Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आफ्नै कार्यकर्ताबाट नेताहरु असुरक्षित

Posted on September 30, 2012September 30, 2012 by Salokya


आफ्नै कार्यकर्ताहरुबाट आक्रमण हुने नेपालका शीर्ष नेताहरुको सूचिमा नेपाली कङ्ग्रेस सभापति सुशील कोइराला पनि थपिएका छन्। यसअघि झलनाथ खनाललाई सुनसरीमा कार्यकर्ताले दुई वर्षअघि माघमा झापड हानेका थिए। गएको साउनमा माओवादी विस्तारित बैठकमा प्रचण्ड र बाबुराम भट्टराईमाथि कुर्सी प्रहार गरिएको थियो। शनिबार चाहिँ काठमाडौँको कपनमा आयोजित क्षेत्रीय कार्यक्रममा नेवि संघका पूर्व क्षेत्रीय सभापति प्रवेश बस्नेतले आक्रमण गरेका हुन्। कङ्ग्रेस क्षेत्र नम्बर चारद्वारा आयोजित कार्यक्रममा कोइरालालाई सम्मानस्वरुप खादा ओढाउँदै गर्दा अगाडिबाट एक्कासी उनले काठको फ्रेमले हानेका हुन्। कोइरालालाई बचाउन खोज्दा दुई जना घाइते भए। आक्रमण गर्नेलाई पनि कार्यकर्ताले रामधुलाई गर्न बाँकी राखेनन्। मञ्चबाटै तानेर कार्यकर्ताको भिडले उनलाई भकुर्नु भकुरे। आक्रोशित कार्यकर्ताहरुले पिटेरै मार्ने थिए उनलाई यदि प्रहरी र नेताले हस्तक्षेप नगरेका भए।

आक्रमणको कारण पार्टीभित्रको आन्तरिक विवाद भएको अनुमान गरिएको छ। आफूलाई मञ्चमा नराखेकोमा बस्नेत आक्रोशित भएको भनिएको छ। नेपाली कङ्ग्रेस पार्टी एकीकरण भएको वर्षौँ भइसक्दा पनि देउवा गुट र संस्थापन गुटबीच मतभेद केन्द्रीयदेखि क्षेत्रीय स्तरसम्म बाँकी नै छ।

सभापतिलाई आक्रमण गर्ने बस्नेतलाई नेविसंघले दुई वर्षका लागि साधारण सदस्यताबाट समेत निलम्बन गरेको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस्नेत कोइराला परिवारकै नजिकम मानिने कांग्रेस नेता पुरुषोत्तम बस्नेतका भतिजा रहेछन्।

यो आक्रमणले नेपालका सबैजसो पार्टीका शीर्ष नेताहरु आफ्नै कार्यकर्ताबीच पनि कति अलोकप्रिय छन् भन्ने देखिएको छ। सारा देशको नेता भएर नेतृत्व लिनु पर्नेमा आफ्नै पार्टीका कार्यकर्ताहरुको समेत नेता बन्न नसकेको यस्ता घटनाहरुले देखाउँछ।

नेतै खराब भन्ने भिड बोलीभन्दा पर रहेर एकचोटी विचार गरौँ त कार्यकर्ता कस्ता? के बुद्धि होला ती बस्नेतको ? आफ्नै सभापतिलाई त्यसरी फ्रेमले हानेर के साबित गर्न खोज्या हो ? मञ्चमा कुर्सी दिएन भनेर पो रिसाएको रे। ल हेर पारा, नेताहरु पनि कुर्सीको लागि झगडा गर्ने, कार्यकर्ता पनि कुर्सीमोह मै।

घटनाबारे अरु नेताले षड्यन्त्रदेखि असुरक्षा जस्ता ठूल्ठूला कुरा खोके पनि सुशील कोइराला स्वयंले भने संक्रमण कालमा भएको सामान्य घटना भनेका रहेछन्।

कसरी भएको थियो आक्रमण ? हेर्नुस् भिडियो –

सगरमाथा टेलिभिजनको भिडियोको पूरा भाग हेर्नुस्-

76 thoughts on “आफ्नै कार्यकर्ताबाट नेताहरु असुरक्षित”

  1. Tenz says:
    October 5, 2012 at 12:07 pm

    अब नेताहरुले सोच्ने बेला आयो | झलनाथलै झापड, प्रचण्डलाई कुर्सि, हुदै सुशीललाई काठको फ्रेम सम्म पुग्यो | कुर्सिको लागि तछाड-मछाड गर्ने अनि जनतालाई झुलाएर आफ्नो महल सजाउने विचार छोडौ है नेताज्यू | अब गोलि बर्सिने दिन पनि आउदैन भन्न सकिन्न येस्तै हो भने | साबधान!!

    Reply
  2. suman Koiral says:
    October 2, 2012 at 11:27 pm

    म त येस्मा सहमति छु किन कि देशमा देश बज्नाउँ पठाएको नेतालै माथि गए पछी त केवल कुर्शी मात्र ताक्छा सो अब त नेता लै त पिटर नै तह लगाउनु पर्छा खाएको पैसा हरु फिर्ता गराउनु पर्छा यदि येसो गरें भने त देश त खाल्टो मा हाली त सक्यो सो अब त सबै जानाली बिमति पो गर्छु कि अब नेताहरुलाई ठिक गर्ने बेला आइसकेको छ .ठिक गरौ आउनोस् आज देखि अभियाब थालनी गरौ ,

    Reply
  3. Ganesh Nepali says:
    October 2, 2012 at 7:54 am

    झल Nath लाई = झापड
    शुसिल लाई = चिर्पट
    प्रचण्ड र बाबुराम लाई = भाला, तरबार?
    हेर्दै जौनके हुन्छा

    Reply
  4. Damoder Chand Thakuri says:
    October 1, 2012 at 11:57 pm

    तन्नेरी गुन्डाले , बुदो गुन्डालाई ठोकेछ

    Reply
  5. शिव पराजुली says:
    October 1, 2012 at 7:44 pm

    नेपालमा राजनीतिमा लाग्ने मान्छेहरु कस्ता छन् भन्ने बारेमा हामीले टोल छिमेक गाउँ घरमा राम्रोसंग देख्न सकिन्छ / हाम्रो देशमा राजनीति भनेको बिना लगानीको उद्ध्योग हो भनेर प्रमाणित भै सकेको अबस्थमा यो जे भै राखेको छ, त्यो असाध्ये राम्रो भै राखेको छ / पाखण्डी नाकचुच्चे र घाँटी जनै बेरकाहरुले पंचायतकालसम्म त यिनीहरुले मिलिजुली देशको ढुकुटी लुटिरहेका थिए / पाखण्डीहरुको जमात बढ्दै आए पछी पंचेले पनि ठेग्न सकेन / फलाम काट्न फलाम नै चाहिन्छ भने जस्तै यिनीहरु पनि यसै गरि सखाप हुन्छ /

    Reply
  6. Arjun Kumar Sharma says:
    October 1, 2012 at 1:46 pm

    नेपाली कांग्रेसका सभापति, एक त्यागी र इमान्दार,प्रजातन्त्र र कानुनी शासनको निम्ति जीवनभर ब्राम्हचारी बसेर कुनै पदलोलुपता बेगर साधा तर आदर्श जीवनका उदाहरण बन्न सफल शुसिल कोइरालामाथिको आक्रमण सरसर्ती हेर्दा सामान्य देखिए पनि यो एक असामान्य व्यक्तिमाथि भएको असामान्य प्रहार हो,बाहुबलको पुजा गर्ने बहुलाहरुलाई मात्र यो कुरा राम्रो लाग्ला,गुन्डा गर्दीका ठेकेदारलाई यो कुरा सुपाच्य होला तर लोकतन्त्रमा यो सब बहिस्कार गर्नु हामी सबैको साझा दायित्व हुनै पर्दछ l
    आशा छ, अब नेपाली कांग्रेसले पार्टी सुद्धिकरण गर्नेछ,घुस्याहा र गुन्डालाई पार्टीको सदस्यता वितरण गर्ने छैन,जेलभित्रको अपराधी लै अर्को अपराधीले हत्या गर्दा शहिद बनाउन नेपाल बन्द गर्ने छैन,भ्रस्ट लाई बचाउन अदालतमा पुनराबेदन गर्ने छैन आदि ..आदि पाठ पढ्ने छ यो घटनापछि ,अस्तु !!!

    Reply
    1. अर्जुन कुमार शर्मा says:
      October 1, 2012 at 7:47 pm

      यो मेरो माथिको प्रतिक्रिया धेरैलाई मन नपर्ने पक्का थियो मलाई,म भन्दा पहिला लेख्ने पाठक साथीहरुको प्रतिक्रिया जो पढेको थिएँ l
      कृपया साथीहरु हो ! यो राजनीतिक हिंसालाई प्रोत्साहन नगरिदिनु भए कति सुन्दर हुन्थ्यो होला l समाजका अन्य बिसंगतिहरु आँफै निर्मुल हुने पो थिए कि ! हिजो शेर बहादुरको पालामा राजाले कु गर्दा खुच्चिंग मै रमाएका हामीहरु त्यहि राजतन्त्र अन्त्यको लागि जुर्मुराउनु परेको नबिर्सनु होला l कयौ सपुतहरु गुमाउनु परेको पनि नबिर्सनु होला l छातीमा हात राखेर खण्डन गरिदिनुहोला, किन नराम्रो ? भन्ने पनि त मलाई थाहा हुनु पर्यो ! कतै मेरो शोच नै रुढीबादी पो रहेछ कि ! कतै गुन्डागर्दी नै उत्तम विकल्प पो हो कि ? कतै गुन्डालाई शहिद घोसणा गर्नु नै ठिक पो हो कि ? कतै भ्रस्ट को उद्धारको लागि पुनराबेदन गर्नु नै राम्रो हो कि ? कतै हत्यारा लाई मन्त्रि बनाउनु पो राम्रो हो कि ? यो त मलाई थाहा हुनु पर्ने हैन र ?

      Reply
    2. Bijay Sakya, Kailali says:
      October 2, 2012 at 10:31 am

      अबको पालो कसको होलान ??? सायद ओली, चित्र , सुर्य, पौडेल, को को हुन् को को ???
      असललाई जनताले नै बचाउछ खराब हम्मे हम्मे बच्छन फरक यहि छ. यो त जनताको आक्रोश एउटा नमुना मात्र हो अझै मुलुकलाई यसरी नै भडखालोमा हाल्दै जाने हो भने नेताको हबिगत के होला सहजै अनुमान गर्न सकिन्छ . जे असक्षम नेता मार्ग प्रसस्त गरेर नयालाई दिएकै बेश होला.
      एउटा गा बि स अध्यक्षको ह्याउ नभएका मान्छे कोईराला भएकै कारण नेता मान्नु परे पछी कार्यकर्तालाई पनि रिस उठ्दो हो ?? यसर्थ उसले प्रस्तुत गरे शैली नराम्रो होला तर नेपालि त्यही नगरी मिडियाले पनि चर्चा नगर्ने रहेछ अनि नेताले नसुन्ने भएकोले यो बाटो रोजेको हुनु पर्छ /

      Reply
  7. Basanta Thapa,Maryland,USA says:
    October 1, 2012 at 8:51 am

    अस्ति नेता र पार्टीको लागी मर्न पछी नपर्ने नेता र कार्यकर्ता आज नेता कै कारण आफ्नै नेता ठोक्न यसरी कार्यक्रम मै उत्रनु भनेको आजका नेता यो देशको लागी कलंक बनिसकेका छन् भन्ने प्रमाण हो यस्तै स्थिति रही रहने हो भने भोलि कति बिकराल स्थितिको सामाना आजका नेताहरुले गर्नु पर्नेछ भन्ने संकेत हो \ जसरी यो भिडमा नेता माथि आक्रमण गर्ने लाइ आक्रमण गर्ने भिड देखिन्छ भोलि यस्तै पंगु नेता हरुलाई आक्रमण गर्ने भिड देखिनेछ \ बेलैमा गोरु नेताहरुको बुद्धि छ भने पलाओस \ मन कै कुरा गर्ने हो भने नेता माथि आक्रमण भएको मा दुख होइन खुसि हुने मन हरु धेरै हुनेछन जो नेता हरुकै कारण ले बनेको हो \ अब जात ,उमेर ,परिबार ,गुट ,बर्ग को नाम मा गरिने राजनीति सकिनु पर्छ \

    Reply
  8. Manoj Karki says:
    October 1, 2012 at 6:07 am

    गगन जी , सिटौलाको त को के कुरा गर्नु तर तपाइँ जस्तो कुशल बैचारिक युवानेताले सुशीलदा सहनशील र सालीन नेता भनेर त्यहि घटनाबाट कसरी भन्न सक्नु भो ? बरु सुशील कोइराला अकर्मन्य, अलोकप्रिय, पुरानै सोचका दुर्वल नेता हुन् |यदि सुशिलदालाई गहिरो चोट लागेको भए र रगत पिच्छे हुँदै आक्रमणकारीलाई अरुले धुलाई गर्दा बचाउन मंच बाट ओर्लिएको भए तपाइको कुरा मान्न नि सकिन्थ्यो |
    सहनशील त सुशील कोइराला होइन नेपाली जनता हुन् | यी निरिह जनताले जनमारा देखि धनमारालाई अहिले सम्म आक्रमण गरेका छैनन् | यी नेता हरु लाई विवश भएर झेलिरहेका छन् जनताले | तर टुटदैछ जनताको सहनशीलता विस्तारै अनि देखिन्छ कुन नेता कति सालीन या जनमुखी भनेर | त्यता तिर कहिले सोच्ने हो ? के जनता राजनैतिकदलका दाइजो या उपभोग्य वस्तु हुन् ? के जनताले संधै गणतन्त्र र नयाँ नेपालको खोक्रो नारामा विश्वास गर्नु पर्ने ? के यस्ता जनघाती राजनीतिक दलको विकल्प छैन ? भू.पु राजा …………………?

    Reply
  9. sures says:
    October 1, 2012 at 4:09 am

    आब नेता ले सरकारसंग व्यक्तिगत बडीगार्डको लागि भनेर भत्ता माग्न बेर छैन . फेरी हामी जनताले तिरेको कर को दुरुपयोग हुन बेर छैन . जे होस् नेताहरुलाई यो पनि सबक हो नै .

    Reply
  10. bhim koirala babu amardah says:
    October 1, 2012 at 2:31 am

    आफ्नो जिल्ला भन्दा बाहिर कसैले नचिनेका रामचन्द्र पौडेल लाइ गोल्छे सार्की को लात्ती खयर सान्ति मन्त्रि भय झलेले झापड खयर प्रधान पन्त्री भय अब सुसिल कोइराला को चै मन्त्रि प्रधान मन्त्रि नभयर बिबाह पो हुन्छ कि प्रबेस ले निस्वार्थ भावनाले गरेको आक्रमन हो भने बधाई छ यदि प्रबेस को स्वार्थ को आक्रमण हो भने प्रबेस लाई ठिक गरे धन्यवाद

    Reply
  11. Gaurav Nepali "Oodaaseen" says:
    October 1, 2012 at 2:27 am

    एउटा कोइराला आर्यघाट मा सेलाय पछी शान्ति प्रक्रिया पुरा भयो ! अब यो अर्को कोइराला लै सेलाय पछी संक्रमण काल पनि टुंगिन्छ ! यी नेताहरुले फत्तफुत्ता झापट खयपानी वास्तविक रुपमा झापड खान भने बाँकि नै छ ! मेरो झापड कहिले खाने होला यिनीहरुले !
    प्रजातान्त्रिक पार्टी रे ?????? विडियो क्लिप हेर्दा त्यो बुढो कुतियाको होकी सुरज कुटियाको हो, अपराध माथि को अपराध ! देश माथि घत र अपराध गर्दै याक यी कोइराला कम्पनि ले कुटी खानेकी नखाने ?
    ठिक छ सुरले झापड हानेको हो उसलाई प्रहरीमा बुझाउनुको साटो उसलाई अरु गुन्दहरुले कुत्त्ने छुट कसरि पायो ? यहि हो कांग्रेसको प्रजातन्त्र र सुदन सिटौलाको लुट तन्त्र !!! सिटौलाले प्रहरीलाई हुंकार गर्ने छुट कसरि पायो ? के प्रहरीको काम नेताहरुको पोस्टर हेर्दै त्यति तिर दगुर्ने हो?? यदि सुर्क्ष्य चाहिन्छ भने लिखित रुपमा माग गरेर किन माग गरियाना ??? जनता मालिक हुन् नेता नोकर !

    Reply
  12. Yam Chand says:
    October 1, 2012 at 1:50 am

    हाम्रो देशलाई यस्ता हजारों प्रवेशहरु को खाँचो छ. हाम्रो जस्तो बहुसंख्यक अशिछित र गरिब जनता भएको मुलुकमा जसले पार्टी खोले पनि गुण्डा हरु नराखी पार्टी चल्दैन. पार्टी त चल्ला तर थोत्रो आदर्शले चुनाव जिताउन सक्दैन र हरेक पार्टी लाइ गुण्डा, हत्यारा, बलात्कारी भास्ताचारी इत्यादिहरुको आवस्यकता त पर्छ नै. मेरो भन्नु को मतलब हाम्रो जस्तो अल्पविकसीत मुलुकमा दलीय व्यवस्थामा फाइदा जैले पनि यस्तै तत्व (भ्रस्ट र सट्टा लोलुप नेता, जसलाई देश या जनता प्रति केहि चासो छैन) हरुले उथाउन्छन् र जनता जहिले पनि घाटा मै रहन्छ. सिंगापुर को नेता लि कुवान यू ले त्यसैले भनेका थिए: देश विकाश पहिले त्यस पछी मात्र लोकतन्त्र. यो भनाइ एकदम सत्य कुरा हो भन्ने मलाइ लाग्छ.

    Reply
  13. albida subedi says:
    October 1, 2012 at 12:45 am

    कमेन्ट पनि के गर्नु हामी नेपाली कति सम्म छाडा भएका ६उ भन्ने त नेपाल मा मात्रै होइन बेदेश मा बस्ने हरु ले पनि देखयाका ६उ नि हेरौ न हाम्रो पारा कोहि नेता विदेश मा गयो भने बिपछे दल को कार्यकर्ता बाट कालो झन्डा नेपाल को घिन लाग्दो राजनीति त्या सम्म पुराउने हामी नै त हो नि please नेपाल मा त भयो भयो अर्को देश मा गएर पनि नेपाल को बिजेत गर्ने कम त न गरउ …………

    Reply
  14. Doleswar says:
    September 30, 2012 at 11:48 pm

    पार्टीको बिधान अनुसार चल्ने र निर्णय गर्ने हो भने भने यस्तो अवस्था आउँदैनथ्यो | तर बिधान लाइ छोडेर बाहुबलतिर लागे पछी त यति मात्र होइन अझै कति हुन्छ | कांग्रेसमा मात्र होइन अरुपाटीमा पनि उही हाल छ |

    Reply
  15. सन्तोष संकल्प 'पान्थरे' says:
    September 30, 2012 at 10:59 pm

    अब के गर्नु सबै राजनितिक का नेता देखी कार्यकर्तासम्म को सक्कली अनुहारै यही हो त। यिनीहरुले सिकेकै यही हो, कहिले देश बिकाश गर्नु जानेको भए पो????

    Reply
  16. Dhan says:
    September 30, 2012 at 9:45 pm

    नया नेपाल मा लोकतन्त्र अको छ तर नेता हरु को चाला कहिले सुध्रिएन कोहि झापड खान्छन कोहि झ्याल को फ्रेम खान्छन अब बिस्तारै हेर्दै जाउ न के के खान्छन झापड र झ्याल को फ्रेम मात्र होइन अरु थोक पनि खान्छन…..

    Reply
  17. Jeevan says:
    September 30, 2012 at 8:18 pm

    अब हाम्रो शुशील अंकल प्रधान मन्त्रि हुन बेर छैन , झल्लु जी पनि झापड खाएरै प्रधान मन्त्रि हुनु भाको हो क्यारे | ल सभापति ज्यु , अग्रिम बधाई छ है |
    अनि कांग्रेसी दाजु भाई हरुले पनि प्रवेश बस्नेत लाई परशुराम बस्नेत र महेश बस्नेत सम्झेर भक्कु गोदे जस्तो लाग्यो ………हा हा हा हा

    Reply
  18. degu lama says:
    September 30, 2012 at 5:49 pm

    यो घटनामा आफ्नो आफ्नो स्वार्थ लुकेको छ त्यो बस्नेतको पनि अतिथि ग्रहण गर्न नपाएर रिस देखायो अरु कार्यकर्ता चाही केहि पाएको गरि बल्ल मान्छे कुट्न पाएको मजाले कुट्यो बस्नेतलाई प्रहरीको मा बुझाए भै हालथियो नि अर्कालाई कुट्न पाउदा कहाँ छोद्थियो र उनीहरुलाई पनि त्यसरी कुटेको भए,त्यति सरो त न कुट्नु पर्ने भन्ने कुरा मलाई लैरहेछा……….

    Reply
  19. bisas adhikari, sydney says:
    September 30, 2012 at 5:30 pm

    पिन्ड़े बुढो तिमि अब घरमै राम नाम जपेर बस..तिमिलाई त्यो मंच अगाडी भएका भरौटे बाहेक अरु कसैले पनि मन परौदैनन भन्ने कुरो त माइ संसारका संसार भरिबाट आएका कमेन्ट पढेर नै थाहा पायौ होला..यस्ता निकम्बा बुढाले पाटि अथवा देसको कुनै पनि पद ओघटेर बस्नु भनेको अरु सारा जनतालाइ घात पुर्याउनु हो/ त्यसैले यस्ता बुढा ले घरमा बसेर टिवी हेर्ने हो, हरेराम जप्ने हो,../ नेपाल को पुलिस फेरी निरिह साबित भयो..एक जनालाई तेत्रा गुण्डा ले भकुरदा नि केहि गर्न नसक्ने..थुइया बर्दी को बेइजत ..

    Reply
  20. vishnu says:
    September 30, 2012 at 5:09 pm

    ठिकै गरेको जस्तो लाग्छ , किनकि यी कोइरालाहरुले देशलाई बनाउने होइन डुबाउने गरेको त इतिहासले नै पुस्टि गर्छ नि ! जनताले पछिल्लो निर्वाचन मा नराम्रो संग हरायको झुसिलाकिरो कसरि फेरी देशको प्रधानमन्त्री हुनाकलागी मरिमेटेको छ , त्यो त हमिसबैलाई छर्लंगै भयको कुरा होइन र ?

    Reply
  21. Lohani Indra says:
    September 30, 2012 at 5:04 pm

    अब सुशील कोइराला पनि प्रधानमन्त्री पक्का ……!

    Reply
  22. Harke says:
    September 30, 2012 at 4:26 pm

    गुण्डा पाल्नेहरु एकदिन गुण्डा बाटै पिटिन्छन, ओसमाले अमेरिकालाइ त छोडेन…..नेपालका भुरे गुण्डाहरुले आफ्ना बेइमान नेताहरुलाई के छोड्थे त ?
    बेइमान नेताहरु आफ्नै पाल्तुबाट पिटिनु कुनै नौलो कुरा होइन !

    Reply
  23. Laxman Gurung says:
    September 30, 2012 at 3:45 pm

    प्रचण्ड र बाबुराम लाई हाने को vedio पनि यसरी हेर्न पाए कति मजा आउथ्यो होला

    Reply
    1. Dhan says:
      September 30, 2012 at 9:50 pm

      लक्ष्मन् जी तिनी हरु को पालो पनि आउछ हामी बाच्नु मात्रै पर्छा देखिन्छ झापड र झ्याल को फ्रेम मात्र होइन अरु थोक पनि खान्छन देश मा अहिले जस्तै ब्रम्हलुट गर्दै बस्यो भने काम गर्न नसक्ने गफ मात्र दिने निकम्मा हरु…

      Reply
  24. resham says:
    September 30, 2012 at 3:37 pm

    लौ कुर्सिको मोहले यत्रो जात्र भएछ / यो कुर्सि भने चिजै एस्तो हो कि हाम्रो नेपालमा?

    Reply
  25. Ganga Pd. says:
    September 30, 2012 at 2:40 pm

    धेरै धेरै राम्रो ! पिण्ड काने बेला भाको नेताहरुको के काम? डाका नेता भाको देशमा सर्ब साधारणलेके गर्नु र? पुराना नेताहरु सबैलाई यो सोह्र श्राद्ध मा तर्पण दिएर कुर्सि बाट हटाउनु
    पर्छ/ सबै पार्टीका पुराना नेता हरु तर्पण ताम तर्पण taam.

    Reply
  26. aditi says:
    September 30, 2012 at 2:38 pm

    राजनीति भनेको पेशा हो भन्ने स्कुलिंग बाट आएका कार्यकर्ता हरु यस्ती हो नाफा मात्र खोज्ने…………………यदि राजनीति भनेको त्याग हो भन्ने लाग्थ्यो भने उनले पाजी एउटा कुर्स्री लाइ तेती ठुलो मान्ने थिएनन्

    Reply
  27. Mantra says:
    September 30, 2012 at 1:53 pm

    नेपालका राजनीतिक नेताहरुले कार्यकर्तालाई नैतिकता, सभ्यता, इमान्दारिता, सिष्टता, सहनशीलता, अनुसाशन जस्ता संस्कार र संस्कृति पटक्कै सिकाउदैनन/ गुण्डाको सुरक्षामा रमाउने नेताहरुको चलन नै त्यो घटनामा दोषी छ/ सुशील कोइरालालाइ नभएर अरु कांग्रेस बाहेकका कुनै नेतालाई बस्नेत जी ले हान्याभए गगनजीहरु थप्पडी बजाउनु हुनेथियो/ त्यसैले आफुले पालेको सर्पले छिमेकीलाई डस्दा खुशीहुने प्रवृतिको अन्त्य गर्नुपरो सबै पार्टीका नेताले बरु सर्प नपाल्नेतिर सोच्नुपरो/ त्यस्ता घटना प्रहरीले अबश्य अन्त्य गर्छ यदि गुन्डालाई नेताले संरक्षण नगर्ने हो भने/ मेरो बिचारमा त्यो घटनाले नेताहरुको घैंटोमा घाम लाग्छ कि…

    Reply
  28. रबिन्द्र राज गिरी says:
    September 30, 2012 at 1:50 pm

    आफ्नै हनुमान कार्यकर्ताबाट त सुरक्षित छैनन् भने अरुबाट कति सुरक्षित होलान, जो कसैले पनि अनुमान गर्न सक्छ | अब चुनाब हुँदा जनताको अगाडी जाँदा कति जुत्ता र ढुंगा खानु पर्ला, यो सानो दृश्यले साबित गरिदिएकोछ | जनता यति पिल्सिएकाछन्, यति सताईएका छन् , यति निरास भएका छन्, त्यसलाई कसैले शब्दमा उतार्न सक्दैन अहिलेको अबस्थामा | त्यसैले नेताहरु, होसियार ! अब भोट माग्न जाँदा हेल्मेट र बुट लगाएर गए हुन्छ | नत्र खैरत छैन यी ठगहरुको |

    Reply
  29. nabin adhikari says:
    September 30, 2012 at 1:02 pm

    आफुलाई त बडो खुशी लाग्यो…..

    Reply
  30. REGMEE DEV says:
    September 30, 2012 at 11:54 am

    मंचमा गगन जी काँग्रेस को शब्यता को भासन गर्दै हुनु हुन्थ्यो ,
    गगन जी,हामीले काँग्रेस को शब्यता देखेका छौ,जुन थाल मा खायो तेही थाल मा थुक्ने प्रवेश बस्नेत को जस्तै ………………………..तपाई ले फुर्ति नगरे हुन्छ ……..

    Reply
    1. mahesh says:
      September 30, 2012 at 2:03 pm

      धन्न येस्मा प्रचण्ड र माओबादी को दोष देखेनाछान कांग्रेसी हरु ले. जे होस् कार्यकर्ता को पिटाइ भेट्ने सभापति, गोल्छे को झापड भेट्ने उप सभापति. जोडी मिल्यो कांग्रेस मा.

      Reply
  31. Nishan Pokhrel Mount Olive School KTM says:
    September 30, 2012 at 11:49 am

    जस्तो बिरुवा रोप्यो तेस्तै फल हुन्छ / कागती रोपेर श्याउ फल्दैन /

    Reply
  32. Gaurav says:
    September 30, 2012 at 11:22 am

    हाहा रामचन्द्र पौडेल ले भनेको यो प्रजातन्त्र बिरुद्धको षड्यन्त्र हो रे आफ्नै कार्यकर्ताले प्रजातन्त्रको बिरुद्धमा सदयंत्र गरेको देखेछन बुढाले

    Reply
  33. Hari Ram says:
    September 30, 2012 at 11:20 am

    कांग्रेसी हरु को संस्कार नै यहि हो, अनौठो मान्नै पर्दैन किन भने एउटा गुण्डा ले अर्को गुण्डा लाई पिट्न गयो फेरी अरु धेरै गुण्डा गरु मिलेर पिट्न जाने गुण्डा लाइ रामधुलाई गरे ………यदि संस्कार गतिलो हुदो हो,धैर्यता हुदो हो त पिट्न जाने मान्छे लाई समातेर पुलिस को जिम्मा लगाउनु पर्ने हो नि | नेपाली राजनीति मा आफुलाई सबैभन्दा जान्ने सुन्ने ठान्ने कथित प्रजातन्त्र बादी मान्ने पार्टी को अहिले सम्म को काम हेर्दा (अरु ठुला पार्टी हरु पनि) कसैले कसैलाई चुट्ने र चुटाइ खाने कुरा अब का दिन मा नौलो हुने छैन भन्ने अनुमान गर्न सकिन्छ |

    Reply
  34. yam pun says:
    September 30, 2012 at 11:00 am

    नेपालका नेताहरु आर्य घाट जाने बेला सम्म कुर्ची छोड दैनन् ! बिचरा भर्खरका युवा नेताहरुलाई रिस उठ्नु स्वाभाविक नै हो नि! अब हेर्दै जानुस, नेपालका नेताहरुलाई कुर्ची र फ्रेम ले मात्र होइन! बन्दुक को गोलि ले आक्रमण गर्ने छन्! यो कुरा सबै पार्टीका नेता र कार्यकर्तामा लागू हुनेछ किन भने सबै उही ड्यांग का मुला न हुन्!

    Reply
  35. achut says:
    September 30, 2012 at 10:45 am

    ‘फल’ लागेको हो साथी हो ‘फल’ जे रोप्यो तेही फल्छ,एमाले मा ‘झापड’, खाऊ-बादी मा ‘कुर्सि’ कांग्रेस मा ‘फ्रेम’ कुनै मा ‘हात’ कुनै मा ‘हतियार’ तर पनि तेत्रो जवान ‘हनुमान’ ले पितृ हुन’ला बुढो लाई हानेको चै सुहाएन……हान्न हुने, न हुने चै उनै जानुन….

    Reply
  36. Nischal says:
    September 30, 2012 at 10:45 am

    नेपाली जनताहरु अहिलेका सबै दल र तिनका नेताहरु संग यसै गर्नुपर्नी गरेर घाँटीसम्म आउनीगरि अघाइसकेका छन् . यी सबै देसका कसिंगरहरु हुन् . बढारेर फाल्न नसक्नु , अझ यिनकै पिछलग्गु बन्नु हाम्रै कमजोरी हो . नेता भनौदाहरुले आफ्ना कार्यकर्ताहरुलाई के सिकाउदारहेछन् त – “कुर्ची प्राप्त गर्न जे पनि गर्नु” . यिनैले सिएका त हुन् कुटाकुट गर्न. जस्ता नेता उस्तै कार्यकर्ता. प्रवेश बस्नेत त एक पात्र मात्र हुन् .

    Reply
  37. indra kale chhantyal usa says:
    September 30, 2012 at 10:41 am

    हाहा शुसिल बुढा अब प् म बन्ने भो ,२,४ महिनाको लागि तर जनताको प् म बाबुराम नै हुन् सबैले जनताले बाबुराम लाइ सपोर्ट गरौ अनि मात्र नया नेपाल को सिर्जना हुनेछः ,नेताहरुले बनायको जनता हैन ,जनताले बनायका नेताहरु हुन् खबरदार ,यो झापड लाइ तेती कम्जोर नठान्नु होला ,यो कुनै पार्टीको कार्य कर्ताको नभई आम नेपाली जनता को हो यसरि बुझौ

    Reply
  38. Suman bhote says:
    September 30, 2012 at 10:27 am

    स्वार्थी नेता का स्वार्थी कार्येकर्ता…..
    बेजतै गरे….

    Reply
  39. yada says:
    September 30, 2012 at 10:11 am

    युबाको जोस सहि ठाउमा प्रयोग भयन / एकदम गलत कार्य /

    Reply
  40. sushil says:
    September 30, 2012 at 10:05 am

    तेई हो पार्टीका नेता पनि चोर अनि करेकर्ता पनि चोर. सुब एक से एक छन्.

    Reply
  41. Binod Poudel, jhapa says:
    September 30, 2012 at 9:47 am

    अब कोइराला बुढा प्रधानमन्त्री हुने पक्का भो !!!! मौका र दसा बाजा बजाएर आउदैन भन्छन बुढापाका हरु !!!! तर यिनको मौका कार्यकर्ताले ठटाएर ल्याइदिए !!!! अब त प्रधानमन्त्रीको उमेद्वारी देलान बुढाले !!!!

    Reply
  42. aashishjii says:
    September 30, 2012 at 9:46 am

    झलनाथले झाप्पड खाएर प्रधानमन्त्रिको पद पाएका थिए…सुशील बाबुले रास्ट्रपतिकै पद पाउलान जस्तो छ है… 🙂

    Reply
  43. सुमित says:
    September 30, 2012 at 9:39 am

    आफ्नै कार्यकर्ता बाट असुरक्षित रहेका नेता हरु हामि साधारण जनता बाट पनि सुरक्षित कसरि रहन सक्थे र ….अब चुनाव भयो भने भोट माग्न आउदा जुत्ता त हामीले पनि हान्नु नै छ !! 😀

    Reply
  44. bidur bharati says:
    September 30, 2012 at 8:57 am

    दरबारीया भारदार, मिडिया र गैरसरकारी संस्थाहरुले नेपालको समश्या भनेको राजनीतिक दल र तिनका नेताहरु हुन भन्ने भ्रम पार्न सफल भएका छन । तर नेपालको समश्य भनेको नेता नभएर हाम्रो सामजीक मुल्य र मान्यता हो । हाम्रो सोच्ने तरिका हो । हाम्रो ब्यबाहार हो । हामी आफन्त राजनीतिज्ञलाई जसरी पनि पद र प्रतिष्ठा प्राप्त गर्न सिकाउँछौ । आफुले घुस खुवाएर गलत काम गराउँदा ठिक मान्दछौ । अरुको गर्दा बेठिक मान्दछौ । आफ्न्तहरु नेता कर्मचारी प्रहरी र सेना भएमा सम्पति कमाईनस भनेर कचकच गर्दछौ । चुनाबमा नेताका अगाडी हजार माग राख्दछौ । आफ्ना छोरा छोरीलाई पैसा कमाउन सिकाउँछौ । इमान्दारलाई सबैले हेपेर नाबर्दको पगरी गुथाउँछौ । जसरी कमाएको भएपनि सम्पति भएकालाई मान-सम्मान दिन्छौ । साच्चै ईमान्दारी पुर्बक बोल्ने भन्ने हो भने हाम्रो मुल्य र मान्यताका कारण नेताहरु कमिशनखोर, कर्मचारी, प्रहरी, सेना, गैरसरकारी निकायका सबै भष्ट्रचारी, ब्यापारी कालोबजारी र जनता बिकाउ भैसकेका छौ । तसर्थ कसैले कसैलाई गाली गरेर वा नेतालाई आक्रमण गरेर हैन । मुल्य र मान्यताका बिरुद्ध संघर्ष गरेर मात्र नेपाल र नेपालीलाई परिबतर्न गर्न सकिन्छ ।

    Reply
  45. राजु says:
    September 30, 2012 at 8:34 am

    जयहोस !!!
    झलनाथ लाइ हानिएको झापट प्रतीकात्मक थियो(ज्यानमारा थिएन), पुकदा/ बाराभ लाइ कुर्शी हान्ने आक्रोसको अभिव्यक्ति थियो (त्यो पनि ज्यानमारा थिएन) , सुशील लाइ गरिएको आक्रमण हेर्दा ज्यादा सांघातिक देखिन्छ | यो तात्कालिक आबेश थियो कि यसका पछाडी केहि रहस्य छ भन्ने कुरा महत्वपूर्ण प्रस्न हो | ( प्रहार निशाना मा लागेको भए सुशीलको ज्यान जाने सम्मको स्थिति देखिन्छ विडियो मा )

    जे भए पनि हिंसा राम्रो हैन, ठुला लाइ मात्र हैन जसलाई आक्रमण भए पनि हिंसा निन्दनीय छ |
    जयहोस !!!

    Reply
  46. तेन्जिंग गाबा 'हिमाली' says:
    September 30, 2012 at 8:24 am

    सीर्जनशिलता (creativeness) को अभाब हो यो /

    उहिले एक-दुइ जनाले ब्रोइलर कुखुरो पालेर सुको आर्जन गरेको देखेर नेपालाँ ब्रोइलर पाल्नेको भीड सानो होइन / अनि त् मान्छे भन्दा ब्रोइलर फारम बढी भएसी सबै ट्वाँ /

    फेरी त्येस्पछी आयो गलैचा, घर-घरमा गलैचा उद्द्योग, गुन्द्री बुन्दै गरेकाहरु पनि गलैचा बुन्न सुरु, चित्रा बुन्दै गरेकाहरु पनि त्येसैमा अनि जब निर्यात गर्ने बेला भो अनि पो थाहा पाए ‘अर्काले घोड़ो चढ्यो भनेर आफुले धुरी चढ्नु हुदैन’ रहेछ भनेर /

    फेरी सुरु भो गार्मेन्टको खेल, सबका सब अमेरिका निर्यात गर्छु भन्ने मात्र, तर नेपालाँ बनाएर अमेरिका पठाउनु भन्दा अमेरिकाबाट मगाएर फेरी उतै पठाउदा सजिलो अनि सस्तो पर्ने भएसी कठै,,,,,सबको उठिबास /

    त्येस्पछी,,,,, च्याउ, ….पश्मिना,,,,,,,, सहकारी,,,,,बैंकको लहर नै चल्यो

    हुदा हुदा त् झापड हान्नेको पनि लहर नै चलेछ, देबी प्रशादले झापड नै हानेर नाम-चर्चा कमाए तर प्रवेश बस्नेत ब्रो ले चाही ” टुटुल्को ” कमाएछन् /
    अब अरु त् के भन्नु र ? मानवियताको नाताले पनि उहाको “टुटुल्को” चाडै घटोस भन्नु पर्ला /

    तेन्जिंग गाबा ‘हिमाली’

    Reply
  47. ANUPRAJ says:
    September 30, 2012 at 7:53 am

    खुब हिरो बन्नु पर्ने…………खायो राम धुलाई……….

    Reply
  48. nabin nepal says:
    September 30, 2012 at 7:39 am

    हा हा हा हा ..सारै स्वाद ले बजाएछ…अब को सरकार को प्रधानमन्त्री सुसिल दा..ल जा

    Reply
  49. आशिष गुरागाईं says:
    September 30, 2012 at 7:33 am

    कपनमा सुशील कोईराला माथी हातपात घटनाका घाइते हरु : फोटो फिचर
    http://www.kapanonline.com/?p=2712

    Reply
  50. योगेश आदी says:
    September 30, 2012 at 7:32 am

    यस्ता बौलाहाहरु पालेर नै कांग्रेस जिर्ण बन्दै गएको हो ! हुनत शुशील कोइराला यसैपनि घरमै थन्किनु पर्ने बेला भैसकेको हो; किन कुर्सि ओगटेर बिग्रेको रेडियो जस्तो बोलेर हिड्दै छन् मैले अझै बुझेको छैन !!
    जे भएपनि, एउटा वयोबृद्ध नेता माथि औजार सहित हिंसक शैलीमा आक्रमण गर्नु अति नै निन्दनीय कुरा हो /
    म त्यहा भएको भए साला प्रवेश भन्नेलाइ हस्पिटल नै लैजान पर्दैनथ्यो !!

    Reply
  51. गोकुल ढकाल says:
    September 30, 2012 at 7:19 am

    बिद्धालयमा समयमा ‘घरकाम’ (होमवोर्क) बुझाउन नसक्दा शिक्षकका दाहिने हातबाट गालामा तोरीको फूल देख्ने गरि झापड खाएका सम्झना शायदै लाई होला । शैक्षिक भ्रमण जनाका लागि होस् या पिकनिक जानाका लागि, राम्रा झोला किन्न होस् या बरफ् चुस्नका लागि गरीब घरमा पैसाको माग हुंदा उदेश्य पुर्तीका अलावा बाबु-आमाका हातले मिलेका झापड सम्झदा कसैका मन अहिले पनि कुंडिंएलान । पार्क र सपिङ मलमा प्रेमिकाले इच्छाएका बस्तु करिद नगरिदिंदा सोझो प्रेमीले प्रेमिकाको कोमल हातबाट पाएको झापड पनि कतिलाई सम्झना होला । वा, अर्काकी धनी छोरीलाई मन पराउने गरीबले पाएको झापड, अर्काकी प्रेमिकालाई मन पराउंदा पाएको झापड, खेतमा पानी लगाउन जांदा कुलो बिगारेकोमा सदिंयारेले हानेको झापड र जढ्याहा श्रीमानलाई बाहुको बिहे देख्ने गरि श्रीमतीले बजारेका झापडहरुका पनि सबैमा आ-आफ्नै कहानी होलान् ।

    साथीले माया गरेर गालामा दिने मायालु झापड, प्रेमीले मायालु पाराले प्रेमीकालाई दिने झापड र जहानमा, घरमा, बिद्धालयमा, पाटी-पौवामा हुने झाप्दको खेल-खेलाई र हांसी मजाक साच्चै भएपनि त्यसले खासै चर्चा पाउंदैन । तर जनताको जीवनस्तर बढाउंने कसम खाएका झलनाथहरूलाई हजारौं मान्छेका अगाडी एउटा कार्यकर्ताले हान्ने झापडको अर्थे कति हुन्छ, यहां बताएर क होला र ? झलनाथलाई हल्लिने गरि हानिएको देबीप्रसादको झापड, झक्कु सुबेदीलाई भक्कुमार हानिएको कसैको झापड र शुशिल कोइरालालाई सुरुक्क भर्खरै हानिएको फोटो फ्रेमको झापड देख्दा असामन्य लागे पनि तिनैका कार्यकर्ताले भगवान माने जस्तै मानिने पार्टिका नेताहरूलाई एक पछि अर्को गरि लाठी र कुर्ची किन प्रहार गरेका छन् भन्ने कुरो ठुलो हो । माधव नेपाललाई पाउमा ढोग्नुपर्ने कार्यकर्ताले उचित सम्मान पाउंदैन भने भोलि सार्वजनिक कार्यक्रममा माधव नेपाललाई झापड हान्नु ठुलो कुरो होईन । माधव नेपालको पाउमा जबर्जस्त ढोग्ने कार्यकर्ताले भोली माधव नेपाललाई गालामा सामान्य छोए भने पनि धुलिराम कुटाइ खाने त आखिर ढोगाएइका ती पीडित कार्यकर्ता हुनेछन्, तिनलाइ भरौटेहरूले मरणासन्न हुने गरी पिट्नेछन्, जसरी हिजो प्रबेश बस्नेत पिटिए । हो, सार्वजनिक कार्यक्रममा आगन्तुक पाहुनालाई हात हाल्नु मर्यादा र नितिगत बस्तु भन्दा बाहिरको कुरो हो । तर पार्टीको सम्पत्तिमा आफ्नो एकाधिकार जमाउने, आफ्नै बोलवाला मात्र बढाउने, परिवारबादलाई प्रश्रय दिने, कामको नाममा गुटको पूजा गर्नेहरूलाई ‘झापड’ काफी हुंदैन । त्यो पनि एक प्रकारको आन्दोलन हो । सुधिने मौका सिकाउने पाठ हो । सार्वजनिक कार्यक्रममा सुरक्षा दिन नसक्ने फितलो प्रशासनलाई पनि दरिलो झापड हो । देबीप्रसाद र बस्नेत पार्टीगत बिरक्तताको आन्दोलनको प्रबेश पात्र मात्रै हुन् । छ/छ बर्षसम्म जनताको नाममा सिन्को नभांच्नेहरूलाई दीइएको खुल्ला चुनौती हो । भोलि यसैगरि गच्छदार, यादब र प्रचन्डहरू पनि झापड नखालान भन सकिंदैन । जसरी पार्टीको अरबौं रुपैयां उपेन्द्र महतोसंग हाइड्रो पावरमा लगानी हुन्छ, गोल्छाको जस्तापाता कारखानामा लगानी हुन्छ, चौधरीको चाउचाउमा लगानी हुन्छ अनि खेतानसंग बैंकमा लगानी हुन्छ त भने तिनीहरूको वास्तविकता बाहिर नखुलुन्जेल अब क-कसले झापड खान बांके छ, त्यो त समयले देखाउने कुरो हो ।

    होईन भने कर्मठ कर्मचारी ब्रिन्दा हाडा मन्त्री महेन्द्र यादबको भ्रष्टाचारकी बाधक बनेर किन सरुवा भइन ? एउटा साथी भन्दै थिए, गच्छादारको एक दिनको कमाई एक करोड हुन्छ रे । नक्कली नागरिकता र पासपोर्टको मात्र पनि हिसाब गर्ने हो भने उनको कमाई एक दिनको करोड नाघ्छ रे । सुन्दा ‘रे’ लागे पनि वास्तविकता यहि हो । बरियतामा परेका एउटा मामुली प्रहरीको बढुवा किन महिना दिन रोकियो ? बाबुरामले ५४ करोड वा गच्छदारले ७३ करोड घुस खाने बहानामा बिचरा निबर्तमान प्रहरी प्रमुखले साबिकको बिदा पाएनन । राणा, राना, शमशेर र थापा जो आएपनि हामीलाई चाहिएको सुरक्षा हो । तर एउटा सुरक्षा प्रमुखको नियुक्तीको प्रसंग आधा अरब भन्दा बढीको मिलमोलाइमा बिक्छ भने नेपाल सरकारका खाली रहेका प्राय सम्पुर्ण संस्था र आयोगगका प्रमुखहरूको नियुक्तीको लागि गच्छदार र भट्टराईहरुका स्विस बैंकका बचत खाताका ट्रान्जेक्सन कति बढ्लान्, स्विस बैंकमा अन्तराष्ट्रिय रेमिट्यान्स प्रमुखलाई थाहा होला । यी र यस्ता अप्रासांगाकिक कथाहरूले बढवा पाइरहेको अन्यौलतामा हिसिला यमीका चुरीफिरी किन नबढुन ? उनैका दिदिहरू संस्थानहरुका प्रमुख हुनु सानो कुरै भएन । तर निरन्तर जनताका कसम खाएका इमान्दार कर्मचारीले कुनै अधिबेशनमा गच्छदारहरूलाई झापड हान्नु कुरो नौलो भएन ।

    यहां बोल्नेहरूको आवाज थुनिएको छ । लेख्नेहरुका निप थुतिएका छन् । पढ्नेहरुका किताब च्यातिएका छन । सांचोबोल्नेहरू मुक्तिनाथ अधिकारीहरूजस्तै गरि रुखमा झुन्ड्याइएका छन् । सहि काम गर्नेहरुका छाती गोलीले पड्काइएका छन् । के झुन्ड्याएको शरीर हेर्न जनाअन्दोलनको उदाहरण सापटी लिनु पर्छ र ? नत्र त किन मेलम्ची ठेक्का रद्ध हुन्छ ? कुनै ठेकेदार कम्पनीले सम्झौता पत्र टेबलमा राख्नु भन्दा पहिले कति घुस दिनुपर्छ ? त्यो त पोखरा बिमानस्थलमा बुझाएको घुसको नजिर नै काफी छ । अब फेरि रद्ध मेलम्चीको पुनर्बाहालीको लागि कति करोड घुस छुट्याउने ? त्यो कसले खाने ? कहीले टुंगो लाग्ने र पानीको पाइप गाड्न सुरङ्ग खनिने ? काकाकुल जनताले पांच तारे होटलमा भोलि हुने ‘मेलम्ची परियोजना ?’को बैठकमा तिनका टाउकेहरूलाई झापड हान्दा के बिग्रन्छ ? हरेक कुरोको बिकसित घटनाक्रम हुंदोरहेछ । इराकमा जर्ज बुशलाई झापड हान्न अल्छी लागेर ती पत्रकारले जुत्ता हानिदिए । संसारले हेरेको त्यो टी भी स्क्रीनले कुशल शिकारीले धनुवाण हाने जसरी बुशलाई जुत्ता हानेको सर्लक्क देखाइदियो, जुत्ता हान्दा बिचरा के सोचे होला, बुशले ? त्यो भन्दा लाजमर्दो कुरो केही हुन्छ र थियो ? समाचार र शक्तिले घटनालाई जसरी जता मोडेपनि दुनियांको शक्तिवाललाई जुत्ताको गोली प्रहार सानो तिनो इज्ज्तको सवाल होईन । बुझ्नेले जुन हर्कतले बुझे पनि हुन्छ । तर सामान्य भाषामा त्यो पत्रकारको मुटु सानो थिएन । भनिन्छ, जब मान्छेले मान्छेलाई मान्छे गन्दैन, तब मान्छेले मान्छे हुन मान्छेकै साहारा लिन्छ । तर मान्छेले मान्छे हुन झापड र जुत्ताको पनि साहारा लिने दिन आएछन अब । र त आफ्नो गुम्सिएको रिस पोख्न पत्रकारले जुत्ता हनिदियो । हाम्रा नाममा कसमा खाएका ती ६०१ ‘भत्ते’ हरूलाई भोली कथमकदाचित हुने चुनाबको भतेरमा हजारौंले स्वागत स्वरुप जुत्ताका माला लगादिए ठुलो कहानि नहुने भो अब । साझा बस बिलायो, गच्छदारको अग्नि यतायातले किन दिनानुदिन नयाँ बस थपिरहेको छ ? दुर्-संचार डुबिसक्यो, किन संचालक थाहा नभएको एनसेलले एकछत्र राज गरिरहेको छ ? बाबुरामको गाउंको र दक्षिण एसियाको ठुलो गोरखकाली टायर बन्द हुन लाग्यो, किन महिन्द्राको टायर कन्टेनरका कन्टेनर आयत हुन्छन् ? बनका सारा जडिबुटी सकिए, किन यार्सागुम्बाहरू बेच्न गच्छदारका भरौटेहरुका ट्रक रातारात भारत जान्छन ? गोर्खे खुकुरीको शान मासियो, हरेक पार्टीका भिजिलान्तेहरू कसरी थ्री नट थ्री पकेटमा बोकी हिड्छन ? चौध घण्टा लोड्सेडिङ हुन्छ, किन कालीगनडकी र मर्स्याङ्दीको पानीमा राजनीति हुन्छ ? जीबनजल छैन, किन आफैले खाएको गरीबको धुरी उडाउने रवाफ देखाउंदै ४ लाख खर्च गरेर प्रधानमन्त्री जुम्ला जान्छन ? क्यान्सर भएर जगदिश घिमिरे मार्न लागि सके, नारायणकाजीको उपचारको लागि केटी पी ए सहित जापानमा ४ करोड सरकारी ढुकुटी रित्याइन्छ ? गरिबका घरमा भुटुन छैन, किन प्रचन्डका टाउकामा जेल टल्किन्छन ? राउटेलाई एकसरो लुगा छैन, किन शेरबहादुरलाई छाकै पिच्छे बियर चाहिन्छ ? झमक घिमिरेलाई लेख्न मसी छैन, १ किलोमिटर परै फ्रान्सेली अत्तरले किन झलनाथ बासाउंछन ? दशैंमा पाहुना पाछा सम्याउन गरीबको हैसियत छैन, किन सुजाता इटलीमा करोडको झोला किन्छिन ? यस्तै असमानताले जब जागजेहर गर्ने मैदान पाउंदैन, तब त्यहि असमनताका भुक्तभोगीहरू मैदानबाटै गोल्ड्स्टार जुत्ता र पायल चप्पल नेताहरुका मुखमा हान्न पछि पर्दैनन ।

    आफूलाई क्रान्तीका नायक भन्नेहरू कार्यकर्ताका बुइं चढेर खोला तर्छन । झलनाथले प्ररायु संघका कार्यकर्ताको बुइं चढेर खोला तरेको सबैले देखे । अर्जुननरसिंहले नुवाकोटको खोला पनि त्यसरी नै तरे । तराइमा यादब र गच्छदारहरूलाई त भारतीय ट्रयाक्टरले ने खोला तारिदिन्छ क्यार ! प्रचन्डजीलाई बुइ चढाउनेहरू कति-कती ! मुस्ताङ वारी पार्क गरेर सुरक्षाकर्मीका लावालस्कर सहित राउटेको घरमा भात खा’को जनबाद र कम्युनिज्म देखाउन भट्टराई बुइ चढे । आखिर यो ढोंग किन ? समाजबादको लागि जीवनको सर्बश्व दिएको भनि नथाक्ने कांग्रेसीहरू एउटा खोलो तर्न सक्दैनन ? त्यसो भए लौह पुरुष गणेशमान जेलको ढलबाट कसरी बाहिर निस्के त ? १५ हजार नेपालिको रगतको खोलो बगाएर संसारको अलौकिक क्रान्ती गरेका र गोरखा जेल ब्रेक गरेका कार्यकर्ताका नेताहरु खोलो तर्न सक्दैनन ? जनताको रगतमा होली खेल्नेहरु, हिलोमा पाइला राख्न सक्दैनन ? के हिलो र खोलोमा टेक्दा प्रचन्डको ३ लाख पार्ने घडिमा पानी पस्छ ? कस्तो चिमचिमे घडी उपहार पाएका रहेछन् तिनले ? पानीमा पाइला राख्दा प्रचन्डको ४ लाख पार्ने खाटमा सेप लाग्छ ? जुका टांसिन्छ ? झलनाथको अत्तर पानीले चिस्याउछ ? के सीको कपाल पानीले तालु बनाइदिन्छ ? पसिनाले डुङ-डुङ गनाउने यादब र गच्छदारहरूलाई त पानीले फ्रेश गराइदिनु पर्ने हो । तर पनि हामी खोला तार्ने बाहानमा यिनीहरूलाई किन बुइ चढाउंछौं ? त्यति सस्तो छ, हाम्रो बुइं ? हाम्रो इमान ? त्यति नालायक पिठ्युं हो हाम्रो ? भ्रष्टाचार र लाचारहरूलाई बुइंमा राखेर दासताको असली ‘भरौटे’ भएका छौं, हामी । नेताको पहुंचमा पुग्ने विश्वाशपात्र न हो कांध थापी आउने, तिनलाई बोक्न । एउटा हैसियतवाला कार्यकर्ताको हबिगत त यसरी भरौटेको पारा हुन्छ भने, नेतालाई ईन्द्र भगवान जस्तो मान्ने अबुझ सर्बसाधारणको बुझाई के होला ? राष्ट्रियता र आन्दोलनको नाममा धेरै बर्षहरू दियौं हामीले । अवसर दियौं, भत्ता दियौं, खानलाई भनेर छानी-छानी मन्त्रालय दियौं, मेलम्ची दियौं, सुस्ता दियौं, कालीगन्डकी दियौं, संगसंगै खोलेको थाइ एयरलाइन्स हेरेर आंशु झार्दै नेपाल वायुसेवा निगम दियौं, आयल निगम दियौं, प्रहरी प्रशासन दियौं, दूर्-संचार र केही त बांकी छ अब सिध्याउन । सत्र हजार बुवा-आमा, दाजु-भाइ, दिदि-बहिनी र नावालक दियौं, गोला बारुद दियौं, साथमा भा’को बन्दुक दियौं र हातमा भा’को पौरख दियौं । हामीले के दिएनौं र ? र यिनीहरूले हामीलाई त्यस्तो के दिए, जसको पुरस्कार स्वरुप अब बांकी रहेको एउटा कांध पनि दिंदैछौं ? सुन्दा, देख्दा र पढ्दा क्रान्तिकारिता लागे पनि पाउंन्जेल कसैले कांध दिन्छ, जसले धोका खान्छ उसले झापड दिन्छ अनि जुत्ताले झटारो हान्छ । झक्कु पनि झुक्किदैनन अब, झलनाथलाई चेत आयो नै होला । तर क्रम सकिएको छैन । अस्ति भर्खर एमालेका कार्यकर्ताले एउटा केन्द्रिय नेतालाई गोरखामा मोसो दल्दिए क्यार !

    र यिनिहरुका गन्तब्य भनेका केबल कुर्सी रहेछन् । आफूले त पाए-पाए । अरुलाई दिदैंनन । भतिज, काका, सासु, साला र सालीहरू यी सबैका पार्टीमा आसिन छन् र आश्रीत छन् । श्रीमती र छोरा छोरी त हकदार नै भए । हामीले सर्वश्व दिए पनि यिनको सर्वश्व कुर्सी मात्र रहेछ । तर गुलियो पनि बढी खायो भने तितो हुन्छ । तिनीहरू बस्ने कुर्सी नैनाई तिनिहरुका टाउकामा बजारिन थालेका छन्, आजकाल । हो आजकाल, आजकाल तिनका पार्टीका सम्मेलनहरुमा कुर्सी हानहान छ । बालाजुमा आफु-आफु कुर्सी हान्दै भाइहरू छुट्टिएर बसेका छन् । हिसाब-किताब प्रतिशतमा मिलाउने सम्झौतामा कुर्सीको लहरो हल्लिएको छ । अरबौंको हिसाब-किताब त कसरी मिल्ला र सजिलै ? भोलि कसको टाउको फुटेको पढनु पर्ने हो, त्यहि छ पिरलो । कारोबारमा नमिलेको उकालीको कुर्सी झगडा सानु बाटो छा भिरालो — । भाई भाइको कुर्सीले के देखाउने हो, यहि छ पिरलो । कुर्सी झगडा होईन भने, ने बि संघको सम्मेलन किन गर्न सक्दैन, कांग्रेस ? एमालेको अनेरास्वबियुको हानथाप र परशुरामहरूको बोलवालाले स्थगित भएको धेरै भएको छैन । माओबादीहरुका जबस सम्मेलन पुरै स्थगित छन् । भाइ-भाइको कुर्सीरुपी अंश र पैसाको हिसाब-किताबको लेखा जोखाले कट्टेल र पन्तका भारदारहरू बिच हानथाप छ । भट्टराई र दाहालहरू त ठुलै खालका हिसाब मिलाउनेहरू भए । यी यस्ता मेसोमा गगन थापाहरू हराएका छन् । रबिन्द्र अधिकारीहरू सेलाएका छन् । हेमराज भन्डारीहरू ओइलाएका छन् । लेखनाथ न्यौपानेहरूलाई लत्त्याइयो । बिश्वप्रकाश शर्माहरू हराए । आशाका भांटाहरू पनि टांट पल्टिएपछी तिनीहरू पनि कुर्सीको लागि दगुरेको प्रमाण हुन्छ । होईन भने, हिजो गोदावरी रिसोर्टको न्यानो कोठा, चिसो चुस्की र पिरो चिकेन चिल्लीको बिरोध गर्ने थापा, अधिकारी र भन्डारीहरू अनेक बहानामा किन गोदावरी कुंदिरहेका छन् ? काम नभए हरिबंश र मदन दाइले जस्तै कुरिलो खेती गरे भैहल्यो । कुर्सीको लागि राजनीति होईन भने बिस्वप्रकाशजीले लेख्नुभएको गीतमा फिल्म नपाएर धिरेन शाक्यले झैं म्युजिक भिडियो खेले भैहाल्यो । इमान्दार नेताले इमानको राजनिती गर्न सकेन भने मरेर पनि आज बि पी को नाममा कहां धूप बलेको छ र ? मदन भन्डारीको जबज खै ? मनमोहनको आफ्नु गाउं-आफैं बनाउन को लागेको छ ? पुश्पलालको अस्तित्व खोइ ? बर्षमा एक दिन शालिकमा टाउकेहरूले फूल अर्पण गरेर हुन्छ र ? त्यत्रो शाशन गरेर बिद्धा भण्डारीले आफ्नो श्रीमानको हत्यारा पत्ता लगाउन के गरिन ? झापा आन्दोलन गर्ने सी पीको हालत हेरे हुन्छ । पन्चायतताकाका निर्णायक बार्तावाल राधाकृष्ण कहाँ पुगे, पुगे ! जातियताको नाममा गोरेबहादुरले राजाको हातको टीका लाएसरीको राजनीति के राजनीति ? एन जी ओ खोले हुन्छ । धन्न अनुराधा कोइराला, रबिन्द्र मिश्र, पुश्पा बस्नेत, दिलशोभाहरूले इज्जत राखिदिएका छन र नेपाली भन्न पाइएको छ । रचनात्मक कामको लागि इमान्दारिताको राजनैतिक पापड नमोलिए, केबल कुर्सीका लागि लटारो रहिरहे झापड्, जुत्ता र थाकेका बुइंहरुले भोलि फेरी-फेरि के गर्लान्, के गर्लान ! अस्तु ।

    गोकुल ढकाल
    लस एन्जलस, अमेरिका ।
    सेप्टेम्बर २९, २०१२ ।

    Reply
  52. Ujjwal says:
    September 30, 2012 at 7:01 am

    I salute the guy who was brave enough to hit the poltician who has done nothing for the country …why that guy was beaten? For hitting the poltician…Then what about all the pain and killing that polticians have given to the people…Also it shows that Nepalese people are very uneducated, ignorant and stupid as they can’t differentiate between right and wrong and take actions against those selfish polticians…

    Reply
  53. madan bajracharya says:
    September 30, 2012 at 7:00 am

    “कुर्सि नपायमा झगडा गर्ने रोग नेता बात कार्यकर्तामा सर्यो”

    मात्रिका र कोईरालाको बिचमा यस्तै झगडा भयको थियो/ पार्टी सभापति मात्रिका प्रधान मन्त्रि बन्यो बीपीले मात्रिकाले पार्टीको सभापति र प्रधान मन्त्रि दुवै पद आफैले राखेकोमा बिरोध गर्यो/ मातृकाले सभापति पद बीपीलाई दियो/ बिपी पनि पछी प्रधान मन्त्रि बन्यो तर सभापति पद छोडेनन्/ त् मात्रिका पार्टीमा रहन सकेनन र सदनमा रहेको आधा सय भन्दा बढी आफ्ना समर्थकहरु समेत महेन्द्र सिट मिल्न गय/ तव न महेन्द्रले सदन भंग गर्न सकेको थियो/

    यहि कुरा पछी पार्टी सभापति कृष्ण प्रसाद प्रधान मन्त्रि हुँदा गिरिजाले बिरोध गर्यो/ क्र्सिहं प्रसादले पनि मातृकाले जस्तै सभापति पद गिरिजालाई दियो/ पछी गिरिजा प्रधान मन्त्रि हुँदा सभापति पद समेत आफैमा राख्यो/ यो कुरामा गिरिजाको बिरोध भयकोमा गिरिजाले कांग्रेसको केन्द्रिय समितिमा महा अधिबेशन बात जति जना केन्द्रिय समितिको चुनियर आउँछ तेतिनै संख्यामा आफुले आफ्ना समर्थकहरुलाई मनोनयन गर्न सक्ने नियम बनायो र उसको सभापतिको कुर्सि कसैले पनि छिन्न नसक्ने उसको कुरा समेत कसैले बिरोध गर्न नसक्ने बनायर पार्टी भित्रै प्रजान्त्रको उपहास गर्यो/

    कांग्रेस पार्टी भित्र तानाशाही लादेर गिरिजाले आफु भन्दा उपल्लो नेता गणेशमानलाई पार्टी बात अपमानित गरेर पार्टी छोड्न बाध्य गर्यो/ कृष्ण प्रसाद पनि गिरिजा भन्दा माथिको नेता थियो/ आफ्नो कार्यकाल समेत पुरा टिक्न नसकेको नालायक अहमी गिरिजाले जव आफु अगाडी आयमा जनताले नपत्याउने कुरा बुझ्यो उसले “अबको प्रधान मन्त्रि कृष्णप्रसाद भनेर जनतालाई झुक्यार भोट त् बटुल्यो तर कृष्ण प्रसादलाई प्रधान मन्त्रि पदमा टिक्न दियन/ कांग्रेसका ठुला नेताहरु पार्टीको केन्द्रिय समितिमा मात्रै होईन सानो तिनो भेलामा पनि आफ्नो चम्चाहरु मात्रै भयको हेर्न चाहन्छ/

    आफुलाई देसको सबै भन्दा पहिलो प्रजातान्त्रिक पार्टी भनाउने कांग्रेस पार्टी भित्रै यक चोटी होईन बारम्बार प्रजातन्त्र माथि कू हुँदै आयको छ/ मत प्रणालीलाई अपांग बनाउने टिके नेता नियुक्त गर्ने कुप्रथा कांग्रेसले नै हुलेको हो/ आज यो कुप्रथा कू संस्कार बात संक्रमित भयकै कारण देसमा कसैको नेत्रित्वोको सरकार टिक्न सकेन/ अरु त् अरु संबिधान सभमा जनता बात चुनीयको सभासदहरु अपांग बनेको र सभानै बिघटन समेत यहि कुप्रथा र कुसंस्कार बात भयको हो/

    कांग्रेसको यो रोग यो कुसंस्कार आज महामारी बनेर नेपालको अरु राजनैतिक दलहरुमा पनि सर्दै गयो/ सबै दलका ठुला नेताहरु प्रजातन्त्र लोकतन्त्रको कुरा गर्छन तर आफ्नो तानाशाही चलाउन र कुर्सीमा आफ्नो प्रतिद्वन्दीलाई दवाउन पार्टी जस्तो सुकै कुकर्म गर्न पनि पछी पर्दैन भन्ने कुरा यमालेमा सबैले मानेको मदन भण्डारी कसकसले त्रिसुलिमा दुबाईयको थियो भन्ने कुरा यमाले भित्रै बात उठेको सबैले सुनेको कानाफुसीले नै देखाउंछ/

    आफ्नो पार्टीको सरकार भन्दा अर्को पार्टीको सरकारले कुनै राम्रो काम गर्न नसकुन भनेर गरिने कुकृत्यहरुको कारण त् हामि बुझ्न सक्छौ/ तर आफ्नै पार्टीको कुनै अर्को नेता प्रधान मन्त्रि भयर राम्रो आफु प्रधान मन्त्रि भयको बेलामा भन्दा उल्लेखनीय काम गर्न खोजे, आफु भन्दा सफल बन्न खोजे असहयोग मात्रै गर्दैनन् खुलेरै आफ्नै पार्टीको नेत्रित्वोको सरकारको पनि बिरोध कुन हद सम्म गिरेर गर्छन भन्ने कुरा गिरिजाले देउपाले अमेरिका बेलायत जर्मन लगायत ठुलो शक्तिशाली रास्त्र्हरुको समर्थन र सहयोग बटुल्न सफल भयको अबस्थामा देउपालाई पार्टी बाटै निकालेको, माधव नेपालले झलनाथको बिरोध गरेकोले प्रमाणित गरेकोछ/

    अब यहि रोग मावोबादिमा पनि सरेको छ/ मावोबादी पार्टीमा भयको तिन ठुला नेताहरु प्रचंद्र बाबुराम र बिद्यमा सबै भन्दा ठुला नेता त् प्रचंद्र नै थियो/ प्रचान्द्र्लाई बैद्य र बाबुराम मिलेर कसरि लुत्रुके बनायो त्यो हाम्रो सामुन्नेनै भयको कुरा हो/ प्रचंद्र लाई लुत्रुक्के बनाई सके पछी बैद्य आफैले काँधमा बोकेर प्रचंद्र्को गर्धन माथि बसालेको बाबुरामको खुट्टा आज बैद्यले नै तान्दैछ/

    ठुला दहरुका ठुला नेताहरुलाई लागेको यो “रेबिज” रोगले आज पार्टीका कार्यकर्ताहरु समेत संक्रमित भयकोछ/ तर “रेबिज” रोग लागेको कुकुरलाई सद्द्य कुकुरले समेत बहिस्कार गर्ने कुरा टोल चोक गल्लिकै कुकुरलाई यो रोग लाग्दा तेही गल्लि चोककी कुकुरले भुक्दै लखेट्ने गर्छन/ अहिलेको घटनाले यहि देखाउंछ/

    ठिकै छ आज ई कुकुरहरुको राज चलेको छ/ भोलि जनताको राज चलेमा ईनिहरुलाई “के” मिसाईयको हलुवा खुवाईनेछ भनेर बेला मै ईनिहरुले नबुझे नगर पालिकाले गल्लि गल्लीमा “के” मिसाईयको हलुवा खुवायर लड़ायको कुकुरहरुको कै हालतमा ईनिहरु पनि पुग्नेछ/

    Reply
  54. Aryan Shrestha says:
    September 30, 2012 at 5:53 am

    बिचरा यो मान्छे लाई किन कुट्नु पर्ने नि? नेपाली काँग्रेसका कार्यकर्ताहरुले बरु आफ्नो नेतालाई किन कुटेको भन्ने कुरा सोंच्नु पर्ने हो

    Reply
  55. punya hawaii says:
    September 30, 2012 at 5:31 am

    बेइमान र कोठे राजनीति गर्ने नेताहरु प्रति यो त कार्यकर्ताको असन्तुष्टिको पूर्ब संकेत मात्र हो।अब कार्यकर्ता र जनताबाट नेता हरुको राम धुलाई गर्ने दिन आउदैछन।सबै नेताहरु होसियार!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    Reply
  56. mirendra USA says:
    September 30, 2012 at 5:29 am

    What he did , thats good for stupid leader and all politician in Nepal are dog .
    I am also Nepali and I love my country . I like to go back to my country but we will not get any chances to do something better than what we are doing here until all dog die.So, We need to have unity to kill all dog to be better . Please be together to kill all dog.

    Reply
  57. rajbarsingha thapa / canada says:
    September 30, 2012 at 5:00 am

    आहा क्या दामी है ,,,यी बेमानी पार्टी का हुडार नेता भनौदा हरुले यौटा नागरिक राजा को दिन प्रतिदिन बढे को जन समर्थन देखेर रोइ कराई नजरबन्द गर्न खोज्दा जनताको लहर उल्लास उत्साह संगै फुल माला को बाढी आयको देखिन्छ आफ्नै पार्टी को कार्यक्रम मा जादा अब यी बेमानी हरुले थप्पड / लौरो / दाउराको ठुन्को को झटारो खान सुरु भा छ … अब कोइ कोइ पार्टी प्रमुख भनौदा हरु लाई त उसकै कार्यकर्ता भन्ने हरु ले कुटी कुटी मार्ने दिन धेरै टाढा छैन ,,,यसरि सिधा सोझा नेपाली जनता र निर्दोष नेपाली धर्ति माथि बेइमानी गरेर छुरा धस्नु हुन्न नि…..हो तेसैको ब्याज जनता ले तिर्दै छन् अब ..जनता बल्ल बिस्तारै जाग्दै छन् ,,भयको / देखेको / साचो कुरा / गरेमा फेरी ,,यहा राजा बादी / पुनरुथान बादी / यथा स्थिति बादी को बिल्ला भिराई हाल्छन ,,,,,,केहि छैन अझै के के देख्दै जानु मिल्छ २/४ दिनमै …यी .बेइमानी हरुलाई ..बेइमानी .को नी हद हुन्छ नि .

    तर त्यो बचाउने हिम्मत देखाउने दिदि को साहस देखेर सलाम गर्न मन लाग्यो ….को होलिन त्यो दिदि …..

    Reply
  58. दीप says:
    September 30, 2012 at 4:27 am

    यो video हेरी सकेपछि लाग्छ समाज अलिकति अराजक तिर बढ्दै गएको हो कि भन्ने लाग्यो मलाइ अपराध गर्ने व्यक्ति बस्नेत लाइ पुलिश ले समाएर अदालत मा पुर्याउनु पर्ने र अदालत ले कानुन अनुसार सजाय दिलाउनु पर्ने हो तर येहा सब भिड ले बस्नेत लाइ गोदेको छ र पुलिश हरु तेत्रो ठुलो नेताहरु भएको ठाउको कार्यक्रम मा नातातियेर सुस्त सुस्त मिलाउदै बस्या देखिन्छ एस्तो बेलामा पुलिश ले तुरुन्त बस्नेत लाइ समाएर हत्कडी लगाई थाना मा लग्नु पर्ने थियो अनि पूर्ण रुपमा अनुसन्धान गर्नु पर्ने थियो र घाइते हरु लाइ ambulance मा हाली उपचार गर्नु पर्ने थियो तर येहा बस्नेतमा अपराध गर्ने मनोबल कसरि आयो र अपराधि बस्नेत माथि तेत्रो पुलिश को अगाडी भिड ले गोद्नु भन्या अलिकति अराजक पना देख्न सकिन्छ / तेसैले सभ्य समाज निर्माण गर्ने हो भने पुलिश को काम अपराधी लाइ समाएर अदालत मा पेश गर्ने र अदालत ले सजाय सुनाउने हो र पुलिश को काम भन्या सबै जनता को ज्यु , धन, सुराच्या गर्ने हो र पुलिश लाइ कानुन र समाज रच्या को लागि तम्तयार हुन् लगाउनु पर्दछ अनि समाज सहि दिशा मा अगाडी बदछ /

    Reply
  59. vivek says:
    September 30, 2012 at 4:02 am

    सोले फिल्ममा “गब्बर तुम १ मारोगे तो हम चार मारेंगे”, भन्थ्यो धर्मेन्द्रले ; सोल्टीले नि भेट्न त दरो भेटेछन l

    अजब देश कि गज़ब कहानी ,
    सुशीलजीलाइ कुर्चीको सलामी………….

    Reply
  60. Sara says:
    September 30, 2012 at 3:48 am

    झलनाथ खनाल ले झापड खादा प्रधानमन्त्री भाथ्यो,सुसिल कोइराला त प्रधानमन्त्री मात्र
    होइन रास्ट्रपति नि बन्ला जस्तो छ भन्ने हाम्लाई लाईराख्याछ

    Reply
  61. Raj says:
    September 30, 2012 at 3:23 am

    ‘जो होचो उसकै मुखमा घोचो’!
    म कुनै पार्टी समर्पित बेक्ती होइन! तर यो घटनाले दुख बनायो!!

    नेपाली कांग्रेसमा एकमात्र इमान्दारी, चरित्रबान र पदको लागि वास्ता नगर्ने र कांग्रेसको लागि लड्ने बचेको नेता भनेकै शुशील कोइराला हुन्! पार्टीको लागि उनले बेक्तिगत त्याग कति गरेका छन् भन्ने कुरा सबैलाई थाह छ!

    न उनले आजसम्म कुनै सम्पति जोडे, न बिहे गरे, न त कुनै महिला संग अनैतिक काम गरे, न त कुनै बिदेशी प्रोजेक्टको सी आइ ड़ी भएर नेपालमा काम गरे, नत संसद किनबेच गर्न पट्टि लागे, नत ढुलमुले नीति नै लिए! उनको सम्पति भनेको नेपाली कांग्रेस पार्टी मात्र हो!

    अरबौ भ्रस्टाचार गर्ने, ठग, जाली, फटाहा, देशद्रोही केहि नेपाली कांग्रेस का नेताहरुलाई कुनै कार्यकर्ताले छुन सक्छ? अझ भनुम भने त्रिभुवन बिश्वबिद्यालय देखि बिआइसीसी सम्म पुग्ने कांग्रेसका गुन्डाहरु र गाउ देखि सिङ्गदरबार सम्म पुग्ने कांग्रेसका पुजीबादी ठगहरुलाई कसैले केहि गर्छ? बस्नेत पनि यिनीहरु जस्तै को चेला हुन्, जसले आफ्नै गुरुहरुको निर्देशनमा कांग्रेसभित्रको एक्लो ब्रिहस्पतिलाई आक्रमण गरेका हुन्!!

    Reply
    1. Sisir says:
      September 30, 2012 at 3:44 pm

      राज जी,
      केहि बिसेस्ता चाही छुटेछ,
      यी बुढा चल्तीका अरु नेता भन्दा सरल देखिन्छन तर देश र जनताको लागि कुनै भिजन नभाको, कोइराला हुनु र ५० वर्ष राजनीतिमा लाग्नु नै आजीवन योग्यता ,घमण्डी गिरिजाको kitchen क्याबिनेटका मुख्य पात्र, बाहिर निकै भलाद्मी भित्र भित्र लास्तई खुरापाती, युवा नेतृत्वमा कहिले विश्वास नगर्ने, अध्यनको कमि आदि यिनको बिसेस्ता हो …

      यिनको एउटा मात्र राम्रो पक्ष भनेको आर्थिक मुद्दामा नाम नाजोदिनु र प्रजातान्त्रिक सासन बेबस्था प्रतिको निष्ठा मात्र हो … अरु त मैले यो बुढामा राष्ट्रिय इस्टरको पार्टी/देश हाक्ने नेतामा हुन पर्ने तेस्तो बिसेष आकर्षण केहि देखेको छैन(हुनत हालका कुनै नेतामा पनि छैन ) … तर सुशील जीको भाग्य भने दरो रहेछ, नत्र त्यो चौकसले लागेको भए जे पनि हुन सक्थियो , मृतु पनि ..
      By main point is Date expired Sushil Koirala has nothing new / innovative to give to this nation which has so much of expectation .. नेपाली कांग्रेस पतन हुनुमा गिरिजा र उनका मुख्य सल्लाहकार सुशील नै मुख्य पात्र हुन् .

      Reply
    2. madan bajracharya says:
      September 30, 2012 at 10:27 pm

      राजज्यु/
      सुसिलको ब्यक्तित्वोलाई यसरि पनि बर्णन गर्न सकिन्छ/ सुशील गिरिजा नमरुन्जेल उसको कुर्सि पुछुवा रही रह्यो/ गिरिजा र उसको परिवारको हरायक कुकृत्यलाई सुसिलले सुकर्म मानि रह्यो/ यो कुराको प्रमाणको रुपमा अस्ति अरवौ को ठगि गर्ने बंगलादेसको ठग रुबेल अर्थात सुजाता र आफ्नो ज्वाईलाई बचाउन प्रचंद्र्को घर सम्म पुगेर रुबेललाई बचाउन रोई कराई गरेकोले प्रमाणित गर्छ/

      सुशील कांग्रेस पार्टीमा भन्दा कोईराला परिवारमा समर्पित व्यक्ति मात्रै हो/ गिरिजा जीवित रहुन्जेल उसको आफ्नै कुनै नीति र भिजन रहेन/ नेपाली कांग्रेसमा अझै पनि सुसिल भन्दा पार्टी चलाउन सक्ने योग्य र समर्थ नेताहरु छन्/ गिरिजा र शेर बहादुरको सम्झौता पछी सम्झौता अनुशार देउपाले नै कांग्रेसको नेत्रित्वो पाउनु पर्ने थियो तर कोईरालाहरु बस्दै आयको सभापति पदको कुर्सीमा योग्य भयर सुसिल बस्न सकेको होईन कोईराला भयर मात्रै बस्न सकेको हो/ साँच्चै भन्ने हो भने सुशीलको अकर्मन्यताले गर्दा कांग्रेस पार्टी भित्र फुट शिर्जना भयको छ कोईरालाहरुको प्रेत प्रबिती हाबी भयकोछ/

      सुसिलको नेपालगंज स्थित घर बात करिब यक किलो मिटर दुरीमा गगन गंज नामको टोल छ/ सन् २०५५ साल साम त्यो टोलमा बदिनिहरुको अस्मिता को लिलाम हुँदै गरेको सुसिलले देखेको थियो/ त्याहा अरु र अरु नाबालिक बदिनी बच्चिहरुको अस्मिता समेत हरायक दिन लिलाम हुन्थ्यो/ बिहा समेत नगरेको सुसिल कति नपुंशक नेता थियो भनेर उसको छिमेकी टोल गगन गंजमा उसैको अगाडी बदिनिहरुको अस्मिता लिलाम हुँदै गर्दा पनि उसले तिनीहरुको उद्धारको निमित २०५५ साल सम्म पनि केहि नगरे बात प्रमाणित हुन्छ/

      Reply
    3. kisaan Thapa says:
      October 1, 2012 at 3:34 am

      ह्या राज जी, तपाई पनि के कुरा गर्नुहुन्छ, बुढा को नेपालगंज क्याम्पस मा पढाउने एउटी महिला संग मोहब्बत थियो २०४७/४८ तिर / नाम मैले बिर्सिए अहिले, थर चाहि कार्की हो जस्तो लाग्छ ती महिला को / नेपालगंज मा यो कुरा धेरै लाइ मालुम छ / त्यो मोहब्बत पुरानो पनि हुन् सक्छ, ०४७/४८ मा मात्र बाहिर खुलाशा भएको हुन् पनि सक्छ /

      Reply
  62. pawan says:
    September 30, 2012 at 3:06 am

    बिचरा यो मर्न लागेको बूढा लाई कस्ले छोयो होला | यदी छोएको भए ज्यानमारा मा पर्ने थियो तो मान्छे | र यो नेता हरु को कुकर्म को फल पनि हो हुनत |

    Reply
  63. prakash lama says:
    September 30, 2012 at 3:04 am

    ‘रिश खा आफु बुद्धि खा अर्को’ भएछ बस्नेतलाइ !! धन्न हुलले ज्यान लिएनछ संट्सको !!

    Reply
  64. S Lama says:
    September 30, 2012 at 2:40 am

    काङ्रेसले काङ्रेसलाई नै कुटनु खोजेकोमा देशको सुरक्षा नै फितलो देख्छन काङ्रेसी कृष्ण सिटौला – ए तेरिमा लाने!भन्न पायो भन्दैमा जे पनि भन्दा रहेछन|अहिलेसम्म जनताले झापड र फ्रेमले हान्दैछन,कुनदिन चाँहीँ जोडनालीले सुइँक्याउँछन यी लबस्तरा नेताहरुलाई!!!!!!

    Reply
  65. Sam says:
    September 30, 2012 at 2:37 am

    आज सबै जनतामा येतिको साहस भएको भए नेताहरुले देसलाइ यो स्थिति सम्म पुराउने दुसाहस गर्ने थियनन / Salute to the brave man.

    Reply
  66. deepak says:
    September 30, 2012 at 2:31 am

    नेताहरुहो अझै पनि बेला छ आफुहरु लाई सम्हाल, गुहे राजनीति छोडेर देश र जनताको लागि सोच, १ जना आफ्नै पार्टी को कार्यकर्ता त सन्तुष्ट भएन भने यस्तो घटना हुन्छ भने करोडौ जनता यसरि लागे भने तिमीहरु को हाल के हुन्छ?

    Reply
  67. hari poudel says:
    September 30, 2012 at 2:28 am

    यो पनि नेपाली जनता को धैर्यता को परकस्ठा हो / देश मा राजनीतिज्ञ र राजनीति पार्टी को नियति पार्टी उब्जिएको वितिष्णा हो / यो बाट नेता हरु प्रति कार्यकर्ता जनता बेखुशी छन् त्यसको परिणाम स्वयं आफ्नो पार्टी मा देख्न थालिएको छ…!!

    Reply
  68. द्रोण says:
    September 30, 2012 at 2:16 am

    यस घटना लाइ सिरियस रुप मा लिएर नेताज्यू हरु ले आफ्नो सुरक्ष्या ब्यबस्ता चै बढाउने र उल्टो जनता थाप्लो माऋण थप्ने त् होलान नि |

    अब कल्पना गरौ सार्बजनिक रुप मा थप्पड हान्ने हात ले ,मुक्का हान्ने हात ले बन्दुक समाउन पायो भने कसो होला ?
    एकातिर आम जनता यसरि आक्रमण मा उत्रेका ,आर्को तिर हिजो को लडाकु असन्तुस्ट !!!,
    बन्दुक ,पेस्तोल आदि केरा जस्तो जता ततै पाइने ,एसले आगामी दिन मा माइसंसार लाइ
    कस्तो कस्तो खबर लेख्नु पर्ने हो ,माइसंसार ले कहिले कल्पाना गरेको छ ?

    Reply
  69. CHIRAN says:
    September 30, 2012 at 2:09 am

    काम त राम्रै गरेका हुन् प्रवेश बस्नेत ले तर धुलाई पो दह्रो पाएछन् सोल्टी ले |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme