Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संशोधित ऐनले क्षमतावान कर्मचारीलाई पाखा लगायो

Posted on April 17, 2013April 17, 2013 by mysansar

-राम-

निजामती सेवा (तेस्रो संशोधन) ऐनले योग्य तथा क्षमतावान कर्मचारीहरुलाई पाखा लगाइएको अनुभव भयो । हुन त गुण्डा गिर्दी र तोडफोड हावी भएको तथा कु–राजनितिले थला पारिएको यो देशमा हामीले यो भन्दा राम्रो निर्णयको आश गर्नु गलत होला । नेपाली जन्ताबाट उठेको करबाट तलब भत्ता खाने राष्ट सेवक कर्मचारीहरुले काम भन्दा पनि राननैतिक पार्टीको झण्डा बोकेर ब्यत्तिगत स्र्वार्थको लागि जस्ता सुकै माग पनि पुरा गर्न दबाव दिने परिपाटी बस्दै आएको बिदितै छ । जन्ताको करबाट उठेको पैशाले तलब खाने राष्ट सेवक भनाउदा कर्मचारी नेताहरुको व्याबहारले गर्दा केही गर्नु पर्छ भन्ने योग्य र क्षमतावान कर्मचारीहरुलाई कार्य गर्ने बातावरण बिग्रेको अवस्था छ । अहिले सरकारी कार्यालयमा Chain of Command त पटक्कै देखिदैन । अहिलेको अवस्थामा सरकारी कार्यलयमा कुन कर्मचारी कुन संगठनको कुन तहको कार्यकर्ता हो , त्यसमा उसको शक्ति निर्भर रहन्छ, न की पद र तहमा । निजामति सेवामा Chain of Command त परै जावस , एउटा कार्यालय प्रमुखलाई मातहातका नेताका तथा कार्यक्रता कर्मचारीहरुसगं अहिलेको चलिआएको राननितिक व्याबहार पुरा गर्न सकेन भने उक्त कार्यलयमा आफुलाई पुरा कार्यकाल पनि टिकाउन कठिनाई छ ।

कार्यलयको शिलसिलामा काहि कतै जानु पर्यो भने एउटा कर्मचारीको लागि कार्यालयबाट गाडी नपाइन सक्छ तर कुनै सगंठनको केन्द्रिय तहको नेता भनाउदा कर्मचारीको फोन आयो भने तुरुन्त ऊ भएको गाडी आइपुग्छ । उहांहरु राजनिती गर्न भनेर त पक्कै पनि निजामति सेवामा प्रबेश गर्नु भएको होइन होला । सरकारी तलब खाएर निर्लज्जसगं राजनिति गर्नु भन्दा त संबिधान सभाका चुनाव आउदै छ, सेवाबाट राजिनमा दिएर त्यसको लागि आफनो सिट सुरक्षित गर्न उपयुक्त देखिन्छ । हुन त सरकारी ढुकुटीबाट महिनावारी तलब खान पाइने, राजनितिक संघ संगठनमा लागेर आफनै साथी कर्मचारीहरुको सरुवा बढुवामा अनुचित लाभ लिन पाइने, सरकारी सुबिधा दुरुपयोग गर्न र अनि कार्यालय काम पनि गर्न नपर्ने यस्तो मोजको जागिर के छोड्थे रे हाम्रा नेता भनाउदा कर्मचारी साथीहरुले ? निजामती सेवाका भुतपुर्व कर्मचरीहरुबाट सरकारबाट देश संचालन भएको समयमा यस्ता बिकृती बिसंगती हटाउनुको सट्टा त्यस्तै गतिबिधिलाई प्रशेय दिने गरि गरेका निर्णयहरुले यो सरकारले निजामती सेवामा केही सुधार ल्याउला भन्ने शुभ चिन्तकहरुलाई आघात पुगेको छ । अन्तमा निजामती सेवा ऐन, २०४९ लाई संशोधन गर्न बनेको बिधेयकबाट उत्पन्न केही फाइदाहरू उल्लेख गर्र मन लाग्यो ।

१) कम्प्युटर अपरेटर ( रा.प.अनं प्र.)मा कार्यरत केही साथीहरु लेखेर (आन्तिरक प्रतियोगिताबाट) अधिकृत हुन्छु भनेर कुनै कलेजमा बिहान बेलुका दुख गरि रहुनु भाको छ भने त्यो दुख अब गर्नु पर्दैन । यो संशोधनले रा.प. तृ. मा बढुवा हुन आ.प्र.को व्यवस्था हटाएको छ ।

२) अब Computer मा Academic योग्यता (Minimum Qualification) नभए पनि IT Director and DG(IT DG) हुने मौका प्राप्त भएको छ । यसको बिधि यस प्रकार छः
• कुने सस्थाबाट छ महिनाको Computer संबन्धि तालिम गरेको Certificate र कम्प्युटर टाइपिगं राम्रो छ भने लोक सेवा आयोगको परीक्षा दिएर कम्प्युटर अपरेटरमा जागिर खानुहोस (अझ केही साथीहरुले त लोक सेवा आयोगको परीक्षा पनि नदिइकन पनि पहिलाको नियम अनुसार सजिलैसगं कम्प्युटर अपरेटर र अधिकृतमा जागिर खाइरहुनु भाको होला ) । अनि कतिपय साथीहरु त २०६४ साल पछि २४घ को प्राबधान अनुरुप स्वतः कम्प्युटर अधिकृत भइसक्नु भएको छ । स्नातकमा Computer Related Degree: BE, BScCSIT, BIM, BIT, BCA नभएर के भयो र ? अब मित्र राष्ट्रका विश्वबिद्यालयबाट संबन्धन प्राप्त कलेजबाट एकै चोटी कम्प्युटरमा माष्टर गर्न पाईहालिन्छ । अहिलेको नयां प्राबधान अनुसार अव कम्पुटर अधिकृतको Minimum Qualification नभए पनि त्यस्तो Degree ले सजिलैसगं रा.प II. . मा बढुवा हुन पाइन्छ ।

३) कुनै थप आफनो केही माग पुरा गराउनु छ र यस स+शोधनमा केही असन्तोस छ भने नयां सगंठन दर्ता गर्नुहोस किन भने नेपाल सरकारले नयां संगठन दर्ता गर्न केही रोकेको छैन । आफना माग पुरा गर्न कालो पट्टी बाध्ने, कलम बन्द गर्ने अनि तोडफोड गर्ने कार्य गर्न नबिर्सिनु होला । नत्र तपाईको माग पुरा हुने वाला छैन ।

अन्तमा यसमा प्रस्तुत बिचार नितान्त ब्यक्तिगत भएको र कोही कसै प्रति रिस, डाह र पुर्वाग्राही नभएको अनुरोध गर्दछु । यस बिचारले कोही कसै साथीहरुलाई अप्ठयारो भए क्षमायाचना गर्दछु ।
यस निजामती सेवा ऐन, २०४९ लाई संशोधनले राहत पाएका कर्मचारी साथीहरुलाई नयां बर्षको शुरुवात संगै आएको यस खुशियालीलाई सदुपयोग गर्न र पिडित भएको योग्यता र क्षमतामा बिस्वाश गर्ने कर्मचारी साथीहरुलाई र्धैय धारण गरी आफनो योग्यताको प्रदर्शन गर्न अनुरोध छ ।

20 thoughts on “संशोधित ऐनले क्षमतावान कर्मचारीलाई पाखा लगायो”

  1. Yatharth says:
    April 18, 2013 at 7:14 pm

    क्षमतावान र डिग्रिवानमा फरक त केहि छ नि / क्षमताबानाले मौका नपाए देशलाई नै धात हुन्छ भन्नेकुरा डिग्री नभएका अमेरिकी क्षमतावान द्वय स्टिव जबस र बिल गेटले प्रमाणित गरेर देखाई दिए / सधै डिग्री र कलेजकै जाप गरेर हुन्न / पार्टीको झन्डावाल निस्चय नै हानि कारक होला तर बिना सर्तिफिकेता पनि कसैलाई IT मा बढुवा हुन्छ भने त्यो तर्क संगत नै हो / कारण जसले कार्यालयको सम्पूर्ण अभिभारा थामेको हुन्छ त्यसको हाकिम अनुभवहीन सर्टिफिकेट धारिलाई बनाउदा देशका नाम कहलिएका संसथाहरुले ठुलै क्षति बेहोरेका र त्यसबाट पाठ सिकेरै बाध्य भएर यो बाटो अंगालेको होला भन्ने मेरो बुझाइ छ / र नबुझेकाले जति छिटो यो कुरा बुझ्छ त्यति छिटो देश कम्प्युटर प्रविधिमा अगाडी बढ्छ / यो क्षेत्रमा सर्टिफिकेट पनि केहि भए पनि सबै थोक चाहिं हैन /

    Reply
    1. shankar says:
      April 19, 2013 at 9:04 pm

      Billgates and other can’t be generalized. We can see the skill of our computer operators easily.

      Reply
      1. Biswash says:
        April 20, 2013 at 6:12 pm

        शंकर जी, संसार भरि कम्प्युटर बिकास उच्चतम बिन्दुमा हुँदा नेपालको एक मात्र राष्ट्रिय कम्प्युटर केन्द्र अनि सबैले आशा गरेको आइ टी पार्क असफल किन भै रहेको होला..कारण पत्ता लगाउने जिम्मा यहाकै ल |

        Reply
        1. Bigyan says:
          April 21, 2013 at 7:29 pm

          १ बनेपा एकदम नै टाढा छ … कम्प्युटर को बिज्ञा को लागि मिनेट को मूल्य हुन्छा
          २ राष्ट्रिय कम्प्युटर केन्द्र मात्र हो र HLCIT (high leverl commission of IT) बिगथान भएको कुरा मा एक जना को पनि बिरोध आएन

          Reply
  2. Anupam says:
    April 18, 2013 at 3:26 pm

    बिसौ हजार असक्षम कर्मचारी लाइ बिना प्रतिस्पर्धा, बिना योग्यता सनक र लहड को भरमा पदोन्नति गरिएको छ, कुनै एउटा अदुरदर्शी र अपरिपक्क प्रशासक को जघन्य गल्ति (यो गल्ति होइन अपराध हो) को कारण मुलुक हाक्ने प्रशासन संयन्त्र अब अस्तव्यस्त भएको छ, सरकार संग येति ठुलो संख्या मा स्वोत बढुवा भएका कर्मचारी लाइ पद अनुसार को दिने न त काम नै छ , न तेती पद आबस्यक नै छ , न त्यो पद मा सक्षम नै छन् बढुवा पाएका हरु / कानुन को खिल्ली उडाइएको छ, यो कालान्तार मा ठुलो समस्या बनेर आउनेछ, अब देसमा आगाडी को दशौ बर्स सम्म अधिकृत वा सो भन्दा माथिको पद नखुल्ने पक्का पक्कि जस्तै छ, नब युबाहरु को लागि सरकारी सेवा मा प्रबेस निषेध जस्तै बनेको छ / मुलुकको कर्मचारी तन्त्र मा एस्तो विसंगति बिकृति र अन्नेया पूर्ण ब्यबस्थापन न कहिल्ये भएको थियो न हुने नै छ / सबैलाई चेतना भया //

    Reply
  3. सुमन says:
    April 18, 2013 at 11:59 am

    निजामति कर्मचारीमा ५०% भन्दा बढी जाली शैक्षिक प्रमाण पत्र पेश गरेकाहरु छन् भन्ने सुनिएको छ| सेना र प्रहरीमा त् यो ब्यापक नै छ प्रोमोसनको लागि|

    यो तथ्यांक लाइ मान्ने हो भने प्रत्येक दुईजनामा एकजना निजामति कर्मचारी कीर्ते छन्| भन्नुहोला हामी श्रमजीवीहरुले यस्ता परजीवीहरुको अनुहार हेर्ने नपाए हुन्थ्यो|
    कर्मचारी हरुमा प्रत्येक चार जनामा तीन जना भ्रष्टचारी रहेछन| घुसखोरी धेरै जस्तो छन्, कतिजना धन नकमाए पनि कामचोर छन्, नैतिक रुपमा भ्रष्ट छन् पदको दुरुपयोग गरेर|

    लेखकज्युको गुनासो के हो कुन्नि!
    नेपाली जनताले तिरेको करको दुरुपयोग हो वा आन्तरिक प्रतियोगिता बन्द गरिएकोमा हो?
    आन्तरिक प्रतियोगिता बन्द गरेर राम्रै भयो| पहिले मन्त्रि, सचिव, नेता, र नाता पर्ने वा घुस लिएर अस्थायी दरबन्दी खुलाएर एउटा सानो चिट वा फोनको भरमा पछिको ढोकाबाट छोटो अवधिका लागि भनेर अस्थायीमा नियुक्ति दिन्छन अनि त्यसपछि आन्दोलन गरेर होस्, घुस दिएर होस् वा गोडा मसारेर स्थायी हुन्छन अनि त्यहाको सबै कुरो आनीबानी घुस खानी बुझेपछि सहजै “आ. प्र.” मार्फत सहज बनाएर छिर्छन| हुकुम प्रमांगीको कुरै नगरौ, दरवार र दरवारका आसेपासे
    ल्यासे सचिवहरुले देशलाई बाऊकै बीरता सरह प्रयोग वा दुरुपयोग गरे|

    नंया नेपाल भनेर हल्ला पिटिन्छ, खोइ त level playing field भनेको?

    नेपाली निजामति सेवामा कति काम चाहिन्छ र कति कर्मचारी उपयुक्त छ त्यसको भिन्नै मुल्यांकन थर्ड पार्टी द्वारा गराएर त्यसैको आधारमा नया दरबन्दी लागु गरिनुपर्छ| काम नलाग्ने र कुहेको आलुलाई जरै देखि उखेलेर नफाले अरुलाई पनि बर्बाद गर्ने क्रम जारी रहनेछ|
    नंया नेपालको संरंचनामा हाम्रा राजनेता र दलहरुले भिजनेरी भएर दिग्दर्शन दिन सकेनन र सकेका छैनन्, यो तथ्य हामी सबैका सामु प्रष्ट छ| तर नेपाली जनताले अझसम्म आत्मसात गर्न नसकेका कुरा के भने नंया नेपालको संरचनामा सबै भन्दा ठुलो बाधक नेपालको विद्यमान असंशोधित र सजिलै भ्रस्ट पथमा बाङ्गिने निजामति व्यवस्था हो र यसका प्रतिपालकहरु यसप्रति जिम्मेवारी छन्|

    Reply
    1. shankar says:
      April 19, 2013 at 9:07 pm

      Suman jee, Internal Competition in Civil Service is not like you said. The exam is held by public service commission. An employee can show his skill and talency in internal competition if he/she has qualification.

      Reply
    2. cRIS says:
      April 20, 2013 at 4:49 am

      मैले भन्नै खोजेको त यहीं तपाईले भनिसक्नु भा रहेछ । सार्है घत लाग्यो ।

      पहिलेको जेजस्तो प्रणाली भएरहेको भए पनि त्यो काम लागीरहेको थिएन भन्ने त कोट्याएर देखाईरनु परेन । अब त्यसैलाई संबोधन गर्न नयँा तरिका जे गर्दा पनि हुन्थ्यो । यो भन्दा बिग्रिने ठाँउ नै छैन । त्यसैले परिवर्तनलाई पनि एकफेरो मौका दिई हेरौ न । आखिरमा बिग्रिने केही छैन!

      Reply
  4. P.R Baral(UK) says:
    April 18, 2013 at 12:17 am

    कर्मचारीकै गल्ति छ किन कि उनिहरु पार्टीको झण्डा नबोकी केहि कामै गर्नु हुदैन कि जस्तो गर्छन |

    Reply
  5. T Dhakal says:
    April 17, 2013 at 7:16 pm

    नक्कली सर्टिफिकेट ल्याउछन भन्ने थाहा हुदाहुदै किन सर्टिफिकेट नै हेर्नु पर्यो? त्यस माथि एउटा स्वायत्त certification बोर्ड बनाएर regulate गर्ने/ जसलाई कर्मचारी चाहिए पनि बोर्डको certification माग्ने/ मान्यता प्राप्त कलेज र university बाट डिग्री लिएकाहरुलाई मात्र मान्यता दिने/ अनि फोटोकपी र प्रमाणित गर्ने पुरानो चलनलाई छोडी, सिधै university र कलेज संग information share गर्ने गरे यो “नक्कली” भूत आफै हराएर जान्छ कि जस्तो लाग्छ मलाई त…..

    Reply
  6. Bir Singh Dhami says:
    April 17, 2013 at 6:17 pm

    निजामती सेवालाई ध्वस्त बनाउन “२४ घ १” भाईरस निजामती सेवामा छिराए वाफत जेलको चिसो कोठरिमा हुनुपर्ने ब्यक्तिलाई उल्टो क्यानाडाको लागि “महामहिम राजदुत” बनाएर पुरुस्कार दिइयो । जीवनभरी कहिल्यै राम्रो काम गर्न नजानेका, नगरेका, अर्काको खुट्टा तान्ने खेलमा पोख्त र खुण्ठाग्रस्त सोच भएका कथित विशिस्ट हरुलाई प्रधानमन्त्री, मन्त्री बनाइदिएपछी भद्रगोल नभएर के सुशासन हुन्छ त ? First Division र Pass Division को बिचको 0.5 नम्बर को झिनो अन्तरले यिनिहरुको कती टाउको दुखेको रहेछ भन्ने कुरा यो बिधेयक ले देखायो । त्यसै पनि नेपाली निजामती प्रशासन काम नगर्नेलाई पुरुस्कार र पदक दिने, अपडेट हुनै नचाहने पुरातन सोचबादी संस्था को रुपमा आफ्नो “गौरबमय” पहिचान कायम राखेको संस्था भनेर चिनिन्थ्यो अहिले राज्य कमजोर भएको मौका छोपेर ल्याएको यो तेस्रो बिधेयकले त झन् कानुनी रुपमै “काम गर्ने र काम नगर्ने”, “कम्प्युटर ईन्जिनियर र कम्प्युटर अपरेटर ” सबै समान हुन भ्रममा नपरे हुन्छ भनेर स्थापित गरिदिए ….

    Reply
  7. shiva says:
    April 17, 2013 at 5:50 pm

    संसोधन ले प्रतिभावान मानिसलाई रोकेको छैन , बरु आन्तरिक भनसुन लै निरुत्साहित परेको छ. रामजी

    Reply
  8. Neeraj Dhungana says:
    April 17, 2013 at 5:49 pm

    यो देश को ऐन कानून को कुरा नै नगरम जस्तो लाग्छ | क्षमता, खुला प्रतिस्पर्धा त झन् के कुरा गर्नु | यो देश मा बिल, कर , महशुल तिर्न त एक दिन काम बाट बिदा लिनु पर्छ नत्र दलाललाइ चना चारो को व्यवस्था गर्नु पर्ने हुन्छ | हरे भगवान यो देश कहिले नेपाली को होला ? सान्त सुन्दर नेपाल !!!

    Reply
  9. Upendra says:
    April 17, 2013 at 3:58 pm

    निजामति कर्मचारीहरुले राजनीति गर्नै हुँदैन । चेन अफ कमाण्ड नमान्ने कर्मचारीलाई कारवाही गराउनसक्ने वातावरणको सृजना गर्नुपर्छ । निजामति कर्मचारीहरुको चेन अफ कमाण्ड राजनीतिक हस्तक्षेपले नै बिगारेको हो । जबसम्म राजनीतिक हस्तक्षेप यो क्षेत्रमा रहीरहन्छ न त देश बन्छ न त अरु केही नै बन्छ किनकी स्थायी सरकार भनेको कर्मचारीहरु हो ।

    Reply
  10. pradeep says:
    April 17, 2013 at 3:48 pm

    पार्टीको झन्डा बोकेर आन्दोलन गर्न सके आफ्नु लागि सब थोक भैहाल्छ ! भांडमा जावोस देस, कर्माचारी तन्त्र अनि राष्ट्र सेवक अन्ने गौरबमय पगडी ! काम किन जान्नु पर्यो – काम जान्ने / नजान्ने , काम गर्ने/ नगर्ने सबैको खान्की यौटै हो ! मौका पर्यो भने सोझा जनता लाई दलाल लगायर भय पनि ठिक पारि हालिन्छ ! नेता ले कर्माचारी लाई आफै जस्तो बनिहाले काम नगरी खान पाईने, भ्रस्टाचार गर्न पाईने अनि = के को जांच, के को सर्टिफिकेट = पेन्सन पनि पाईने काम नगरी घर बसे पनि ! राष्ट्र सेवक रे 1

    Reply
  11. द्रोण says:
    April 17, 2013 at 3:35 pm

    भत्काउन सजिलो ,बनाउन गाह्रो !!!!
    सिंगापुर बनाउने भनेर नेपाल भत्काए !
    नेता माला माल भए ,जनताले दुख पाए |

    अब भैरहेको मावोबादी तह लगाउन इन्डिया ले मात्रिका मावोबादी लाइ उठाउन खोजे जस्तो छ |देश ब्यापी चुनाब बहिस्कार अभियान मा उ लागेको छ |

    Reply
  12. Raju Rana - Mahendra says:
    April 17, 2013 at 3:17 pm

    आज भन्दा १० बर्ष अघिको कुरा हो – मेरो सबै अफिस कागजात मा मेरो नाम को पछाडी मगर रहेको छ र नागरिकता मा मगर छैन/ नागरिकता बनायासके पछि लगतै मेरो नाम को अन्त मा मगर थपिदिन आग्रह गरे ५/१० मिनट मा नै // तर उलटई मिल्दैन भनि फ़र्केइओ – तर त्यही कर्मर्चारी ले मैले चिया खाइरहेको समय मा संयोग बस उहा पनि आउनु भयो र – १० हजार नेपाली दिय मिल्ने नत्र नमिल्ने भन्नु भयो –तर म मानिन मगर भय पनि नभयपनि मेरो नाम मा म महेन्द्र नै हु भन्ने सोचेर आय –यस्तो छ हाम्रो नेपाली कर्मचारीको सेवा गर्ने तरिका //यहाँ हामी जनतालाई कसरि सजिलो र छिटो तरिकाले सेवा दिउ भन्ने सोचाई का कमै हुनुहुन्छ –दल को दलाली गरेर खानु भयको जागिर जब सम्म हाम्रो देस मा दलिय दल दल बाट माथि उठ्दैन तब सम्म —-जसो जसो बाहुन बजे उसो उसो स्वाहा नै हो हजुर// जे भयानी आफ्नो दुख आफै संग छ –गरिब को एक छाक कसले जोहो गर्दिने त ??? देस मा एउटा काम/मजदुरी गरेर खाने बाताबरण बानुस त्यही हो हाम्रो कामना –जय पशुपतिनाथ

    Reply
  13. Mohan Subba says:
    April 17, 2013 at 11:54 am

    भने पछि अब त मैले पनि रा.प .दोस्रो श्रेणी मा खुल्ला भिड्नु पाउने भये /मैले पनि आजभन्दा ३० वर्ष अघि DATABASE,LOTUS,WP51 के के हो सिकेको सर्टिफिकेट अझै मौजुध छ /तर उमेरले पो डाडो काट्यो कि जस्तो छ /

    Reply
  14. Neel Paudel says:
    April 17, 2013 at 11:36 am

    सम्पूर्ण कर्मचारीहरुले म राष्ट्रको सेबक जनताको नोकर हुँ भन्ने सोचेर इमान्दारिताका साथ काम गरे भने देशको उन्नति हुन धेरै बेर लाग्दैन !

    Reply
  15. pradeep says:
    April 17, 2013 at 11:33 am

    सरकारी कर्मचारी, सरकारी सिछ्यक, सरकारी डाक्टर, सरकारी इङ्गिनिएर सबैको हालत यस्तै छ! नेपाली मान्छेले आफु भन्दा पछाडीको पुस्ता लाई पनि वास्ता गर्न छोडी सकेको छ ! आफु र आफ्नु सन्तान मात्र हेर्न थालेको छ ! देस हाक्ने र जनताको नाम भ्ज्यारा खाने नेता भय पछि यस्तै हो, राष्ट्र सबक को माथिल्लो तह नेताको चाकरीदार मात्र भय पछि यस्तै हो !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme