Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ल हेर्नुस् त रक्सी कम्पनीले कसरी सबको आँखामा छारो हालेको ! घुस खुवाएपछि रक्सी बन्यो ‘म्युजिक’

Posted on September 27, 2012September 28, 2012 by Salokya


माथिको फोटोमा देखिएको जस्तो भट्टी पसलमा मात्र हैन, काठमाडौँका विभिन्न ठाउँमा ठूल्ठूला होर्डिङ बोर्डमा यस्तो देख्न सकिन्छ। विज्ञापनमा रुस्लान १०० % प्योर म्युजिक लेखिएको छ। खासमा यो रुस्लान भोड्काको विज्ञापन हो। दुरुस्तै रङ्ग र लोगो प्रयोग गरिएकोले यसले भोड्का कै विज्ञापन गर्न खोजेको हो। सर्वोच्च अदालतले रक्सी बियरको विज्ञापन सार्वजनिक ठाउँमा राख्न नपाइने कानुन बनाउन सरकारलाई परमादेश दिएपछि सरकारले २०६७ साउनदेखि यस्तो विज्ञापनमा रोक लगाइसकेको छ। तर आजभोलि होर्डिङ बोर्ड, रक्सी पसल जताततै रक्सी कम्पनीहरुले म्युजिक लेख्दै आफ्नो सामानको विज्ञापन गरिरहेका छन्। यसका लागि उनीहरुले ठूलै रकमको चलखेल गरेको प्रमाण माइसंसारले पाएको छ।

दुई वर्षअघि सरकारले बनाएको नियम अनुसार देशभरका कुनै पनि सार्वजनिक सडक, जग्गा, सरकारी भवनमा मदिराको विज्ञापन गर्न पाइँदैन। त्यसैगरी सहरमा सडकदेखि २ सय मिटर क्षेत्रसम्म पर्ने निजी घरको छत र भित्तामा मेत मदिराको प्रचार गर्न होर्डिङ बोर्ड, फ्लेक्सबोर्ड, मदिराजन्य परिचयपाटी टाँग्न पाइँदैन। गरेको पाइएमा दण्ड जरिवानाको व्यवस्था छ।

तर सर्वोच्चको मानहानी र कानुनलाई उल्लङ्घन गर्दै कसरी ब्यागपाइपर, रुस्लान, रोमानोभ, जोनी वाकर, सिग्नेचर जस्ता रक्सीहरुको विज्ञापन अहिले सहरमा खुल्लमखुल्ला कसरी भइरहेको छ त ? त्यस्ता कम्पनीहरुले आर्थिक चलखेल गरेका छन्। उनीहरुले पैसा खुवाएरै सानो अक्षरमा ‘म्युजिक सिडी’ लेखेर सबको आँखामा छारो हालिरहेका छन्।

यसरी सबैको आँखामा छारो हाल्दैछ रक्सी कम्पनीले

कुनै कम्पनीले म्युजिक सिडी भनेर सानो अक्षरमा मात्रै लेखे पनि कुनैले भने उद्योग मन्त्रालयमा ट्रेडमार्कै दर्ता गराएर सर्वोच्चको अवहेलना हुने काम गरिरहेका छन्। रुस्लान भोड्का उत्पादन गर्ने एसियन डिस्टिलरीले यस्तै गरेको एउटा प्रमाण माइसंसारले पाएको छ।

सो डिस्टिलरीले क्याच इन्टरटेनमेन्ट प्रा लि नाममा एउटा कम्पनी बनाएर रुस्लान म्युजिक र लोगोको ट्रेडमार्कसमेत दर्ता गरेको छ। रुस्लान म्युजिक नाममा धेरै अघिदेखि यस्तो विज्ञापन गर्दै  आएको भए पनि ट्रेडमार्क दर्ता भदौ १९ गते मात्रै गरिएको हो।

ट्रेडमार्कको प्रमाणपत्रमा उद्योग विभागका निमित्त महानिर्देशकले हस्ताक्षर गरेका छन्। दर्ता गरिएको ट्रेडमार्कको लोगो हुबहु रुस्लान भोड्कासँग मिल्दो छ। के यो प्रमाणपत्रमा हस्ताक्षर गर्ने निमित्त महानिर्देशक वा यो फाइललाई उनीसामु पुर्‍याउने कर्मचारीले कहिल्यै रुस्लान भोड्काको लोगो नदेखेका होलान् र ? एउटा कम्पनीसँग मिल्दोजुल्दो लोगो ट्रेडमार्कका रुपमा कसरी दर्ता गर्‍यो उद्योग विभागले ? स्पष्ट छ, यो रुस्लान भोड्काको विज्ञापन गर्न खडा गरिएको फर्जी कम्पनी हो।

के हो १०० % म्युजिक भनेको ? म्युजिक पनि १०० % ५०%  वा २५ % हुन्छ ? अल्कोहल पो हुन्छ। यति पनि नबुझी ट्रेडमार्क दर्ता गर्ने उद्योग विभागका कर्मचारीहरु कस्ता ?

सर्वोच्चको आदेश र सरकारको निर्देशनको उल्लङ्घन गर्ने गलत नियतले ट्रेडमार्क दर्ता गर्न आउँदा  पनि खुरुक्क दर्ता गर्नका लागि हस्ताक्षर गर्ने यी निमित्त महानिर्देशकले कति आर्थिक चलखेल गरे भन्ने बारे छानबिन गर्नुपरेन ?

प्रमाणपत्रमा नै स्पष्ट रुपमा भनिएको छ – ‘…प्रचलनमा ल्याई ख्याति आर्जन गरिसकेको व्यहोरा प्रमाणित भएमा..यो ट्रेडमार्क जुनसुकै बखत खारेज हुनसक्नेछ।’

लौ त, तिमीहरुले पैसा नखाएको भए यो ट्रेडमार्क खारेज गरी देखाऊ तुरुन्तै। कि यो लोगो रुस्लान भोड्काको हो भनेर प्रमाण जुटाउनु पर्छ अझै ? बजारमा छ्याप्छ्याप्ती पाइन्छ भोड्का। उद्योग विभागका महान् कर्मचारीहरुले मात्र नदेखेको?

उद्योग विभागलाई प्रश्न सोध्ने भए यहाँ क्लिक गर्नुस्। कतै तपाईँहरुको प्रश्नले उनीहरुलाई झस्काइदिने पो हो कि।

होर्डिङ बोर्डमा म्युजिक भन्दै रक्सीको विज्ञापन। यो फोटो खिचेको बेला उद्योग विभागमा यो ट्रेडमार्क दर्ता पनि भएको थिएन।
ल हेर्नुस् त दुरुस्तै रक्सीको बोतलमा रहेको डिजाइन राखेर म्युजिक सिडी लेख्दैमा पाइन्छ। के हो यो म्युजिक सिडी भनेको ? कहाँ छ रोमानोभ नामको म्युजिक सिडी ल देखाऊ भनेर समात्न सक्दैन कसैले ? कानुनले रोकेको रक्सीको विज्ञापन खुल्लमखुल्ला गर्दा पनि किन सबै लाचार ?
रक्सीको विज्ञापन गरेर सानो अक्षरमा म्युजिक सिडी लेखेको अर्को उदाहरण। के हो यो म्युजिक सिडी भनेको। यो नामको म्युजिक सिडी कहाँ पाइन्छ ?

[रक्सीका होर्डिङ बोर्डमा मात्र हैन, प्रधानमन्त्रीले हटाउन निर्देशन दिइसकेको काठमाडौँका मुख्य स्थानका होर्डिङ बोर्ड नहटाउन कसरी लाखौँको चलखेल भयो ? प्रधानमन्त्रीकै परिवारबाट कसरी आयो दबाब ? दामासाहीमा कसले कति लाख मिलाएर खाए ? विस्तृत जानकारी भोलि]

यो पनि हेर्नुस्-
मदिराका होर्डिङबोर्ड निषेध (कान्तिपुर, २०६७ साउन ५)

19 thoughts on “ल हेर्नुस् त रक्सी कम्पनीले कसरी सबको आँखामा छारो हालेको ! घुस खुवाएपछि रक्सी बन्यो ‘म्युजिक’”

  1. Pingback: पानी भनेर ढाँट्दै रक्सी बेच्दै « Mysansar
  2. Debindra Karki says:
    October 2, 2012 at 12:21 pm

    के गर्ने बुद्दिजीबी र नेता भनौदालाई नभई हुदैन, तेसैले एउटा मुक्तक याद आयो,
    गोलो र घुमाउने कुर्सीमा बस्न कसै न कसैको आड चाहिन्छ,
    पेटको रोग नै यस्तो हजुर बिहान र बेलुका माड चाहिन्छ,
    हामी त यस देशका बुद्दिजिबी हजुर कम्पल सरि जाड चाहिन्छ
    त्यसैले जसको हातमा पावर छ, उसले गरिहाल्ने भो

    Reply
  3. ashes says:
    September 30, 2012 at 6:29 am

    हाम्रा देश को सरकारी कर्माचार्य हरु कति को बाठो छन् , र तिनी हरु भन्दा बाठा त ति ब्यापारी हरु हुन् जसको नियेत नै खोट छ ! यो देश मा नेता, सरकारी कर्माचार्य र ब्यापारी कै वडी हाली मुहाली छ, यिनी हरु नै हुन् देश का कर्णधार, यिनी हरु को मिलो मतो मा हाम्रो देश का जनता निसासिनु परेको छ ! यिनी हरु जस्तो क्यान्सर लाई निर्मुल नगरे देश को भबिष्य सदैब अन्धकार नै छ

    Reply
  4. kamal says:
    September 29, 2012 at 4:24 pm

    बिचरा हामी !!!!

    Reply
  5. SURENDRA SUBEDI hongkong says:
    September 28, 2012 at 6:38 pm

    बिश्व मै नभएको बिज्ञापन को नमुना लाई हाम्रा आदरणीय घुस्सिया प्रसासक हरु ले लाल मोहोर लाईदिएको मा बिशेष धन्यवाद /ललित जी ले भने जस्तो १००%भोड्का मालिक,१००%घुस्सिया कर्मचारी र म्यजिक त १% पनि गन्ध आउदैन?ठिक हो/ रुस्लान भोड्का भनेर जान्दा,जान्दै आखा चिम्लेर प्रमाणित गर्ने हाकिम साएद भड्का ले नै मातेको थियो होला/

    Reply
  6. Mahesh Nepali says:
    September 28, 2012 at 11:48 am

    मैले निम्न व्यहोराको सन्देश प्रेषित गरेको छु :

    “हाकिम साबहरु नमस्कार,
    हजुरहरुले गरिवक्सेको कार्यको पूर्ण समर्थन गर्दै कसरी सरकारी नियम कानुन लाई धोती लगाउने भनी पुस्तक पनि प्रकासित् गरिदिनु भए धेरै आभारी हुने थिएँ !
    यहाँ हरुको जो निगाह !!”
    भवदिय
    महेश छेत्री

    Reply
  7. Sisir says:
    September 28, 2012 at 10:36 am

    एती पनि नगरे त १०-२० हजार तलब खाने कर्मचारीले सहर बजारमा कसरि घर घडेरी जोड्ने ??
    लाटोले भन्न सक्छ यहाँ सरासर अनियमता भएको छ भनेर , घुषको कमाल हो कुनै संखा छैन …

    Reply
  8. पुष्प says:
    September 28, 2012 at 8:46 am

    चोरको हजार दाउ भन्या यही हो ।

    Reply
    1. robei says:
      September 28, 2012 at 2:16 pm

      चोरको हैन हिसिलाको लाखौं दाउ भन्नुस न।( तपाँई पनि ब्रान्डेड पर्नु भो क्या रे चित्त दुख्ला)

      Reply
  9. योगेश आदी says:
    September 28, 2012 at 8:28 am

    तस्बिर आफै बोलेको छ !! सरकार अन्धो साबित भयो…लाचार देखियो… कानूनले कारबाही गर्न स्पस्ट अधिकार दिएको छ तरपनि मौन छ; अब घुसखोरी भा’छैन भनेर कसले पत्याउने ?? Shame on regulating body and state mechanism !!

    Reply
  10. Ram Thapa says:
    September 28, 2012 at 5:09 am

    प्रशासन निकम्मा भएपछि जसले जे गरेपनि हुन्छ ……

    Reply
  11. bikas says:
    September 28, 2012 at 4:27 am

    कुनै अचम्म लाग्ने कुरा हो जस्तो लाग्दैन नेपालको लागी ; नियम कानुन को पालना नेतृत्व तह बाट नहुने, भ्रष्टाचारको हद नागिसकेको बेलामा एस्त कुरा हरु त सामान्य हुन्; अहिले नेपालमा पैसा खुवाउन सक्ने ले जे पनि गर्न सक्छा बरु शक्तिको चाही त्यति प्रभाव नहोला; पैसा छ भने जे पनि हुन्छा; न्याय पनि आफुले भने जस्तो पौन्छा, दिन लै रत अनि रातलाई दिन बनाउन सकिन्छा; जे पनि गर्न सकिन्छा; अफ्रिकन देश जस्तो हुन्दैछा बिस्तारै; हे भगवान नियम कानुन को उल्टो पालना गर्नु नै सामान्य भैसक्यो अबत; बिदेशमा बसेर यो गैजत्र हेर्दा हेर्दा वाक्क भैसके भने स्वदेशमा बसी भोग्ने हरुको के हाल होला;

    Reply
  12. Lalit Narayan says:
    September 28, 2012 at 1:53 am

    होर्डिंग बोर्ड र ट्रेड मार्क दर्ता प्रमाण पत्र हेर्दा यो प्रमाणित हुन्छ कि – दर्ता गराउने १००% भोड्का मालिक (वितरक), दर्ता गर्ने १००% घुस्याह कर्मचारी ! म्युजिकको त् १% पनि गन्ध छैन !
    रुस्लन भोड्काको तेत्रो लोगो देख्दा देख्दै आँखा चिम्लेर दर्ता गर्ने कर्मचारी (पैसो ले छोप्देछन ) अनि दिन दहाडै जनताको आँखामा छारो हाल्ने भोड्का मालिकलाई तुरुन्त कारबाही नगरेर मावोबादी सरकार भुत्रो चाहि हेरिराको?

    Reply
  13. deepak says:
    September 28, 2012 at 12:30 am

    यहाँ त एती सम्म चोर डाका स्वार्थी भ्रस्टचारी कार्मचारी भनौदा हरु छन कि उनीहरु लाइ देश खाल्टो मा खसोस या अरु कुनै देश लाइ सुपुर्दगी गरोस केहि मतलब छैन मतलब छ खाली पैसा संग अनि त्यो देश बेचेको पैसा ले स्वास्नी लाइ सुन को गहना किन्ने र छोरा छोरि लाइ टाई लगाउने इस्कुल पठाउने ! मालपोत मा ४ जना चोर कार्मचारी लाइ समातियो भनेर अरु चोर डाका कार्मचारी हरु आन्दोलन मा उत्रे ! अनि ओइल निगम मा बाहिर बाट हाकिम आउने भन्ने सुन्ने बितिकै चोर भ्रस्टचारी हरु आन्दोलन गर्न तयार भए ! यस्ता डाका हरु लाइ त घोक्रो समात्दै काम बाट बर्खास्त गर्नु पर्ने होइन र ?

    Reply
  14. Jitman Rai 'Sabin' says:
    September 27, 2012 at 11:08 pm

    यस्तै हो…देशको जिम्मेवार निकायका मान्छेहरु नै जनता प्रति इमान्दार नभए पछी…देश समृद्ध र सम्पन्न बन्नलाई जनता, जागरुक अनि सचेत त हुने पर्छ त्यसमा कर्मचारी र नेताहरु पनि इमान्दार हुने पर्छ । अहिले नेपाल यी माथिको सबै नभएको अवस्था हो……

    Reply
  15. Sammohan Bhomi Prajapati says:
    September 27, 2012 at 6:39 pm

    कम्तिमा इंडियामा जस्तो Ruslan Soda निकालेर बिज्ञापन गर्नु नि!

    Reply
  16. अनिल says:
    September 27, 2012 at 6:25 pm

    मदिराको विज्ञापन राख्न दिन घुस चाँही १०१% खाए जस्तो छ। अनि त्यो होटलले के म्युजिक बेच्दै छ कि के हो?

    Reply
  17. Deepak says:
    September 27, 2012 at 6:17 pm

    छोटकरीमा भन्नु पर्दा:
    जनता सोझो हुनु, देश गरिब हुनु र घुस खुवायापछी जे पनि गर्नु को परिणाम हो यो !!
    दिपक अधिकारी
    जर्मनी

    Reply
    1. bhim koirala babu says:
      September 27, 2012 at 8:57 pm

      यौटा गरिबी को रेखा मुनि रहेका सुकुम्बासी लाई डोजर लगायर दिन दहलाई हटाउन सक्ने सरकारले जाबो म्युजिक लेखियको रक्सि बोर्ड हटाउन सक्दैन भने यो घुस नभय के होला त कानुनमै नभयको कुरा राख्न पाइने यौटा गरिब सुकुम्बासी घर बनायर बस्न नपाउने यो कस्तो सरकार हो त धन्यवाद

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme