Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नयाँ वर्ष, नयाँ अनुभव !

Posted on April 14, 2013April 15, 2013 by Salokya

ultralight
विक्रम संवत् अनुसार नयाँ वर्षको पहिलो दिन एउटा नयाँ किसिमको अनुभव लिने मौका पाइयो। नयाँ वर्षको नयाँ दिनको नौलो बिहानी पोखराको आकाशमा चरा जस्तै उड्न एभिया क्लबको अल्ट्रालाइट जहाजले सघायो।

थप फोटो र भिडियोसहितका अनुभव म अर्कै ब्लगमा बाँड्ने नै छु। आजलाई भने पोखराका थप केही फोटोहरु राख्न चाहन्छु।

lakeside
विदेशी अक्षरले विदेशकै ठाउँ हो कि भन्ने भ्रम दिए पनि यो पोखराको लेकसाइडको दृश्य हो।

devisfall
पोखरा आउँदा गुप्तेश्वर गुफा नगएको धेरै भइसकेछ। अहिले त गुप्तेश्वर गुफाबाट डेभिज फलको झरना देखिने गुफाको कठिन बाटोलाई भर्‍याङ र बत्ती हालेर सजिलो बनाइसकेको रहेछ। मान्छेहरु आरामले झरना हेर्न सक्ने रहेछन्।

gupteshowr1
अनि गुप्तेश्वर परिसर वरपर पनि निकै राम्रो भौतिक संरचना बन्ने तयारीमा रहेछ। त्यहाँ बनाइएका सिमेन्टका मूर्तिकला हेर्नुस् त-

gupteshowr

gupteshowr2

gupteshowr3

gupteshowr4

यहाँको वाइफाइले यति मात्रै अपलोड गर्न सकियो। बाँकी अर्कै ब्लगमा ल !

23 thoughts on “नयाँ वर्ष, नयाँ अनुभव !”

  1. bal krishna shrestha says:
    April 18, 2013 at 9:07 pm

    साथीहो एकपटक हाम्रा पुराना मन्दिरका टुडालहरु हेर्नुहोस अनि बल्ल थाहा हुनेछ यस्ता कला कृतिहरु किन बनेहोलान यसको अर्थ र महत्वो के होला ? तपाइलाई यसको बारेमा जान्न मन लग्नेछ./ यी छाडा र अस्लिल भन्न मिल्दैन /हो आजकल सेक्सी फिल्म हेर्नुहुन६ किताब पद्नुहुन्छ कम्प्युटरमा सेक्सी गित फिल्म विडियो हेर्नुहुन्छ आबस्यक परे मेडिसिन लिएर भयपनी सेक्स गर्न पछि पर्नु हुन्न तर पहिला को जमानामा काम गर्ने मान्छे पुरा गर्न सन्तान धेरै जन्माउनु पर्ने दिन रात काम धन्दा गर्दा थकाई लाग्ने धुलो मैलो फाटेका कपडा लगाउदा राम्रा युवा युबतीहरु पनि खासै आकर्षक नदेखिने अनि खानपान को पनि ठेगान नहुने हुदा यौन शक्तिमा कमि आउन सक्ने देखि अनि सेक्स भनेको सृष्टिको आधार हो भनि सम्झौनको लागि नग्न तथा अर्ध नग्न मुर्तिहरु कुदिन्थे/ मान्छे तेतिबेला मन्दिर जाने धर्म कर्म गर्ने चलन बढी हुदा तेस्ता ठाउमा राख्दा उपयुक्त हुने र तेस्लाई देखेपछि मान्छे कामुक भै अगाडी बढ्ने गर्दथे /

    Reply
  2. gangadhar sharma says:
    April 16, 2013 at 8:26 am

    त्यो दोस्रो फोटो मा लेखेको चिनिया भाषा हो (我爱尼泊尔 ).. वो आइ नि पो एर ..
    i love Nepal

    may be to attract Chinese tourist ..

    Reply
    1. Vijay says:
      April 17, 2013 at 12:44 pm

      नेपाल लाई नि पो यर भन्दो रहेछ नि चाइनिज मा? यहाँ एउटा चाइनिज साथी छ, आर यु फ्रम निपुर? आर यु फ्रम निपुर भन्छे, म त बुझ्दै नबुझ्ने…नेइबोर (छिमेकी) पो भनेकी हो कि भनेर नि सोचे एकछिन त तर पछि कापीमा लेखेरै देखायेसी मात्र पो थाहा भो, नेपाल लाइ निपुर…निपुर भनिराकी रहिछे…अचम्म !!

      Reply
  3. razen says:
    April 16, 2013 at 8:12 am

    अरुलाई जस्तो सुकै लागोस मुर्ति आफुलाइ त जुन दृस्तिकोर्णले हेरे पनि मन पर्यो |

    Reply
  4. Nabin Adhikari says:
    April 15, 2013 at 5:27 pm

    यो ultra-light मा उडेको कति पैसा तिर्नु पर्दो रय्छा ?

    Reply
  5. Raju Rana - Mahendra says:
    April 15, 2013 at 4:54 pm

    मुर्ति पनि कति छाडा —हुनत समय सान्दर्भिक नै हो कि ? – जे होस् पोखराको चिसो चिसो मौसम मा एउटा रमाइलो अनुभब भने पक्कै हुनेछ. धन्यबाद माई संसार

    Reply
  6. सार्थक says:
    April 15, 2013 at 3:35 pm

    तपाईंको नयाँ किसिमको नयाँ बर्ष मनाइ राम्रो लाग्यो उमेश जी ।

    हामी सबैले नयाँ बर्ष २०७० मा बैध्यको उल्टो बुद्धी फिरोस् कामना पनि गरौं ।

    Reply
  7. Saroj Bogati says:
    April 15, 2013 at 1:04 pm

    राम्रो लाग्यो . पोखराको फोटो नै हो त भन्या ? थपिदै गएका येस्ता संरचना लाइ राम्रो संरक्षण गरिनु पनि पर्यो.

    Reply
  8. anish says:
    April 15, 2013 at 11:41 am

    वर्तमानको केटीहरु र पुराना जमानाको केटिहरु उस्तै

    Reply
  9. shristi shah says:
    April 15, 2013 at 10:27 am

    एकदम राम्रो अनुभव 🙂 धेरै वर्ष पछि नेपाल मा नया वर्ष मनाउन पाएर एकदम खुसि भए साथै नेपाली हरुमा फेरिदै गएको जीवन सैली को राम्रो अनुभव भयो/ काठमाडौँ त सुन्य जस्तै थियो/सनिबार र आइतबार २ दिन को बिदाको सदुपयोग गर्दै धेरै मानिस काठमाडौँ भन्दा सुन्दर शान्त धुवा दुर्गन्ध रहित शहर मा नया वर्ष मनाउना भएको भन्ने पक्का नै थियो /भएका मानिस हरु पनि मठ मन्दिर मा भन्दा होटेल तिर भएको सांगीतिक कार्येक्रम मा ब्येस्त देखिन्थ्ये/जे होस् नया वर्ष ले हरेक नेपालीको मन मा नया उत्साह,हौसला साथै शक्ति प्रदान गरुन देश मा केहि नया उन्नति प्रगति भएको हेर्न पाइयोस ३३ कोटी देवताले हामी ३ करोड जनतालाई शान्ति प्रदान गरुन जय होस्

    Reply
  10. मदनमणि says:
    April 15, 2013 at 9:03 am

    धेरै राम्रो छ पोखरा। त्यहाँको अनुभव पनि पक्कै राम्रो नै मिल्नेछ।

    Reply
  11. उपासक उदास says:
    April 15, 2013 at 8:06 am

    यी नग्न मूर्ति कला को महत्व बुझ्न अलि गाह्रो नै होला कि !
    आखिर के दर्शाउन खोजेको हो यो अर्थ न बर्थ को मोडेल ले ?
    शायद , पर्यटक को लागि आकर्षण को विषय भनि ठान्या होकी !

    Reply
  12. Rajendra says:
    April 15, 2013 at 7:29 am

    बिदेशी अक्षर ले विदेशकै ठांउ हो कि भन्ने भ्रम दिए पनि छेउको अध्यारो देख्दा नेपालको नै ठाउँ जस्तो लाग्यो.

    Reply
  13. Rajan Upriti says:
    April 15, 2013 at 7:25 am

    भगवानको भक्ति प्रती श्रद्दा बढेर मूल सृष्टि आधार लाइ नै मान्छे ले बिर्सिन लागे भनेर मन्दिर मा यस्ता आकृति सृजना गरिएको जस्तो लाग्छ मलाइ | हामि जुन चिज लाइ छाडा भन्छौं त्यो नहुने हो भने यो सारा सृष्टि नै बिलय हुन्छ | त्यस लाइ मानवको संकुचित समाजले मात्र छाडा भन्छ, प्रकृतिले होइन | महिला-पुरुष बिहे गर्न छाडा नहुने, बिहे पछि पेट बोकेर हिड्न छाडा नहुने, पछि बच्चा अघि पछी लगाएर हिन्न छाडा नहुने अनि …
    बरु तरुनी जिस्क्याएर हिड्न छाडा हो, अरुको इच्छा विपरी जवर्जस्ती करणी छाडा हो…

    Reply
  14. pratik says:
    April 15, 2013 at 2:12 am

    पोखराको फोटो हेर्न पाउँदा चै राम्रो लग्यो,, तर त्यो मुर्तिमा देउता छाडा हो कि मूर्तिकार ??

    Reply
    1. budha says:
      April 15, 2013 at 4:13 am

      त्यो कला हो साथि अनि कला छाडा कहिले हुदैन

      Reply
    2. Bibek Dhakal says:
      April 15, 2013 at 8:54 am

      हाहा प्रतीक जी, छाडा हैन “प्रतीकात्मक” र कलात्मक रूपमा लिनुस न 🙂

      Reply
    3. उतर वनेम लिम्बु says:
      April 15, 2013 at 1:46 pm

      घरमा परिवार नै बसेर सन्नी लियोन मल्लिका सेरावत ले तिग्रा हल्लाएको हेरछौ यहा तिमीलाई यो कला छाडा भयो होइन लिंग काटेर फाल भाइ छाडा चिज किन झुन्ड्याउछौ

      Reply
    4. उपासक उदास says:
      April 15, 2013 at 1:54 pm

      वास्तवमा पौराणिक पात्र वा देउताहरू भनेको सबै जसो मनलाग्दो गरि हिड्ने नै बुझिन्छन . मानिसको दमित यौन – कुण्ठालाइ मूर्तिकारले सतहमा ल्याई दिने काम गर्ने हुन्छन . तर माथिको चित्रहरुमा आधुनिक कलाको मिश्रण पनि भएको आभास हुन्छ. जे होस् हेर्नेको आँखालाइ सन्तुष्टि दिन यी मूर्ति हरु सफल होस् भनी कामना गर्नु मुनासिब ठहरिएला !

      Reply
    5. resham says:
      April 15, 2013 at 6:52 pm

      जिन्दगीमा यो यौनको कुरा पनि एउटा कला हो र यहि कलालाई उजगार गरेको होला नि कलाकारले /

      Reply
    6. S.L rumba says:
      April 16, 2013 at 10:18 am

      प्रतिक ले काठमाडौँ को दरबार स्क़ुऐरे हनुमान धोका को काठ को कला कृति हरु देखेको छैन जस्तो लग्यो !
      एक चोटी गएर हेर्नुता.. ……….
      त्यो दृश्य देक्यो भने बल्ल बुज्ने छौ तिमी ले!

      Reply
  15. Shyam says:
    April 15, 2013 at 12:52 am

    राम्रो लाग्यो तर भौतिक संरचना बने पछि please टिका अथवा रंग लगाउनु नदिनु होला| Thank you

    Reply
  16. mankajee shrestha says:
    April 15, 2013 at 12:29 am

    एस्तो, चराझैं उड्ने मौका पाएकोमा बधाई /मेरो मनको चरो पनि तेसरिनै उड्न खोजि रहेछ ,साएद अरु धेरैको मनको चरो जस्तै/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme