Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

थाहाखबरले हँसायो : अरुको साहु देखाऊ, आफ्नो साहु लुकाऊ !

Posted on August 11, 2021 by Salokya


थाहाखबर अनलाइनमा एउटा समाचार पढेर निकै हाँसो उठ्यो। जोक लेखिएको थिएन त्यसमा। तर पनि हँसाउने खालको कन्टेन्ट छ त्यसमा। अहिलेको कर्पोरेट मिडियामा काम गर्नेहरुको हैसियत पनि देखाउँछ त्यसले।

साउन २४, २०७८ आइतबार प्रकाशित यो समाचारको शीर्षक छ- विद्युत प्रधिकरणसमेत महानगरको कर नतिर्ने सूचीमा समाचार खासमा लामो समयदेखि कर बुझाउन गरेको ताकेतालाई अटेर गरेपछि काठमाडौँ महानगरपालिका राजश्व विभागले सार्वजनिक गरेको सूचीको हो।

यो समाचारको पहिलो वाक्यमा लेखिएको छ-

काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना जारी गरेकाे छ।

मुनि ‘यी हुन कर नतिर्ने करदाताहरू’ उपशीर्षकमा नामहरु राखिएको छ। तर अचम्म, त्यसमा ५२ जना होइन, ४८ जनाको मात्रै नाम छ।

करदाताको नाम
१ रविन्द्र बहादुर मल्ल
२ दिव्य शम्सेर ज.व
३ जय नेपाल हल
४ इम्पेरियल अपार्टमेन्ट
५ कान्तिपुर होटल
६ वरुण वेभरेज प्रा.लि.
७ होटल ग्याङ्गजोङ्ग( हाल ले हिमालय)
८ सिटी होटल्स
९ शुभकामना हाउजिङ डेभलर्पस प्रा.ली
१० ओम सान इन्टरनेशनल कलेज(हेल्पिङ ह्यास)
११ गोपीकृष्ण मुभिज प्रा.लि.
१२ झिग्मी सिग्मी पर्वल विष्ट
१३ काठमाडौं जेसस
१४ खाद्य संस्थान
१५ सिग्नेचर अपार्टमेन्ट
१६ अम्बे कम्प्लेक्स
१७ टाउन डेभलोपर्स प्रा.लि.
१८ राजेन्द्र कुमार कांवरा
१९ ब्लु बर्ड इन्भेष्टमेन्ट
२० होटल प्लाटिनम
२१ बुद्ध मल
२२ सिद्धार्थ वनस्थली स्कुल
२३ जनमैत्री अस्पताल
२४ ब्याट्री कारखाना
२५ होटल मर्स्याङ्दी
२६ ह्वाइट फिल स्कूल
२७ प्रदीप रत्न ताम्राकार ,उदय रत्न ताम्राकार र विजय रत्न ताम्राकार
२८ आदर्श नगर बिजनेस प्रा.लि.
२९ वसुन्धरा तुलाधर
३० रञ्जना ट्रेड सेन्टर
३१ केशा प्रोपर्टिज प्रा।लि
३२ बैशाली होटल प्रा.लि.
३३ नेपाल स्काउट
३४ साझा भण्डार
३५ राष्ट्रिय नाचघर
३६ चेम्बर भवन
३७ कर्मचारी संचय कोष भवन
३८ नेपाल रेडक्रस सोसाइटी
३९ नेपाल विद्युत प्राधिकरण
४० नेशनल ट्रेसिङ्ग लिमिटेड
४१ नेपाली जामे मस्जिद
४२ प्रवीण बहादुर के.सी.
४३ मैतीदेवी प्लाजा
४४ युनिभर्सल स्कूल
४५ गगन वीर सिंह कंसाकार
४६ के.एल.टावर
४७ एपोलो प्रा.लि.
४८ सिटी सेन्टर

खै त ४९, ५०, ५१ र ५२ ?

थाहाखबरले नराखेर भो? अरुमा त हुन्छ नि। नयाँ पत्रिकामा हेर्दा देखियो, जुन नम्बर अर्थात् ४९ देखि मुनि फालिएको छ, त्यसमा नाम कसको रहेछ हेर्नु त-

४९ नम्बरमा रहेछ अजयराज सुमार्गी पराजुली। अर्थात् थाहाखबरका मुख्य साहु।

नबुझेको ५ कुरा

१) कि साहुको नाम मुछिएको समाचारै नराख्नु, राखिसकेपछि त्यसमा भएका नाम किन हटाउनु?

२) आफूले लुकाउँदैमा लुक्ने कुरा हो र यो? थाहाखबरले मात्र राख्छ यो समाचार? अरुले राख्दैन? अरुले पनि राख्ने भए लुकाउनुको के अर्थ?

३) ५२ जनाको नाम सार्वजनिक भनेर लिडलाइनमा लेखेर ४८ जनाको मात्र नाम प्रकाशन गर्नु कुन इथिक्सले दिन्छ?

४) आफ्नो साहुको नाम आए लुकाउनू, अरुको आए देखाउनृ भन्ने नै मूलमन्त्र हो थाहाखबरको ?

५) डेस्कका पत्रकारले बढी जान्ने भएर  सेल्फ सेन्सर गरेर साहुको नाम फालेको कि सम्पादकीय नेतृत्वकै निर्देशन हो? वा साहुकै निर्देशन हो?

यी ५ कुरा नबुझेपछि ट्वाँ परियो कर्पोरेट मिडियाका कारिन्दा पत्रकारको हैसियत कस्तो होला भन्ने सोचेर।

अनलाइनखबरको अर्को कथा

यही समाचारमा अनलाइनखबरको भने अर्कै कथा रहेछ। यसले शीर्षक सम्पादन गरेर सुमार्गीलाई फालेको रहेछ।

सुरुमा यो समाचारमा हेडलाइन यस्तो थियो- (हेर्नुस् अर्काइभ लिङ्क)

‘महानगरलाई सम्पत्ति कर नतिर्नेको सूचीमा सुमार्गीदेखि स्वास्थ्य राज्यमन्त्रीको अस्पतालसम्म’ हेडलाइन यस्तो थियो। तर सुमार्गीको पावर यता पनि देखियो कि के हो, अहिले आएर हेर्दा त हेडलाइनबाट सुमार्गी गायब ! यस्तो देखिन्छ अहिले-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme