आजभोलि मादक पदार्थ सेवन भन्ने वाक्य खुब चलेको छ। अझ यसको छोटकरी रुप ‘मापसे’ पनि चलेको छ। ट्राफिक प्रहरीले सूचना राखेको हुन्छ- मादक पदार्थ सेवन गरी सवारी साधन सञ्चालन नगरौँ। मिडियामा समाचार आउँछ- मादक पदार्थ सेवन गर्नेहरुबाट ट्राफिकले यति करोड जरिवाना संकलन गरेको छ। के हो मादक पदार्थ सेवन भनेको ? भन्न खोजेको जाँड-रक्सी खाएको भनेको हो। ट्राफिकले अरु मात लाग्ने पदार्थ खाएको भनेर कसैलाई जरिवाना तिराएको छैन। त्यसोभए जाँड रक्सी खाएर गाडी नचलाऔँ भन्दा हुन्न? आजभोलि खुट्टा नभएकोलाई लङ्गडो, आँखा नदेख्नेलाई अन्धो भन्न हुन्न, होच्याएको हुन्छ रे। अन्धोलाई दृष्टिविहीन शब्द सम्मानजनक हुन्छ रे। त्यसैगरी जाँड रक्सी खाएकालाई त्यसो भन्दा होच्याएको जस्तो भनेर हो कि सम्मानजनक शब्द ‘मादक पदार्थ सेवन’ प्रयोग गरेको ?
नेपाली भाषा अहिले कसरी प्रयोग भइरहेको छ ? हुनुपर्ने के हो ? नेपाली आखिर कसरी लेख्ने हो त ? यसबारे बुक वर्म ट्रस्ट र प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरिरहेको नेपाल लिटरेचर फेस्टिभलमा राम्रो बहस भयो। सहभागी थिए शरच्चन्द्र वस्ती र वसन्त थापा। तपाईँहरुलाई लाभदायी होला भनेर मैले यो कार्यक्रमको अडियो भित्र राखेको छु। सुन्न वा डाउनलोड गर्न सक्नुहुन्छ।
माथि भने जस्तो अन्धोलाई अन्धो भन्न नहुने, लङ्गडोलाई लङ्गडो भन्न नहुने, शब्द प्रयोग गर्नेको आशय र नियतलाई सच्याउन तिर नलागेर शब्दलाई नै दोष दिएर मृत्युदण्ड दिनेबारे बहस भएको थियो। मलाई याद छ केही अघि ब्लगमा मैले ‘स्वास्नी’ शब्द लेख्दा अमेरिका बस्ने एक जनाकी ‘श्रीमती’लाई साह्रै आपत्तिजनक लागेछ। बहसमा आजभोलि ‘पोलिटिकल्ली करेक्ट’ शब्द प्रयोग गर्नै पर्ने बाध्यता बनाई अप्ठेरो बाटोतिर लागेको, भाषाको प्राण हरेकोमा बसन्त थापाले चिन्ता जनाए। नारीलाई नारी भन्न नहुने, स्वास्नी मान्छे भन्न नहुने, महिला नै भन्नुपर्ने। उनले भने- भोटे कुकुर भन्न नहुने रे अब। हिमाली कुकुर भन्ने ? भोटे ताल्चालाई हिमाली ताल्चा भन्ने ? भोटे नूनलाई हिमाली नून भन्ने ? धरानको भोटे पुललाई हिमाली पुल ? नहुनु मामाभन्दा कानो मामा जातिलाई के भन्ने ? नहुनु मामाभन्दा एक नेत्र भएका मामा जाति भन्ने ?
बेलाबेलामा मान्छेहरु प्रश्न गर्छन् – यो बावजूद भनेको नेपाली भाषा हो ? बहसमा भनियो – ‘भाषामा नागरिकता नखोजौँ। भाषा खुला छ। पासपोर्ट, नागरिकता चाहिँदैन।’ अर्थ दिने भए त सिद्धियो नि। अंग्रेजी भाषा त्यसै समृद्ध बनेको हो ? उसले हरेक वर्ष विभिन्न भाषाबाट सयौँ शब्द भित्र्याउँछ। हामी किन तर्सिएका? हाम्रै नेपाली भाषालाई संकुचित बनाउँछ त्यसले।
शुद्ध भाषा र स्पष्ट भाषासम्बन्धी यो बहस मलाई चाहिँ निकै रोचक र ज्ञानवर्द्धक लाग्यो। तपाईँहरुलाई पनि लाग्न सक्छ। त्यही भएर अडियो यहाँ राखेको छु।
अडियो तल क्लिक गरी सुन्नुस्-
अथवा डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्। (आइप्याड, आइफोनमा सुन्न यहाँ क्लिक गर्नुस्)
भाषा गतिशील र परिबर्तनशील हुन्छ त्येसैले त् आज बिस्वमा यत्तिका धेरै भाषाहरु छन् नत्र भने त् संसार भरि एउटा मात्र भाषा हुने थियो र त्यो “सांकेतिक भाषा” हुने थियो /
धेरै विद्वानहरु भाषा बिसुद्द नै बोलिनु पर्ने र आगन्तुक शब्दहरुको प्रयोगको बिरोधी पनि छन् तर मेरो व्यक्तिगत बिचारमा आजको युगमा त्येस्तो सम्भब छैन / एक ताका हाम्रो मित्र मण्डलीमा पनि बिशुद्द नेपाली मात्र बोल्ने लहर चलेको थियो / त्यसै ताका हामीले गरेको प्रयोग मध्य एउटा सम्बाद यह़ा पस्कौ है त्
मित्र मण्डली : ” हे छायाँ चित्रकारज्यु, मलाई राहदानी आकारको छायाँ चित्र आवस्यक परेको छ, कृपया ४ प्रति यथाशीघ मुद्रण गरि दिनु होला ”
साहुजी : ……….”,,,,,,” ट्वाँ
“साहुजी, ४ वटा पासपोर्ट साइजको फोटो अलिक चाडो बनाई दिनुस न ” भन्दा हुने ठाउमा माथिको हरफ भन्दा के भयो होला अनुमान लगाउने जिम्मा तपाइको,,,,,,
हो भाषामा आउने परिबर्तनहरु समाज र समय सापेक्ष्य भने हुनै पर्छ तर त्येसो भन्दैमा बिकास गर्ने नाममा “अनावस्यक बोझिला शब्दहरु” बोकाएर गह्रौ बनाउनु पनि हुन्न त्येसले भाषालाई बिकाशको निम्मित्त टेवा दिनुको सट्टा जन-साधारणलाइ दैनिकीमा भिजाउनु असहज बातावरणको निर्माण गर्छ /
एउटा उदाहरण हेरौ है त् :
“श्री श्री श्री श्री श्री महाराज धिराज सरकारबाट असीम निगाह बक्स भै मौसूफको करकमल-बरदबाहुलीबाट दिनांक……….. मा समुदघाटित”
अब यहाहरु नै भन्नुस यस्ता भाषाको प्रयोगले हाम्रो समाज र हामीलाई बिकसित गर्छ कि दास युग तिर फर्काउछ ?
भाषा परिबर्तनशील छ र यसमा नया शब्दहरु थपिदै जानु पर्छ भनेर अन्धाधुन्द शब्दको कोचाइले पनि भाषालाई कुरूप बनाउनु सक्छ, हाल पनि चलन चल्तीमा नै रहेको एउटा उदाहरण फेरी पस्के है त् :
” आंच ब्रो, ड्याज तिर घुम्नु चल्देको हो, बाटोमा नै ड़ो सक्कीयेर फांका भैयो नि ब्रो, अनि त् कुतुक्स दिनु नपाएर ओवार भएर अर्काको ह्याव्स झ्याप हान्देको त लास तुक्स खाइयो, क्या रड्स भो यार ”
अर्थात् दार्जीलिंग तिर घुम्न जादा बाटोमा पैसा सकिएर टाट पल्टिए अनि खानु नपाएर अर्काको खाना चोरेको त् बेमज्जा संग चुटाइ खाइयो, साह्रै नरमाइलो भयो ”
भाषा भनेको यस्तै हो यसमा बहस गरौ झगडा नगरौ
Take it easy
तेन्जिंग गाबा “हिमाली”
देश काल परिस्थिति अनुसार शब्दको प्रयोग हुने हो | औपचारिक हुँदा बोलिने जस्तो लाग्यो मलाई यी सम्मानजनक भनिने शब्दहरु नत्र त येसो आफ्नो साथीहरुलाई त्यै त हो नि – काले, हाकुचा, मोटे, थोते, लम्बू अनेक भनिन्छ नि अनि आफुलाई पनि भन्छन केटाहरुले के के हो के के | खोइ त ऐलेसम्म बालै भएन त |
Traffic police should also investigate all drivers, who is taking drugs as well. Alcohol is a simple blowing test, but drug tests are very difficult and expensive. One thing can be done, some cognitive tests can be performed and for further test they can send them to drug testing centers. If the whole thing is performed including alcohol test, then मापसे word is suitable….
मित्रहरु !!! २ दिन मात्र भयो होला….. कति छिटो जमाना बदलियो नि भनेर बहस गरेको….. कसैलाई अथवा कुनै वस्तुलाई सही नामले शब्दोच्चारण गर्दा ‘ शब्दहरुको भण्डार’ भनेर चिनिने नेपाली भाषा नै खतरा मा पर्ने देखिन थाल्यो…आदिकवी भानुभक्त हुदै सुरुवात गरिएको नेपाली भाषाको बिकाश अनि मोतीराम भट्ट अनि गोपालप्रसाद रिमाल हुदै गद्धात्मक शैलीमा अगाडि बढिरहेको नेपाली राष्ट्रिय भाषानै धरापमा पर्न बेर नलाग्ला…. सायद यो समय संगै को परिवर्तन हो कि नया-नेपालमा देखापर्न लागेको भाषा-संसोधन भन्ने ??? खोइ ….विश्वको मानचित्र मा कहिँ नभएको नक्शा र राष्ट्रिय झन्डा संग-संगै अनेकौ संस्कृति अनि बर्णरूप भएको देश भनेर चिनिएको देशमा भाषा पनि रिमिक्स नै हुने भयो त ?????????????
अर्थ एउटै भएपनि सुन्न राम्रो लाग्ने शब्द प्रयोग गर्नुपर्ने बाध्यात्मक परिस्थिति छ आज। ‘दृष्टिविहीन’ र ‘अन्धो’ को अर्थ एउटै भएकाले दुईमध्ये कुनै पनि शब्द प्रयोग गर्दा फरक नहुनुपर्ने हो तर पछिल्लो शब्दले सम्मान गर्दा थप्पड वा गाली खान नपर्ला भन्न सकिन्न।
जहाँसम्म मापसेको कुरा छ, जाँड-रक्सी खानु होईन पिउनु हो। ‘मादक पदार्थ सेवन शब्दले खानु र पिउनु दुवै समेटेको हुन्छ तसर्थ उपयुक्त शब्द हो कि?
मेरो एउटा सुझाव छ : यो झोललाइ मादक पदार्थ, रक्सी, जाँड, सोमरस, नरसिं ट्वाक आदि नभनेर आजदेखि बिजुली-पानी भन्न थालौ| यो शब्दको शुरुवात गर्ने मै हुँ भनेर म दावी गर्दिन | तर धेरै अघिदेखि हाम्रो circle मा यो शब्द प्रवेश भैसक्यो| नेपाली शब्दकोशमा यसको विधिवत न्वारन होस् भनेर मेरो जोडदार माग छ| यसको छोटो मिठो शाब्दिक अर्थ लेख्न म तयार छु, पारिश्रामिक चाहिंदैन |
भाषा यसरी नै बोल्नुपर्छ भनेर ठोकुवा गरेर भन्नसकिन्न| साहित्यिक माहौलमा प्रतीकात्मक भाषाहरु बढी प्रयोग हुन्छ, प्राविधिक प्रस्तुतीकरण जमघटमा बिषय बस्तुसंग सम्बन्धित प्राविधिक शब्दहरु प्रयोग हुन्छ , राज्यीय दस्तावेज र बैठकहरुमा सरकारी भाषा प्रयोग हुन्छ | तर आम जनताको सरोकारसँग सम्बन्धित बिषयमा माथि उल्लेखित समुहहरुले जनजिब्रोमा बोल्नु पर्छ| उदाहरणको लागि कर्णालीको कुनै दुर्गम गाउँमा खस भाषीलाई “मितव्ययिता गर्नु” भनेर भन्यो भने उसले त्यो बुझ्दैन, अरुको त कुरै छोडौं| ‘फारो गर्नु’ भनेर भन्यो भने सबैले बुझ्छ | अर्को कुरो नेपान्ग्रेसले त गर्नु गर्यो;
“ड्याडी मार्निंग वाक गइस्या छ” गाउँ घरकाले यो भाषा बुझ्ला र?
मेचीवारिकाले मेचिपारिकाले जस्तो मिठो नेपाली बोल्न कहिले सिक्ने होला ?
मेचिवारीको संवाद : – दाइ ! फलानो ठाउँ जाने बाटो कता बाट हो ?
– थाहा छैन बा ! मलाइ त !
मेचिपारिको संवाद : – दाज्यु! फलानो जग्गा कसरी जाने, म त अलमलें पो !
– मलाइ थाहा छैन त भाइ !
रक्सि खादैमा कोहि सानो हुन्न र ठुलो भइने पनि हैन , रह्यो सम्मानजनक बोलि बोल्ने कुरा त्यो त सबैमा लागु हुन्छ ! के रक्सि धोक्यो नै भन्नु पर्ने हो र ? मादक पदार्थ सेवन गर्यो भन्नु कता कता राम्रो हो ! राम्रो बोलि बोलेर कोहि सानो हुन्न ! एउटा सानो उदाहरण एक जना अपरिचित महिला लाई आमा भनेर बोलाउदा खुसि नै हुन्छिन,तर उनी लाई ए मेरो बाऊ को स्वास्नी भनेर बोलाउदा कस्तो प्रतिक्रिया आउला ? अब तपाई ले भने जस्तै तर्क गर्ने हो भने बाऊ को स्वास्नी भन्या आमा नै त हो नि ! कसै लाई नोकर भनेर चिनाउनु भन्दा काम गर्ने मान्छे भनेर चिनाउदा राम्रो हुन्छ, अब काम गर्ने मान्छे र नोकर मा फरक केहि हुदैन तर कस्तो शब्द प्रयोग गर्ने भन्ने मात्र हो ! नेपाल मा बालिका हरुलाई ये केटीहरु भनेर बोलायो भने मन पराउदैनन तर ” हाई गर्ल्स ” भन्दा खुसि हुन्छन, तेस्तै भुट्या भात भन्दा तेती राम्रो सुनिन्न “फ्राइड राइस ” भन्दा तेही राम्रो हुन पुग्छ ! आजकल अंग्रेजी भाषा मा पनि ठाडो शब्द लेख्ने चलन हराउदै छ , जस्तै पहिला Handicapped (अपाङ्ग) भन्ने गरिन्थ्यो भने अब Disable (असक्त) भन्ने गरिन्छ ! UK मा आजकल Asian भन्न पाइदैन त्यसको बदला नेपाली, पाकिस्तानी र बंगलादेशी भन्ने गरिन्छ अब Asian भन्या Asia मा बस्ने जति सबै नै हुन् त भन्ने कुतर्क नगर्नु नै बेश होला !
जांड-रक्सी खाको भन्यो भने तल्लो स्तर को सुनिन्छ, भट्टीमा खाएको जस्तो | मादक पदार्थ सेवन भन्यो भने बिदेशी महँगो रक्सी खाएको जस्तो सुनिन्छ | त्यही भएर होला !
रोचक लग्यो, भाषा सरल र जन जिब्रोले प्रयोग गर्ने खालकै हुन पर्छ … भाषा पनि समय संगै परिवर्तन सिल हुन्छ भन्ने कुरा चाही हाम्रा केहि बिध्वानहरुले बुझ्न जरुरत छ ..
पानी खाने कि पानी पिउने , भात पकाउने कि चामल पकाउने जस्ता सामान्य कुरामा किन अल्झिने ..
मा प से हैन अब जाड़े र रक्स्याहा भने हुन्छा
There is a word in English language called ‘Euphemism’. Wiki describes euphemism as a word or phrase that replaces an offensive or suggestive one. I do not know the Nepali equivalent for the word. However, I think by saying’ Madak padartha’ instead of ‘Jaad-raksi’, one is trying to contextually use euphemism. It’s almost like saying ‘baliyo-bango’ instead of ‘mote’. One does not like to be associated with a word which has been often used in derogatory manner. A short man would prefer to be called ‘hocho’ rather than ‘pudke’. It is as simple as that! 😉
सारै राम्रो एबम ज्ञान्बर्दक ..धन्येबाद सालोक्य जी लाई !
Political correctness is important. Every cultured society evolves their language. Like in English, they have stopped the use of words “Negro” “handicapped” “coloured” etc. This is not acceptable in modern society. The word negro is replaced with Afro-Caribbean, “handicapped” replaced with “disability”. It was acceptable to use “negro / handicapped” until the late eighties, but as the society evolved they started using different words. Language, and the words we use evolves with time and we have to accept it. It is not about being modern but with the change in mentality of people, we should change as well.
In another note, I prefer the saying “people with different abilites” rather than disability, as I feel they are people with ability that is different.
आफूसँग नभएको शब्द अरुसँग सापटी लिएर शब्दभण्डार भर्नु बुद्धिमानी हो, यसले भाषालाई झन् बढी धनी बनाउँछ । तर आफूसँग हुँदाहुँदै अरुको भित्र्याउनु भनेको आफ्नो शब्दभण्डारमा किरा पार्नु हो । यस्तो चालाले भाषा कुहिन्छ, कुरुप बन्छ र भाषा जस्तो हुन्छ हामी, हाम्रो समाज, हाम्रो देश पनि त्यस्तै हुँदै जान्छ ।
यो र त्यो, येस्को र तेस्को शब्द प्रयोग गर्नबाट रोक लगाउंदै जाने र धर्म जात जाती, निष्ठा प्रतिष्ठासंग शब्दहरुलाई जोड्दै जाने हो भने कति शब्द बाँकी रहन्छन होला | अझ कसैले यो त संस्कृतबाट आएको शब्द भन्देलारे, अर्को ठेउकेले हैन यो त हिन्दि र बंगाली बाट आको रछ नी शब्द भन्लारे | अनि नेपालि भाषाको हाल के हुन्छ ? जताततै राजनिती |
मेरो विचार मा ४ किसिम का नेपालि बोलिन्छ
१) सामान्य नागरिक ले बोल्ने —-उठ ,बस ,खा ,जा आदि
२) गाउ सहर बाट काठमान्डू आएपछि ,पैसा कमाएर आफुलाई अलि कुलीन र खान्दानी सम्झिन लागेपछि
——–उठीस्योस ,बसीस्योस ,खाइस्योस ,जाइस्योस |
३) दरबारिया हरु —-उठिबकस्योस,बसिबक्स्योस ,खाइबक्स्योस् ,जाइबक्स्योस|
४) तराइ —-उठ न रे ,बस न रे ,खा न रे ,जा न रे
भासा सम्बाद र प्रस्तुति को माध्यम भएकोले जुन सब्द प्रयोग गर्दा सुन्न मा प्रिय र पढ्न मा राम्रो लाग्छ त्यहि प्रयोग गर्ने |
बिबाद गर्नेहरुका लाइ
फ्युचर किन फुतुरे भएँन ?
बि यु टी यदि बट हुन्छ भने ,पी यु टी किन पुट हुन्छ ?
————————————————————-
टि यु मा राजनीति सास्त्र पढाइ रहेको थ्यो |टिचर ले कोइसन सोधे ”ल केटा हो भन ,बाबुराम ले राजिनामा दिए पछी को पी यम हुन्छ ?’
कोइ ले भने ”ओली ”,कोइ ले भने ”देउबा ”,कोइ ”रामचन्द ”
येस्तैमा एउटा बिद्द्यारती ले भन्यो ,यो प्रश्न नै गलत छ ?
टिचर ले सोध्यो ?किन ?
बिद्द्यार्थी भन्छ ”किनकि बाबुराम ले राजिनामा नै दिदैंन ”
हरेक भाषाका शब्दहरुलाई औपचारिक (Formal) र अनौपचारिक (Informal) भनेर बर्गिकरण गर्न सकिन्छ ! बोलीचालीमा औपचारिक र अनौपचारिक दुवै खाले शब्दहरुको प्रयोग हुन्छ भने लेखाइमा प्राय औपचारिक शब्दको नै प्रयोग हुन्छ ! यो तथ्य नेपाली भाषामा मात्रै होइन प्राय सबै भाषामा लागु हुन्छ…..!
अनौपचारिक बोल्दा, “सोल्टीले त लास्ट गिद्दी गर्यो….” को औपचारिक लेखाइ भने “मित्रले निकै झमेला गर्नुभो…” हुन्छ …!
नेपाली भाषाका शब्दहरु साह्रै गए गुज्रेका र लैंगिक मैत्री छैनन् भन्ने गरिन्छ । तर एएटा उदाहरण हेरौंन हुलाकी शब्दले कसरी लैंगिक भेदभाव गर्छ । त्यसैको अंग्रेजी शब्द हेरौंन हुलाकीलाई पोष्टमैन भनिन्छ । यो को पोष्टमैन साह्रै लैंगिक लाग्ने किन हो ला ?
मादक पदार्थ ले general impaired driving indicate गर्छ र यो ठिक प्रयोग भएको छ जस्तो लाग्छ| जांड-रक्सी भन्यो भने त जांड र रक्सी मात्रै पर्ने भयो | उदाहरण को लागि, कुनै चालक ले गाँजा पिएर सबारी साधन चलायो भने तेस्लाई “मादक पदार्थ” नभने के भन्ने त ?
जाँड र रक्शी बनाउने अलग अलग तरिका भएता पनि यो जाँड,रक्शी सेवन गर्दा नसा दिने र मात लाग्ने हुदा यसलाई मादक पदार्थ नै भन्ने प्रचलनमा आएको होला /साधारण त पशुपति भन्नाले पशु अथवा जनावरको श्रीमान अर्थात् पति भन्ने बुजिंछ /तसर्थ मलाई सिधै पशुपति भन्नु अप्ठ्यारो भएर एक चोटी मैले पासपतिनाथ जाने बाटो कता हो भनि सोधेको त एक जना महिला दिदीले “पासपति”होइन पशुपति भन्नुस भनि मेरो सातो उडाइन ति दिदिले/ मलाई पनि भासा त सुद्ध बोल्नु मन पर्छ /अनि यो जाँड,रक्सिलाइ मादक पदार्थ नभनेर हुस्की ,ब्रान्डी,वाइन भन्दा कसो होला?हेहेहेहेहे…
सालोक्य जी , यदि मिल्छ भने १९९० पछी को नेपाली समाजको बारेमा भएको छलफल (वक्ता हरु: सी के लाल, चैतन्य मिश्र र घनश्याम भुसाल ) को पनि अडियो राखे राम्रो हुने थियो .
टाईटल निक्कै राम्रो छ। त्यसो त भिर मौरीको मह खाएर माएको लाई के भन्ने त्यो खाने चिज नै हो र मात्छ पनि। म पनि धेरै पटक माती सेकेको छु।
यो चाहि मातेपनी मादक पदार्थ हैन है साथी.