Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अफगानिस्तानको घटनाले हामीलाई पर्ने असर

Posted on August 17, 2021 by Salokya

अफगानिस्तानबाट विगत केही दिनदेखि नाटकीय दृश्यहरु सार्वजनिक भएका छन्। अमेरिकाले आफ्नो सेना फिर्ता लाने घोषणा गरेदेखि अप्रत्याशित रुपमा तालिबानी लडाकुहरुले प्रमुख शहर कब्जा गर्दै हिजो राजधानी काबुल प्रवेश गरे। त्यहाँको राष्ट्रपति भवनमा लडाइँ नै नगरी प्रवेश गरे। राष्ट्रपति असरफ घानी देश छाडेर भागे। अनि आज आएका भिडियोहरु स्तब्ध पार्ने खालका थिए।

एक्सन मुभीहरुमा देखिन्छ नि कुनै हिरो प्लेनको पखेटामा समातेर उड्ने। यहाँ त कयौँ मान्छेहरु काबुलबाट भाग्न प्लेनमा चढ्न तँछाड मछाड गरिरहेका अनि यत्तिकैमा प्लेन उडेपछि ती मान्छेहरु खसेका दृश्य पनि आयो।

Not a scene of Hollywood, it’s Just #Kabul air port, people want to run away, after the Capture of Kabul by the #Talibans #Afghanistan
By: @Mukhtarwafayee pic.twitter.com/ZLYieJm9mX

— Aśvaka – آسواکا News Agency (@AsvakaNews) August 16, 2021

Exclusive- A clear video (from other angle) of men falling from C-17. They were Clinging to some parts of the plane that took off from Kabul airport today. #Talibans #Afghanistan #Afghanishtan pic.twitter.com/CMNW5ngqrK

— Aśvaka – آسواکا News Agency (@AsvakaNews) August 16, 2021

यो घटनालाई आ-आफ्नो ढंगले नेपालीहरुले व्याख्या गरिरहेका छन्। लगभग मरिसकेको क्षेत्रीय संगठन सार्कको एउटा सदस्य राष्ट्रमा भएको यो घटनाक्रमलाई नेपालीले पनि ध्यान दिएर हेरेका छन्।

राप्रपा अध्यक्ष कमल थापाले अफगानी राष्ट्रपति भागेकोलाई नेपालका राजासँग तुलना गर्दै ट्विट गरेका छन्।

तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ।२०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ।
राजा र राष्ट्रपति बिचको फरक पनि यही हो pic.twitter.com/Ed3vw10s0H

— Kamal Thapa (@KTnepal) August 16, 2021

उता, अमेरिकामा रहेकी पुराना समाचारवाचिका रमा सिंहले काबुलमा स्कर्ट लाएर हिँडिरहेकी महिलाहरुको पुरानो फोटो हालेर देश + धर्म + संस्कृति + सभ्यता र संस्कार जोगाउन तालेबानीले हामीलाई बेलैमा सिकाएका छन् भन्दै हाम्रो देशमा पनि कतै “ नेपाली तालीबानीको”
खाँचो पो देखिएको हो कि भनेर लेखेकी छिन्।

अहिले सामाजिक सञ्जालमा अफगानिस्तानविज्ञहरु प्रशस्त देखिएका छन्। खतरा खतरा एङ्गलका विश्लेषण सुन्न पाइरहेका छौँ हामी।

म भने त्यस्तो विज्ञ परिनँ। हामीलाई यो घटनाले के असर पर्ला भनेर यसो आफूलाई लागेका कुराहरु मात्र लेखेको छु-

१) रोजगारीमा रहेका नेपालीको सुरक्षा

हामी नेपालीहरुलाई सबैभन्दा बढी चासोको विषय रोजगारीका लागि अफगानिस्तानमा रहेका नेपालीहरुको सुरक्षाको हुनुपर्छ। सरकारले सुरुमा नेपालीलाई अफगानिस्तानमा रोजगारीमा जान प्रतिबन्ध लगाएको थियो। तर चोरबाटो हुँदै जाने क्रम बढेपछि रोजगारीका लागि पनि खुला गरियो।

वैदेशिक रोजगार विभागका अनुसार त्यहाँबाट अनुमति लिएर अफगानिस्तान जानेहरुको संख्या पोहोर जुलाईदेखि यो १५ जुलाईसम्म १०७० जना पुरुष र ३ जना महिला रहेका छन्।

तालिबानीहरुका नजरमा उनीहरु नेपाल देशका नागरिक हैनन्, उनीहरुको देश कब्जा गर्न आएका विदेशीहरुलाई सघाउनेहरु हुन्।

२) अफगान नागरिकहरुको अवस्था

हामी जुन देशका नागरिक भए पनि मानव हौँ। पृथ्वीभरका मानवहरुले दुःख पाउँदा हाम्रो मन दुख्छ। धर्म र संस्कृतिको नाममा कट्टरपन्थी भएर महिलालाई लेखपढैसमेत गर्न नदिने, आफू बाहेक अरु सम्प्रदायका लागि नाश गर्ने खालको घटनाहरु भएमा पनि हाम्रो चासो हुन्छ।

स्मरण रहोस्, सन् २००१ मा अफगानिस्तानको बामियानमा रहेका छैटौँ शताब्दीका दुई ठूला बुद्धका मूर्तिलाई तालिबानको शासनकालमा डायनामाइट पड्काएर ध्वस्त पारिएको थियो।

तालिबानको शासनकालमा नेसनल म्युजियममा आक्रमण गरिएको थियो, ५५ हजार पुराना पुस्तक र पाण्डुलिपीहरु रहेको पुस्तकालय जलाइएको थियो।

त्यतिमात्र होइन, फुटबल, चङ्गा उडाउने, चेस खेल्ने जस्ता मनोरञ्जनात्मक गतिविधिमा रोक लगाउनुको साथै टिभी, सिनेमा, संगीत, भिडियो आदिमा पनि प्रतिबन्ध लगाइएको थियो।

अहिले पुरानो समयको जस्तो अवस्था नहोला, तर अफगानी नागरिकहरु तालिबानको कब्जापछि डराएका देखिन्छन्।

३) क्षेत्रीय द्वन्द्वको खतरा
सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सेना फर्काउने अमेरिकी राष्ट्रपति बाइडेनले बताएपछि यति छिट्टै र यति सजिलै तालिवानको नियन्त्रण अफगानिस्तानमा होला भन्ने कल्पना धेरैले गरेका थिएनन् होला। सन् २००१ मा ट्विन टावर आक्रमणपछि अफगानिस्तान छिरेको अमेरिकी सेना २० वर्षपछि फेस सेभ गरेर फर्किएको हो। उता, शक्ति राष्ट्र चीनले भने तालिबानलाई सघाएको आरोप लगाइन्थ्यो।

तालिबानले काबुल कब्जा गरेपछिको पहिलो प्रतिक्रियामा चीनले जे बतायो, त्यसले अफगानिस्तानको नयाँ सरकारसँग चीन निकट रहने संकेत गरेको छ। यता, भारतको विपरीत धारणा थियो।

सन् २००१ मा अमेरिकी सेना प्रवेश गरेर तालिबानलाई सत्ताच्युत गर्नुअघि त्यहाँ वर्षौँ गृहयुद्ध भएको थियो। १९९६ मा तालिबानले सत्ता हातमा लियो। पाकिस्तान, साउदी अरब र युएईले मात्रै तालिबान सरकारलाई मान्यता दिएको थियो।

तपाईँहरुलाई याद होला सन् १९९९ मा काठमाडौँबाट उडेको इन्डियन एयरलाइन्सको विमान अपहरणमा परेको। त्यसको लिङ्क पनि तालिबानसित जोडिन्छ।

त्यो विमान कान्धार विमानस्थलमा उतारिएको थियो। भारतले तालिबानी सत्तालाई मान्यता दिएको थिएन। तर यो परिस्थितिमा कुराकानी अघि बढाउन पर्‍यो। तालिबानी लडाकुहरुले अपहरित विमानलाई घेरेका कारण भारतले कमान्डो फोर्स प्रयोग गरेर त्यसमा अपरेसन गर्न पनि सकेन।

भारतीय जेलमा रहेका तीन जना कैदीलाई छुटाउने शर्तमा बल्ल अपहरित यात्रुहरुलाई छाडियो।

त्यो अपहरण भारत र पाकिस्तानको द्वन्द्वको नतिजा थियो र त्यसमा बित्थामा नेपाल मुछियो।

1 thought on “अफगानिस्तानको घटनाले हामीलाई पर्ने असर”

  1. Pushpa Dahal says:
    August 18, 2021 at 5:23 pm

    शालोक्य जी, तपाईंको लेख अत्यन्तै परिष्कृत अनि खोजमूलक हुने गर्छ। त्यस्तै यो पनि एक हो। सम्भव् हुन्छ भने कृपया अलिक् बाक्लो गरी तपाँको लेख हरु पढ्न पाए धेरै राम्रो हुन्थ्यो। तपाईँको जुनै पनि आर्टिकल् म पढ्ने गर्छु। त्यसपछी त अरु केही पढ्नै मन् लाग्दैन। अरु सबै “फेक” जस्तो लाग्छ। शायद धेरै पाठक् लाई यस्तै लाग्दो हो।
    तपाईँको ऊत्तरोत्तर प्रगती को कामना गर्दछु

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme