Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाली मिडियाले गर्‍यो मलाला युसुफजाईको ‘हत्या’

Posted on August 27, 2021August 27, 2021 by Salokya

मलाला युसुफजाई चिन्नुहुन्छ होइन? नोबल पुरस्कार जित्ने हालसम्मकै सबैभन्दा कम उमेरकी विजेता। पाकिस्तानमा जन्मिएर विश्वभर नाम कमाएकी मलाला अहिले २४ वर्षकी भइन् र महिला र बालिका शिक्षाकी अभियन्ता छिन्।

के तपाईँ पत्याउनु हुन्छ- उनको मृत्यु भइसक्यो?

नपत्याएर के गर्नु। नेपाली मिडियाले उनको मृत्यु भएको घोषणा गरिसकैको देखियो।

‘नेपालखबर’ अनलाइनले ‘आखिर तालिबान कस्तो समूह हो? यस्तो छ यसको नालीबेली’ शीर्षकको साउन ३२ गते प्रकाशित समाचारको ‘तालिबानको निसानमा मलाला युसुफजई’ उपशीर्षकमा लेखेको छ- ‘तालिबान चरमपन्थीले अक्टोबर २०१२ मा मिंगोरा नगरमा स्कुलबाट फर्किरहेका मलाला युसुफजईलाई गोलही हानेर मारे।’

गोलही भनेको के हो, थाहा भएन। गोली भनेका हुन् कि।

त्यतिमात्र होइन, समाचारमा अर्को लाइन पनि छ, ‘१४ वर्षकी मलालाले छद्म नाममा आफूविरुद्ध लेखेको भन्दै तालिबान रुष्ट थियो। उनको हत्याको अन्तर्राष्ट्रिय स्तरमै निन्दा भएको थियो।’

हैट, कस्तो अचम्म। सन् २०१२ मै मलालालाई मारिसकेको भए सन् २०१४ मा नोबल शान्ति पुरस्कार उनले कसरी पाइन् होला त?

अनि अहिले मलाला जस्तो देखिने मान्छे चाहिँ को होला त?

गज्जबै भो यो त।

खासमा त्यतिबेला मलालालाई गोली हानिएको पक्कै थियो। उनी कोमामा पनि गएकी हुन्। तर उनको मृत्यु भने नेपाली मिडियामा मात्रै भएको हो। वास्तवमा उनी मृत्युलाई जित्ने व्यक्ति हुन्।

जिउँदो व्यक्तिलाई मृत्यु भएको र अन्तर्राष्ट्रिय स्तरमै हत्याको निन्दा भएको लेखेको समाचार यतिका दिनसम्म कसैले नपढेका हुन् कि के हो, यति ठूलो गल्ती पनि जस्ताको तस्तै छ। ट्वाँ परेँ म त बाब्बै नि !

हेर्नुस् समाचारको अर्काइभ लिङ्क

समाचारको मुन्तिर ‘बीबीसीबाट’ लेखिएको रहेछ। के बीबीसीले साँच्चै मलालाको मृत्यु भइसकेको कुरा लेखेको हो त? खोज्दा बीबीसी हिन्दीमा यस्तो लेखेको देखियो-

हिन्दीमा ‘मलाला यूसुफ़ज़ई को गोली मार दी थी’ लेखिएको रहेछ। बढी जान्नेले अनुवाद गरिदिएछ- गोली हानेर मारे। मुन्तिर ‘मलाला बुरी तरह घायल हो गई थीं.’ तर्फ चाहिँ ध्यान गएनछ।

यसअघि पनि मलालाले पाउँदै नपाएको पुरस्कार नेपाली मिडिया आफैले बाँडिदिएका थिए मुस्कानको नाममा। हेर्नुस् त्यतिबेलाको लिङ्क। पछि यो समाचार खासमा अमेरिकी दूतावासले पठाएको विज्ञप्तिलाई पत्याएर बनाएको तर विज्ञप्ति नै गलत रहेको खुलेपछि सच्याइएको थियो।

1 thought on “नेपाली मिडियाले गर्‍यो मलाला युसुफजाईको ‘हत्या’”

  1. Surje says:
    August 29, 2021 at 2:51 am

    phaTaaha Nepali media, yasto ni hunchha hai. kasto chhor haru chhan nepali media ma

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme