Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रिय झण्डाको उपयोग कि दुरुपयोग?

Posted on April 30, 2013 by mysansar

-मनीष दुवाडी-

मुलुकको पहिचानका निम्ति पनि राष्ट्रिय चिन्हहरूको आवश्यकता पर्छ। ती चिन्हहरुमध्ये राष्ट्रिय झण्डा पनि एक हो। विश्वमा अनौठो र अरु देशको भन्दा फरक खालको झण्डा नेपालकै रहेको कुरा सर्वविदितै छ। नेपाली विकिपिडियाका अनुसार विसं २०१९ पूर्व नेपालको झन्डामा एकरूपता थिएन। झन्डाको स्वरूप त अहिलेको जस्तै थियो। तर मानिसहरू मनलाग्दी ढंगले झन्डा बनाउथे। सरकारी कार्यालयमै पनि फरक–फरक किसिमका झन्डा फरफराइरहेका हुन्थे। कसैले माथिल्लो भागको त्रिभुज लामो बनाउथे त कसैले तल्लो भागको। लम्बाइ, चौडाइ र उचाइमा एकरूपता थिएन। कसैले चन्द्रमा एक ढाँचाको बनाउथे भने अर्कोले सूर्य अर्कै ढाँचाको। कतिसम्म भने चन्द्रमा र सूर्यको ठाउमा नाक, आँखा र मुख राखेर झुन्ड्याएका झन्डा पनि देखिन्थे। यत्तिकैमा २०१९ सालमा संविधान मस्यौदा समिति बन्यो। त्यस संविधानको अनुसूचीमा उल्लेख गर्नका लागि राष्ट्रिय झण्डाको प्रयोगवारे यसको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितीय सूत्रको प्रयोग गरियो, जुन सुत्रअनुसार अहिलेको वर्तमान राष्ट्रिय झण्डा कायम रहेको छ।

राष्ट्रिय स्वाधिनताको प्रतिक र पहिचानको परिचायक राष्ट्रिय झण्डाको दुरुपयोग गर्न कोही कसैले पनि पाउदैन। पछिल्लो समय, अझ भनौ लोकतन्त्र आएपछि भने राष्ट्रिय झण्डाको दुरुपयोग बढ्न थाल्यो। जुनसुकै पार्टी पनि राष्ट्रिय झण्डाकै प्रयोग गरेर राजनीति गर्न थाले। नेपालको राष्ट्रिय झण्डाको धेरै दुरुपयोग हुनथालेपछि सरकारले “राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९” वनायो। जुन २०६९ जेठ २२ गतेदेखि लागु गरियो तर कागजमा मात्र। त्यो कार्यविधिमा राष्ट्रिय झण्डाको प्रयोगमा विभिन्न सातवटा कार्यहरु गर्न निषेध लगाइएको रहेछ। निषेध गरिएका कार्यहरु ससर्ती हेरे (घ) नं मा यस्तो लेखिएको रहेछ-
(घ) व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्येश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइने छैन।

अनि टिभीको एउटा विज्ञापन सम्झे ‘मेरो देश मेरो जगदम्बा’। देशमा त्यो जगदम्बा सिमेन्ट कति उत्पादन हुन्छ र कति खपत हुन्छ त्यो चाहिँ थाहा भएन मलाई तर त्यो जगदम्वा सिमेन्टको तर विज्ञापन हेर्दा त यस्तो लाग्छ कि यो देश नै जगदम्बाले बनेको हो। त्यही विज्ञापनमा मेरो देश मेरो जगदम्वा भनेर २/४ जना हाम्रो राष्ट्रिय झण्डा बोकेर कुदेका छन। कार्यविधिमा चाही व्यापारिक प्रयोजनको लागि र विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको प्रयोग गर्न पाइने छैन भनेर भन्ने तर खुलेआम व्यापारिक प्रयोजनको लागी प्रयोग भइरहदा चाही कहि कतैवाट विरोधका आवाजहरु उठेका छैनन।

एकजना बुद्धिजिवीलाई सोधेँ अनलाइनमा भेट हुँदा, उहाँको उत्तर थियो खोइ त्यसरी विज्ञापनमा राख्न त नपाइने हो तर जगदम्वा सिमेन्टले अनुमति लिएर प्रयोग गरेको होला। अनुमती कसले दियो व्यापारिक प्रयोग गर्नलाइ ? जसले पनि अनुमती लिएर राष्ट्रिय झण्डाको प्रयोग गरि आफ्नो निश्चित स्वार्थ पुरा गर्ने हो भने किन बनाइरहन पर्‍यो यो कार्यविधि ?

राष्ट्रकै प्रतिकको रुपमा रहेको झण्डाको दुरुपयोग गर्नु पनि हद हुन्छ नि, कतै पार्टीकै शीर्ष नेताहरु पार्टीको झण्डा शिरमा बाँधेर राष्ट्रिय झण्डामाथि थाल राखेर भोजभतेर खान्छन् भने कतै अति देशभक्त पार्टी भनेर चिनाउन राजनैतिक सभामा पनि राष्ट्रिय झण्डाको प्रयोग गरिरहेकै छन् तर कहीँ कतैबाट पनि यसको विरोध भएको र दुरुपयोग गर्नेलाइ कारवाही भएको भनेको सुनेको छैन। यस्ता विज्ञापन र राजनैतिक पार्टीको कार्यक्रममा राष्ट्रिय झण्डाको प्रयोग भएका उदाहरहरण त कत्ति छन कत्ति तर अहिलेसम्म यसलाइ रोक्ने तर्फ कसैको ध्यान गएको देखिदैन।

राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९ ले विभिन्न सातवटा सर्तहरु राखी राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइने छैन भनेको छ तर दुरुपयोग गरे नगरेको कसले हेर्ने, र दुरुपयोग गर्नेलाइ के कस्तो कारवाही गर्न सकिने भन्ने कुरो चाहि ठ्याक्कै तोकेको रहेनछ। कार्यविधिको परिच्छेद ४ मा कुनैपनि जिल्लाको हकमा आफ्नो कार्यक्षेत्र भित्र राष्ट्रिय झण्डाको दुरुपयोग भए नभएको अनुगमन गर्ने भनेर प्रमुख जिल्ला अधिकारीलाइ तोकेको रहेछ तर प्रमुख जिल्ला अधिकारीले के के को अनुगमन गर्न भ्याओस र।

अनि मलाइ अर्को अचम्म र जिज्ञासा लागीरहेको कुरा पनि छ, पत्रकार रवि लामीछानेको विश्व किर्तिमानमा। उनले नेपाललाइ विश्वसामु चिनाउन र वुद्ध नेपालमा नै जन्मेका हुन भनेर चिनाउन लगातार ६२ घण्टा भन्दा बढी समय सम्म निरन्तर कार्यक्रम (टक सो) गरे। उनले त्यो अभियानको लोगोमा के चिन्ह राखेका हुन मैले वुझिन। सरसर्ती हेर्दा माथी चन्द्रमा र तल सुर्य अंकित चिन्ह छ, जुन हामीले नेपालको झण्डामा प्रयोग गर्दै आएको छौ। अनि अर्को माथी रातो कलर र तल निलो कलरको पताका पहराइएको छ।

यदि विश्वलाइ नेपाल सामु चिनाउने भनेर गरेको त्यत्रो ठुलो कार्यक्रमको लोगोमा नेपालको वास्तविक झण्डा नै प्रयोग गरेको भए के विग्रन्थो। मैले त्यस लोगोका अर्थ नवुझेको पनि हुँला तर यदि त्यो लोगोमा राष्ट्रिय झण्डा नै राखिएको हो भने हाम्रो राष्ट्रिय झण्डाको छेकछन्द नै मिलेन। यदि झण्डा नै राख्न खोजिएको थियो भने रातो पृष्ठभुमिमा निलो किनार भएको झण्डा हुनपथ्र्यो। झट्ट हेर्दा चन्द्र सुर्य पनि छ अनि रातो र निलो कलर पनि छ तर वनावट हेर्दा चाही रातो र निलो रङलाइ तलमाथि प्रयोग गरिएको मात्र छ। घुमाउरो पारामा हेर्दा मलाई त्यहाँ पनि नेपालको झण्डाको दुरुपयोग भएको जस्तो लाग्यो। मैले रवि लामीछानेको कार्यक्रममको बारेमा यत्तिका गुनासाका कुरा गर्दै जाँदा उनको अभियानविरुद्ध लागेको चाहीँ होइन, मात्र जिज्ञासा पोखेको हुँ आशा छ मेरो जिज्ञासाको समाधान यहीँबाट आउनेछ।

29 thoughts on “राष्ट्रिय झण्डाको उपयोग कि दुरुपयोग?”

  1. gokul says:
    May 6, 2013 at 2:59 am

    कुरा जे भएपनि आखिर घुमी फेरि रुम्झाटार भने जस्तै हो. खास कुरा के भने हाम्रो देसको नेता भन्दा पनि कानून मा पोख्त सरकारी हाकिम हरुले नै देशको कानून को उपहास गरेको मैले देखें. येदि कानून मा हाम्रो राष्ट्रिय झन्डा बिज्ञापन मा राख्न नमिल्ने भए राख्न नदिनु . या त सेन्सर बोर्ड ले कानून नजानेको हो या बेवास्ता गरेको हो. फेरी अर्को कुरा येदि झन्डा बिज्ञापन मे देखेर राष्ट्रियता जाग्छ भने किन कानून मा परिबर्तन गरेर झन्डा राख्न मिल्ने किन नगर्ने? बास्तव मा नेपाल को नेता हरु र सरकारी कर्मचारी हरु मात्रै पनि अनुशाशित हुने हो भने जनता आफै अनुशाशित हुन्छन. तर के गर्ने? रवि लामिछाने ले पृष्ठभूमि मा कस्तो लोगो राख्यो त्यसको अर्कै बिवरण होला जुन रबि लामिछाने ले नै दिंदा ठिक हुन्छा तर मेरो विचार मा देशको नाममा येत्रो ठुलो महान कार्य गर्दा अलिकति त्येता तिर पनि विचार पुर्याएको भए सुन मा सुगन्ध हुने थियो. जे होस् देशको गरिमामये झन्डा फर्फरौदा कसलाई गर्व नहोला र तर सिर्फ येति कि इज्जत साथ फर्फरौनुस न कि च्यातिएको न कि तलको माथि अनि माथिको तल नकि भिन्न रंगको नकि भिन्न आकार को

    Reply
  2. Sushil says:
    May 4, 2013 at 3:11 am

    see this लिंक: http://www.nomorerack.com/daily_deals/view/329833-all_american_bikini

    Is this misuse of American Flag?
    In Nepal says: yes !, but in USA not.
    This is the proud for American people, where they want to see their flag everywhere, no matter what is the propose of the use.

    Reply
  3. anjan adhikari says:
    May 2, 2013 at 5:51 pm

    बिकसित देश हरु उन्देर्वेअर चप्पल मा देश को झन्डा कोरिएको हुन्छ तर केहि प्रोब्लेम हुदैन ! अर्को देश बाट गएको टुरिस्ट ले समेत लगाएर घुमी रहन्छ तर पनि तिनी हरु को झन्डा को सान उत्तिकै छ !! आज तिनी हरु नै धनि र बिकसित छन् तर हामी किन झन्डा को कुरा लिएर झगडा गरि रहन्छौ !! झन्डा हाम्रो सान हो र हामी माया गर्छु तर हरेक कुरा negative पोइन्ट बाट हेर्नु भएन !!! संसार कहाँ पुग्यो त्यो संगै चल्नु पर्चा किन कि झन्डा र इतिहास को मात्र कुरा गरेर न नेपाल अगाडी जान्छ न नेपाली लै खान र लौन पुग्छ !!

    Reply
  4. Manoj Karki says:
    May 2, 2013 at 10:03 am

    पहिलो कुरा आत्मामै देशको वास हुनु पर्यो र देशका लागि गद्दार गर्नु भएन | भ्रष्टहरु , अपराधीहरु र विदेशी दलालहरु पनि नेपालका के के पद पाएर झन्डावाल गाडीमा चद्छन र झन्डा नि सबै कुरा मिलेर बनाएको हुन्छ | मेरो चित्त त्यहाँ निर दुख्छ जगदम्वा स्टिलको विज्ञापन भन्दा |
    कपडाको ध्वजा फहराउने कुरा त केवल प्रतीकात्मक हो जुन राष्ट्रिय प्रतीकको सम्मान गर्नु पनि पर्छ | तर, राष्ट्रिय अपराधीहरु जव सम्म नेपालको झन्डा फहराएर हिंडछन् हाम्रै अगाडी तवसम्म यो लेख भावनात्मक होला तर सान्दर्भिक हुँदैन |

    Reply
  5. Jeevan Thapa says:
    May 2, 2013 at 9:13 am

    लाटाको देशमा कानो तन्नेरी भनेको येही हो/ कागजमा लेखेको कानुन को बाल मतलब?

    Reply
  6. Gaurab Nepali "Oodaaseen" says:
    May 2, 2013 at 4:00 am

    उल्लेखित कुराहरु सहि भयपनी रबि लामिछानेको प्रसंग चाही सुहायन! सायद मेरो बुझाई र दुवाडी को बुझाई फरक हुन् सक्छ ! रबि लामिछाने ले प्रयोग गरेको त्यो लोगो युनिक छ, यो एउटा लोगो हो ! लोगोको आशय हुन्छ मोहदय ! रस्त्रबादी र राष्ट्र प्रति समर्पित रबि लामिछानेको बारेमा तितो नपोखेकै बेश !

    Reply
    1. Manish Duwadi says:
      May 2, 2013 at 10:58 pm

      मैले प्रस्ट रुपमा नै भनेको छु नी रवि लामिछानेको विरोध गरेको होइन, उनको अभियान विरुद्ध वोलेको हैन भनेर । तपाइले भनेजस्तै लोगोको आशय हुन्छ …तेइ लोगोको आयस पाउछु कि भनेर यत्ति जिज्ञासा राखेको यहाहरुका सामु ।

      Reply
  7. puspa_reader says:
    May 1, 2013 at 9:36 pm

    यो भीडिओ मा भनिएझैं नेपालको झन्डा विश्वमै एक बिशिस्ट गणितीय मापनमा आधारित छ. यसको निर्माणको बिधि नेपालको संबिधान को अनुशुची ५ मा उल्लेखित छ! मेरो जिज्ञासा के छ भने यदि बि सं २०१९ अघि झन्डाहरुमा एकरुपता थिएन भने के त्यो गणितीय मापनको आधार २०१९ पछिका विद्वानले बनाएको हुन् वा यो पहिलेदेखि नै थियो र केवल झन्डा बनाउँदा अल्छी गरेको हो, यो कुराको अनुसन्धान गर्नु जरुरि छ. कृपया यो भिडिओ हेर्नु होला जसमा एउटा अनुसन्धानकर्ताले नेपालको झण्डाको बिसिष्ट गणितीय मापनको बयान गरेका छन् : http://www.numberphile.com/videos/nepal_flag.html

    Reply
    1. प्रवेश लामा says:
      May 1, 2013 at 11:01 pm

      _________________राष्ट्रिय झण्डा ________________

      काठको झण्डा,फलामको झण्डा,सुनको पनि झण्डा
      जसले फेर्छ राष्ट्रिय झण्डा तेस्लाई दुनु मृतु दण्डा !

      संसारले चिन्ने राष्ट्रिय झण्डा नेपाल लाई चिनाऊने मापदण्डा
      बिशोसामु जुक्दैन कहिलै यो हाम्रो त्रिकोण राष्ट्रिय झण्डा !

      पूर्व,पशिम, उत्तर,दक्षिन पैलियाको हाम्रो रास्ट्रको झन्डा
      हजार राष्ट्र लाई चिनाऊने एऊटै छ हाम्रो राष्ट्र को झन्डा !!!

      प्रवेश लामा

      Reply
  8. kailash says:
    May 1, 2013 at 8:19 pm

    जे गरे नि जसो गरे नि चल्छ नेपाल मा 🙁

    Reply
  9. sangeet says:
    May 1, 2013 at 8:16 pm

    राम्रो लेख छ मनिष jee
    cement को बिज्ञापन बाट झन्डा हटाउनु पर्छ.

    Reply
  10. Navin Rayamajhi says:
    May 1, 2013 at 7:29 pm

    यो देसमा नियम कानुन केहि छैन, जसले जे गरे पनि हुन्छ.

    Reply
  11. Rahul says:
    May 1, 2013 at 5:36 pm

    अब के गरुन्त सर तिनै ब्यापारी हाम्रो देश का नेताको घर र पार्टी चलाई दियका छन् |

    Reply
  12. gambhir ghimire , spain says:
    May 1, 2013 at 3:25 pm

    यो लेख सरसर्ती पढ्दा त हाम्रो राष्ट्रिय झण्डा को दुरुपयोग भय जस्तो त लागेन नि ……..फेरी निलो, रातो रंग अनि चद्र सुर्य प्रयोग गर्ना साथ नेपाल को झण्डा देख्नु द्रिस्त्री भ्रम जस्तो लाग्छ /कसैले हाम्रो झन्डा लाई कसैले माया गरेर इज्जत गर्छ भने किन बिबाद ?

    Reply
  13. Toyannath Dahal says:
    May 1, 2013 at 2:47 pm

    राष्ट्रिय झण्डाको प्रयोग र दुरुपयोगको सान्दर्भिक चर्चा गर्ने कलकामी मनीषलाई धन्यवाद । अब यो मुलुकमा दुरुपयोग गर्न के नै पो बाकी छर ? शिक्षा, सस्कार र सभ्यता विनाको अचेतनशीलहरुको भीडमा समृद्ध देशका कानूनहरु कहाँ त्यति सजिलै लागु हुन्छनर ? कानून बनाउनेलाई नै हेक्का छैन यो देशमा के गर्न हुने के नहुने भनेर किनकी सवै चोरिएका वा सारिएका फेहरिस्तहरु हाम्रा कानून हुन । खै कुरा बुझ्या ?

    Reply
  14. Dilip Suwal says:
    May 1, 2013 at 1:00 pm

    यो श्रृफ नालायकहरुको गैर जिम्मेवार पना सहितको घृनित कार्य हो, लोकतन्त्रको सिधा दुरुपयोग र देशलाई म बनाउन्छु भनेर राष्ट्रको पुरा जिम्मेवार लिने जिम्मेवारी कपुतको नालयकि कम्जोरी हो । माल पाएर नि चाल नपाएकाहरुको घैटामा चादै घाम लागोस । विश्वमा अनौठो र अरु देशको भन्दा फरक खालको राष्ट्रिय झण्डा नेपालकै रहेको झण्डाको बिषेशता बुझोस, महत्व बुझोस ।

    Reply
  15. Santosh Acharya says:
    May 1, 2013 at 12:49 pm

    हैन, नेपालमा उत्पादन हुने र नेपाली बजारमा सबै भन्दा धेरै हिस्सा ओगटेको जगदम्बा सिमेन्टले शान संग नेपाली झन्डा प्रयोग गर्नुमा म कुनै हानी देख्दिन | तर शीर्ष नेताहरु पार्टीको झण्डा शिरमा बाँधेर राष्ट्रिय झण्डामाथि थाल राखेर भोजभतेर खान्छन् भने त्यो चै अत्यन्त लाजमर्दो कुरा हो | तिनीहरुलाई यो देशको नेता त के जनता कहलाउने नि कुनै हक छैन |

    Reply
  16. सुरेन्द्र सुबेदी हंगकंग says:
    May 1, 2013 at 12:29 pm

    यो बिषय जगदम्बा सिमेन्ट र नेपाल सरकार ले जानोस मैले बुज्न सकिन/

    Reply
  17. saurav ojha says:
    May 1, 2013 at 9:23 am

    सबैको साझा नेपाल हो !! आफ्नो देश को गरिमा अथवा रास्त्रभक्ति देखाउन नेपाली दौरा सुरुवाल, भाषा, संस्कृति, झन्डा, आदि जे पनि जनता ले प्रयोग गर्न पाउनु पर्छ !! राष्ट्र को पहीचानको चीज हरु प्रयोग गर्दा सबै जनतामा देशप्रेम भावना जाग्छ| ब्यापारिक प्रयोजन होस् या घरायसी प्रयोग होस्, झण्डा को प्रयोग गर्न रोक लगाउनु पर्ने कारण म देख्दिन | गलत बिचार अथवा भावना फैलाउने काममा प्रयोग भयो भने चाई कानून अनुसार कारबाही गर्नु पर्छ |

    Reply
  18. sushi says:
    May 1, 2013 at 7:57 am

    जहाँ पैसा को बल मा जे पनि गर्न छुट हुने ठाउँ मा झन्डा दुरुपयोग गरे बापत मा सजाय कसले दिने/हेर्नुश न त्यहि लोकमान सिंह कार्की पहिले जनआन्दोलन बिरोधि अनि भ्रस्टाचार अनि दुरुपयोग निवारण आयोग ले अभियोग लगाएको मान्छे लाई नै त्यहि ठाउँ को प्रमुख बनाउन त्यहि ए माओबादी कै शिर्ष नेता हरु नै लागि परेको समाचार छ भने देखि तपाई पनि झन्डा दुरुपयोग गरे बापत सजाय पाउने कानुन भएको जिकिर गर्दै अब के हुन्छ भनेर सोधी रहनु भा छ भने ति नै नेताहरुलाई सोध्नु पर्ला जसले लोकमान सिंह कार्की लाई आयुक्त निउक्ति गर्ने सिफारिस गरे/

    Reply
  19. अनोज शाक्य says:
    May 1, 2013 at 7:24 am

    बदमासी गर्ने बेला , चोर्न जाने बेला , घुस खाने बेला मात्र राष्ट्रिय झन्डा प्रयोग गर्न पाइन्दैन अरु कुनै पनि बेला नेपाललाई माया गर्ने नेपाली बिदेशी सबैले नेपालको राष्ट्रिय झन्डा प्रयोग गर्न पाईन्छ ।

    Reply
  20. Radheshyam Thapa says:
    May 1, 2013 at 7:02 am

    देसको झन्डा को के कुरा/नेपालीहरुमा खोइ त् नेपालको माया / गौतम बुद्ध नेपाल जन्मेपनि इंडिया मा जन्मेपनि केहि फरक पर्दैन भनेर दलाइ लामाले लण्डनमा बोल्दा खोइ त् नेपालका नेताहरु,बुद्धिजीविहरु,नेपाली बुद्धिस्ट हरु बोलेको /खाली राजनीति गरेर देसको ढुकुटी सकाउन पाय पुग्ने रहेछ/

    रबि लामिछाने जी ६० घण्टा बोलेर के गर्यो तिमीले /तिम्रो बुद्ध नेपालमा जन्मेको भन्ने नारालाई त् दलाइ लामाले साफेबगर पुर्यैदियो / तिमीलाई त् फेरि अमेरिका गएर काम गर्न पैहल्यो /गिनिग बुकमा नाम लेखिहल्यो जो जहासुकै जन्मोस के मतलब होइन त् रबि जी /

    Reply
  21. Bishal shrestha says:
    May 1, 2013 at 6:15 am

    नेपाल को कानुन दैब जानुन ….

    Reply
  22. prabhat says:
    May 1, 2013 at 4:52 am

    झन्डा मा एक रुपता हुनु जरुरि छ. एस बाहेक मैले नबुझेको कुरा, मन्त्री हरुले गाडी र घर मा झन्डा राख्नु पर्ने तर अरुले राख्नन नपाउने? येसो हो भने के मन्त्रि र कार्यालय मात्र देश भक्त हो अरु चाही होइन त? अनि कहिले कहिँ गाडी मा झन्डा छोपी राखेको हुन्छ, साएद झन्डा देखौन लाज लागेरहो कि अन्य कारण हो कुन्नि? मेरो बिचारमा, देश को कुनै पनि नागरिकहरुले आफ्नो देशको झन्डा आफ्नो इच्छा अनुसार झन्डालाई सम्मान गरि प्रदर्सन गर्न छुट पाउनु पर्छ, तर कुनै पार्टी बिसेष, ब्यापारिक प्रदर्शन, स्वार्थ र नाफा को लागि भने स्वोचनै पर्ने हुन्छ.

    Reply
  23. Sudarshan Ghimire says:
    May 1, 2013 at 2:04 am

    मनीष दुवाडी- जी तपाईले राष्ट्रिय झण्डाको उपयोग कि दुरुपयोग को बारेमा जे जति
    खोजेर लेख्नुभयो त्यो साह्रै चित्त बुज्दो कुरा हो तर हाम्रो देशमा केहि दशक देखि
    देखिदै आएको के भने तलेदेखी माथि सम्म सबै साढे भएपछि कसले कसलाई मान्ने ? कसले कुन कानुनको पालना गर्ने ? कानुन बमिजिम को अचार संहिता या कानुनको पालना किन गर्ने आफै ठुलो साढे हुन् शफल भएपछि? कानुन हातमा लीइएर आफ्नै मनोपली गर्ने बरु ? “यो बिनाश काले बिपरित बुद्धि भने जसै हो “

    Reply
  24. Sundip says:
    May 1, 2013 at 1:19 am

    देशको झन्डालाई ब्यापारिक प्रयोजनको लागि प्रयोग भन्नाले के हो भन्ने कुरा प्रस्ट भएन जस्तो लाग्यो! मलाई मेरो देशको झन्डा भएको टी-शर्ट लाउन मन लाग्यो रे, अनि तेस्तो टी-शर्ट छाप्न किन नपाउने? साचै भन्दा मलाई मन पर्ने बिज्ञापन मध्ये एउटा हाम्रो देशको झन्डा बोकी दौडेका मान्छे हरु देख्न पाइने “मेरो देश मेरो जगदम्बा” हो.

    मेरो मन छोयो देश को झन्डा फर्फराएको देखेर! कृपया हामी सबै ले राम्रो पक्छ हेरौ, यो बिज्ञापनमा राम्रो कुरा खोजौ! मलाई के लागिरछ भन्दा, मैले एस्तो प्रतिकिर्या दिदा कतै मलाई नै जगदम्बा सिमेन्ट को एजेन्ट त भन्ने होइनन..?

    Reply
  25. Vijay says:
    May 1, 2013 at 12:45 am

    फिनल्याण्ड मा बिशेष बिशेष दिन मा ‘लिप्पू-पाइभा’ अर्थात झन्डा फरफराउने दिन भनेर घर घर मा झन्डा फ़र्फ़राउछन ! हरेक फिनल्याण्डमा बनेको सामानमा फिनिश झण्डाको चित्र हुन्छ ! तर, गलत तरिकाले उपयोग र विज्ञापनमा प्रयोग गरेको चाही पाइन ! मापदण्ड त धेरै बने, अझ पनि बन्लान, तर अब कार्यबाही गराउने को मुख ताक्नु भन्दापनि हामि आफैमा यो गलत हो, यो गर्नुहुन्न, यो सहि हो भनेर सुद्धि नपलायेसम्म झण्डाको उपयोग सहि संदेश दिनको लागि प्रयोग हुनेमा शंका रहिरहने ठहर गरे मैले !!

    Reply
  26. राज says:
    May 1, 2013 at 12:17 am

    Two questions regarding “The World Will Admire Nepal” –

    1) Who was the record holder before our own Rabi Lamichhane?

    2) Did you really know about the previous record holder and say wow to their country?

    So the conclusion is- (you derive it and write below).

    PS- No offense intended to Rabi or anyone related.

    Reply
  27. kiranrai says:
    April 30, 2013 at 11:45 pm

    छोडदिउ यार यस्तो थोत्रो आदर्षहरू , ब्यापारिक होस या जे मा होस अपमान गर्ने नियत नभए पुग्छ , यस्ता साना तिना , झारपात कुरामा किन अल्झिने हो , दिक्क लाग्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme