काठमाडौँमा अहिले उत्सवको माहौल छ। साँझतिर काठमाडौँको भित्री सहर घुम्नुस्, गज्जबको रौनक पाउनु हुन्छ। अस्ति बिहीबार हनुमानढोकामा लिङ्गो ठड्याएपछि आठ दिने इन्द्रजात्रा सुरु हुन्छ। आठै दिन सडकमा विभिन्न किसिमका सांस्कृतिक नाच देखाइन्छन्। त्यसमा पनि तीन दिन प्रमुख हुन्छ। चतुर्दशीका दिन राष्ट्रप्रमुखको उपस्थितिमा कुमारी, भैरव र गणेशको रथ यात्रा तल्लो टोलहरुमा हुन्छ। त्यसको भोलिपल्ट अर्थात् आज माथिल्ला टोलहरुमा रथ तानिन्छ। यसपछि अन्तिम दिन १७ गते फेरि रथ यात्रा गरिन्छ। रथ यात्रामा धेरै सहभागी हुने हुनाले यसको रमाइलो बेग्लै हुन्छ। काठमाडौँमा बसेको वर्षौँ भइसक्दा पनि मेरा केही साथीहरु अहिलेसम्म इन्द्रजात्रा नहेरेको बताउँछन्। मेरो सुझाव- एक पटक हेर्नुस्। सबै पुस्ता सहभागी भएको देखिने इन्द्रजात्रा काठमाडौँको जीवन्त संस्कृतिको एउटा उत्कृष्ट उदाहरण हो। भक्तपुर, ललितपुर, धुलिखेल, दोलखालगायतका ठाउँमा पनि नेवारहरुले यो जात्रा मनाउँदै आएका थिए। अहिले त छिमेकी देश भारतको सिक्किममा पनि कुमारीको रथ तान्दै इन्द्रजात्रा मनाउन सुरु भएको छ। सन् २०१० देखि सुरु भएको यो जात्रालाई सिक्किमको राज्य सरकारले यस पटकदेखि औपचारिक मान्यता दिई विदासमेत दिएको छ।
सिक्किममा इन्द्रजात्राका क्रममा गरिएको कुमारी रथयात्रा। फोटो सौजन्यः प्राउड टु बी अ सिक्किमिज ब्लग। सिक्किम इन्द्रजात्राका थप फोटोहरु यहाँ यहाँ यहाँ यहाँ, यहाँ हेर्नसक्नुहुन्छ।
सिक्किम नेवाः गुथिको आयोजनामा केही वर्षअघिदेखि इन्द्रजात्रा मनाउन सुरु भएको हो। उपत्यकाका तीनै सहरहरुमा त जीवित देवीका रुपमा पुजिने कुमारी रहेका छन्। तर सिक्किममा कुमारी कहाँबाट ल्याउने ? उनीहरुले त्यसको उपाय पनि पहिल्याए- कुमारीको फोटो राख्ने।
अनि यहाँ त रथयात्राका लागि परम्परागत रथ छ। त्यसैमा डोरी बाँधेर रथ तान्ने गरिन्छ। त्यहाँ नि ? उनीहरुले चाहिँ मन्दिर आकारको खट बनाई त्यसभित्र कुमारीको फोटो राखेर त्यसलाई एउटा गाडीमाथि राखेका छन्। त्यही गाडीमा डोरी बाँधेर रथ तानेको जस्तो झल्को दिन खोजिएको छ।
काठमाडौँमा साँझपख रथ यात्रा हुने भए पनि त्यहाँ भने बिहानै भयो। सिक्किमको गान्तोकस्थित भानुभक्त पार्कदेखि सुरु भएको कुमारीको रथ यात्राले नगरको विभिन्न भाग परिक्रमा गर्यो। सिक्किममा रहेका नेवारहरुले आफ्नो सांस्कृतिक पहिचान खोज्ने क्रममा काठमाडौँ उपत्यका आएर रञ्जना लिपि सिक्ने, भाषा प्रशिक्षण लिने, सांस्कृतिक नाच, वाद्यवादन सिक्ने गरिरहेका छन्। यसलाई त्यहाँको राज्य सरकारले पनि प्रोत्साहन गरिरहेको छ। यसै मेसोमा इन्द्रजात्राका रुपमा कुमारी रथयात्रा पनि सुरु भएको हो।
यो वर्ष त यसलाई सिक्किमको राज्य सरकारले मान्यता दिएको वर्ष भन्दै विशेष रुपमा मनाइएको थियो। त्यसका लागि भक्तपुरको थिमिबाट गएको मध्यपुर कला परिषद्का कलाकारले अष्टमातृका, धुन्या र पुलुकिसि नाच देखाएका थिए। इन्द्रजात्राको बेला काठमाडौँको बसन्तपुरमा देखाइने महाकाली लगायतका देवी नाचहरु पनि थिमिबाट आएका कलाकारहरुले नै देखाउने हुन्।
सिक्किमबाट अब काठमाडौँतर्फ नै फर्कौँ। यहाँको आठ दिने जात्रामा लाखे, सवाभक्कु नाच रमाइलो हुन्छ। त्यसैगरी पुलुकिसि नाच पनि हुन्छ। हात्तीको आकृतिमा भित्र मान्छेहरु बसी नाचिने नाच नै पुलुकिसि नाच हो। भित्र बस्ने मानिसहरुले नदेख्ने हुनाले यो पुलुकिसि अनियन्त्रित हुन्छ। त्यसैले यो आउँदा मान्छेहरु भागाभाग हुन्छन्। मसाल बोकेको मान्छेलाई यसलाई नियन्त्रण गर्ने प्रयास गर्छ। भागाभागको क्रममा यसको फोटो कहिल्यै राम्रोसँग खिच्न नपाइने। हिजो चैँ सँगसँगै दौडादौड गर्दै यो पुलुकिसिका केही फोटो खिचेँ, खुब रमाइलो भयो।
पुलुकिसिलाई इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रुपमा लिइन्छ। एउटा कथा रचेर रमाइलोको लागि यसो गरिएको हुनुपर्छ। कथामा इन्द्रलाई काठमाडौँवासीले चोरेको आरोपमा थुन्छन्। अनि यो हात्ती चाहिँ आफ्नो मालिक इन्द्रलाई खोज्दै भौँतारिन्छ। नाचमा त्यही भौँतारिएको चित्रण गरिन्छ।
हनुमानढोकामा रहेको यो हाथु द्यः (श्वेत भैरव)को मूर्ति पनि इन्द्रजात्राको बेला मात्रै प्रदर्शन गरिन्छ। साँझ यसको मुखबाट जाँड र समयबजी प्रसादका रुपमा बाँडिन्छ। यो लिन भिडले रमाइलो गर्छ। मासुसहितको चिउरा माग्दै लाः छकु वयेकः समयबजि, वलः वलः पुलुकिसि भन्दै कराउँदै मागिन्छ। ठाउँठाउँमा निःशुल्क यस्तो समयबजि बाँड्ने गरिन्छ।
यहाँका मन्दिरहरु भरी, सडकैभरी मान्छेहरु जम्मा भएर आआफ्नै किसिमले रमाइलो गरिरहेका हुन्छन्। हनुमानढोका दरबार पस्ने ढोकाबाहिर सांस्कृतिक नाच देखाइन्छ।
