Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मेस्सीको स्वागतमा उर्लिएको भिड भन्दै अमेरिकाको फेस्टिभलको फोटो भाइरल

Posted on August 11, 2021August 11, 2021 by Salokya

सोसल मिडियामा अहिले एउटा फोटो भाइरल भएको छ। फोटोमा ठूलो भिड देखिन्छ। फोटोसँगै अङ्ग्रेजीमा लेखिएको छ- ‘This isn’t political rally or a concert but a crowd to welcome Leo Messi in Paris! THIS MAN IS BIGGER THAN ANY SPORT!’

फुटबल स्टार मेस्सीलाई पेरिसमा स्वागत गर्न यो भिड आएको ती भाइरल पोस्टहरुमा दावी छ।

यी दावीको हामीले तथ्य जाँच गरेका छौँ।


फुटबल इज माइ ड्रग, बार्सिलोना इज माइ डिलर नामको फेसबुक पेजमा १० अगस्तमा अपलोड गरिएको यो फोटोसहितको पोस्टमा ८ हजारभन्दा बढी रियाक्सन, ५ सयभन्दा बढी कमेन्ट र झण्डै २ हजार सेयर छन्।

त्यसैगरी लियो मेस्सी फ्यान नेपाल नामको अर्को फेसबुक पेजले पनि यही व्यहोरा राखेर यही फोटो पोस्ट गरेको छ। यसमा पनि झण्डै २ सय सेयर, झण्डै ७ सय रियाक्सन र २३ कमेन्ट छन्।

एफसी बार्सिलोना फ्यान अफ नेपाल नामको अर्को फेसबुक पेजले यही पोस्टलाई सेयर गरेको छ। यसमा पनि ३१ कमेन्ट, ४४ सेयर देखिन्छ भने एक हजारभन्दा बढी रियाक्सन छ।

फोटो कहाँको ?

यो फोटोलाई गुगलमा रिभर्स इमेज सर्च गरी खोज्दा हामी यो ट्विटमा पुग्यौँ-

2021 @lollapalooza pic.twitter.com/yJDB8MdREb

— Colin Hinkle (@hinklecolin) July 31, 2021

यो फोटो कोलिन हिन्कलले जुलाई ३१, २०२१ मा ट्विट गरेका छन्। फोटोमा उनले lollapalooza लेखेका छन्।

त्यसैगरी यो फोटोसहित यो फोटोको बारेमा बिजनेस इन्साइडरले पनि अगस्त ३, २०२१ मा समाचार राखेको छ।

यसमा फोटो खिच्नेसित अन्तर्वार्ता पनि छ।

अन्तर्वार्तामा कोलिन हिन्कलले बताए अनुसार अमेरिकाको शिकागोमा भएको लोल्लापालोजा म्युजिक फेस्टिभलमा खिचिएको फोटो थियो यो।

यही सामग्री याहून्युज र न्युजब्रेकमा पनि देखिन्छ।

तथ्य जाँच

दावी : यो फोटो मेस्सीको स्वागतमा पेरिसमा उर्लिएको जनसागरको हो।

तथ्य : मिथ्या सूचना । यो फोटो अमेरिकाको शिकागोमा भएको लोल्लापालोजा म्युजिक फेस्टिभलको हो।

सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो हामीलाई निम्न बमोजिम पठाउन सक्नुहुन्छ-

  • भाइबर वा ह्वाटस एपमा (भाइबरमा पठाउन क्युआर कोड, ह्वाटसएपमा पठाउन क्युआर कोड)
  • इमेल [email protected] वा [email protected]
  • फेसबुक पेज : अथवा माइसंसारको फेसबुक पेज
  • वेबसाइटबाट सीधै : नेपालफ्याक्टचेकको वेबसाइट
  • भाइबर ग्रुप : भाइबर ग्रुपमा जोडिन यहाँ क्लिक गर्नुस्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme