प्रकृतिले एकातिर पठाइदिएको छ सुन्दर वसन्त ऋतु तर मध्य पहाड र तराईतिरको खडेरीले लिन छाडेको छैन निर्दोषको ज्यूधन खडेरी लम्बिए अनिकालको खतरा ज्यूँका त्यूँ नै छ। भीषण आगलागीको लहर र सुख्खापनको धिराम नलागने सधै चिसिइरहने सर्वोच्च शिखर सगरमाथाको देशमा झै सुनिनेछैन प्रदेशका फूदन्तिहरु अजवको गजव भएको छ देश नेपाल। बितेका आठ वर्ष खासगरी २०६२/०६३ को जनआन्दोलन अर्थत अपिल क्रान्तिको विरामपछिको अन्तरिम भएको देश यतिबेला प्राकृतिक विपक्ति शक्ति कोही कसैको लगाममा कसरी पो होस छैन नै। देशमा अन्तरिम संविधान अग्रिम राष्ट्रपति हुँदाहुँदा सरकार अन्तरिम भनौ नीति मध्येको राजनीति नै बने बनाइएको छ जवरजस्त अन्तरिम अग्रीम देशका देशवासीलाई फिकर नै के होस र भोलिको अर्थात वर्ष २०७०। तथापि बदलिएको छ भित्ताको क्यालेण्डर, समदिन बढीको बिदै बिदाको क्यालेन्डरले निर्देश गरिरहेको छ आगतको ३६५ चक्र यस मानेमा वर्ष २०६९ को विदाई वा वर्ष २०७० को स्वागतको उपाक्रम दोहोरिएको छ फेरि एकपटक। गेग्रोरियन क्यान्डेरलाई पछ्याएर आफ्नो मौलिक संस्कार र संस्कृतिलाई डिजिटलाइज गरेकाहरुका हकमा त खै कुन्नी तर बाँकी निराशा अप्ठ्यारा र संकटहरुका बीच पनि आफ्नो सहकालको सपना देख्नेहरुका हदमा भन्नै पर्छ बाई बाई अन्तरिमकाल ०६९।
हो, नयाँ त केवल फेरिएको पात्रो मात्रै छ यहाँ। अरु त सब पुरानै परानो दल छन तर दलीय नेतृत्वको मिसन भिजन छैन देश र देशवासीको उत्थान र हितका लागि। सुन्दर सम्भावना छ देशभर तर छै कही कतै निर्माणको लहर झट्ट हेर्दा सबथोक छ तर छैन आमदेशवासीका मन मष्तिष्कमा हर्ष, उत्साह, वा उर्जा, नविता, उज्यालो र उचाई चुम्नका लागि केही नहुँदा नहुँदै सकिएको वर्ष हो २०६९ समग्रमा देश र जनताका लागि।
देशलाई जुरुक्क उठाएर संविधानसभाको चुनावमा होमेर नयाँ संविधान मार्फत एउयटा नीति र थीति स्थापित गर्न नसकेको हदसम्म वर्ष २०७० देखिदैन। यसका असली खेलाडी दलहरु नै हुन। तर तिनका नेता र नेतृत्वको अकर्मण्यताको पराकाष्ठाको वर्ष २०६९ ले २०७० मा क्रमभंगता गर्ला भन्ने के ग्यारेन्टी? पात्रो जस्तै आफ्ना असक्षमता र अयोग्यतामा दोहोरिने दलहरुलाई कमसे कम अब जनता स्वयं जागेर लिगमा ल्याउने लगाम लाएर दोडाउने गर्न सक्नु परेको छ। त्यसैले तमाम सर्वत्र भएनका बीच अब त केही गर्ने कि जनता स्वयंले २०७० मा?
एउटा देश राजनीतिक परिवर्तनको झण्डै दशकसम्म सधै अन्तरिम भएर चल्न असम्भव छ। तर त्यसबाट पार लगाउन दलहरुको कविलता देखिएन। हो त्यसैले अब आश जनताले उठ्नै पर्छ जाग्नै पर्छ। कम्तिमा ०७० मंसिरमा हुने भनिएको चुनावमा जनताले आफ्नो स्वतन्त्र मतको तागतले पुर्वको दुई पानीको पानी बनाई दिनै पर्छ। वर्ष ०७० लाई सफल र सार्थक बनाउँदै देशलाई असल शासन र विकासको युगमा डोर्याउन आफ्नो दिसा खोज्नै शान्त क्रान्तिको उद्घोष गर्न अब जनता स्वयं विवेकी र निर्णायक मात्रै होइन हस्तक्षेपकारी हुन सक्नुपर्छ। कसैले माने पनि नमाने पनि देशको राजनीतिस कम्यूनिष्ट, कांग्रेस, राजावादी र मधेशी जनजातीवादी ४ कित्तामा बडिएको छ।
अन्य जनताले सबैलाई बराबर माया र भरोसा गर्ने प्रवृत्ति घातक छ। खासमा प्रजातान्त्रिक शक्तिको दवा गर्ने कांग्रेस, वामपन्थी अगुवा दावा गर्ने माओवादी, क्षेत्रीयता वा संघीयताको हिमायती देखाउने मधेशी, जनजाति शक्ति र पुर्नउत्थानको सपना साँच्े राप्रपा नेपालको असली परीक्षा लिन जनता कठोरतापूर्वक निर्णायक बन्नुपर्छ ०७० मंसिरमा। यिनै ४ मध्ये एक शक्तिलाई कम्तीमा ५ वर्ष स्पष्ट बहुमत दिने गरी मतदान हुनुपर्छ जनताबाट। फेरि पनि त्रिशंकु संसदले संविधान त के न्यायी सरकार पनि दिने छाँट छैन। देशलाई बामपन्थी नेतृत्वमा अघि बढाउने हो भने जिताउन जनताले एमावादीलाई। सघर्षमा डोर्याउने हो भने हाजिरै छन वैद्य मधेशी वा जनजातिका कुरा र काण अति र खति नबुझ्ने सायदै नियाली मतदाता होलन। पुरानै राम्रो कि नराम्रो छनोट मतदाताकै हो। २०४७ पछि कै स्थितिमा पुर्याउने कि नपुर्याउने कांग्रेसलाई? निर्णय मतदाताकै हातमा छ।
कुरो को चुरो यति हो कि प्रष्ट बहुमत एउटा दललाई प्रखर प्रतिपक्ष बढीमा २ दललाई दिने गरी मतदान गरेर आफ्नो निर्णायक क्षमता सिंहदरबारबाट मुखापिरत गराउन वर्ष ०७० लाई कैद गर्नुपर्छ आम नेपालीले। देशलाई अन्तरिमकाल चक्रबाट मुक्त गराउने देश विदेशका सबै नेपालीले भारे हाल्न अल्छी गर्नु हुँदैन र सबैलाई निश्चित एजेण्डावादी दललाई छनोट गर्न सक्नुपर्छ। यसो नगरेमा के उही त्यस्तै हुने हो हैन र ०६९ जस्तै?
१२ वर्षका खोलो फर्कन्छ भन्छन्। पंचायतको पतनपछि सूर्यबहादुर थापा र लोकेन्बहादुरलाई चोख्याएर कांग्रेस एमालेलाई यो भनाई सावित गरेकै हुन हामीकहाँ यस्तै तालता र अन्यौललाई संगाल्ने हो भने के नागर्जुनका राजालाई कमल थापाहरुको के कुरा कोही न केहीले नफर्काउला भन्ने ग्यारेन्टी पनि त छैन नि। निरन्तरको भ्रष्ट र असफल कांग्रेस, द्वन्दको बाली लगाउने माओवादी (दुवै) अवसरवादी र ढुलमुले एमाले, विखण्डनकारी मधेशी दल मध्ये सबै एकै एकै हुन अहिलेसम्म। हामी कुनै असफल र खराब बीच छनौट गरिरहेका हुने छैनौ ०७० मंसिरमा खरावहरुका बीचबाट एउटा कम खराब शक्तिलाई स्थायी सरकारको तहसम्म नपुर्याए वर्ष ०७० पनि समग्रमा अन्तरिम नै हुन जानेछ। त्यसैले बाई बाई अन्तरिम गरौ र एउटा थीति खोजौ वर्ष ०७० मा खासगरी आउँदो चुनावमा यसै माने्मा बाई बाई ०६९ स्वागत ०७० तपाई हामी सबैको होइन त? कि कसो त ?
यो केहि हैन केवल पैसा खाने अर्को नया तरिका मात्र हो i मान्छे आउछ फेल हुन्छ अर्को चोटी आउछ फेल हुन्छ तेतिमत्रै हो /////
कहिलेकाहीं सुर्य खड्का पनि थिरको र धिरको कुरा गरि टोपल्छन | के गर्नु सुर्य जी “मुटु माथि ढुंगा राखी हाँस्नु पर्याछ”| माईला ठकुरीको “चानस” नभए पछि एउटा ओत त खोज्नै पर्यो नि होइन ?
अँ एउटा कुरा सुर्य जी, पात्रो लाई किन दोष ? पात्रोले आफ्नो कर्म र धर्म निभाउन असक्षम भएको भए कसरी २०७० साल आउंथ्यो ? बरु हामी र हाम्रा ठेकाधिकारीहरु पात्रो जस्तै सक्षम र ईमान्दार भईदिएको भए……………पो भन्ने कि ?
देशमा जनता भन्दा बढी नेता , नेता भन्न लायकको मान्छे भन्दा बढी दल भए पछि के गर्ने ? दलहरुकै दलदलले गर्दा बिकासले तिब्र गति लिन सक्दैन / केहि बुढा नेताहरु नमरे सम्म सबै दलहरु केहि वर्षको लागि बिश्राम गर्दा राम्रो होला/
खाय खा नाखाय घिच जस्तो भयो सुर्य जी ! बिहानीको छनकले दिनको धोका उघारी दिन्छ भने जस्तै ! देश अब यी पंगु पार्टी या नेताहरुलाई बहुमत अल्पमत दियर होइन यिनीहरुलाई चारपाते मुडेर दण्ड कटाउनु पर्छ र अबको नेपाल भनेको बिज्ञं ( expert ) हरुलाई जिताउन ति हुन् सक्छन: राजेश हमाल, अनिल शाह, अनिल जोशी, रबि लामिछाने, रबिन्द्र मिश्र, उपेन्द्र महतो, जिबा लामिछाने, रुक्मांगत कटुवाल आदि इत्यादी को नाम छानौ ! यो देश कहिलै बन्छ भने बिज्ञान बाटै बन्छ !
कुरा ठिक होला- देश “बिज्ञान” बाटै बन्ला तर तपाइले देको लिस्टमा एक जनापनि बैज्ञानिक छुट्याउन सकिन मैले त :p कि ” मेटाफोरिकल्ली” भन्न खोज्नु भाको?
बिबेक जी
नेपाल को आबश्यकता बैज्ञानिक होइन, राम्रा अर्थविद र योजनाबिद अनि कुशल प्रशासक हो.(बैज्ञानिक हरु भए राम्रो तर अति अबाश्य्क होइन नेपाल को अहिले को परिप्रेक्ष मा)
हाहाहा! मलाइ नि तेस्तै लाग्यो हो! कटुवाल लाइ रास्ट्रपति बनाउनुपर्ला (नेपालि सेनाको परमाधिपति) राजेश हमाल लाइ प्रम बनाउनुपर्ला! अनिल शाह लाइ अर्थमन्त्री बनाउनुपर्ला, अनिल जोशीलाई गृहमन्त्री, रबि लामिछानेलाई संचार कि केहो मन्त्रि, रबिन्द्र मिश्र लाइ पररास्ट्र र समाजमंत्री, उपेन्द्र महतो लाइ ब्यापार ब्याबसाय, जीवा लामिछानेलाई रोजगार मन्त्रि!
देश त क्या बन्थ्यो होला गाठे!
साथीले फिल्मलाई देश ठान्या हो कि देशलाई फिलिम?
के देश नामको फिलिम बनाउने हो?
अरु त तेस्तै हो तर राजेश हमाल लाइ प्रम बनाउनुपर्ला भनेको र
साथीले फिल्मलाई देश ठान्या हो कि देशलाई फिलिम? सार्है नै घत लाग्यो
सुर्य खड्काजीको लेख र तिकातिप्पनी प्रायजसो सान्दर्भिक हुन्छ ,यसमा दुइ मत छैन…..आन्तरिमकाल जुन १ वर्ष ( २०६९ ) लाइ विदा गरेपनि….अहिले बनेको अन्तरिम सरकारलाइ विदा गर्न चुनाव त हुनपर्यो नै ….४ ठुला दल भनाउदाहरुले एक आपसमै सहमति गर्न सकिराखेका छैनन् भने,अरु तितरबितर गुट-उपगुटमा बनेका भुराभुरी पार्टीलाई कहिले सम्झौतामा ल्याउने ? ३ करोड नेपालीलाई कसरि विश्वास दिन सक्छन अनि चुनावको वातावरण बनाएर संविधानसभाको पुनर्निर्वाचन होला ?????? हामी सर्वसाधारण नेपालीहरुको आखामा छारो हानेर, झारो टार्ने कामले यस्ता ०७० जस्तै नयावर्ष अझै कति कुर्नु पर्ने हो ????????
‘ज्ञानेन्द्रभन्दा बढी राजावादी’ भनेर शशांकजीले भन्नुभाको सम्झेर ल्यायो ।
एउटै कुरामा अड्डी कसेर पनि त बस्न भएन नि पुष्पजी ! सुर्य खड्का धरातलीय यथार्थमा ओर्लिसकेका छन् ! कुनै वादमा आस्था राख्न पाउनु उनको गणतान्त्रिक अधिकार हो| त्यसो गर्न पाउन्नौ भनेर सुर्य खडकालाई भन्न पनि त मिलेन!
सुर्य खडकाले बल्ल मेरो मनको कुरो गरे| मैले बाराम्बार भन्ने गरेको कुरो पनि यहि हो : नराम्रा मध्य सबभन्दा राम्रोलाई अत्याधिक मत दिएर एउटा दीगो सरकार बनाऔं| राम्रो हाम्रो देशमा अब नखोजौ, छैन ! अनि पशुपतिनाथले देश बचाउछ भन्ने भ्रममा नबसौं| नानीमैया दाहाल प्रवृतिलाई जिताएर आक्रोश मत खसाल्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो| भिजन, कार्यक्रम, डाइनामिज्म, जुझारूपना र समयानुरुप चल्न सक्ने राजनैतिक दललाई जनादेश दिनुपर्दछ| सामान्ती संस्कारमा हुर्केका नेपाले नेताहरुमा आदर्शवादिता खोज्नु बेकार छ| भएका अगतिला मध्ये गतिलालाइ छान्ने हो| सालाको ससुरा समाजवादी दलमा छ भनेर मत खसाल्ने क्रम जारि राख्यौ भने यी टाट्पाङ्ग्रे नेताहरुले जीन्दगिभर हामीलाई हिँग हालिरह्न्छ| हिजो अचेत भएर मत खसाल्यौ, अब चेतेर हाल्नुपर्यो|
सुर्य जी को येस्पालिको लेखमा खालि सुभकामना र अलि अलि छुस्स राजनीति को कुरा त्यो पनि मुख चपाएर लेउनु भएको छ |
सिधै भासा मा भन्नु पर्दा चै राजा को पनि धेरै सपोर्टर छन् , तर राजा पार्टी न भएको र सक्रिय कार्यकर्ता न भएको हुदा फर्कन सक्दैनन् | तेस्तै चुनाब हुन् देला भन्ने मै संका छ , किनभने चुनाब ,सरकार आदि सब्दाबली राजनीति पेसा भएका लाइ बढी प्यारो हुन्छ , आम जनता जो आएपनि सासित हुने नै हो | रोटि धुरीबाट थाल मा खस्ने हैन |
चुनाब के का लागि भन्दा राजनीतिक सत्ता प्राप्ति को लागि !! हाम्रो देस मा चुनाब को धेरै फाइदा छ ,तर यसै पनि देश को श्री ३ महाराज भएर बसेको यो ३ पार्टी ले चुनाब पछि पनि श्री ३ हुन् पाउछ ? पाउदैन,सायद कम सम्भाबना छ |
किनभने मूल धार को ३ पार्टी मुलत अब ब्राह्मण ,छेत्री को पार्टी सायद रहन सक्छ |
मधेसी र जनजाति को संयुक्त नाराले सायद ३ पार्टीको शक्ति लाइ धेरै क्षय गर्नेछ र
आर्को मावोबादी लाइ पनि बैद्द्य मावोबादिले धेरै हानि पुराउन सक्छ |
यो सब हेर्दा चुनाब हुने कम सम्भाबना पो छ कि ?
फेरी मदिसे को नागरिकता को सदबाहर समस्या , जनजातिको संघियता को माग आदि सम्बोधन न गरि के चुनाब सम्भब होला ?
हामी नेपाली हरु आखिर किन दलिय विवाद मा मुछिञ्छौ जहिले पनि –चुनाब को समयमा भाई भाई बीच फुतायर सत्ता कब्जा गर्न माहिर दलिय दलाल हरु को फन्दा मा पर्नु भन्दा – आफ्नो ठाउँ को विकास मा पर्तिबद्दा गर्ने कुनै लाई जिताउनु मा नै मैले राम्रो देख्छु . नेपाल को बिडम्बना कार्यकर्ता नभाको पनि दल अनि त कसरि स्पस्ट बहुमत आउने –यसपाली जुन दल ले भयपनी स्पस्ट बहुमत ल्याओस.