इन्द्रजात्राको थप आकर्षण मजिपाटको लाखे पनि हो। लाखे अरु ठाउँमा र अरु बेला पनि निकालिन्छ। तर इन्द्रजात्राका बेला निकालिने मजिपाटको लाखे विशेष हुन्छ। यसको मुकुन्डो पनि विशेष नै हुन्छ। सवःभक्कुसित मिलेर यसले नाच देखाउने गर्छ। इन्द्रजात्रामा पहिलो दिनको कुमारी रथयात्रा सकिएपछि दागीँ र बौमतः पनि निकालिन्छ। यसबारेमा बढी यहाँ हेर्नुहोला। त्यसैगरी कुमारी घरबाहिरको मन्दिरमा दश अवतार देखाउने गरिन्छ।
इन्द्रजात्राको क्रममा कुमारीसँगै रथमा घुमाइने गणेश र भैरव बालिका नभई बालक हुन्। इन्द्रजात्राको अन्तिम दिनमा नानीचा याः भनी वसन्तपुरदेखि प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक मखन भई पुनः वसन्तपुर नै पुर्याइन्छ। यो वर्ष अन्तिम दिनको रथ महिलाहरुले मात्र तान्ने व्यवस्था मिलाउने बारे सरसल्लाह भइरहेको बुझिएको छ। रथयात्रामा महिलाको सहभागिता कम भएको महसूस गर्दै यो वर्ष यस्तो गर्ने कि भनी सल्लाह भइरहेको भनिएको छ। त्यसै रात इन्द्रध्वजा फहराइएको लिंगो ढाली तानेर बाग्मतीमा लगी सेलाएपछि यो वर्षको इन्द्रजात्रा समाप्त हुन्छ। यही लिंगो उठाएपछि इन्द्रजात्रा सुरु हुने हो। यस पटक लिंगो उभ्याउने क्रममा ढलेको थियो। त्यही भएर यस पटक अनिष्ट हुन्छ भन्ने हल्ला व्यापक चल्यो। भोलिपल्ट प्लेन खसेपछि त झन् अन्धविश्वासीहरुलाई के चाहियो र। तर त्यो नबुझेर गरिएको हल्ला थियो। इन्द्रजात्रा लिच्छवि कालदेखि नै मनाइआएको भन्छन् विज्ञहरु। तर यो लिंगो ठड्याउने काम चाहिँ पृथ्वीनारायण शाहले नेपाल एकीकरणका बेला काठमाडौँ उपत्यका जितिसकेपछि उनका छोरा सिंहप्रताप शाहले चलाएका हुन्। लिङ्गो ठड्याउने क्रममा के नमिलेर ढल्यो होला, मान्छेहरु यत्तिकै आत्तिने। यो दैवी हैन मानवीय कारणले भएको घटना थियो।
तस्बिर हेर्दा त नेपालकै कुनै ठाउँ होला जस्तो आवास हुन्छ! देखेर खुशी पनि लाग्छ! तर एउटा कुरा सम्झिदा दुक्ख लाग्छ, त्यो के भने सिक्किम, दर्जलिंग, नैनीताल लगायत बिहार को आधि हिस्सा नेपालको नै हिस्सा भएर पनि indiale फिर्ता दिएको छैन !तेत रहेका नेपालीहरुलाई पनि हामीले भारतिया भन्नु परेको छ! यो कमेन्ट लेख्नु को मेरो एउटा मात्र उदेश्य के हो भने तेता रहेका सबै नेपालीहरुलाई यो कुरा थाहा होस् !इतिहास साक्क्षी छ तिठाउँहरु नेपालको हिस्सा हो! यो कुरा सबै भारती नागरिकहरुले पनि जानीराखे राम्रो हुनेछ ! अझ बेला बेलामा नेपाल को जमिन मिच्दै आएकोछ भारतले !I HATE THE INDIAS’S ATTITUDE . “WE WANT OUR TERRITORY बैक”. जये जये नेपाल !
हामी घरभित्रै बसेर चुलोबाट निस्केको धुवा देख्दैनौ….घर कत्रो र कस्तो हुनु पर्छ,घरमा के कस्तो गतिवधि भैरहेको छ त्यो थाहा पाउन त दार्जिलिंग,कालिंगपोंग,सिक्किम बाट फेरी सिक्नुपर्ने भएको छ ….. त्यहाँ बाट भित्रिएको अनि विस्तारित आधुनिक संगीतको जग अझै सम्म दर्बिलो छ नेपालमा, त्यहाँ एक समय नेपाली पहिचान दिने पोसाक अनिवार्य गरिएको धेरै भएको छैन…..हाम्रो देशका नेता अनि चम्चेहरुले उल्टो राष्ट्र कै पहिचान दिने झन्डा फेर्ने,नेपाली भाषालाई अब हिन्दी भाषाले विस्थापित गर्न प्रश्ताव ल्याउने ,रास्ट्रको गरिमामय पदमा नियुक्त हुदा पनि राष्ट्रिय पोशाक लगाउन अनि राष्ट्र भाषा बोल्न पनि अस्विकार गर्ने ? धिक्कार छ त्यस्ता नेता भनौदा नेपालआमाका बोझ हरुलाई / “देश रहे पो हामी रहन्छौ अनि कला र संस्कृति रहे पो हाम्रो पहिचान रहन्छ नि……
नेपालि हरु विश्वको जुन कुनामा बसेपनि र आयआर्जन र बोलीचालीको हिसाब ले जुन भासा बोलेपनि आफ्नो चाड ,भासा र स्वाद भुल्दैनन |
एकाध छन् जसले ठाउ अनुसार को धर्म ,भासा र स्वाद सग आफुलाई परिबर्तन गरेका छन् |
आफ्नो आफ्नो इच्छा हो |
यहि चाड ,बाद ,छाल चलन आनी बानि त् हो नि दार्जलिंग ,सिक्किम ,भुटान र नेपाल को नेपालीलाई एकै धागोमा बाधेको छ |इतिहास ले जोडेर राखेको मा बर्तमान ले अलि पर पुर्याको छ ,भोलि भूगोल चेन्ज हुन् पनि सक्ला ,इतिहास दोहोरिन सक्ला ,भबिस्य कसले देखेको छ ?
राम्रो लाग्यो नेपालमा रहेका नेपालीले बिर्सन लागेको कुरालाई सिक्किमवासीले केहि सिकाइदिए, धन्यवाद !
इन्द्रजात्रा पछी त् मेरो खाली समय दिउसो चंगा उदौदै मा नै बित्थ्यो . मेरो सुखी बाल्यकाल.
इन्द्रजात्रा नहेरी त स्वर्ग पुगिन्न, कथम्कदाचित पुगी हालियो भने पनि त्यहाँ सोधिन्छ के तिमीले इन्द्रजात्रा हेरेका छौ (नाम बिर्से कुनै उपन्यासमा पढेको थिए, मेरो पनि दिन आउला काठमाण्डौ बसेर इन्द्रजात्रा हेर्ने )
नेवारहरुले य:सिं भनिने यो लिङ्गो ठड्याउने जात्रा मैले सुने अनुशार तत्कालिन नेवार राजा जय प्रकाश मल्लले सुरु गरेको थियो/ आफैले सुरु गरेको त्यो जात्रा मनाउन जय प्रकाश मल्लले आफ्ना सेनाहरुलाई बिदा दियर जात्रा मनाउंदै गर्दा पृथ्बी नारायण शाहले हमला गरेर देस कब्जा गरेको थियो/ सेना बिहिन जय प्रकाश मल्ल र पाटनको पाहुना राजा टेक नरसिं मल्ललाई घाईते अबस्थामाहनुमान ढोकाको तलेजुको मन्दिर भित्र भागेको र तेही बात बेपत्ता भयको थियो/ तलेजुको मन्दिर भित्र बात पाटनको मंगल बजारको भीमसेन मन्दिर सम्म सुरुङको बाटो छ भनिन्छ/
नेवार राजा जय प्रकाश मल्ल आफैले चलायको यो य:सिं जात्राको दिन नेवारको राज्य पतन भयको कारण नेवारहरुले यो जात्रा हेर्नु सम्म पनि हुँदैन भनिथ्यो/ तर संस्कृति र संस्कारमा अत्यन्त समर्पित नेवारहरुले यो जात्रा मनाउंदै आयको छ/
जय प्रकाशको सेना सिट पृथ्बी नारायण शाहले युद्धमा जित्न सकेको थियन/ जय प्रकाश मल्लको सेनामा ११ हजार तिरहुते भनिने मैथिली जातको सेना पनि थियो/ जय प्रकाश मल्लले आफ्नो सेनालाई जात्रा मनाउन बिदा दियको कारण युद्धमा हारेको कारण पृथ्बी नारायण शाहले आफ्नो सेनालाई जात्रा पर्व मनाउन बिदा दिने चलन बन्द गरेको र जय प्रकाश मल्लको सेना रहेको तिरहुते सेनालाई बर्खास्त गरेको थियो भनिन्छ/
य:सिं जात्राको दिन बनारस बात ल्यायको केहि सय बन्दुकको भरमा सेना बिहिन जय प्रकाश मल्लको राज्य कब्जा गरेको भोलि पल्टै काथ्मान्दुको नेवारहरु आई लागे के गर्ने भनेर चिन्तित भयको हुँदा जय प्रकाश मल्लको बिरोधि भारदारहरुले पृथ्बी नारायण शाहलाई साथ् दियको थियो/ जय प्रकाश मल्ल को श्रीमती पृथ्बी नारायण शाह सिट पहिला देखि मिलेको र उनीले जय प्रकाश मल्ललाई गद्दी च्युत समेत गरेकी थिईन/
दरवार भित्रको कचिंगल र सेना कम्जोर हुँदा गद्दी गुम्ने कुरा तेतिबेलानै प्रमाणित भयको कुरा नेपालको अन्तिम राजाहरुले सम्झेको भय उनीहरु मारिने पनि थियनन गद्दी गुमाउनु पर्ने पनि थियन र लुटाह नेताहरुले नेपालीको सुख शान्ति यकता भाँडेर देसमा लूटतन्त्र चलाउन सक्ने थियन/
मदन जी, जयप्रकाश मल्लले लिङ्गो ठड्याउने जात्रा सुरु गरेको त हैन होला, कुमारीको रथ तान्ने जात्रा येँयाः चाहिँ सुरु गरेका हुन् ।
रुबिनाज्यु
मैले माथि लेखि हाले कि मैले पनि सुनेको हो पढेको होईन/ पहिला देखि चल्दै आयको इन्द्रलाई समायकोमा मानिने जात्रामा नेवार राजा जय प्रकाश मल्लले काठको ठुलो मुधा थाद्यायर मनाउन सुरु गरेको कारण यसलाई य:सिं जात्रा भनिछ भनेको सुनेको थिय/ ” य: सिं” भन्ने सब्द नेवारी भयको र यसको अर्थ नेपालीमा लामो ठुलो काठको मुधा हो; लिङ्गो होईन/ यो जात्रा पनि नेवारहरुले नै मनाउँछ/ या: भन्ने सब्दले जात्रा बुझाउँछ/ बास्तविकता के हो मित्रहरुले लेखि हाल्छ होला/ यस्तो कुराको ईतिहास स्कुलमा पधाईन्दैनन्; सुनेकै भरमा बस्नु पर्छ/
काठमाडौँ को सेना मा ठुलो संख्या मा पर्वते वा खस वा छेत्री पनि थिए नि मदन बज्राचार्य ज्यु जसका धेरै सेना अधिकृत हरुलाई इमान्दारी का साथ लड्दा पनि जय प्रकाश मल्ल ले नुवाकोट युद्ध मा हरेको रीश मा हत्या गरेका थिए/ असान्दर्भिक भए पनि यसो जानकारी को लागि शेयर गरेको छु / तपाई लाई यस प्रति केहि गहन जानकारी भए राख्नुस न |
राजज्यु
हो थियो/ जय प्रकाशको सेनामा ११ हजार तिरहुते भनिने मैथिली सेना हुनु र नुवाकोटमा प्रिथ्बिनारायण शाहको सेनालाई हराउने लखेट्ने पनि “राना” थरको हुनु पनि यसको प्रमाण नै हो/ त्यो नेवार सेनाको राना थरको सेनापतिलाई प्रिथ्बिनारायण शाहले उपत्यका विजय पछी काटेको थियो/
नेपालको जनताको बिशेसता के हो भने उनीहरु दरवार तिर हेर्दैनन् दरवारमा को बसे तेस्को वास्ता गर्दैनन्/ तेतिबेलाको नेपाल संस्कार र शिल्प्कारिताको नमुना देस थियो/ तर आजको होईन/
मलाई लिंगो ठड्याउने काम सिंहप्रताप शाहले चलाएका हुन् भन्ने कुरामा अलि बिश्वाश लाग्दैन ! गोर्खा तिर कतै त्यस्तो लिंगो ठड्याउने गरेको कहिले थाहा छैन! अनि प्रताप शाहले लिंगो ठड्याउनु पर्ने कारण खासै दिखिदैन ! य: सिं अर्थ तपाईले भने जस्तै लामो ठुलो काठको मुढा हो ! मेडिया किन हो कुन्नि यसलाई लिङ्गो हो भनेर रटान लगाउछ खै! बनारसबाट केहि सय हैन पुरै ८०० बन्दुक किनेर ल्याएको भनिन्छ चन्दा उठाएर! त्यति बेला यो निक्कै ठुलो परिणामको हतियार थियो र निक्कै धन खर्च गर्नु पर्थ्यो! यता खाल्टोका राजाले समेत किन्न नसकिने परिणामको थियो त्यो! चन्दाबाट त बिल्कुल सम्भव हुन्न! यसलाई इतिहासले स्पस्ट गरेको छैन! त्यस्तै पृथ्वी नारायण शाहले आफ्नो राजधानी खाल्टोमा सारेको भन्ने इतिहास भए पनि आफुले जितेको सिंगो मुलकलाई गोर्खा नभनी किन नेपाल भनेको भन्ने पनि इतिहास स्पट छैन! यी सब भोलि इतिहासकारहरुले जानकारी गराउदै जाला बन्ने आशा छ !
बेखामान ज्यु
इन्द्र जात्रा मनाउने चलन राजा गुणकामदेब ले चलायको भनेर लेखियको छ/ नेपालको राजाहरु बदलिंदै गयो र यो जात्रा मनाउने तरिका पनि बदलिंदै गयो/ तर यो जात्रा आज पनि नेवारहरुले मनाउन्छन् र यो जात्रालाई नेवारहरु नेवारी नाम “य: सि जात्रा” भने बात पनि जुन तरिकाले आज यो जात्रा मनाईन्छ त्यो तरिका नेवार राजाहरुले चलायको हुनु पर्छ/ “लिङ्गो” सब्द ले “य: सि” अर्थात काठको ठुलो मुधा जनाउदैन/
य:सि लाई य:सि भन्नु नै उपयुक्त! हैन भने भोलि गएर भारतीय टिभी च्यानलहरु यसलाई मीनार (जस्तो कुतुब मीनार) भन्न थाले हामी चुपचाप टुलु टुलु हेरी बस्नु पर्ने हुन्छ! यस्तै गरि नेवारी, नेवार राजा आदिको सट्टा नेपालभाषा, नेपालका राजा भन्नु नै उपयुक्त हुन्छ !
तस्बिरहरु हेरेर मुटु गर्वले ढक्क फुल्यो… कला संस्कृति र परम्पराले मानिसलाई आफ्ना र आफन्तसंग नजिक राख्दछ / आफ्नो पहिचान हामीले भूगोलको कुनैपनि कुनामा पुगेपनि भुल्नु हुदैन /
सिक्किम्बासी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई कोटी कोटी प्रणाम !!!!
मलाई आश्चर्य लागेको के भने नि २-३ बर्ष पहिले बाबुराम भट्टराईजी (अर्थमन्त्रि हुदा खेरि) बजेट निकासा रोकेर झन्नै इन्द्रजात्रा पर्वको हत्या गर्न लागेको थियो! अहिले उनै व्यक्ति माननीय रास्ट्रपतिसंग गद्दी बैठकमा कसरि हासेर बस्न सकेको होला ! अलि कति सरम पनि लागेन छ है ?
आहा हाम्रो सस्कृति , गर्ब लाग्छ त्यो अनुपम सस्कृतिको !!!
सालोक्य जी ले एउटा कुरा बिर्सनु भए जस्तो छ – “ला छकू वयेक: समय बजी, वल: वल: पुलु किसी” हैन र ??? यो त सानो बाल-बालिकाहरुको लागि कम रमाईलोको थियो त !!! अझ ठूलाहरुको लागि समेत .
तेती खेर दुख लाग्छ जब ,
एक थरि नेताहरु हिन्दि भाषालाई राष्ट्रिय भाषा बनाउनु पर्यो भन्दै हिड्दै छन् |
अचम्म को को छ हाम्रो देश!
जे भएपनि बिदेशी भुमि मा नेपाली संसक्रिती फैलिनु भनेको ज्यादै नै राम्रो कुरा हो,
सन्दिपजी, नेपालमा हिन्दी बोल्दा चाँही दुख लाग्ने अनि भारतमा नेपाली संस्कार, संस्कृति र भाषा बोलिंदा चाँही खुशी लाग्ने?? बढो अचम्म है, मै खाउ मै लाउ गरु म सब सुख सयल भने झै, अब भारतमा नेपाली बोल्दा खुशी लाग्छ भने नेपालमा हिन्दि बोलिंदा पनि खुशी हुनु पर्छ त्यो हो सदभाव, सहिष्णुता भनेको । अब आफ्नो भाषा आफ्नो संस्कृति त सबैलाई प्यारो हुन्छ नि, आफ्नो प्यारो हुन्छ भने अरुकोलाई पनि सम्मान गर्न सक्नु पर्छ । त्यसैमा छ महानता हैन र??
राम सामपाङ ज्युको भनाई प्रती समर्थन जनाउछु । भारातबाट भित्राएको बिक्रम संबत ठेट नेपाली हुनेगरी सरकारी कार्यमा उपयोग गरिने तर नेपाल संबट तथा यले संबत चै पाखा लगाउने । तिजको रमझम चै सबै राष्ट्रिय पत्रीकाले अतिरिक्त पाना थपी प्रमुख्ताको साथ बिशेष खबर बनाउनु मिल्ने तर आज नेपाली मौलिक चाड ईन्द्रजात्रको प्रचार चै गर्नु नै नहुने जस्ता धेरै कुरो छन् नेपाली राष्ट्रवादी भनिमांग्नुको निम्ती । सिक्किम राज्य सरकारको जत्ती पनि हुत्ती नभएको हाम्रो महान देशको कुरै नै अनौठो छ ।
मित्र अलिक राम्ररी पात्रो पड्ने गर्नु नेपाली अधिकारिक पात्रो हरुमा नेपाल सम्बत उहिले dekhi नै लेखिदै आयको छ यदि नेपाल सम्बत बाहुन ले पात्रोमा नालेखिदियाको भय उहिले हरौथो भनेर त तपैकै जातीय पहिचान वालाले भनेको मैले सुनेको छु बिक्रम्सम्बत को साथमा नेपाल सम्बत पनि लेखिन्छ पात्रो मा तो भने को नेवार समुदायको तिथिमिति हो जहासम मैले सुनेअनुसार जुनसुकै कुरालाई जातीयकरण गर्ने तपैहरु जस्तो बौदिक हर्कद्बादी हरु ले गर्दानै समाज बिस्तारै विखण्डित हुदैछ यसले तपाई हामी कसैलाई पनि भलो गर्दैन यो त संबिधानसभामा पनि देखिसकेको कुरा हो //
र अहिलेको सरकार को कुरा गर्नु भयको हो भने यसको हति हुनु र नहुनुमा तपाइलाई खासै मतलब हुनु नपर्ने हो किनकि सरकार मा सबै जतियाबदी र मदेस बादी छन् बाबुराम भट्टराई त थापना हुन् हिसिला यमी नै हर्ताकर्ता यति भन्दानी बुझ्नु भयान भने …………
राम सम्पांग ज्यु
सिक्किममा सिक्किमेली नेवारहरुले नेवारी संस्कार र परम्परा मनाउनु र सध्भावाना पार्टी र अन्य मधेशबादी दलहरुले नेपाली भाषालाई हेला गर्दै बोल्न समेत नमानेर हिन्दि भाषालाई रास्ट्र भाषा बनाउनु पर्छ भनेको कुरा यकै होईन/
हिन्दि भाषी नेपाली र भारतीयहरुलाई हिन्दि भाषा बोल्न प्रयोग गर्न र उनीहरुको हिन्दुस्तानी संस्कार अनुशार पर्व मनाउन हिन्दुस्तानमा नेपालीमुलको हिन्दुस्तानिलाई भन्दा बढी छुट नेपालले दियकोछ/ तर हिन्दुस्तानमा नेपाली मुलको हिन्दुस्तानिले राजनैतिक स्तरमा आफ्नो पहिचानको मान्यता खोजे आतंककारी भनि गोलि ठोकिन्छ भनेर दार्ज्लिंग आसाममा आफ्नो पहिचान खोज्दै गरेको नेपालीलाई हिन्दुस्तानी नेता र तिनीहरुको सरकारले गरेको ब्यबहारले प्रमाणित गर्छ/ यसै कारण सिक्किम आज नेपाली मुलको नेपालीहरुलाई केहि छुट दियाकोमा तेती हर्सित हुनु पर्ने म कुनै कारण देख्दिन/
त्यो हिन्दुस्तानले तेही हिन्दुस्तान हो जसले सिक्किम बात घर घर बात नेपालीलाई समायर नेपालको सिमा भित्र सम्म लखेटेको थियो/ सिक्किम बात लाखेतियाको नेपालीहरु टुंडिखेलमा समेत रुँदै कराउंदै गरेको सायद हामीमा धेरैले देखेकै हुनु पर्छ/तिनीहरुको समर्थनमा हिन्दुस्तानको बिरोध गर्दा मैले जेल समेत जानु परेको थियो/ भुटान बात लाख भन्दा बढी नेपाली मुलको भुटानीलाई लखेट्ने पनि भुटानी राजा होईन हिन्दुस्तान नै हो/
राम सम्पांग ज्यु
सर्व प्रथम त नेपालको तराई मधेश तिर को भाषा हिंदि होइन ,थारु भोज्पुरि मैथलि अवधि हो ,हिंदि भाषा भारत को हो र केहि भारतिय दलालहरुले नेपाली कुकुर हरुलाई हड्डी फ्याक्ने हुनाले केहि नेता रुपि चैते कुकुर हरुले हिंदि भाषालाई राष्ट्रीय पहिचान बनाउने माग गरीरहेका मात्रै हुन
भाषा र संस्कार संस्कृतिमा सहिष्णुता हुनु पर्छ सम्मान हुनु पर्छ भन्ने मेरो राय हो, कुनै पनि भाषा, कुनै पनि संस्कृति देशको कारणले, जातिको कारणले बहिष्कृत वा स्विकृत हुनु हुदैन । भाषा, र संस्कार संस्कृति जति जान्यो उति राम्रो, हिन्दि भाषाको ज्ञानले हानी भन्दा बढी फाईदै गर्छ हामी जस्तो विकासोन्मुख देशका जनताको लागि । बहुजातिय, बहुधार्मिक देश नेपालमा बोलिने सबै भाषाहरु राष्ट्रिय भाषा हुन, र सबै चाडपर्व राष्ट्रिय पर्व हुन सबैले मान्नु पर्छ भन्ने छैन यो राष्ट्रिय पर्व, यो राष्ट्रिय धर्म, यो राष्ट्रिय भाषा अरु सबै अराष्ट्रिय भनेर ।