Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अन्तरिक्षमा जाने पहिलो नेपाली बन्ने हो ? मंगल ग्रह जान दरखास्त हालिहाल्नुस् !

Posted on April 26, 2013April 26, 2013 by Salokya

mars यो हप्ताभरी हामीले हिरोइन निशा अधिकारी र हिरो अर्जुन कार्कीको सगरमाथा आरोहणमा उठेको विवाद बारे चर्चा गर्‍यौँ। सगरमाथामा राख्‍न बाँकी रेकर्ड धेरै छैनन्। बरु अन्तरिक्षमा अहिलेसम्म कोही नेपाली गएका छैनन्, त्यतातिर पो ट्राइ मार्ने हो कि! अहिले एकदमै मौका छ। नेदरल्यान्ड्सको गैरनाफामुखी संस्था मार्स वनले मंगल ग्रहमा १० वर्षपछि चार जना अन्तरिक्ष यात्रीलाई पठाउँदैछ। त्यसका लागि विश्वभरबाट १८ वर्ष पूरा भएकाहरुबाट दरखास्त आह्वान गरिएको छ। के थाहा, फ्याट्ट तालुमा आलु फलेर मंगल ग्रह गइहाल्न पो पाउनु हुन्छ कि ! दरखास्त दिन कुनै प्राविधिक ज्ञान आवश्यक छैन। अंग्रेजी भाषामा पोख्त हुन जरुरी छैन। विश्वका विभिन्न देशबाट ‘म पनि जाने, म पनि जाने’ भन्दै अनलाइन दरखास्त दिनेहरुको क्रम बढ्दो छ। दुई दिनमा ३३ हजारले आवेदन दिइसके। तर यो ब्लग लेख्दासम्म एक जना नेपालीले मात्र दरखास्त दिएका छन्। बाँकी जीवन मंगल ग्रहमा बिताउन चाहने ती नेपाली को हुन् त ?

Prakash
उनी हुन् प्रकाश पी. सुवेदी। २९ वर्षका भए। नेपालमा घर कहाँ हो, कति पढेका छन्, के गर्छन् भन्ने चाहिँ थाहा छैन। मंगल ग्रह जान पाए पनि नपाए पनि दरखास्त दिने भने उनी पहिलो नेपाली हुन्। उनले आफ्नो परिचय तलको भिडियोमा दिएका छन्, हेर्नुस-


59 thoughts on “अन्तरिक्षमा जाने पहिलो नेपाली बन्ने हो ? मंगल ग्रह जान दरखास्त हालिहाल्नुस् !”

  1. Bijay Pokharel says:
    May 4, 2013 at 10:57 am

    मंगल ग्रहमा जना सजिलो चिया अनि धेरै महँगो पनि छ. त्यसैले जो यो mission मा काम गर्दै छ तिनी हरु को खर्छ उठाउन को लागि यो mission लै यति पब्लिक बनको हो. ६ डलर तिर्नु पर्छ registration को लागि. पैसा उठाउन मात्र गर्य हो यो सब.

    Reply
  2. arun belbase says:
    May 2, 2013 at 4:38 pm

    गए पछि नफर्कने नै हो भने हाम्रा राजनैतिक दल का सबै नेता लै पठाउनु पर्यो लौन प्रकाश जी तपाइले तिनीहरु को पनि नाम लेखाइदिनु पर्यो आफै लेखन जान्दैनन् क्या रे हाम्रा औठा चाप नेता हरु

    Reply
  3. शैलेन्द्र ढकाल (म्याउ) says:
    April 30, 2013 at 5:14 pm

    ५७ डलर रजिस्ट्रेसनको लागि भन्ने कुरो कस कसले थाहा पाउनु भो? साएद यो सस्थाको स्रोत नै तेही होला, १० बर्समा टन्न डोनेसन समेत भेट्ने देखिन्छ,समग्रमा सफल हुन सक्ने सम्भावना देखिएमा औचित्य योजनाको देखिन्छ

    Reply
  4. SAMEER says:
    April 30, 2013 at 2:43 am

    ४ जना
    १. पुष्प कमल दाहाल
    २. बाबु राम भट्टराई
    ३. सुशील कोइराला
    ४. झल्नाथ खनाल
    अरु कोता छ भने अजै थपुला

    Reply
  5. Laxman Bogati says:
    April 29, 2013 at 4:45 pm

    जनुता-जानु आफु यक्लै जानु श्रीमती कहिलै साथमा नलानु
    फर्केर अऊछ आऊदैन आमाको आशिर्बाद थापेर जानु
    खाना-खान पाऊछ पाऊदैन साथमा खाना लियर जानु
    प्रकाश जी श्रीमतीलै कहिलै साथमा नलानु !!!

    Reply
  6. prabhat says:
    April 29, 2013 at 3:52 am

    ठिकै हो साथीहरु हो, फर्काएर ल्याउनु नपर्ने रहेछ. पैसा टन्न कमायो यौटा रकेट बनायो त्येसमा टन्न बारुद भर्यो अनित त्येस रकेट लै मंगल ग्रह तिर फर्कायो अनि सुट गरिदियो, फर्कन नपरेपछि पुग्नुनापुग्नु को मतलब भएन, अनित फेरि अर्को ग्रुप पठाउने तयारी गर्यो. यो त कछुवा र बकुलाको कथा जस्तै भयो. 🙂

    Reply
  7. prabhat says:
    April 29, 2013 at 3:28 am

    हुम्म्म्म ! मंगल ग्रहमा जनुपौने हो कि होइन त्योत थाहा भएन, तर यहाँ चाहि बिना पढाई बाट पी एच दि को डिग्री लिने भनि बिज्ञापन दिए जस्तै गरि आर्थिक सदयेन्त्र को ठूलो गन्ध आइरहेको छ

    Reply
  8. resham says:
    April 28, 2013 at 11:42 am

    बरु यो हाम्रा सबै नेताहरु लाई मंगल ग्रह तिरै पठाई दिए हुन्छ है साथी हो / कतै देशले सुख शान्ति हुन्थेओ कि?

    Reply
  9. Pankaj says:
    April 28, 2013 at 10:32 am

    मार्स तिर जोडा जोडी बनाएर पठाउदा राम्रो हुन्छ / उतै तिर घरजम हुने थीयो /

    Reply
  10. पुष्प says:
    April 28, 2013 at 9:22 am

    मंगल ग्रह भन्दै नासाको ल्याबमा पुर्याउने, अनि अनेक परीक्षण गर्ने होलान् । त्यही भएर फर्किन पाइन्न भनेको शायद ।

    Reply
    1. Harke says:
      April 28, 2013 at 4:02 pm

      “………… नेदरल्यान्ड्सको गैरनाफामुखी संस्था मार्स वनले मंगल ग्रहमा १० वर्षपछि चार जना अन्तरिक्ष यात्रीलाई पठाउँदैछ।…”

      नासा चाही अमेरिकाको संस्था हो..!

      Reply
      1. पुष्प says:
        April 28, 2013 at 9:43 pm

        NASA planning one-way mission to Mars
        http://www.youtube.com/watch?v=YGpns8KpDw8
        के थाहा, नासाकै पासा हो कि मार्स वन !

        Reply
  11. bmaya says:
    April 28, 2013 at 9:20 am

    अवसर राम्रै हो..मिति पुगेका हरुले पो try गर्नु पर्ने हो.. मा पनि तेही कोटीको परें try गर्नु पर्ला….

    Reply
  12. Bhakta says:
    April 28, 2013 at 2:29 am

    प्रभु ! कोटा बढाउ नेपालि नेताहरुलाई चान्स देउ ,,,,,

    Reply
  13. Nawaraj says:
    April 27, 2013 at 10:56 pm

    मंगल ग्रह लैजाने भन्दै ठगी गर्ने गिरोह यो। साबधान। कहाँको नेपाली हो ठगियो विचरो । म पनि वृहस्पति ग्रह लैजान्छु भनेर विज्ञापन गरम कि क्या हो? दुइ चार पैसो आउंथ्यो कि।

    Reply
    1. तेन्जिंग गाबा says:
      April 28, 2013 at 9:02 am

      ब्रो होस् गरम है
      दुइ चार पैसो मात्र आए त् हुन्थ्यो नि
      केहि बर्ष निशुल्क खान-बस्नको ब्यबस्था पनि ब्यबस्था मिल्न सक्छ नि फेरी,

      Reply
    2. bibek dhakal says:
      April 28, 2013 at 3:05 pm

      कस्तो डेन्जर गिरोह? टाइम्स र विकिपीडिया ले समेत साचै भनठानेछ्न त 🙂 !
      http://en.wikipedia.org/wiki/Mars_one
      http://www.timeslive.co.za/scitech/2013/04/27/only-five-south-africans-apply-for-mars-one-colony

      Reply
  14. Dil Rai says:
    April 27, 2013 at 9:35 pm

    जहाँ गए पनि अन्तेममा नमरी हुन्दैन खै !!!!१

    नमरिने हो भने त म पनि आबेदन दर्ता गराउने थें ….

    Reply
  15. resham says:
    April 27, 2013 at 8:10 pm

    मलाई जान चाही मन छ तेहको अवस्था हेर्नलाई. / तर येश्को निम्ति केहि प्राबिधिक अनि बिज्ञान सम्बन्धि ज्ञान भए अझै असल हुनेथियो/ आफु जान सक्ने निस्चायता अलिक कम्ति भो/ तेसैले निबेदन चाही दी नहालु कि भन्ने सुरमा छु/ सुर हुने सबैले निबेदन चडाए चाही केहि बिग्रने वाला छैन है /

    Reply
  16. Radheshyam Bogati says:
    April 27, 2013 at 6:43 pm

    म पनि अपलाई गर्छु ❢ पर्यो भने आइफोन र तब्लेट पनि लान्छु ❢

    Reply
  17. सुरेन्द्र सुबेदी हंगकंग says:
    April 27, 2013 at 5:21 pm

    नेपाल का तुइरे नेता हरु लाई लागि देउ न हजुर मंगल ग्रह मा,धेरै नेपाली हरु खुसि हुन्थे /

    Reply
  18. babu ram says:
    April 27, 2013 at 4:00 pm

    प्रकाश सुबेदी पाङ्ग पर्बत का हुन् उनि डिभी मा अमेरिका बस्चन ल ल बधाई छ प्रकाश जी

    Reply
  19. jeewan says:
    April 27, 2013 at 2:03 pm

    सामुहिक फोर्म भर्न मिल्छ भने म नेपालका ४० पार्टीका नेताहरुको सूचना संकलन गरेर स्वयंसेवक बन्न तयार छु . अनि सबै नेपाली ले अनुरोध गर्नु पर्छ तिनीहरुलाई guarantee लग्नलाई ……

    Reply
  20. खोजि बाबा गुरुङ says:
    April 27, 2013 at 1:27 pm

    ” मास छर्न जाने ” र ” मार्स जाने ”
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,उस्तै उस्तै हो ?

    Reply
  21. Jeevan Thapa says:
    April 27, 2013 at 12:46 pm

    मंगल ग्रह मा गयो भने सालोक्य को ब्लग पढ्न सकिन्न सो म त जान्न है !!!!

    Reply
  22. MAIN SALAI says:
    April 27, 2013 at 11:10 am

    Microbes are there in Mars for sure as NASA has confirmed water (ice) under few meters of martian surface. I think it is a fantastic piece of news for me and others who enjoy Cosmos and beyond. May me not now but in future man kind will explore the red planet. 2023 will be a great year !!!

    Reply
  23. Hari says:
    April 27, 2013 at 11:05 am

    कहाँ गए के हुने छ र …
    बस माया जोवन धानेर /

    Reply
  24. Sammohan says:
    April 27, 2013 at 10:52 am

    मर्नु र मार्समा जानु उस्तै उस्तै ! One way ticket
    न परिवार भेट्न पाउनु, न त साथीहरु नै
    संगै जाने चै आफ्नै उमेरको केटि परे हो नत्र त मार्स मा गएर मरे नि भो

    Reply
    1. खोजि बाबा गुरुङ, हंगकंग says:
      April 28, 2013 at 9:06 am

      संगै गएकी केटीले “ब्वाईफ्रेन्ड” पनि संगै लगि भने के गर्ने नि ?

      Reply
  25. shankar pun says:
    April 27, 2013 at 10:46 am

    धेरै नेपाली नगएकै बेस होला साथी हो , फेरी मार्स लाई पनि नेपाल जस्तै बनाइदिने होकी, कहिले सिंगापुर त कहिले स्वित्ज़र्लैंड बनौन चाहने हरु पनि हाम्रै मान्छे हरु हुन्

    Reply
  26. Ravindra says:
    April 27, 2013 at 9:58 am

    दर्ता सुल्क लिएर पैसा कमाउने राम्रो तरिका हो

    Reply
  27. Bibek says:
    April 27, 2013 at 9:40 am

    If they really want to send people then it should be 2 boys n 2 girls or 3 girls n 1 boy so that they again don’t need to spend huge amount of money to send more people in mars to grow population over there and that money could be spend to eradicate poverty from the world.

    Reply
  28. Radheshyam Thapa says:
    April 27, 2013 at 9:34 am

    गुड लक् है प्रकासजी ,येदि तपाई सेलेक्ट हुनुभयो भने यानको झ्याल बाट नहेर्नु होला फेरि खसेर नेपालतिरै झर्नु होला /

    Reply
  29. bibek dhakal says:
    April 27, 2013 at 8:46 am

    जानुस प्रकास भै जानुस ! तपाई गएर पहिला सेटल हुनुस – त्यसपछि हाम्लाई नि आउन सजिलो होला नि 😀

    Reply
    1. Satik says:
      April 28, 2013 at 9:59 am

      तान्न मिल्छ नि, प्रकाश जी ले मार्श बाट भिसा पठाईदिन्छन

      Reply
  30. तेन्जिंग गाबा says:
    April 27, 2013 at 8:40 am

    # मंगल ग्रहमा स्वास फेर्न बायुमण्डल छैन
    # मंगल ग्रहमा पिउने पानी छैन
    # मंगल ग्रहमा बत्ति बाल्न बिजुली छैन
    # मंगल ग्रहमा बाटोघाटो पुलपुलेसा छैन
    # मंगल ग्रहमा मानब योग्य कुनै पनि सेवा सुबिधा छैन

    हाम्रो राजधानी पनि ठ्याक्कै मंगल ग्रह जस्तै नै छ नि,
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,अनि किन जानु मंगल ग्रह ?

    Reply
    1. jeevan verma says:
      April 28, 2013 at 1:06 am

      एउटा मात्र फरक के भने, हाम्रो राज धानि भौतिक रुपले अस्तित्वमा छ तर मंगल ग्रह केबल परि कल्पनामा मात्रै छ !!!!!!!!!!

      Reply
    2. Prakash! says:
      April 29, 2013 at 10:56 pm

      मीठो तर्क गर्नु भो मित्र……

      Reply
  31. raghubir says:
    April 27, 2013 at 8:02 am

    फर्केर आउन नपाउने यो कस्तो अफर हो ? निशा अधिकारी र जितबहादुर कार्कीलाई पठाई दिए हुने – सगरमाथा चढेको भन्दा बढी नाम कमाउँथे मोरा-मोरीले। उतै फिलिमको सुटिङ गरेर यता यसो टेलिकास्ट पनि गर्थे कि!

    नेताहरुलाई त्यता पठाइदिनुपर्ने भन्ने पनि कमेन्टहरु देखियो। रा च पौ सर यता दुई तिहाइ ल्याउने सपना देखिरहनुभएको छ, कता उहाँ जस्ता नेतालाई मंगल पठाउने। रा च पौ दुइ तिहाइको सपना देख्दै, छविलाल सर एमाले खत्तम भएको सपना देख्दै, माकुने सर यसपालि गौरबाट चुनाव जितेको सपना देख्दै, मधेसबादी धमिराहरु मधेसमा स्याँउ-स्याँउ सलबलाउँदै, कमल थापा ६०% आरक्षण चाहियो भन्दै उफ्रिँदै – मोरा हरु कहाँ मंगल जान्छन् – यतै बसेर हामीलाई पिर्न पुगेको छ र ।

    Reply
    1. jeevan verma says:
      April 28, 2013 at 9:18 am

      मैले जानेको त हिसिला माम र केशब स्थापित लाई पठाउनु पर्ला | कुनै दिन मानिस गिरिजा र कुजता को नाम ले तर्सिन्थे तर आज भने हिसिला म्याम र केशव स्थापित को नाम ले तर्सिन्छन | तसर्थ यी दुइ लाई पठाउनु ने हो भने नेपाल मा मात्र होइन अर्को हुनी लाई पनि कमौठे होलान

      Reply
  32. अनोज शाक्य says:
    April 27, 2013 at 7:55 am

    मंगल ग्रहमा गएरपनि के गर्नु भन्ने ? चिन्ता नेपालकै लाग्छ मलाइ /

    Reply
  33. sam says:
    April 27, 2013 at 6:21 am

    धेरै धेरै धन्यबाद , मलाई मेरो धर्ति नै प्यारो छ

    Reply
  34. dharmendra says:
    April 27, 2013 at 4:47 am

    सबै खिल राज रेग्मी जस्ता भग्यमानी कहाँ हुन्छन र ? यो पनि ७ महिनाको यात्रा त्यो पनि तेही

    Reply
  35. द्रोण says:
    April 27, 2013 at 4:04 am

    निबेदन हाल्नै पर्दैन ,तेसै जान पाइन्छ ,फेरी फर्केर परिबार भेट्न आउँन पनि पाइन्छ |
    बिधि सुन्नुस
    ”एक बोतल बियर लाइ मन तातो हुनेगरी तताउनुस , डाडु मा अलिकति सुद्द तोरीको तेल तताएर लासुन फ़ुराउनुस ,सरिर बाट पसिना निस्कने गरि २ घण्टा दौडिनुस, सुत्ने बेलामा मा उक्त एक बोतल ( १ लिटर ) पिएर सुत्नुस र माइसंसार को मगल ग्रह जाने यो ब्लग पढेर
    केहि बेर सोच्नुस , अनि सुत्नुस त् ,ठ्याक्कै मंगल पुग्नुहुन्छ ”

    Reply
  36. Krishna Rai says:
    April 27, 2013 at 1:11 am

    नया ‘गोल्ड कोस्ट’ – मान्छे हरु लाइ लोभ लालच देखाएर, मुर्गा बनाएर माला माल हुने नया धन्दा! कति जानेका मान्छेले!

    Reply
  37. Prakash! says:
    April 27, 2013 at 12:56 am

    होइन …दलालहरु फेरी गाउँ गाउँमा मान्छे खोज्न पस्लान है ? ….गाउलेहरुलाई त के मार्श, के कुवेत…झुक्याउन कत्ति बेर छैन | फेरी दलालहरुले पनि कत्ति नै बुझछन र |

    Reply
  38. saurav ojha says:
    April 27, 2013 at 12:17 am

    अहिले भएका सबै नेता को चाई फारम भरी दिउँ कि क्या हो साथी हो !! एउटालाई परेर मंगल ग्रह गयो भने कमसेकम नेपाल को समस्या एक ले त घट्छ !!

    Reply
  39. prabesh says:
    April 27, 2013 at 12:02 am

    जनुता-जानु आफु यक्लै जानु श्रीमती कहिलै साथमा नलानु
    फर्केर अऊछ आऊदैन आमाको आशिर्बाद थापेर जानु
    खाना-खान पाऊछ पाऊदैन साथमा खाना लियर जानु
    प्रकाश जी श्रीमतीलै कहिलै साथमा नलानु !!!

    प्रवेश लामा

    Reply
  40. nisha says:
    April 26, 2013 at 11:53 pm

    आकाश को फल आँखा तरी मर ,,,,,,,,,बाचुन्जेल लोद्सेदिंग बिना को झिलिमिली नेपाल देख्न पाए हुन्थ्यो के को मंगल ग्रह को सपना देख्नु चौध भुवन बाट चार जना मा ,,,,,,,,,

    Reply
  41. milton khadka says:
    April 26, 2013 at 11:52 pm

    they are doing their experiment.and there is no life in mars. if there was life at first richest persom like bill gates will build their buildings. but applicant hundae ma k jancha ra haena ta.

    Reply
  42. सन्तोश संकल्प 'पान्थरे' says:
    April 26, 2013 at 11:40 pm

    मेरो मनमा त एउटा जुक्ति पो फुर्यो। हामी नेपालीहरु मिलेर नेपालको ६०१ जना पुर्वसभासद, गुण्डा डन, अपराधी, हत्यारा लुटेराहरुको नाम मा यसो दरखास्त भरौं न । कतै परिहाल्यो भने त केहि भए पनि हाईसञ्चो त हुन्थ्यो।

    “शान्त नेपाल, शान्तिको दुत गौतम बुद्द नेपाली हुन”

    Reply
    1. Nirjan says:
      April 27, 2013 at 7:00 am

      पान्थरे ब्रो ले जुक्ति फुराकै हो बा!!!

      Reply
  43. Nabin Adhikari says:
    April 26, 2013 at 11:32 pm

    आफु सग न Credit Card न paypal छ | हैन साथीहो काठमाडौँ को गल्लिहरु मा मंगलग्रह आबेदन केन्द्र खुलेको छैन? येसो खबर गरम है 🙂

    Reply
  44. chandra gc says:
    April 26, 2013 at 10:56 pm

    लौ लौ शालोक्य जी फर्म भरि राख्नुस है ,यदि तपाई पुग्नु भयो भने वाई फाई कनेक्सन गरौलानी त्यो पनि काठमाडौँ बाट ………..

    Reply
  45. Mangal says:
    April 26, 2013 at 10:52 pm

    होईन फर्कन नमिल्ने भनेकोचै के???? प्रयोगनै त होलानी …….आए आप गए झटारो ………

    Reply
  46. Sameer says:
    April 26, 2013 at 10:46 pm

    ल बधाई छ!! पहिलो नेपाली ले फारम भरेकोमा. त्यहा गैहाल्यौ भने चाही आन्दोलन, हड्ताल, ढुंगा मुडा, के के जति नगरौ है….. बरु मिल्छ भने यहाँका नेताहरुलाई पनि उतै लगे हुन्छ.

    Reply
  47. yam says:
    April 26, 2013 at 10:38 pm

    its a huge achivement for nepali to be a first applicant. well done and heartly congratulation.

    Reply
  48. prakash subedi says:
    April 26, 2013 at 10:34 pm

    हे मेरो नाम पनि प्रकाश सुबेदी हो तर म त्यो मान्छे भने हैन.

    Reply
  49. मदनमणि says:
    April 26, 2013 at 10:30 pm

    ल गज्जबको अवसर रहेछ। प्रकाश सुवेदीले राम्रो अवसरमा आवेदन दिएका रहेछन्। तर मलाई भने कुनै चाहना र कौतुहल छैन।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme