Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सगरमाथामा ‘फाइट’

Posted on April 28, 2013 by mysansar

अहिले सगरमाथा चुचुरोमा जान हाम्री एक हिरोइन र हिरो तल्लीन छन्। ‘भिलेन’ गएका छैनन्। तर पनि पछिल्लो पटक आएको समाचारमा त सगरमाथामा ‘फाइट’ पो भएको भन्छ त। सगरमाथामा फाइट ? सुन्दा अचम्म लाग्छ। तर साँच्चै यस्तो भएको भन्छ हिमालीसन्चार।

क-कसको फाइट पर्‍या रैछ त नि ? हाइ अल्टिच्युड वर्कर (आरोहीका लागि बाटो बनाउने शेर्पाहरु) र विदेशी पर्वतारोहीहरुबीच ! सगरमाथा चढ्न भनी उक्लिरहेका स्विट्जरल्यान्डका एक र इटालीका एक पर्वतारोहीलाई उनीहरुले कुटेका रहेछन्।

उनीहरुलाई किन कुटियो भन्ने बारे केही थाहा हुन सकेको छैन। सगरमाथामा शिखरतर्फ उक्लँदै गएपछि जति जति माथि गइन्छ, त्यति नै अक्सिजनको अभावले कसैकसैको मानसिक सन्तुलन गुम्नसक्दो रहेछ। यस्तो बेलामा असमान्य क्रियाकलाप गर्दा रहेछन् आरोहीहरु। अनि मजदुर शेर्पाहरुले उनीहरुलाई नियन्त्रण गर्न लछारपछार गर्न सक्छन्- एक आरोहीले हिमालीसन्चारलाई भने। सगरमाथा आरोहण गर्न त्यति सजिलो पनि त छैन।

आरोहीहरु उग्र नै भए भने नि ? शेर्पा दाजुहरुलाई यत्तिकै छाडेर लाग्दा रहेछन्। अनि त्यसपछि मानसिक सन्तुलन गुमिसकेको त्यो आरोही मर्न पनि सक्छ। त्यत्रो उचाइमा कसले के गर्‍यो भनेर हेरविचार गर्ने, लेखाजोखा राख्न पनि प्रायः असंभव नै हुन्छ।

यस्तो घटना हुँदा सरकारलाई चाहिँ केही थाहा हुँदैन त ? खासमा हुनुपर्ने हो। सरकारले आरोहीहरुको गतिविधि थाहा पाउन सम्पर्क अधिकृत खटाउने गर्छ। तर त्यस्ता सम्पर्क अधिकृतहरु आफूलाई अनुकूल स्थानमा दिन कटाउँदै बस्ने हुनाले उनीहरुलाई माथि भएका घटना बारे केही थाहा हुँदैन।

48 thoughts on “सगरमाथामा ‘फाइट’”

  1. Ang Dawa J Sherpa says:
    May 2, 2013 at 1:57 pm

    बास्तबिकता जे भए पनि एउटा बिदेशीकै शब्दमा तथ्य यस्तो रहेछ /

    http://www.alanarnette.com/blog/2013/04/30/everest-2013-the-sherpas-viewpoint/

    Reply
  2. prakash says:
    May 1, 2013 at 11:27 am

    They are our guest, we shouldn’t be so hostile….

    Reply
  3. sam says:
    May 1, 2013 at 9:48 am

    (CNN) — Call it the Treaty of Everest 2013.
    It’s a two-paragraph agreement, in both English and Nepalese, signed by climbers and Sherpas who on Saturday engaged in a donnybrook at 23,000 feet.
    Punches, kicks and even rocks were thrown, according to a statement posted Sunday on the website of one of the climbers, Simone Moro.
    The Sherpas, locals who guide expeditions up the world’s highest mountain, apparently became angered when the climbers from Italy, Switzerland and the United Kingdom did not listen to instructions from the Sherpas, moved above them on the peak and dislodged ice that fell in the direction of the Sherpas.
    Sherpas, climbers clash on Mount Everest
    At one point “the climbers … were told that if they weren’t gone in one hour that they would all be killed,” the statement said.
    But by Tuesday, both sides agreed to climb nice and put it in writing.
    “Both parties have realized their errors and apologized to each other in front of those present,” says handwritten note obtained by CNN from the Nepal Mountaineering Association. “Both parties agreed to help each other in the future to make successful each others goals.”
    The agreement bears at least 28 signatures, though some appear to have been repeated. No matter the exact number, their resolve against conflict seems certain.
    “All those present agreed and committed that such activities by anyone in the mountaineering and in the tourism sector,” it says.
    So maybe that will end what one post on Adventure Journal’s website described as “an inauspicious start to the spring climbing season on Mt. Everest.”
    In another post, a guide said mistakes were probably made on both sides.
    “Everest is a mountain where people pour an incredible amount of passion and money into their efforts. This is true for professional and recreational climbers, and for Sherpa who earn most or all of their family’s annual income in these two months on the mountain,” guide Adrian Ballinger wrote.
    “The constant pressure to break records, attempt new routes, and be the strongest, whether for personal pride, sponsors, future job offers, or media, can cloud the purity of our climbing here. And these pressures can lead to disagreements, arguments, and hurt feelings. But none of these pressures should be allowed to lead to violence, or to breaking the essential bonds that tie climbers to each other,” Ballinger added.
    But one of the climbers involved in the incident who signed the agreement told Britain’s Telegraph newspaper that money has changed the Everest experience and spawned resentment among Sherpas.
    “They’re angry at this financial gap on their mountain,” Jonathan Griffith said of the Sherpas. “These commercial trips are based on a lot of luxury and getting you up the mountain and a lot of these Western clients don’t even know what the names of their Sherpas are.”
    And that, he says, makes him wonder if he’ll try Everest again, the Telegraph reported.
    “I didn’t think the main danger would be a mob of Sherpas throwing rocks,” Griffith is quoted as saying.

    Reply
  4. Harke says:
    May 1, 2013 at 5:24 am

    कुटाइखानेमा युरोपियनहरु परेकोले भाषाको समस्या (शेर्पाको अंग्रेजी र युरोपियनको अंग्रेजीमा) पो हो कि? !

    हाई-अल्टिट्युडमा अक्सिजन-कम, दिमाग तेसै काम नगर्ने, तेस्माथी एउटाले भनेको अर्कोले नबुझ्ने गरि भाषाको समस्या !

    Reply
  5. Aakar Bhushan Nepali says:
    April 30, 2013 at 10:15 pm

    बरु ति बिदेशी news मेडियामा कमेन्ट हान्योउ साथी हो झगडा भनेको Dubai पक्षको आपसी विमतिमा हुन्छ, त्यसकारण एकतर्फीसंग Sherpa (job designation ) लाई मात्र दोष दिनु ilogocal हो भनेर |

    Reply
  6. Sherpa T says:
    April 30, 2013 at 9:16 pm

    च्योमोलुङमाको क्याम्प तीनमा झगडा गर्नेहरु शेर्पा परमपराअनुसार मिले।
    नाम्चे, बैशाख १७ । सगरमाथा आरोहणका क्रममा शनिबार सगरमाथा आधार शिविरमा भएको घटनामा सम्लग्न दुवै पक्षले घटनाका बिषयमा आन्तरिक सहमति गरेका छन् । शेर्पा परमपराआनुसार छ्याङ र खाता लगाई एक अर्कामा हात मिलाए पछि आन्तरिक रुपमा हो भने अब सगरमाथा आधार शिविर क्षेत्रमा अहिले कुनै तनाब नरहेको सगरमाथा आधार शिविरमारहेका एकस्पेडिसन हिमालयको प्रबन्ध निर्देशक दा गेल्जेन् शेर्पाले शेर्पा वर्ल्ड डट् कमलाई बताए।

    सोमबार दुवै पक्षबीच सगरमाथा आधार शिविरमा भएको छलफल आ आफ्नो गल्ती स्वीकार गर्दै आगामी दिनमा यस प्रकारको कार्य नदोहोर्याउने सहमति गरेको शेर्पाले शेर्पा वर्ल्ड डट् कमलाई बताए।
    शेर्पा परमपरामा ठुलै झगडा नै भए ता पनि गाँउको लामा गुरुबाट खाता लगाई दिई एक आर्कमा हाल मिलाए पछि मिल्ने चलन छ भने सधै जसो झगडा गर्नेहरुलाई मित लगाई दिने प्रचलन छ भने धेरै कम मात्र प्रसासनम उजुरी गर्न पुग्दछ। यो हिमालीबासीहरुको परम्परागत पहिचान हो।

    बेस क्याम्प ३ जाने बाटो बनाउने क्रममा डोरी टाङग्ने विषयमा विवाद हुँदा इटालियन नागरिक सिमोने मोरोसँगै बेलायती नागरिक जोनाथन ग्रिसिथ र स्वीस नागरिक उल शनिबार अपरान्ह सगरमाथाको क्याम्प २ मा एभ्रेष्ट अपरेटर एशोसियशनका बाटो बनाउने नेपालीहरुवाट शनिबार कुटिएका थिए ।
    हिमाली संचार बाट यो प्रसंग बाहिर आए पछि सबैतिर खैल बैल चलेको थियो भने बेलायतबाट प्रकासन हुने गार्जेन निउजमा त बिस्त्रित रुपमानै प्रमुख प्रिष्ठमा समाचार छपेको थिए।

    Reply
    1. ramesh says:
      May 1, 2013 at 12:40 am

      शेर्पा T जी
      तपाइँ आन्तरिक सहमति भयो भन्नुहुन्छ तर बेलायत को सबै भन्दा प्रभावशाली मानिने पत्रिका (स्तरीय मा होइन) sun ले front पेज मा नै यो खबर छापेको छ. एसले असद्यै नराम्रो भने पारेको छ बाहिरि संसार मा.

      Reply
  7. nischal says:
    April 30, 2013 at 2:55 pm

    ठिक गर्‍यो ति खैरे हरुलाई ठोक्नै पर्छ। एकचोटी हामी साथिहरुसंग छो-रोल्पा घुमेर फर्कदा हामी लाई पनि त्यहाँ जादै गरेका खैरेहरुले हामीलाई सिधै कुन देशका खैरहरुको भरिया हो तिमिहरु भनेर सोधेका थिए । त्यसको त्यहि काम खतम गरिदिन लागेको थिए तर साथीहरुले रोके । साला खैरे……

    Reply
  8. Anjan says:
    April 30, 2013 at 1:21 pm

    यता त १०० शेर्पा हरु मिलेर ३ जना गोरेलाई दह्रो दनक देको पो हल्लीखल्ली छ त yahoo news ले तेही लेख्या छ, गफै त होला

    Reply
  9. Dilip Suwal says:
    April 30, 2013 at 1:16 pm

    हैन हौ, ति पासाहरु कसरी फाईत खेलेहोलान त ? शालक्य जी भिडियो पाउनु भएको छ भेने कृपया अपलोड गरि दिनु होला, आफुलाई ति पासाहरु सगरमाथा फाईत खेलेको खुब हेर्न मन लाईराच ।

    Reply
  10. Bijaya says:
    April 30, 2013 at 9:13 am

    झगडा पछि दुवै थरीले हात मिलाएर मिलापत्र गरिसके रे भन्ने पनि आजको New Zealand Herald मा पनि छापिएको छ| कतै Guiness book of world records मा त्यति उचाइमा पहिलो पल्ट हात हानाहान भएको भनेर छाप्न त होइन!

    Reply
  11. तेन्जिंग गाबा says:
    April 30, 2013 at 7:34 am

    सरसर्ती प्रतिक्रिया पढ्दा धेरै मित्रहरुले
    “कुइरेहरुले नेपालीलाई मान्छे नगन्ने गरेको र त्येसैले कुइरेले सगरमाथामा खोट्टा खाएको” भन्ने कुरो बुझिनमा आयो /
    तर मेरो यसमा असहमती छ /
    कुइरेले नेपालीलाई होइन “धनिले गरीबलाई हेपेको हो यो” र यो प्रवृति सर्बत्र छ / धेरै आदर्शको कुरो नखोके हुन्छ / युरोपको मात्र के कुरो र यो त जताततै छ ?
    # हाम्रै एसियाको कोरियामा नेपालीले कत्तिको हेपाइ खान्छ एक चोटी गमौ त्
    # हाम्रै एसियाको जापानमा नेपालीले कत्तिको हेपाइ खान्छ एक चोटी सोचौ त्
    # हाम्रै एसियाको खाडी मुलुकमा शेखहरुले नेपालीलाइ दास भन्दा तल्लो ब्यबहार गर्छ कि गर्दैन वा उनीहरुको पाल्तु ऊट्लाई भन्दा कमसल खाना खुवाउछ कि खुवाउदैन ?
    त्येसैले
    हेपाइ त् जताततै छ हामीलाई त्येसको ओखती “कुइरेलाई खोट्टा हान्नु” भने पक्कै होइन / यसको रामबाण ओखती भनेको हाम्रो आर्थिक स्थिति सुधार्नु भन्दा अर्थोक केहि पनि होइन/ बुढापाकाले त्येतिकै “रीस खा आफू, बुद्दि खा अरू” भनेर JPT हान्या होइन नि ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जदौ

    Reply
    1. dharmendra says:
      April 30, 2013 at 9:30 pm

      तन्जिंग जी माफ गर्नुस हजुर को कुरा ठिकै हो तर केहि कुरामा म असहमत छु जस्तै जुन देश मा हामी विभिन्न कारण ले गईन्छ बिशेस त रोजगारी को लागि त्यो देश मा त हेप्पिन्छ नै तर यो त हाम्रै देश मा भाको घटना हो / अर्को कुरा हामी गरिब भए पनि त्यति मुर्ख छैनौकी बिना कारण अरुलाई हात हाल्ने ,,,,,मुख फर्काको मा गार्हो नमान्नु होला ,,,,,धन्यवाद

      Reply
    2. Aakar Bhushan Nepali says:
      April 30, 2013 at 10:07 pm

      यसो गमी बुझी ल्याउदा नेपालीहरुले सम्मानका साथ गरिखाएको, हेपाई नै खान परे पनि देशीभाईको मात्रै खान परेको, ताल परे मौका मिले बरु खैरेलाई नै हेप्न सकेको चाहिं अमेरिका, बेलायत, क्यानाडा, र अस्ट्रेलियामा मात्रै रहेछ होउ बन्धुहरु ! के बिचार छ यसमा मित्रहरुको?
      तेन्जिंग जी संग एकै रुपैंया सहमत |

      Reply
      1. bibek dhakal says:
        May 1, 2013 at 6:50 am

        अस्ट्रेलिया यु. के मा त्यो तपाइले भन्या जस्तो कुइरेलाइ हेप्न सक्नु ( हेप्न त के खाएर सक्थे) : आइ मिन कुट्न सक्नु, होटल को सिसा फुटाउन सक्नुको कारण त अब भन्नु नपर्ला! त्यो गर्ने उमेर समूह हेर्नुस र तिनीहरुको पारिवारिक प्रिस्ठभुमि हेर्नुस. … हद भए डिपोट गर्देलान भन्ने डर न हुन्छ – डिपोट गरेनी घर आएपछि परिवारले पालि हाल्छन नि !
        बैदेशिक रोजगारमा जानेहरु र ” फस्ट वर्ल्ड” देशमा अध्ययन को लागि जानेहरु बीच पनि तुलना गरेर मिल्ला र?

        Reply
  12. yukta says:
    April 30, 2013 at 7:08 am

    आरोही हरु को लागि बाटो बनाउने त्यहाँ खटेका शेर्पा हरु बर्षौ देखि त्यहाँ कार्यरत छन् त्यहाँ को चिसो हावा पानि, हाइ अल्टिच्युड उनि हरु ले पचाई सकेका हुन्छन उनि हरु को मानसिक सन्तुलन कहिले पनि गुम्दैन बरु बाटो बिराएका र मानसिक सन्तुलन गुमेका आरोही हरु लाई उद्धार गरेर गन्तब्य सम्म पुर्याउने सम्म को खुबी राख्छन उनि हरु ! आरोहन को बेला मा ज्यान गुमाएका लास हरु र हराई रहेका आरोही हरु को खोजि मा खट्ने सहयोगी हरु पनि हुन् ईनि हरु! शेर्पा हरु आफ्नो मेहनत र सोझा व्यक्ति को रुप मा बर्षौ देखि चिनिदै आएका जनजाति हरु हुन् ! उनि हरु ले त्यसै ति बिदेशी हरु लाई कुटेका छैनन् होला आरोही हरु भनेका उनि हरु का अन्न दाता हरु हुन् कसैले आफु लाई नै रोजगारी दिने अन्नदाता हरु लाई हात हाल्छन त ? पानि धेरै उम्ले पछि पोखिन्छ , सायद अति भएर नै जाई लागेका होलान ! ति आरोही हरुले पक्का पनि तिनी हरु लाई अति नै गर्यो होला ! नेपाल सरकार ले छानबिन गर्ने एउटा समिति बनाउला आखिर मा बलि को बोका त तिनै सोझा शेर्पा हरु नै बन्ने पक्का नै छन किन भने बिदेशी आरोही भनेका त माथि बस्ने नेपालि हाकिमहरु का लागि कमिसन र डलर आउने माध्यम हो अनि एउटा चिरपरिचित डाइलग को साथ छानबिन टोलि को प्रेस बक्तब्य आउने छन ” गल्ति ति हाइ अल्टिच्युड वर्कर (आरोहीका लागि बाटो बनाउने शेर्पाहरु) को देखियो त्यसैले तिनी हरु लाई हद सम्म को कारवाही गर्न को लागि नेपाल सरकार संग सिफरिस गरिन्छ ! अनि अन्त मा परिणाम ति गरिब शेर्पा हरु को रोजगारी गुम्न को साथ साथ उनि हरु को घर को चुलो पनि निभिन्छ !

    Reply
  13. लोकेन्द्र खापुङ says:
    April 30, 2013 at 3:46 am

    सगरमाथामा आरोहीमाथि हातपात गर्नेहरूले आफ्नै पेट र नेपालको इज्जतमाथि लात हानेका छन्। सगरमाथामा आरोही कुटिएको समाचार सीएनएन, बीबीसी र अलजेजीरा (अंग्रेजी संस्करण) मा प्रसारण भइरहेको छ अहिले। शेर्पा र नेपालबारे नकारात्मक समाचार विश्वभर फैलिइसकेको छ।

    जसले जेसुकै गल्ती गरेको भए पनि कसैलाई कुट्नु सभ्य समाजमा शोभनीय हुन्न। त्यस्तालाई नेपाल सरकारले कानुनी कार्वाही गर्नुपर्छ। दुई-चार जना मुर्खहरूका कारण नेपालको आर्थिक मेरुदण्ड भाँचिनु हुन्न।

    ती हिमाल आरोही कुट्नेहरू यस्ता मजदूर हुन् जो पर्यटक आएनन् भने आफैं भोकै पर्छन्। तिनलाई कसले बुझाउने?

    Reply
    1. bibek dhakal says:
      May 1, 2013 at 7:05 am

      सरकारले भन्दा पनि शेर्पा समुदायले, बिदेशमा बसेका शेर्पा वेलफेर सम्बन्धि संस्थाका प्रतिनिधिले, अन्तरास्ट्रिय स्तरमा परिचित शेर्पाहरुले ( जस्तै “sherpa adventures” का पायोनियर) हरु ले बिज्ञप्ति निकालेर, अझ क्षमा मागे ठिक होला….हुन सक्छ ति बिचरा हरुको केहि गल्ति छैन र रिस फेरेका मात्रै होलान तर के गर्नु देस यी मुला कुइरेहरुकै भर मा अडेको छ….भावना ले मात्र देस नाचाल्दो रहेछ.

      Reply
  14. GAINDAKOTE (chiran) says:
    April 30, 2013 at 3:24 am

    अन्तरास्ट्रिय मीडियाहरुमा कस्तो शैलीमा यो खबर आएको छ तेतातिर पनि ध्यान दिने हो कि | किनकि यो घटना र तेस्पछिका विभिन्न शैलीका समाचार हरुले अन्तरास्ट्रिय जगतमा नेपालको पर्यटन छेत्र प्रतिको नकारात्मक प्रभाव पर्ने देखिन्छ |

    बेलायत तथा अन्त्ररस्ट्रिय केहि मीडिया मा आएका खबर हरु –
    1. http://news.sky.com/story/1084165/mount-everest-climbers-and-sherpas-in-brawl
    2. http://www.bbc.co.uk/news/world-asia-22336540
    3. http://www.dailymail.co.uk/news/article-2316109/Jonathan-Griffith-British-photographer-injured-terrifying-fight-climbers-Sherpas-close-peak-Mount-Everest.html
    4. http://www.itv.com/news/story/2013-04-29/nepal-mount-everest-fight-climbers-sherpa-guides/
    5. http://www.salon.com/2013/04/29/fight_breaks_out_on_mount_everest_ap/
    6. http://edition.cnn.com/2013/04/29/world/asia/nepal-mount-everest-fight/
    7. http://www.foxnews.com/world/2013/04/29/nepal-investigating-reports-fight-between-foreign-climbers-and-sherpas-on-mount/
    8. http://metro.co.uk/2013/04/29/climbers-and-sherpas-in-terrifying-fight-on-mount-everest-3697305/
    9. http://news.yahoo.com/nepal-officials-vow-ensure-security-everest-fight-113033979.html
    10. http://travel.aol.co.uk/2013/04/29/three-climbers-in-terrifying-fight-on-mount-everest/

    Reply
  15. gambhir ghimire , spain says:
    April 30, 2013 at 2:52 am

    तेत्रो दिन उकालो ओरालो अनि चिसो आदि संग जुज्दै हिड दा सानो तिनो झगडा हुनु सामन्य कुरा हो तर आङ्गकाजि शेर्पा क जुठो खाएका शेर्पा को भर हुदैन ………नेपाली लाइ जस्तै गोरा हरु लाइ ठग्न खोजे को होला … ठगेको ठागेई हो….
    …

    Reply
  16. Pandit Goit says:
    April 30, 2013 at 2:22 am

    यो युरोपियन हरु को हेपाहा प्रवृति को नतिजा को , CNBC मा समाचार नै आइसक्या छ नि सालोक्य ले कस्तो हेर्न नभ्याएको, बेल्जियम मा ल्याएर पासांग शेर्पा र आङ्ग काजि लाई पो किनेर आफ्नो दलाल बनायो त देश नै टुक्रयाउन पनि तयार हुने उनीहरु जस्तै सबै शेर्पा त्यस्तै हुन भन्ने सोच्यो होला के ति जातिवादी र अहंकार बादी RACIST बिदेशी हरुले, मरेको भए शेर्पा ले हेरचाहा गरेन भन्थे, अहित हुन्छ नजानु माथि भन्दा उल्टै आरोप, यस्ता लाई कारवाही हुनु पर्दछ, यिनको देश मा कम्ति मा हेप्दैनन त घण्टा हान्ने हाम्रा नेपाली दाजु भाइ लाई यिनले

    Reply
    1. Dharma says:
      April 30, 2013 at 11:50 am

      पन्डित गोहीतजी……, कुकुरहरुलाई एक चोटी “अगुल्टाका झटारो खाए पस्चात, बिजुली चम्कदा पनि तर्सीन्छ ” भने जस्तै गरी हिन्दुवादी बाहुन र क्षेत्री वर्गका केही संकोचचित भावना बोकेकाहरुका लागी संधीयता भने पछि तर्सनु कुनै नौलो कुरा हैन, स्वाभाविक नै छ ती संकोचित भावना बोक्नेहरुका लागी । किनकी, नेपाल राष्ट्रलाई सन्चालन गर्ने ठेक्का पाखण्डी बाहुन र क्षेत्रीहरलाई मात्र कसैले ठेक्का दिएका होलान, तर हामीले दिएका छैनौ । हामी वास्तवमा खुलेरै भन्न चहान्छौं, संघियताका नाउमा कसैले देसलाई टुक्रयाउन खोजेका हैनन, छैनन र कदापी हुन दिने पनि छैन । मात्र, आ-आफ्नो हक अधिकार सुनिस्चीत गर्नका लागी हुन । बाहुन/क्षेत्री वर्गका समुदायहरुले झन्डै २००/३०० बर्ष राज्स सप्ताको बाघडोरर सम्हाले केनै पो परिवर्तन ल्याए र ??? जवाफ दिन सक्नु हुन्छ ?????

      Reply
  17. द्रोण says:
    April 30, 2013 at 12:28 am

    अब सगरमाथा मा लिफ्ट हाल्न पारो | टन्तै खत्तम |

    हेरौ चुनाब मा कुनै पार्टी त्यो एजेन्डा पनि लिएर आउछ कि ?

    Reply
    1. तेन्जिंग गाबा says:
      April 30, 2013 at 8:07 am

      द्रोणजी,
      ठिक भन्नु भो, आगामी चुनाबमा तपाइले भन्नु भा जस्तै

      # नेपाली काँग्रेस : देशको पर्यटन प्रबर्धन गर्न सगरमाथामा लिफ्ट हाल्छौ
      # एमाले : हुदैन, बिजुली नै नभएको अवस्थामा कसरी लिफ्ट चलाउने? बरु हामी साझा बस चलाउछौ
      # माओबादी : देसको सबै भन्दा ठुलो दलसंग सहमति नगरी कार्यक्रम ल्याइएको हुनाले “लिफ्ट-साझा” बस चलाए जलाई दिन्छौ
      # जनजाति-मधेशी : त्यो लिफ्ट अनि साझाबसमा हाम्लाई कोटा चाहिन्छ लिफ्टको केवल चुडिए पनि, बसको टायर पन्चर भए नि होस कोटा पनि एकमुष्ट नै हुनु पर्छ /

      Reply
    2. Harke says:
      April 30, 2013 at 2:47 pm

      अर्को टन्टा त झ्याप झ्याप पाओर गएर लिफ्टमा मान्छे अड्केपछि पो सुरु हुन्छ त …!

      Reply
  18. bikram says:
    April 29, 2013 at 11:10 pm

    बिदेस मा जस्तो मान सम्मान खोज्न थाले होला , कसो भोटे दाइ ले छ्याक पारेन

    Reply
  19. Kiran Upreti says:
    April 29, 2013 at 10:18 pm

    गिनिज बुक मा नाम रेकोर्ड हुने भयो : सबैभन्दा अग्लो स्थानमा fight भनेर |

    Reply
    1. तेन्जिंग गाबा says:
      April 30, 2013 at 8:17 am

      सबैभन्दा अग्लो स्थानमा भ्रस्टाचार भनेर त् भर्खरै भ्याई सके क्यारे होइन ?

      Reply
    2. bibek dhakal says:
      April 30, 2013 at 12:35 pm

      हाहा! नेपाली हरुले अरु केहि नगरेनी गिनिज बुकमा चाही एक पछि अर्को गर्दै धमाधम नाम लेखाउने भए 😀

      Reply
  20. saurav ojha says:
    April 29, 2013 at 9:03 pm

    समाचार सुनेर दुख लाग्यो | दुवै पक्षको कुरा न सुनी टिप्पणी गर्नु राम्रो होइन, तर जुन पक्षले कुरो जिते पनि हार दुइटै अवस्था मा नेपालको पर्यटन लाई पर्छ| तेसैले साथी भाईहरुले सोचेर मात्रै बिचार ब्यक्त गर्नु होला !!

    Reply
  21. bizaya says:
    April 29, 2013 at 8:45 pm

    म पनि स्वित्ज़र्लैंड म बस्छु , यहाँ का स्विस हरु ले नेपाली लै मान्छे गन्दैनन..त्यसैले पैसा तिरेको भन्दैम आफु लै भगवान सोच्ने स्विस हरु संग शेर्पा हरु ले त्यतिकै झगडा गरेको होइन होला..

    Reply
    1. bibek dhakal says:
      April 30, 2013 at 12:34 pm

      तर बिडम्बना, मान्छे नगन्ने ठाउमा पनि आफ्नो घरबार छोडेर बस्नुपरेको छ ! कठैबरा !!!

      Reply
  22. Pralhad Thapaliya says:
    April 29, 2013 at 8:18 pm

    संसारकै अग्लो ठाउँमा फाइट !नया रेकर्ड ! गिनिज बुकमा फेरी नेपालको नाम आउने भो !

    Reply
  23. keshab says:
    April 29, 2013 at 7:07 pm

    यो घटना बाट के साबित हुन्छा भने आब नेपालका नेपाली हरुमा सहनसिलाता आनुसासन र आरुलाई दिनु पर्ने सेवा समेत बेईमानी गर्न खोजेको देखिन्छा! नेपालमा त सबैने नेता र नीतका कर्येकार्ता मात्रै छान भन्दा अतिउक्ति नहोला यति मत्री कहा होरा बिदेशमा बसने नेपालीहरुले गरेका किर्याकलापले आब नेपालीको शान घत्दै गायकों छ. यो घटानाले बिस्शो भरी नेपाल प्रति औटा नराम्रो हल्ला फ़ैलाने छ जसको कारन नेपालको आर्थिक आबस्थामा समेत धक्का लगने निश्चित छ!

    चाहे जस्तो सुकै अबस्थामा यो घटना घटेपनी बिदेसी पाउउनामाथि हातपात गर्ने माथि कड़ा कारबाही गरी तुरुन्तै बिस्सो समुदाय सामी माफ़ी मागने पर्छ !!!
    यस्ता घटना घताउनेहरु पूरा देशको सत्रु हो सबै ली चेतना भया!!

    Reply
    1. keshab says:
      May 1, 2013 at 12:51 pm

      समग्रमा देशको बेइज्जत गरे मुर्ख हरुले होस्पितालिटी भन्ने सब्दको अर्थ के होता??
      किन अमर्यदिद कम गर्छन यी भडुवाहरु यिनी हरु लाई नेपाल भित्र काम र बिदेश जना साम्मा को रोक लगाई कडा भन्दा कडा कारबाही गरियोश र सम्पूर्ण आगन्तुक जुन सुकै देश र जात रंग क भयपनी बिना सम्चाकोच गरेंटी क साथ आफ्नो सुक्खपन को आनु भाव गर्न पाउन.

      यहि नै ससयता हो र पुहुना हरुमाथि अवद्र बेबहार गर्ने हरुलाई कारबाही हुने पर्छ !!!
      जय होस्!!

      Reply
  24. सुरेन्द्र सुबेदी हंगकंग says:
    April 29, 2013 at 6:41 pm

    जे गरे शेर्पा दाई भाई ले उचित छ वा छैन भन्ने कुरा को छानबिन हुनु पर्यो /जहाँ सम्म बिदेशी गोरा हुन् या कला यी पनि कम्ति का पक्कै हुन्नन् /पैसा तिरेको छु भनेर अरु लाई कुकुर को ब्यबहार गर्नु हुन्न गोरा हुन् या कला तेरा बाऊ का साला/

    Reply
  25. achut says:
    April 29, 2013 at 5:05 pm

    “नेपाल एउटा एस्तो फ्याक्ट्री हो जहाँ भरिया मात्र उत्पादन हुन्छ”कोरिया मा मैले भेटेको इटालियन ले भनेको ‘भरिया’ ले के के गर्न सक्छ देखाई’दे हुन्छ शेर्पा दाई…हेपे’सी कहाँ खप्न सकिन्छ र….पैसा ले मात्र सगरमाथा चढ़न सकिन्छ र….

    Reply
  26. Toyannath Dahal says:
    April 29, 2013 at 3:17 pm

    आखिर यी पर्यटकहरु लाई कुटने पिट्ने गर्ने हो भने त्यो पर्यटन व्यवशाय पनि धरासायी बन्छ अर्को तिर मुलुकको बदनामी पनि । हाम्रो जस्ता अरुका सरकार छैनन उनीहरुले आफ्ना नागरिकको अस्मिता र सुरक्षाका खातिर यस्ता कुराहरुलाइ ईश्यु बनाई दिन्छन । केही मित्रहरुले भनेको कुरा सही होला उनीहरुले नेपालीहरुलाई गन्दैनन भनेर । हो यो कुरा तर कुटेर गन्ने बनाउने भन्ने त हैन होला । यसो गर्ने हो भने नगन्ने मात्र होईन हामीलाई दुनियाले थुक्न पनि थाल्छन ।

    Reply
  27. Mr. TAMANG says:
    April 29, 2013 at 2:55 pm

    यहाँ फाइट को कुरा आयो, के शेर्पा ( मैले जातीय कुरा गरेको हैन, थाहा हुनेलाई त् छदै छ तर थाहा नहुने साथि भाइहरुले यो थाहा होस् कि शेर्पा भनेको ट्रेकिंग field को एउटा पोस्ट हो /मालपोतको खरिदार भने झैँ , जो कोहि जातको हुन सक्छ/) साथीहरुले कहिल्यै बिदेशी पर्यटक माथि तेसै हात पात गर्ला ? मा आफै ७ वर्ष as a climbing शेर्पा काम गरेको छु ./ र थाहा छ साला कोइ कोइ त एस्तो हुन्छन यिनीहरु, हामीले त सात पुस्त देखि तेस्कै बाउको ऋण खाको जस्तो कुरा (ब्यबहार ) गर्छ./ अब हामीले भनेको कुरा मान्दैन हो, यता उता नजाऊ यसो नगर उसो नगर भन्यो भने उ बाठो हुन थाल्छ अब कन्ट्रोल नगरु कुन्चाही कुनामा पुगेर हुन्छकी ख्रबास तिर झरेर मरिराको हुन्छ/ अनि यता तेस्को राज-दुताबास बाट र हाम्रो office बाट शेर्पाको हेल्चेक्राइले मर्यो भन्छ, तेत्ति बेला त नि त्यहि मरेको लास्लैनी लठ्ठी लठ्ठीले हान्न पो मन लाग्छ त. मत शेर्पा साथीहरुको पक्षमा बोल्छु, अरुले जे जसरि सोचे पनि स्वतन्त्र ………..

    Reply
  28. diwakar says:
    April 29, 2013 at 10:47 am

    “आरोहीका लागि बाटो बनाउने शेर्पाहरु” यो भनेको के हो !!! आरोहीले आफै बाटो बनाउदै जाने हो !! अर्काले बनाएको बाटो मा हिमाल चड्दा के मज्जा हुन्छ र , फेरी यो नचाहिने किसिम को काम हो !!! जो हिमाल चड्न आउछ उसैले बाटो बनाउने र चड्ने गर्नु पर्छ !! शेर्पा हरु ले येसो हेल्प मात्रै गर्ने हो !!!

    Reply
  29. Sisir says:
    April 29, 2013 at 10:24 am

    जसको गल्ति भए पनि बदनाम त नेपाल , नेपाली र सगरमाथाको हुन्छ .. एसले सगरमाथा चड्न चाहने अरु आरोहीलाई पनि नराम्रो संदेश जान्छ , ति शेर्पा दाजु भाइकै रोजी रोटीमा धक्का लाग्छ ..समग्रमा घाटा हामी नेपालीलाई मात्र हुनेछ .. एस्तो घटना हुन नदिन तिर ध्यान दिनु जरुरत छ ..

    Reply
  30. resham says:
    April 29, 2013 at 8:53 am

    मुखले मजाले भने हुनेथियो / ठोकी हाल्नु चाही हुदैन थियो/ ठोके पछि त हात हाल्नेको गल्ति देखिन्छ / ठोक्नेले पनि तेतिकै चै ठोकेनन होला नि त/

    Reply
  31. RAJ says:
    April 29, 2013 at 6:31 am

    यता Australia मा यो खबर धेरै जसो NEWS AGENCY हरुले प्राथमिकताका साथ प्रकासित गरिरहेका छन / यो हाम्रो देशको इजत्तको कुरा छ , राम्रो संग छानबिन गरेर दोषीलाई सजाए हुनुपर्छ /
    राष्ट्रको छबि बिगार्ने एस्ता खबर सुन्न नपरोस/

    Reply
  32. Suman Gurung(UK) says:
    April 29, 2013 at 4:41 am

    सबै लाइ भन्न खोजेको त होइन तर धेरै कुइरे हरु हामी लाइ मान्छे गन्दैनन, तेही रिस उठेर कहिले काही त झापारिन्छा मौका पाको बेला मा. कुइरे हरु मुख मा देखौछन अर्कै मन मा हुन्छा अर्कै. ख्यास हास्यो उता फर्क्यो उफ्फ्फ़ भन्यो. जाती अगतिलो. thank u र welcome का भोका. त्यो भन्दा त हाम्रो नेपाली हरु परेमा ज्यान पनि दिन तयार , सुख दुख मा साथ दिने अनि भावनात्मक साइनो हरेक मानब संग गास्ने बानि नै राम्रो.

    Reply
  33. prabhat says:
    April 29, 2013 at 3:02 am

    हुन त हो, एउटा त उनीहरुले गाइड लै हेपेको हुन सक्छ, अर्को उनीहरुको अल्टित्युद ले मानसिक अवस्था कम हुनसक्छ फेरि, अर्को, बिचरा हरु निकै धन खर्च गरेको हुन्छ, त्येसैले उनीहरु आफ्नो सारीरिक अबस्था ले नदिएपनि आफ्नो लछे पुरागर्न जबर्जस्ति गर्न खोज्छ न .

    Reply
  34. Pankaj says:
    April 28, 2013 at 9:27 pm

    शेर्पा को लाटो रिस उठेको भए लछार पछार मात्र होइन लास हुन्थो / सामान्य भनाभन भयको हुनु पर्छ/ यी पर्यटक हरु भनाउदाहरु पनि कम्तिका हुँदैनन हो / पैसा तिरेको छु भन्दैमा दास नै बनाउन खोज्छन हो / तर जे भए पनि मारपिट चै गरि हाल्नु हुन्नथियो हाम्रा शेर्पा गाइडहरु ले /

    Reply
  35. पुष्प says:
    April 28, 2013 at 9:13 pm

    लाखौं तिरेर जाँदासमेत मान्छेको ‘लेखाजोखा’मा यतिविघ्न लापरवाही भएपछि आर्थिक लापरवाही पनि अवश्यम्भावी छ । नियतवश गरिएको त होइन यस्तो ?

    Reply
  36. dharmendra says:
    April 28, 2013 at 7:58 pm

    अतिथि देव भव भन्दैमा सबै अतिथि कहाँ गत्तिला हुन्छन र ???????? यी गोराहरु ले त हामीलाई मान्छे गन्दैनन ……; १५ वर्ष संगतको अनुभब छ मा संग ( येदि शेर्पा साथीहरुको गल्ति छ भने कारबाहीमा पर्नु पर्छ / अन्न्याये मा कोहि पर्नु हुदैन /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme