Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

#ChhoriMaiyaKhai भिडियो ब्रिफिङ : १० वर्षअघिको रहस्यमय घटना

Posted on August 15, 2021August 15, 2021 by Salokya

#ChhoriMaiyaKhai सिरिज सुरु गरेको एक हप्ता भएको छ। गएको हप्ता सिरिजका ६ वटा भाग लेखियो। अहिलेसम्मको अनुभव रोचक नै रह्यो। धेरैले पढेर सुझाव र प्रतिक्रियाहरु दिनुभएको छ। रिपोर्टिङ सकाएर लेख्न थालेको नभएर रिपोर्टिङ र लेखाइ सँगसँगै भएकोले नयाँ नयाँ कुराहरु थाहा पाउँदै, लेख्दै गरिरहेको हुँ।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यासम्बन्धी प्रकरणमा #WhoKilledNirmala सिरिजमा ३० वटा भाग लेखेर पहिलोपोस्टबाट विदा भएपछि रुकुम घटनाको बारेमा रुकुम पुगेर केही ब्लगहरु लेखियो। बीचमा केही आर्टिकलहरु लेखे पनि कुनै मिडियाका लागि यसरी डेप्थ रिपोर्टिङ गरेको थिइनँ। अहिले पनि उकेरामा जागिर खाएको नभएर यही एउटा सिरिजका लागि मात्र सहकार्य भएको हो।

यो केसका मिसिल र अदालतका फैसलाहरु अध्ययन गर्दैगर्दा मलाई कुनै सस्पेन्स थ्रिलर मूभीको कथा जस्तो लाग्यो। त्यसैले यसलाई समेटेर
१० भागमा योबारे लेख्ने सोच मैले बनाएको थिएँ। आफैले मात्र सबै काम गर्न सम्भव नभई टिमवर्क पनि चाहिने भएकोले सहकार्य आवश्यक थियो। केपी ढुंगाना उतिबेला ब्लग चलाउँदादेखिको साथी। प्रारम्भिक छलफलपछि उनी प्रधान सम्पादक रहेकै अनलाइनमा यसलाई राख्ने सहमति बन्यो।

त्यसपछि मैले यसलाई लेख्न थालेको हुँ। हामीले यसलाई जेरोबाट सुरु गरेका हौँ। कुनै आग्रह र पूर्वाग्रह बिना खासमा भएको थियो के ? घटना विवरण र तथ्य अनि बाझिएका कुराहरु प्रस्तुत गर्ने हाम्रो अभिप्राय हो।

यो विषय सोसल मिडियामा चर्चामा आएको हो। त्यसमा युट्युबको पनि हात छ। युट्युबको कुरा गर्दा मैले युट्युब चलाउन थालेको १५ वर्ष भइसकेछ। युट्युबमा मैले पहिलो अपलोड गरेको भिडियोको मिति २००५ नोभेम्बर १५ रहेछ। त्यतिबेला डायल अप इन्टरनेटबाट भिडियो अपलोड गर्दाको दुःख बेग्लै थियो। अहिले स्मार्टफोन र फास्ट इन्टरनेट अनि युट्युबको क्यास सर्भर नेपालमै रहेको अवस्था छ। र, अहिले युट्युब निकै प्रभावकारी माध्यम पनि भइरहेको छ।

तर, म भने यो दौडमा पछाडि नै छु। यो फेरि लेख्न जति सजिलो पनि हुन्न। लेखियो सकियो। तर यसमा भिडियो खिच्न पर्‍यो, एडिट गर्न पर्‍यो, काम धेरै छ। तर पनि यसो ट्राइ गरी हेर्नुपर्‍यो भनेर मैले यो सिरिजका केही ब्रिफिङ भिडियो बनाउने प्रयास गरेको छु। त्यसैक्रममा #ChhoriMaiyaKhai सिरिजको यो पहिलो भिडियो-

युट्युब भिडियोमा त लाइक, कमेन्ट र सब्सक्राइब गरेर घण्टी बजाउनु होला भन्नुपर्ने रहेछ। यो भिडियोमा त्यसो भन्न छुटेको छ। गरिदिनुहोला है 🙂

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme