Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सहमति खोज्दा देखियो विमति, ननिम्तियोस् विपत्ति

Posted on November 26, 2012November 26, 2012 by Salokya

राष्ट्रपति रामवरण यादवले गएको शुक्रबार सहमति प्रधानमन्त्रीको नाम लिएर आओ भन्दै विज्ञप्ति जारी गरेपछिको दोस्रो दिन सहमति हैन, झन् ठूलो विमति पो देखियो। राष्ट्रपतिको आह्वानलाई असंवैधानिक भन्दै अटेर गर्ने मात्र हैन, ६ महिना पहिले राष्ट्रपतिले कामचलाउ भनी गरेको घोषणा पनि संविधान अनुसार छैन भन्दै सरकारले निर्णय पारित गर्‍यो। त्यो निर्णय लिएर शितल निवास छिरेका प्रधानमन्त्री… Continue reading

राष्ट्रपति र प्रधानमन्त्रीबीच कार्यकारी द्वन्द्व चर्कियो, अब अदालत जाने संभावना

Posted on November 25, 2012November 25, 2012 by Salokya

राष्ट्रपतिले सहमतीय प्रधानमन्त्री माग्दै सात दिने अल्टिमेटमसहित शुक्रबार जारी गरेको विज्ञप्तिबारे आज बसेको मन्त्रिपरिषद्‍को बैठकले कडा प्रतिक्रिया जनाएको छ। सरकारको निर्णयले मुलुकको कार्यकारी अधिकारबारे द्वन्द्व चर्किएको छ। सरकारले राष्ट्रपतिको यसअघि जेठ १६ गते जारी प्रधानमन्त्री पदमुक्त भई कामचलाउ भइसकेको भन्ने विज्ञप्ति पनि संविधानको भावनाविपरीत रहेको भनेको छ। अब यही विषयमा सर्वोच्चमा मुद्दासमेत पर्ने निश्चित छ।… Continue reading

छि, छि अझै स्वास्नी कुट्न लाज छैन ?

Posted on November 25, 2012November 25, 2012 by mysansar

-ज्योति रिमाल- एक दिन मेरी छोरी कलेजबाट फर्किएपछि सुनाउन थाली – उसको क्लासमा डोमेस्टिक भ्वाइलेन्सको बारेमा असाइनमेन्ट थियो। उनले घरेलु हिंसा हुने संसारका टप देशहरुमा नेपाल पनि रहेको बताएकी रहिछिन्। उसले भनी “ मम, मलाई थाहा थिएन म नेपालमा नजन्मे पनि नेपाललाई यति माया गर्छु भनेर!” उसको घाँटीमा अड्किएको स्वरबाट राम्रै बुझिन्थ्यो कि एस कुराले… Continue reading

बिचरा बाबुराम, सकिए उनका दिन !

Posted on November 24, 2012November 25, 2012 by Salokya

राष्ट्रपतिको विज्ञप्ति ‘बम’ जत्तिकै भएको छ प्रधानमन्त्री बाबुराम भट्टराईलाई। उनका आसेपासेहरु राष्ट्रपतिले ‘कू’ गरेको भन्दै झण्डै रोउँला झैँ गरी हिँडिरहेका छन्। अध्यक्ष प्रचण्ड र उनका आसेपासेहरु भने कडा बोलिरहेका छैनन्। स्पष्टै छ- राष्ट्रपतिको विज्ञप्तिले माओवादीभित्र विभाजन ल्याइदिएको छ। बिहान राष्ट्रपतिको विज्ञप्तिबारे धारणा बनाउन माओवादीको बैठकपछि केन्द्रीय कार्यालयले एउटा र बाबुरामवालाले एउटा सर्कुलर जारी गरेपछि प्रचण्ड… Continue reading

कथाः मृत्यु रक्स!

Posted on November 24, 2012November 24, 2012 by mysansar

-झलक पौडेल- गण्डकी क्षेत्रीय अस्पताल, पोखराको मेडिकल वार्ड १३ नं. बेड बेडमा म अज्ञात रोगको सिकिस्त बिरामी टाउकोनिर स्ट्यान्डमा झुन्डिएको सलाइनको बोतल अनि त्यस पल्तिर औषधिका बट्टा, कागज, बिल, जुसको बोतल, दुई चार गेडा स्याउ र केही दैनिक पत्रिकाहरु बेडको मुन्तिर पुर्पुरोमा हात लगाएर निरन्तर टोलाइरहेकि मेरी ममि र, ई.सि.जि. मेसिनको स्क्रिनमा मेरो पल्स चुपचाप… Continue reading

लौ आयो राष्ट्रपतिको ‘कदम’, म‍ंसिर १४ भित्र सहमति गर्न अल्टिमेटम, त्यसपछि चैँ के ?

Posted on November 23, 2012November 23, 2012 by Salokya

धेरै दिनदेखि चर्चामा रहेको राष्ट्रपतिको ‘कदम’ आज यो विज्ञप्तिमार्फत् आएको छ। हेर्नुस् विज्ञप्तिभित्र- विज्ञप्तिको मूल कुरा एक हप्ताभित्र अन्तरिम स‍ंविधानको धारा ३८ (१) अनुसार सहमतिमा प्रधानमन्त्री र उनको नेतृत्वमा सरकार बनाउन म‍ंसिर १४ गते अपराह्न ४ बजेभित्र सिफारिश लिएर आउन आह्वान हो। अन्तरिम स‍ंविधानका धेरै कुरा संविधान सभाको विघटनसँगै नमिल्ने भइसकेका छन्। त्यसलाई मिलाउन संसद… Continue reading

झण्डै आएको प्रधानमन्त्रीको राजीनामा

Posted on November 23, 2012November 23, 2012 by Salokya

मिडियामा आएका कुरा हेर्ने हो भने बिहीबार प्रधानमन्त्री बाबुराम भट्टराईले झण्डै राजीनामा दिइसकेका थिए। मधेसी मोर्चासँग अलग्गै र सरकारलाई समर्थन गर्ने दलहरुसँग सामूहिक रुपमा माओवादीको बैठक पछि उनीहरुकै सुझावमा प्रधानमन्त्रीले राजीनामा नदिएका रहेछन्। जनता ढाँटेर एउटा कुरा भए अर्कै बताउने नेताहरु भएकोले खास कुरा थाहा पाउन गाह्रो। तर केही दिनदेखि नेपालको राजनीतिमा भित्रभित्रै केही पाकिरहेको… Continue reading

भाग्य फुटेका भ्रष्टाचारी

Posted on November 22, 2012November 23, 2012 by Salokya

विशेष अदालतले आज थप एक जनालाई गैरकानुनी सम्पति आर्जन गरेको भन्दै भ्रष्टाचारी ठहर गरेको छ। चिरन्जीवी वाग्ले, जेपी गुप्ता, खुमबहादुर खड्का, गोविन्दराज जोशी आदि कुख्यात भ्रष्टाचारीको तुलनामा आजका पात्रको कथा अलि फरक छ। भाग्य फुटेर जेल नपर्दै यिनले धेरै दुःख पाइसके। अब भ्रष्टाचारीको दाग, ६६ लाख रुपियाँ बराबरको सम्पति जफत, उति नै रकम जरिवाना र… Continue reading

पानी भनेर ढाँट्दै रक्सी बेच्दै

Posted on November 22, 2012November 22, 2012 by Salokya

‘कम निष्ट’हरुले संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो भन्ने गर्छन्। कम्युनिस्ट प्रधानमन्त्रीले हाँकेकै देशमा चाहिँ ‘पिउने पानी हो, पिउने पानी’ भन्दै रक्सी बेचिँदैछ। त्यो पनि गुपचुप हैन, खुल्लमखुल्ला। विज्ञापन गरी गरी। सहरका मुख्य मुख्य ठाउँमा याँमानको होर्डिङ बोर्ड ठड्याएरै। त्यो माथिको होर्डिङ बोर्ड हेर्नुभयो ? के बुझ्नुभो तपाईँले त्यो पढेर ?… Continue reading

मंसिर ७ आयो, मंसिर ७ आयो – फुस्सा !

Posted on November 21, 2012November 21, 2012 by Salokya

उहिले जेठ १४ आयो, जेठ १४ आयो भनेर देशमा खुबै हङ्गामा मच्चाइन्थे, केही अघिदेखि चाहिँ एक थरिले मंसिर ७ आउन लाग्यो, मंसिर ७ आउन लाग्यो भनेर हौवा मच्चाए। राष्ट्रपतिले मंसिर ७ गतेभित्र सहमति गर्नुस् नभए म ‘कदम’ चाल्छु भनेर अल्टिमेटम दिए रे भन्ने कुरा मिडियामा आयो। मिडियामा आउने कुरा र हुने कुरामा धेरै अन्तर हुन्छ।… Continue reading

यस्तो छ हार्वर्ड युनिभर्सिटी

Posted on November 20, 2012November 20, 2012 by mysansar

-विमल नेपाल- हार्वर्ड युनिभर्सिटी अमेरिकाको सबैभन्दा पुरानो र ठूलो उच्च शैक्षिक संस्था हो। हार्वर्डको इतिहास, प्रभाव र यसको सम्पत्तिको हिसाबले यो संसार कै अति प्रसिद्ध यूनिभर्सिटीमा दरिन्छ। अमेरिकाको उत्तर पूर्वी राज्य म्यासाचुसेट्सको क्याम्ब्रिज सहरमा अवस्थित यो युनिभर्सिटी सन् १६३६ मा खुलेको निजी क्षेत्र बाट संचालित संस्था हो। गत वर्ष यसले ३७५ औं वार्षिक उत्सव मनायो।… Continue reading

प्रचण्डलाई पदमले किन खुवाए चड्कन च्युरा ?

Posted on November 18, 2012November 19, 2012 by Salokya

एक दशक सशस्त्र क्रान्तिको नेतृत्व गरी सबैभन्दा शक्तिशाली नेता बनेका माओवादी अध्यक्ष प्रचण्डलाई पदम कुँवरले शुक्रबार हानेको थप्पडको गुञ्जन अझै धेरै ठाउँमा सुनिएको छ। बस, टेम्पो र चिया पसल गफमा अनि सोसल नेटवर्किङ साइटहरुमा यसैको चर्चा मानिसहरुले गरिरहेका भेटिन्छन्। तर यस्ता साइटहरुमा पदमबारे गलत जानकारीहरु पनि राखिएका छन्। जस्तो आज एक ठाउँमा पदमले पोल्यान्डकी केटीसित… Continue reading

विदेशमा चाडपर्वको सम्झना

Posted on November 17, 2012 by mysansar

-लेखनाथ गौतम,टेक्सास- सदा झै यस्पाली पनि दशैं तिहार आयो र गयो । यताबाट नेपालतिर जाने लहर चल्यो । कोहि गए, नसक्ने गएनन् । बर्षभरी काम गरेपनी दशैं तिहारमा आफ्नै गाऊ फर्किने धेरैको चाहना पुरा भएन । जो गए उनिहरु भाग्यमानी थिए । यता उपलब्ध इस्टमित्र र साथीभाइ बिच नेपालमा झै गरि घटस्थापनाको दिन भन्दा पनि… Continue reading

प्रचण्डले नि भेटे चड्कन प्रहार

Posted on November 16, 2012November 16, 2012 by Salokya

माओवादी अध्यक्ष प्रचण्डले आज आफ्नै पार्टीले काठमाडौँको भृकुटीमण्डपमा गरेको चियापान समारोहमा एक २५ वर्षका युवकबाट झापड खाएका छन्। योसँगै नेपालका तीन प्रमुख पार्टीका तीनै जना शीर्ष नेताहरु समान हैसियतमा पुगेका छन्- तीनै जनाले सार्वजनिक कार्यक्रममा आक्रमण भोग्नुपरेको छ। यसअघि झलनाथ खनाललाई सुनसरीमा कार्यकर्ता देवीप्रसाद रेग्मीले दुई वर्षअघि माघमा झापड हानेका थिए। अनि कङ्ग्रेस सभापति सुशील… Continue reading

भाइटीकामात्र हैन अब बहिनीटीका पनि रे !

Posted on November 15, 2012November 16, 2012 by Salokya

भाइटीका एउटा रमाइलो चाड हो। तर जसको दिदीबहिनी छैन वा दाजुभाइ छैन, उनीहरु यो चाडमा खिन्न हुन्छन्। दिदीबहिनी नहुने दाजुभाइहरुका लागि विकल्प अनेक छन्। त्यही मध्येको एक विकल्प हो रानीपोखरीको यमलेश्वर महादेवको मन्दिरमा आउनु र त्यहाँ रहेका अपरिचित दिदीबहिनीहरुको हातबाट टीका लगाउनु र उनीहरुलाई पनि लगाइदिनु। वर्षको एक दिन मात्र खुल्ने रानीपोखरीको मन्दिरमा जाने मौका… Continue reading

चुनाव नभई थोत्रा नेता फेर्न पाइएन

Posted on November 15, 2012November 15, 2012 by mysansar

गाइजात्रा शैलिकै व्यङ्ग्य हानेर सिस्नुपानी नेपालले देउसी भैलो खेल्ने गरेको केही वर्ष अघिदेखि हो। सिस्नुपानीको यो व्यङ्ग्यात्मक देउसी भैलोले माओवादी, कङ्ग्रेस, एमाले, मधेसवादी, राजावादी कसैलाई छाड्दैन, सबैलाई भित्तैमा पुग्ने गरी दनक दिन्छ। यो वर्ष पनि विभिन्न मिडियामा यसले देउसी भैलो गायो। उनीहरुले सत्तारुढ माओवादी, विपक्षी पार्टीलाई बढी व्यङ्ग्य गरेका छन्। भङ्ग भइसकेको संविधान सभाका सभासदहरुलाई… Continue reading

शुभकामना नेपाल स‌ंवत् ११३३ नयाँ वर्षको !

Posted on November 14, 2012November 14, 2012 by Salokya

आज नेपालको मौलिक संवत नेपाल संवतको नयाँ वर्षको दिन। सँधै झैँ काठमाडौँको वसन्तपुरमा सांस्कृतिक झाँकीसहित विशाल र्‍यालीले नगर परिक्रमा गर्‍यो। राष्ट्रिय विभूति शंखधर साख्वाले काठमाडौँका सबै बासिन्दाको ऋण चुक्ता गरी ऋणमुक्त बनाएको खुसियालीमा यो संवत् सुरु भएको हो। हेर्नुस् आज बिहान खिचेका केही फोटोहरु

झिलिमिली बत्ती बलेको, लक्ष्मी पूजा गरेको

Posted on November 13, 2012November 13, 2012 by Salokya

तिहारको आज महत्त्वपूर्ण दिन- लक्ष्मी पूजा ! दीपावली ! तपाईँहरु सबैलाई दीपावलीको शुभकामना। सबतिरको अन्धकार हटोस्। केही फोटो खिचेर राखेको छु। तपाईँहरुको तिहार कस्तो भयो, लेख्नुस् है कमेन्टमा।

तिहारै आयो..

Posted on November 13, 2012November 13, 2012 by Salokya

काठमाडौँको सुन्धारास्थित जेडिए कम्प्लेक्स भवनको छतबाट देखिएको काठमाडौँ। यी फोटो सोमबार खिचिएको हुन्। लक्ष्मीपूजाको दिनदेखि मात्रै धेरैले बत्ती बाल्न थाल्ने हुनाले फोटोका केही भाग अँध्यारै देखिन्छ। विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिनदेखि तीन दिनमात्रै लोडसेडिङ नगर्ने बताएकोले सोमबार लोडसेडिङ कायम थियो। फोटोमा बायाँतर्फ तलतिर देखिने दृश्य केन्द्रीय कारागारको हो।

सुशील दालाई गीत गाउने रहरले अझै छाडेन

Posted on November 12, 2012November 12, 2012 by mysansar

जिब्रोको क्यान्सरका कारण प्रष्ट बोल्न नसक्ने नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालालाई अचेल भाका हाली-हाली गीत गाउने खुबै रहर लागेको छ। अस्ति बसन्तपुरमा भएको पार्टीको आमसभामा उनले गीत गाए। आज ट्रेड युनियनहरुको कार्यक्रम भएको थियो राजधानीमा। सबै दलका भ्रातृ संस्थाका रुपमा रहेका ट्रेड युनियनहरुको उपस्थिति थियो। अनि शीर्ष नेताहरु पनि। एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 265
  • 266
  • 267
  • 268
  • 269
  • 270
  • 271
  • …
  • 281
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme