Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अनलाइनबाट क्युआर कोडसहितको भ्याक्सिन सर्टिफिकेट कसरी लिने?

Posted on August 17, 2021August 17, 2021 by Salokya

केही समयअघि हामीले मिडियाहरुमा विदेश जानका लागि भ्याक्सिन सर्टिफिकेट चाहिने भएकोले त्यसका लागि लाम लाग्नेहरुको थेगी नसक्नुको भिडका फोटोहरु देखेका थियौँ।

अहिले अनलाइनबाटै क्युआर कोडसहितको भ्याक्सिन सर्टिफिकेट दिन थालिएको छ। म आफैले पनि फर्म भरेर सर्टिफिकेट लिइसकेँ। कसरी सर्टिफिकेट लिन सकिन्छ भन्ने बारे छोटो जानकारी राख्न चाहेँ।

सबैभन्दा पहिला त अनलाइनमा सर्सर्ती फाराम भरेर मात्र पुग्ला भन्ने नसोच्नुस्। यसमा केही झण्झटिला लाग्ने प्रक्रिया पनि राखिएको छ।

अनलाइनमा फाराम भर्नुभन्दा अघि यी कुरा छ कि छैन, नभए जोहो गर्नुस्-

१) प्रिन्टर
२) क्यामेरा (मोबाइल क्यामेरा भए पनि भयो)
३) औँठाछाप लगाउन मसी
४) फाराम भर्न कलम
५) पासपोर्ट साइजको फोटोको डिजिटल फाइल

यी पाँच वटा चिज छ भने मात्र अघि बढ्नुस्, नत्र तपाईँको अनलाइन फाराम भराई अड्किन सक्छ।

अब प्रक्रियातर्फ लागौँ।

१) सबैभन्दा पहिला यहाँ क्लिक गरी कबुलियतनामा फाराम डाउनलोड गर्नुस्।

यस्तो हुन्छ कबुलियतनामा फाराम

२) अब यसलाई प्रिन्ट गर्नुस्।

३) प्रिन्ट गरिएको फाराम भर्न थाल्नुस्। यसमा तपाईँले आफ्नो नाम, ठेगाना, जन्ममिति, भ्याक्सिनको नाम, खोप लगाएको मिति, खोप केन्द्र आदि विवरण भरेर मात्र पुग्दैन, दायाँ र बायाँ औँठाछाप लगाई दस्तखत समेत गर्नुपर्छ।

४) अब यो भरिएको फारामको फोटो खिच्नुस्।

५) अब तपाईँ तयार हुनुभयो, कोभिड-१९ पूर्ण खोपको विद्युतीय प्रमाणीकरणका लागि आवेदन फारम भएको वेबसाइटमा जान यहाँ क्लिक गर्नुस्।

६) फाराममा भएको सबै विवरणहरु भर्नुस्। र डकुमेन्टहरु अपलोड गर्नुस्। तपाईँले विदेश जाने भए पासपोर्टको फोटो, नभए नागरिकता लगायतका अरु परिचयपत्र, पासपोर्ट साइजको फोटो, खोप कार्ड र अघि भरेको कबुलियतनामाको फोटो अपलोड गर्नुपर्ने हुन्छ। ठूलो साइजको फोटो नलिने हुनाले फोटो रिसाइज गर्न पनि तपाईँले जान्नु पर्ने हुन्छ। रिसाइज अनलाइन टुलहरुबाट पनि हुन्छ। जस्तै यहाँबाट।

७) सबै डकुमेन्टसहित फाराम भरिसक्नुभएपछि अब पेश गर्नुहोस् लेखिएको ठाउँमा थिच्नुस्।

८) तपाईँलाई एउटा रजिस्ट्रेसन नम्बर दिइन्छ। त्यो नम्बरलाई सुरक्षित राख्नुस्।

९) पछि आफ्नो निवेदनको स्थिति के छ भन्ने थाहा पाउन यही नम्बर राखेर यहाँबाट खोज्न सकिन्छ।

१०) सर्टिफिकेट तयार भयो भएन यहाँ क्लिक गरी आफ्नो विवरण भरेर पिडिएफमा सर्टिफिकेट डाउनलोड गर्न सक्नुहुन्छ।

खासमा पहिल्यै खोप लगाउँदा नै ढड्डामा नलेखी डेटा इन्ट्री गरेको भए यो सब झण्झट बेहोर्नै पर्दैन थियो। वा दोस्रो खोप लगाउँदा नै प्रमाणपत्र साथमा दिएको भए पनि हुन्थ्यो।

3 thoughts on “अनलाइनबाट क्युआर कोडसहितको भ्याक्सिन सर्टिफिकेट कसरी लिने?”

  1. shekhar says:
    October 8, 2021 at 3:38 pm

    १ हप्ता देखि याे सुविधा पनि बन्द रैछ।

    Reply
  2. Suresh Gurung says:
    August 19, 2021 at 4:00 pm

    १) प्रिन्टर – Kina chahiyo? – Pdf mai chha fill & sign garera bharna milne.
    २) क्यामेरा (मोबाइल क्यामेरा भए पनि भयो)
    ३) औँठाछाप लगाउन मसी – Autha chhap ewta paper ma garne ani photo khichera teslai tyo pdf form ma insert garne.
    ४) फाराम भर्न कलम – Kina Chahiyo? Pdf ma Fill&Sign garda huncha
    ५) पासपोर्ट साइजको फोटोको डिजिटल फाइल

    Reply
  3. Satish Jung Shahi says:
    August 18, 2021 at 1:55 pm

    Thank you for the information. I also had applied for my Vaccination Certificate with QR Code as mentioned by you but my picture on the certificate appears upside-down and the date of birth is appears a day later. How do i make the corrections?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme