Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

निशाले सगरमाथा चढ्न पाउने, तर हैसियत ‘चिनियाँ टोलीको हेल्पर’ हुने

Posted on April 24, 2013April 24, 2013 by Salokya

nisha सगरमाथा चढ्न भनेर तामझामका साथ गएको तर अनुमति नलिएको खुलेपछि आधार शिविरमै अलपत्र परेको, फर्काउने भन्ने खबरबीच आज पर्यटन मन्त्रालयका ‘लेखापाल’लाई उद्‌धृत गर्दै आएको समाचारमा नायिका निशा अधिकारी र नायक अर्जुन कार्कीलाई सरकारले सगरमाथा चढ्न नरोक्ने भएछ। पर्यटन मन्त्रालयका प्रवक्ता यो चुप बसेको बेला यो विषयमा बोल्ने अधिकारै नभएको ‘लेखापाल’को मुखबाट आएको (वा दिन लगाइएको) धारणाले पूरै प्रकरणलाई रहस्यमय त बनाउँदै नै थियो, अर्की आरोही जुनिता सम्बाहाम्फेले आरोहणका नाममा हुने ठगीबारे अमेरिकाबाट गरेको खुलासाले नयाँ रुप लिएको छ।

लेखापाललाई बोल्न लगाएर भए पनि पर्यटन मन्त्रालयले निशा र अर्जुनलाई ‘नो अब्जेक्सन’ भन्दै हरियो झण्डा देखाएको छ। तर निशा र अर्जुनको हैसियत सगरमाथा आरोहीको भने हुने छैन। उनीहरु हाइ अल्टिच्युड वर्कर अर्थात् बोलिचालीको भाषामा ‘हिमाली भरिया’ को हैसियतमा हुनेछन्। निशा चाइनिज आरोहण टोलीकी हेल्पर हुन्। उनले त्यही लेखिएको प्रमाणपत्र पाउने छिन्। अलिकति प्रक्रियामात्रै मिलाएको भए उनी हेल्परका रुपमा हैन, आरोहीकै रुपमा शिर ठाडो पारेर सगरमाथा आरोही बन्न सक्थिन्। किनभने उनको आरोहणलाई बैँक लगायतका संस्थाले समेत प्रायोजन गरेको थियो। रकमको अभाव उनलाई हुने थिएन। सरकारले पनि नेपाली आरोहीका लागि रोयल्टी मिनाहा गरिदिन सक्थ्यो।

राससको समाचार पढ्नुस्-

सोलुखुम्बु, वैशाख १०- संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले नायिका निशा अधिकारी र नायक अर्जुन (जितबहादुर) कार्कीलाई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नबाट नरोक्ने भएको छ। सेभेन समिट ट्रेक एक्स्पिडिसनमार्फत हाइअल्टिच्युड वर्करका रुपमा सगरमाथा चढ्न गएका उनीहरु प्रक्रियागत रुपमा गएकाले मन्त्रालयले नरोक्ने मन्त्रालयका लेखापाल तिलक पाण्डेले बताए ।

निशाले सगरमाथा आरोहणका लागि चाइनिज टिमको हेल्परको अनुमति मन्त्रालयबाट लिएको र अर्जुन कार्कीले पनि सक्कली नाम जितबहादुर कार्कीको नामबाट हेल्परकै रुपमा अनुमति लिएकाले उनीहरुलाई रोक्न नमिल्ने बताइएको छ।

सबैभन्दा बढी सगरमाथा चढेर कीर्तिमानी कायम गर्ने साहसिक आरोही आप्पा शेर्पाले समेत हेल्परकै रुपमा सगरमाथा चढेको भन्दै लेखापाल पाण्डेले नायक/नायिका दुवैजना प्रक्रियागत रुपमा गएको बताए ।

उनले कसैले ट्रेकिङ एजेन्सीलाई रकम तिर्छ वा पारिश्रमिक लिन्छ भन्दा पनि आफूहरुले प्रक्रिया हेर्ने भएकोले प्रक्रिया पूरा भएको उल्लेख गरे । रासस

सगरमाथा नेपालको भने पनि खासमा यो नेपाल र चीनको सीमामा पर्छ। यसको उत्तरी मोहडा चीनको तिब्बतमा र दक्षिणी मोहडा नेपालमा पर्छ। चुचुरो भने नेपालमा पर्छ। तिब्बतबाट चढे पनि नेपालबाट चढे पनि रोयल्टी बुझाउनु पर्छ। नेपालबाट चढ्नलाई प्रति व्यक्ति २५ हजार अमेरिकी डलर तिर्नुपर्छ भने उताबाट चढ्न ७ हजार १ सय ५० डलर तिरे पुग्छ। विदेशी होस् कि स्वदेशी सगरमाथा चढ्न नेपाल सरकारलाई २५ हजार अमेरिकी डलर शुल्क तिर्नैपर्छ। नेपाली नागरिकका हकमा भने रोयल्टी मिनाहा गर्न सकिन्छ। तर, त्यसका लागि मन्त्रिपरिषद्को बैठकले रोयल्टी मिनाहा गर्ने निर्णय गर्नुपर्छ। अहिलेसम्म कुनै पनि नेपालीले रोयल्टी तिरेर सगरमाथा चढेका छैनन्।

आरोही बाहेक आरोहीका सहयोगी (हाइ अल्टिच्युड वर्कर) का रुपमा सगरमाथा चढ्न जान सकिन्छ। उनीहरुले रकम तिर्नुपर्दैन। उल्टो आरोहण टोलीबाट तलबभत्ता पाउँछन्। यही व्यवस्थाको फाइदा उठाएर अहिले सगरमाथा चढ्ने नेपालीलाई आरोहीका रुपमा हैन, अर्कै आरोहण टोलीको सहयोगी (हाइ अल्टिच्युड वर्कर) का रुपमा चढाउने गरेको देखिएको छ। यो सीधै नियम र प्रक्रिया विपरीतको कार्य हो।

सरकारी कर्मचारीको कामकारबाही देखेभोगेकै छौँ हामीले। पर्यटन मन्त्रालयबाट टिप्पणी उठाएर मन्त्रिपरिषद्‌मा पुर्‍याई आरोहणको रोयल्टी शुल्क मिनाहा गराउन लामो समय लाग्नेमा चलखेल गरी आरोहण गराउने संस्था र पर्यटन मन्त्रालयको मिलेमतोमै त्यसरी पठाउने गरेको शंका गर्न सकिन्छ। पर्यटन मन्त्रालयका जिम्मेवार व्यक्तिहरु यो विषयमा चुप रहनुबाट पनि यो शंकामा बल मिल्छ। लेखापाललाई बोल्न लगाएकोमा झन् शंका गर्ने ठाउँ छ। जुनिताले गरेको खुलासाबाट पनि यस्तो धन्दा पहिलेदेखि नै भइरहेको स्पष्ट भएको छ। यदि त्यसो हो भने निशा र अर्जुनको केसमा अकस्मात् यो कुरा कसरी बाहिर आयो त ?

निशा अधिकारीले आरोहण गर्ने बारे भव्य पत्रकार सम्मेलन गरिन्। प्रायोजकका रुपमा रोटरी क्लब अफ नागार्जुन, सिटिजन बैंक, मेगा बैंक र तितो सत्य युनिट पाइन्। मेगाको लोगोसमेत बोकेर आएकी छिन् उनले। त्यति विधि प्रचार गरी आउने तर आरोही नभई सहयोगी भएर जानु नैतिकताविपरीतको कार्य हो। अरु हाइ अल्टिच्युड वर्कर, अरु आरोहण दलका सदस्यलाई त्यो देखेर चित्त बुझेन। उनीहरुले विरोध गरे, र मिडियामा योबारे बताइदिए। त्यसपछि यो विषय चर्कियो। हाई अल्टिच्यूड वर्करको काम आरोहण दलका सदस्यलाई सगरमाथाको शिखरसम्म पुर्‍याउन सहयोग गर्ने हो। निशा अधिकारी र अर्जुन कार्कीले त्यस्तो काम गर्न सक्दैनन्। भन्नलाई हाइ अल्टिच्युड वर्कर भन्ने अनि सुविधा चाहिँ आरोहण दलका सदस्यकै जस्तो दिने भएपछि अरु शेर्पाहरुलाई नै पनि यसमा चित्त नबुझेर विरोध गरेका हुन्।

हाइ अल्टिच्युड वर्कर भए उनीहरुलाई तलब भत्ता दिनुपर्ने हो। तर आरोहण गराउन लागेको सेभन समिट ट्रेक एक्स्पीडिसनले चिनियाँ टोलीको सहयोगीका रुपमा निशा र अर्जुनलाई लगे पनि रकम दिने हैन, उल्टै १० लाख रुपियाँ उनीहरुसँग लिएको छ।

निशाले सगरमाथा चढ्लिन्, त्यहाँ झण्डा पनि फहराउलिन् प्रायोजकको। तर सर्वोच्च शिखरमा पुगे पनि उनको नैतिकता भने होचिनेछ। उनी आफैले पनि आरोहीका रुपमा हैन, चिनियाँ टोलीको हेल्परका रुपमा सगरमाथा चढेको प्रमाणपत्र पाउने छिन्। के त्यो प्रमाणपत्र उनले आफ्नो कोठामा सजाउन सक्छिन् ? कि जुनिताले जस्तै प्रमाणपत्र नै अस्वीकार गर्छिन् ?

दोष कसको ?

-निशा र अर्जुनको। दुवैले सगरमाथा चढ्नु भनेको फुल्चोकी डाँडा चढे जस्तो पक्कै ठानेका थिएनन् होला, उनीहरुले विस्तृत प्रक्रिया बुझ्नु पर्थ्यो। त्यो नबुझी हचुवा तालमा हिँड्नुमा उनीहरु दोषी छन्।

-सेभेन समिट ट्रेक एक्स्पीडिसनका प्रमुख मिङमार शेर्पाको। सगरमाथा चढ्न लागेका यी नेपाली सामान्य नागरिक नभएर आफ्नो क्षेत्रका परिचित व्यक्ति हुन्। उनीहरुलाई त्यही अनुसार सरकारबाट आरोहण शुल्क मिनाहा गराएर प्रक्रिया पूरा गरेरै आरोहीका रुपमा लानु पर्थ्यो, कुनै अर्कै टोलीका सहयोगीका रुपमा हैन। के गर्ने दुवै जना रुनै खोजेर मैले पठाएको हुँ जस्तो गैर जिम्मेवार कुरा गर्नु हुँदैन थियो उनले। प्रक्रिया थाहा नहुनेलाई बुझाउने जिम्मा उनकै हुन्थ्यो।

– पर्यटन मन्त्रालयको। हाइ अल्टिच्युड वर्कर भन्ने नाम दिएर जो कोही पनि सगरमाथा चढ्न पाउँछ ? भोलिपर्सि विदेशी पनि आउला रे हाइ अल्टिच्युड वर्कर भनेर, चढ्न दिने ? हाइ अल्टिच्युड वर्करको काम के हो, कसले यस्तो काम गर्न पाउँछ भन्ने मापदण्डै छैन ? बनाउनु पर्दैन ? नाम चलेकी हिरोइनले हाइ अल्टिच्युड वर्कर भनेर आँखामा छारो हालेर सगरमाथा चढ्न लाग्दा पनि यसरी हैन प्रक्रिया पुर्‍याएर आरोहीका रुपमा चढ्नु भनेर रोक्न नसक्ने भएकोले मन्त्रालयका अधिकारीहरु दोषी छन्।

[तपाईँको विचारमा को दोषी ? आफ्नो विचार तल लेख्नुस्]

64 thoughts on “निशाले सगरमाथा चढ्न पाउने, तर हैसियत ‘चिनियाँ टोलीको हेल्पर’ हुने”

  1. raj says:
    May 28, 2013 at 7:22 pm

    हैसेयत गुमायरा कमायको नाम पनि के नाम कमै भयो र , आफ्नै देश मा बिदेशी को भरिया बन्नु पर्दा त्यो भन्दा लाज मर्दो अरु के नै होला र…. के सेलेब्रिती भन्दैमा नियम कानुन लाग्दैन र ………..यस्ता पनि चेलेब्रेती ….हुन त यो देश मा यस्तै को राजई चल्दै आयको छ ..लाटो देश को गादो तन्नेरी भनेको यहि होला …………

    Reply
  2. Roshan says:
    April 29, 2013 at 8:13 am

    चोर माथि चक्कर,निशा र अर्जुनले खाएछन ठुलै ठक्कर,भ्रष्ट,गुण्डा,दलाल र दुइ नम्बरी धन्धाको
    प्रमुख ट्रान्जिट प्वोईन्ट देशमा यस्ता घटना घट्नु अवश्य पनि कुनै नौलो कुरो होइन/एमआरपी
    राहदानी हजारौं बंगाली र सयौं भारतीय गुण्डा डाँकाहरुलाइ पैंसा खाएर दिने देशमा धेरै कुरा के गर्ने?

    Reply
  3. टंक काफ्ले says:
    April 26, 2013 at 11:47 pm

    फिल्म नपाएपछि यि नौटन्कि हरु यस्तै हुन,अब भरिया भापनि हुनु परेन।बरु अनिल शाह को corporate social responsibility(greatest joke) को पो बलात्कार भो त।

    Reply
  4. bishnu pd subedi says:
    April 26, 2013 at 7:07 pm

    अरे बाबा तपाईं हामीले कराएर हुन्छ, जाने मान्छे जान तयार छ, पैसा दिने पनि तयार छ अब हामी बाहिर बसेर कराएर केहि हुन्न…………उनिहरुलाई भरियाकै certificate भए नि पुग्दो रहेछ त हामी क गर्न सक्छौ …..जब मान्छे मा नैतिकता भन्ने कुरा हुन्न येस्तै हुन्छ समस्या /

    Reply
  5. Mahesh S says:
    April 26, 2013 at 3:47 am

    अब यो ठगी सगी ज् भये नि एस्तो कार्ये आइन्दा बन्द हुनु पर्‍यो। एस्तो नि टगी हुने रहेछ भनेर अब चढ्ने हरु ले सतर्क अप्नौनु पर्‍यो। जहाँ सम्मा निशा अधिकारि को सगरमाथा चाढ्ने कुरा छ, अब सरकार ले रोकेन भने चढ्ने नि। status को केही मत्लब छैन। सगरमाथा आरोही भनेर प्रमाणपत्र पाउदै मा कसैले सिदूर जात्र गर्ने नि हैन, जिन्दगी भर फोकत मा खान पौने नि हैन। सगरमाथा त चढेकै हो नि।

    Reply
  6. nisha says:
    April 25, 2013 at 2:04 pm

    निशा र अर्जुन त एउटा पत्र मात्र हुन् यो सेबेन समिट ट्रेक्स ले यो वर्ष धेरै जना नेपाली हरुलाई पर व्यक्ति १०,०००० /- का दरले धेरै जना संग पैसा उठाउदै सगरमाथा आरोहणका लागि भिबिन्न टिमको हेल्परको रुपमा अनुमति मन्त्रालयबाट लिएको छ

    Reply
  7. raghubir says:
    April 25, 2013 at 11:25 am

    समस्या टन्नै रैछन् – कुरो बुझ्दै ल्याउँदा।
    कुरो रैछ – ट्रेकिङ एजेन्सी वा चढाउने संस्था जे भनौं, उनीहरुको कमाई गर्ने भाँडो रैछ हाइ अल्टिच्युड वर्कर भन्ने loop hole. यहि loop hole exploit गरिंदो रैछ – Win/Win Situation को लागि । चढ्न खोज्नेले २२ लाखको सट्टा १० लाख तिरे पुग्ने – चढाउनेले यहि मेसोमा नेपालीलाई चढाएर मज्जाले नाफा कमाउने -(ए साँच्ची रोयल्टी तिरेर चढ्ने विदेशी संग चाहीं कति शुल्क लिने गरेका छन् यी आरोहरण गराउने संस्थाहरुले ? त्यो नि जान्न पाए हुने!)। ठगीने चाहीं हाम्रै प्यारो नेपाल सरकार – रोयल्टीको २२००००० रुप्पे खोइ कता खोइ कता। चढाउनेले नाफा कमाउँछ भन्ने त सिधै बुझियो – जस्तै निशालाई चिनिया टोलीको हेल्परको रुपमा लाने रे – भनेपछि त्यहाँ रोयल्टी तिर्ने चिनिया टोली पनि छ – र चिनिया टोलीले सगरमाथा चढ्न मद्दत गर्ने संस्थालाई सेवा शुल्क पनि तिरेको छ – टन्नै तिर्‍या होला पक्कै – उनीहरुकै तुनाको फेरो समात्न लगाएर निशालाई चढ्न पठाईंदै रैछ – हैन त । अक्सिजन र टेन्ट र खाना आदि सबैको खर्च त चिनिया टोलीले बेहोर्छ होला नि – निशा चढेपनि वा नचढेपनि यी सबै सामानको खर्च उस्तै नै हुन्छ – भनेपछि निशाले तिरेको १० लाख स्वतः पुरै नाफा मात्र भएन त ? मानिलिउँ न – १० जनाको टोली चढ्दै छ – उनीहरुसंग अक्सिजन, टेन्ट, खाना, भरिया आदि इत्यादि अरु के के चाहिने हो सबैको खर्च पनि उठाइएको छ – लौ अन्तिममा गएर १ जना थपिएर ११ जना चढ्ने भए – के अब अक्सिजन, टेन्ट, खाना, भरिया ……. लगायत सम्पूर्ण जिनिसको खर्च कति बढ्छ त ? मेरो हिसाबमा त खासै बढ्दैन। अनि त्यो ११ औं हाइ अल्टिच्युड वर्करसंग असुलेको सबै नाफा मात्र भएन त ? मलाई चाहीं यस्तो लाग्यो।

    बाँकी रह्यो निशा र जितबहादुरको कुरो – पेशै नौटंकी – उनिहरुबाट गतिलो कामको आश हामी कसैले गर्नु हुन्न – तात्तो न भुत्लोको नेपाली सिनेमा मा यसो तिघ्रा देखाएर नाच्दैमा के के न ख्यासें भन्ने घमण्डीहरु। कुनै गतिलो सिनेमा बन्छ ? सबै हिन्दी सिनेमाका Copy – त्यो पनि Cheap Copy । कथा त चोरे चोरे, हुँदा हुँदा आजभोली नेपाली सिनेमाका नाम हेर्नु भाको छ ? उर्दु भाषामा नाम राखिएका हुन्छन् -हिफाजत रे धर्मा रे – थुक्क पाजी हो तिमेरका दिमागमा नेपाली भाषामा राम्रो सुनिने खालको कुनै नाम पनि आउँदैन।

    मेरो सहानुभुती खाली जुनिता बहिनीलाई छ – अलि केटाकेटी पाराले चढ्न गएर गल्ति गरेको चाहीं हो – तर पनि सफा मनले राम्रो गर्नको लागि लिम्बु जातिको पहिलो महिलामा नाम लेखाउन चढ्न गएको जस्तो लाग्यो – तपाई पनि ठगिनु भएछ – नठगिएको भए राम्रो हुन्थ्यो – तर जे होस – हाइ अल्टिच्युड वर्कर भन्नुस वा अरु जे सुकै भन्नुस, मेरा लागि लिम्बु जातिको सगरमाथा चढ्ने प्रथम महिला जुनिता बहिनी नै हो।

    Reply
    1. CP says:
      April 25, 2013 at 10:04 pm

      नेपाली फिल्म हिन्दि सिनेमाको कपि गरेकोमा हिरो हिरोइन को के दोष बिचरा ? दोष त लेखक, निर्माता, र डाइरेक्टरको हो | १-२ बर्ष स्पोट-बोय भएर हिडेकै भरमा निर्देशक भै टोपालेका छन् यहाँ | अलि पढेर, रिसर्च गरेर फिल्म बनाउने हो भने कति राम्रा मौलिक शिर्षकमा फिल्म बनाउन सकिन्थ्यो |

      Reply
  8. योगेश आदी says:
    April 25, 2013 at 7:22 am

    चमेली पनि सगरमाथा चढें भन्छे, धने पनि सगरमाथा चढें भन्छ !! होइन यो सगरमाथा चढ्नलाइ पैसा भए पुग्ने रहेछ क्यारे ! सुने अनुसार त बाटो अनि समात्ने डोरी इत्यादी सबैको राम्रै व्यस्था हुन्छ रे… भन्नाले चर्चा र रहरको लागि नै सगरमाथा चढ्ने जमाना आएछ !!
    कसको दोष, के हुनुपर्ने भनेर मैले भनेर माछो मर्ला जस्तो लाग्दैन !

    Reply
  9. Fugyaljen sherpa says:
    April 25, 2013 at 2:32 am

    पाहिला शेपाॅहरुलाई high altitude porters भनथियो अब अधिकारी र काकीॅ पनि high altitude portors हुने भो बधाई छ।

    Reply
  10. resham says:
    April 24, 2013 at 10:27 pm

    ए बाबा हो होइन नेपालको हिरो र हिरोनिलाई पनि हावा खुवाई दिएछन त/ तेत्रो पैसा तिरेर जादा त हेल्परको बिल्ला भिराउनु नपर्ने? अब उता बाट फर्के पछि पत्रकार भेलामा गाठी कुरा खोलि देलान नि त./

    Reply
  11. Kiran Upreti says:
    April 24, 2013 at 10:25 pm

    सगरमाथा हामी नेपालीको पहिचान अनि बिस्वोको सिर भनेर भजन गयर नथाक्ने हामीलाई यो घटनाले दुखित बनायको छ | आफ्नै देशको हिमाल चढ्न भरियाको उपाधि लियर चढ्नुपर्ने हामीले नेपाली हुनुमा गर्ब गर्ने ठाउँ रहेन अब | जे होस् सुभकामना छ sagarmathe भरियाहरु अर्जुन र निशालाई |

    Reply
  12. nirmal Baral says:
    April 24, 2013 at 9:19 pm

    Avoiding acts,rules & the regulations, always leads the country towards failure. Both the artists participating in any mode for expedition of the Sagarmatha (Mt.Everest) needed the written permission from the concern authority, but they didn’t.It is not good.They should back from the expedition team.

    Reply
  13. raman says:
    April 24, 2013 at 8:00 pm

    शशाङ्क लामाजी ले एक चोटी जुनिता भएर सोची दिनु पर्यो !तपाइलाई पनि तेस्तो धोका हुँदा कस्तो लाग्थ्यो होला???

    Reply
  14. Tika Ram Pokharel says:
    April 24, 2013 at 7:41 pm

    हाम्रो समाज मा अझै पनि VICTIM लै दोष दिने चलन छ . यहाँ जुनिता निशा अर्जुन हरु विक्तिम हुन् . VICTIM त्यहाँ नाभेय्को भए यो घटना हुदैन थियो भन्ने मानसिकता एक सामाजिक रोग हो . यो सोचाई मा क्यान्सर हो . मलाई लाज लागेको छ कि माथिका कमेन्ट लेख्ने हरु मेरै देशका पढे लेखेका मनिष हुन् . यस्ता बाट मैले प्रोसेस भएको समाज को निर्माण हुने आसा गर्न सक्छु भन्ने मा प्रस्न छ . हामी भनछोउ शेर्पा लै काठमाडौँ को एडमिन ले रेड टेप बाट दुख दियो घुस खायो . माथिको लजिक हेर्दा यदि पेम्बा ले सागरमाथ चधौछां जसरी चढे पनि भो नि भन्ने सहि लग्छ भने काठमाडौँ को एडमिन ले पनि घुस खाएर नखाएर भए पनि काम गरे पछि सकियो नि के को ख्यार ख्यार होइन र ? तर म फेरी फेरी पनि भन्छु यहाँ प्रोसेस पनि पुरा गर्नु पर्छ . प्रोसेस भनेको हाम्रो DIGNITY, RESPECT, and HONOR संग जोडिएको छ . शेर्पा लै काठमाडौँ को सरकारी एडमिन ले ठग्दा जुन दुख लग्छ त्यतिकै त्यहि सेर्पा ले अरू लै ठग्दा दुख लग्नु पर्यो नत्र यो डबल स्तान्दर्द भयो . तर हामी आफ्नो अंगको भैशी देख्दैनौ तर अर्काको आंग को जुम्रा मात्र देख्छोउ . माथि को कमेन्ट ले यहि मेस्सेज दिन्छा . मत भन्छु दुइ गल्ति ले एक सहि बनौदैना . सेर्पा ले पनि ठगेको तुक राख्दैन सेर्पा लै पनि काठमाडौँ सरकारी एडमिन ले ठगेको तुक राख्दैन . प्रोसेस दुबैमा छर्लंग हुनु पर्यो . एण्ड आउट कम मात्रै भएर हुन्न प्रोसेस पनि मिल्न पर्यो . प्रोसेस बिना को आउट कम मा हाम्रो DIGNITY, RESPECT, and HONOR हुने छैन जसले जे तर्क दिए पनि त्यो खाली त्यस्तै समाज मा मात्र हो . जुनिता को लेटर ले यहि दिन्छा .

    Reply
  15. dilip gurung says:
    April 24, 2013 at 7:22 pm

    सगरमाथा चढ्न खासै गार्हो छैन कि क्या हो? जो पायो तेल्ले चढ्ने भाको छ आजकल| प्रचण्डको जड्याहा छोरा देखि अब कलिवुड्का गन्हाउने बाख्रिहरु सहीत् लागेका छन् सगरमाथा तिर| म नि हिड्नु पर्ला जस्तो छ सगरमाथाको टुप्पो तिर|

    Reply
  16. लोकेन्द्र खापुङ says:
    April 24, 2013 at 4:42 pm

    हिमाल चढ्न जानेलाई भरिया (हाइ-अल्टिच्युड वर्कर) लेखाएर जैलाँदा उसलाई उल्टै पैसा तिर्नुपर्ने तर आरोही भनेर लैजाँदा उसबाट रू. १० लाखभन्दा बढी रकम लिनुपर्ने बुझियो। आरोहीबाट रकम लिएवापत आरोहण-कम्पनीले सरकारलाई कर निश्चय नै बुझाउनुपर्ने हुन्छ। के कर छल्नका लागि आरोहीलाई भरिया लेखाएर लाने गरिएको त छैन? नत्र आरोहीलाई भरिया लेखाएर लैजानुको रहस्य के हो? आरोहीलाई भरिया लेखाएर हिमाल चढाउनेमा आरोहण-कम्पनीको एक्लो हात छ कि पर्यटन मन्त्रालयका कर्मचारीहरूको समेत मिलोमतो छ?

    जुनिता, निशा र अर्जुनमात्रै होइन, यसअघि कयौं नेपालीहरूले सगरमाथा चढिसकेका छन्। के उनीहरूबाट पनि रकम असुलेर भरिया लेखाएर लगिएको त छैन? के तेस्रो मुलुकबाट आएका आरोहीमध्ये कतिपयलाई भरिया लेखाएर त लगिएको छैन? पाँच सय रुपैंयाको तमसुकलाई पाँहजार बनाइने मुलुकमा सबै कुरा संभव छ।

    “खोज पत्रकार”हरू अनुसन्धानमा तुरुन्त अगाडि बढ्नुपर्‍यो। नत्र यो विषय केही दिनमा त्यतिकै सेलाएर जाने छ। पर्यटन जस्तो देशको आर्थिक स्रोतको मेरुदण्डमा गाडिएको भ्रष्टाचारलाई निमिट्यान्न नपार्ने हो भने नेपालको विकास कहिल्यै हुने छैन।

    Reply
  17. kiranrai says:
    April 24, 2013 at 3:15 pm

    आफ्नै देशको हिमाल चड्न पनि २१ लाख रूपैया तिर्नु पर्ने जस्तो कानुन लज्जास्पद छ । नेपालीलाइ हिमाल चडन सामान्य शुल्क मात्र लिनु पर्छ त्यो पनि हिमालको सम्रछणको लागी । नेपालीहरूले यस्तो काइते कानुन तोड्नै पर्छ । म यस्तो कानुन कुनै हालतमा मान्दिन । यो मेरो देश हो , मेरो हिमाल हो , यत्ति ठुलो रकम त मैले आफ्नै जिवनमा एकैचोटी देखेको नि छैन तिर्ने त कुरै भएन ।

    Reply
  18. Prabin lama says:
    April 24, 2013 at 3:09 pm

    सेवा अनुसारको बेबहार बनि अनुसारको माम मिल्यो हिरोइन भानौदलाई तेस्तै हुन्छ हो सोल्टिनी मनै हु भनेर येह मा भन्दा राम्रो मा भन्दा हुने कोइ छैन भन्ने सोच्नु हुन्न राम्रो कम राम्रो बानी को हुनु पर्चा आफुले जस्तो बेबहार गर्चन्नि तेस्तै फल पाउछ नानी नामको लागि काम भन्दा अघि अघि प्रचार हाहाहा खाने मुखलाई जुंगाले छेक्दैन आफ्नो सपनानै एक चोटी सगरमाथा चुचुरो पुग्नुथियो भने किन तेत्र हुलदंगा मच्चाई राख्नु पुग्नु सक्छ कि Sakdaina बरु अलिकत्ति दिमाग भाको भए काम सकेर मात्र गरेर देखाएर मात्र प्रचार प्रसार मा

    Reply
  19. Pankaj says:
    April 24, 2013 at 2:02 pm

    दोष कस्को हो, होइन पछि तर्क बितर्क गर्दै गरुला / अहेले लै चाहि निशा को सुन्दर जवानी हिउ ले नखाओस भन्ने प्राथना गर्दछु /

    Reply
  20. Kusum Kunja says:
    April 24, 2013 at 12:49 pm

    अर्कोलाई दोष देखाएर उम्किन खोजे मात्र हो । सबै दोषी छन् । भरिया भएरै जान राजीहुनेहरुले प्रायोजक खोज्नु कलाकारहरुको ठुलो गल्ती देखियो । अब माथि देखि तलसम्म सबै मुख मिलाएर बसे पछि हाम्रो के लाग्छ र ?

    Reply
  21. pradeep says:
    April 24, 2013 at 12:47 pm

    High Altitude होइन High Attitude चाहिं पक्कै छ है निशाको

    Reply
  22. shreesh thapa says:
    April 24, 2013 at 12:03 pm

    भरिया भएरै जाने हो भने १० लाख लिने चाही को हो ??? त्यसको छानबिन होस् अनि भरियाले पाउने भत्ता अर्जुन र निशालाई दिनुपर्छ ….मलाई लाग्छ निशा र अर्जुनलाई झुक्क्याएको हुन सक्छ …अब अहिले आएर थाहा पाए पनि १० लाख यसै डुब्नेनै भयो भन्ने सोचेर भरियाकै रुपमा भएनी जान उचित ठानिन होला तर उनि गएपनि नगएपनि भरिया बनेर जानेले पैसा तिर्न किन पर्छ ???? यसको जवाफ सबैलाई चाहिएको छ ……

    Reply
    1. pasang says:
      April 24, 2013 at 1:19 pm

      नामको मात्र भरिया हो | उनि हरुलाई ग्राहक कै रुपमा राखिन्छ र सहयोगी सहित आरोहन गर्न मदत गरिन्छ | राजस्व मिनाहा हुन सजिलो पनि त हुन पर्यो नि अरुको हैसियत बनाएर हिडनलाई | २५,००० डलर भनेको २२ लाख हो जुन मिनाहा हुन हाम्रो नेपालको सरकारी कार्यालयमा सजिलो छैन | सगरमाथा आरोहन गर्न सस्तो छैन स्रेस जी | भरिया भएर जादा पैसा तिर्न किन पर्यो भन्दा खेरि :-
      १. सर्ब प्रथम त राजस्व मिनाहा हुन पर्यो, जुन सजिलो छैन | प्रचण्डको छोरोको मिनाहा गर्दा त येत्रो काण्ड बाको थियो यिनीहरु त को नै हो र |
      २. भरियाकै रुपमा भए पनि मान्यता पाओस भनेर लागेका हुन् | आखिर आपा शेर्पा, पासांग ल्हामु शेर्पा र तेन्जिन नोर्गेले पनि येस्तै त गरेका हुन् नि | उनिहरुको केहि बिग्रेको छैन क्यारे, नाम राखेका छन् भरु |
      ३. निशाले त नामको मात्र भरिया हो नि त, भारि बोक्न पर्दैन उनलाई |
      ४. सगरमाथा आरोहन गर्नलाई धेरै समान हरु प्रयोग गर्नु पर्छ जुन कुनै पनि नेपालमा बनिदैन र सस्तो पनि छैन | जस्तै जुनिताले सगरमाथा आरोहन गर्ने बेला लगाएको जुत्ता Millet भन्ने कम्पनिको हो ? (http://www.everestgear.com/) नापत्ताये येह हेर्नुश (http://ninedistrict.files.wordpress.com/2010/01/1st-limbu-in-everest-junita-sambahamphe.ज्प्ग) | यो एउटा जुत्ताको अमेरिकामा ७०० डलर पर्छ | एस्लाई नेपालमा ल्याउदा र १२०% बन्सार बुजाउदा तेस्तै १६०० डलर पर्न आउछ जुन नेपालीमा १ लाख ४० हजार जति पर्छ | एसको अलावा माथि लगाउने लुगा को दोब्बर महँगो हुन्छ |
      र अरु अक्सीजान, डोरी, खाना पकौनी ग्यास, खाना, स्यातालेत फोन सबै बाहिर बाट ल्याउनु पर्छ | खै तिनीहरुको पनि खर्छ जोडेको त |
      ५. १० लाखमा सगरमाथा आरोहन गर्नु सस्तो भन्नु पर्छ |
      ६. अजै चीत्त नाभुजे तलको लिंकहरु खोलेर पढ़नुष |
      –> http://voices.yahoo.com/what-know-attempting-climb-mount-5023408.ह्त्म्ल
      —>http://newsfeed.time.com/2012/02/23/climbing-mount-everest-costs-more-than-a-sports-car/
      —-> http://www.mounteverest.net/expguide/food.हतम

      Reply
      1. Baburaja Maharjan says:
        April 24, 2013 at 10:38 pm

        आपा शेर्पा, पासांग ल्हामु शेर्पा र तेन्जिन नोर्गे शेर्पाले भरियाको रुपमा सगरमाथा चढेका हुन् र उनिहरुको यो पेशा यही थियो! अर्जुन र निशा पर्यटकका रुपमा चढ्नका लागि लागेका हुन् ! तपाइले दिनु भएको सूचना सत्य होलान तर तेस्को मतलब यो हैन कि लाने सेभेन समिट ट्रेक र जाने अर्जुन र निशाको केहि दोष छैन भन्न मिल्दैन !

        Reply
      2. nirvana says:
        April 25, 2013 at 11:39 pm

        पासांग जी, तपाइको भनाइ भ्रम फैलाउने काम मात्र हो । गलत कामलाई गलत भन्न सक्नु पर्छ। जुनिता जी ले आपनो हिमालयमा चाहिने personal समान हरु सबै आफै जुटाएकी हुन् ।जुनिता जी ले हिमाल आरोहणमा लगाएको जुत्ताको मूल्य सहि होला तपाई ले भने अनुसार हिमालय equipment सस्तो छ म भन्दिन । तर त्यो ठग कम्पनीलाइ बुझाएको रकममा ति कुराहरु पर्दैनन् । जुनिताको जुत्ता १ लाख चालिस हजार तपाईकै भनाइमा , र Down shoot हाराहारी १ ०,०००० माथि नै होला त्यो सबै Trekking Agencies Association of Nepal(TAAN) ले आरोहन पछि (TAAN) को museum मा राख्ने सर्तमा sponsor गर्या हो। त्यो( TAAN ) लाई museum को लागि फर्काई सकिएको छ । प्राय सबैले आपनो personal समान आफै जोहो गर्ने हो। त्यसरी आँखै अगाडिको कुरा ढाँटन त पाइएन नि !

        Reply
      3. Sisir says:
        April 26, 2013 at 12:58 pm

        पासांग जी को कमेन्ट पढेर चुप बस्न सकिन ,भ्रम बडी नै भयोकि जस्तो लाग्यो, केहि कुरा तल उल्लेख गर्न चाहन्छु , बिसेस त सोलुको अप्पर बेल्ट संग सम्बन्धित आफ्नो अनुभबको आधारमा
        * तपाइको ६ बुदामा कम्ति मा माथिल्लो ५ वटा भ्रम पूर्ण छन्
        * मेरो बिचारमा तपाई पनि सोलुको upper Belt को हुनु पर्छ (र येस्तै पर्यटन ब्यबसै पनि हुन सक्नु हुन्छ ??), नत्र यो सरासर ठगीको बचाऊ किन ?
        * हिमाल आरोहनको ताला चाबी सोलुको upper Belt को मान्छेको हातमा छ , र एस्तो ठगिको धन्दामा तेताका शेर्पाहरु माहिर भैसकेका छन्, यो त अहिले छरपस्ट भएको घटना मात्र हो , बिर साहसी सेर्पाहरु प्रति हरेक सच्चा नेपाली गौरब र सम्मान गर्छन तर एस्त ठग प्रति होइन जसले शेर्पा जस्तो सम्मानित नेपालको अन्तरास्ट्रिय ब्रान्डको हुर्मत निकाल्दै छन् ..
        * नेपाली पर्यटकलाई सबै भन्दा हेला गर्ने ठाउँ हो सोलु को upper बेल्ट , बरु खैरेको कुकुरले सम्मान पाउला नेपालीले आशा नगरेपनि हुन्छ , यो कटु अनुभवको आधारमा भन्दैछु, मनांग मुस्तांगमा बरु नेपालीको यो भन्दा धेरै गुना राम्रो सम्मान गरिन्छ
        * प्रचण्ड पुत्र प्रकाशलाई राजस्व मिनाहा गर्दा काण्ड भएको होइन राज्यबाट उल्टै २ करोड हजम पनि गर्न खोग्दा उक्त काण्ड भएको हो , काण्ड र प्रकाश कुनै नौलो कुरा भएन अब .
        * आप्पा शेर्पा, पासांग ल्हामु शेर्पा र तेञ्जिङ्ग नोर्गे पनि येसरिनै गएका हुन् भनेर कसले भन्यो तपाईलाई ? आप्पा त अधिकाम्स चोटी सरदार यानी ग्रुप लिडर भएर गएका हुन् नकि भरिया भएर .. भरिया भएर जति सुकै चोटी सगरमाथा आरोहन गरेपनि तेस्को कुनै मान्यता हुदैन भनेर अघिलो ब्लोग्मा कतै लेखिएको थियो
        * निशा र अर्जुन कुन अनुभब ले high altitude worker भए, उनीहरुको हिमाल आरोहन गर्ने योग्यता के हो .. येसरी राज्यलाई ठग्नु बैमानी हो ..
        * तपाई को ४ नम्बर बुदा सरासर गलत र भ्रम फैलाउने कुरा मात्र हो , सगरमाथा चड्नेले आफुले लगाउने व्यक्तिगत लुगा फाटो आफैले बेवास्ता गर्नु पर्छ ,अजेंतले नै किन्दिनु पर्ने भए तेस्को अलग चार्ज लाग्छ , पैसा पौने ब्यबसाइक भरियाको मात्र लत्ता कपडा एजेन्टले उपलब्ध गराउछ , बाकी रहेको लजिस्टिक(टेन्ट, स्लीपिंग ब्याग, अक्सीजान, डोरी, भार्र्याङ्ग,ice pick , खाना पकौने ग्यास,सास फेर्ने ओक्सिजन , खाना, सतेलैत फोन आदि ) मात्र एजेन्टले बेवास्ता गर्ने हो , १ लाख ४० हजार को जुत्ता पनि तेही १० लाख अन्तर्गत हो भन्ने कुरा सत् प्रतिसत गलत हो
        * २-३ वर्ष अगि सरकारले अप्पर सोलुमा एउटा बिमनिस्थल बनाउने भन्दा बिरोध गर्ने पनि तेतैका पर्यटन ब्यबसी नै हुन् , सरकारले एउटा धारा पनि बनाइदिएको छैन भन्ने कुरा मा दम छैन ..
        * सोलु को अप्पर बेल्ट भनेको नेपाली लाई मुर्गा ठान्ने थलो नै हो, सगरमाथाको सिर बेचेर निसा र जुनिता जस्ता धेरै मुर्गा भैसकेका होलान , नाम्चे,चौरिखर्क , लुक्ला , खुम्जुंग , गोरक्सेप , दिन्ग्बोचे आदि इस्थान पुगेका जुनै नेपाली पर्यटकलाई सोद्दा पनि थाहा हुन्छ .. मनांग र मुस्तांगका गुरुङ मनांगे र थकालीहरु बाट यिनी हरुले धेरै कुरा सिक्न सक्छन .. दुवै ठाउमा समान ढुवानी गर्ने तरिका उस्तै उस्तै हुन् तर सोलु यो भेग कम्तिमा पनि ३ गुना महँगो छ
        * बिगत ४-५ वर्ष देखि सोलुको अदिकम्स ठाउमा VSAT मार्फत फोन र इन्टरनेटको सुबिधा छ , जसको नेपाल भित्र कुरा गरेको चार्ज ४ रुपिया प्रति मिनेट भन्दा छैन, लोकल र अञ्चल भित्र रुपिया एक रेट छ तर कसैले ३०-४० रुपिया घटी गर्न पाउदैनन र रु १०० – २०० प्रति घण्टा घटी इन्टरनेट चलाउन पाउदैनन , यो व्यापार हो कि लुट हो ? विदेश गर्दा ७ -२० भन्दा नपर्नेमा किन १०० घटी गर्न पैदान ??
        * मुख्य कुरा गलतलाई गलत भन्न सिकौ , नकि ठगहरुको ओकालत गरौ ,नेपाली पनि पर्यटक हुन् उनिहरुको पनि सम्मान गर्न सिकौ .. जसरि हिजो आज मुस्तांग तिर नेपाली अन्तरिक पर्यटकको ओइरो लागेको छ राम्रो व्यवहार पाए सोलु मा पनि एक दिन येस्तै हुने छ .. नेपालीको पनि सम्मान गरौ ..

        Reply
  23. pasang says:
    April 24, 2013 at 11:50 am

    आखिरमा आएर चडेकी चडेन भनेर त नाप्ने हो नि | भरिया भएर जहोश कि ज सुकै भएर जहोश चडनु गाको चडे पुगी हाल्यो नि त | बल्ल बल्ल पाएको अवसर हो, त्यो पनि गुम्ला अनि ट्वाल्ल