Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

#ChhoriMaiyaKhai : १० वर्ष पुरानो केसको फाइल खोतल्दै

Posted on August 10, 2021August 10, 2021 by Salokya

आजदेखि साथी केपी ढुंगाना सम्पादक रहेको उकेरामा #ChhoriMaiyaKhai सिरिज सुरु गरेको छु। केहीले मलाई सोधे पनि आफ्नै माइसंसारमा नगरेर किन अर्कैमा। प्रश्न ठीकै हो। तर यस्तो किसिमको इन्डेप्थ रिपोर्टिङ गर्दा टीम वर्क आवश्यक हुन्छ। पहिला पहिलोपोस्टमा आफै सम्पादक हुँदा सुरु गरेको #WhoKilledNirmala सिरिज पनि धेरै साथीहरुको टीम वर्कका कारण सम्भव भएको थियो। यो त्योभन्दा बिल्कुल फरक किसिमको केस हो।

अनलाइन पत्रकारितामा ब्रेकिङ न्युजको छुट्टै महत्त्व छ। हतार गरेर समाचार ब्रेक गर्दा भिजिटर कति बढ्छ भन्ने पनि मलाई राम्रै थाहा छ।

तर मलाई भने किन किन यो हतारको पत्रकारितामा रस लाग्न छाडेको छ। खरायो दौड भन्दा कछुवा दौड मन पर्न थालेको छ। हतारमा धेरै कुरा छुट्न सक्छन्। बिस्तारै सबै कुरा बुझेर आरामसँग लेखेर अरुलाई पनि बुझाउन पाए पो भन्ने मनमा लागिरहन्छ। ब्लगमा सधैँ यो सम्भव हुन्न। र, सबै विषयमा यसरी इन्डेप्थ रिपोर्टिङ सम्भव पनि हुन्न। यदाकदा जुर्छ यो संयोग। यसपालि यस्तै संयोग जुरेको छ।

२०६८ फागुन १६ गते बिहान करिब ८ बजेतिर जैसिदेवलस्थित आफ्नो घरबाट बाहिरिएकी छोरीमैयाँ महर्जन आजसम्म फर्किएकी छैनन्। एक हाइप्रोफाइल व्यापारिक घरानाकी सदस्यलाई अपहरण तथा शरीर बन्धकको मुद्दा चलाइयो। तर यति फितलो अनुसन्धान थियो कि जिल्ला अदालत, उच्च अदालत र हालै सर्वोच्च अदालतले पनि सफाई दियो। 

अझ सर्वोच्च अदालतबाट यो केसमा फैसला भइसकेको परिवारलाई थाहासम्म नदिएको रहेछ। मैले नै रिपोर्टिङका क्रममा यो फैसला बारे जानकारी लिएर परिवारलाई बताउँदा उनीहरु छक्क परेका थिए।

१० वर्ष पुरानो केस भए पनि यो विषयमा मैले माइसंसारको अर्काइभमा खोजेको थिएँ, केही पनि भेटेको थिइनँ। यो केस हुँदै गर्दा म नागरिक दैनिकको अनलाइनमा काम गर्थेँ। त्यतिबेला अनलाइनमा यो विषयमा पक्कै फोटो र समाचारहरु हालियो होला। तर मैले ब्लगमा भने यो विषयमा केही लेखेको रहेनछु। यति धेरै चर्चामा आएको केसको विषयमा म अनभिज्ञ नै रहेछु। मैले समाचारहरु पनि त्यति धेरै ध्यान दिएर हेरेको रहेनछु।

पछिल्लो समयमा सामाजिक सञ्जालमा यो विषय फेरि उठेपछि बल्ल मैले यो विषयमा धेरै जानकारी पाएँ। तर त्यो अधुरो र अपुरो रहेछ।

परिवारका सदस्यसित भेटेर यो केसको मिसिल र फैसलाका कपि आद्योपान्त पढेपछि बल्ल मलाई यो विषयमा जानकारी भयो। त्यसपछि बल्ल सिरिजका सामग्री जुटाउन थालिएको हो।

१० वर्ष पुरानो केस हो, हेरौँ केसम्म गर्न सकिन्छ?

यो विषयमा तपाईँलाई पनि केही जानकारी छ भने मलाई इमेल गर्न सक्नुहुन्छ। वा फेसबुकमा मेसेज वा ट्विटरमा डिएम गर्न सक्नुहुन्छ।

पढ्नुस् सिरिजको पहिलो भाग : #ChhoriMaiyaKhai शृंखला-१ : दस वर्षपछि एक्कासि कसरी चर्चामा आयो छोरीमैयाँ केस ?

सिरिजको यो भागमा १० वर्षपछि एक्कासि यो विषय कसर चर्चामा आयो भन्ने विषय खोतलेको छु।

(डेस्कटपमा हेर्दा साइटको डिजाइन झुर लागेमा मलाई गाली नगर्नुहोला, म त्यहाँको जागिरे हैन, यो एउटा सिरिजका लागि मात्र उकेराले मलाई हायर गरेको हो 🙂

अडियो

1 thought on “#ChhoriMaiyaKhai : १० वर्ष पुरानो केसको फाइल खोतल्दै”

  1. Shital Thapaliya says:
    August 12, 2021 at 5:45 am

    तर मलाई भने किन किन यो हतारको पत्रकारितामा रस लाग्न छाडेको छ। खरायो दौड भन्दा कछुवा दौड मन पर्न थालेको छ। हतारमा धेरै कुरा छुट्न सक्छन्। – that’s why you have loyal reader base….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme