Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चराले लियो १९ जनाको ज्यान

Posted on September 28, 2012September 29, 2012 by Salokya
यही चरा ठोक्किएको थियो प्लेनमा। पत्रकार सम्मेलन गरी चरा सार्वजनिक गरिएको थियो। फोटो सौजन्य : पूर्ण दुवाल/फेसबुकबाट

काठमाडौँ विमानस्थल नजिकै आज बिहान सीता एयरको एउटा डोर्नियर विमान दुर्घटना हुँदा त्यसमा रहेका १९ जनाको मृत्यु भएको छ। चालक दलका तीन सदस्यसहित सात नेपाली, सात बेलायती र पाँच चिनियाँ नागरिकको ज्यान जाने दुर्घटनाको कारण भने अरु नभएर एउटा चरा थियो। बिहान ६ बजेर १७ मिनेटमा प्लेन उडेको थियो। उड्ने बित्तिकै चरासँग ठोक्कियो। त्यसपछि आपतकालीन अवतरण गर्न फर्कँदै गर्दा रनवे नजिकैको मनोहरा खोला किनारको बगरमा क्रायस ल्यान्ड भयो। टेकअफ गरेको र क्रायस ल्यान्ड गरेको समयमा एक मिनेटको मात्र अन्तर थियो। क्रायस ल्यान्ड गरेको केही समयपछि प्लेनमा झन् ठूलो दनदनी आगो लाग्यो। उद्धारकर्मीहरुले आगो निभाएर जलेका लाश मात्रै निकाल्न भ्याए।

चरासँग ठोक्किएर मान्छे मर्ने गरी दुर्घटना विश्वमा नै निकै कम हुने गर्छ। दुर्भाग्यवश हामी कहाँ आज यस्तो दुर्घटना भयो। तर धन्य मान्नुपर्छ, प्लेन बस्तीमा गएर खसेन। दुर्घटना भएको ठाउँको दुई तिर घनाबस्ती छन्। झण्डै सात सय घर छन्। त्यहाँ प्लेन खसेको भए अझ धेरै मान्छे मर्न सक्थे।

यही चरा ठोक्किएको थियो प्लेनमा। पत्रकार सम्मेलन गरी चरा सार्वजनिक गरिएको थियो। फोटो सौजन्य : पूर्ण दुवाल/फेसबुकबाट


उडे लगत्तै नै प्लेन ढलमल भएको थियो, यसबारे टावरले सोध्दा क्याप्टेनले चरासँग ठोक्कियो भनेका थिए। त्यसको एक मिनेट मै प्लेन बायाँतिर ढल्किएर बगरमा खसेको थियो। खसेको केही समयपछि मात्रै दनदनी आगो लागेको थियो। सब कुरा यति छिटो भयो होला कि कसैले केही गर्नै सकेनन्। गर्ने सोच्नै भ्याएनन्। नत्र त प्लेनको इमर्जेन्सी ढोका खोलेर बाहिरिन्थे कि। भर्खर उडेको भएर सिट बेल्ट पनि फुकाल्न भ्याएका थिएनन् कि।

प्रत्यक्षदर्शीहरुले यात्रुहरु चिच्याइरहेको, कराइरहेको देखेको भनेका छन्। त्यसको केही समयपछि मात्रै पड्किएर ठूलो आगो लागेको उनीहरुको भनाई छ। ठूलो आगो नलाग्दै आपतकालीन ढोका खोलेर निस्कन भ्याएको भए पो केही मान्छे बच्थे कि।

घटनास्थलमा प्लेन जोतिएको पनि छैन। अग्नि एयरको प्लेन शिखरापुरमा दुर्घटना हुँदा जमिनमा जोतिएर ठूलो खाल्डो परेको थियो। यो बगरमा भने त्यस्तो खाल्डो देखिन्न। प्लेन अडिएको छ र जलेर नष्ट भएको छ। फोटोहरुमा प्लेनको भग्नावशेष ढल्किएको देखिए पनि लाशहरु निकाल्ने क्रममा त्यसो भएको रहेछ।

जोमसोममा भएको दुर्घटनामा अग्नि एयरको प्लेन टुक्रा भएको थियो। त्यहाँ केही यात्रु जीवित भए। यहाँ भने प्लेन टुक्रा पनि भएको थिएन। आगोले जलेर नै सबैको मृत्यु भएको देखिन्छ। एक वर्षअघि असोज महिना मै ललितपुरमा भएको बुद्ध एयरको विमान दुर्घटनामा एक यात्रुलाई अस्पतालसम्म पुर्‍याउन भ्याइएको थियो। उनी बाँच्न चाहिँ बाँचेनन्। यहाँ भने दुःखलाग्दो ढंगले १९ जनाकै प्लेनभित्रै जलेर मृत्यु भयो।

चराले ठोक्किएर कति दुर्घटना हुन्छ ?

नेपालमा चरा ठोक्किएर दुर्घटना भएका खबर यो वर्षमात्रै दुई पटक आइसकेको छ। अस्ति जेठमा जुम्लाबाट नेपालगन्जका लागि उडेको तारा एयरको प्लेनको अगाडिको शिशामा चरा ठोक्किएपछि सुर्खेतमा आपतकालीन अवतरण गरेको थियो। दुर्घटना को-पाइलट सामान्य घाइते हुने बाहेक अरु कसैलाई केही भएन। त्यसैगरी साउनमा पनि बुद्ध एयरको काठमाडौबाट उडेको प्लेन विराटनगर विमानस्थलमा अवतरण गर्नै लाग्दा चरा ठोक्किएको थियो। ठोक्किएका कारण प्लेनको पखेटाको ब्लेड कुच्चिएको थियो। मान्छेलाई भने केही भएको थिएन। आज भएको दुर्घटनामा भने मान्छे नै मरेको खबर सुन्नुपर्‍यो।

मान्छेले उड्ने चरालाई चुनौति दिएर आफू पनि उड्न प्लेन बनाएर उडाउन थालेका हुन्। त्यसैले प्लेनलाई आकाशमा सबैभन्दा खतरा भनेकै यस्तै आकाशमा उड्ने चराहरुबाटै हो। तर यो घटनाबाट डराएर प्लेनै चढ्दिनँ चाहिँ नभन्नुस्। एउटा अनुसन्धानले एक अर्ब उडान घण्टामा यसरी चरा ठोक्किएर मान्छे नै मर्न गरी एउटा मात्र दुर्घटना हुने गरेको देखाएको छ। ६५ प्रतिशत घटनामा चरामात्रै मर्छ, प्लेनमा सामान्य क्षतिमात्र हुन्छ भन्ने अर्को तथ्याङ्क पनि छ। यो चरा प्लेनको कता ठोक्किएको हो भन्ने बारे केही थाहा हुन सकेको छैन। रनवेमा उड्दाउड्दै प्लेन चरासँग ठोक्किएको भन्ने कुरा त विमानस्थलमा मरेको चरा भेटिएबाट नै अनुमान लगाउन सकिन्छ। टावरसित पनि पाइलटले चरासँग ठोक्कियो भन्ने जानकारी दिन मात्र भ्याएका छन्। दुर्घटनाको एउटा कारण चरा ठोक्किएको भन्ने त प्रष्ट भयो। तर मान्छे नै मर्ने गरी दुई इञ्जिनको विमान कसरी दुर्घटना भयो भन्ने चाहिँ छानबिन आयोगको प्रतिवेदनपछि मात्रै थाहा हुन्छ।

प्लेन कस्तो हो ?

दुर्घटना भएको प्लेन डोर्निएर २२८ हो। जर्मन विमान कम्पनीले सन् १९८१ देखि १९९८ सम्म यस्तो विमान बनाउने गर्थ्यो। यस्तो विमान दुर्घटना भएको विश्वमा नै यो ३५ औँ हो र नेपालमा भने यस्तो मोडलको विमान दुर्घटना भएको पाँचौँ हो। ६ वर्षअघिसम्म यस्ता १२७ वटा विमान विश्वमा विभिन्न विमान कम्पनीले उडाउने गरिरहेका थिए। सीतासँग यस्तो मोडलको विमान तीन वटा थियो। आज एउटा बनाउनै नमिल्न गरी नष्ट भएपछि दुई वटा बाँकी छ। सीता एयरको प्लेन यसअघि दुई पटक लुक्लामा दुर्घटना भएको थियो। मान्छे नै मर्ने गरी दुर्घटना भएको भने यो पहिलो पटक हो। प्लेन हिजो उडाउन योग्य नभएर ग्राउन्डेड भएको तर आज बिहान पहिलो उडान मै उडेको भन्ने कुरा पनि आएको छ। हिजो के बिग्रेको थियो र ग्राउन्डेड भएको थियो भन्ने बारे चाहिँ केही थाहा हुन सकेको छैन। छानबिन समिति बनेको छ, शायद् त्यसले यसअघिका अधिकांश दुर्घटनाका छानबिन प्रतिवेदन जस्तो चालककै दोष मात्र त नदेखाउला भन्ने आशा गरौँ।

आकाश यात्रा त्यति असुरक्षित चाहिँ हैन है

विमान दुर्घटना भएको खबरहरु आएपछि अहो, प्लेन चढ्न त निकै डरलाग्दो पो हुँदो रहेछ भन्ने लाग्न सक्छ। मान्छेहरु त्यसै डराइरहेका हुन्छन्। तर तुलना गर्ने हो भने प्लेन यात्रा यात्राहरु मध्ये सबैभन्दा सुरक्षित छ। तथ्याङ्कै हेरौँ न। आर्थिक वर्ष ०६७/६८ मा ८ हजार ८ सय ३ वटा दुर्घटना भए। मान्छे कति मरे सुन्नुहुन्छ ? १ हजार ६ सय ८९ जना। नेपालमा अहिलेसम्म ३१ वटा मान्छे मर्ने गरी भएको विमान दुर्घटनामा ६८३ जना मरेका छन्। ल भन्नुस् अब आकाशको यात्रा असुरक्षित कि सडकको ? तपाईँ आकाश असुरक्षित भएकोमा चिन्तित हुनुपर्ने कि सडक असुरक्षित भएकोमा ? प्लेन दुर्घटना हुँदा त २० हजार डलरको बिमा रकम पनि पाउँछन् मृतकका आफन्तले। सडक दुर्घटनामा हेर्नुस् त। केही पनि पाइन्न। गाडीमा पनि यात्रुको बिमा गर्नुपर्ने भन्ने कानुनमा त छ तर व्यवहारमा पटक्कै लागू भएको छैन। काठमाडौँ उपत्यकामा त मोटरसाइकल दुर्घटना बढी हुने गर्छ। खै मोटरसाइकल चढ्न चाहिँ डराउँदैनन् त मान्छे ? प्लेन दुर्घटनाभन्दा निकै बढी सडक दुर्घटना र त्यसमा पनि सार्वजनिक सवारी दुर्घटना बढी हुने देखिएकोले धेरैको ज्यान जोगाउने भए सडक दुर्घटनामा बढी ध्यान दिन जरुरी छ।

अर्जुन बोहोराको सौजन्यमा भिडियो हेर्नुस्-

51 thoughts on “चराले लियो १९ जनाको ज्यान”

  1. Bikash Shrestha says:
    October 2, 2012 at 11:51 am

    १९ जना को ज्यान गएको कुरा सुन्दा सारै मर्माहत भयो . मेरो विचार मा बिमान को कुन भाग मा ठोकिएको हो भन्ने कुरा त जहाज मा भएको Black box मा voice record को जांच बाट मात्रै थाहा हुन्छा. यहाँ त Black Box बारे मा कसैले केहि जानकारी दिएन. Black Box भेटियो या भेतिएना समाचार मा सुन्न पाएन / त्यो जहाज मा छदै छैन कि . pilot ले टावर संग के सम्बाद गर्यो एसको जानकारी कुनै समाचार मा दिएको पाएन .

    Reply
  2. deep says:
    September 30, 2012 at 5:21 pm

    काठमाडौँको फोहोरले चरा निम्त्याउछ/ चराको कारण दुर्घटना हुन्छ/ हामी सबै यो घटनाका दोषी होंउ/ दिबंगत आत्माहरु प्रति हार्दिक स्रदान्जली/

    Reply
  3. Ghanshyam bhusal says:
    September 29, 2012 at 8:40 pm

    आगोले खतम पारिसकेपछि दमकल,,,, अलि चाडै आएको भए केहि बच्थे कि! धेरै दुख लाग्दो घटना भयो, अब तेस्ता पुराना प्लेनहरुलाई हटाउनु पर्छ नेपाल सरकारले. दिवंगत सबै आत्माको चीर शान्ति को कामना बाहेक अरु केहि भन्ने ठाउँ भएन,. एस्तो शब्द लेख्न नपरोश.

    Reply
  4. Ramesh says:
    September 29, 2012 at 1:18 pm

    डेट एक्सपायर भएका वा अति पुराना प्लेन हरु देश बाट बर्खास्त गरिनु पर्छ! जुन प्लेन ९७ मा नै बनाउन छोडियो त्यो १५-२० बर्ष पछी कुन अबस्ता मा होला? अनि तेस्का पुर्जा हरु कसरि चै आगो प्रतिरोधात्मक होलान त?

    Reply
  5. madan bajracharya says:
    September 29, 2012 at 12:59 pm

    चरा ठोक्कियरै मात्र यो दुर्घटना भयको होईन/ लो अल्तिच्युत्मा उड्ने जहाज प्रेसराईज्द हुँदैन/ हाई अल्तिच्युत्मा उड्ने जस्तो कि जेट विमानहरू मात्रै प्रेसराईज्द हुन्छ र तेस्तो जहाजमा मात्रै अकस्मात चरा ठोकिय्यर जहाजको सिसा फुट्न गयको खण्डमा दुर्घटना हुन् सक्छ/ तर यो जहाज त् लो अल्तिच्युत त्यो पनि उडेको लगतै अगाडी चरा ठोक्कियर पछाडी आगो कसरि लाग्छ? दुर्घटनाको कारण अर्कै हुनु पर्छ/

    त्यो दुर्घटना भयको जहाज यक दिन अघि सम्म प्राबिधिक गडबडी भयको कारण ग्राउन्देद थियो/ पछी मर्मत गरेर उदयको कुरा प्रकाशमा आयको छ/ कुरा यहि निर गडबड भयको हुनु पर्छ/ अब मर्मत कार्यमा लापरबाह भयको भनेत सायद बिमा कम्पनीले त्यो जहाज दुर्घटना भयकोमा सुका पनि तिर्दैनन र फेरी हाकिम ईन्जिनियरहरु “मामा घर” पनि जानु पर्ने हुन्छ त् ईनिहरुले चरा ठोक्कियाको भनेको हुनु पर्छ/ त्यो बिग्रेको जहाज उदाउन योग्ग्य छ भनेर सिफारिस गर्ने ईन्जिनियर को हो र तेस्ले गरेको मर्मत कार्यको बारेमा बिशेस्ग्यहरुले बिशेष जांच बुझगर्नु पर्ने देखिन्छ/

    यो बाहेक अर्को कारण पनि दुर्घटना निम्त्याउने कारण बन्न सक्छ/ ई निजि बिमान सेवाको पाईलटहरुलाई जहाज उदयको खण्डमा मात्रै रकम पाउने, जहाज नउदायको बेला अत्यन्त कम रकम पाउने हुन्छ/ त् जहाज चलाउने क्याप्टेनहरु पनि जहाज जसरि भय पनि जस्तो अबस्थामा पनि उदाउन खोज्छ त् दुर्घटना हुन् जान्छ/

    जहाज लिजमा ल्यायर बिमान कम्पनि चलाउनु कुनै ठुलो कुरा होईन/ तर जहाजलाई अन्तरास्ट्रिय मापदण्ड अनुशार उडान योग्य बनाउनु चाहि सानो खर्चको कुरा होईन/नेपालमा नेता त् बिक्छ भने जहाज उडान योग्य छ भनेर गरिने सिफारिस बिकिन्दैन भन्ने के ग्यारेन्टी छ?

    बिग्रेको जहाज तोकियाको मापदण्ड अनुशास दछ्यप्राबिधिक बात मर्मत न भयकै कारणले दुर्घटना भयको हुनु पर्छ/

    Reply
    1. madan bajracharya says:
      September 30, 2012 at 3:21 am

      अलि कुरा थप्दै छु/
      जाज सम्पूर्ण जाली सकेको अबस्थामा यो जहाजमा ठोक्कियाको भनेको चरा यति संग्लो अबस्थामा ईनिहरुले कहा बात ल्यायो? जहाजको पंखामा ठोक्कियाको भय सायद पखेताको प् पनि बाकि रह्न्दैन्थ्यो/ जहाजको सिसा मा ठोक्कियर सिसा फुटालेर भित्र पुगेको भय सबै यात्रु हरु जलेको त्यो जहाजको अब्शेस मा यो चराको खरानी पनि बाकि रह्न्दैन्थ्यो/ यदि यो चरा जहाज को अन्य भागमा मात्रै ठोक्कियाको भय यो चराको संग्लो शरीर हेरेर जो कोहिले अनुमान गर्न सक्छ कि जहाजमा चरा ठोक्कियर कुनै ठुलो नोक्शानी हुने सक्दैन/ यो जहाज यो चरा ठोक्कियर दुर्घटना भयको हुने सक्दैन भन्ने कुरा यो चराको संग्लो शरीरले भन्दैछ/

      २०/२५ बर्ष पुरानो बाहिर पार्ट पुर्जाहरु समेत पाउन गाह्रो हुने जहाजहरु उदाउने कुरा अत्यन्त महँगो र आबस्यक पुर्जाहरु पाउन र मर्मत गर्न समेत गार्है हुने भयको कारण जहाज उदाउन निजि बिमान सेवाहरुले गलत तरिका अपनाउन पनि सक्छ भन्ने कुराको केहि सत्य घटना उल्लेख गरेर सुनाउन चाहन्छु/

      कुरा सन् १९९४ तिरको हो/ म कार्यरत नेपाल बायु सेवा निगमको कार्यालयको कोठामा निगमको तत्कालिन कार्यकारी अध्यछ्य भुवानेस्वर दैबग्य्लाई निगमको प्रधान कार्यालय बात निगमको निगम महाप्रबन्धक बबी शाहले फोनमा निगमको गोदाम बात यउटा ट्वीन अत्तर बिमान चलाउने निजि बिमान सेवामा कार्यरत पहिला निगमको उप निर्देशक पदमा रही सकेको “… कोईराला” थरको व्यक्ति निगमको गोदाम बात यहि दोनियर जस्तै पुरानो बजारमा पार्ट पुर्जा किन्न नपाईने निगमको ट्वीन अत्तर विमानको पुर्जाहरु चोर्दै गर्दा समातियाको खवर दिंदै थियो र दैबग्य्ले त्यो चोर कोईरालालाई जेलमा पठाउन लगाउने निर्स्देशन दियको थियो/ तर दैबग्य काठमान्डू फर्कंदा त्यो पार्ट चोर्ने कोईरालालाई केहि कार्यवाही गर्न सक्नु भयन/ त्यो चोर कोईराला देसको सबै भन्दा शक्तिशाली भ्रस्ट कोईरालाको नातेदार थियो/

      त् तेस्पछी नेपाल बायु सेवा निगमले आफ्नो ट्वीनअटर बिमानहरु ग्राउन्देद गरेर तेस्लाई चाहिने जगेडा पार्ट हरु सबै गोदाममा कसैले चोर्न नसकिने गरु शिल बन्दि गर्यो/ यो कुरा भयको केहि समय पछी त्यो पार्ट पुर्जा बजारमा किन्न नपाईने ट्वीन अत्तर बिमान चलाउने निजि बिमान सेवा नै बन्द भयो/

      Reply
  6. Dilip Adhikari, UK says:
    September 29, 2012 at 12:36 pm

    अतिनै दुखदायी र कारुणिक घटना हो यो , हाम्रो जस्तो देसको लागि त झनै अभिसाप नै हो I
    सतिले सरापेको मुलुक हो भन्थे नेपाललाई तेही भएर हो कि सधै एस्तो भैरहने, अन्तर् राष्ट्रिय स्तरमा पनि एस्तो घटना ले गर्दा नराम्रो असर पर्न सक्छ I मृत आत्माहरुको चिर शान्तिको कामना I

    Reply
  7. anmol piya says:
    September 29, 2012 at 11:54 am

    Heartfelt condolences to all the dead people, rest in peace. It is so ridiculous that the main reason of this plane crash is the collation with the vulture. So far we all people know it might damage a plane little bit but not in this Hollywood way. We came to know different information about this crash, some news agency said it was fired on the sky,some said it was first landed and than caught fire on the ground. Being an ordinary people, whom shall we believe?
    And concerned to the writer, he said don’t be afraid to ride plane in Nepal. Even he compared the plane crash with the bus accident, bike and other kind of accident. How can you compare such things, how many plane fly in a day in Nepal? and how many buses, car and bike run on the road in a hour in Nepal? In Nepal comparing all the circumstances more people are dead due to plane crash.After this accident we all have to think twice before we ride our domestic air? After all its the matter of our life.
    thanks
    anmol

    Reply
  8. दीप says:
    September 29, 2012 at 10:32 am

    संसारभर चलाएर थोत्रा मोत्रा भएका सस्ता जहाज लाइ ल्याएर कुनै चेक नगरी उडाई दियो अनि दुर्घटना भयो सब यात्रु मर्ने , पाइलट पनि पर्ने अनि कम्पनीका संचालक नमर्ने अनि ति कम्पनि ले दुर्घटना भएको प्लेन को insurance claim गरि मोटो रकम लिने होलान अनि फेरी तो रकम बाट फेरी सस्ता थोत्रा मोत्रा जहाज विदेश बाट ल्याई चलाउने होलान अनि फेरी दुर्घटना अनि दोष जति नेपाल को डाडा काडा , कुइरो, पाइलट को गल्ति देखाउने अनि insurance को claim गरि पैसो लिने /

    Reply
  9. dhan says:
    September 29, 2012 at 10:31 am

    लेखको अन्तमा भनिएको हवाई यात्रा तेती असुरक्षित होइन भन्ने भनाइ देखेर चै हासो लाग्यो. वर्ष दिनमै २-४ ओटा दुर्घटना कमै होला अरु देशमा. अब त्यो भन्दा बढी दुर्घटना हुने मोटर यात्रालाई देखाएर अशुरक्षित होइन भन्नु त चोर पकेट मारलाई हरु खासै बदमास होइनन तस्कर र हत्याराको अगाडी भने जस्तै भयो नि. एती धेरै दुर्घटना हुनु अशुरक्षित नै हो नि कि कसो? तपाई आफै नेपालमा हवाई यात्रा गर्दा ढुक्क ढुक्क हुन सक्दैन होला!!

    Reply
  10. nimesh, bkk says:
    September 29, 2012 at 8:54 am

    दुखद समाचार सुन्नु पर्यो, न रमाईलो लाग्यो .
    सधै मरेका पाईलटलाई मात्र दोष दिने गर्थ्यो आज चाहिं प्लेनको पुच्छर मात्रै बाकि हुने गरि प्लेन डन डन बल्दा पनि एउटा पनि पखेटा नजलेको (सायद प्लेनमा ठोक्किएर् नभई कहीं मारेको) मरेको चरालाई दोष दिएर उम्किदै छन्, अधिकारीहरु . कठै बरी
    सबै मृत आत्माको चिर शान्तिको कामना गर्दछु |

    Reply
  11. Ritika says:
    September 29, 2012 at 8:51 am

    हाम्रो मा क्यामरा पुग्न सक्यो दमकल पुग्न सकेन / सारै दुखः लाग्दो दृश्य /

    Reply
  12. amit jha says:
    September 29, 2012 at 8:36 am

    चाहे स्थलमार्ग होस या हवाइ मार्ग, यात्रुहरु कहि पनि सुरक्षित छैनन, चरम लापर्वाहि छ जताततै ॥

    Reply
  13. RABIN TAMANG says:
    September 29, 2012 at 7:55 am

    यो सभई नाटक हो चरा मा ठोकियाको वहाना जब चार मा ठोकियाको बिमान चरा संगै त्यो पनि नजलियाको अबस्थामा पाउनु सरासर बिमान कम्पनी ले आफुलाई बचाउ गर्न खोजको हो . यस घटनाका सबै परिवार मा हार्दिक समबदाना प्रकट गर्न चहन्छु .

    Reply
  14. manish says:
    September 29, 2012 at 6:51 am

    Why the people are not talking about the ground engineer, their management comitee and tour control. These people know whats wrong in the plane in advanced. As I read the news it was grounded due to some technical problem the day before but how that was assured to go in flight with other pilot on next day.
    Where is the media? Donot think only the birds makes all these accident,
    its a goes on engineer and other ground staffs who knows the things more than pilot. Pilot has a duty to fly them on their schedule as well, and he did and he saved the settlement as well.
    Pilot did awesome job and save the lifes of people around village of the crashed landing site.
    Probably autolocked seat belt you can,t open untill the the plan takes its ultimate hight. Pilot and their co-pilot did what they can DO.

    उनिहरुको आत्माको चिर शान्ति को कामना .

    Reply
  15. Prakash Adhikari says:
    September 29, 2012 at 6:14 am

    सत्र सालका जहाज उडाउचन/ पचास वर्ष taxi चलाए जस्तो/ अकस मा उदाउने जहाज को अनुगमन गर्ने कोहि छैन/ नेपाली जहाज मा सित्तैमा उड्न दिएपनि उड्नु हदैन/ राजनीति ले मैलो बनएको देस/ लोफ्फ़र हरुले चलायको देस/ सबै लोफ्फेर नेताहरु को खल्तीमा देसको राजनैतिक खाका र संबिधान भएको देस/ सबै लोफ्फेर नेताहरु लै प्रधानमन्त्री हुनु पर्ने देश/

    Reply
  16. subash from norway says:
    September 29, 2012 at 6:02 am

    मृतक सबै प्रति श्रद्धान्जली !!! मृतक परिवार प्रति समबेदना !!!!
    अब भोलि छानबिन आयोग को रिपोर्ट के हुन्छ भन्ने लगभग लगभग मलाई चै पक्का भैसकेको छ. अरु क नै हुन्छ र? चालक को गल्ति देखाइनछ!!!! यिनी हरु लै गर्न नै क आउछ र? बिमान दुर्घटना भए पछि अब कम्पनीले रेगुलर मर्मत सम्भार नगरेको कुरा रिपोर्ट मा आए त अब कम्पनी को साख: गइ हाल्छ , अनि कल्ले चड्ने त्यो कम्पनी को बिमान ? अनि फेरी राम्ररी मर्मत सम्भार नगरी चलाएको प्लेन दुर्घटना बापत आउने बिमा रकम नि नआउने . अनि त जसरि भए नि चालक को दोष देखौना पाए , सबै तिर बाट जोगिने कम्पनी. !!
    अनि तेहा पैसा को चलखेल सुरु हुन्छ रिपोर्ट के बनाउने भन्ने बारे. फेरी कस्तो बिडम्बना – त्यो आयोग मा कोइ नि सच्चा नेपाली नहुदो रहेछ ? जोसलाई ति दुर्घटना मा पर्ने मानिस को परिवार प्रति सहानुभूति पनि न आउने !!!
    बस अब बन्द गर यो खेल, धेरै भो यो रगत को खेल.

    Reply
  17. Hardik says:
    September 29, 2012 at 5:16 am

    “सर्बप्रथम मृत आत्माहरुको शान्ति को कामना”

    दुख लाग्यो, कमेन्टहरु देखेर | समय अहिले कसैलाई दोष दिने होइन, दुर्घटनाबाट केहि सिक्ने समय हो| दोष दिने नै हो भने त, सरकार, उड्डयन बिभाग, हवाई कम्पनी र यात्रु सबैलाइ दिदा हुन्छ | MySansar को धेरै पुरानो पाठक भएपनि पहिलो चोटी केहि कुराहरु यो बहुचर्चित ब्लगमा लेख्न चाहन्छु|

    १) अहिलेको परिस्थितिमा बिमान कम्पनीहरुले २० वर्ष भन्दा पुरानो जहाज किन्न पiउदैन तर नेपाल सरकार अथवा निगमले भने आफ्नो ४० वर्ष पुरानो जहाज तारा एयरलाई लीजमा दिएको छ| निगम आफै भने आफै त जहाज मर्मत वा किन्न सक्दैन तर नियम मिचेर भएपनि आफ्नो ४० वर्ष पुरानो जहाज निजि बिमान कम्पनी लाई चलाउन दिएको छ| अझै अनौठो नियम त के छ भने २० वर्ष भन्दा पुरानो जहाज किन्न नपाउने तर २० वर्ष पुराना चलाई राखेको जहाजहरुलाई चै चलाउन दिने|

    २) सरकार र नागरिक उड्डयन बिभागले निजि बिमान कम्पनीहरुलाई नया जहाज किन्न प्रोत्साहन गर्न जरुरि छ| जस्तै- निजि बिमान कम्पनीहरुलाई नया जहाज किन्न कर मा छुट, हवाई भाडा तल-माथि गर्न लचकता, विमानस्थल शुल्कहरुमा छुट आदि | अर्बौ पर्ने नया जहाज किनेर, हजारको टिकेट बेचेर त बिमान कम्पनीहरुले पक्कै पनि चलाउन सक्दैनन् | प्रसंगनै गरौन, एउटा ट्याक्सी कम्पनीले मारुती गाडी र अर्को महँगो Mercedes किनेर यात्रुलाई दिने अन्तिम सेवा भनेको एउटी नै हो| अहिलेको परिस्थिति भनेको हवाई यात्रुहरुले मारुती गाडी चड्नु जस्तै हो| डोर्नियर विमानकोनै कुरा नै गर्ने हो भने पुराना बिमानलाई करिब १५-२० करोड पर्न आउछ अनि नयालाई ६०-७० करोड पर्न आउछ| अब बिमान कम्पनी हरुलाई, पुराना बिमान किनेर नै सेवा दिराखेको स्थिथिमा नया जहाज किनेर सेवा दिनु भनेको त आफ्नो खुट्टामा बन्चरो हान्नु सरह नै हो| अहिलेको समय भनेको प्रतिस्पर्दाको हो, यात्रुलाई राम्रोसंग सेवा नदिने बिमान कम्पनीहरु बन्द भएको नेपालमा धेरै उधारहण छन्| सरकार, नागरिक उड्डयन बिभाग र निजि बिमान कम्पनीहरु मिलेर अगाडी बढ्नु अनि अहिलेको प्रमुख लक्ष्य हो|

    ३) बिमानहरु थोत्रा छन् भन्नु भन्दा पनि बिमान कम्पनीहरुले जहाजलाई मर्मत-सम्भार गरेका छ कि छैनन् भनेर निगरानी राख्न जरुरि छ| धेरै बिदेशी बिमान कम्पनीहरुले पुराना जहाजहरु राम्रोसंग मर्मत-सम्भार गरेर चलाई नै राखेका छन्| नेपाली बिमान कम्पनीहरुले आफ्ना बिमान चालकहरुलाई ” Flight Simulator Training ” दिन अति आवस्यक छ, जसले गर्दा बिमान चालकहरुलाई emergency पर्दा बिमान कसरि चलाउने भनेर आवस्यक तालिम दिन्छ|

    ४) नागरिक उड्डयन र छानबिन आयोगले मरिसकेका बिमान चालकहरुलाई जिम्मेवार देखाएर उच्च बिमा को रकम निजि बिमान कम्पनीहरुलाई दिन सहयोग गर्नु भन्दा सत्य-तत्य पत्ता लगाउन जरुरि छ| बिमान कम्पनीहरु दोषी भएको खण्डमा बोल्ड निर्णय गरेर बिमान कम्पनीहरुलाई दण्ड गर्ने साख राखन सक्नु पर्छ, नागरिक उड्डयन र सरकारले|

    अन्तमा, दुर्घटनामा पर्नु हुने परिवारहरुलाई यो दुखद घडी मा सहन शक्ति मिलोस| देशले एउटा दक्ष्य बिमान चालक गुमाएको महसुस गरेको छु| यो दुर्घटना कसैलाई आरोप-प्रत्यारोप लगाउने भन्दा पनि सबै सम्बन्धित निकायहरुलाई केहि सिक्न र आखा खोलिदिने अवसर बनोस|

    Reply
  18. तुयू भाजु उदास says:
    September 29, 2012 at 12:30 am

    हे बुद्धिले ठगेका हवाई हाकीमसाहेबहरू ! अब त अलिकति आँखा खोल र आफ्नो कर्तव्य पूरा गर / त्यो पनि नगर्ने हो भने तिम्रा कुर्चिहरुले तिमीलाई धेरै दिन सम्म बचाउन सक्दैन
    कि त विमानघाटलाइ कुनै उपयुक्त ठाउँ मा लैजाऊ , कि सेरोफेरो सफा राख . होइन भने ,कुनै दिन तिम्रो अकर्मण्यता नै आफ्नै लागि मसानघाट नहोस भन्ने प्रार्थना गर्दै गर /

    Reply
  19. hari says:
    September 28, 2012 at 11:46 pm

    सधै कमिसनको लागि मात्र सोच्ने . सरकारी तलब भत्ता खाने त पैसामा र्याल चुहाएर नुन किन्दा पनि कमिसन खान खोज्छन. अझ निजि ब्यापार गर्ने हरु को त क कुरा. पेलेन जस्तो भए पनि हुने. अरु देशबाट हटिसकेको नेपालमा किन्छन. air traffic नियम कसैले मान्दैनन. अनुगमन गर्नु पर्ने मान्छेको खल्ती तातो भए सबा कुरा मिलाईदिन्छन. अहिले आएर चरालाई दोष दिएर हुन्छ ?

    Reply
  20. Aakar Bhushan Nepali says:
    September 28, 2012 at 11:33 pm

    हार्दिक समबेदना तथा चिर शान्तिको कामना सदाका लागि ब्रह्माण्डमा लिन हुन जाने आत्माहरुलाई | यो दुखद घडीमा ति परिवारहरुलाई सहन शक्ति मिलोस |
    अनि उड्डयन बिभाग, सरकार र हामी नागरिकहरुलाई पनि चरा नियन्त्रण तिर लाग्ने सुबुध्दी मिलोस |

    Reply
  21. Ramesh says:
    September 28, 2012 at 11:13 pm

    Everyone found busy taking photo.
    There was water nearby. They should have at least tried to douse fire.
    May the departed souls live in peace.

    Reply
  22. dinesh says:
    September 28, 2012 at 11:10 pm

    http://www.youtube.com/watch?v=imDFSnklB0k

    Reply
  23. nabaraj kale says:
    September 28, 2012 at 11:04 pm

    मेरो बिचारमा पनि ‘चरा ठोक्किएर मात्र दुर्घटना हुन्न, विमानमै प्राविधिक कमजोरी हुनुपर्छ’
    http://www.nagariknews.com/society/nation/46941-2012-09-28-11-43-22.html

    Reply
  24. Jitman Rai 'Sabin' says:
    September 28, 2012 at 11:02 pm

    वर्षमा २/३ वटा जहाज ठुला दुर्घटनामा पर्छन्, दर्जनौले ज्यान गुमाउछन् तर हरेक दुर्घटनाको कारण खोज्नुको सट्टा मृत्यु भैसकेको चालकको कमजोरी देखाईन्छ । किनकि यो एउटा झारो टार्ने काम हो । हरेक पल्ट यस्तै गर्दै गएकोले नेपाली हवाई यात्रा जोखिम बन्दै गएको छ । जहाज कम्पनी र जहाजको नियमित अनुगमन, जहाजको क्षमता, आदिको बारेमा जिम्मेवार निकायको ध्यान गएको देखिंदैन । यदि हरेक गम्भीर हवाई दुर्घटनाको मूल कमजोरी खोज्नुको सट्टा मृत चालकलाई मात्रै दोषी देखाउदै जाने हो भने अझै धेरै यस्तै दुघटनाको साक्षी बन्नु पर्ने हुन्छ हामीले, यस तर्फ सरकार तथा जिम्मेवार निकायको बेलैमा ध्यान जावोस……

    Reply
  25. dinesh says:
    September 28, 2012 at 10:58 pm

    चरा को कारणले हो भने समाधान खोज्नु पर्छ

    REST IN PEACE

    Reply
  26. KARKI says:
    September 28, 2012 at 9:50 pm

    १५ साल देखि प्रोदुच्शन नै बन्द भए को कबाडी प्लेन नेपाल मा ल्याए र नया कम्पनी बोस बन्ने साहु हरु र लाचार सरकारी नीति नै एसको मैन कारण हो.सरकारी नीति कडा हुने हो भने अनि कर्मचारी हरु सच्चा मन ले नियम को पालना गरे देखि धे रै हद सम्म एस्तो दुखि खबर सुन्नु पर्दैन थियो भन्ने लाग्छ.येस्तई हो भने हामी नेपाली सहित बिदेशी ले येस्तई दुख भोग्नु पर्छा …

    Reply
  27. उज्ज्वल पौडेल, भरतपुर १०, चितवन, नहर पारीको तेस्रो घर says:
    September 28, 2012 at 9:36 pm

    १) सबै मृत आत्माको चिर शान्तिको कामना गर्दछु |
    २) सधै मरेका पाईलटलाई मात्र दोष दिने देशमा आज चरालाई दोष दिएर उम्किदै छन्, अधिकारीहरु |
    ३) “दुर्घटनास्थल को दुवै तिर घना बस्ति थियो, धन्न बिचमा खस्यो”, यसको सट्टा मृतक पाईलटलाई श्रेय दिन सकिन्छ नि | “दुर्घटना स्थलको दुवै तिर बस्ति भएको हुनाले , पाईलटले बस्ति नभएको ठाउँमा जहाज खसालेर थप नोक्सान हुन बाट बचाएका थिए” |

    Reply
  28. Uttam says:
    September 28, 2012 at 8:58 pm

    चरा नभएको आकास अब कहाँ खोज्ने हो !!!!!!!!!!!!!!!!!!!

    Reply
    1. maila says:
      September 29, 2012 at 6:20 am

      चरानै नभएको आकाश चाही खोज्न सकिन्न तर चराहरुको संख्यालाई चाही कम गर्न अवस्य सकिन्छ/ जस्तै, हवाईजहाज गिरान वरीपरि फोहोर-मैला मुक्त बनाई यस्ता चिल, गिद्ध आदिलाई घटाउन सकिन्छ- संगै बग्ने बागमतीको खुला ढल-नदिलाइ सिमेंतीले छोपेर ( सफा त गर्या गर्यै भयो, घरको फोहोर पनि मिसौनै पर्यो ) वा चराहरुलाइ लखेट्ने कुनै बिधि अपनाउने काम तुरुन्त अघि सारियोस // मृतक आत्माहरु प्रति मेरो गहिरो समबेदेना //

      Reply
  29. द्रोण says:
    September 28, 2012 at 8:19 pm

    चरा को दादा गिरि अत्ति भो | साले चराहरु |कराई मा भुट्न न पुगेको |
    सिंगो आकाश आफ्नै बाउको बिर्ता जस्तो सम्झन्छ |

    Reply
  30. aditi says:
    September 28, 2012 at 8:14 pm

    पर्यटन को विकास गर्ने भने आकास दुर्घटना कम गर्ने र आकास सुरछ्छित गर्ने तिर सरकार लागोस..आज बिहानै बिदेशी ले मलाई भनेर दुर्घटना थाहा पाए नराम्रो कुरो फैलन धेरै बेर लाग्दैन

    Reply
  31. Birochan says:
    September 28, 2012 at 8:07 pm

    काल नआई कोई मर्दैन १९ जाना को काल आएर नै plane खासेको हो.. plane खसेर १९ जाना मारेका हैनन..

    Reply
  32. siddhartha says:
    September 28, 2012 at 7:46 pm

    हिजो इन्द्रजात्र को लिङ्गो लडेको र कुमारी को रथ ठोकिदा भोलि हुने बिनासको संकेत त भैसकेको थियो अझ त्यस माथि पनि ग्राउन्डेड गरिएको बिमान अलिकति पैसाको लोभमा उडाएर लोभी पापीहरु ले बित्था मा १९ जना को ज्यान लियो। मृतक आत्माहरु प्रति भगवान ले शान्ति प्रदान गरुन ।

    Reply
  33. Narayan Shrestha says:
    September 28, 2012 at 7:38 pm

    हाम्रो देश नेपाल हो , हामी नेपाली हौ यसमा कुनै दुबिधा छैन यसै गरि हाम्रो देश नेपालमा कुनै कुराको पनि राम्रो व्यवस्थापन पन छ भनेर ढुक्कका साथ बस्नु पर्ने कुनै आधारनै छैन. गाडीमा यात्रा गर्दा गाडी नै भिड बात लड्ने , हबैजहाजबाट यात्रा गर्दा यो नै खस्ने अब भन्नुस सपादक ज्यु , हामि नेपाली भनेर नेपालमै बसी नेपालको समिर्धिको लागे काम कसरि गर्ने ….. एउटा गाडी खसेको होइन डूईआटा होइन , खसेको खासै , अबत कतै हिन्द आफ्नो परिवारसंग बिदा नै मागेर मर्न हिडे जस्तो भयको छ हाम्रो देशको यातयात सेवा.. तेसैले ए नेपालि जनता हो तिमीलाई ज्यु धनको र परिवारको माया माता छ भने आफ्नै खुट्टाले नै हिडेर यात्रा गर्नु होला …. आफ्नो आयु पुरा गरि मर्ने हो भने… यो मेरो बिनम्र अनुरोध हो ….

    Reply
  34. sam says:
    September 28, 2012 at 7:03 pm

    सारै नै दुखद समाचार सुन्नुपर्यो | मृतकका परिवारप्रति हार्दिक समवेदना |

    Reply
  35. Sisir says:
    September 28, 2012 at 6:15 pm

    जसले जति कुरा गरे पनि नेपाली आकाश धेरै सुरछित भने छैन , बिगत २-३ वर्षको तथ्यांक हेर्दा थाहा हुन्छ २ दर्जन जति साना ठुलो दुर्घटना भए र ५० भन्दा बडीले ज्यान गुमाए , एती ठुलो % मा बिमान दुर्घटना सायद संसारमा अन्त कतै हुन्छ होला … जब सम्म मरेका पैलोट मात्र दोषी करार गर्ने नागरिक उड्डयन प्राधिकरणको रहैवा परिवर्तन हुदैन एस्तो दुखद घटना दोहोरि रहन्छ .. प्लेन मा २-४ जना मर्दा आयोग बन्छ तर सडक दुर्घटना मा ४०-५० जना एकै चिहान हुदा पनि कुनै अनुसन्धान हुदैन, गएको महिना मात्र ४-५ वटा ठुला दुर्घटनामा कुनै छानबिन भएन.. सरकारको लागि त सबै नागरिक बराबर हुन पर्ने होइन र …

    तेस्तै सडक यातायातमामा चालकको लापरबाही, थकान, overload र ब्यबसैको सिन्डिकेट नै दुर्घटनाका मुख्य कारक हुन्छन , एस्तलाई कहिले सरकारले कारबाही गरेको छ त ??किन जहाँ पायो तेही रोकेको , मनपरी मान्छे र समान खादेको , राम्रो ठाउमा खाना खान रोक भन्दा , एउटा खलासीले पुरै ४०-५० यात्रुलाई थर्कौछ , कस्तो बिडम्बना …

    Reply
  36. chatur rai says:
    September 28, 2012 at 6:07 pm

    सारै दु:ख लाग्यो, फेरि यतो खबर सुन्न नपरोस ,

    Reply
  37. शशांक लामा NY says:
    September 28, 2012 at 5:54 pm

    दषा लागेको बेला मकैको गेडामा चिप्लेर लडेर मरिन्छ भन्ने उखान सांचै हो रहेछ! कठैबरा! भन्नु सिवाय अरु हामी के पो गर्न सक्छौं र !!!

    Reply
  38. bibek says:
    September 28, 2012 at 5:53 pm

    दुखद घटना मृतक परिवार लाई समबेदना/यो घटना नितान्त ब्यबस्थापक को दबाब को कारण भएको हो हिजो ग्राउन्ड़ेड भाको बिमान आज अचानक उडाईएको थियो,चालक अनुभबी थिए उनले आपतकालीन अवस्था मा नि खाली ठाउँ मा बिमान अवतरण गराएका थिए नकी बस्तीको(जम्मा ३० मिटर चानचुन मा घर थियो) बीच मा/ तेती अनुभबी चालक को लागि चार ठोक्किनु नै तेत्रो घटनाको मुख्य कारण नहुन सक्छ…..

    Reply
  39. Basanta Thapa,Maryland,USA says:
    September 28, 2012 at 5:46 pm

    सार्है दुखद खबर ! कुन चरा हो ? किन आफ्नो बासस्थान छोडेर उड्छ त्यो चरा ? सायद आहारा को लागि होला \ यस्तो बिनाशक चरा उन्मुलनमा किन सरकार र सम्बन्धित निकाय सोच्दैन र लाग्दैन \ जथाभाबी फोहर र खाने कुरा फाल्दा त्यहि खानेकुरा खान र लिन ति चरा हरु आएहोलन \त्यसैले जथाभाबी फोहर र खानेकुरा नफालौ \ सम्बन्धित निकाय र जन साधारणमा यो चेतना उठ्नु पर्छ अब जथाभाबी फोहर र खानेकुरा फाल्ने बानी रोक्नु पर्छ अब \ आफु संगै धेरै मानिस को ज्यान बचाउन खोला किनारमा अवतरण गर्न खोज्ने बुद्दिवान चालक रहेछन जो अब हामि बीच रहेनन् उनि लगायत दिबंगतहरुको आत्माको शान्ति र परिबारमा दुखद समबेदना !

    Reply
  40. पुष्प says:
    September 28, 2012 at 5:44 pm

    दुर्घटनाको अधिकांश दोष मरेका पाइलटमाथि थोपरेर पन्छिनेहरू अहिले चरालाई दोषी ठहर गरिरहेका छन् र यसैलाई ‘पुष्टि’समेत भनेर समाचार बनाइरहेका छन् हाम्रा सञ्चारमाध्यम, त्यो पनि एकजना एयर ट्राफिक कण्ट्रोलरले भनेकै भरमा । के यसो गरिनु उचित हो ? यदि कसैको कथनले मात्र सबै कुराको छिनोफानो हुने हो भने ‘अनुसन्धान’ भन्ने कुन चरीको नाउँ हो ?

    Reply
  41. Durga Adhikari says:
    September 28, 2012 at 5:37 pm

    काठमाडौँको फोहोरले चरा निम्त्याउछ/ चराको कारण दुर्घटना हुन्छ/ हामी सबै यो घटनाका दोषी होंउ/ दिबंगत आत्माहरु प्रति हार्दिक स्रदान्जली/

    Reply
  42. bhim koirala babu morang says:
    September 28, 2012 at 5:01 pm

    सुन्दा नि डरलाग्छ स्याड न्युज सबै मृतकको चिर सान्ति को कामना गर्दछु यस्तो दुरघटना कसैको सत्रुलाई पनि नहोस
    अब बिदेसी नजर कस्तो होला त
    के मा सुरत्छित छौ त हामी यात्रु
    सबै मृतकको परिवार लाई भगवान ले सहने सक्ति प्रधान गरुन
    चिर सान्ति को कामना गरौ धन्यवाद

    Reply
  43. के.पी.अविश्रान्त,प्रगतिनगर,नवलपरासी says:
    September 28, 2012 at 4:55 pm

    अत्यन्त दुखदायी घटना
    मृत आत्माको चीर-शान्तिको कामना
    शोकाकुल परिवारप्रति समवेदना

    Reply
  44. अर्जुन कुमार शर्मा says:
    September 28, 2012 at 4:43 pm

    दुख लग्यो , भगवानले मृतकहरुको आत्मालाई सान्ति प्रदान गरुन,शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति दिउन,नागरिक उड्डयन मन्त्रालयलाई दुर्घटना पछि बन्ने आयोगले दिने सुझाबहरु मनन गर्ने जाँगर चालोस,अब फेरी फेरी यस्ता पीडादायक खबरहरु सुन्नु नपरोस,सबैको सद्बुद्धि फिरोस,अकालमा कसैको ज्यान नजाओस

    Reply
  45. रबिन्द्र राज गिरी says:
    September 28, 2012 at 4:39 pm

    साह्रै दुख लाग्दो समाचार सुन्नु पर्यो आज यो दशैंको मुखमा | असाध्य नै दिक्क लागिरहेको छ दुर्घटनाको समाचार पढे देखि | यस्ता घटनाहरु विश्वभरी घटी नै रहेका हुन्छन | तर हामीले आफ्नो कमजोरीहरु पनि केलाउनु जरुरि छ | नेपाली आकाशमा सुरक्षित उडानको लागि मेरो बिचारमा यी तलका बुँदाहरुमा ध्यान दिनु जरुरि लाग्छ |

    (१) विमानस्थल र यसको वरिपरिको सुरक्षाको कुरा | यो कुरामा हामी धेरै कमजोर छौं भन्ने लाग्छ | हाम्रो हेलचेक्र्याईं अलि धेरै छ |
    (२) अर्को कुरा, प्रयोग गरिने विमानको सुरक्षा | अन्त कतै नचल्ने र पुराना विमानहरू नेपाली आकाशमा उडाईन्छन भन्ने धेरै सुनिन्छ | यो कुरामा कत्तिको सत्यता छ | सायद यो कुरा १००% झुठो होइन होला भन्ने लाग्छ |

    Reply
  46. madhav (malaysia) says:
    September 28, 2012 at 4:34 pm

    निकै दुखद घटना सम्पूर्ण मिर्तक चिर आत्माको शान्तिको कामना
    र सबै लै सोर्गको धोका खुलोस जय पशुपतिनाथ

    यो कलि युग हो र भगवान या सैतान जे रुपमा पनि आउन सक्छन
    आफ्नो ससकिर्ति नाभुलोउ पुज्न पर्नी लाई पुजौ
    मानेजन लाई मानौ

    Reply
  47. Devendra Basnet says:
    September 28, 2012 at 4:29 pm

    ति मृत आत्मा हरुले चिर शान्ति पाओस.
    जहिले पनि पदयात्राको सिजन को मुख एस्तो दुर्घटना हुनुभनेको
    हाम्रो पर्येतन बेयासये लै नकारात्मक असर पर्नु हो.

    Reply
  48. इमरान खान,तारुत आइल्याण्ड, साउदी अरेबिया says:
    September 28, 2012 at 3:54 pm

    इन्न लिल्लाह वो इन्न इलाही राजेवून .
    RIP

    Reply
  49. Manoj Karki says:
    September 28, 2012 at 3:47 pm

    त्यसै त अभावै अभाव, राजनैतिक संकट, दण्डहीनता, भ्रष्टाचारले ग्रस्त, युध्द र विद्रोहका धम्कि अनि धन्धंगीले त्रस्त, खाने पानो बिजुलीको हाहाकार भएको, अति प्रदुषित, अव्यवस्थित् अनि अभागी मातृभूमि झन् शोकमाथि शोकमा डुब्नु विवश छ असुरक्षित आकाश अनि सडक दुर्घटनाका कारण ।गएको केहि महिना देखी यता मात्र सयौंले ज्यान गुमाएको यातायात दुर्घटनाको दुखद खबर सुन्नु पर्यो यो विभत्स हवाई दुर्घटनाले थप मर्माहत तुल्यायो | यो घडीमा सबमा शोक सहन र धैर्य गर्ने शक्ति मिलोस । मृतकहरुको आत्माले चिर शान्ति पाओस । यस्ता दुखद दुर्घटना अनि विपतहरु अब कैले नभई दिए हुन्थ्यो | भगवानसंग यो प्रार्थना गर्नु वाहेक के छ र विकल्प हामी दरिद्र देशका निरीह सर्वसाधारण संग ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme