिनुष न किन नेपाली र अमेरिकी भावनात्मक कुरा गर्नु हुन्छ … म पनि नेपाल मै बस्ने नेपाली हु तर सहि र गलतको फरक त हुन्छ नि …
        “सबभन्दा असुरक्षित आकाश अमेरिकाको” एसको अर्थ के हो त ?? एसको सिधा अर्थ अमेरिकी आकाश संसारकै सबै भन्दा जोखिमपूर्ण हो भन्ने लाग्दैन र ?? जबकी तथ्यांक ठिक एसको बिपरित छ .. यो कसैबाट लुकेको कुरा होइन कि नेपाली आकाश निकै असुरचित छ भन्ने … तपैले नै पेश गर्नु भाको एभिएसन सेफ्टी नेटवर्कको २०११ को तथ्याङ्क हेर्नुश जसमा अमेरिकामा 8 जनाको मृतु भाको देखिन्छ जब कि नेपालमा २५को (१९+६) बुद्ध र नेपाली सेनाको बिमान गरेर ..
        http://aviation-safety.net/database/dblist.php?Year=2011&lang=&page=1

        यहाँ तथ्यको कुरा गर्न खोजिएको हो , खोक्रो रस्त्राबादको होइन, नकी अमेरिकामा हुने क्राइम र बन्दुक जन्य हत्याको … तपाई एउटा मात्र तथ्य दिनुस नेपाली आकाश अमेरिका भन्दा सुरछित छ भनेर अनि मानौला … नेपाली आकाशमा प्लेन उदाउनु निकै जोखिम पूर्ण मानिन्छ तेसैले पनि नेपाली पाइलटलाई संसार मै निकै साहशी पाइलट मानिन्छ ..

        Reply
    2. ashok sharma says:
      October 1, 2012 at 4:11 pm

      निरज पनि बकम्फुसे नै होउ क्या ! नेपाल को आहिले को स्थिति त बिकराल नै छ . आहिलेसमम्म
      को दुर्घटनाको स्वोरुप हेरेर मात्र हुन्छ र . दुर्घटना त आन्तिम मा हुने हो . अब अहिले को नै कुरा गरौ न, बाटो र माटो को अध्यननै नगरिकन देश भरि पहाड उद्रिसके, राताम्मे छ बन र पाखा, सिधै डोजर ले उक्क्यारा बाटो बनेको छ, तेहा अब कति दुर्घटना हुने हुन् / राजमार्ग को हालत उस्तै छ/ licence दिने कर्मचारी उस्तै छन् , मेरो साथी ले motorcycle चलाउछ कार चलाउन aaudaina तैपनि उसंग बकैदा कार चलाउने licence छ . आकाश को पनि तेही हो गति , (http://www.youtube.com/watch?v=HDY8S6oYKL0&feature=endscreen ) यो लिंक हेर्नुस अनि विचार गर्नुस/ pilot भनेको दुर्घटना लाई अन्तिम रुप दिने मात्र हुन् , yehaa त सबै दोष उनैलाई छ , एरपोर्ट कन्ट्रोलर को हालत त yeha बाट प्रस्ट hunchha , अनि कसरि सुरक्षित छ हाम्रो आकाश, दुर्घटना को संख्या हेरेर hunchha , आकाश र जमिन दुवै झन् असुरक्षित हुदै छ हाम्रो देश/ दुर्घटना बाट सिकेर सुरक्षा सुधार हुन्छ त्यो देश मा, हाम्रो हालत बिग्रिदो छ / देशमा ठुलै सामाजिक परिबर्तन नभय सम्म हामी र हाम्रो परिवार पनि तेती टाढा छैनन् दुर्घटना बाट, ल हेरौ न त तथ्यांक (28,537 is the number of commercial flights per day, according to the National Air Traffic Controllers Association

      Read more: http://wiki.answers.com/Q/What_is_the_total_number_of_US_commercial_flights_daily#ixzz282ccoZkj ) अनि हाम्रो देश मा ??? ठ्याक्कै तथ्यांक त भेटिएन १००० वोरीपरि नै hunchha होला/ बकम्फुसे हरु सबैले देश को बारेमा सोच्नु पर्ने जरुरि छ /

      Reply
      1. ashok sharma says:
        October 1, 2012 at 4:42 pm

        कमेन्ट के लेख्दै thiya, फेरी एती airlines को बिमान चरा संग ठोकीएछ, एसपाली भने बचेछ दुर्घटना बाट, प्रभु दुर्घटना को खबर सुन्न minute पनि नलाग्ने भो अब.

        Reply
  34. NaRaN says:
    October 1, 2012 at 2:31 pm

    Im fully disagree with your opinion. First of all, you should know some statistics before analyzing such data.
    If you calculate the ratio of flight and plane crash, then surely Nepal will be within top 3. And this will be the worst scenario.
    But, thanks for your effort to get such data and presenting it on table.

    Reply
    1. Anil says:
      October 1, 2012 at 2:53 pm

      you should know that blogger has clearly mentioned this is based only on fatal accident cases of civil airliner. He wrote blog on what data available. If you know other data then why dont you calculate the ratio of flight and plane crash. Merely writing “surely” wont give any basis

      Reply
      1. NaRaN says:
        October 1, 2012 at 3:56 pm

        यदि तपाइको तर्कलाई आधार मान्नेहो भने पुरै विश्व भन्दा इराक र अफगानिस्तान धेरै सुरक्षित छन् | के तपाई मान्न तयार हुनुहुन्छा Anil जी ?

        Reply
      2. ramhari says:
        October 2, 2012 at 4:06 am

        Read his first three statement. He has clearly written that Nepal is not the unsafest place for aviation.

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme