Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘कान्तिपुर’को भिडियोमा राँगो : खास कुरा चैँ काँ गो ?

Posted on August 21, 2021August 21, 2021 by Salokya


फेसबुक स्क्रोल गर्दै थिएँ। कान्तिपुरको अनलाइन इकान्तिपुरको आधिकारिक फेसबुक पेजको एउटा पोस्ट देखियो। ‘जब राँगोलाई नियन्त्रण लिन एसएलआर चलाउनुपर्‍यो’ लेखिएको रहेछ।

के रहेछ भन्ने जिज्ञासा जाग्यो। क्लिक गरी भिडियो हेरेँ। राँगोको पोस्ट हेरेपछि लाग्यो- खास कुरा चैँ काँ गो- काँ गो !

भिडियो हेर्दा एउटा राँगो दौडिँदै गरेको देखिन्छ। एउटा कुकुर पछि पछि लाग्या छ। गाडीहरु चलिराछन्। ट्राफिक देखिन्छन्। राँगो नदेखियुन्जेल पनि भिडियो जारी रहन्छ।

अनि आउँछ ढिकचिक्क ढिकचिक्क म्युजिक सहित मास्कको विज्ञापन।

त्यसपछि भिडियो सकियो !

लौ यस्तो पनि हुन्छ? फेसबुकमा समाचार वा भिडियो सेयर गर्दा पनि त खास कुरा के हो थाहा पाउन त पर्‍यो नि।

पत्रकारिताको बेसिक सिकाउँदा नै 5 Wh को पाठ सिकाइन्छ। अचेल त 5 w and H पनि भन्ने गरिन्छ। भनेको के, कहाँ, किन, कहिले, कसरी सबै कुरा त खुल्नुपर्‍यो नि।

यो भिडियो हेर्दा त केही पनि खुल्दैन। एउटा राँगो दौडेको भिडियो यत्तिकै राख्देको छ। कुन ठाउँमा दौडेको पनि छैन, कहिले पनि छैन, कसरी यस्तो भयो पनि छैन, किन यस्तो भयो पनि छैन।

अनि एसएलआर चलाउनु पर्‍यो लेखेको रहेछ। भिडियोमा त एसएलआर चलेको देखिएन। यो खिच्दा डिजिटल एसएलआर क्यामेरा चलाएको भनेको हो कि ? केही बुझिएन बाब्बै।

यो भिडियोमा केही विवरण राखेको भए हुन्थ्यो। अथवा इकान्तिपुरमा कतै समाचार राखेको भए त्यसको लिङ्क हाल्देको भए हुन्थ्यो।

खाली एउटा राँगो यसो दौडेको भिडियो छुस्स हाल्दियो, पुग्यो भन्ने लाग्यो कि के हो यत्रो नेपालको लिडिङ पेपरको अफिसियल अनलाइनलाई।

हैट, यसरी त भएन है। देशभरका अनलाइनहरुलाई सिकाउन नेतृत्व गर्नुपर्ने अनलाइनको हालत यस्तो ! चित्त बुझेन !!

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme