१५ दिनमै दोस्रो पटक पोखरा। यो शहर दोस्रो घर हो मेरो लागि। यस पटक दिदीको बिहेका लागि आएको। बेहुली दिदी लिएर जन्ती काठमाडौँ फर्किसक्यो, हामी भने यतै छौँ। दिदी र भिनाजु दुवै एकै जातिको भए पनि स्थान भिन्नताका कारण संस्कृति फरक रहेछ। हरेक जातिको आ-आफ्नै संस्कृति र परम्परा भए पनि जुन ठाउँमा बसोबास गर्यो, त्यही… Continue reading
राष्ट्रिय झण्डाको उपयोग कि दुरुपयोग?
-मनीष दुवाडी- मुलुकको पहिचानका निम्ति पनि राष्ट्रिय चिन्हहरूको आवश्यकता पर्छ। ती चिन्हहरुमध्ये राष्ट्रिय झण्डा पनि एक हो। विश्वमा अनौठो र अरु देशको भन्दा फरक खालको झण्डा नेपालकै रहेको कुरा सर्वविदितै छ। नेपाली विकिपिडियाका अनुसार विसं २०१९ पूर्व नेपालको झन्डामा एकरूपता थिएन। झन्डाको स्वरूप त अहिलेको जस्तै थियो। तर मानिसहरू मनलाग्दी ढंगले झन्डा बनाउथे। सरकारी कार्यालयमै… Continue reading
सगरमाथामा ‘फाइट’
अहिले सगरमाथा चुचुरोमा जान हाम्री एक हिरोइन र हिरो तल्लीन छन्। ‘भिलेन’ गएका छैनन्। तर पनि पछिल्लो पटक आएको समाचारमा त सगरमाथामा ‘फाइट’ पो भएको भन्छ त। सगरमाथामा फाइट ? सुन्दा अचम्म लाग्छ। तर साँच्चै यस्तो भएको भन्छ हिमालीसन्चार। क-कसको फाइट पर्या रैछ त नि ? हाइ अल्टिच्युड वर्कर (आरोहीका लागि बाटो बनाउने शेर्पाहरु) र… Continue reading
किन भत्किए यी घर ?
फोटोका घरहरु ध्वस्त देखिएका छन्। नझुक्किनुस्, मनकामना केबल कार चढ्ने ठाउँनजिकै कुरिनटारका यी घरहरु भूकम्प वा विस्फोटका कारण यसरी भत्किएका हैनन्। कारण अर्कै छ।
अन्तरिक्षमा जाने पहिलो नेपाली बन्ने हो ? मंगल ग्रह जान दरखास्त हालिहाल्नुस् !
यो हप्ताभरी हामीले हिरोइन निशा अधिकारी र हिरो अर्जुन कार्कीको सगरमाथा आरोहणमा उठेको विवाद बारे चर्चा गर्यौँ। सगरमाथामा राख्न बाँकी रेकर्ड धेरै छैनन्। बरु अन्तरिक्षमा अहिलेसम्म कोही नेपाली गएका छैनन्, त्यतातिर पो ट्राइ मार्ने हो कि! अहिले एकदमै मौका छ। नेदरल्यान्ड्सको गैरनाफामुखी संस्था मार्स वनले मंगल ग्रहमा १० वर्षपछि चार जना अन्तरिक्ष यात्रीलाई पठाउँदैछ। त्यसका… Continue reading
राष्ट्रपति रामवरण यादवबारे गजबको किताब
-राजु महर्जन- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईबारे वरिष्ठ समाजशास्त्री तथा कृषिशास्त्री श्री ईश्वर विक्रम सिंहले लेखेको पुस्तकबारे ब्लग पाठकमाझ निकै ‘हिट’ भएपछि यो ब्लगको विषय जुटेको हो। उनै महोदयले करिब डेढ बर्षअघि नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको पनि जीवनी लेखेका थिए। मैले Dr. Ram Baran Yadav: An Illustrious President शीर्षकको त्यो किताब पढेको छु र… Continue reading
न्युयोर्कमा सोलुखुम्बु
-शशांक लामा, न्युयोर्क- तपाईं के लिनुहुन्छ? सोल्जा(नुनको चिया),गुलियो चिया, कफी- रोजी रोजीको चियाहरु थियो। हातमा थर्मस बोकेर बसभित्र ओहोर दोहोर गरिरहेका महिलाहरु बक्खु, वाङ्जुक, पाङ्देन र गरगहनाले सजिएका थिए भने पुरुषहरु पनि बक्खु,तुतुङ र पाक्स्य टोपीमा ठाँटिएका थिए। फेब्रेवरी 21 आईतवार बिहान 7 बजेको समय न्युयोर्कस्थित ज्याक्शनहाइटको 69 street मा पार्क गरिराखेको greyhound बसभित्र दह्रो… Continue reading
निशाले सगरमाथा चढ्न पाउने, तर हैसियत ‘चिनियाँ टोलीको हेल्पर’ हुने
सगरमाथा चढ्न भनेर तामझामका साथ गएको तर अनुमति नलिएको खुलेपछि आधार शिविरमै अलपत्र परेको, फर्काउने भन्ने खबरबीच आज पर्यटन मन्त्रालयका ‘लेखापाल’लाई उद्धृत गर्दै आएको समाचारमा नायिका निशा अधिकारी र नायक अर्जुन कार्कीलाई सरकारले सगरमाथा चढ्न नरोक्ने भएछ। पर्यटन मन्त्रालयका प्रवक्ता यो चुप बसेको बेला यो विषयमा बोल्ने अधिकारै नभएको ‘लेखापाल’को मुखबाट आएको (वा दिन लगाइएको)… Continue reading
नायिका निशा कसरी ठगिइन्? जुनिताको खुलासा- सगरमाथा आरोहणमा यसरी हुँदो रहेछ ठगी
नायिका निशा अधिकारीले काठमाडौँमा पत्रकार सम्मेलनै गरेर सगरमाथा आरोहण गर्ने जानकारी दिँदै त्यता लागिन्। त्यसो त उति नाम नसुनिएका नायक अर्जुन कार्की पनि सगरमाथा चढ्ने भन्दै उनीभन्दा अगाडि नै त्यता लागेका थिए। तर नाम र ग्ल्यामर अनि विजयकुमारको शब्दमा ‘भूँइतले बैँक’को कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अन्तर्गतको सहयोग समेत पाएका कारण निशाको चर्चा ज्यादा थियो। हिजो अचानक… Continue reading
आफ्नै बाइक/गाडीले ट्रायल दिन नपाइने
यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिनलाई लिने परीक्षा प्रणालीमा निकै ठूलो परिवर्तन गरेको छ। क्रान्तिकारी परिवर्तन भन्दा हुन्छ। मोटरसाइकल, स्कूटरको लाइसेन्स लिनलाई पहिला नागबेली आकारमा पाँच वटा डण्डी घुमाउनु पर्थ्यो। कुन चाहिँ विद्वानको बुद्धि हो कुन्नि, त्यस्तो नागबेली बाटो वास्तविक जीवनमा कहाँ हुन्छ कुन्नि- वर्षौँदेखि यस्तै ट्रायल हुँदै आउँदै थियो। त्यस्तो बाटो… Continue reading
बाई बाई अन्तरिम
प्रकृतिले एकातिर पठाइदिएको छ सुन्दर वसन्त ऋतु तर मध्य पहाड र तराईतिरको खडेरीले लिन छाडेको छैन निर्दोषको ज्यूधन खडेरी लम्बिए अनिकालको खतरा ज्यूँका त्यूँ नै छ। भीषण आगलागीको लहर र सुख्खापनको धिराम नलागने सधै चिसिइरहने सर्वोच्च शिखर सगरमाथाको देशमा झै सुनिनेछैन प्रदेशका फूदन्तिहरु अजवको गजव भएको छ देश नेपाल। बितेका आठ वर्ष खासगरी २०६२/०६३ को… Continue reading
कथा : नियति
– दीपा राई पुन/बोस्टन- समय चिप्लदै गइरहेछ-ओरालै ओरालो। समय उक्लदै गइरहेछ -उकालै उकालो। कहाँसम्म उक्लने हो ? प्रत्येक रिक्तताहरु भरिएकै छ हिजो,अस्ति,आज। केवल रिक्तताहरुमा रित्तो भरिएकै छ। आस्थाका भाषणहरु अनास्थाको वस्तीमा,बलिदानको इतिहासले मुखमा माड नलाग्दो रहेछ। जीवन भोगाइका खाटाहरुले दुख्ने मुटुलाई त दुख्छ। सपनाका साना पोकाहरु थाम्न नभ्याउँदै -बिपना विशाल पहाड भई उभिएको छ। ऊ… Continue reading
बाबुराम भट्टराईबारे गजबको पुस्तक
-विन्देश दाहाल- अंग्रेजी भाषा सिक्न चाहनुहुन्छ ? त्यसो भए वरिष्ठ समाजशास्त्री तथा कृषिशास्त्री श्री ईश्वर विक्रम सिंहले लेखेको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको जीवनी पढ्नुहोस्। सरल भाषा र सुललित शैलीमा लेखिएको यो पुस्तक मैले आजसम्म पढेका पुस्तकमध्येकै सर्वाधिक रमाइलो छ। पुस्तक पढेर यति धेरै पेट मिचीमिची यसरी म कहिले पनि हाँसेको थिइनँ। पुस्तकको मूल्य रु.… Continue reading
यो वर्ष पनि खप्पर योग, नसोचेको घटना हुन्छ रे
हाम्रा ज्योतिषहरुले वैशाख–जेठ–असार महिनामा चतुर्ग्रही तथा पञ्चग्रही योग बन्नाले अनिष्टकारी खप्परयोग परेको बताएका छन्। नेपाल भारत आदि दक्षिणपूर्वी देशहरूमा नसोचेका घटना हुनसक्ने सङ्केत देखिन्छ रे। डराउनु भयो कि के हो ? नडराउनुस् ! हुने कुरा भइहाल्छ। गत वर्ष पनि यस्तै खप्परयोग परेको थियो। पोहोरको ब्लगमा पढ्नुभएको होला ज्योतिषहरुले खप्परयोगकै कारण संविधान नबनेकोसमेत भन्न भ्याएका थिए।… Continue reading
संशोधित ऐनले क्षमतावान कर्मचारीलाई पाखा लगायो
-राम- निजामती सेवा (तेस्रो संशोधन) ऐनले योग्य तथा क्षमतावान कर्मचारीहरुलाई पाखा लगाइएको अनुभव भयो । हुन त गुण्डा गिर्दी र तोडफोड हावी भएको तथा कु–राजनितिले थला पारिएको यो देशमा हामीले यो भन्दा राम्रो निर्णयको आश गर्नु गलत होला । नेपाली जन्ताबाट उठेको करबाट तलब भत्ता खाने राष्ट सेवक कर्मचारीहरुले काम भन्दा पनि राननैतिक पार्टीको झण्डा… Continue reading
राजदूत ज्यु, हाम्रो झण्डा च्यातियो !
फुङ्ग उडेको रङ्ग र छेउमा च्यातिएर धुजा भइसकेको यो राष्ट्रिय झण्डा डेनमार्कको कोपनहेगनस्थित राजदूत निवासमा अहिले फहराइरहेको छ। त्यहाँ पुगेका एक नेपालीले आफ्नो चन्द्रसूर्यको त्यस्तो हालत देखेर सहन नसकी माइसंसारलाई यो फोटो पठाउनु भएको हो। शायद् यो देखेपछि राजदूत ज्युले झण्डा फेरेर हाम्रो चन्द्रसूर्य ध्वजाको शानलाई अझै उँचो पार्न निर्देशन दिनुहुन्छ कि भन्ने उनको आशा… Continue reading
तपाईँले किताव निकालेको छ?
-चर्चित ढुंगेल- केही महिनाअघि प्रज्ञा भवन कमलादीमा ‘एनसेल नेपाली लिटरेचर फेस्टिवल–२०१२’ मा जाने मौका मिल्यो। फेसबुकबाट घनिष्ट भएका मित्र रमेश कँडेलसँग प्रज्ञाको गेटैमा भेट भयो। मैले उनलाई चिनिहालेँ। उनले मलाई चिनेनन्। मैले अनुमान लगाउन भनेँ। केही बेर उनी चिनेजस्तो, सम्झेजस्तो गर्न थाले तर मेरो नाम भन्न सकेनन्। ब्यस्त समयमा चल्तो मान्छेलाई किन अल्झाइरहनु भनेर आफैँले… Continue reading
नयाँ वर्ष, नयाँ अनुभव !
विक्रम संवत् अनुसार नयाँ वर्षको पहिलो दिन एउटा नयाँ किसिमको अनुभव लिने मौका पाइयो। नयाँ वर्षको नयाँ दिनको नौलो बिहानी पोखराको आकाशमा चरा जस्तै उड्न एभिया क्लबको अल्ट्रालाइट जहाजले सघायो।
१२ वर्षपछि हामी पनि हुइँकिउ साझा बसैमा
एउटा कम्पनीले काठमाडौँका दुई वटा रुटमा जाबो १६ वटा बस चलाउँदा देश विदेशमा ठूलै चासो हुनुपर्छ? पक्कै पनि पर्दैन। यो सामान्य हो। तर जब त्यहाँ साझाको नाम जोडिन पुग्छ, त्यो ‘असामान्य’ हुन पुग्नु अस्वभाविक हैन। र त, ठूलै चासो छ अहिले देशमा अनि विदेशिएकाहरु माझ पनि। हो, यो साझाप्रतिको विश्वास र यसले दिएको सेवा कै… Continue reading
बोष्टनको बाइसधारा र जोन हार्वर्डको पाउ
-शशांक लामा- जसरी नेपालका अभिभावकहरु आफ्ना नानीहरुको राम्रो शिक्षाको खातिर नेपालमा भएका राम्रा स्कुलहरु समेत छोडेर दार्जिलिङ,कालेबुङ,मसुरी आदिमा लगेर पढाउँछन,त्यसरी नै अमेरिकि अभिभावकहरु पनि आफ्नै प्रादेशिक राज्यमा भएका राम्रा शिक्षण संस्थाहरु छोडेर म्यासाचुसेट राज्यको सेरोफेरोमा अवस्थित स्कुलहरुमा आफ्ना नानीहरु पठाउन रुचाउँछन| कारण प्रष्ट छ्: यसै सेरोफेरोमा Harvard, MIT, Yale र अन्य नाम चलेका स्कुलहरु छन|… Continue reading